Friday, August 7, 2020

येशू ख्रीष्ट कुन भाषा बोल्नुहुन्थ्यो ? येशू ख्रीष्टको समयमा इस्राएलमा कुन भाषा बोलिन्थ्यो ?

येशू कुन भाषा बोल्नुहुन्थ्यो होला भन्ने प्रश्न धेरै ख्रीष्टियनहरुको मनमा हुनसक्छ ? इस्राएलीहरु हिब्रू भाषा बोल्थे । येशू पनि एक इस्राएली भएर जन्मिनुभएको कारण उहाँले पनि शायद हिब्रू भाषा बोल्नुहुन्थ्यो भन्ने लाग्न सक्छ ! तर यथार्थ फरक छ । येशूले हिब्रू भाषा बोल्नुहुन्नथ्यो । येशू परमेश्वर हुनुहुन्छ र उहाँ सबै भाषाहरु बुझ्न सक्नुहुन्छ । उहाँको क्षमता भाषा र भुगोलमा सिमित छैन । येशू ख्रीष्टको समयमा प्रचलित भाषाहरुलाई बुझ्नका लागि त्यो समयको पृृष्ठभुमिलाई बुझ्न आवस्यक हुन्छ । हिब्रू इस्राएलीहरुले परापुर्वकालदेखि बोल्दै आएको भाषा थियो । हिब्रू भाषा केवल इस्राएलीहरुले मात्र नभई इस्राएल वरपरका क्षेत्रहरुमा लामो समयदेखि बोलिदैआएको भाषा थियो । हिब्रू धेरै प्राचिन भाषाहरुमध्ये एक हो । अहिले पनि हिब्रू इस्राएलको राष्टिय भाषा हो । अहिलेको समयमा केवल यहूदी अर्थात इस्राएलीहरुले मात्र हिब्रू भाषा बोल्दछन् भन्दा फरक नपर्ला ।

बाइबलको पूरानो करारको ठुलो हिस्सा हिब्रू भाषामा नै लेखिएको थियो । केवल दानिएलको थोरै भाग, नहेम्याह र एज्राको पुस्तक मात्र आरमेइक भाषामा लेखिएका थिए । हिब्रू भाषाले सबैभन्दा ठुलो क्षति बेविलोनीहरुले इस्राएल कब्जा गरेपछि बेहोर्नु प¥यो । बेविलोनी राजा नबूकदनेसरले इस्राएलीहरुलाई पाँचौ शताव्दी इसापुर्वमा आक्रमण गरेर बेविलोनमा निर्वासनमा ल्याए । इस्राएलीहरु त्यहाँ सत्तरी वर्षभन्दा बढि रहे । बेविलोनीहरु आरमेइक भाषा बोल्ने गर्थे । बेविलोनीहरुसँग रहने क्रममा इस्राएलीहरुले हिब्रू भाषाको सट्टा आरमेइक भाषा बोल्न थाले । यसरी हिब्रू भाषा ओझेलमा प¥यो । हिब्रू भाषा केवल धार्मिक क्रियाकलापहरुमा प्रयोग गरिने भाषाको रुपमा सिमित रहन पुगेको थियो । इस्राएलीहरु बेविलोनबाट इस्राएलमा फर्किएर आएपछि पनि आरमेइक भाषा नै प्रयोग गरिरहे ।

तेस्रो शताव्दी इसापुर्वमा अलेक्जेण्डर ग्रिक साम्राज्यका सम्राट बने । उनको सपना पूरै दुनिया जितेर विश्वमा ग्रिक भाषा र सँस्कृति फैलाउनु थियो । उनको समयमा नै ग्रिक अन्तराष्टिय भाषा बन्न पुग्यो । त्यसकारणले नै नयाँ करारको समयमा ग्रिक अन्तराष्टिय बोलिचालीको भाषा थियो । नयाँ करारका सबै पुस्तकहरु नै ग्रिक भाषामा लेखिएका थिए । पूरानो करारको ठुलो हिस्सा हिब्रू भाषामा, केही भाग आरमेइकमा लेखिएको थियो । यसरी बाइबल तिन विभिन्न भाषाहरुः हिब्रू, ग्रिक र आरमेइकमा लेखिएको थियो ।

येशूको समयमा इस्राएलमा तिन वटा भाषाहरु चलनचल्तीमा थिए । हिब्रू, ग्रिक र आरमेइक । त्यो बाहेक अर्को भाषा पनि इस्राएलमा प्रयोग गरिन्थ्यो । इस्राएलमा भएका रोमी अधिकारी र सेनाहरुले ल्याटिन भाषा बोल्ने गर्थे । ल्याटिन रोमीहरुको मातृभाषा थियो । येशू ख्रीष्टको समयमा रोमीहरुले ल्याटिन भाषा बोल्थे, इस्राएलमा पढे लेखेकाहरुले हिब्रू र ग्रिक भाषा बोल्थे । गालील र सामरिया जस्ता पिछडिएका क्षेत्रका मानिसहरुले भने आरमेइक भाषा बोल्ने गर्थे । अब प्रश्न यो आउँछ , येशूले कुन भाषा बोल्नुहुन्थो त ? येशूले आरमेइक भाषा बोल्नुहुन्थ्यो । यो कुरा सुसमाचारका पुस्तकहरुबाट पनि स्पष्ट हुन्छ । येशूले “तालिता कूमी” (मर्कूस ५ः४१), “इफ्फता” (मर्कूस ७ः३४), इलोइ, इलोइ लामा सबखतनी (मत्ती २७ः४६, मर्कूस १५ः३४), अव्वा (मर्कूस १४ः३६) जस्ता शव्दहरु प्रयोग गर्नुभएको देख्न सकिन्छ । यी सबै आरमेइक शव्दहरु थिए । तर येशूलाई हिब्रू भाषाको पनि ज्ञान भएको हुनसक्छ । किनकि उहाँले सभाघरहरुमा धर्मशास्त्रबाट शिक्षा दिनुभएको थियो । त्यो बेलामा यहूदी धर्मशास्त्र हिब्रू भाषामा थियो ।

अन्नतः भाषाले उहाँलाई सिमित पार्न सक्दैन । तथापी उहाँ संसारमा छदा सामान्य बोलिचालीमा आरमेइक भाषा बोल्नुहुन्थ्यो भने शिक्षाका लागि हिब्रू भाषा प्रयोग गर्नुहुन्थ्यो । आरमेइक र हिब्रू दुवै भाषा येशू ख्रीष्टको समयमा इस्राएलमा प्रयोग गरिने भाषा थिए भने ग्रिक चाहिँ अन्तराष्टिय भाषा थियो । र बाइबल हिब्रू, ग्रिक र आरमेइक गरि तिनवटा भाषाहरुमा लेखिएको थियो ।

सम्बन्धित भिडियो..........