Friday, August 2, 2019

Christianity in Nepal- Church history of Nepal- (In English with video)



Introduction to Nepal
Nepal, known as the country of Buddha, Mount Everst, brave Gurkhas, mountains, temples, gods and the home of Hinduism. Nepal is located in South Asia between two large countries: India and China. Its total area is 56826 square miles. 75% of the land of Nepal is covered by the high mountains and Himalayas. Nepal is rich in diversity and natural beauties. There are 126 ethnic groups in Nepal and 120 languages are in existence.

Religious Situation
Nepal was known as the only Hindu country in the world. But now it's a secular country. 80% populations of this country is Hindu. Temples are more in numbers than the schools and colleges. 33 million gods are worshiped by the Hindus. They worship idols in their homes and sacred places. Huge animal sacrifices are made every years. Though Nepal is known as a secular country, it has Anti-conversion law.

Christianity
Christianity was introduced in Nepal in 16th century by western missionaries. Churches were planted in the Kathmandu valley. But later King Prithivi Narayan Shaha expelled all Christians including missionaries out of country. After this doors for the evangelism in Nepal was closed nearly for 200 years. No churches were planted, no one was converted during this period. After the Second World War doors of the Nepal were opened for the other countries. Thus Nepal began to evangelize again. The first modern church of Nepal was planted in 1952. The first church of Nepal is only 67 years old. God worked in this countries amazingly. Now it's one of the top countries where Christianity is growing the fastest. Officially only 1.4% population of Nepal are Christians. Because of Anti-conversion law many Christians are being persecuted now. Preaching gospel is strictly prohibited in Nepal.

Related Video:



To subscribe my YouTube channel:
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

Thursday, July 25, 2019

Zero: A time between Old and New




"Therefore if any man be in Christ, he is a new creature: old things are passed away; behold, all things are become new." (2 Corinthians 5:17). God is the God of transformations. This is one of his best characters. As we are his children, he wants to see changes in our lives. God wants us to promote from one stage to another. We as a human being sometime don't love transformations. We don't feel comfortable to leave our comfort zone. Sometime we love to stay where we are. We enjoy what we are and what we do. But God's plan for us always is to promote us in his glory for his glory.

There is a "Zero" points between the Old and New things. That Zero stage is very hard to bear. That's where God tests our faith. This is the time of tests. That's where we make testimony out of this test or we fall. In this today's blog we are going to meditate about the Zero stage between old and new things. In the Bible we see many instances of zero stage. Let's see few examples from the Word of God.

Abraham was living a prosperous life in Ur. He was rich. He was with his beautiful families and relatives. He had good business. Then God called him to leave his family, business, his country and go to somewhere else. "Now the LORD had said unto Abram, Get thee out of thy country, and from thy kindred, and from thy father's house, unto a land that I will shew thee."- Genesis 12:1. Abraham had to leave all his old things and come into the Zero before his new blessings. Abraham accepted the call from God and left his country and went to Canaan. He tested him in many ways. God promised him to give a nation but gave him a son in the age of one hundreds. Then he ordered him to offer Isaac as a sacrifice. Abraham moved from place to place to live. He hadn't his own land and country. He suffered a lot in this zero stage. Then God blessed him a lot.

Job was one of the richest person of his time. He was enjoying his richness with his beautiful family. He was a respectable man of his time. Then God decided to take him in another stage. And as usual Job also had to go through this Zero stage. He lost all his wealth. He lost his children. His own people turned against him. He got sick. This zero stage was too much for him that even he desired to die. But he never removed his faith from God and proved himself before God. And in his new life he received everything again. Not in the same portion but in the double portion.

Many more examples are in the Bible. Old things will be gone, new things will come, but before this "Zero" stage is there. You may not see any future. You may see only darkness before you. Feelings of sadness, sorrows, low selfesteem may come into lives. Uncertainties will be before you. But this is the time of test that will turned you into a testimony. Keeping and preserving faith in this zero stage is very important. This is what Apostle Paul says, "I have fought a good fight, I have finished my course, I have kept the faith:"-2 Timothy 4:7. Fighting a good fight, keeping the faith is very important in this stage. Let's finish this Zero stage's race before receiving this new glory. Amen.

By: Hari BK (haribk8@gmail.com)

Tuesday, July 16, 2019

किन बाइबल अन्य सबै धर्मग्रन्थहरुभन्दा फरक छ ? ६ तथ्यहरु (भिडियो सहित)


सबै धर्महरुका आ–आफ्नै धर्मग्रन्थहरु रहेका छन् । ति धर्मग्रन्थहरुका आ–आफ्नै विशेषता र महत्वहरु रहेका छन् । अद्धितिय भन्ने शव्दको अर्थ “बेग्लै, फरक वा तुलना नै नभएको” भन्ने हुन्छ । आजको यो भिडियोमा बाइबललाई कुन कुराले एक अद्धितिय धर्मशास्त्र बनाउँछ ? अर्थात कुन कुरामा बाइबल अन्य सबै धर्मग्रन्थहरुभन्दा फरक रहेको छ भन्ने कुरा हेर्नेछौ । ६ वटा तार्किक वुँदाहरु यो भिडियोमा समावेश गर्ने जमर्को गरिएको छ । 

१) लेखनमा बाइबल अद्धितिय छ ।
बाइबल एक यस्तो धर्मशास्त्र हो जो करिब १६०० वर्षको अवधीमा लेखिएको थियो । यो निकै लामो समयमा लेखिएको थियो । बाइबल करिब ४० जना लेखकहरुद्धारा लेखिएको थियो । ति ४० जना लेखकहरु फरक फरक पृष्ठभुमि र युगका मानिसहरु थिए । बाइबलका लेखकहरु कोही मछुवारेहरु, कोही गोठाला, कोही राजा, कोही मन्त्री, कोही अशिक्षित त कोही विद्धानहरु थिए । साथै बाइबल एशिया, यूरोप र अफ्रिका महादेशका विभिन्न भागहरुमा लेखिएको थियो । यसरी लामो अवधीमा ४० जना फरक फरक व्यक्तिहरुद्धारा र तिन वटा महादेशका विभिन्न भागहरुमा बाइबल लेखिएको थियो । सायद संसारमा यसरी कहिल्यै कुनै पनि धर्मग्रन्थ लेखिएन । यसरी लेखनमा ठुलो विभिद्ता भएतापनि बाइबल भित्र कुनै पनि विरोधाभास पाउन सकिन्न ।

२) यसको प्रयोग, अनुवाद र विक्रिवितरणमा बाइबल अद्धितिय छ ।
निर्विवादरुपमा बाइबल विश्वमै सबैभन्दा बढि विक्रि हुने र पढिने पुस्तक हो । एक अनुमानका अनुसार अहिलेसम्म संसारभरी करिब ५ अरबभन्दा बढि बाइबलहरु विक्रिवितरण भइसकेका छन् । आजपनि प्रतिवर्ष १० करोडभन्दा बढि बाइबलहरु छापिन्छन् र विक्रिवितरण हुने गर्दछन् । बाइबल संसारमै सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ हो । पुरा बाइबल करिब ६०० भन्दा बढि भाषाहरुमा भने नयाँ करार वा बाइबलका केही अँशहरु ३४०० भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ । यसरी कहिल्यै कुनै पनि धर्मग्रन्थ वा पुस्तक यति धेरै भाषाहरुमा अनुवाद भएको छैन । यसरी बाइबल संसारमै सबैभन्दा बढि विक्रिवितरण हुने र सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ हो ।

३) यसको निरन्तरतामा बाइबल अद्धितिय छ । 
करिब १६०० वर्षको अवधीमा करिब ४० जना लेखकहरुद्धारा ३ फरक महादेशहरुमा बाइबल लेखिएको भएतापनि बाइबल अहिलेसम्म जोगिन सफल भएको छ । इतिहासमा सबैभन्दा बढि आक्रमण गरिएको धर्मग्रन्थ पनि हो । रोमी साम्राज्यको बेलामा एक पटक पुरै बाइबल नष्ट भइसके भनेर रोमी सम्राटलाई रिपोर्ट दिइएको थियो । भोल्टेयरले बाइबललाई अतार्किक र रुढिवादी धर्मग्रन्थको रुपमा चिनाएर यसलाई निमिट्यान्न पार्न धेरै कोशिष् गरे । भोल्टेयर सिद्धिएर गए तर बाइबल अझै पनि एक विश्वव्यापि धर्मग्रन्थको रुपमा चिनिन्छ । यसरी लामो समयमा थुप्रै लेखकहरुद्धारा र फरक भुगोलमा लेखिएर इतिहासमा थुप्रै पटक आक्रमणको सिकार भएतापनि बाइबल आजसम्म पनि अस्तित्वमा रहनुले बाइबललाई एक अद्धितिय धर्मग्रन्थ बनाउँछ ।

४) मानव सभ्यतामाथि यसको प्रभावमा बाइबल अद्धितिय छ ।
मानव सभ्यताका सबै पाटोहरुमा बाइबलको अतुलनिय प्रभाव रहेको छ । इतिहासमा बाइबलकै कारण कैयौ जङ्गली जातिहरु परिवर्तित भएर सभ्य समाजको बाटोमा लागेका छन् । बाइबलमा दिइएको शिक्षा अति नै प्रभावकारी रहेको छ । यसले उच्चत्तम नैतिक शिक्षा दिन्छ । बाइबलले दया, प्रेम, समानता र सम्मानका साथ जिउन शिक्षा दिन्छ । बाइबलको शिक्षाबाट प्रभावित भएर नै विश्वमा ठुलाठुला सहायताकारी सँगठनहरु सुरु गरिएका थिए । साहित्य, कला, राजनिति, दर्शनशास्त्र आदि माथि बाइबलको प्रभाव अतुलनिय रहेको छ । माथि उल्लेखित सबै क्षेत्रका मानिसहरुका लागि बाइबल प्रेरणाको स्रोत बन्न पुगेको थियो । जसरी मानव इतिहासमा बाइबलले प्रभाव पार्न सफल भयो, यसले बाइबललाई अद्धितिय बनाएको छ ।

५) परमेश्वरको एकमात्र वचन भएकाले बाइबल अद्धितिय छ ।
सबै ख्रीष्टियनहरुले बाइबल एकमात्र परमेश्वरको एकमात्र वचन हो भन्ने कुरामा विश्वास गर्दछन् । बाइबलमा २ तिमोथीको पुस्तक ३ः१६ मा यसो लेखिएको छ ः “सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो.....” । बाइबल वास्तवमै परमेश्वरको एकमात्र वचन हो । यदि यो परमेश्वरको वचन नभएको भए कसरी यसले लाखौ जीवनहरु परिवर्तन गर्न सक्थ्यो ? लामो अवधीमा थुपैै लेखकहरुद्धारा विभिन्न देशहरुमा लेखिएतापनि यसका विषयवस्तुमा जुन प्रकारको एकत्व र समानता देख्न सकिन्छ त्यसबाट बाइबल परमेश्वरको वचन हो भन्ने कुरा प्रमाणित हुन्छ । बाइबलमा नै परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ । परमेश्वरले आधिकारिकरुपमा दिनुभएको एकमात्र वचन बाइबल हो र यस अर्थमा बाइबल अन्य सबै पुस्तक र धर्मशास्त्रहरुभन्दा अद्धितिय रहेको छ ।

