Showing posts with label ख्रीष्टियन लेखहरु. Show all posts
Showing posts with label ख्रीष्टियन लेखहरु. Show all posts

Friday, August 7, 2020

येशू ख्रीष्ट कुन भाषा बोल्नुहुन्थ्यो ? येशू ख्रीष्टको समयमा इस्राएलमा कुन भाषा बोलिन्थ्यो ?

येशू कुन भाषा बोल्नुहुन्थ्यो होला भन्ने प्रश्न धेरै ख्रीष्टियनहरुको मनमा हुनसक्छ ? इस्राएलीहरु हिब्रू भाषा बोल्थे । येशू पनि एक इस्राएली भएर जन्मिनुभएको कारण उहाँले पनि शायद हिब्रू भाषा बोल्नुहुन्थ्यो भन्ने लाग्न सक्छ ! तर यथार्थ फरक छ । येशूले हिब्रू भाषा बोल्नुहुन्नथ्यो । येशू परमेश्वर हुनुहुन्छ र उहाँ सबै भाषाहरु बुझ्न सक्नुहुन्छ । उहाँको क्षमता भाषा र भुगोलमा सिमित छैन । येशू ख्रीष्टको समयमा प्रचलित भाषाहरुलाई बुझ्नका लागि त्यो समयको पृृष्ठभुमिलाई बुझ्न आवस्यक हुन्छ । हिब्रू इस्राएलीहरुले परापुर्वकालदेखि बोल्दै आएको भाषा थियो । हिब्रू भाषा केवल इस्राएलीहरुले मात्र नभई इस्राएल वरपरका क्षेत्रहरुमा लामो समयदेखि बोलिदैआएको भाषा थियो । हिब्रू धेरै प्राचिन भाषाहरुमध्ये एक हो । अहिले पनि हिब्रू इस्राएलको राष्टिय भाषा हो । अहिलेको समयमा केवल यहूदी अर्थात इस्राएलीहरुले मात्र हिब्रू भाषा बोल्दछन् भन्दा फरक नपर्ला ।

बाइबलको पूरानो करारको ठुलो हिस्सा हिब्रू भाषामा नै लेखिएको थियो । केवल दानिएलको थोरै भाग, नहेम्याह र एज्राको पुस्तक मात्र आरमेइक भाषामा लेखिएका थिए । हिब्रू भाषाले सबैभन्दा ठुलो क्षति बेविलोनीहरुले इस्राएल कब्जा गरेपछि बेहोर्नु प¥यो । बेविलोनी राजा नबूकदनेसरले इस्राएलीहरुलाई पाँचौ शताव्दी इसापुर्वमा आक्रमण गरेर बेविलोनमा निर्वासनमा ल्याए । इस्राएलीहरु त्यहाँ सत्तरी वर्षभन्दा बढि रहे । बेविलोनीहरु आरमेइक भाषा बोल्ने गर्थे । बेविलोनीहरुसँग रहने क्रममा इस्राएलीहरुले हिब्रू भाषाको सट्टा आरमेइक भाषा बोल्न थाले । यसरी हिब्रू भाषा ओझेलमा प¥यो । हिब्रू भाषा केवल धार्मिक क्रियाकलापहरुमा प्रयोग गरिने भाषाको रुपमा सिमित रहन पुगेको थियो । इस्राएलीहरु बेविलोनबाट इस्राएलमा फर्किएर आएपछि पनि आरमेइक भाषा नै प्रयोग गरिरहे ।

तेस्रो शताव्दी इसापुर्वमा अलेक्जेण्डर ग्रिक साम्राज्यका सम्राट बने । उनको सपना पूरै दुनिया जितेर विश्वमा ग्रिक भाषा र सँस्कृति फैलाउनु थियो । उनको समयमा नै ग्रिक अन्तराष्टिय भाषा बन्न पुग्यो । त्यसकारणले नै नयाँ करारको समयमा ग्रिक अन्तराष्टिय बोलिचालीको भाषा थियो । नयाँ करारका सबै पुस्तकहरु नै ग्रिक भाषामा लेखिएका थिए । पूरानो करारको ठुलो हिस्सा हिब्रू भाषामा, केही भाग आरमेइकमा लेखिएको थियो । यसरी बाइबल तिन विभिन्न भाषाहरुः हिब्रू, ग्रिक र आरमेइकमा लेखिएको थियो ।

येशूको समयमा इस्राएलमा तिन वटा भाषाहरु चलनचल्तीमा थिए । हिब्रू, ग्रिक र आरमेइक । त्यो बाहेक अर्को भाषा पनि इस्राएलमा प्रयोग गरिन्थ्यो । इस्राएलमा भएका रोमी अधिकारी र सेनाहरुले ल्याटिन भाषा बोल्ने गर्थे । ल्याटिन रोमीहरुको मातृभाषा थियो । येशू ख्रीष्टको समयमा रोमीहरुले ल्याटिन भाषा बोल्थे, इस्राएलमा पढे लेखेकाहरुले हिब्रू र ग्रिक भाषा बोल्थे । गालील र सामरिया जस्ता पिछडिएका क्षेत्रका मानिसहरुले भने आरमेइक भाषा बोल्ने गर्थे । अब प्रश्न यो आउँछ , येशूले कुन भाषा बोल्नुहुन्थो त ? येशूले आरमेइक भाषा बोल्नुहुन्थ्यो । यो कुरा सुसमाचारका पुस्तकहरुबाट पनि स्पष्ट हुन्छ । येशूले “तालिता कूमी” (मर्कूस ५ः४१), “इफ्फता” (मर्कूस ७ः३४), इलोइ, इलोइ लामा सबखतनी (मत्ती २७ः४६, मर्कूस १५ः३४), अव्वा (मर्कूस १४ः३६) जस्ता शव्दहरु प्रयोग गर्नुभएको देख्न सकिन्छ । यी सबै आरमेइक शव्दहरु थिए । तर येशूलाई हिब्रू भाषाको पनि ज्ञान भएको हुनसक्छ । किनकि उहाँले सभाघरहरुमा धर्मशास्त्रबाट शिक्षा दिनुभएको थियो । त्यो बेलामा यहूदी धर्मशास्त्र हिब्रू भाषामा थियो ।

अन्नतः भाषाले उहाँलाई सिमित पार्न सक्दैन । तथापी उहाँ संसारमा छदा सामान्य बोलिचालीमा आरमेइक भाषा बोल्नुहुन्थ्यो भने शिक्षाका लागि हिब्रू भाषा प्रयोग गर्नुहुन्थ्यो । आरमेइक र हिब्रू दुवै भाषा येशू ख्रीष्टको समयमा इस्राएलमा प्रयोग गरिने भाषा थिए भने ग्रिक चाहिँ अन्तराष्टिय भाषा थियो । र बाइबल हिब्रू, ग्रिक र आरमेइक गरि तिनवटा भाषाहरुमा लेखिएको थियो ।

सम्बन्धित भिडियो..........

Tuesday, July 16, 2019

किन बाइबल अन्य सबै धर्मग्रन्थहरुभन्दा फरक छ ? ६ तथ्यहरु (भिडियो सहित)


सबै धर्महरुका आ–आफ्नै धर्मग्रन्थहरु रहेका छन् । ति धर्मग्रन्थहरुका आ–आफ्नै विशेषता र महत्वहरु रहेका छन् । अद्धितिय भन्ने शव्दको अर्थ “बेग्लै, फरक वा तुलना नै नभएको” भन्ने हुन्छ । आजको यो भिडियोमा बाइबललाई कुन कुराले एक अद्धितिय धर्मशास्त्र बनाउँछ ? अर्थात कुन कुरामा बाइबल अन्य सबै धर्मग्रन्थहरुभन्दा फरक रहेको छ भन्ने कुरा हेर्नेछौ । ६ वटा तार्किक वुँदाहरु यो भिडियोमा समावेश गर्ने जमर्को गरिएको छ । 

१) लेखनमा बाइबल अद्धितिय छ ।
बाइबल एक यस्तो धर्मशास्त्र हो जो करिब १६०० वर्षको अवधीमा लेखिएको थियो । यो निकै लामो समयमा लेखिएको थियो । बाइबल करिब ४० जना लेखकहरुद्धारा लेखिएको थियो । ति ४० जना लेखकहरु फरक फरक पृष्ठभुमि र युगका मानिसहरु थिए । बाइबलका लेखकहरु कोही मछुवारेहरु, कोही गोठाला, कोही राजा, कोही मन्त्री, कोही अशिक्षित त कोही विद्धानहरु थिए । साथै बाइबल एशिया, यूरोप र अफ्रिका महादेशका विभिन्न भागहरुमा लेखिएको थियो । यसरी लामो अवधीमा ४० जना फरक फरक व्यक्तिहरुद्धारा र तिन वटा महादेशका विभिन्न भागहरुमा बाइबल लेखिएको थियो । सायद संसारमा यसरी कहिल्यै कुनै पनि धर्मग्रन्थ लेखिएन । यसरी लेखनमा ठुलो विभिद्ता भएतापनि बाइबल भित्र कुनै पनि विरोधाभास पाउन सकिन्न ।

२) यसको प्रयोग, अनुवाद र विक्रिवितरणमा बाइबल अद्धितिय छ ।
निर्विवादरुपमा बाइबल विश्वमै सबैभन्दा बढि विक्रि हुने र पढिने पुस्तक हो । एक अनुमानका अनुसार अहिलेसम्म संसारभरी करिब ५ अरबभन्दा बढि बाइबलहरु विक्रिवितरण भइसकेका छन् । आजपनि प्रतिवर्ष १० करोडभन्दा बढि बाइबलहरु छापिन्छन् र विक्रिवितरण हुने गर्दछन् । बाइबल संसारमै सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ हो । पुरा बाइबल करिब ६०० भन्दा बढि भाषाहरुमा भने नयाँ करार वा बाइबलका केही अँशहरु ३४०० भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ । यसरी कहिल्यै कुनै पनि धर्मग्रन्थ वा पुस्तक यति धेरै भाषाहरुमा अनुवाद भएको छैन । यसरी बाइबल संसारमै सबैभन्दा बढि विक्रिवितरण हुने र सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ हो ।

३) यसको निरन्तरतामा बाइबल अद्धितिय छ । 
करिब १६०० वर्षको अवधीमा करिब ४० जना लेखकहरुद्धारा ३ फरक महादेशहरुमा बाइबल लेखिएको भएतापनि बाइबल अहिलेसम्म जोगिन सफल भएको छ । इतिहासमा सबैभन्दा बढि आक्रमण गरिएको धर्मग्रन्थ पनि हो । रोमी साम्राज्यको बेलामा एक पटक पुरै बाइबल नष्ट भइसके भनेर रोमी सम्राटलाई रिपोर्ट दिइएको थियो । भोल्टेयरले बाइबललाई अतार्किक र रुढिवादी धर्मग्रन्थको रुपमा चिनाएर यसलाई निमिट्यान्न पार्न धेरै कोशिष् गरे । भोल्टेयर सिद्धिएर गए तर बाइबल अझै पनि एक विश्वव्यापि धर्मग्रन्थको रुपमा चिनिन्छ । यसरी लामो समयमा थुप्रै लेखकहरुद्धारा र फरक भुगोलमा लेखिएर इतिहासमा थुप्रै पटक आक्रमणको सिकार भएतापनि बाइबल आजसम्म पनि अस्तित्वमा रहनुले बाइबललाई एक अद्धितिय धर्मग्रन्थ बनाउँछ ।

४) मानव सभ्यतामाथि यसको प्रभावमा बाइबल अद्धितिय छ ।
मानव सभ्यताका सबै पाटोहरुमा बाइबलको अतुलनिय प्रभाव रहेको छ । इतिहासमा बाइबलकै कारण कैयौ जङ्गली जातिहरु परिवर्तित भएर सभ्य समाजको बाटोमा लागेका छन् । बाइबलमा दिइएको शिक्षा अति नै प्रभावकारी रहेको छ । यसले उच्चत्तम नैतिक शिक्षा दिन्छ । बाइबलले दया, प्रेम, समानता र सम्मानका साथ जिउन शिक्षा दिन्छ । बाइबलको शिक्षाबाट प्रभावित भएर नै विश्वमा ठुलाठुला सहायताकारी सँगठनहरु सुरु गरिएका थिए । साहित्य, कला, राजनिति, दर्शनशास्त्र आदि माथि बाइबलको प्रभाव अतुलनिय रहेको छ । माथि उल्लेखित सबै क्षेत्रका मानिसहरुका लागि बाइबल प्रेरणाको स्रोत बन्न पुगेको थियो । जसरी मानव इतिहासमा बाइबलले प्रभाव पार्न सफल भयो, यसले बाइबललाई अद्धितिय बनाएको छ ।

५) परमेश्वरको एकमात्र वचन भएकाले बाइबल अद्धितिय छ ।
सबै ख्रीष्टियनहरुले बाइबल एकमात्र परमेश्वरको एकमात्र वचन हो भन्ने कुरामा विश्वास गर्दछन् । बाइबलमा २ तिमोथीको पुस्तक ३ः१६ मा यसो लेखिएको छ ः “सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो.....” । बाइबल वास्तवमै परमेश्वरको एकमात्र वचन हो । यदि यो परमेश्वरको वचन नभएको भए कसरी यसले लाखौ जीवनहरु परिवर्तन गर्न सक्थ्यो ? लामो अवधीमा थुपैै लेखकहरुद्धारा विभिन्न देशहरुमा लेखिएतापनि यसका विषयवस्तुमा जुन प्रकारको एकत्व र समानता देख्न सकिन्छ त्यसबाट बाइबल परमेश्वरको वचन हो भन्ने कुरा प्रमाणित हुन्छ । बाइबलमा नै परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ । परमेश्वरले आधिकारिकरुपमा दिनुभएको एकमात्र वचन बाइबल हो र यस अर्थमा बाइबल अन्य सबै पुस्तक र धर्मशास्त्रहरुभन्दा अद्धितिय रहेको छ ।

