एउटा केटाले एकदिन एउटा गल्लिको छेऊमा पुरानो मोडेल टि–फोर्ड कार भेट्टायो । कारको अवस्था एकदमै खराब थियो । कार अति नै पुरानो देखिन्थ्यो र मरम्मत गर्न अति नै कठिन देखिन्थ्यो । तर पनि त्यो जवान केटोले उक्त कार लिएर मरम्मत गर्ने बिचार ग¥यो । उक्त केटोले त्यो मोडेल टि–फोर्ड कारको बारेमा साधारण कुराहरु जानैकै थियो किनकि उक्त कार त्यो समयमा चलन चल्तिको कार थियो ।
केटोले घरमा लिएर त्यो कारको इन्जीन खोल्यो र हेरफेर ग¥यो । उसले गएर ईन्जीट स्टाट गर्ने कोशिष गर्यो तर ईन्जीन स्टाट भएन । उसले बारम्बार मरम्मत गर्दै स्टाट गर्ने कोशिष ग¥यो तर असफल मात्र भयो । उसले अन्य मेक्यानिकहरु र उक्त कारका जानकारहरुलाई बोलायो र मरम्मत गर्ने कोशिष ग¥यो तर उ असफल भयो । उ धेरै निराश र क्रोधित भयो ।
एका बिहानै उ उक्त कारको नजिक गयो र कारको इन्जीनलाई मरम्मत गरेर फेरी स्टाट गर्ने कोशिष ग¥यो । उ बारम्बार कोशिष गरिरहेका थियो तर इन्जीन सुरु भएको थिएन । यो कुरा नजिकैबाट एक जना बृद्ध ब्यक्तीले हेरिरहेका थिए । त्यस्तो अवस्थामा नजिकै उभिएर हेरिरहेको देखेर उक्त युवक झोक्कियो र उक्त बृद्धलाई हपारेर “के हेरिहेको ?” भनेर सोध्यो । उक्त बृद्धले अति नै सालिनरुपमा जवाफ दिदै इन्जीनको कुनै बिशेष भागलाई मरम्मत गर्न आग्रह गरे । केटोले आशा बिहिन नै भएर बृद्धले भनेझै ग¥यो । कार स्टाट भयो । युवक दङ्ग प¥यो र उसको खुसीको सिमा नै रहेन । युवक बृद्ध ब्यक्तीको नजिकमा गयो र सोध्यो, “यो कारको त्यही भाग नै मर्मत गर्नू आवस्यक छ भन्ने कुरा तपाईलाई कसरी थाहा भयो ?” ति बृद्धले जवाफ दिए, “मेरो नाउँ हेनरी फोर्ड हो, र म यो कारको आविस्कारक हुँ ।” यति भनेर ति बृद्ध त्यहाँबाट हिडे ।
तपाइले तपाईका जीवनका कठिन र असम्भव लाग्ने समस्या र चुनौतिहरु लिएर कसकहाँ गइरहनुभएको छ ? वा तपाई आफैले त्यसलाई समाधान गर्ने भरसक् कोशिष् गरेर थाक्नुभएको छ ? तपाईको सृष्टिकर्ता इश्वर हुनुहुन्छ र उहाँसँग नै तपाईका जीवनका प्रत्येक समस्या र चुनौतिहरुको समाधान रहेको छ !
एकदिन एक युवक जागिरको खोजिमा एउटा विमा कम्पनीको कार्यालयमा जादैथियो । ऊ गरिब परिवारमा हुर्केको एक अनपढ युवक थियो । तर उसले पनि जीवनमा ठुला–ठुला सपनाहरु देखेको थियो । विमा कम्पनीमा एक सेक्यूरिटी गार्ड चाहिएको छ अरे भन्ने सुनेकाले ऊ त्यो कामका लागि अनुरोध गर्न जादैथियो । त्यो दिन उसको मानषपटलमा भएको उत्साह, आशा र विश्वास उसको अनुहारमा प्रष्ट देखिन्थ्यो । ऊ कार्यालयमा गयो र हाकिमलाई भेट्यो । ऊ हाकिमलाई छिट्टै प्रभाव पार्न सफल भयो । हाकिम पनि उसलाई सेक्यूरिटी गार्डको काम दिन राजी भए । अन्तत ति हाकिमले त्यो युवकलाई एग्रिमेन्ट पेपरमा हस्ताक्षर गर्न भने । युवकले शर्मका साथ जवाफ दियो, “मलाई हस्ताक्षर गर्न आउँदैन ! मैले पढे लेखेको छैन !”यो कुरा सुन्ने वित्तिकै ति हाकिमको अनुहारको भाव नै बद्लियो । उनले रुखो पारामा भने, “हामीकहाँ सबै पढे लेखेका र शिक्षित मात्र छन् ! तिमी अनपढको यहाँ के काम ! तिमीलाई यहाँ राख्न सकिन्न, तिमी जान सक्छौ !” युवक निकै दुखित हुदै त्यहाँबाट निस्कियो ।