६) विषयवस्तुमा बाइबल अद्धितिय छ ।
बाइबल कसरी लेखिएको थियो भन्ने कुरा माथि नै धेरै पटक दोहो¥याइसकिएको छ । बाइबलको विशेषता भनेको यसको सुरुको पानादेखि यसको अन्तिम पानासम्म पनि कहिकतै विरोधाभासका कुराहरु पाउन सकिन्न । फरक पृष्ठभुमि भएका ४० जना मानविय लेखकहरुद्धारा बाइबल लेखिएको भएतापनि आपसमा विरोधाभास वा मतान्तर पाउन सकिन्न । यो अति नै अचम्मको कुरा हो । बाइबलमा भएका वैज्ञानिक तथ्यहरुले यसलाई अद्धितिय धर्मग्रन्थ बनाउँछ । बाइबलमा कैयौ बैज्ञानिक तथ्यहरु उल्लेख गरिएका छन् जसलाई आधुनिक विज्ञानले पुष्टी गरेको छ । बाइबल एक सिङ्गो पुस्तक नभइ पुस्तकहरुको सँग्रह हो । यस भित्र इतिहास, कथा, कविता, उपदेश, भविष्यवाणीहरु र पत्रहरु समावेश गरिएका छन् । एउटा धर्मग्रन्थले यति धेरै विद्याहरुलाई समेट्न सक्नुले यसलाई अन्य धर्मग्रन्थहरुभन्दा फरक तुल्याउँछ । साथै बाइबलले सहि र सत्य इतिहास दिन्छ । कहिकतै पनि बढाइचढाइ गरेर घट्नाको व्याख्या गरेको कुरा बाइबलमा पाउन सकिन्न । यसले यहूदी जातिका पिता भनेर चिनिने अब्राहामले आफु उम्कनका लागि आफ्नी श्रिमतिलाई बहिनी भनेको कुरा पनि उल्लेख गर्दछ । दाऊद जस्तो महान् राजा कसरी व्यभिचारमा फसेका थिए भन्ने कुरा पनि उल्लेख गर्दछ । पत्रूस जो मण्डलीको खम्बा भनेर चिनिन्थे उनले कसरी येशूलाई तिन पटक अस्विकार गरेका थिए भन्ने कुरा पनि उल्लेख गर्दछन् । यि केही उदाहरणहरु मात्र हुन् । यस्ता थुप्रै उदाहरणहरु बाइबल भित्र रहेका छन् । यसले सत्यतथ्य इतिहास वृत्तान्त प्रस्तुत गर्दछ । यस अर्थमा बाइबल अद्धितिय रहेको छ ।

अन्त्यमा............
अब अन्त्यमा जेम्स मेरिटको बाइबल सम्बन्धि भनाईसँगै आजको यो भिडियोलाई बिट मार्न चाहन्छु । उनले यसो भनेको थिएः “बाइबल पढ्नुको उद्धेश्य भनेको बाइबल बारे जान्नु होइन, तर परमेश्वरको बारेमा जान्नु हो ।”  

सम्बन्धित भिडियो........




मेरो यूटूवको च्यानल सवस्क्राइव गर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्ः
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

Wednesday, July 10, 2019

के तपाईलाई बाइबलका यि तथ्यहरु थाहा छ ? बाइबलका महत्वपुर्ण र रोचक जानकारीहरु ! (भिडियो सहित)


बाइबल विश्वकै एक अद्धितिय पुस्तक । इतिहासमा बाइबलले लाखौ जीवनहरु परिवर्तन गर्न सफल भएको छ । मानवजातिलाई सभ्यता, मानवता र मुक्तिको बाटो देखाएर बाइबल संसारमै सबैभन्दा बढि प्रेम गरिएको पुस्तक बन्न पुगेको छ । बाइबल ख्रीष्टियनहरुको पवित्र धर्मग्रन्थ हो । बाइबल संसारमै सबैभन्दा बढि बढिने लोकप्रिय पुस्तक हो । साथै बाइबल अहिलेसम्म सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ पनि हो । यो लेखमा बाइबल सम्बन्धी केही आधारभुत जानकारीहरु र साथै बाइबल सम्बन्धी रोचक तथ्यहरु प्रस्तुत गरिएको छ । 

१) बाइबल शब्द ग्रिक भाषाको “विवलोस” शब्दबाट आएको हो, जसको अर्थ “पुस्तकहरु” भन्ने हुन्छ ।
२) बाइबल संसारमा सबैभन्दा बढि भाषाहरुमा अनुवाद गरिएको पुस्तक हो । पुरै बाइबल वा आँशिक बाइबलगरी अहिलेसम्म बाइबल जम्माजम्मी ३३२४ भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ ।
३) बाइबल संसारमै सबैभन्दा बढि विक्रि वितरण गरिने पुस्तक हो । अहिलेसम्म ५ अरबभन्दा बढि बाइबल विक्रि वितरण भइसकेको अनुमान लगाइएको छ । एक सर्वेका अनुसार प्रतिवर्ष १० करोड बाइबलहरु छापिने गरिन्छन् । आजपनि प्रत्येक दिन २७३,९७२ वटा, प्रत्येक घण्टा ११४१५ वटा, प्रत्येक मिनेट १९० वटा भने प्रत्येक सेकेण्ड वटा बाइबल विक्रि वितरण हुने गर्दछ ।
४) बाइबल करिब ४० जना लेखकहरुद्धारा करिब १६०० वर्षको ठुलो अन्तरालमा लेखिएको थियो ।
५) बाइबल मुलत हिब्रु, ग्रिकआरमेइक गरी ३ वटा प्राचिन भाषाहरुमा लेखिएको थियो । 
६) बाइबल मुलत एशिया, युरोप अफ्रिका गरी ३ वटा महादेशहरुमा लेखीएको थियो ।
७) बाइबलमा जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् ।
८) बाइबललाई २ भागहरुमा बिभाजन गरिएको छ ः पुरानो करारनयाँ करार
९) पुरानो करारमा ३९ वटा पुस्तकहरु छन् भने नयाँ करारमा २७ वटा पुस्तकहरु रहेका छन् । 
१०) बाइबलमा जम्माजम्मी १,१८९ वटा अध्यायहरु छन् ।
११) बाइबलमा जम्माजम्मी ३१,१०१ वटा पदहरु छन् ।
१२) बाइबलमा जम्माजम्मी १,२८० वटा प्रतिज्ञाहरु छन् । 
१३) बाइबलमा जम्माजम्मी  ६,४६८ वटा आज्ञाहरु छन् ।
१४) बाइबलमा करिब ८,००० भन्दा बढी भबिष्यवाणीहरु छन् । बाइबलको जम्मा हिस्साको ३० प्रतिशत भाग भविष्यवाणीहरुले ओगटेको छ ।
१५) बाइबलमा उल्लेखित भविष्यवाणीहरु मध्ये ३,२६५ वटा भविष्यवाणीहरु पुरा भइसकेका छन् ।
१६) बाइबलमा जम्मा ३,२९४ वटा प्रश्नहरु छन् । 
१७) बाइबलमा उल्लेखित सबैभन्दा लामो नाउँ यशैया ८ः१ पदमा उल्लेख गरिएको “महेर–शालल–हाज–वज” हो । 
१८) बाइबलको सबै भन्दा लामो पद एस्तर ८ः९ पद हो ।
१९) बाइबलको सबैभन्दा छोटो पद युहन्ना ११ः३५ हो । जहाँ केवल “येशू रुनुभयो !” भन्ने लेखिएको छ ।
२०) बाइबलको मध्ये पुस्तकहरु मिकानहुम हुन् ।
२१) बाइबलको मध्य पद भजनसँग्रह ११८ः५ पद हो ।
२२) बाइबलको सबैभन्दा लामो पुस्तक भजनसँग्रह हो, जसमा १५० वटा अध्यायहरु रहेका छन् ।
२३) बाइबलको सबैभन्दा छोटो पुस्तक २ युहन्ना हो, जसमा केवल १३ वटा मात्र पदहरु मात्र रहेका छन् ।
२४) बाइबलको सबै भन्दा लामो अध्याय भजनसँग्रह ११९ हो, जसमा १७६ वटा पदहरु रहेका छन् ।
२५) बाइबलको सबै भन्दा छोटो अध्याय भजनसँग्रह ११७ हो जसमा केवल २ वटा पदहरु मात्र रहेका छन् ।
२६) बाइबलमा “परमेश्वर” शब्द ३,५६८ पटक उल्लेख गरिएको छ ।
२७) बाइबलमा “परमप्रभु” शब्द ७,७३६ पटक उल्लेख गरिएको छ ।
२८) पुरानो करारमा जम्माजम्मी ९२९ वटा अध्यायहरु छन् ।
२९) पुरानो करारको मध्ये पुस्तक हितोपदेश हो ।
३०) पुरानो करारको मध्ये अध्याय अयुव २० अध्याय हो ।
३१) पुरानो करारको मध्ये पद २ इतिहास २०ः१७ १८ पद हुन् ।
३२) पुरानो करारको सबैभन्दा छोटो पुस्तक ओबदिया हो, जसमा केवल २१ वटा पदहरु मात्र रहेका छन् ।
३३) नयाँ करारमा जम्माजम्मी २६० वटा अध्यायहरु रहेका छन् ।
३४) नयाँ करारमा जम्माजम्मी ७,९५७ वटा पदहरु रहेका छन् ।
३५) नयाँ करारको मध्ये पुस्तक २ थेसलोनिकी हो । 
३६) नयाँ करारको मध्ये पद प्रेरित २७ः१७ हो ।
३७) नयाँ करारको सबैभन्दा लामो पद प्रकाश २०ः४ पद हो ।
३८) नयाँ करारको सबै भन्दा लामो अध्याय लुका १ अध्याय हो, जसमा जम्माजम्मी ८० वटा पदहरु छन् ।

सम्बन्धित भिडियो...........

Friday, June 28, 2019

इतिहासका १० सबैभन्दा क्रुर शासकहरु ! लाखौंको हत्या गर्ने शासकहरु ! (भिडियो सहित)

इतिहासमा मानिसहरुले अति नै क्रुर, सन्की र निर्दयी शासकहरु देखेका थिए । यस्ता शासकहरु पनि थिए जसले क्रुरताको हद नै पार गरेका थिए । तिनीहरुको आतँक दुनिया भरीमा नै थियो । तिनीहरुको नाउ सुन्ने वित्तिकै मानिसका मुटुहरु काम्न थाल्दथे । एक, दुई वा सयौ मात्र नभई लाखौ मानिसहरुको हत्या गर्ने शासकहरु पनि अस्तित्वमा थिए । तिनीहरुमा मानवता, दया वा जीवनको महत्व भन्ने केही पनि थिएन । 

१०) इदी अमिन


यूगाण्डाका यि तानाशाहलाई यूगाण्डाका सबैभन्दा क्रुर तानाशाह रुपमा लिइन्छ । कतिले उनलाई दानवको सँज्ञा दिने गर्दछन् । उनले ७० को दशकमा यूगाण्डामा शासन गरेका थिए । इदी अमिनले मानवता भन्ने कुरा नै विर्सिसकेका थिए । इदी अमिनले आफ्नो शासनकालमा ३ लाखभन्दा बढि मानिसहरुको हत्या गरेको अनुमान लगाइएको छ । उनले अधिकाँशलाई जिउदै खाल्डाहरुमा पुरेर मारेका थिए । भनिन्छ उनले मान्छेका मासुहरु पनि खाने गर्दथे । उनको फ्रिजबाट मान्छेका विभिन्न काटिएका अङ्गहरु पनि पत्ता लगाइएका थिए । इदी अमिनलाई मानव इतिहासकै एक निर्दयी शासकहरुमध्ये एक मानिन्छ । उनलाई “अफ्रिकाको कसाही” र “अफ्रिकाको पागल” जस्ता उपनामहरुबाट पनि चिनिने गरिन्छ । उनको मृत्यु सन् २००३ मा शाउदी अरेवियामा भएको थियो ।

९) सद्धाम हुसेन


सद्धाम हुसेन मानव इतिहासकै सबैभन्दा क्रुर शासकहरुमध्ये एक हुन् । सद्धाम हुसेन बाल्यावस्थादेखि नै निर्दयी थिए । सद्धाम इराक देशका एक तानाशाह थिए जसले सन् १९७९ देखि २००३ सम्म शासन गरेका थिए । सद्धाम हुसेनले आफ्नो स्वार्थका लागि रासायनिक हतियारहरुको प्रयोग गरेर लाखौं निर्दोष मानिसहरुको ज्यान लिएका थिए । उनले थुप्रै कुर्द जातिका मानिसहरुको नरसँहार गरेका थिए । एक अध्ययनका अनुसार सद्धाम हुसेनले आफ्नो शासनकालमा इराकका २० लाखभन्दा बढि मानिसहरुलाई मारेका थिए । एक पटक उनी दुजेल नामक शहरमा गएका थिए । त्यो बेलामा केही लडाकाहरुले उनीमाथि आक्रमण गरे । उनी जसोतसो त्यो आक्रमणबाट उम्कन सफल भए । त्यसपछि उनले आफ्ना सैनिकहरुलाई आज्ञा दिएर त्यो शहरमा भएका प्रत्येक बालबालिका, महिला, वृद्धबृद्धा र पुरुषहरु सबैको हत्या गरेका थिए । सद्धाम हुसेनलाई अमेरिकाले सन् २००६ मा मृत्युदण्ड दिएको थियो ।