६) विषयवस्तुमा बाइबल अद्धितिय छ ।
बाइबल कसरी लेखिएको थियो भन्ने कुरा माथि नै धेरै पटक दोहो¥याइसकिएको छ । बाइबलको विशेषता भनेको यसको सुरुको पानादेखि यसको अन्तिम पानासम्म पनि कहिकतै विरोधाभासका कुराहरु पाउन सकिन्न । फरक पृष्ठभुमि भएका ४० जना मानविय लेखकहरुद्धारा बाइबल लेखिएको भएतापनि आपसमा विरोधाभास वा मतान्तर पाउन सकिन्न । यो अति नै अचम्मको कुरा हो । बाइबलमा भएका वैज्ञानिक तथ्यहरुले यसलाई अद्धितिय धर्मग्रन्थ बनाउँछ । बाइबलमा कैयौ बैज्ञानिक तथ्यहरु उल्लेख गरिएका छन् जसलाई आधुनिक विज्ञानले पुष्टी गरेको छ । बाइबल एक सिङ्गो पुस्तक नभइ पुस्तकहरुको सँग्रह हो । यस भित्र इतिहास, कथा, कविता, उपदेश, भविष्यवाणीहरु र पत्रहरु समावेश गरिएका छन् । एउटा धर्मग्रन्थले यति धेरै विद्याहरुलाई समेट्न सक्नुले यसलाई अन्य धर्मग्रन्थहरुभन्दा फरक तुल्याउँछ । साथै बाइबलले सहि र सत्य इतिहास दिन्छ । कहिकतै पनि बढाइचढाइ गरेर घट्नाको व्याख्या गरेको कुरा बाइबलमा पाउन सकिन्न । यसले यहूदी जातिका पिता भनेर चिनिने अब्राहामले आफु उम्कनका लागि आफ्नी श्रिमतिलाई बहिनी भनेको कुरा पनि उल्लेख गर्दछ । दाऊद जस्तो महान् राजा कसरी व्यभिचारमा फसेका थिए भन्ने कुरा पनि उल्लेख गर्दछ । पत्रूस जो मण्डलीको खम्बा भनेर चिनिन्थे उनले कसरी येशूलाई तिन पटक अस्विकार गरेका थिए भन्ने कुरा पनि उल्लेख गर्दछन् । यि केही उदाहरणहरु मात्र हुन् । यस्ता थुप्रै उदाहरणहरु बाइबल भित्र रहेका छन् । यसले सत्यतथ्य इतिहास वृत्तान्त प्रस्तुत गर्दछ । यस अर्थमा बाइबल अद्धितिय रहेको छ ।

अन्त्यमा............
अब अन्त्यमा जेम्स मेरिटको बाइबल सम्बन्धि भनाईसँगै आजको यो भिडियोलाई बिट मार्न चाहन्छु । उनले यसो भनेको थिएः “बाइबल पढ्नुको उद्धेश्य भनेको बाइबल बारे जान्नु होइन, तर परमेश्वरको बारेमा जान्नु हो ।”  

सम्बन्धित भिडियो........




मेरो यूटूवको च्यानल सवस्क्राइव गर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्ः
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

Wednesday, July 10, 2019

के तपाईलाई बाइबलका यि तथ्यहरु थाहा छ ? बाइबलका महत्वपुर्ण र रोचक जानकारीहरु ! (भिडियो सहित)


बाइबल विश्वकै एक अद्धितिय पुस्तक । इतिहासमा बाइबलले लाखौ जीवनहरु परिवर्तन गर्न सफल भएको छ । मानवजातिलाई सभ्यता, मानवता र मुक्तिको बाटो देखाएर बाइबल संसारमै सबैभन्दा बढि प्रेम गरिएको पुस्तक बन्न पुगेको छ । बाइबल ख्रीष्टियनहरुको पवित्र धर्मग्रन्थ हो । बाइबल संसारमै सबैभन्दा बढि बढिने लोकप्रिय पुस्तक हो । साथै बाइबल अहिलेसम्म सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ पनि हो । यो लेखमा बाइबल सम्बन्धी केही आधारभुत जानकारीहरु र साथै बाइबल सम्बन्धी रोचक तथ्यहरु प्रस्तुत गरिएको छ । 

१) बाइबल शब्द ग्रिक भाषाको “विवलोस” शब्दबाट आएको हो, जसको अर्थ “पुस्तकहरु” भन्ने हुन्छ ।
२) बाइबल संसारमा सबैभन्दा बढि भाषाहरुमा अनुवाद गरिएको पुस्तक हो । पुरै बाइबल वा आँशिक बाइबलगरी अहिलेसम्म बाइबल जम्माजम्मी ३३२४ भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ ।
३) बाइबल संसारमै सबैभन्दा बढि विक्रि वितरण गरिने पुस्तक हो । अहिलेसम्म ५ अरबभन्दा बढि बाइबल विक्रि वितरण भइसकेको अनुमान लगाइएको छ । एक सर्वेका अनुसार प्रतिवर्ष १० करोड बाइबलहरु छापिने गरिन्छन् । आजपनि प्रत्येक दिन २७३,९७२ वटा, प्रत्येक घण्टा ११४१५ वटा, प्रत्येक मिनेट १९० वटा भने प्रत्येक सेकेण्ड ३ वटा बाइबल विक्रि वितरण हुने गर्दछ ।
४) बाइबल करिब ४० जना लेखकहरुद्धारा करिब १६०० वर्षको ठुलो अन्तरालमा लेखिएको थियो ।
५) बाइबल मुलत हिब्रु, ग्रिक र आरमेइक गरी ३ वटा प्राचिन भाषाहरुमा लेखिएको थियो । 
६) बाइबल मुलत एशिया, युरोप र अफ्रिका गरी ३ वटा महादेशहरुमा लेखीएको थियो ।
७) बाइबलमा जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् ।
८) बाइबललाई २ भागहरुमा बिभाजन गरिएको छ ः पुरानो करार र नयाँ करार
९) पुरानो करारमा ३९ वटा पुस्तकहरु छन् भने नयाँ करारमा २७ वटा पुस्तकहरु रहेका छन् । 
१०) बाइबलमा जम्माजम्मी १,१८९ वटा अध्यायहरु छन् ।
११) बाइबलमा जम्माजम्मी ३१,१०१ वटा पदहरु छन् ।
१२) बाइबलमा जम्माजम्मी १,२८० वटा प्रतिज्ञाहरु छन् । 
१३) बाइबलमा जम्माजम्मी  ६,४६८ वटा आज्ञाहरु छन् ।
१४) बाइबलमा करिब ८,००० भन्दा बढी भबिष्यवाणीहरु छन् । बाइबलको जम्मा हिस्साको ३० प्रतिशत भाग भविष्यवाणीहरुले ओगटेको छ ।
१५) बाइबलमा उल्लेखित भविष्यवाणीहरु मध्ये ३,२६५ वटा भविष्यवाणीहरु पुरा भइसकेका छन् ।
१६) बाइबलमा जम्मा ३,२९४ वटा प्रश्नहरु छन् । 
१७) बाइबलमा उल्लेखित सबैभन्दा लामो नाउँ यशैया ८ः१ पदमा उल्लेख गरिएको “महेर–शालल–हाज–वज” हो । 
१८) बाइबलको सबै भन्दा लामो पद एस्तर ८ः९ पद हो ।
१९) बाइबलको सबैभन्दा छोटो पद युहन्ना ११ः३५ हो । जहाँ केवल “येशू रुनुभयो !” भन्ने लेखिएको छ ।
२०) बाइबलको मध्ये पुस्तकहरु मिका र नहुम हुन् ।
२१) बाइबलको मध्य पद भजनसँग्रह ११८ः५ पद हो ।
२२) बाइबलको सबैभन्दा लामो पुस्तक भजनसँग्रह हो, जसमा १५० वटा अध्यायहरु रहेका छन् ।
२३) बाइबलको सबैभन्दा छोटो पुस्तक २ युहन्ना हो, जसमा केवल १३ वटा मात्र पदहरु मात्र रहेका छन् ।
२४) बाइबलको सबै भन्दा लामो अध्याय भजनसँग्रह ११९ हो, जसमा १७६ वटा पदहरु रहेका छन् ।
२५) बाइबलको सबै भन्दा छोटो अध्याय भजनसँग्रह ११७ हो जसमा केवल २ वटा पदहरु मात्र रहेका छन् ।
२६) बाइबलमा “परमेश्वर” शब्द ३,५६८ पटक उल्लेख गरिएको छ ।
२७) बाइबलमा “परमप्रभु” शब्द ७,७३६ पटक उल्लेख गरिएको छ ।
२८) पुरानो करारमा जम्माजम्मी ९२९ वटा अध्यायहरु छन् ।
२९) पुरानो करारको मध्ये पुस्तक हितोपदेश हो ।
३०) पुरानो करारको मध्ये अध्याय अयुव २० अध्याय हो ।
३१) पुरानो करारको मध्ये पद २ इतिहास २०ः१७ र १८ पद हुन् ।
३२) पुरानो करारको सबैभन्दा छोटो पुस्तक ओबदिया हो, जसमा केवल २१ वटा पदहरु मात्र रहेका छन् ।
३३) नयाँ करारमा जम्माजम्मी २६० वटा अध्यायहरु रहेका छन् ।
३४) नयाँ करारमा जम्माजम्मी ७,९५७ वटा पदहरु रहेका छन् ।
३५) नयाँ करारको मध्ये पुस्तक २ थेसलोनिकी हो । 
३६) नयाँ करारको मध्ये पद प्रेरित २७ः१७ हो ।
३७) नयाँ करारको सबैभन्दा लामो पद प्रकाश २०ः४ पद हो ।
३८) नयाँ करारको सबै भन्दा लामो अध्याय लुका १ अध्याय हो, जसमा जम्माजम्मी ८० वटा पदहरु छन् ।

सम्बन्धित भिडियो...........

Monday, June 24, 2019

हाम्रो विश्वासको यात्रा (येशू पानीमाथि हिड्नुभएको घट्नाबाट—मत्ती १४ः२२–३२)—भिडियो सहित

हाम्रो विश्वासको यात्रा
येशू पानीमाथि हिड्नुभएको घट्ना (मत्ती १४ः२२–३२)— मर्कूस ६ः४५–५६, यूहन्ना ६ः१६–२१
खण्ड अध्ययनः मत्ती १४ः२२–३२
के सिक्न सकिन्छ ?
१) ख्रीष्टियन विश्वास एक यात्रा हो । (२२ पद)

  • मत्ती २८ः१९ः “यसकारण जाओ,.......”

२) येशूले हामीलाई डरमा छोड्नुहुन्न तर सान्त्वना दिनुहुन्छ । (२७ पद)

  • तर झट्टै येशूले तिनीहरुलाई यसो भन्नुभयो, “साहस गर, म नै हुँ, नडराओ ।”
  • बाइबलमा ३६५ पटक “नडरा” भन्ने शव्द प्रयोग गरिएको छ ।
  • २तिमोथी १ः७ “किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ ।”

३) विश्वासका साथ कदम चाल्नुपर्दछ । (२९ पद)

  • “पत्रूस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्न लागे ।”
  • यशैया ४३ः२, “तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरुबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भष्म पार्नेछैन ।”

४) सँकटमा केवल प्रभुमा भरोसा राख्नुपर्दछ र उहाँको मात्र पुकारा गर्नुपर्दछ । (३० पद)

  • तर बतास जोडले चलेको देखेर तिनी डराए, र जब डुव्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस् ।”
  • बतास जोडले चलेको (समस्या, चुनौति, कठिनाई, अभाव, सतावट) देखेर उनी डराए ।
  • यशैया ४०ः३१ः “तर परमप्रभुको आशा गर्नेहरुको बल फेरि नयाँ हुनेछ । तिनीहरु गरुडझै माथि–मािथ उड्नेछन् , र दगुरेर पनि तिनीहरु थाक्नेछैनन् । तिनीहरु हिँड्नेछन् तापनि मूच्र्छा पर्नेछैनन् ।”

५) येशूले सहायता गर्नुहुन्छ । (३१ पद)

  • तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का ग¥यो ?”
  • झट्टै हात पसारेर......(तुरुन्तै सहायता गर्नुभयो ।)
  • मत्ती २८ः२०, “हेर म यूगको अन्त्यसम्म सधै तिमीहरुका साथमा छुँ ।”
सम्बन्धित भिडियो.........