उसलाई १० किलो मिटर यात्रा गर्दै घर फिर्ता जानुथियो । ऊ बाटोमा जादैगर्दा टुक्रिएका उसका सपनाहरुका निम्ति आफु र आफ्नो नियतीलाई धिकार्दै थियो । ऊ हिड्दै गर्दा उसले एक जना मानिसले ठेलामा टमाटर बेचिरहेको देख्यो । ऊ एकछिन अड्डियो र गोजी छाम्यो । गोजीमा २०० रुपैया थियो ! उसले त्यो २०० को टमाटर किन्यो । ऊ बस वा अटो चढेन बरु हिड्दै टमाटर बेच्न थाल्यो । ऊ हिडेर घर पुगुञ्जेल उसले सबै टमाटरहरु बेचिसकेको थियो । त्यत्तिमात्र नभई त्यो दिन उसले १०० रुपैया मुनाफा पनि गरेको थियो । अब उसँग जम्माजम्मी ३०० रुपैया थियो । उसले भोलीपल्ट त्यो पैसा फेरी अर्को कुरामा लगानी ग¥यो । त्यहाँबाट ऊ फेरी राम्रै मुनाफा गर्न सफल भयो । यसरी निरन्तर अथक परिश्रम र समर्पणताका कारण केही वर्षमा नै ऊ देशकै एक धनी र प्रतिष्ठीत व्यापारी बन्न सफल भयो ।
एकदिन एक व्यक्ति उसकहाँ विमा गर्न प्रस्ताव लिएर आए । अन्ततः विमाका कागजातहरु तयार भइसकेपछि ति विमाका हाकिमले तिनलाई हस्ताक्षर गर्न भने । तिनले जवाफ दिए, “मलाई हस्ताक्षर गर्न आउँदैन ! मैले पढे लेखेको छैन !” ति विमाका हाकिम चकित हुदै भने, “तपाई अनपढ भएर पनि देशकै एक प्रतिष्ठित व्यापारी बन्न सफल हुनुभयो ! तपाई शिक्षित भएको भए झन् के बन्नुहुन्थ्यो होला ?” ति व्यापारीले बडो सालिनताका साथ जवाफ दिए , “तपाईको कार्यालयको सेक्यूरिटी गार्ड !”
तपाई तबसम्म पराजित व्यक्ति हुनुहुन्न जब सम्म तपाई आफुलाई पराजित मान्नुहुन्न । असफलताबाट पराजित नभई अर्को विकल्प खोजेर निरन्तर त्यसैमा समर्पणता र सँकल्पका साथ परिश्रम गरेमा सफलता प्राप्त गर्न सकिन्छ । तपाई त एक हुनुहुन्छ तर तपाईका लागि सफलताका विकल्पहरु भने हजारौं रहेका छन् । बस आवस्यकता छ त तपाईको जुनुन् र सँकल्पको !
थोमस अल्वा एडिसन्को बारेमा थाहा नपाउने विरलै होलान्.......
थोमस अल्वा एडिसनको जन्म फेव्रअरी ११, १८४७ मा ओहायोअमेरिकामा भएको थियो । एडिसन् बाल्यावस्थादेखि नै निकै जिज्ञासु स्वभावका थिए । उल्टासिधा प्रश्न गर्ने र उनको अनौठो व्यवहारको कारण उनलाई कतिले पागल भन्ने गर्दथे । पढ्नमा उनको कत्ति पनि रुची थिएन । बरु उनी विभिन्न कुराहरु प्रयोग गर्नमा धेरै समय बिताउने गर्दथे । उनी कक्षामा विभिन्न प्रकारका अनौठा प्रश्नहरु सोध्ने गर्दथे । शिक्षकले पढाउदा उनी कत्ति पनि ध्यान दिदैन थिए । उनको अगलै आफ्नो दुनिया थियो उनी सधै त्यसैमा लिन रहन्थे ।
एकदिन उनी घरमा हुदा उनको स्कुलबाट एउटा पत्र आयो । पत्र पढेर एडिसन्की आमा रुन थालिन् । थोमसले आमालाई सोधे, “के लेखिएको छ , तपाई किन रुदै हुनुहुन्छ ?” आमाले आशु पुछदै जवाफ दिइन्, “बाबु, यसमा तपाईको छोरा अति नै जिनियस र प्रतिभाशाली छ । हाम्रो स्कुल न्युन स्तरको भएकाले र हामीसँग सक्षम शिक्षकहरु नभएकाले हामी तपाईको छोरालाई पढाउन सक्दैनौ ! भनेर लेखिएको छ ।” उनले त्यो पत्र थोमस अल्वा एडिसनलाई देखाइनन् र त्यो पत्रलाई अल्मारीको एउटा कुनामा लिएर राखिदिइन् । त्यसपछि उनको आमाले उनलाई घरमा नै शिक्षा दिन थालिन् ।