८) जोसेफ स्टालिन


स्टालिनले सोभियत यूनियनमा सन् १९२२ देखि १९५३ सम्म शासन गरेका थिए । कतिपयले उनलाई इतिहासकै सबैभन्दा क्रुर तानाशाहको रुपमा लिने गर्दछन् । उनको विरुद्धमा बोल्ने जो कोहीलाई पनि दर्दनाक तरिकामा मार्ने गरिन्थ्यो । स्टालिन २० वर्षे शासनको दौरानमा लाखौ किसान र मजदुरहरु मारिए भने कयौं भोकमरीका कारण पनि मरे । उनले एक कृतिम अनिकालको वातावरण सृजना गरेका थिए जसका कारण ६० लाखभन्दा बढि मानिसहरुको मृत्यु भएको थियो । स्टालिनले एक पटक यसो भनेका थिए, “मृत्यु नै सबै समस्याको समाधान हो । मान्छे छैन—समस्या पनि छैन ।” एक इतिहासकार रोय एलेक मेदभेदेवका अनुसार स्टालिनले आफ्नो शासनकालको दौरानमा आफ्नै देशका २ करोडभन्दा बढि मानिसहरुलाई मार्न लगाएका थिए । अचम्मलाग्दो कुरा यि सबैका बावजुद उनी सन् १९४५ र १९४८ मा गरि २ पटक नोवेल शान्ति पुरुस्कारका लागि मनोनित भएका थिए ।

७) माओ जेदोङ्ग 


चिनका यि तानाशाहको क्रुरताको सामुन्ने स्टालिनको क्रुरताको पनि सानो देखिन्छ । माओले चिनमा सन् १९४९ देखि १९७६ सम्म शासन गरेका थिए । उनले चिनलाई विश्वको सुपर पावर बनाउनका लागि विभिन्न नितिहरु अवलम्वन गरे । उनको नितिको विरोध गर्नेहरुलाई उनले क्रुरतापुर्वक मृत्युदण्ड दिन्थे । उनको नितिको विरोध गर्नेहरुमाथि डोजर चलाईन्थ्यो । उनले हजारौ मानिसहरुमाथि एकै पकै पटक डोजर चढाएर पनि मारेका थिए । उनी चिनलाई आधुनिकिकरण गर्ने व्यक्तिको रुपमा चिनिने भएतापनि उनका नितिहरुका कारण थुप्रै मानिसहरु चिनको इतिहासमा सबैभन्दा नराम्रोसँग अनिकाल र नरसँहारको सिकार भए । एक अनुमानका अनुसार उनको शासनको दौरान चिनमा भोकमरी र नरसँहारबाट ४ करोडभन्दा बढि मानिसहरु मारिएका थिए ।

६) राजा लियोपोल्ड दृतिय 


उनी बेल्जीयमका देशका राजा थिए । राजा लियोपार्डले कङ्गो देशलाई अन्य देशहरुबाट स्वतन्त्र बनाएका थिए । तर उनले पछि गएर कङ्गोमा ठुलो आतङ्क फैलाए । राजा लियोपार्डले कङ्गोका मानिसहरुलाई जवरजस्ती आफ्ना कम्पनीहरुमा काम गर्न लगाए । मानिसहरुमाथि अत्याचार गरे र अनिकालको बातावरण सृजना गरे । यसका कारण थुप्रै मानिसहरु मरे । उनका मानिसहरुले स्थानियहरुलाई अपहरण गरेर जङ्गलहरुमा काम गर्न लगाउथे । राजा लियोपार्डले आफ्ना सेनाहरुलाई जनावरहरु वा अन्य कुनै कुरामा गोली चलाएर गोलीहरु बर्वाद नगर्न बरु ति गोलीहरु अटेरीहरुमाथि चलाउन आज्ञा दिएका थिए । अनुमानका अनुसार राजा लियोपार्ड दृतियको शासनका दौरान कङ्गोमा करिब ४० लाख देखि १ करोड मानिसहरुको हत्या भएको थियो ।

५) जङ्गीज खान


जङ्गीज खान विश्वकै एक भयानक क्रुर तानाशाह थिए । उनी मङ्गोल साम्राज्यका संस्थापक थिए । उनको साम्राज्य मध्य एशियामा फैलिएको थियो । उनी जहाँ जान्थे त्यहाँ रगतको खोला बग्ने गर्दथ्यो । उनले सन् १२०६ देखि १२२७ सम्म शासन गरेका थिए । आफ्नो शासनको दौरान उनले ४ करोडभन्दा बढि मानिसहरुको हत्या गरेका थिए । उनको समयको जनसँख्याको २० प्रतिशत जनसँख्यालाई उनले सखाप पारेका थिए । उनले एक पटक एकै पटकमा ७ लाख मानिसहरुको हत्या गराइदिएका थिए । जङ्गीज खानका सिपाहीहरु अति नै निर्मम थिए । उनीहरु घोडाको रगतहरु पिउने गर्दथे । जङ्गीज खानले निकै निर्मम तरिकामा मानिसहरु मार्ने गर्दथे । कुनै देश वा शहरलाई आक्रमण गर्दा उनको उद्धेश्य त्यहाँका प्रत्येक व्यक्तिलाई मारेर त्यो शहर लुट्ने हुन्थ्यो । उनले बालबालिका, महिला, वृद्धवृद्धा कसैलाई पनि जिउदो छोड्दैनथे । उनले आक्रमण गरेका सहरहरु पुर्णरुपमा नाश गरिदिने गर्दथे । जङ्गीज खानको नाम त्यो समयमा आतङ्कको सबैभन्दा ठुलो नाम थियो ।

४) अटिला द हुन


अटिला हुन जातिको निकै क्रुर शासक थिए । उनले सन् ४३४ देखि ३५३ सम्म शासन गरेका थिए । उनलाई इतिहासकै एक निर्दयी शासकको रुपमा लिइन्छ । अटिला एक मात्र यस्तो व्यक्ति थिए जससँग रोमी साम्राज्य पनि डराउने गर्दथ्यो । उनले आफ्नो साम्राज्य विस्तारका लागि शहरहरु लुटे, विध्वँश मच्चाए, लाखौको निर्मम तरिकामा हत्या गरे । कुनै समयमा उनको साम्राज्य रुस, बाल्कन, यूक्रेन, जर्मनी, इटलीको केही हिस्सा र अन्य देशहरुमा फैलिएको थियो । अटिलाले रोम शहरलाई कव्जा गर्न धेरै कोशिष गरेतापनि उनी त्यसमा असफल नै रहे । उनले कति मानिसहरुको हत्या गरे भन्ने तथ्याङ्क नभएतापनि त्यो सँख्या लाखौंमा हुनसक्ने कुरा अनुमान लगाइएको छ ।

३) भ्लाद द इम्प्यालर


उनको वाल्यावस्था निकै कष्टकर थियो । उनी सानो छदा अटोमन साम्राज्यको सुल्तान मुराद दृतियले उनलाई १४४२ मा कैदी बनाएर राखेका थिए । उनी त्यहाँबाट छुटे । त्यो विचमा उनको बुवाको हत्या भइसकेको उनलाई थाहा भयो । पछि गएर भ्लाद वालेचियाको राजकुमार भए । त्यसपछि उनले अटोमन साम्राज्यको विरुद्धमा ठुलो आन्दोलन सुरु गरे । उनले सामुहिक नरसँहार गर्ने जस्ता कार्यहरु सुरु गरे । उनले मानिसहरुका छाला तानेर मार्ने गर्दथे । जिउदै जलाइदिने, पुरिदिने, सार्वजनिक ठाउँमा टाउको काट्ने वा फासीमा जढाउने जस्ता क्रुर काम गरेका थिए । उनका शत्रुहरु तडपिएको उनलाई साह्रै मन पर्दथ्यो । तर उनलाई छुरी रोपेर मार्न भने निकै मज्जा आउदथ्यो । त्यसकारणले नै उनलाई इम्प्यालर भन्ने गरिन्छ । उनको जीवनमा करिब उनी आफैले मात्र ४० हजार जनालाई छुरी रोपेर मारेका थिए । उनको शासनकालमा लाखौ मानिसहरुको हत्या भएको थियो ।

२) एडोल्फ हिटलर


हिटलरलाई एक सन्की र क्रुर तानाशाहको रुपमा लिइन्छ । उनले जर्मनमा एक तानाशाहको रुपमा सन् १९३३ देखि १९४५ सम्म शासन गरेका थिए । उनको ह्दयमा यहूदी जातिप्रति ठुलो घृणा थियो । दोस्रो विश्व युद्ध हुनुको पहिलो कारण हिटलर नै थिए । उनले १९४२ मा लाखौं मानिसहरुको हत्या गरे र यूरोपको ठुलो हिस्सा र उत्तरी अफ्रिकाको ठुलो हिस्सामा कव्जा गरे । उनको ठुलो आक्रोस विशेषगरी यहूदीहरुको विरुद्धमा थियो । उनले यहूदी जातिलाई समाप्त पार्ने पुरा योजना बनाएर त्यसमा लागेका थिए । उनको यो पागलपनका कारण दोस्रो विश्वयुद्धको दौरान करिब ५ करोड मानिसहरुले ज्यान गुमाए । उनले यहूदीहरुलाई मार्नका लागि विभिन्न ठाउँहरु निर्धारण गरेका थिए । मानिसहरुलाई ग्यास च्याम्बरमा हुलेर ग्याँस छोडेर सामुहिक नरसँहा गर्ने गर्दथे । उनले जर्मन र यूरोपमा निकै रक्तपात मच्चाएका थिए । अन्ततः दोस्रो विश्वयुद्धतका उनको सेनाले पराजय भोग्न थालेपछि उनले आत्महत्या गरे ।

१) टाइमुर महान्


टर्कीका यि शासक एडोल्फ हिटलरभन्दा पनि बढी क्रुर थिए । टाइमूर आफु जँगिज खानको वँशज भएको विश्वास गर्दथे । त्यसैकारण उनले उनका पुर्खाहरुको राज्य पुनस्र्थापना गर्ने कोशिष गरे । टाइमुरमा जम्माजम्मी ४० वर्ष शासन गरे र उनको यो लामो शासनकालको दौरानमा उनले आफ्नो साम्राज्यलाई रसिया देखि भुमध्यसागरको क्षेत्र र भारतसम्मै पु¥याए । टाइमूर इस्लाम धर्मप्रति समर्पित व्यक्ति थिए । उनको इच्छा पुरै दुनियामा इस्लाम फैलाउने रहेको थियो । टाइमूर निकै निर्मम शासक थिए । उनले मानिसहरुका छाला उधाड्न लगाउथे । एक पटक उनी इराकमा छदा एक पटकमा १ लाख मानिसहरुको टाउको काट्न लगाए र तिनीहरुका सडिरहेका खप्परहरुबाट १०० वटा टावरहरु निर्माण गरे । उनले जहाँ आक्रमण गर्थे त्यहाँ सकेसम्म सबैलाई मार्ने कोशिष गर्थे । विश्व भरी नै टाइमूरको नाउँको आतँक थियो । टाइमूरलाई भारतमा मुगोल वँशका पुर्खा मानिन्छ ।

सम्बन्धित भिडियो............
To Subscribe my channel: 
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg/featured?view_as=subscriber

Wednesday, June 26, 2019

केवल तपाईको सृष्टिकर्तासँग तपाईका प्रत्येक समस्याको समाधान छ !—सुन्दर कथा (भिडियो सहित)