Sunday, June 23, 2019

झुटा शिक्षा भनेको के हो ? कसरी चिन्ने झुटा शिक्षाहरुलाई ? (भिडियो सहित)


झुटा शिक्षा भनेको के हो ?
  • बाइबलिय र ख्रीष्टियन एतिहासिक पक्षसँग मेल नखाने प्रकारको शिक्षा दिने सम्प्रदायहरुलाई झुटा शिक्षा भनिन्छ । 
  • अर्को अर्थमा जसले बाइबलको सिद्धान्त र सत्यतालाई बङ्गयाएर प्रस्तुत गर्दछन् वा अस्विकार गर्दछन् , त्यस्ता समुदायहरुलाई झुटा शिक्षा भनिन्छ ।
किन जान्न आवस्यक छ झुटा शिक्षाहरुको बारेमा ?
    १) ख्रीष्टियन विश्वासको गलत प्रतिनिधित्व गर्नेहरुको बारेमा जान्नका लागि
    २) मानिसहरु किन झुटा शिक्षाहरुमा जान्छन् भन्ने कुरा जान्नका लागि
    ३) झुटा शिक्षाहरुको विश्वास र अभ्यासको बारेमा जान्नका लागि

झुटा शिक्षाहरुलाई कसरी चिन्ने ?
१) सही शिक्षा के हो सो जान्नु
२) यिनीहरुको फलबाट चिन्ने (मत्ती ७ः१५,१६)
 “झुटा अगमवक्ताहरुदेखि होशियार बस, जो तिमीहरुकहाँ भेडा भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ                     डरलाग्दा ब्वाँसाहरुजस्ता हुन्छन् । तिनीहरुका फलबाट तिमीहरुले तिनीहरुलाई चिन्नेछौ ।”

झुटा शिक्षाहरुका गुणहरु
      १) अगुवा केन्द्रित हुन्छन्
      २) आफुमात्र साँचो भएको दावी गर्दछन्
      ३) बाइबल बाहेक अन्य पुस्तकहरुलाई पनि धर्मग्रन्थको दर्जा दिन्छन्
      ४) ख्रीष्टियनहरुलाई बढि प्राथामिकता दिन्छन् ।
      ५) विश्वव्यापी मण्डलीको बारेमा शिक्षा दिन्छन्
      ६) ख्रीष्टियन समाजसँग एकतामा रहन चाहन्नन्
      ७) भड्काउने प्रकारको शिक्षा दिन्छन्
      ८) बाइबल विपरित शिक्षा दिन्छन्
          बाइबल, त्रिएक, येशू ख्रीष्ट, मुक्ति, दोस्रो आगमन आदि ।
     ९) बाइबलका कुनै केन्द्रित पद वा विषयबाट मात्र तर्क गर्दछन्

प्रमुख झुटा शिक्षाहरु
क्रिश्चियन आइडिन्टीटी, क्रिश्चियन साइन्स, यूनिफिकेसन चर्च (सन यूङ्ग मुन), मोर्मोन, यहोवाका साक्षीहरु, सेभेन्थ डे एडभान्टीष्ट, रोमन क्याथोलिक, वन्ली जीजस, चर्च अफ क्राइष्ट, डव्लू, सि.सि., सियोन चर्च, साल्भेसन आर्मी

सम्बन्धित भिडियो.........



च्यानल सवस्क्राइव गर्न वा थप भिडियोहरु हेर्नका लागि यो लिङ्कका क्लिक गर्नुहोस्ः
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

सरकार, शासक, प्रशासकहरुको बारेमा बाइबलले के भन्छ ? बाइबलका पाँच शिक्षाहरु (भिडियो सहित)



१) हरेक सरकार वा अधिकारीहरु परमेश्वरबाट नियुक्त गरिएका हुन्छन् ।

  • यूहन्ना १९ः११, “येशूले जवाफ दिनुभयो, तपाईलाई माथिबाट नदिइएको भए ममाथि तपाईको केही अधिकार हुनेथिएन ।”
  • रोमी १३ः१ख, “.......परमेश्वरबाट आएको अधिकार बाहेक अरु कुनै अधिकार हुँदैन । जुन प्रशासकहरु छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन् ।”

२) परमेश्वरले भ्रष्ट सरकारलाई पनि आफ्नो इच्छापुर्तिका लागि प्रयोग गर्नुहुन्छ । 

  • यर्मिया २५ः९, “म उत्तरका सबै मानिसहरुलाई र मेरो दास, बेविलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्याउनेछु , परमप्रभु भन्नुहुन्छ , र म उनीहरुलाई यो देश र यसका बासिन्दाहरु र चारैतिरका सबै जातिहरुका विरुद्धमा ल्याउनेछु ।”
  • प्रेरित ४ः२७–२८, “किनभने साँच्चै तपाईले अभिषेक गर्नुभएका तपाईका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरुसँग यसै सहरमा भेला भएका थिए । त्यही गर्नलाई जे तपाईको बाहुलीबाट तपाईको योजनाअनुसार अघिबाटै ठहराइएको थियो ।”

३) हरेक ख्रीष्टियनले शासक प्रशासकहरुका निम्ति प्रार्थना गर्नुपर्दछ ।

  • १तिमोथी २ः१,२, “सर्वप्रथम म आग्रह गर्दछु , कि सबै मानिसहरुका निम्ति नम्रनिवेदन प्रार्थना र मध्यस्थ–बिन्ति र धन्यवाद चढाइउन् , राजाहरु र सबै उच्च पद्मा भएकाहरुका निम्ति पनि,”

४) हरेक ख्रीष्टियन शासकहरुको अधिनमा रहनुपर्दछ ।

  • मर्कूस १२ः१७, “तब येशूले तिनीहरुलाई भन्नुभयो, कैसरका चीजहरु कैसरलाई देओ, र परमेश्वरका चीजहरु परमेश्वरलाई ।”
  • रोमी १३ः१–४, “हरेक व्यक्ति शासन गर्ने प्रशासकहरुका अधीनमा बसोस् । परमेश्वरबाट आएको अधिकारबाहेक अरु कुनै अधिकार हुँदैन । जुन प्रशासकहरु छन् , ती परमेश्वरबाटै नियुक्त भएका हुन्् । यसकारण प्रशासकहरुका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरुको विरोध गर्छ , र जस–जसले विरोध गर्छन् , तिनीहरुले दण्डको आज्ञा पाउनेछन् । किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरुको डर मानिन्छ । के तिमी प्रशासकहरुको डरमा रहन चाहदैनौ ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रसँशा मिल्नेछ । किनकि तिम्रो भलाइको निम्ति परमेश्वरका सेवक हुन् । तर यदि तिमी खराबी गर्छौ भने डर मान् , किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन् । खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन् । यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ ।”
  • १पत्रूस २ः१३, “प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस्, अथवा हाकिमहरुको होस्, जो दुष्ट काम गर्नेहरुलाई दण्ड दिन र असल काम गर्नेहरुलाई प्रसँसा गर्न उहाँद्धारा खटाइएका हुन्छन् ।”

५) सरकार र अधिकारीहरुको आदर गर्नुपर्दछ ।
  • १पत्रूस २ः१७, “सबै मानिसहरुलाई आदर गर । भाइबन्धुलाई प्रेम गर । परमेश्वरसँग डराओ । राजाको आदर गर ।”

सम्बन्धित भिडियो.......



च्यानल सवस्क्राइव गर्न वा थप भिडियोहरु हेर्नका लागि तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्ः
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

Friday, June 21, 2019

“मुक्ति” कसरी पाइन्छ ? के सबै धर्महरुमा मुक्ति छ त ? (भिडियो सहित)


“उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” बाइबलमा प्रेरितको पुस्तक १६ः३० मा एउटा जेलका हाकिमले प्रेरित पावललाई सोधेको प्रश्न हो यो । यो केवल ति जेलरको प्रश्न मात्र होइन । मानव सभ्यताको थालनीसँगै मानव इतिहासमा बारम्बार सोधिदै आएको प्रश्न हो, “मैले उद्धार अर्थात मुक्ति पाउनलाई के गर्नुपर्छ ?” यसै प्रश्नको जवाफ पाउनका लागि मानिसहरु विभिन्न स्थानहरुमा धाउन सुरु गरे । असल कामको परिणाम स्वरुप् मुक्ति पाउने आशामा धर्मकर्म गर्न सुरु गरे । यसरी धर्मकर्म, तिर्थ र दानदक्षिणा गरेमा मुक्ति पाइन्छ भन्ने अवधारणाको सुरुवात हुनपुग्यो । मानिसहरुले यही उद्धारको खोजमा विभिन्न कुरालाई इश्वरको दर्जा दिएर तिनैको भक्तिमा लिन हुनपुगे । यसरी कालान्तरमा विभिन्न विश्वास र आस्थाहरु सुरु हुनपुगे । मानिसहरुले अझै पनि त्यो साँचो मुक्तिलाई अनुभव गर्न सकिरहेका थिएनन् । मानिसहरुका आत्माले अझै पनि अनन्त जीवनको निश्चयता प्राप्त गर्न सकेको थिएन । मानिसहरुले सुरु गरेका धर्मकर्म र विधिविधानले मानिसलाई मुक्ति दिन सकेन बरु मानिसलाई झनै भ्रष्ट बनाइदियो । मानिसहरुले पशुबली जस्तो निर्मम कुसँस्कारको थालनी गरे । इतिहासमा मुक्ति वा उद्धारकै लागि भनेर मानववली दिने गरेका उदाहरणहरु पनि रहेका छन् । 

बुझन आवस्यक महत्वपुर्ण कुरा भनेको हामी  मानवजाति स्वभावैले जन्मैदेखि नै पापी रहेका छौ । यो सम्बन्धमा पवित्र धर्मशास्त्र बाइबलमा रोमीको पुस्तक ३ः२३ मा यसो लेखिएको छ , “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” मानिसले उद्धार वा मुक्तिको लागि प्रयत्न त ग¥यो तर त्यो गलत प्रयत्न थियो । गलत काम गरेर हामी सहि नतिजाको अपेक्षा गर्न सक्दैनौ । मानिसले पापमाथि पाप गरेर समस्त थोकहरुलाई सृष्टि गर्ने परमेश्वरबाट झनै टाढा हुदैगयो । मानवजातिले सृष्टिकर्तालाई भनई सृष्टि गरिएका थोकहरुलाई पुजा आराधना गर्न सुरु गरे ।

तर तपाई र मेरो लागि एक असल सन्देश रहेको छ । आजभन्दा २००० वर्ष अगाडी हामीलाई मुक्ति दिनका लागि समस्त थोकका सृष्टिकर्ता इश्वर स्वयम् मानिस बनेर यो संसारमा आउनुभयो । हामी पापमा लिप्त रहेर परमेश्वरबाट टाढै रहेको अवस्थामा येशू ख्रीष्ट इस्राएल देशमा मानिसको रुपमा आउनुभयो । यो सम्बन्धमा रोमीको पुस्तक ५ः८ मा यसो लेखिएको छ , “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ , कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।” हो, हामी पापी छदै, येशू ख्रीष्ट तपाई र मेरो मुक्तिका लागि मर्नुभयो । मानवजातिलाई असाध्यै प्रेम गर्ने भएकाले परमेश्वरले हामीलाई पापमै छोड्न चाहनुभएन तर पापबाछ छुटकारा दिन चाहनुभयो । यसरी उहाँ स्वयम् येशू ख्रीष्टको रुपमा संसारमा आउनुभयो । येशू ख्रीष्टको पुरा जीवनी बाइबलमा मत्ति, मर्कूस, लूका र यूहन्ना नामक सुसमाचारिय पुस्तकहरुमा उल्लेख गरिएको छ । येशू कन्या मरियमबाट जन्मनुभयो । उहाँले थुप्रै आश्चयकर्महरु गर्नुभयो । उहाँ पक्राउ पर्नुभयो, मारिनुभयो र फेरी तेस्रो दिनमा जिवित भएर उठ्नुभयो । त्यसपछि उहाँ फेरी फर्केर आउने बाँचा सहित स्वर्ग जानुभयो । येशूले कहिल्यै कुनै पाप गर्नुभएन । उहाँले सिद्ध जीवन बिताउनुभयो । तर तपाई हामी पापबाट मुक्ति पाई धर्मि बन्न सकौ भनेर उहाँ पापीझै मर्नुभयो ।  २ कोरिन्थी ५ः२१ मा यसो लेखिएको पाउन सकिन्छ , “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो ।”

महत्वपुर्ण कुरा भनेको केवल येशू ख्रीष्टमा मात्र पापको क्षमा अर्थात उद्धार रहेको छ भन्ने हो । तपाई र मेरो पापका लागि कहिल्यै कोही मारिएको छैन । यदि कोही मारिनुभएको छ त केवल येशू ख्रीष्ट मात्र । अन्य विभिन्न तथाकथित इश्वर र भगवानहरुले पापीहरुको विनास गरे तर केवल येशू ख्रीष्टले मात्र पापको विनास गर्नुभयो । बाइबलमा प्रेरितको पुस्तक ४ः१२ यसो लेखिएको छ , “अरु कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ दिइएको छैन ।” वास्तवमै अरु कसैमा मुक्ति छैन । तपाई र मेरो पापका लागि अरु कोही मारिएको छैन । केवल येशू ख्रीष्टले मात्र त्यो कामलाई पुरा गर्नुभएको छ । 

मानवजातिले मुक्ति वा उद्धार पाउनका लागि धेरै प्रयत्नहरु गरेको छ । असल कामहरु गरेपछि मुक्ति पाइन्छ भन्ने विश्वासका साथ मानिसहरु धर्मकर्महरुतिर लागेका छन् । जान्न आवस्यक कुरा यो हो कि हामी हाम्रो प्रयास, कोशिष् वा कामबाट मुक्ति पाउन सक्दैनौ । हामीले मुक्ति वा उद्धार पाउनका लागि पुर्णत येशूमा निर्भर रहनुपर्दछ । यो सम्बन्धमा एफिसी २ः८ मा यसो लेखिएको छ , “किनभने अनुग्रहबाट विश्वासद्धारा तिमीहरुले उद्धार पाएका छौ—र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—” त्यसैगरी यूहन्ना ३ः१६ मा यसो लेखिएको देख्न सकिन्छ , “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।” साथै रोमी १०ः९,१० मा यसो लेखिएको छ , “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार ग¥यो, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो ह्दयमा विश्वास ग¥यो भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो ह्दयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ , अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ ।” यि तिनै वटा बाइबलिय खण्डहरुबाट हाम्रो मुक्ति पुर्णत येशू ख्रीष्टमा निहित छ भन्ने कुरा जान्न सकिन्छ ।

“उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” यो प्रश्नको जवाफ तपाईले पाइसक्नुभएको छ तापनि निचोडमा भन्नुपर्दा प्रेरितको पुस्तक १६ः३१ मा यसको जवाफ रहेको छ । यहाँ प्रेरित पावलले ति जेलरलाई यसो भनेका छन् , “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् , र तपाईले उद्धार पाउनुहुनेछ— तपाई र तपाईको परिवारले ।” समस्त मानवजातिको मुक्तिका लागि एकमात्र विकल्प यही नै हो । जोकोही पनि जब आफ्नो पापहरुको पश्चात्ताप गर्दछ र येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा विश्वास गर्दछ र ग्रहण गर्दछ भने उसले मुक्ति अर्थात उद्धार प्राप्त गर्दछ । यसका निम्ति तपाईले अन्य कुनै पनि विधिविधानहरु पुरा गर्नु आवस्यक छैन । के तपाईको भित्रि मानसपटलमा यो प्रश्न छ ः “उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” येशू ख्रीष्टमा विश्वास गर्नुहोस् तपाईले मुक्ति पाउनुहुनेछ । तपाईले यो जिवनमा आशिष् पाउनुहुनेछ र मृत्युपछिको अनन्तको यात्रा स्वर्गमा येशू ख्रीष्टको साथमा बिताउनुहुनेछ । अहिले नै येशू ख्रीष्टलाई तपाईको मुक्तिदाताको रुपमा विश्वास गरेर मुक्ति प्राप्त गर्नुहोस् र आनन्दको जीवन जिउनुहोस् 

सम्बन्धित भिडियो.........