विज्ञान र प्रयोगप्रतिको उनको रुचीका कारण उनी नयाँ नयाँ कुराहरु आविस्कार गर्दै निरन्तर अगाडी बढे । उनी पुरै समय प्रयोगहरुमा विताउने गर्दथे । उनी प्रयोगहरुप्रति यति लगनशिल र लिप्त रहन्थे कि खाना खान समेत विर्सने गर्दथे । चार दिनसम्म नसुतेर नै प्रयोगशालामा काम गरेर समय विताएका उदाहरण पनि रहेका छन् । १२ वर्षको उमेरमा उनले प्रिन्टरको आविस्कार गर्न सफल भए । उनले रेलको एउटा डिव्वामा नै छापाखाना खोलेर पत्रिकाहरु बेच्न थाले । एकदिन रेलको उक्त डिव्वामा केमिकल खस्यो र आगो लाग्यो । जसोतसो आगो निभाइयो । रेलको एक कर्मचारीले उनलाई जोडसँग कानमा झापड हाने । परिणाम स्वरुप अल्वा एडिसन् राम्रोसँग कान नसुन्ने भए । तर उनी त्यसप्रति झन् खुसी भए किनकि अब उनले मानिसहरुले उनको बारेमा भन्ने गरेका वेकारका कुराहरु सुन्नु पर्ने थिएन । प्रत्येक कुरालाई सकारात्मक रुपमा परिवर्तन गर्न सक्ने उनको खुबी रहेको थियो । उनले आफ्नो प्रयोगशालामा घडि राखेका थिएनन् । त्यसलाई उनी आफ्नो लगनशिलता र सफलताको रहस्य मान्ने गर्दथे ।
यसरी १०९३ वटा चिजहरु आविस्कार गरेर उनी इतिहासकै सबैभन्दा बढि आविस्कार गर्न सफल बैज्ञानिक बन्न पुगे । उनका प्रमुख तिन आविस्कारहरु फोनोग्राफ, बल्व र मोसन पिक्चर थियो । मोसन पिक्चर नै आजको प्रोजेक्टरको विकसित रुप हो । बल्वको सफलतापुर्वक आविस्कार गर्नुभन्दा पहिले उनी त्यो काममा १००० पटक असफल भएका थिए । तर पनि उनले हार मानेनन् र निरन्तर कोशिष् गरिरहे र बल्वको आविस्कार गर्न सफल भए ।
उनले निकै ख्याति कमाए र मानिसहरु उनलाई “जिनियस” भन्ने गर्दथे ।एकदिन खाली समयमा पुरानो अल्मारीमा भएका चिजहरु हेर्दै थिए । त्यसै समयमा उनले त्यहाँ बर्षौ पुरानो त्यो पत्र भेट्टाए जो उनको स्कुलबाट पठाइएको थियो । त्यही पत्रको कारणले नै उनकी आमाले उनलाई घरमा राखेर शिक्षा दिन सुरु गरेकी थिइन् । एडिसन् त्यो पत्र पढ्न निकै उत्सुक भए । त्यो पत्रमा लेखेको कुराले उनलाई अचम्भित पा¥यो । त्यसमा लेखिएको थियो । “तपाईको छोराको दिमाग परिपक्व छैन र ऊ सिक्न सक्दैन । उसमा व्यवहारिक समस्याहरु पनि रहेका छन् । त्यसकारण हामी तपाईको छोरालाई हाम्रो स्कुलमा पढाउन सक्दैनौ । उसलाई यो विद्यालयबाट निस्कासित गरिएको औपचारिक जानकारी गराउँदछौ ।” उक्त पत्र पढेर थोमस अल्वा एडिसन् निकै रोए । उनी आफ्नी आमाप्रति निकै आभारी थिए । दुर्भाग्यवस् उनीकी आमाको मृत्यु पहिल्यै नै भइसकेको थियो ।
यो घट्नालाई उल्लेख गर्दै उनले आफ्नो डायरीमा यसो लेखेका छन्, “एक असल आमाले एउटा मुर्ख र कमजोर बालकलाई शताव्दीकै महान् बैज्ञानिक र जिनियस बनाईदिइन् !” यसरी मानिसहरुद्धारा असक्षम, मुर्ख र पागलको उपमा दिइएको एक मुर्ख बालक आफ्नी आमाको कारण इतिहासकै महान् बैज्ञानिकहरु मध्ये एक बन्न पुगे । स्कुलबाट निस्कासित पत्र प्राप्त गरेतापनि उनकी आमाले त्यसलाई सकारात्मक रुपमा प्रस्तुत गरेका कारण एडिसन् इतिहासमै सबैभन्दा बढि चिजहरु आविस्कार गरेर सर्वाधिक आविस्कार गर्ने बैज्ञानिक बन्न सफल भए ।
हामीले हाम्रा बालबालिकाहरुप्रति गर्ने व्यवहारले उनीहरु भविष्यमा कस्ता बन्नेछन् भन्ने कुरा निर्धारण गर्नेछ । यदि त्यो समयमा पत्र पढिसकेपछि थोमस अल्वा एडिसन्की आमाले रिसाएर नकारात्मक प्रतिक्रिया दिएको भए शायद इतिहासमा थोमस अल्वा एडिसन् कहिल्यै त्यो व्यक्ति बन्ने थिएनन् जो उनी बन्न सफल भए । सम्बन्धित भिडियो..............