एउटा केटाले एकदिन एउटा गल्लिको छेऊमा पुरानो मोडेल टि–फोर्ड कार भेट्टायो । कारको अवस्था एकदमै खराब थियो । कार अति नै पुरानो देखिन्थ्यो र मरम्मत गर्न अति नै कठिन देखिन्थ्यो । तर पनि त्यो जवान केटोले उक्त कार लिएर मरम्मत गर्ने बिचार ग¥यो । उक्त केटोले त्यो मोडेल टि–फोर्ड कारको बारेमा साधारण कुराहरु जानैकै थियो किनकि उक्त कार त्यो समयमा चलन चल्तिको कार थियो ।

केटोले घरमा लिएर त्यो कारको इन्जीन खोल्यो र हेरफेर ग¥यो । उसले गएर ईन्जीट स्टाट गर्ने कोशिष गर्यो तर ईन्जीन स्टाट भएन । उसले बारम्बार मरम्मत गर्दै स्टाट गर्ने कोशिष ग¥यो तर असफल मात्र भयो । उसले अन्य मेक्यानिकहरु र उक्त कारका जानकारहरुलाई बोलायो र मरम्मत गर्ने कोशिष ग¥यो तर उ असफल भयो । उ धेरै निराश र क्रोधित भयो ।

एका बिहानै उ उक्त कारको नजिक गयो र कारको इन्जीनलाई मरम्मत गरेर फेरी स्टाट गर्ने कोशिष ग¥यो । उ बारम्बार कोशिष गरिरहेका थियो तर इन्जीन सुरु भएको थिएन । यो कुरा नजिकैबाट एक जना बृद्ध ब्यक्तीले हेरिरहेका थिए । त्यस्तो अवस्थामा नजिकै उभिएर हेरिरहेको देखेर उक्त युवक झोक्कियो र उक्त बृद्धलाई हपारेर “के हेरिहेको ?” भनेर सोध्यो । उक्त बृद्धले अति नै सालिनरुपमा जवाफ दिदै इन्जीनको कुनै बिशेष भागलाई मरम्मत गर्न आग्रह गरे । केटोले आशा बिहिन नै भएर बृद्धले भनेझै ग¥यो । कार स्टाट भयो । युवक दङ्ग प¥यो र उसको खुसीको सिमा नै रहेन । युवक बृद्ध ब्यक्तीको नजिकमा गयो र सोध्यो, “यो कारको त्यही भाग नै मर्मत गर्नू आवस्यक छ भन्ने कुरा तपाईलाई कसरी थाहा भयो ?” ति बृद्धले जवाफ दिए, “मेरो नाउँ हेनरी फोर्ड हो, र म यो कारको आविस्कारक हुँ ।” यति भनेर ति बृद्ध त्यहाँबाट हिडे ।

तपाइले तपाईका जीवनका कठिन र असम्भव लाग्ने समस्या र चुनौतिहरु लिएर कसकहाँ गइरहनुभएको छ ? वा तपाई आफैले त्यसलाई समाधान गर्ने भरसक् कोशिष् गरेर थाक्नुभएको छ ? तपाईको सृष्टिकर्ता इश्वर हुनुहुन्छ र उहाँसँग नै तपाईका जीवनका प्रत्येक समस्या र चुनौतिहरुको समाधान रहेको छ !

सम्बन्धित भिडियो.......



To Subscribe my channel:
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg

Monday, June 24, 2019

हाम्रो विश्वासको यात्रा (येशू पानीमाथि हिड्नुभएको घट्नाबाट—मत्ती १४ः२२–३२)—भिडियो सहित

हाम्रो विश्वासको यात्रा
येशू पानीमाथि हिड्नुभएको घट्ना (मत्ती १४ः२२–३२)— मर्कूस ६ः४५–५६, यूहन्ना ६ः१६–२१
खण्ड अध्ययनः मत्ती १४ः२२–३२
के सिक्न सकिन्छ ?
१) ख्रीष्टियन विश्वास एक यात्रा हो । (२२ पद)

  • मत्ती २८ः१९ः “यसकारण जाओ,.......”

२) येशूले हामीलाई डरमा छोड्नुहुन्न तर सान्त्वना दिनुहुन्छ । (२७ पद)

  • तर झट्टै येशूले तिनीहरुलाई यसो भन्नुभयो, “साहस गर, म नै हुँ, नडराओ ।”
  • बाइबलमा ३६५ पटक “नडरा” भन्ने शव्द प्रयोग गरिएको छ ।
  • २तिमोथी १ः७ “किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ ।”

३) विश्वासका साथ कदम चाल्नुपर्दछ । (२९ पद)

  • “पत्रूस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्न लागे ।”
  • यशैया ४३ः२, “तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरुबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भष्म पार्नेछैन ।”

४) सँकटमा केवल प्रभुमा भरोसा राख्नुपर्दछ र उहाँको मात्र पुकारा गर्नुपर्दछ । (३० पद)

  • तर बतास जोडले चलेको देखेर तिनी डराए, र जब डुव्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस् ।”
  • बतास जोडले चलेको (समस्या, चुनौति, कठिनाई, अभाव, सतावट) देखेर उनी डराए ।
  • यशैया ४०ः३१ः “तर परमप्रभुको आशा गर्नेहरुको बल फेरि नयाँ हुनेछ । तिनीहरु गरुडझै माथि–मािथ उड्नेछन् , र दगुरेर पनि तिनीहरु थाक्नेछैनन् । तिनीहरु हिँड्नेछन् तापनि मूच्र्छा पर्नेछैनन् ।”

५) येशूले सहायता गर्नुहुन्छ । (३१ पद)

  • तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का ग¥यो ?”
  • झट्टै हात पसारेर......(तुरुन्तै सहायता गर्नुभयो ।)
  • मत्ती २८ः२०, “हेर म यूगको अन्त्यसम्म सधै तिमीहरुका साथमा छुँ ।”
सम्बन्धित भिडियो.........

विश्वका सात आश्चर्यहरु ! (भिडियो सहित)

के तपाईलाई थाहा छ प्राचिन विश्वमा पनि ७ वटा आश्चर्यहरु निर्धारण गरिएका थिए ? प्राचिन विश्वका ७ आश्चर्यहरु दोस्रो शताव्दी इसापुर्वमा ग्रिकहरुले तयार गरेका थिए । ति सात आश्चर्यहरु यस प्रकार छन्ः
        १) गिजाको महान् पिरामिड
        २) बेविलोनको ह्याङ्गिङ गार्डेन
        ३) ओलम्पियाको जिउसको मुर्ति
        ४) आर्तेमिसको मन्दिर
        ५) माउसोलसको चिहान
        ६) कोलोसुस अफ रोडेस
        ७) लाइट हाउस अफ अलेक्जेन्ड्रिया
अहिले यि मध्ये केवल ग्रेट पिरामिड अफ गिजाको मात्र अस्तित्वमा रहेको छ । बाँकी सबै नष्ट भइसकेका छन् ।
कसरी निर्धारण गरीयो ७ आश्चर्यहरु
नयाँ ७ आश्चर्यहरु छानिनुपर्छ भन्ने महसुस भएपछि सन् २००० मा विश्वका सबै देशहरुले न्यु सेवेन वन्डर फाउँडेसन को स्थापना गरे । उक्त फाउण्डेसनले क्यानडामा एउटा ठाउँ निर्धारण ग¥यो जहाँ विश्वका २०० वटा कलाकृतिहरुको सुचि थियो । ७ आश्चर्यहरु छान्नका लागि मतदान गर्न सुरु गरियो र मानिसहरुले ति २०० मध्ये केवल ७ वटाको मात्र छनौठ गर्नुपर्ने थियो । मानिसहरुले प्रत्येक्षरुपमा, म्यासेजबाट या इन्टरनेटको माध्यमबाट छनौठ गर्न सक्थे । यो भोटिङ्गमा १ अरबभन्दा बढि मानिसहरु सहभागि भएका थिए । यो मतदान २००७ सम्म चलिरह्यो । अन्त्यमा ७ जुलाई २००७ मा सार्वजनिक गरियो र विश्वका नयाँ ७ आश्चर्यहरु तय गरियो । मिश्रको गिजा पिरामिड छनौठ सुचिमा नपरेतापनि त्यसलाई सम्मान स्वरुप सुचिमा समावेश गरियो । विश्वका सात आश्चर्यहरु यस प्रकार रहेका छन्ः

सबैको बारेमा जानकारी
१) ताजमहल


ताजमहल भारतको आगरा जिल्लामा अवस्थित छ । यो अति नै सुन्दर फारसी, टर्की, भारतिय र इस्लामिक कलाको धरोहर हो । ताजमहल निर्माण हुनुको पछाडी रोचक कथा रहेको छ । ताज महललाई प्रेमको निशानी मानिन्छ । ताज महललाई मुगोल सम्राट शाहजहाले आफ्नी रानी मुमताजको यादमा बनाएका थिए । मुमताजको असामयिक निधन भएपछि शाहजहाले उनको चिहानका लागि ताजमहल बनाएका थिए । त्यसकारण ताजमहललाई हामी एक चिहान पनि भन्न सक्छौ । शाहजहाले ताजमहलको निर्माणकार्य सन् १६३० मा सुरु गरेका थिए र यो निर्माण हुन २२ वर्ष लागेको थियो । ताज महल निर्माणमा २०,००० जना मजदुरहरुले काम गरेका थिए । भनिन्छ ताजमहल तयार भइसकेपछि शाहजहाले अर्को कुनै ताजमहल नबनोस् भनेर त्यहाँ काम गर्ने सबै मजदुरहरुको हात काटिदिएका थिए । यो भवन अति नै मनमोहक रहेको छ । ताज महल भारतको सबैभन्दा ठुलो पर्यटकिय आकर्षणको केन्द्र हो । 

२) क्राइष्ट दि रिडिमर


क्राइष्ट दि रिडिमर ब्राजिलको रियो दि जेनेरियोमा अवस्थित जिजस क्राइष्टको भव्य मुर्ति हो । यो विश्वकै तेस्रो अग्लो मुर्ति हो । यसको जम्मा उचाई १६१ फिट रहेको छ । यसको तौल ६३५ टन रहेको छ । यो तिजुका राष्ट्रिय निकुञ्जको कार्कोवाडो पर्वतमा अवस्थित छ । यो मुर्तिको निर्माण सन् १९२२ देखि १९३१ को विचमा गरिएको थियो । यो मुर्ति बनाउनमा ब्राजिका क्याथोलिक इसाईहरुको भुमिका रहेको छ । उनीहरुले जिजस क्राइष्टको मुर्ति बनाउनका लागि ब्राजिलका मानिसहरुलाई दान दिन आग्रह गरे । दान सँकलन गरिसकेपछि उनीहरुले क्राइष्ट दि रिडिमरको मुर्ति बनाउन सुरु गरे । उनीहरुलाई यो मुर्ति बनाउन ९ वर्ष लागेको थियो । यसका लागि उनीहरुले त्यो समयमा २ लाख ५० हजार अमेरिकी डलर लगानी गरेका थिए । अहिलेको सन्दर्भमा यो रकम करिब ४ लाख अमेरिकी डरलरभन्दा बढि हुनजान्छ । यो मुर्तिलाई शान्तिको प्रतिक मानिन्छ । जिजस क्राइष्टले दुवै हातहरु फैलाएको आकृतिमा बनाइएको यो मुर्ति ब्राजिलको सबैभन्दा ठुलो पर्यटकिय क्षेत्र हो । यो ब्राजिल र ख्रीष्टियन धर्मको पहिचान पनि हो । चराहरु बसेर मुर्तिलाई प्रदुसित नगरुन् भनेर यो मुर्तिको टाउकोमा किल्लाहरु लगाइएको छ ।