इजकिएलले गरेको भविष्यवाणी मुताविक नै टायर सहरको विनास भयो ! (भिडियो सहित)


बाइबलको ३० प्रतिशत अँश भविष्यवाणीहरुले ओगटेको देख्न सकिन्छ । भविष्यमा हुन आउने कुरा दाविका साथ यसै हुनेछ भनेर घोषणा गर्नु सामान्य कुरा होइन । यो कुरा मानिसको विवेक र बौद्धिकतामा आधारित हुदैन । बाइबलमा लेखिएका कैयौ भविष्यवाणीहरु इतिहासमा अचम्मरितिमा अक्षरस पुरा भएका छन् । अनि यो नै बाइबल सत्य परमेश्वरको एकमात्र वचन हो भन्ने कुराको यथेष्ट प्रमाण हो । आजको यो भिडियोमा कसरी इजकिएल नाउँ गरेका एक भविष्यवक्ताले टूरोस सहरको विरुद्धमा गरेको भविष्यवाणी कालान्तरमा अक्षरस पुरा भयो भन्ने बारेमा हेर्नेछौ । 
भविष्यवक्ता इजकिएलले ५९० इसापुर्वमा टूरोस सहरको बारेमा भविष्यवाणी गरेका थिए । उनले टूरोसको विरुद्धमा गरेका भविष्यवाणी इजकिएलको पुस्तक २६ अध्यायमा उल्लेख गरिएको छ । यो पुरै अध्याय यहाँ उल्लेख गर्न सम्भव नभएतापनि यस अध्यायको ४, १२ र १४ पदमा यसो लेखिएको छ । “उनीहरुले टूरोसका पर्खालहरु भत्काउनेछन् , र त्यसका धरहराहरु ढालिदिनेछन् । म त्यसको ढुङ्गाहरु खुर्की–खुर्कीकन त्यसलाई नाङ्गो पहराजस्तै तुल्याइदिनेछु ।” त्यसैगरी १२ पदमा यसो लेखिएको छ ः “उनीहरुले तेरा धन–सम्पत्तिहरु लुट्नेछन् , तेरा व्यापारका मालहरु लूटपीट गरी लैजानेछन् । उनीहरुले तेरा पर्खालहरु ढालिदिनेछन् र तेरा सुन्दर–सुन्दर घरहरु भत्काइदिनेछन् । तेरा ढुङ्गा र काठपात, कलङकसमेत उनीहरुले समुद्रमा फ्याकिदिनेछन् ।” १४ पदमा यसो लेखिएको देख्न सकिन्छ ः “म तँलाई नाङ्गो पहरा तुल्याइदिनेछु र , तँ जालहरु फिँजाउने ठाउँ हुनेछस् । तँ फेरी कहिल्यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।”

समग्ररुपमा इजकिएल २६ अध्यायमा भविष्यवक्ता इजकिएलले टूरोस सहरको विरुद्ध निम्नलिखित कुराहरु घोषणा गरेका छन् ।
१) नबूकदनेसरले टूरोसलाई आक्रमण गरेर नष्ट गर्नेछन् ।
२) टूरोस सहरको माटो खुर्किइनेछ ।
३ं) टूरोस नाङ्गो ढुङ्गा सरह हुनेछ ।
४) यो शहर खोज्दा पनि नभेटिने प्रकारको बनाइनेछ ।
५) यो सहर फेरी कहिल्यै बसाइनेछैन ।

टूरोस सहरको बारेमा हेर्दा यो शहर दुई भागमा विभाजित थियोः पहिलो भागः समुद्री किनारमा अवस्थित थियो भने दोस्रो भाग एक टापुको रुपमा अस्तित्वमा थियो । यि दुवै शहरहरु एकआपसबाट १ किलो मिटरको दुरीमा अवस्थित थिए । टापुमा अवस्थित सहर उनीहरुका लागि रक्षा कवच जस्तै थियो । किनकि टापुमा अवस्थित सहर कव्जा गर्नु कसैका लागि पनि त्यत्ति सजिलो थिएन । टूरोस निकै मजबुत सहर थियो । यो सहर बलियो र अग्ला पर्खालले घेरिएको थियो । इजकिएलको समयमा टूरोस अति नै धनि, गौरवशाली र समृद्ध सहर थियो । यो एशिया, यूरोप र अफ्रिका गरी तिन महादेशलाई जोड्ने व्यापारिक सहर थियो । त्यसकारण इजकिएलको समयमा यो सहर प्रगतीको शिखरमा पुगेको थियो । तर इजकिएलले यस्तो समृद्धशाली र बलियो सहरको विनासको बारेमा दाविका साथ भविष्यवाणी गरेका छन् । 

इजकिएलले टूरोसको विरुद्धमा भविष्यवाणी गरेको ५ वर्षपछि नै नबूकदनेसरले ५८५ इसापुर्वमा टूरोस सहरलाई कव्जा गर्नका लागि घेरावन्दी गरे । टूरोस कव्जा गर्न सजिलो थिएन । बारम्बार प्रयास गर्दा पनि उनी असफल भइरहे । तर उनले हिम्मत हारेनन् । उनले १३ वर्षसम्म लगातार टूरोसमाथि घेराबन्दी गरेका थिए । १३ वर्षपछि उनको सेना टूरोसको पर्खाल भत्काउन सफल भयो । १३ वर्षपछि नबूकदनेसर टूरोस सहरभित्र प्रवेश गर्दा उनले पुरै सहर खाली भेट्टाए । त्यहाँका बासिन्दाहरु सबै बहुमुल्य धनसम्पत्तिहरु लिएर १ किलोमिटर पर रहेको टूरोसकै अर्को टापुमा सरिसकेका थिए । नबूकदनेसरको सेनाले १३ वर्षसम्म साह्रै मेहनत गरेतापनि अन्तत उनीहरु रित्तो हात गए । तर उनले आक्रोसमा त्यो सहर पुरै भत्काइदिए र त्यसलाई भग्नावशेषको थुप्रो बनाइदिए । यसरी इजकिएल २६ अध्यायमा नबूकदनेसरले टूरोसलाई नष्ट गर्नेछन् भनेर गरिएको भविष्यवाणी पुरा भयो । नबूकदनेसर परमेश्वरलाई विश्वास गर्ने राजा थिएनन् र उनको बारेमा बाइबलमा भविष्यवाणी गरिएको छ भन्ने समेत उनलाई थाहा थिएन ।

नष्ट गरिएको टूरोसलाई टूरोसबासीहरुले पुनर्निमाण गरेनन् । ति मानिसहरु टापुमा अवस्थित सहरमा नै बस्न उचित ठाने । उनीहरुले त्यो सहरलाई झनै सानदार बनाए । अर्को सहर भग्नावशेषमा परिणत भएको थियो भने टापुमा अवस्थित टुरोस समृद्धशाली बन्दैथियो । तर इजकिएल २६ अध्यायमा गरिएको भविष्यवाणी अझै पुरा भइसकेको थिएन । यो भविष्यवाणी गरिएको २४१  वर्षपछि ग्रिक साम्राज्यका सम्राट विश्व विजयका लागि निस्कीए । उनको आँखा टूरोस सहरमाथि पनि प¥यो र अलेक्जेण्डर महान्ले ३३२ इसापुर्वमा टूरोसमाथि आक्रमण गरे । टापुमा रहेको सहरलाई कव्जा गर्न अलेक्जेण्डरलाई साह्रै कठिन भयो । तर उनी हार मान्ने पक्षमा थिएनन् । अलेक्जेण्डरले भत्किएको टूरोसको सबै भग्नावशेषहरु, ढुङ्गा र माटो लिएर समुद्रमा १ किलो मिटर लामो बाटो बनाए । बाइबलमा भविष्यवाणी गरिएमुताविक नै अलेक्जेण्डरको सेनाले टुरोसका सबै ढुङ्गा, इट्टा, भग्नावशेष सबैलाई लिएर बाटो बनाए । उनीहरुले बाटो बनाउनका लागि टूरोसको माटो समेत खुर्किए । यसरी बाइबलमा लेखिएको भविष्यवाणी अक्षरस पुरा भयो । अन्नतः अलेक्जेण्डरको सेना टापुमा अवस्थित सहरमा प्रवेश ग¥यो । त्यहाँ तिनीहरुले टुरोसबासीहरुको नरसँहार गरे । त्यहाँका सबै धनसम्पत्ति र बहुमुल्य कुराहरु लुटे । यसरी बाइबलमा टूरोसको बिरुद्धमा लेखिएको भविष्यवाणी २४१ वर्षपछि पुरा भयो ।

यो सहर खोज्दा पनि नभेटिने अवस्थामा रहनेछ र यो फेरी कहिल्यै बनाइनेछैन भनेर इजकिएलले गरेको भविष्यवाणी अक्षरस पुरा भयो । १८ औ शताव्दीमा आएर मात्र टूरोस सहर कहाँ अवस्थित थियो भन्ने पत्ता लागेको थियो । अहिले पनि टूरोस यहाँ थियो भन्ने मात्र थाहा छ तर यत्ति ठुलो र गौरवशाली सहरको अस्तित्वको कुनै पनि प्रमाण उपलव्ध भने छैन । आज पनि अलेक्जेण्डरले बनाएको बाटो समुद्रमा देख्न सकिन्छ तर त्यसलाई पनि बालुवाले ढाकेर सामान्य जमिन जस्तै बनाइसकेको छ । यसरी इजकिएल २६ अध्यायमा टूरोस सहरको विनासको बारेमा लेखिएका प्रत्येक भविष्यवाणीहरु इतिहासमा पुर्णत पुरा भएका छन् । टुरोसको विनास भएको २५०० वर्ष भइसकेको छ र पनि यो सहर फेरी इतिहासमा कहिल्यै पनि पुनर्निमाण गरिएको छैन ।

सम्बन्धित भिडियो..........

बाइबलिय भविष्यवाणीहरु (भाग ३)—नहूमको भविष्यवाणी र निनवेको विनास (भिडियो सहित)


नहुम १ः१२–१४ मा भविष्यवक्ता नहूम यसो घोषणा गर्दछन् ।
१२ परमप्रभु यसो भन्नुहुन्छ , “यद्यपि उनीहरु सामर्थी र अनगन्ती छन् तापनि उनीहरु बहिस्कृत हुनेछन् , र बितिजानेछन् । एक यहूदा, मैले तँलाई दुःख दिएको छु , तापनि अब म फेरि तँलाई दुःख दिनेछैनँ ।”
१३ अब उनीहरुको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु , र तेरा बन्धनहरु टुक्रै–टुक्रा पारिदिनेछु ।
१४ हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ ः अब उप्रान्त तेरो नाउँ कायम राख्ने तेरो कोही सन्तान हुनेछैन । तेरा देवताहरुको मन्दिरमा कँुदिएका र ढालेर बनाएका मूर्तिहरु म सर्वशान गर्नेछु । म तेरो चिहान तयार पार्नेछु , किनकि तँ दुष्ट छस् ।

यो खण्डमा के भनिएको छ भन्ने कुरा सहजै बुझन सकिन्छ । नहुम नाउँ गरेका एक जना भविष्यवक्ताले कुनै अति नै शक्तीशाली साम्राज्यको राजधानीको पतन र बिनाशको बारेमा बताईरहेका छन् । नहूम कुनै शक्तिशाली मुलुकका शक्तिशाली मानिस थिएनन् । तिनी इस्राएलका एक यहूदी थिए र उनले आफ्नो समयको सबैभन्दा विशाल सहरको विनासको बारेमा भविष्यवाणी गरेको कुरा हामीले भर्खरै पढेका छौ । उनले निनवेको विरुद्धमा भविष्यवाणी गरिरहदा नहूमको आफ्नै देश इस्राएलमा तिनै अश्शूरीहरुले शासन गरिरहेका थिए । उनले यहोवा परमेश्वरको अगुवाइमा यो भविष्यवाणी गरेका थिए । उनले घोषणा गरेको यो अद्भुत भविष्यवाणी ईतिहासमा पुर्णत पुरा भएको छ ।

