Friday, November 25, 2022

यत्ति गरे कसो नेपालको राजनिति नसुध्रिएला !

 यत्ति गरे कसो नेपालको राजनिति नसुध्रिएला !

कै नभाको जात्रा हाँडी गाउँमा । यो उखान नेपालको राजनितिक प्रणालीमा एकदम सुहाउँदो देखिन्छ । नेपालको राजनितिमा यस्ता कुराहरु सुन्न र देख्न पाइन्छ जो अन्य कहिकतै देख्न पाइदैन । तथाकथित साम्यवादी र समाजवादीहरुले पुँजीवादीहरुका लागि भोट माग्छन् नेपालमा । यस्तो दृष्य अन्यत्र देख्न पाइदैन । नेपालको राजनितिमा अत्यन्त आवस्यक रहेका केही कुराहरु यो लेखमा प्रस्तुत गर्न चाहन्छु । शायद यत्ति मात्र गरिदिए नेपालको राजनिति धेरै सुध्रन सक्थ्यो । राजनिति सुध्रिए देशको अवस्था नसुध्रिने त कुरै भएन ।

१) राजनितिक दलहरुले आदर्श र नैतिकता स्थापना गर्नुपर्नेछ !

म व्रिटेनको अर्थतन्त्रलाई सुधार गर्नसक्छु भन्ने निश्चयता दिलाएर लीज ट्रस प्रधानमन्त्री बनिन् । कर कटौतीको उनको नितिले अपेक्षाकृतरुपमा काम गरेन र अन्त्यमा उनले आफू अब नैतिकताका आधारमा प्रधानमन्त्रीमा बसिरहन उपयुक्त नभएको भन्दै ४५ दिनमै राजिनामा दिइन् । नेपालमा हामीले कहिल्यै यस्तो देख्यौ ? विना निति नै सत्ता प्राप्ती गरेर कुर्सीमा बसिरहने अनि देश खोक्रो बनाइरहने यो देशमा राजनितिक दल र नेताहरुमा नैतिक आदर्शको खडेरी नै रहेको छ । यो देशको राजनितिलाई ठिक मार्गमा ल्याउन दल र नेताहरुले उच्च नैतिक आदर्श देखाउनुपर्ने देखिन्छ ।

२) प्रत्येक्ष कार्यकारी राष्ट्रपति

अमेरिकामा यही प्रणाली रहेको छ । त्यहाँ जनताले नै कार्यकारी राष्ट्रपति छान्ने गर्छन् । यसो गर्नाले जनताले चाहेको व्यक्ति सत्तामा पुग्दछ र उसले जनताका लागि काम गर्दछ । नेपालमा बहुमतका आधारमा पार्टीले प्रधानमन्त्री छान्दछ । यसका कारण पनि दर्शन र सोच भएको भन्दा पनि शक्ति र पहुँच भएको व्यक्तिले सक्ता प्राप्त गर्दछ । नेपालमा भइरहेकै यही हो । जनताले सिधै छान्न पाउँदा आज बालेन शाह र हर्क साम्पाङ्ग जस्ता लोकप्रिय र राजनितिबाट टाढै रहेका व्यक्ति छानिने मौका पाए । पार्टीले छान्दा फेरि शेर बहादुर देउवा नै प्रधानमन्त्रीको रुपमा छानिए । यही प्रणाली केन्द्रिय राजनितिमा भए कति राम्रो हुनेथियो होला ।

३) उमेरको हदबन्दी

नेपालको राजनितिमा उमेरको हदबन्दी अत्यावस्यक देखिन्छ । बुढापाका नेताहरुले मरुन्जेलसम्म पनि राजनिति गर्ने र सत्ता प्राप्तीका लागि मरिहत्ते गर्ने प्रचलनले देशलाई निकै हानि गरिरहेको छ । छिमेकी मुलुक भारतमा सत्तामा रहेको भारतिय जनता पार्टीमा ७५ वर्षपछि सबै नेताले अवकास लिनुपर्ने हुन्छ । ७५ वर्षपुगिसकेपछि बिजेपीमा रहेर राजनिति गर्न पाइदैन । नेपालमा पनि यो प्रणाली राजनितिक दलहरुले विकास गरेमा नयाँ जोश, जागर, दर्शन बोकेका युवा पुस्ताले राजनितिमा स्थान पाउने थिए ।

४) एक व्यक्ति एक पदको निति

एउटै व्यक्ति पार्टीको अध्यक्ष अनि उही व्यक्ति देशको प्रधानमन्त्री पनि बन्ने अनौठो प्रचलन नेपालमै रहेको छ । नेकपा टुक्रिएर तीन भागमा विभाजन हुनुको मुख्य कारण नै यही हो । केपी वली प्रधानमन्त्री पनि बनिरहन चाहे र पार्टीको अध्यक्ष पनि । जसका कारण पार्टी नै विभाजित हुनपुग्यो । प्रधानमन्त्री देशकै हुन्छ र उनले म देशकै प्रधानमन्त्री हुँ भन्ने सोचका साथ काम गर्नुपर्नेहुन्छ । त्यो व्यक्तिले कुनै पार्टी विशेषको पद धारण गरेर बस्नु कति सम्म उपयुक्त होला ? आफै विचार गरौ । भारतिय काँग्रेस पार्टीमा “एक व्यक्ति, एक पद” को निति रहेको छ । नेपालको राजनितिलाई ठिक पार्न यो नितिले पनि उल्लेखनिय भुमिका खेल्ने सम्भावना देखिन्छ । 