३) कोलोसियम


कोलोसियम इटली देशको राजधानी रोममा रहेको छ । यो प्राचिन रोमी साम्राज्यको निशानी हो । यो एक रँगशाला हो । यसको निर्माण सन् ७० मा रोमी सम्राट भेस्पासिएनद्धारा सुरु गरिएको थियो भने यसको निर्माण कार्य पुरा गर्ने काम सम्राट टाइटसले सन् ८० मा गरेका थिए । यो भवनलाई ल्याटिन भाषामा एम्फीथियटर्म फ्लेवियम् भन्ने गरिन्थो । यो रँगशाला क्षमता ५०,००० हजार मानिसहरु एकसाथ बस्ने थियो । यो रँगशाला निर्माणको पछाडी कालो र दर्दनाक इतिहास रहेको छ । भेस्पासियनले यो रँगशाला रक्तपातपुर्ण खेलहरु हेर्नका लागि बनाएका थिए । मृत्युदण्ड पाएका मानिसहरु र दासहरुलाई यो रँगशाला ल्याइन्थ्यो र जङ्गली जनावरहरुसँग लड्न लगाइन्थ्यो । ति मानिसहरु दर्दनाक मृत्यु मर्दथे । त्यो दृश्य हेर्न प्रत्येक दिन कोलोसियममा धेरै रोमीहरु आएका हुन्थे र उनीहरु त्यो खेलको मजा लिने गर्दथे । साथै यसमा जनावरहरुलाई पनि लडाउने गरिन्थ्यो । ग्लेडियटर्सहरु बाघसँग लड्ने गर्दथे । एक आकँडा अनुसार कोलोसियममा करिब ५ मानिसहरु मारिएका थिए । आज कोलोसिय सुरुको अवस्थामा जस्तो छैन । यो पुरानो भइसकेको छ र यसका इट्टाहरु पनि चोरी भइसकेका छन् । तर यसको अवशेषलाई उचित व्यवस्थापन गरेर पर्यटकहरुका लागि खुला राखिएको छ । कोलोसियम रोमी साम्राज्यको एक प्रतिक हो ।

४) चिनको महान् पर्खाल (ग्रेट वाल अफ चाइना)


चिनको महान् पर्खाल पृथ्वीमै मानव निर्मित सबैभन्दा लामो सँरचना हो । यो अन्तरिक्षबाट देख्न सकिने एकमात्र मानव निर्मित सँरचना हो । यो पर्खाल ८ हजार ८ सय ५० किलो मिटर लामो रहेको छ । यो पर्खाल निर्माण गर्न जम्माजम्मी २००० वर्षको समय लागेको थियो । मङ्गोलिया र यूरोपका आक्रमणकारीहरुबाट बच्नका लागि चिनका विभिन्न शासकहरुले यो पर्खाल निर्माण गरेका थिए । एक अनुमान्का अनुसार यो पर्खाल निर्माणमा करिब २० देखि ३० लाख मजदुरहरुले काम गरेका थिए । यो पर्खाल ढुङ्गा र माटोको सँयोजनबाट बनाइएको छ । चिनका विभिन्न शासकहरुले विभिन्न समयमा यो पर्खाललाई मर्मत गर्दै र विस्तार गर्दै आएका थिए । यो पर्खाललाई सन् १९८७ मा विश्व सम्पदा सुचिमा समावेश गरिएको थियो । यो पर्खाल चिनको एक प्रतिक हो र साथै चिनको सबैभन्दा ठुलो पर्यटकिय आकर्षण हो ।

५) माचू पिचू


यो पेरु देशमा अवस्थित एक इतिहासिक नगर हो । यो इँका सभ्यताको निशानी हो । माचू पिचू नाउँको अर्थ “प्राचिन टाकुरो” भन्ने हुन्छ । यो समुद्र तटबाट २४३० मिटर माथि उरुबाम्बा नदिको छेऊमा अवस्थित पर्वतमा रहेको छ । इँका पेरुमा भएको एक साम्राज्य थियो । उनीहरुले यो शहरलाई उनीहरुको राजधानीको रुपमा सन् १४३० तिर निर्माण गरेका थिए । तर यसको निर्माणको १०० वर्षपछि स्पेनिसहरुले आक्रमण गरेपछि भने इँकाहरुले यो नगर यत्तिकै छोडेर गए । इँकाहरुलाई आक्रमण गरेतापनि स्पेनिसहरुले यो शहर लुटेका थिएनन् । त्यसकारण यो शहरमा इँकाहरुको सँस्कृति झल्काउने थुपै्र कुराहरु थिए । त्यसकारण पेरु सरकारले यसलाई सन् १९८१ मा साँस्कृतिक धरोहर घोषणा ग¥यो । सन् १९८३ मा यो यूनेस्को सम्पदा सुचिमा पर्न सफल भयो । यो स्थलमा घरहरु, मन्दिर र एक पुरै नगरहरु पर्दछन् । सँरचना निर्माणका लागि ढुङ्गाहरुको प्रयोग गरिएको छ । ७ जूलाई २००७ मा विश्वका ७ आश्चर्यहरुमा परेपछि भने यसको प्रशिद्धी झनै बढेर गयो ।

६) चीचेन इट्जा पिरामिड


संसारकै सात आश्चर्यहरुमध्ये यो पहिलो आश्चर्य हो । यो मेक्सीको देशमा रहेको छ । यो प्राचिन माया सभ्यताको निसानी हो । माया सभ्यता प्राचिन र एक विकसित सभ्यता मानिन्छ । “चीचेन इट्जा” माया भाषाको नाउँ हो र यसको अर्थ “इट्जा कुवाको मुहाननिर” भन्ने हुन्छ । यो पिरामिडको माथि जानका लागि चारैतिर सिडीहरु बनाइएका छन् । प्रत्येक सिडीमा ७९ खुडकिलाहरु रहेका छन् । ति प्रत्येक खुड्किलाहरुले वर्षको १ दिनलाई जनाउँदछ । यसरी जम्माजम्मी ३६४ दिन हुनजान्छ र माथि निर्मित मन्दिरले १ दिनलाई जनाउँछ । यसरी ३६५ हुन्छ जो वर्षको प्रत्येक दिनलाई जनाउँछ । यो पिरामिड ७९ फिट अग्लो रहेको छ । यसको माथिल्लो भागमा एउटा मन्दिर रहेको छ । उक्त मन्दिरलाई “अल कस्टिलो” भन्ने गरिन्छ । चिचेन इट्जा पिरामिडलाई माया सम्भताले छोडेको छापको रुपमा लिइन्छ ।

७) पेट्रा


यो जोर्डन देशमा अवस्थित एक यस्तो एतिहासिक नगर हो जो एक पहाडमा बनेको छ । पेट्रा नाउँ ग्रिक भाषाको नाउँ पेटाबाट आएको हो जसको अर्थ ढुङ्गा भन्ने हुन्छ । यो पहाडहरुमा ढुङ्गाहरु खोपेर बनाइएको छ । यो नगरलाई छैठौ शताव्दी इसापुर्वमा नबातीहरुले बनाएइ सिद्धयाएका थिए । यो पानी नपाईने पर्वतमा बनेको छ । यस नगरका मानिसहरुले वर्षाको पानीलाई जम्मा गरेर राख्दथे र वर्षभरी त्यही पानी प्रयोग गर्ने गर्देथे । यो शहरको जनसँख्या करिब ३०,००० थियो भन्ने अनुमान लगाइएको छ । तर यो शहरको निर्माणकार्य १२०० इसापुर्वमा सुरु भएको मानिन्छ । यो शहर प्राचिन समयमा ग्रिस देश र एशियाको विचमा व्यापारमार्गमा पर्ने गर्दथ्यो । पेट्रा नगरमा जानका लागि सुख्खा पहाडको बाटो भएर जानुपर्ने हुन्छ । यसलाई हराएको शहर पनि भन्ने गरिन्छ । यो नगर पहाडमा खोपेर बनाइएका सँरचनाहरुका कारण प्रख्यात रहेको छ । भुकँपको कारण पेट्रा नगरका अधिँकाश भवनहरु जिर्ण भइसकेका छन् । यो युनेष्कोको विश्व सम्पदा सुचिमा परेको छ । जोर्डनको सबैभन्दा ठुलो पर्यटकिय नगरमा पर्ने गर्दछ । 

सम्बन्धित भिडियो..........



To Subscribe my channel:
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg

Sunday, June 23, 2019

झुटा शिक्षा भनेको के हो ? कसरी चिन्ने झुटा शिक्षाहरुलाई ? (भिडियो सहित)


झुटा शिक्षा भनेको के हो ?
  • बाइबलिय र ख्रीष्टियन एतिहासिक पक्षसँग मेल नखाने प्रकारको शिक्षा दिने सम्प्रदायहरुलाई झुटा शिक्षा भनिन्छ । 
  • अर्को अर्थमा जसले बाइबलको सिद्धान्त र सत्यतालाई बङ्गयाएर प्रस्तुत गर्दछन् वा अस्विकार गर्दछन् , त्यस्ता समुदायहरुलाई झुटा शिक्षा भनिन्छ ।
किन जान्न आवस्यक छ झुटा शिक्षाहरुको बारेमा ?
    १) ख्रीष्टियन विश्वासको गलत प्रतिनिधित्व गर्नेहरुको बारेमा जान्नका लागि
    २) मानिसहरु किन झुटा शिक्षाहरुमा जान्छन् भन्ने कुरा जान्नका लागि
    ३) झुटा शिक्षाहरुको विश्वास र अभ्यासको बारेमा जान्नका लागि

झुटा शिक्षाहरुलाई कसरी चिन्ने ?
१) सही शिक्षा के हो सो जान्नु
२) यिनीहरुको फलबाट चिन्ने (मत्ती ७ः१५,१६)
 “झुटा अगमवक्ताहरुदेखि होशियार बस, जो तिमीहरुकहाँ भेडा भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ                     डरलाग्दा ब्वाँसाहरुजस्ता हुन्छन् । तिनीहरुका फलबाट तिमीहरुले तिनीहरुलाई चिन्नेछौ ।”

झुटा शिक्षाहरुका गुणहरु
      १) अगुवा केन्द्रित हुन्छन्
      २) आफुमात्र साँचो भएको दावी गर्दछन्
      ३) बाइबल बाहेक अन्य पुस्तकहरुलाई पनि धर्मग्रन्थको दर्जा दिन्छन्
      ४) ख्रीष्टियनहरुलाई बढि प्राथामिकता दिन्छन् ।
      ५) विश्वव्यापी मण्डलीको बारेमा शिक्षा दिन्छन्
      ६) ख्रीष्टियन समाजसँग एकतामा रहन चाहन्नन्
      ७) भड्काउने प्रकारको शिक्षा दिन्छन्
      ८) बाइबल विपरित शिक्षा दिन्छन्
          बाइबल, त्रिएक, येशू ख्रीष्ट, मुक्ति, दोस्रो आगमन आदि ।
     ९) बाइबलका कुनै केन्द्रित पद वा विषयबाट मात्र तर्क गर्दछन्

प्रमुख झुटा शिक्षाहरु
क्रिश्चियन आइडिन्टीटी, क्रिश्चियन साइन्स, यूनिफिकेसन चर्च (सन यूङ्ग मुन), मोर्मोन, यहोवाका साक्षीहरु, सेभेन्थ डे एडभान्टीष्ट, रोमन क्याथोलिक, वन्ली जीजस, चर्च अफ क्राइष्ट, डव्लू, सि.सि., सियोन चर्च, साल्भेसन आर्मी

सम्बन्धित भिडियो.........