नहूमले निनवेको विनासको बारेमा भविष्यवाणी गरिरहदा निनवे विश्वकै सबैभन्दा शक्तिशाली सहर थियो । यो शहरको महानताको बारेमा योनाको पुस्तक ३ः३ पदमा यसो लेखिएको छ ः......अब निनवे एक अत्यन्तै प्रख्यात सहर थियो । त्यो हेर्नलाई तीन दिन लाग्दथ्यो । यो सहर अश्शूर साम्राज्यको राजधानी थियो । नहूमको समयमा विश्वको ठुलो हिस्सामा अश्शुरीहरुले शासन गरिरहेका थिए । नहूमको पुस्तक ३ः७ पदमा नहूम दावीको साथ यस्तो भविष्यवाणी गर्दछन् ः तँलाई देख्ने जत्ति सबै तँदेखि भाग्नेछन् , र भन्नेछन् , “निनवे त नष्ट भएको छ । त्यसको निम्ति कसले विलाप गर्ला ?”  नहूम १ः१२ मा लेखिएको कुरा मनन्योग्य रहेको छ ः “यद्यपि उनीहरु सामर्थी र अनगन्ती छन् तापनि उनीहरु बहिस्कृत हुनेछन् , र बितिजानेछन् ।” त्यसैगरी १ः१४ को अन्त्यतिर निनवेको बारेमा नहूम यसो घोषणा गर्दछन् ः “म तेरो चिहान तयार पार्नेछु , किनकि तँ दुष्ट छस् ।”

नहूमले यि खण्डहरुमा दावीका साथ निनवेको विनासको बारेमा भविष्यवाणी गरेको देख्न सकिन्छ । अश्शुर साम्राज्यको राजधानी निनवे ई.पु. ६१२ मा मादी जातिद्धारा नष्ट गरिएको थियो । तर निनवेको विनाशको बारेमा नहूमले ईसापुर्व ६६० मा भविष्यवाणी गरेका थिए । उनले निनवेको विनासको बारेमा गरेको भविष्यवाणी ४८ वर्षपछि अक्षरस पुरा भएको थियो । त्यसैगरी यही अध्यायकै ११ पदमा नहूमले एक रोचक कुरा घोषणा गरेको देख्न सकिन्छ । यहाँ उनी यसो भन्दछन्ः “तँ लुकेर बस्नेछस् ।”  वास्तवमै यो भविष्यवाणी जस्तो लेखिएको थियो त्यस्तै पुरा भयो । इतिहासमा थुपै्र शहरहरु विनास पारिए तर पनि तिनीहरु कहाँ अवस्थित थिए भन्ने सबैलाई थाहा थियो । तर निनवेको विनास नहूमले लेखेबमोजिम नै भयो र अचम्मलाग्दो कुरा इतिहासमा निनवे सहर कहाँ अवस्थित थियो भन्ने पनि स्पष्ट थिएन । नहूमले घोषणा गरेझै निनवे इतिहासमा लुप्त थियो र लुकेर रहेको थियो । अठारो शताव्दीमा मात्र अर्कोलोजिष्टहरुले खोजको क्रममा निनवे शहर कहाँ अवस्थित थियो भन्ने कुरा पत्ता लगाए । यही खोजको क्रममा एउटा प्राचिन अभिलेख पत्ता लगाइयो जसको नाउँ निनवेको पतनको इतिहास भन्ने रहेको छ । यो अभिलेखमा निनवे कसरी नष्ट भएको थियो भन्ने कुरा लेखिएको छ । यसरी बाइबलमा लेखिए अनुसार नै निनवे नष्ट भएको प्रमाण देख्दा इतिहासकारहरु अचम्भित भएका छन् ।

बाइबल साँचो छ र यो जिवित परमेश्वरको वचन हो भन्ने कुराको प्रमाण बाइबलमा लेखिएका भविष्यवाणीहरु पुरा भएका कुराहरु हुन् । बाइबलमा पुरानो करारमा १२३९ र नयाँ करारमा ५७८ वटा गरी जम्माजम्मी १८१७ वटा भविष्यवाणीहरु उल्लेख गरिएका छन् । बाइबलको जम्मा अँशको करिब ३० प्रतिशत अँश भविष्यवाणीहरुको रहेको छ । बाइबलमा लेखिएका अधिँकाश भविष्यवाणीहरु अचम्मरितिमा अक्षरसः पुरा भएका छन् । अनि यसबाट बाइबल परमेश्वरको आधिकारिक र सत्य वचन हो भन्ने कुरा प्रमाणीत हुन्छ ।

सम्बन्धित भिडियो..............

Monday, June 10, 2019

आधुनिक बिज्ञानबाट समेत पुष्टि गरिएका बाइबलिय तथ्यहरु—भाग ३ (भिडियो सहित)



भौतिक विज्ञानका पिता भनेर चिनिने महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको भनाईसँगै आजको यो भिडियोलाई सुरु गर्न चाहन्छु । उनले यसो भनेका छन्, “धर्म विनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ !” उनको यो भनाईमा धर्म र विज्ञान कसरी एक आपसमा सम्बन्धित छन् भन्ने कुरा जान्न सकिन्छ । संसारमा थुप्रै धर्म र विश्वासहरु अस्तित्वमा छन् । कुन चाहिँ धर्म सहि र साँचो हो ? हाम्रो दिमागमा पक्कै यो प्रश्न आउने गर्दछ । पक्कै पनि त्यही विश्वास वा धर्म नै सहि हो जसलाई हरेक पक्षबाट जाँचिएको होस् र अन्तत् त्यो सत्य र सहि सावित भएको होस् । संसारमा त्यस्तो विश्वास केवल ख्रीष्टियन विश्वास नै हो भन्ने कुरा तपाईहरुलाई घोषणा गर्न चाहन्छु । बाइबललाई विभिन्न कालखण्डमा विभिन्न कोण र पक्षबाट जाँचिएको थियो अन्तत यो सिद्ध र सहि सावित भयो । आजको यो लेखमा बाइबलमा उल्लेख गरिएका यस्ता ५ तथ्यहरुको बारेमा चर्चा गर्न गइरहेको छुँ जसलाई आधुनिक विज्ञानले सत्य सावित गरिसकेको छ । अगाडी बढौं ।

(१) सुर्य पनि परिक्रमा गर्दछ


खगोल विज्ञानको उदयसँगै सुर्यले पृथ्वीलाई होईन तर पृथ्वीले सुर्यको परिक्रमा गर्दछ भन्ने तथ्य प्रमाणीत भएपछि थुप्रै आलोचकहरुले बाइबलका विभिन्न खण्डहरुलाई लिएर बाईबलमा त्रुटी छ भन्न थाले । बाइबलमा सुर्य चलायनमान छ र यो स्थिर नभई परिक्रमा गर्ने गर्दछ भन्ने कुरा उल्लेख गरिएको थियो । यसका कारण धेरै जनाहरुले बाइबलको आलोचना गर्न थाले  । पछि गएर थप अध्ययन भएसँगै एउटा यस्तो नयाँ तथ्य सामने आयो जसले सबैलाई चकित पारिदियो । खोजमा पत्ता लगाइए अनुसार सुर्य स्थिर नभई यसले सम्पुर्ण सौर्यमण्डललाई साथमा लिई मिल्कीवे ग्यालेक्सीको परिक्रमा गरिरहेको छ । सुर्य ६ लाख माईल प्रतिघण्टाको हिसाबले मिल्कीवे ग्यालेक्सीको आफ्नै परिधिमा परिक्रमा गरिरहेको छ । केवल त्यत्ति मात्र नभई समस्त ब्रम्हाण्डमा कुनै पनि थोक स्थिर छैनन् । ब्रम्हाण्डमा भएका प्रत्येक खगोलिय पिण्डहरु आफ्नो निश्चित गतिमा निश्चित दिशातर्फ दौडिरहेका हुन्छन् ।  बाईबलमा धेरै अगाडी नै आधुनिक बिज्ञानको यो तथ्यलाई उल्लेख गरिएको थियो । बाइबलमा भजनसँग्रह १८ः४–६ यसो लेखिएको छ, “......उहाँले आकाशमा सुर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ । ऊ विवाह–मण्डपबाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझै, जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ । आकाशको एक छेऊमा उसको उदय हुन्छ, र अर्को सिमान्तसम्म परिक्रमा गर्छ । त्यसको तापबाट केही कुरा लुकेर रहदैन ।” यसरी बाइबलमा सयौं वर्ष अगाडी सुर्य पनि घुम्दछ भनेर उल्लेख गरेको तथ्य आधुनिक खगोल विज्ञानबाट समेत पुष्टि हुनगयो ।

(२) जल प्रक्रिया


आज स्कुलका साना बालबालिकाहरुलाई समेत जल प्रक्रियाको बारेमा ज्ञान रहेको छ । प्राचिन सँसारमा यसको बारेमा रत्तिभर पनि ज्ञान थिएन । सन् १८८० मा वर्नाड पालिसेले बर्षाको प्रक्रियाको बारेमा तथ्यगत खोज गरे । समुद्र, नदि वा पोखरीहरुमा भएको पानी घामका कारण वाफको रुपमा माथि आकाशमा जान्छ । वायुमण्डलमा चिसो बढि भएका कारण वाफ वरफका मसिना टुक्रा बन्दछ । त्यसपछि विस्तारै त्यो वरफ खस्दैजान्छ र वादल र तुसारोको रुप लिन्छ । वायुमण्डलमा ताप बढेको र बाफको घनत्व बढि भएकाले अवस्थामा पानी पर्न थाल्दछ । त्यही पानी खोलानाला, समुद्रमा जान्छ र फेरी त्यसैबाट बाफ बनेर वायुमण्डलमा गई पानी बनेर वर्सन्छ । यसैलाई जल चक्र भन्ने गरिन्छ । यो तथ्य त केवल आजभन्दा १४० वर्ष अगाडी मात्र पत्ता लगाइएको हो । तर बाइबलले आजभन्दा सयौं बर्ष अगाडी नै पानीको चक्रको बारेमा उल्लेख गरिसकेको थियो भन्ने जान्दा तपाईलाई अचम्म लाग्न सक्छ । बाइबलमा आमोश ९ः६ मा यसो लेखिएको छ, “........जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमीनभरी खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो ।” यसरी शताव्दीऔ अगाडी नै बाइबलमा पानी पर्ने प्रक्रियाको बारेमा उल्लेख गरिएको थियो ।

(३) ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ ।


प्राचिन संसारमा ब्रम्हाण्ड सम्बन्धी अठौना विश्वासहरु अस्तित्वमा थिए । ति प्रत्येक अवैज्ञानिक थिए र आधुनिक खगोल विज्ञानका नयाँ अनुसन्धानहरुबाट तिनीहरु अप्रमाणीत भइसकेका छन् । आधुनिक खगोल विज्ञानका ठुला खोजहरुमध्ये एक ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ भन्ने तथ्य हो । सन् १९२९ मा प्रख्यात खगोल वैज्ञानिक एडविन हव्वलले सर्वप्रथम व्रम्हाण्ड फैलिरहेको छ भन्ने तथ्य प्रमाणीत गरेका थिए । विगव्याङ्गपछि व्रम्हाण्ड निरन्तर फैलिरहेको छ भन्ने कुरा आज सर्वमान्य तथ्य भइसकेको छ । यो एउटा यस्तो तथ्य हो जसमाथि कसैले प्रश्न उठाउनै सक्दैन । तर के तपाईलाई थाहा छ बाइबलमा ब्रम्हाण्ड फैलिएको यो तथ्य पाँच पटकभन्दा बढि उल्लेख गरिएको छ । तपाईहरुलाई पुन अवगत गराउन उपयुक्त लाग्यो कि बाइबलमा व्रम्हाण्ड भन्ने शव्द कहि पनि उल्लेख गरिएको छैन । तर यसको सट्टामा आकाश वा आकाशमण्डल भन्ने शव्द प्रयोग गरिएको छ । यसो हुनुको कारण यहि सृङ्खलाको भाग २ को भिडियो उल्लेख गरिसेकेको छुँ । बाइबलमा यशैया ४०ः२२ मा यसो लेखिएको छ , “.........उहाँले आकाशलाई पर्दाझै फिजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैं त्यो फैलाउनुहुन्छ ।” त्यसैगरी अयूव ९ः८ मा यसो लेखिएको छ , “उहाँले नै हो आकाश फिँजाउनुभएको....।” यसरी ब्रम्हाण्ड फैलिदैछ भन्ने तथ्य प्राचिन पुस्तकमा उल्लेख भएको देखेर वैज्ञानिकहरु समेत चकित परेका छन् ।

(४) ब्रम्हाण्ड अनन्त छैन


प्राचिन संसारमा ब्रम्हाण्ड अनन्त छ भन्ने विश्वास गरिन्थ्यो । ब्रम्हाण्ड सधैदेखि यही छ र सधै यस्तै रहिरहनेछ भन्ने विश्वास लोकप्रिय थियो । सन् १९२७ मा वेल्जियमका एक रोमन क्याथोलिक प्रिस्ट जर्जस लेमाइट्रीले विग व्याङ्गको सिद्धान्त सामुन्ने ल्याए । उनको खोजबाट ब्रम्हाण्ड एक समय अस्तित्वमा आएको थियो र यो अनन्त छैन भन्ने पत्ता लाग्यो । यसरी प्राचिन  विश्वको समस्त विश्वास फेरी खरानी भयो । तर के तपाईलाई थाहा छ बाइबलमा यो तथ्य हजारौ वर्ष अगाडी नै उल्लेख गरिएको थियो । बाइबलमा उत्पत्ती १ः१ मा यसो लेखिएको छ , “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।” यो खण्डबाट स्पष्ट हुन्छ कि ब्रम्हाण्ड र पृथ्वी समयको कुनै विन्दुमा अस्तित्वमा आएका थिए । त्यसैगरी बाइबलमा अनेकौ खण्डमा बारम्बार ब्रम्हाण्ड र पृथ्वी अनन्त छैन भन्ने कुरा उल्लेख गरिएको छ । बाइबलमा कही पनि ब्रम्हाण्ड र पृथ्वी अनन्त छ भन्ने कुरा उल्लेख गरिएको पाउदैनौ । यो तथ्यको केवल एउटा उदाहरण हेर्दा बाइबलमा हिब्रु १ः१०,११ मा यसो लेखिएको छ, “हे परमप्रभु, तपाईले आदिमा पृथ्वीको जग बसाल्नुभयो, र आकाशमण्डल तपाईका बाहुलीको काम हो । तिनीहरु त नष्ट हुनेछन्, तर तपाईचाहिँ रहिरहनुहुन्छ । तिनीहरु वस्त्रझै पुराना भइहाल्नेछन् ।” यहाँ पृथ्वी र ब्रम्हाण्ड नष्ट हुनेछन् भन्ने कुरा स्पष्टरुपमा उल्लेख गरेको देख्न सकिन्छ । थर्मोडाइनामिक्सको दोस्रो नियमले पनि यो सिद्धान्तलाई बल पु¥याउँछ ।