५) कार्यकालमा हदबन्दी

अमेरिकामा एक व्यक्ति केवल दुई पटक मात्र राष्ट्रपति बन्न सक्छ । नेपालमा भने एउटै व्यक्ति पाँच पटक सम्म प्रधानमन्त्री बनिसकेका छन् ! अनि उनको शासनले देशलाई कुनै फाइदा पु¥याएन र पनि फेरि तिनै व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ । पाँच पटक प्रधानमन्त्री बन्ने मौका प्राप्त गर्दा समेत केही गर्न नसक्नेले अब के गर्लान् भन्ने आशा गर्ने ? तर के गर्ने प्रधानमन्त्री पार्टीले छान्ने हो, जनताले होइन । तर राजनितिक दलहरुले कार्यकालमा हदबन्दी लगाए भने नयाँले मौका पाउनेछन् । नयाँले मौका पाए भने एकले नगरेपनि अर्कोले गर्ने सम्भावना बढ्नेछ !

६) जनताद्धारा उच्च खबरदारी

नेपालमा जनताभन्दा बढि पार्टी र नेताका आधिकारिक, बफादार र समर्पित कार्यकर्ताहरु धेरै छन् । नेपालमा बच्चाहरु जन्मदैनन्, पार्टीका मोहर लगाइएका सदस्यहरु जन्मिन्छन् । अलिक कडा भयो तर यथार्थ यस्तै देखिन्छ । समस्या के भने, यस्ताहरुले खबरदारी गर्न सक्दैनन् ! पार्टीको सदस्य हुनु गलत होइन, तर मेरै पार्टी र नेताप्रति म सधै बफादार रहनेछु भन्नु गलत हो । तपाईको पार्टी र नेताले गलत गरेमा खबरदारी गर्ने हिम्मत तपाईमा हुनुपर्छ ! सधै मेरै नेता र मेरै पार्टी सहि र बाँकी सबै गलत भन्ने सोच नराखी, पार्टीकै सदस्य वा कुनै कृयाशिल पदमै रहेर पनि निष्पक्षिय सोचको विकास गर्न आवस्यक छ । पार्टीकै सिफारिसका आधारमा जागिर खाएपछि तिनै नेता र पार्टीलाई खबरदारी गर्न कहाँ सकिन्छ र ? नेपालमा भइरहेकै यही हो ।

७) नेताहरुमाथि सम्बन्धित निकायहरुबाट उच्च नियमन राख्ने

भारतका रेलमन्त्री समेत रहिसकेका र बिहारमा मुख्यमन्त्री रहिसकेका भारतको राजनितिका एक दिग्गज नेता लालु प्रसाद यादब जेलमा थिए । भ्रष्टाचार गरेको प्रमाणित भएपछि उनी जेल परे । नेपालमा नेताहरु कुनै व्यापार, व्यवसाय, धन्दा गर्दैनन्, तर यिनीहरुसँग अकुत सम्पत्ति रहेको छ । कहाँबाट आयो ? त्यो सम्पत्तिको स्रोत के हो ? अख्तियार अनुसन्धान आयोगमाथि “सधै साना माछाहरु मात्र समात्ने” गरेको आरोप लाग्ने गर्छ । अख्तियार अनुसन्धान आयोगले निष्पक्ष र निर्भयतासाथ नेताहरुमाथि पनि निगरानी गर्न थालेमा भ्रष्टाचारमा कमि आउने थियो कि ? अहिले नेपालका नेताहरु त खुल्ला साँढेहरु जस्ता छन् कि भन्ने लाग्छ ! जे गर्दा पनि हुने अनि कानूनी दायरामा कहिल्यै नआउने !

८) गठबन्धनको सरकार हानिकारक हुन्छ

यो कुरा हामीले भोगिसकेका छौ ! बहुमतको सरकारले आफ्नै दर्शन र योजना अनुसार काम गर्नसक्छ । बहुमतको सरकारमा भ्रष्टाचारको प्रवल सम्भावना हुन्छ । कारण के भने, सरकार विभिन्न दलहरुविचको सहमतिका आधारमा बहुमत निर्माण गरेर बनाइन्छ । यसो हुँदा प्रधानमन्त्रीले गठबन्धनको अर्को पार्टीको मन्त्रीमाथि कुनै एक्सन लिदा भोली गठबन्धन नै टुट्ने होकि भनेर सोच्नुपर्नेहुन्छ । यस्तो स्थीतिमा प्रधानमन्त्री कमजोर हुन्छ जसका कारण मन्त्री लगायत आसेपासे समेत भ्रष्टाचारमा सहभागि हुन्छन् । देशमा सुशासनका लागि बहुमतको सरकार चाहिन्छ नै ।


Hari BK

Bardiya