च्यानल सवस्क्राइव गर्न वा थप भिडियोहरु हेर्नका लागि यो लिङ्कका क्लिक गर्नुहोस्ः
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

सरकार, शासक, प्रशासकहरुको बारेमा बाइबलले के भन्छ ? बाइबलका पाँच शिक्षाहरु (भिडियो सहित)



१) हरेक सरकार वा अधिकारीहरु परमेश्वरबाट नियुक्त गरिएका हुन्छन् ।

  • यूहन्ना १९ः११, “येशूले जवाफ दिनुभयो, तपाईलाई माथिबाट नदिइएको भए ममाथि तपाईको केही अधिकार हुनेथिएन ।”
  • रोमी १३ः१ख, “.......परमेश्वरबाट आएको अधिकार बाहेक अरु कुनै अधिकार हुँदैन । जुन प्रशासकहरु छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन् ।”

२) परमेश्वरले भ्रष्ट सरकारलाई पनि आफ्नो इच्छापुर्तिका लागि प्रयोग गर्नुहुन्छ । 

  • यर्मिया २५ः९, “म उत्तरका सबै मानिसहरुलाई र मेरो दास, बेविलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्याउनेछु , परमप्रभु भन्नुहुन्छ , र म उनीहरुलाई यो देश र यसका बासिन्दाहरु र चारैतिरका सबै जातिहरुका विरुद्धमा ल्याउनेछु ।”
  • प्रेरित ४ः२७–२८, “किनभने साँच्चै तपाईले अभिषेक गर्नुभएका तपाईका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरुसँग यसै सहरमा भेला भएका थिए । त्यही गर्नलाई जे तपाईको बाहुलीबाट तपाईको योजनाअनुसार अघिबाटै ठहराइएको थियो ।”

३) हरेक ख्रीष्टियनले शासक प्रशासकहरुका निम्ति प्रार्थना गर्नुपर्दछ ।

  • १तिमोथी २ः१,२, “सर्वप्रथम म आग्रह गर्दछु , कि सबै मानिसहरुका निम्ति नम्रनिवेदन प्रार्थना र मध्यस्थ–बिन्ति र धन्यवाद चढाइउन् , राजाहरु र सबै उच्च पद्मा भएकाहरुका निम्ति पनि,”

४) हरेक ख्रीष्टियन शासकहरुको अधिनमा रहनुपर्दछ ।

  • मर्कूस १२ः१७, “तब येशूले तिनीहरुलाई भन्नुभयो, कैसरका चीजहरु कैसरलाई देओ, र परमेश्वरका चीजहरु परमेश्वरलाई ।”
  • रोमी १३ः१–४, “हरेक व्यक्ति शासन गर्ने प्रशासकहरुका अधीनमा बसोस् । परमेश्वरबाट आएको अधिकारबाहेक अरु कुनै अधिकार हुँदैन । जुन प्रशासकहरु छन् , ती परमेश्वरबाटै नियुक्त भएका हुन्् । यसकारण प्रशासकहरुका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरुको विरोध गर्छ , र जस–जसले विरोध गर्छन् , तिनीहरुले दण्डको आज्ञा पाउनेछन् । किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरुको डर मानिन्छ । के तिमी प्रशासकहरुको डरमा रहन चाहदैनौ ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रसँशा मिल्नेछ । किनकि तिम्रो भलाइको निम्ति परमेश्वरका सेवक हुन् । तर यदि तिमी खराबी गर्छौ भने डर मान् , किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन् । खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन् । यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ ।”
  • १पत्रूस २ः१३, “प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस्, अथवा हाकिमहरुको होस्, जो दुष्ट काम गर्नेहरुलाई दण्ड दिन र असल काम गर्नेहरुलाई प्रसँसा गर्न उहाँद्धारा खटाइएका हुन्छन् ।”

५) सरकार र अधिकारीहरुको आदर गर्नुपर्दछ ।
  • १पत्रूस २ः१७, “सबै मानिसहरुलाई आदर गर । भाइबन्धुलाई प्रेम गर । परमेश्वरसँग डराओ । राजाको आदर गर ।”

सम्बन्धित भिडियो.......



च्यानल सवस्क्राइव गर्न वा थप भिडियोहरु हेर्नका लागि तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्ः
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

Friday, June 21, 2019

“मुक्ति” कसरी पाइन्छ ? के सबै धर्महरुमा मुक्ति छ त ? (भिडियो सहित)


“उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” बाइबलमा प्रेरितको पुस्तक १६ः३० मा एउटा जेलका हाकिमले प्रेरित पावललाई सोधेको प्रश्न हो यो । यो केवल ति जेलरको प्रश्न मात्र होइन । मानव सभ्यताको थालनीसँगै मानव इतिहासमा बारम्बार सोधिदै आएको प्रश्न हो, “मैले उद्धार अर्थात मुक्ति पाउनलाई के गर्नुपर्छ ?” यसै प्रश्नको जवाफ पाउनका लागि मानिसहरु विभिन्न स्थानहरुमा धाउन सुरु गरे । असल कामको परिणाम स्वरुप् मुक्ति पाउने आशामा धर्मकर्म गर्न सुरु गरे । यसरी धर्मकर्म, तिर्थ र दानदक्षिणा गरेमा मुक्ति पाइन्छ भन्ने अवधारणाको सुरुवात हुनपुग्यो । मानिसहरुले यही उद्धारको खोजमा विभिन्न कुरालाई इश्वरको दर्जा दिएर तिनैको भक्तिमा लिन हुनपुगे । यसरी कालान्तरमा विभिन्न विश्वास र आस्थाहरु सुरु हुनपुगे । मानिसहरुले अझै पनि त्यो साँचो मुक्तिलाई अनुभव गर्न सकिरहेका थिएनन् । मानिसहरुका आत्माले अझै पनि अनन्त जीवनको निश्चयता प्राप्त गर्न सकेको थिएन । मानिसहरुले सुरु गरेका धर्मकर्म र विधिविधानले मानिसलाई मुक्ति दिन सकेन बरु मानिसलाई झनै भ्रष्ट बनाइदियो । मानिसहरुले पशुबली जस्तो निर्मम कुसँस्कारको थालनी गरे । इतिहासमा मुक्ति वा उद्धारकै लागि भनेर मानववली दिने गरेका उदाहरणहरु पनि रहेका छन् । 

बुझन आवस्यक महत्वपुर्ण कुरा भनेको हामी  मानवजाति स्वभावैले जन्मैदेखि नै पापी रहेका छौ । यो सम्बन्धमा पवित्र धर्मशास्त्र बाइबलमा रोमीको पुस्तक ३ः२३ मा यसो लेखिएको छ , “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” मानिसले उद्धार वा मुक्तिको लागि प्रयत्न त ग¥यो तर त्यो गलत प्रयत्न थियो । गलत काम गरेर हामी सहि नतिजाको अपेक्षा गर्न सक्दैनौ । मानिसले पापमाथि पाप गरेर समस्त थोकहरुलाई सृष्टि गर्ने परमेश्वरबाट झनै टाढा हुदैगयो । मानवजातिले सृष्टिकर्तालाई भनई सृष्टि गरिएका थोकहरुलाई पुजा आराधना गर्न सुरु गरे ।

तर तपाई र मेरो लागि एक असल सन्देश रहेको छ । आजभन्दा २००० वर्ष अगाडी हामीलाई मुक्ति दिनका लागि समस्त थोकका सृष्टिकर्ता इश्वर स्वयम् मानिस बनेर यो संसारमा आउनुभयो । हामी पापमा लिप्त रहेर परमेश्वरबाट टाढै रहेको अवस्थामा येशू ख्रीष्ट इस्राएल देशमा मानिसको रुपमा आउनुभयो । यो सम्बन्धमा रोमीको पुस्तक ५ः८ मा यसो लेखिएको छ , “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ , कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।” हो, हामी पापी छदै, येशू ख्रीष्ट तपाई र मेरो मुक्तिका लागि मर्नुभयो । मानवजातिलाई असाध्यै प्रेम गर्ने भएकाले परमेश्वरले हामीलाई पापमै छोड्न चाहनुभएन तर पापबाछ छुटकारा दिन चाहनुभयो । यसरी उहाँ स्वयम् येशू ख्रीष्टको रुपमा संसारमा आउनुभयो । येशू ख्रीष्टको पुरा जीवनी बाइबलमा मत्ति, मर्कूस, लूका र यूहन्ना नामक सुसमाचारिय पुस्तकहरुमा उल्लेख गरिएको छ । येशू कन्या मरियमबाट जन्मनुभयो । उहाँले थुप्रै आश्चयकर्महरु गर्नुभयो । उहाँ पक्राउ पर्नुभयो, मारिनुभयो र फेरी तेस्रो दिनमा जिवित भएर उठ्नुभयो । त्यसपछि उहाँ फेरी फर्केर आउने बाँचा सहित स्वर्ग जानुभयो । येशूले कहिल्यै कुनै पाप गर्नुभएन । उहाँले सिद्ध जीवन बिताउनुभयो । तर तपाई हामी पापबाट मुक्ति पाई धर्मि बन्न सकौ भनेर उहाँ पापीझै मर्नुभयो ।  २ कोरिन्थी ५ः२१ मा यसो लेखिएको पाउन सकिन्छ , “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो ।”

महत्वपुर्ण कुरा भनेको केवल येशू ख्रीष्टमा मात्र पापको क्षमा अर्थात उद्धार रहेको छ भन्ने हो । तपाई र मेरो पापका लागि कहिल्यै कोही मारिएको छैन । यदि कोही मारिनुभएको छ त केवल येशू ख्रीष्ट मात्र । अन्य विभिन्न तथाकथित इश्वर र भगवानहरुले पापीहरुको विनास गरे तर केवल येशू ख्रीष्टले मात्र पापको विनास गर्नुभयो । बाइबलमा प्रेरितको पुस्तक ४ः१२ यसो लेखिएको छ , “अरु कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ दिइएको छैन ।” वास्तवमै अरु कसैमा मुक्ति छैन । तपाई र मेरो पापका लागि अरु कोही मारिएको छैन । केवल येशू ख्रीष्टले मात्र त्यो कामलाई पुरा गर्नुभएको छ । 

मानवजातिले मुक्ति वा उद्धार पाउनका लागि धेरै प्रयत्नहरु गरेको छ । असल कामहरु गरेपछि मुक्ति पाइन्छ भन्ने विश्वासका साथ मानिसहरु धर्मकर्महरुतिर लागेका छन् । जान्न आवस्यक कुरा यो हो कि हामी हाम्रो प्रयास, कोशिष् वा कामबाट मुक्ति पाउन सक्दैनौ । हामीले मुक्ति वा उद्धार पाउनका लागि पुर्णत येशूमा निर्भर रहनुपर्दछ । यो सम्बन्धमा एफिसी २ः८ मा यसो लेखिएको छ , “किनभने अनुग्रहबाट विश्वासद्धारा तिमीहरुले उद्धार पाएका छौ—र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—” त्यसैगरी यूहन्ना ३ः१६ मा यसो लेखिएको देख्न सकिन्छ , “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।” साथै रोमी १०ः९,१० मा यसो लेखिएको छ , “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार ग¥यो, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो ह्दयमा विश्वास ग¥यो भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो ह्दयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ , अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ ।” यि तिनै वटा बाइबलिय खण्डहरुबाट हाम्रो मुक्ति पुर्णत येशू ख्रीष्टमा निहित छ भन्ने कुरा जान्न सकिन्छ ।

“उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” यो प्रश्नको जवाफ तपाईले पाइसक्नुभएको छ तापनि निचोडमा भन्नुपर्दा प्रेरितको पुस्तक १६ः३१ मा यसको जवाफ रहेको छ । यहाँ प्रेरित पावलले ति जेलरलाई यसो भनेका छन् , “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् , र तपाईले उद्धार पाउनुहुनेछ— तपाई र तपाईको परिवारले ।” समस्त मानवजातिको मुक्तिका लागि एकमात्र विकल्प यही नै हो । जोकोही पनि जब आफ्नो पापहरुको पश्चात्ताप गर्दछ र येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा विश्वास गर्दछ र ग्रहण गर्दछ भने उसले मुक्ति अर्थात उद्धार प्राप्त गर्दछ । यसका निम्ति तपाईले अन्य कुनै पनि विधिविधानहरु पुरा गर्नु आवस्यक छैन । के तपाईको भित्रि मानसपटलमा यो प्रश्न छ ः “उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” येशू ख्रीष्टमा विश्वास गर्नुहोस् तपाईले मुक्ति पाउनुहुनेछ । तपाईले यो जिवनमा आशिष् पाउनुहुनेछ र मृत्युपछिको अनन्तको यात्रा स्वर्गमा येशू ख्रीष्टको साथमा बिताउनुहुनेछ । अहिले नै येशू ख्रीष्टलाई तपाईको मुक्तिदाताको रुपमा विश्वास गरेर मुक्ति प्राप्त गर्नुहोस् र आनन्दको जीवन जिउनुहोस् 

सम्बन्धित भिडियो.........