(5) तत्व र पदार्थ एक पटक मात्र सृष्टि गरिएका थिए


ब्रम्हाण्डमा सबैथोक एक पटक मात्र सृष्टि गरिएका थिए । यसमा कुनै कुरा थप्ने, नष्ट गर्ने वा बनाउने काम भइरहेको छैन । यो आधुनिक विज्ञानले सर्वत्र स्विकार गरेको तथ्य हो । थर्मोडाईनामिक्सको पहिलो नियमका अनुसार तत्व, पदार्थ र उर्जा कुनै समय अष्तित्वमा आएका थिए । त्यसपछि ति नयाँ सृष्टि हुने काम भईरहेको छैन । तत्व, पदार्थ र उर्जालाई सृष्टि गर्न वा नष्ट गर्न सकिदैन भन्ने कुरा थर्मोडाईनामिक्सको पहिलो नियमले उल्लेख गर्दछ । यदि यही तथ्यलाई बाइबलमा ल्याएर हेर्दा बाइबलमा स्पष्टसँग ब्रम्हाण्डका सबै कुराहरु सृष्टि गरेर सिद्धिएपछि कुनै कुरा थप्ने र बनाउने काम भएको छैन भनि उल्लेख गरिएको छ । इतिहासमा यो कुरामाथि कसैले खासै ध्यान नदिएतापनि आधुनिक विज्ञानबाट समेत यो तथ्य पुष्टि भएपछि भने सबैको ध्यान आकर्षित भयो । बाइबलमा उत्पत्ती २ः१ मा यस्तो लेखिएको छः “यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए ।” यहाँ स्पष्ट उल्लेख गरिएको छ कि ब्रम्हाण्ड र पृथ्वीका सबै कुराहरु बनाइसिद्धिए । काम पुरा भएको अर्थात सिद्धिएको कुरा यहाँ उल्लेख गरिएको छ । विज्ञानका अनुसार तत्व र पदार्थ एकै समय सृष्टि भएका थिए र तिनको सृष्टिको काम चलिरहेको छैन । अनि बाइबलमा पनि आधुनिक विज्ञानको उदय हुनुभन्दा सयौं वर्ष अगाडी नै यो अचम्मको तथ्य उल्लेख गरिएको थियो ।

अब अन्त्यमा......
के तपाई परमेश्वर र बाइबलमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो कुरामा गर्व गर्नुहोस् । तपाईको परमेश्वर अवैज्ञानिक र असान्दर्भिक हुनुहुन्न । तपाईले पढ्ने र शिक्षा दिने बाइबल अवैज्ञानिक र असान्दिर्भिक छैन । यो भिडियो हेरिरहनुभएका प्रत्येकलाई बाइबललाई पुर्वाग्रहरहित भएर हरेक पक्षबाट जाँच गर्न मेरो अनुरोध रहेको छ । जाँच्नुहोस्, हेर्नुहोस् र अन्त्यमा तपाईले बाइबललाई संसारकै सिद्ध पुस्तकको रुपमा पाउनुहुनेछ । बाइबलले जीवन परिवर्तन गर्ने क्षमता राख्दछ किनकि यो समस्त ब्रम्हाण्ड सृष्टि गर्ने जिवित इश्वरको वचन हो । बाइबललाई हेर्नुहोस् अनि विज्ञानलाई हेर्नुहोस् । परिणाम स्वरुप तपाई परमेश्वरबाट टाढा होइन तर परमेश्वरको झन् नजिक पुग्नुहुनेछ ।

भिडियो.........

Sunday, June 9, 2019

के येशू नेपाल र भारतमा आउनुभएको थियो ? येशूको जीवनका अज्ञात वर्षहरु ! (भिडियो सहित)


कति वर्ष देखि कति वर्षसम्मलाई अज्ञात वर्षहरु भनेर चिनिन्छ ?

ख्रीष्टियन इतिहासमा येशूको जीवनका अज्ञात वर्षहरुलाई लिएर निकै बिवाद चलेको थियो । येशू बाह्र वर्षको उमेरमा येरुशलेमको मन्दिरमा जानुभएको थियो । यो बारेमा लूका २ः४२ मा यसो लेखिएको छ ः “जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरु चाडको रीतिअनुसार येरुशलेममा जानुभयो ।” त्यसपछि बाइबलमा येशूको बारेमा उहाँ एकैपटक ३० वर्ष पुगिसकेपछि घट्ना उल्लेख गरिएको छ । लूका ३ः२३ मा यसो लेखिएको छः “येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुदा उहाँ करिब तीस बर्षका हुनुहुन्थ्यो......।” येशू १२ वर्षको उमेरमा येरुशलेमको मन्दिरमा जानुभएको घट्नापछिको उहाँ सिधै यर्दन नदिमा वप्तिष्मा दिने यूहन्नाकहाँ वप्तिष्मा लिन देखा पर्नुभएको छ । यसरी यो समयको विचमा १८ वर्षको अन्तराल रहेको छ । यही समयलाई नै “अज्ञात वर्षहरु” भन्ने गरिन्छ । यो अठार वर्षको अवधिमा येशू कहाँ हुनुहुन्थ्यो र के गर्नुभयो भन्ने बारेमा बाइबलमा कुनै घट्ना उल्लेख नगरिएकाले विभिन्न प्रकारका सिद्धान्तहरुको रचना हुन पुगेका छन् । आजको यो लेखमा येशूको जीवनका अज्ञात वर्षहरु सम्बन्धि केही प्रमुख सिद्धान्तहरु, यसका बारेमा रहेका विभिन्न भ्रमहरु र अन्तमा वास्तविकता चाहिँ के हो भन्ने बारेमा हेर्नेछौ ।

अज्ञात वर्षहरु सम्बन्धि केही प्रमुख सिद्धान्तहरु

सिद्धान्त १ः येशू बेलायत जानुभएको सिद्धान्त
लेखक डेन्निस प्राइसले उनको पुस्तक “येशूका अज्ञात वर्षहरुः येशू बेलायत आउनुभएको अचम्मलाग्दा प्रमाणहरु” नामक पुस्तकमा येशू व्यापार गर्नका लागि अरिमाथियाका योसेफका साथ बेलायत आउनुभएको थियो भन्ने दावि गरेका छन् । साथै सन् ३० तिर बेलायतको एक जातिले “इसू” नाउँ गरेका प्रभावशाली व्यक्तिको नाउँ उल्लेख गरिएको सिक्का समेत प्रचलनमा ल्याएका थिए भन्ने दावि उनले गरेका छन् ।

सिद्धान्त २ः येशू जापान जानुभएको सिद्धान्त
कतिपय इतिहासकारहरुले उहाँ अज्ञात वर्षहरुमा जापानमा जानुभएको थियो भन्ने दावि गरेका छन् । यस सिद्धान्तका अनुसार येशू २१ वर्षको उमेरमा जापानको पश्चिमी किनारको भुभागमा आइपुग्नुभएको थियो र त्यसपछि उहाँ पूmजी पर्वतमा जानुभयो । फूजी पर्वत जापानको निकै प्रख्यात पर्वत हो र यसको धार्मिक महत्व रहेको छ । फूजी पर्वतमा नै येशूले जापानी भाषा, सँस्कृति, धर्म र दर्शनशास्त्र सिक्नुभयो । यस सिद्धान्तका अनुसार येशू जापानमा करिब १० वर्ष रहेपछि उहाँ फेरी आफ्नो देश इस्राएल फिर्ता जानुभयो । आजपनि जापानको एक सहर सिङगोका वासिन्दाहरु येशू क्रुसमा टाँगिनुभएन तर त्यहाँबाट उम्केर उहाँ त्यहाँ आउनुभएको थियो, उहाँ त्यही रहनुभयो, विवाह गर्नुभयो, उहाँका छोराछोरीहरु पनि जन्मिए र कालान्तरमा उहाँ त्यही मर्नुभयो भन्ने दावि गर्दछन् ।

सिद्धान्त ३ः सील्क रोडमा यात्रा गर्नुभएको सिद्धान्त
सील्क रोड प्राचिन समयमा यूरोप, मध्य एशिया र पुर्वी एशियालाई जोड्न एक प्रख्यात व्यापारिक मार्ग थियो । सन् १८८७ मा निकोलास रोइरीकले तिव्वतमा यात्रा गरेका थिए । उनका अनुसार त्यो बेला उनले येशू ख्रीष्ट त्यहाँ आउनुभएको विभिन्न इतिहासिक प्रमाणहरु भेट्टाएका थिए । उनका अनुसार येशू सील्क रोडमा यात्रा गर्दै अफगानिस्तान र तिव्वत हुदै भारतसम्म आउनुभएको थियो । येशूले दिनुभएका शिक्षाहरु धेरै मात्रामा पुर्विय दर्शनशास्त्रसँग मेल खानुलाई पनि उनले यसको प्रमाणको रुपमा दावि गरेका छन् ।

सिद्धान्त ४ः “एस्सीन” (साधु) को रुपमा मृत–सागरका गुफाहरुमा रहनुभएको सिद्धान्त
पहिलो शताव्दीमा मृत–सागरको क्षेत्र वरपरका गुफाहरुमा एक धार्मिक पन्थका मानिसहरु एक्लो र साधुको जीवन विताउथे जसलाई एस्सीन भन्ने गरिन्थ्यो । उनीहरु समाजबाट परै रहेर शान्त जीवन विताउथे । कतिपयका अनुमानमा येशू साधुको रुपमा मृतसागर वरपरका गुफाहरुमा एस्सीनको रुपमा १८ वर्षसम्म रहनुभएको थियो । येशू जीवनभर अविवाहित रहनुलाई पनि उनीहरुले यसको प्रमाणको रुपमा लिने गर्दछन् किनकि त्यो समयमा एस्सीनहरुले विवाह गर्दैनथे ।

सिद्धान्त ५ः बौद्ध भिक्षुको रुपमा भारत र नेपालमा आउनुभएको सिद्धान्त
सन् १९८४ मा निकोलास नोटोभिचले “ख्रीष्टको अज्ञात जीवन” भन्ने पुस्तक प्रकाशित गरे । उनको यो पुस्तकले त्यो समयमा निकै उथलपुथल मच्यायो । निकोलास एक रसियन डाँक्टर थिए । उनले भारतको पञ्जाब, लद्धाख, कश्मिर जस्ता ठाउँहरु र कश्मिरमा यात्रा गरेका थिए ।

उनले दावि गरे अनुसार उनी लद्धाखमा छदा उनले केही बौद्ध भिक्षुहरुलाई भेटेका थिए जससँग “सन्त ईशाको जीवनीः मानिसहरुका सन्तानहरुमध्ये उत्कृष्ट” भन्ने ग्रन्थ थियो । उनले उक्त पुस्तकलाई अनुवाद गरे र त्यसलाई “ख्रीष्टका अज्ञात वर्षहरु” भन्ने नाउँ दिए । त्यो पुस्तकको एक भागमा यसो लेखिएको छ ः “पाली भाषा पुर्णरुपमा सिकिसकेपछि धर्मि व्यक्ति ईशाले आफैलाई पवित्र शास्त्रहरु सिक्नमा समर्पित गर्नुभयो । ईशा, जसलाई बुद्धले आफ्नो पवित्र वचन फैलाउनको लागि चुन्नुभएको थियो, ७ वर्षपछि पवित्र शास्त्रहरुलाई पुर्णरुपमा व्याख्या गर्न सक्ने हुनुभयो । त्यसपछि उहाँले नेपाल र हिमालय पर्वत छोडेर राजिपोल्टनको उपत्यकातर्फ लाग्नुभयो र त्यसपछि बिभिन्न व्यक्तिहरुलाई प्रचार गर्दै पश्चिमतर्फ जानुभयो ।”
उनले कश्मिरमा येशूको चिहान भेट्टाएको दावि पनि गरे । खोजी गर्दा त्यहाँ सन्त ईशाको चिहान पनि भेट्टियो । तर अधिँकाश बाइबल विद्धानहरु त्यो चिहान येशू ख्रीष्टको नभएको कुरामा सहमत रहेका छन् ।

बाइबलले के भन्छ ?
माथि उल्लेखित कुनै पनि सिद्धान्तहरु केवल सिद्धान्त मात्र हुन् र यि कुनै पनि सर्वमान्य, ठोस र प्रमाणित सिद्धान्तहरु होइनन् । येशूको जीवनको बारेमा उल्लेख गर्ने भरपर्दो एकमात्र स्रोत बाइबल हो । बाइबलमा कही पनि येशू व्यापार गर्न बेलायत जानुभएको, वा उहाँ जापान जानुभएको वा भारत वा नेपाल आउनुभएको कुरा उल्लेख गरिएको छैन । उहाँ एक हिन्दु, एस्सीन वा बौद्धमार्गी भएको पनि कही उल्लेख गरिएको छैन । बाइबलको समयमा लेखकहरुले कसैको जिवनी लेख्नुपरेमा पात्रको सम्बन्धित र आवस्यक जानकारीहरु मात्र लेख्ने गर्दथे । हुनसक्छ येशूको जीवनका ति १८ वर्षहरु येशूको जीवनको उद्धेश्य र सुसमाचारसँग खासै महत्व नराख्ने भएका कारण लेखकहरुले ति वर्षहरुको बारेमा केही उल्लेख गरेनन् । बाइबलमा यि १८ वर्षहरुको विचका कुनै पनि घट्नाहरु उल्लेख नगरेतापनि यि १८ वर्षहरुमा के भएको थियो भन्ने बारेमा भने लेखिएको छ ः

बाइबलमा येशूलाई प्रत्यक्षरुपमा सिकर्मी भनेर सम्बोधन गरिएको छ ः
“के यिनी त्यही सिकर्मी होइनन् र ?” (मर्कूस ६ः३) । किन ति व्यक्तिहरुले येशूलाई यसरी सिकर्मी भने होलान् ? किनकि तिनीहरुले उहाँलाई देखेका र चिनेका थिए । तिनीहरुले उहाँलाई सिकर्मीको रुपमा काम गरेको देखेका थिए ।

येशू बुवाआको अधिनमा रहनुभयोः
“तब उहाँ तिनीहरुसँग नासरत जानुभयो, र तिनीहरुका आज्ञाकारी भई बस्नुभयो ।” (लूका २ः५१) । यो पदमा स्पष्टरुपमा उल्लेख गरिएको छ कि येशू नासरतमा आफ्नो बुवाआमाको अधिनमा रहनुभएको थियो । यो पद उहाँ १२ वर्ष हुँदा उल्लेख गरिएको छ ।

अन्ततः यसरी बाइबलिय आधारमा यि अज्ञात वर्षहरुमा येशू नासरतमा आफ्नो बुवाआमाको अधिनमा रहनुभयो र जिविकोपार्जनका लागि सिकर्मीको काम गर्नुभएको थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

सम्बन्धित भिडियो............

Thursday, June 6, 2019

के बाइबल विज्ञान सम्मत्त छ ? पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु (भाग २)—(भिडियो सहित)


महान् वैज्ञानिक आइज्याक न्यूटनले विज्ञान र धर्मको बारेमा यसो भनेको थिए: “गुरुत्वाकर्षण बलको सिद्धान्तले हामीलाई ग्रहहरु कसरी परिक्रमा गर्दछन् भन्ने कुराको व्याख्या गर्दछ, तर गुरुत्वाकर्षण बलको सिद्धान्तले ति ग्रहहरुलाई कसले त्यसरी परिक्रमा गर्ने बनायो भन्ने बारेमा केही व्याख्या गर्दैन ।” एक पटक फेरीः “गुरुत्वाकर्षण बलको सिद्धान्तले हामीलाई ग्रहहरु कसरी परिक्रमा गर्दछन् भन्ने कुराको व्याख्या गर्दछ, तर गुरुत्वाकर्षण बलको सिद्धान्तले ति ग्रहहरुलाई कसले त्यसरी परिक्रमा गर्ने बनायो भन्ने बारेमा केही व्याख्या गर्दैन ।” विज्ञान धर्मका लागि चुनौति हो भन्नेहरुको सँख्या उल्लेखनिय रहेको छ । वास्तवमा विज्ञान धर्मका लागि चुनौति होइन तर विज्ञानका लागि धर्म एक प्रेरणाको स्रोत हो । बाइबल शताव्दियौ देखि वैज्ञानिकहरुका लागि अनुसन्धानको स्रोत बनिरहेको छ । विज्ञान जगतमा पश्चिमा वैज्ञानिकहरुको निकै महत्वपुर्ण भुमिका रहेको छ । के तपाईलाई थाहा छ ति वैज्ञानिकहरुमध्ये अधिँकाश ख्रीष्टियन थिए र उनीहरु बाइबलबाट प्रेरित भएर नै खोज र अनुसन्धानमा लागेका थिए । यदि बाइबल अवैज्ञानिक भएको भए किन ति महान् वैज्ञानिकहरुले बाइबललाई समर्थन गर्ने थिए ? त्यसकारण केवल तिनीहरुले मात्र बाइबललाई र ख्रीष्टियनमतलाई अन्धविश्वासको रुपमा लिन्छन् जसले न त विज्ञानलाई पुर्णरुपमा बुझन सकेका हुन्छन् न त बाइबल र ख्रीष्टियनमतलाई नै । आजको यो लेखमा बाइबलमा अच्चम्मरितिमा शताव्दीऔ वर्ष पहिले नै उल्लेख गरिएका वैज्ञानिक तथ्यहरुमध्ये पाँचवटा तथ्यहरु हेर्नेछौ ।

(१) ब्रम्हाण्डको अस्तित्वका लागि आवस्यक पाँच कुराहरु


वर्तमान् समयमा भौतिक विज्ञान र खगोल विज्ञानले निकै फड्को मारिसकेका छन् । ब्रम्हाण्ड सम्बन्धी पत्ता लागेका नयाँ तथ्यहरुले सबैलाई चकित तुल्याइदिएको छ । ब्रम्हाण्डका पाँच आधारभुत तत्वहरु समय, शक्ति, अन्तरिक्ष, पदार्थ र चाल हो भन्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाए । यि पाँच कुराका आधारमा नै ब्रम्हाण्ड कार्यरत छ । तर के तपाईलाई थाहा छ यि पाँच कुरा नै बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा नै उल्लेख गरिएको थियो । जब बैज्ञानिकहरुले यो कुरा बाइबलको पहिलो वाँक्याशमाा नै उल्लेख गरेको देखे उनीहरु चकित भए । बाइबलमा उत्पत्ती १ः१–२ पदमा यसो भनिएको छः “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य थियो । अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो ।” यसमा भएका कुराहरुलाई खगोल–विज्ञानका आधारमा हेर्दा—आदिमा अर्थात “समय”, परमेश्वरले अर्थात (शक्ति), आकाशमण्डल अर्थात “अन्तरिक्ष”, पृथ्वी अर्थात “पदार्थ” र....परिभ्रमण गर्दैरहनुहुन्थ्यो अर्थात “चाल” । अचम्भ रितिले बाईबलको पहिलो पदमा नै सम्पुर्ण सृष्टिको सञ्चालन सम्बन्धी बैज्ञानिक जवाफ पाउन सकिन्छ ।

(२) डाइनोसरको विनास


कतिका लागि यो अचम्मको कुरा हुनसक्छ । के बाइबलमा डाइनोसरको बारेमा पनि उल्लेख गरिएको छ र ? डाइनोसर शव्दको नेपाली अर्थ हुन्छ “भयानक छेपारो” । डाइनोसर छेपारो प्रजातीको एक ठुलो प्राणी थियो । अनुसन्धानहरुले देखाए अनुसार लाखौ वर्ष पहिले डाइनोसरको विनास भइसकेको थियो । बाइबलमा अयुब ४०ः१५–२० मा एउटा यस्तो प्राणीको बारेमा व्याख्या गरेको छ जसको बनोट र स्वभाव डाइनोसरसँग मिल्न जान्छ । उक्त खण्डमा त्यो प्राणीलाई बहेमोथ भनिएको छ । यो नाउँ हिब्रू भाषाको नाउँ हो र यसको अर्थ “भयङ्कर पशू” भन्ने हुन्छ । यो बारेमा अयूव ४०ः१५–२० मा यसो भनिएको छ ः“मैले तँसँगै बनाएको बहेमोथलाई विचार गर, जसले गाईबस्तुहरुले झै घाँस निल्छ । त्यसको कम्मर कस्तो बलियो हुन्छ । त्यसको पेटको मांसपेशीमा कस्तो शक्ति हुन्छ । त्यसको पुच्छर देवदारुको रुखझै कडा हुन्छ, त्यसका तिघ्राका नसाहरु खुब कसिएका हुन्छन् । त्यसका हड्डीहरु काँसाका नलीहरुजस्तै हुन्छन्, र त्यसका हात–खुट्टाहरु फलामका आग्ला जस्तैहुन्छन् । परमेश्वरको कार्यहरुमा त्यो सबैभन्दा मुख्य छ यद्यपि त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजीक जान सक्छन् ।” यहाँ उल्लेख गरिएको प्राणीको अधिँकाश ढाँचा डाइनोसरसँग मिल्न गएको देखिन्छ । हामीलाई थाहा छ कि नाइनोसर प्राणीहरुमा सबैभन्दा भयानक थियो र यो खण्डमा पनि हामी यसो लेखिएको पाउँछौ “परमेश्वरको कार्यहरुमा त्यो सबैभन्दा मुख्य छ यद्यपी त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजिक जान सक्छन् ।” यहाँ परमेश्वरले डाइनोसरलाई अन्त्य गर्न सक्नुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । यसरी डाइनोसरको बारेमा पनि बाइबलमा उल्लेख गरिएको छ ।

३) पृथ्वी गोलाकार छ


प्राचिन समयमा पृथ्वी समतल आकारमा रहेको छ भन्ने कुरा बिश्वास गरिन्थ्यो । तथापी पृथ्वी गोलाकार रहेको छ भन्ने कुरा ख्रीष्ट पुर्व ५०० तिर ग्रिक दार्शनिक पाइथागोरसले पनि घोषणा गरेका थिए । पछि गएर अर्का ग्रिक दार्शनिक अरस्तुले पनि पृथ्वी गोलो छ भन्ने कुरा घोषणा गरे । तर के तपाईलाई थाहा छ पाइथागोरसको समयभन्दा २०० वर्ष अगाडी नै परमेश्वरले यशैया अगमवक्ताद्धारा पृथ्वी गोलाकार छ भन्ने कुरा घोषणा गरिसक्नुभएको थियो । बाइबलमा यशैया ४०ः२२ मा यो विषयमा यसो लेखिएको छ ः “उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ..........।” हामीलाई थाहा छ केवल गोलाकार वस्तुको मात्र परिधि हुन्छ । यसरी बाइबलमा पृथ्वीको आकारको बारेमा सठिक कुरा लेखेको देख्न सकिन्छ । शताव्दीऔसम्म पृथ्वी गोलाकार नभई समतल आकारको मात्र रहेको छ भन्ने विश्वास गरियो । आधुनिक विज्ञानले बाइबलमा आजभन्दा २७०० वर्ष अगाडी लेखेको कुरालाई प्रमाणीत गरिदियो । यो कुराले बाइबललाई कमजोर बनाउने नभई झनै मजबुत बनायो ।

४) रेडियो विकिरणको यात्रा


रेडियो विकिरणहरुका कारण नै आज हामी टेलिभिजन हेर्न सक्छौ, इन्टरनेट प्रयोग गर्न सक्छौ, मोबाइबलद्धारा पृथ्वीको पल्लो छेऊमा भएको साथीसँग कुरा गर्न सक्छौ । रेडियो विकिरणहरुको खोजी आधुनिक विज्ञानको ठुलो खोजहरुमध्ये एक हो । यसको खोजका कारण मानवजाति निकै उन्नत हुन पुगेको छ । ३००० बर्ष अगाडी नै बाईबलले एक अति नै बैज्ञानिक कुराको घोषणा गरेको छ ः रेडियो विकिरण अर्थात प्रकाशलाई पठाउन सकिन्छ र यसलाई बोल्ने बनाउन सकिन्छ । के तपाईलाई थाहा छ रेडियो तरँगहरु प्रकाशको गति बराबर यात्रा गर्न सक्छन् ? आधुनकि प्रविधीको विकास हुनभन्दा सयौं वर्ष अगाडी बाइबलमा यो कुराको बारेमा उल्लेख गरिएको थियो । बाइबलमा अयुब ३८ः५ पदमा यसो लेखिएको छः “के तैले बिजुलीलाई तिनीहरुको मार्गमा पठाउँछस् ? के तिनीहरुले हामी यहाँ छौ भनी तँलाई भन्छन् र ?” यहाँ विजुली अर्थात विकिरणहरुलाई पठाउने विषयमा उल्लेख गरिएको छ । यो कुरालाई ब्रिटिस बैज्ञानिक जेम्स क्लेर्क मेक्सवेलले १८६४ मा प्रमाणीत गरिदिए र उनको भनाई अनुसार बिधुत र बिजुलीका तरँगहरु एउटै कुराका बेग्लै बेग्लै रुपहरु हुन् । आज समस्त प्रविधिको भित्रि रहस्य रेडियो विकिरणमा नै रहेको छ र यसको विषयमा बाइबलले विज्ञान सुक्ष्म अवस्थामा रहदा नै घोषणा गरिसकेको थियो ।

५) प्रकाशको मार्ग


यो एक सर्वमान्य तथ्य भइसकेको छ । हामी ज्योति अर्थात प्रकाशलाई कुनै कुराबाट उत्पन्न भएको र यसले यात्रा गरेको देख्न सक्दछौ । आधुनिक बिज्ञानले प्रकाश (ईलेक्ट्रोमेग्नेटिक्स रेडियसन) हरुको मुहान हुन्छ भन्ने कुरा प्रमाणीत गरेको छ जुन कुरा आजभन्दा ३५०० बर्ष अगाडी बाईबलले उल्लेख गरिसेकेको थियो । बाइबलमा अयुब ३ः१९ मा यसो लेखिएको छ ः “ज्योतिको मुहान कता छ ? र अन्धकार कहाँ बास बस्छ ?” ईलेक्ट्रोमेग्नेटिक्स रेडियसनहरुले ३ लाख किलो मिटर प्रति सेकेण्डको हिसाबमा यात्रा गर्दछ । प्रकाश समस्त ब्रम्हाण्डमा सबैभन्दा तिव्रगतिमा यात्रा गर्ने चिज हो । यसरी बाइबलले ज्योति अर्थात प्रकाशको मुहान हुन्छ भन्ने कुरा घोषणा गरेको थियो र त्यसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ ।

अब अन्त्यमा....
बाइबल संसारभरी नै सर्वाधिक प्रेम गरिएको, छापिएको, वितरण गरिएको र पढिएको पुस्तक हो । अमेरिका जस्तो बौद्धिक, आधुनिक र शक्तिशाली मुलुकमा आज पनि एक सेकेण्डमा दुई वटा बाइबलहरु विक्रि हुने गर्दछन् । प्रख्यात बाइबल वितरक सँख्या गिदोन इन्टरनेशनले सार्वजनिक गरेको तथ्याङ्कमा उनीहरुले अहिलेसम्म विश्वभरी २ अरवभन्दा बढि बाइबलहरु वितरण गरिसेका छन् । किन बाइबल यति लोकप्रिय र सम्मानित पुस्तक हो ? यसको जवाफ हो, बाइबल एक मात्र इश्वरको वचन हो र यो सबै अवस्थामा सबैका लागि सान्दर्भिक रहेको छ । बाइबलमा जातपात, वर्ग, लिङ्ग, भाषा, धर्म र कामको आधारमा कुनै पनि विभेद नगर्न आज्ञा दिइएको छ । यो धर्मग्रन्थले कुनै देश, भाषा र जाति विशेषलाई नभई समस्त मानवजातिलाई नै सम्बोधन गर्दछ । अनि अति नै महत्वपुर्ण कुरा यो विज्ञानबाट समेत पुष्टि भएको पुस्तक हो । अमेरिकाका ४० औ राष्टपति रोनाल्ड रेगनले बाइबलको बारेमाा भनेको भनाइसँगै आजको भिडियोलाई अन्त्य गर्न चाहन्छुः “बाइबलका पानाहरुभित्र मानवजातिले सामना गर्नुपरेका प्रत्येक समस्याका जवाफहरु रहेका छन् !” फेरी एक पटक “बाइबलका पानाहरुभित्र मानवजातिले सामना गर्नुपरेका प्रत्येक समस्याका जवाफहरु रहेका छन् !” 