इजकिएलले गरेको भविष्यवाणी मुताविक नै टायर सहरको विनास भयो ! (भिडियो सहित)


बाइबलको ३० प्रतिशत अँश भविष्यवाणीहरुले ओगटेको देख्न सकिन्छ । भविष्यमा हुन आउने कुरा दाविका साथ यसै हुनेछ भनेर घोषणा गर्नु सामान्य कुरा होइन । यो कुरा मानिसको विवेक र बौद्धिकतामा आधारित हुदैन । बाइबलमा लेखिएका कैयौ भविष्यवाणीहरु इतिहासमा अचम्मरितिमा अक्षरस पुरा भएका छन् । अनि यो नै बाइबल सत्य परमेश्वरको एकमात्र वचन हो भन्ने कुराको यथेष्ट प्रमाण हो । आजको यो भिडियोमा कसरी इजकिएल नाउँ गरेका एक भविष्यवक्ताले टूरोस सहरको विरुद्धमा गरेको भविष्यवाणी कालान्तरमा अक्षरस पुरा भयो भन्ने बारेमा हेर्नेछौ । 
भविष्यवक्ता इजकिएलले ५९० इसापुर्वमा टूरोस सहरको बारेमा भविष्यवाणी गरेका थिए । उनले टूरोसको विरुद्धमा गरेका भविष्यवाणी इजकिएलको पुस्तक २६ अध्यायमा उल्लेख गरिएको छ । यो पुरै अध्याय यहाँ उल्लेख गर्न सम्भव नभएतापनि यस अध्यायको ४, १२ र १४ पदमा यसो लेखिएको छ । “उनीहरुले टूरोसका पर्खालहरु भत्काउनेछन् , र त्यसका धरहराहरु ढालिदिनेछन् । म त्यसको ढुङ्गाहरु खुर्की–खुर्कीकन त्यसलाई नाङ्गो पहराजस्तै तुल्याइदिनेछु ।” त्यसैगरी १२ पदमा यसो लेखिएको छ ः “उनीहरुले तेरा धन–सम्पत्तिहरु लुट्नेछन् , तेरा व्यापारका मालहरु लूटपीट गरी लैजानेछन् । उनीहरुले तेरा पर्खालहरु ढालिदिनेछन् र तेरा सुन्दर–सुन्दर घरहरु भत्काइदिनेछन् । तेरा ढुङ्गा र काठपात, कलङकसमेत उनीहरुले समुद्रमा फ्याकिदिनेछन् ।” १४ पदमा यसो लेखिएको देख्न सकिन्छ ः “म तँलाई नाङ्गो पहरा तुल्याइदिनेछु र , तँ जालहरु फिँजाउने ठाउँ हुनेछस् । तँ फेरी कहिल्यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।”

समग्ररुपमा इजकिएल २६ अध्यायमा भविष्यवक्ता इजकिएलले टूरोस सहरको विरुद्ध निम्नलिखित कुराहरु घोषणा गरेका छन् ।
१) नबूकदनेसरले टूरोसलाई आक्रमण गरेर नष्ट गर्नेछन् ।
२) टूरोस सहरको माटो खुर्किइनेछ ।
३ं) टूरोस नाङ्गो ढुङ्गा सरह हुनेछ ।
४) यो शहर खोज्दा पनि नभेटिने प्रकारको बनाइनेछ ।
५) यो सहर फेरी कहिल्यै बसाइनेछैन ।

टूरोस सहरको बारेमा हेर्दा यो शहर दुई भागमा विभाजित थियोः पहिलो भागः समुद्री किनारमा अवस्थित थियो भने दोस्रो भाग एक टापुको रुपमा अस्तित्वमा थियो । यि दुवै शहरहरु एकआपसबाट १ किलो मिटरको दुरीमा अवस्थित थिए । टापुमा अवस्थित सहर उनीहरुका लागि रक्षा कवच जस्तै थियो । किनकि टापुमा अवस्थित सहर कव्जा गर्नु कसैका लागि पनि त्यत्ति सजिलो थिएन । टूरोस निकै मजबुत सहर थियो । यो सहर बलियो र अग्ला पर्खालले घेरिएको थियो । इजकिएलको समयमा टूरोस अति नै धनि, गौरवशाली र समृद्ध सहर थियो । यो एशिया, यूरोप र अफ्रिका गरी तिन महादेशलाई जोड्ने व्यापारिक सहर थियो । त्यसकारण इजकिएलको समयमा यो सहर प्रगतीको शिखरमा पुगेको थियो । तर इजकिएलले यस्तो समृद्धशाली र बलियो सहरको विनासको बारेमा दाविका साथ भविष्यवाणी गरेका छन् । 

इजकिएलले टूरोसको विरुद्धमा भविष्यवाणी गरेको ५ वर्षपछि नै नबूकदनेसरले ५८५ इसापुर्वमा टूरोस सहरलाई कव्जा गर्नका लागि घेरावन्दी गरे । टूरोस कव्जा गर्न सजिलो थिएन । बारम्बार प्रयास गर्दा पनि उनी असफल भइरहे । तर उनले हिम्मत हारेनन् । उनले १३ वर्षसम्म लगातार टूरोसमाथि घेराबन्दी गरेका थिए । १३ वर्षपछि उनको सेना टूरोसको पर्खाल भत्काउन सफल भयो । १३ वर्षपछि नबूकदनेसर टूरोस सहरभित्र प्रवेश गर्दा उनले पुरै सहर खाली भेट्टाए । त्यहाँका बासिन्दाहरु सबै बहुमुल्य धनसम्पत्तिहरु लिएर १ किलोमिटर पर रहेको टूरोसकै अर्को टापुमा सरिसकेका थिए । नबूकदनेसरको सेनाले १३ वर्षसम्म साह्रै मेहनत गरेतापनि अन्तत उनीहरु रित्तो हात गए । तर उनले आक्रोसमा त्यो सहर पुरै भत्काइदिए र त्यसलाई भग्नावशेषको थुप्रो बनाइदिए । यसरी इजकिएल २६ अध्यायमा नबूकदनेसरले टूरोसलाई नष्ट गर्नेछन् भनेर गरिएको भविष्यवाणी पुरा भयो । नबूकदनेसर परमेश्वरलाई विश्वास गर्ने राजा थिएनन् र उनको बारेमा बाइबलमा भविष्यवाणी गरिएको छ भन्ने समेत उनलाई थाहा थिएन ।

नष्ट गरिएको टूरोसलाई टूरोसबासीहरुले पुनर्निमाण गरेनन् । ति मानिसहरु टापुमा अवस्थित सहरमा नै बस्न उचित ठाने । उनीहरुले त्यो सहरलाई झनै सानदार बनाए । अर्को सहर भग्नावशेषमा परिणत भएको थियो भने टापुमा अवस्थित टुरोस समृद्धशाली बन्दैथियो । तर इजकिएल २६ अध्यायमा गरिएको भविष्यवाणी अझै पुरा भइसकेको थिएन । यो भविष्यवाणी गरिएको २४१  वर्षपछि ग्रिक साम्राज्यका सम्राट विश्व विजयका लागि निस्कीए । उनको आँखा टूरोस सहरमाथि पनि प¥यो र अलेक्जेण्डर महान्ले ३३२ इसापुर्वमा टूरोसमाथि आक्रमण गरे । टापुमा रहेको सहरलाई कव्जा गर्न अलेक्जेण्डरलाई साह्रै कठिन भयो । तर उनी हार मान्ने पक्षमा थिएनन् । अलेक्जेण्डरले भत्किएको टूरोसको सबै भग्नावशेषहरु, ढुङ्गा र माटो लिएर समुद्रमा १ किलो मिटर लामो बाटो बनाए । बाइबलमा भविष्यवाणी गरिएमुताविक नै अलेक्जेण्डरको सेनाले टुरोसका सबै ढुङ्गा, इट्टा, भग्नावशेष सबैलाई लिएर बाटो बनाए । उनीहरुले बाटो बनाउनका लागि टूरोसको माटो समेत खुर्किए । यसरी बाइबलमा लेखिएको भविष्यवाणी अक्षरस पुरा भयो । अन्नतः अलेक्जेण्डरको सेना टापुमा अवस्थित सहरमा प्रवेश ग¥यो । त्यहाँ तिनीहरुले टुरोसबासीहरुको नरसँहार गरे । त्यहाँका सबै धनसम्पत्ति र बहुमुल्य कुराहरु लुटे । यसरी बाइबलमा टूरोसको बिरुद्धमा लेखिएको भविष्यवाणी २४१ वर्षपछि पुरा भयो ।

यो सहर खोज्दा पनि नभेटिने अवस्थामा रहनेछ र यो फेरी कहिल्यै बनाइनेछैन भनेर इजकिएलले गरेको भविष्यवाणी अक्षरस पुरा भयो । १८ औ शताव्दीमा आएर मात्र टूरोस सहर कहाँ अवस्थित थियो भन्ने पत्ता लागेको थियो । अहिले पनि टूरोस यहाँ थियो भन्ने मात्र थाहा छ तर यत्ति ठुलो र गौरवशाली सहरको अस्तित्वको कुनै पनि प्रमाण उपलव्ध भने छैन । आज पनि अलेक्जेण्डरले बनाएको बाटो समुद्रमा देख्न सकिन्छ तर त्यसलाई पनि बालुवाले ढाकेर सामान्य जमिन जस्तै बनाइसकेको छ । यसरी इजकिएल २६ अध्यायमा टूरोस सहरको विनासको बारेमा लेखिएका प्रत्येक भविष्यवाणीहरु इतिहासमा पुर्णत पुरा भएका छन् । टुरोसको विनास भएको २५०० वर्ष भइसकेको छ र पनि यो सहर फेरी इतिहासमा कहिल्यै पनि पुनर्निमाण गरिएको छैन ।

सम्बन्धित भिडियो..........

बाइबलिय भविष्यवाणीहरु (भाग ३)—नहूमको भविष्यवाणी र निनवेको विनास (भिडियो सहित)


नहुम १ः१२–१४ मा भविष्यवक्ता नहूम यसो घोषणा गर्दछन् ।
१२ परमप्रभु यसो भन्नुहुन्छ , “यद्यपि उनीहरु सामर्थी र अनगन्ती छन् तापनि उनीहरु बहिस्कृत हुनेछन् , र बितिजानेछन् । एक यहूदा, मैले तँलाई दुःख दिएको छु , तापनि अब म फेरि तँलाई दुःख दिनेछैनँ ।”
१३ अब उनीहरुको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु , र तेरा बन्धनहरु टुक्रै–टुक्रा पारिदिनेछु ।
१४ हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ ः अब उप्रान्त तेरो नाउँ कायम राख्ने तेरो कोही सन्तान हुनेछैन । तेरा देवताहरुको मन्दिरमा कँुदिएका र ढालेर बनाएका मूर्तिहरु म सर्वशान गर्नेछु । म तेरो चिहान तयार पार्नेछु , किनकि तँ दुष्ट छस् ।

यो खण्डमा के भनिएको छ भन्ने कुरा सहजै बुझन सकिन्छ । नहुम नाउँ गरेका एक जना भविष्यवक्ताले कुनै अति नै शक्तीशाली साम्राज्यको राजधानीको पतन र बिनाशको बारेमा बताईरहेका छन् । नहूम कुनै शक्तिशाली मुलुकका शक्तिशाली मानिस थिएनन् । तिनी इस्राएलका एक यहूदी थिए र उनले आफ्नो समयको सबैभन्दा विशाल सहरको विनासको बारेमा भविष्यवाणी गरेको कुरा हामीले भर्खरै पढेका छौ । उनले निनवेको विरुद्धमा भविष्यवाणी गरिरहदा नहूमको आफ्नै देश इस्राएलमा तिनै अश्शूरीहरुले शासन गरिरहेका थिए । उनले यहोवा परमेश्वरको अगुवाइमा यो भविष्यवाणी गरेका थिए । उनले घोषणा गरेको यो अद्भुत भविष्यवाणी ईतिहासमा पुर्णत पुरा भएको छ ।