सम्बन्धित भिडियो............

Sunday, June 2, 2019

बाइबलमा भएका बैज्ञानिक तथ्यहरु ! के बाइबल बिज्ञानसँग मेल खान्छ ? (भाग १)—भिडियो सहित


बाइबल कुनै बिज्ञान सम्बन्धी पुस्तक होइन । यो मानवजातिप्रति परमेश्वरको प्रेमको बारेमा वर्णन गर्ने एक विशुद्ध धर्मग्रन्थ हो । बाइबल प्रेम र उद्धारको पुस्तक हो। बाइबल केवल एक पुस्तक मात्र नभई पुस्तकहरुको सँग्रह हो जसभित्र जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् । बाइबलभित्र भविष्यवाणी, कविता, इतिहास, आत्मःकथा, जीवनी, उपदेशहरु र लेखहरु जस्ता धेरै विद्याहरु अटाउन सकेका छन् । बाइबलको अन्तिम पुस्तक आजभन्दा १९,०० वर्ष पहिले नै लेखिसकिएको थियो । त्यो बेलामा विज्ञान गौण अवस्था रहेको थियो । त्यत्ति पहिले नै बाइबलमा यस्ता तथ्यहरु उल्लेख गरिएका थिए जसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ । पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु अन्तर्गत भाग १ को यो सृङ्खलामा ५ वटा यस्ता तथ्यहरु उल्लेख गरिएका जसलाई आधुनिक विज्ञानले समेत मोहर लगाइसकेको----- ः

(१) ब्रम्हाण्डमा असँख्य ताराहरु अस्तित्वमा छन्ः

बाईबलले आजभन्दा २४०० बर्षभन्दा अगाडी नै आकाशका ताराहरु गन्न सकिदैन भन्ने कुरा उल्लेख गर्दा सबैलाई अचम्म लागेको थियो । आधुनिक विज्ञानको उदय नभएको समयमा नै बाइबलले ब्रम्हाण्डमा असँख्य ताराहरु रहेका छन् भन्ने कुरा उल्लेख गरेको थियो । प्राचिन खगोलशास्त्रीहरुले आकाशमा ११०० ताराहरु रहेका छन् भनेर निश्चित गरेको थिए । आकाशमा देख्न सकिने गरी केवल ११०० ताराहरु मात्र रहेका छन् । सोह्रौ शताव्दीको सुरुवाततिर वैज्ञानिक ग्यालिली ग्यालिलियोले पहिलो पटक दुर्विनको आविस्कार गरे । उनले ब्रम्हाण्डमा नियाल्दा त्यहाँ केवल ११०० ताराहरु मात्र नभई असँख्य ताराहरु देखे । यसरी प्राचिन खगोलशास्त्रीहरुको अनुमान गलत सावित भयो । तर बाईबलले ब्रम्हाण्डमा असँख्य ताराहरु रहेका छन् भन्ने कुरा यर्मिया ३३ः२२ मा उल्लेख गरिसकेको थियो जसलाई आधुनिक खगोल बिज्ञानले पुष्टी गरेको छ । केवल हाम्रो मिल्कीवे ग्यालेक्सीमा मात्र २ खरबभन्दा बढि ताराहरु रहेका छन् भने त्यस्ता ग्यालेक्सीहरु अरबौँ छन् जसमा अरबौ र खरबौको संख्यामा ताराहरु रहेका छन् । बाइबलमा यर्मिया ३३ः२२ मा यसो भनिएको छः “आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोख्न नसकिनेजस्तै......” यसरी त्यो बेलाको खगोलविज्ञानको विपरित गई ब्रम्हाण्डमा असँख्या ताराहरु छन् भनेर बाइबलमा उल्लेख गरिएको तथ्य आधुनिक विज्ञानले अचम्म रितिमा पुष्टि गरिदिएको छ ।

(२) पृथ्वी शुन्यतामा झुण्डिरहेको छ

पृथ्वीको आकार र यसको अवस्थाको बारेमा प्राचिन विश्वमा अनैकौ मित्थ्याहरु रहेका थिए । प्राचिन विश्वमा ग्रिकहरुले बिश्वास गर्दथे कि पृथ्वी हर्कुलस नामक राक्षसको काँधमा राखिएको छ । त्यसकारण ले नै हामी अर्कूलस नामक कम्पनीको साइकलमा पृथ्वी एउटा मानिसको काँधमा राखिएको आकृति राखिएको देख्दछौ । अनि अन्य कतिपयका अनुसार पृथ्वी कछुवाको ढाँडमा राखिएको छ भन्ने बिश्वास गरिन्थ्यो । मैले पनि सानो छदा पृथ्वी कछुवाको ढाडमा अवस्थित छ र कछुवा हल्लियो भने पृथ्वीमा भुकम्प जान्छ भन्ने कथाहरु सुनेको थिए । तपाईहरुले पनि यस्तै प्रकारका मित्थ्याहरु सुन्नु भएकै थियो होला । तर बाईबलले आजभन्दा ३५०० बर्ष अगाडी नै
अचम्म रितिमा पृथ्वी शुन्य ब्रम्हाण्डमा झुण्डिएको छ भन्ने तथ्य उल्लेख गरेको छ । बाइबलमा अयुब २६ः७ मा यस्तो लेखिएको छः “उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ , र शुन्यतामा पृथ्वीलाई झुण्डयाउनुहुन्छ ।” आधुनिक विज्ञानको उदयसँगै पृथ्वी र ब्रम्हाण्डको वृस्तित हुदा पृथ्वी त वास्तवमै शुन्य आकाशमा झुण्डियर सुर्यको परिक्रमा गरिरहेको छ भन्ने तथ्य पत्ता लाग्यो । एक पटक फेरी बाइबलले सबैलाई चकित पारिदियो ।

(३) अणुबाट ब्रम्हाण्डको सृष्टि

यो तथ्य पनि बाइबलमा अद्भुत तरिकामा उल्लेख गरिएको थियो । आज हामी सबैलाई थाहा छ कि जे जति हामी सृष्टिमा देख्दछौ ति सबै कुराहरु केवल अणुबाट बनेका छन् । आजभन्दा २००० बर्ष अगाडी नै बाईबलले देखिएको सम्पुर्ण सृष्टि एउटा अदृष्य कुराबाट बनेको हो भन्ने कुरा उल्लेख ग¥यो । विज्ञान गौण रुपमा रहेका कारण यो तथ्यप्रति कसैले खासै ध्यान दिएन । आधुनिक विज्ञानको उदयसँगै यो कुरा प्रष्ट हुन गयो कि विश्वब्रम्हाण्डका प्रत्येक पदार्थ एक अदृष्य कुराबाट बनेको छ जसको नाउँ अणु हो । आजभन्दा २००० बर्ष अगाडी नै बाईबलले सम्पुर्ण संसार अदृष्य कुराबाट बनेको छ भन्ने कुरा उल्लेख गरिसकेको थियो । बाइबलमा हिब्रु ११ः३ मा यो विषयमा यस्तो लेखिएको छ ः “..........र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो ।” यहाँ अणु शव्द उल्लेख नगरिएतापनि हामी स्पष्टरुपमा दृष्य कुराहरु एक अदृष्य चिजबाट बनेको छ भन्ने कुरा उल्लेख गरेको देख्दछौ । हामी अणुलाई देख्न सक्दैनौ तर अणुबाट नै समस्त थोकहरु बनेका छन् ।

(४) रगत जीवनको आधार हो

आजको चिकित्सा विज्ञान रगत नै शरीरको सबैभन्दा महत्वपुर्ण चिज हो र यो नै जीवनको आधार हो भन्ने तथ्यसँग पुर्णत सहमत छ । त्यसकारणले नै शरीरमा कुनै रोग छ वा छैन भन्ने कुरा जान्नका लागि रगत जाँच गर्ने गरिन्छ । तर प्राचिन विश्वमा यो कुराको ज्ञान थिएन । आजभन्दा १२० बर्ष अगाडी सम्म पनि रोगी मानिसहरुको शरीरमा चोट पारेर रगत बग्न दिईन्थ्यो र यसैको कारणले थुपै्र जनाको मृत्यु हुने गर्दथ्यो । अमेरिकाका राष्टपिता भनेर चिनिने जर्ज वासिङ्गनको मत्यु पनि यसै कारणले नै भएको थियो भन्ने अनुमान लगाइएको छ । तर आजभन्दा ३००० बर्ष अगाडी नै बाईबलले रगत जीवनको स्रोत हो भन्ने कुरा घोषणा गरेको थियो । आधुनिक समयमा यो कुरा पुर्णत सिद्ध भईसकेको छ । हामीले रगत गुमायौ भने प्राण गुमाउदछौ । बाइबलमा लेवी १७ः१ यस्तो लेखिएको छ ः “किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ ।” । यो खण्डमा हरेक जीवित प्राणीको प्राण अर्थात जीवन त्यसको रगतमा हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । अचम्म रितिमा बाइबलमा यो तथ्य आधुनिक चिकित्सा विज्ञानको उदयभन्दा कैयौ पहिले नै उल्लेख गरिसकिएको थियो ।

(५) बग्ने पानीमा नुहाउनु वा सरसफाई गर्नु

आजभन्दा ३००० बर्ष अगाडी नै बाईबलले कुनै पनि बिरामी निको भएको अवस्थामा उसले ताजा अर्थात बगिरहेको पानीले नुहाउनु पर्दछ भन्ने कुरा उल्लेख गरेको थियो । प्राचिन समयमा बिरामीहरु निको भयो भने तलाउमा वा जम्मा गरिराखेको थोरै पानीमा नुहाईदिने गरिन्थ्यो जसको कारणले किटाणुबाट सँक्रमित भई अझै धेरै मानिसहरुको मृत्यु हुने गर्दथ्यो । नबग्ने पानीमा किटाणुहरु झनै फस्टाउन पाउने हुनाले मानिसहरुमा यसको सँक्रमण हुनु स्वभाविक थियो । आधुनिक चिकित्सा बिज्ञानले बग्ने पानीमा वा तातो पानीले मात्र बिरामीलाई नुहाउनु पर्दछ भन्ने कुरा प्रमाणीत गरिसकेको छ । बाइबलमा लेवी १५ः१३ मा यसको बारेमा यसो लेखिएको छ ः “त्यो मानिस जब आफ्नो रोगबाट निको हुन्छ , तब त्यसले आफ्नो लुगा धोएर आफ्नो जीउ ताजा पानीले नुहाओस्.........” यो तथ्य प्राचिनमा समयमा नै बाइबलमा उल्लेख गरिएको थियो ।

अब अन्त्यमा........
बाइबल संसारकै सबैभन्दा बढि प्रभावशाली धर्मग्रन्थ हो भन्ने कुरामा दुइमत छैन । बाइबल भित्र थुप्रै विषयहरु अटाउन सकेका छन् र ति प्रत्येक सामाजिक, व्यवहारिक, आध्यात्मिक, चिकित्सा, मनोवैज्ञानिक र वैज्ञानिक तवरमा सठिक र मान्य छन् । त्यसकाणले बाइबल आजपनि अति नै पढिने, विक्रि गरिने, अनुवाद गरिने र छापिने पुस्तक हो । आधुनिक विज्ञानको उदय हुनुपुर्व नै त्यो अन्धकारको युगमा कसरी बाइबलमा यस्ता अचम्म लाग्दा विज्ञान सम्बन्धी तथ्यहरु उल्लेख गरिए होलान् भन्ने प्रश्न हाम्रो मनमा आउनु स्वभाविक नै हो । बाइबलमा २ पत्रूस १ः२१ मा यसो लेखिएको छ ः “किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरुले परमेश्वरको तर्फबाट बोलेका हुन् ।” बाइबल किन यति शुद्ध र सान्दर्भिक छ र भन्ने प्रश्नको जवाफ होः यो कुनै मानिसको इच्छा र बुद्धिको आधारमा लेखिएको पुस्तक होइन । यो समस्त संसार सृष्टि गर्ने परमेश्वरको इच्छाद्धारा लेखिएको पुस्तक हो । अनि परमेश्वरले कहिल्यै पनि गल्ती गर्नुहुन्न त्यसकारण बाइबलमा कुनै भुल वा त्रुटिहरु छैनन् ।

सम्बन्धित भिडियो.........