नहूमले निनवेको विनासको बारेमा भविष्यवाणी गरिरहदा निनवे विश्वकै सबैभन्दा शक्तिशाली सहर थियो । यो शहरको महानताको बारेमा योनाको पुस्तक ३ः३ पदमा यसो लेखिएको छ ः......अब निनवे एक अत्यन्तै प्रख्यात सहर थियो । त्यो हेर्नलाई तीन दिन लाग्दथ्यो । यो सहर अश्शूर साम्राज्यको राजधानी थियो । नहूमको समयमा विश्वको ठुलो हिस्सामा अश्शुरीहरुले शासन गरिरहेका थिए । नहूमको पुस्तक ३ः७ पदमा नहूम दावीको साथ यस्तो भविष्यवाणी गर्दछन् ः तँलाई देख्ने जत्ति सबै तँदेखि भाग्नेछन् , र भन्नेछन् , “निनवे त नष्ट भएको छ । त्यसको निम्ति कसले विलाप गर्ला ?”  नहूम १ः१२ मा लेखिएको कुरा मनन्योग्य रहेको छ ः “यद्यपि उनीहरु सामर्थी र अनगन्ती छन् तापनि उनीहरु बहिस्कृत हुनेछन् , र बितिजानेछन् ।” त्यसैगरी १ः१४ को अन्त्यतिर निनवेको बारेमा नहूम यसो घोषणा गर्दछन् ः “म तेरो चिहान तयार पार्नेछु , किनकि तँ दुष्ट छस् ।”

नहूमले यि खण्डहरुमा दावीका साथ निनवेको विनासको बारेमा भविष्यवाणी गरेको देख्न सकिन्छ । अश्शुर साम्राज्यको राजधानी निनवे ई.पु. ६१२ मा मादी जातिद्धारा नष्ट गरिएको थियो । तर निनवेको विनाशको बारेमा नहूमले ईसापुर्व ६६० मा भविष्यवाणी गरेका थिए । उनले निनवेको विनासको बारेमा गरेको भविष्यवाणी ४८ वर्षपछि अक्षरस पुरा भएको थियो । त्यसैगरी यही अध्यायकै ११ पदमा नहूमले एक रोचक कुरा घोषणा गरेको देख्न सकिन्छ । यहाँ उनी यसो भन्दछन्ः “तँ लुकेर बस्नेछस् ।”  वास्तवमै यो भविष्यवाणी जस्तो लेखिएको थियो त्यस्तै पुरा भयो । इतिहासमा थुपै्र शहरहरु विनास पारिए तर पनि तिनीहरु कहाँ अवस्थित थिए भन्ने सबैलाई थाहा थियो । तर निनवेको विनास नहूमले लेखेबमोजिम नै भयो र अचम्मलाग्दो कुरा इतिहासमा निनवे सहर कहाँ अवस्थित थियो भन्ने पनि स्पष्ट थिएन । नहूमले घोषणा गरेझै निनवे इतिहासमा लुप्त थियो र लुकेर रहेको थियो । अठारो शताव्दीमा मात्र अर्कोलोजिष्टहरुले खोजको क्रममा निनवे शहर कहाँ अवस्थित थियो भन्ने कुरा पत्ता लगाए । यही खोजको क्रममा एउटा प्राचिन अभिलेख पत्ता लगाइयो जसको नाउँ निनवेको पतनको इतिहास भन्ने रहेको छ । यो अभिलेखमा निनवे कसरी नष्ट भएको थियो भन्ने कुरा लेखिएको छ । यसरी बाइबलमा लेखिए अनुसार नै निनवे नष्ट भएको प्रमाण देख्दा इतिहासकारहरु अचम्भित भएका छन् ।

बाइबल साँचो छ र यो जिवित परमेश्वरको वचन हो भन्ने कुराको प्रमाण बाइबलमा लेखिएका भविष्यवाणीहरु पुरा भएका कुराहरु हुन् । बाइबलमा पुरानो करारमा १२३९ र नयाँ करारमा ५७८ वटा गरी जम्माजम्मी १८१७ वटा भविष्यवाणीहरु उल्लेख गरिएका छन् । बाइबलको जम्मा अँशको करिब ३० प्रतिशत अँश भविष्यवाणीहरुको रहेको छ । बाइबलमा लेखिएका अधिँकाश भविष्यवाणीहरु अचम्मरितिमा अक्षरसः पुरा भएका छन् । अनि यसबाट बाइबल परमेश्वरको आधिकारिक र सत्य वचन हो भन्ने कुरा प्रमाणीत हुन्छ ।

सम्बन्धित भिडियो..............

Thursday, June 13, 2019

डुव्दै गरेको बालक र एक न्यायधिसको सुसमाचारिय कथा (किन आज नै येशूमा विश्वास गर्ने?)

डुव्दै गरेको बालक र एक न्यायधिसको सन्देशमुलक कथा

किन मैले आज नै येशू ख्रीष्टमा विश्वास गर्न आवस्यक छ त ? जान्नका लागि अवस्यक हेर्नुहोस् !

Monday, June 10, 2019

आधुनिक बिज्ञानबाट समेत पुष्टि गरिएका बाइबलिय तथ्यहरु—भाग ३ (भिडियो सहित)



भौतिक विज्ञानका पिता भनेर चिनिने महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको भनाईसँगै आजको यो भिडियोलाई सुरु गर्न चाहन्छु । उनले यसो भनेका छन्, “धर्म विनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ !” उनको यो भनाईमा धर्म र विज्ञान कसरी एक आपसमा सम्बन्धित छन् भन्ने कुरा जान्न सकिन्छ । संसारमा थुप्रै धर्म र विश्वासहरु अस्तित्वमा छन् । कुन चाहिँ धर्म सहि र साँचो हो ? हाम्रो दिमागमा पक्कै यो प्रश्न आउने गर्दछ । पक्कै पनि त्यही विश्वास वा धर्म नै सहि हो जसलाई हरेक पक्षबाट जाँचिएको होस् र अन्तत् त्यो सत्य र सहि सावित भएको होस् । संसारमा त्यस्तो विश्वास केवल ख्रीष्टियन विश्वास नै हो भन्ने कुरा तपाईहरुलाई घोषणा गर्न चाहन्छु । बाइबललाई विभिन्न कालखण्डमा विभिन्न कोण र पक्षबाट जाँचिएको थियो अन्तत यो सिद्ध र सहि सावित भयो । आजको यो लेखमा बाइबलमा उल्लेख गरिएका यस्ता ५ तथ्यहरुको बारेमा चर्चा गर्न गइरहेको छुँ जसलाई आधुनिक विज्ञानले सत्य सावित गरिसकेको छ । अगाडी बढौं ।

(१) सुर्य पनि परिक्रमा गर्दछ


खगोल विज्ञानको उदयसँगै सुर्यले पृथ्वीलाई होईन तर पृथ्वीले सुर्यको परिक्रमा गर्दछ भन्ने तथ्य प्रमाणीत भएपछि थुप्रै आलोचकहरुले बाइबलका विभिन्न खण्डहरुलाई लिएर बाईबलमा त्रुटी छ भन्न थाले । बाइबलमा सुर्य चलायनमान छ र यो स्थिर नभई परिक्रमा गर्ने गर्दछ भन्ने कुरा उल्लेख गरिएको थियो । यसका कारण धेरै जनाहरुले बाइबलको आलोचना गर्न थाले  । पछि गएर थप अध्ययन भएसँगै एउटा यस्तो नयाँ तथ्य सामने आयो जसले सबैलाई चकित पारिदियो । खोजमा पत्ता लगाइए अनुसार सुर्य स्थिर नभई यसले सम्पुर्ण सौर्यमण्डललाई साथमा लिई मिल्कीवे ग्यालेक्सीको परिक्रमा गरिरहेको छ । सुर्य ६ लाख माईल प्रतिघण्टाको हिसाबले मिल्कीवे ग्यालेक्सीको आफ्नै परिधिमा परिक्रमा गरिरहेको छ । केवल त्यत्ति मात्र नभई समस्त ब्रम्हाण्डमा कुनै पनि थोक स्थिर छैनन् । ब्रम्हाण्डमा भएका प्रत्येक खगोलिय पिण्डहरु आफ्नो निश्चित गतिमा निश्चित दिशातर्फ दौडिरहेका हुन्छन् ।  बाईबलमा धेरै अगाडी नै आधुनिक बिज्ञानको यो तथ्यलाई उल्लेख गरिएको थियो । बाइबलमा भजनसँग्रह १८ः४–६ यसो लेखिएको छ, “......उहाँले आकाशमा सुर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ । ऊ विवाह–मण्डपबाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझै, जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ । आकाशको एक छेऊमा उसको उदय हुन्छ, र अर्को सिमान्तसम्म परिक्रमा गर्छ । त्यसको तापबाट केही कुरा लुकेर रहदैन ।” यसरी बाइबलमा सयौं वर्ष अगाडी सुर्य पनि घुम्दछ भनेर उल्लेख गरेको तथ्य आधुनिक खगोल विज्ञानबाट समेत पुष्टि हुनगयो ।

(२) जल प्रक्रिया


आज स्कुलका साना बालबालिकाहरुलाई समेत जल प्रक्रियाको बारेमा ज्ञान रहेको छ । प्राचिन सँसारमा यसको बारेमा रत्तिभर पनि ज्ञान थिएन । सन् १८८० मा वर्नाड पालिसेले बर्षाको प्रक्रियाको बारेमा तथ्यगत खोज गरे । समुद्र, नदि वा पोखरीहरुमा भएको पानी घामका कारण वाफको रुपमा माथि आकाशमा जान्छ । वायुमण्डलमा चिसो बढि भएका कारण वाफ वरफका मसिना टुक्रा बन्दछ । त्यसपछि विस्तारै त्यो वरफ खस्दैजान्छ र वादल र तुसारोको रुप लिन्छ । वायुमण्डलमा ताप बढेको र बाफको घनत्व बढि भएकाले अवस्थामा पानी पर्न थाल्दछ । त्यही पानी खोलानाला, समुद्रमा जान्छ र फेरी त्यसैबाट बाफ बनेर वायुमण्डलमा गई पानी बनेर वर्सन्छ । यसैलाई जल चक्र भन्ने गरिन्छ । यो तथ्य त केवल आजभन्दा १४० वर्ष अगाडी मात्र पत्ता लगाइएको हो । तर बाइबलले आजभन्दा सयौं बर्ष अगाडी नै पानीको चक्रको बारेमा उल्लेख गरिसकेको थियो भन्ने जान्दा तपाईलाई अचम्म लाग्न सक्छ । बाइबलमा आमोश ९ः६ मा यसो लेखिएको छ, “........जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमीनभरी खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो ।” यसरी शताव्दीऔ अगाडी नै बाइबलमा पानी पर्ने प्रक्रियाको बारेमा उल्लेख गरिएको थियो ।

(३) ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ ।


प्राचिन संसारमा ब्रम्हाण्ड सम्बन्धी अठौना विश्वासहरु अस्तित्वमा थिए । ति प्रत्येक अवैज्ञानिक थिए र आधुनिक खगोल विज्ञानका नयाँ अनुसन्धानहरुबाट तिनीहरु अप्रमाणीत भइसकेका छन् । आधुनिक खगोल विज्ञानका ठुला खोजहरुमध्ये एक ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ भन्ने तथ्य हो । सन् १९२९ मा प्रख्यात खगोल वैज्ञानिक एडविन हव्वलले सर्वप्रथम व्रम्हाण्ड फैलिरहेको छ भन्ने तथ्य प्रमाणीत गरेका थिए । विगव्याङ्गपछि व्रम्हाण्ड निरन्तर फैलिरहेको छ भन्ने कुरा आज सर्वमान्य तथ्य भइसकेको छ । यो एउटा यस्तो तथ्य हो जसमाथि कसैले प्रश्न उठाउनै सक्दैन । तर के तपाईलाई थाहा छ बाइबलमा ब्रम्हाण्ड फैलिएको यो तथ्य पाँच पटकभन्दा बढि उल्लेख गरिएको छ । तपाईहरुलाई पुन अवगत गराउन उपयुक्त लाग्यो कि बाइबलमा व्रम्हाण्ड भन्ने शव्द कहि पनि उल्लेख गरिएको छैन । तर यसको सट्टामा आकाश वा आकाशमण्डल भन्ने शव्द प्रयोग गरिएको छ । यसो हुनुको कारण यहि सृङ्खलाको भाग २ को भिडियो उल्लेख गरिसेकेको छुँ । बाइबलमा यशैया ४०ः२२ मा यसो लेखिएको छ , “.........उहाँले आकाशलाई पर्दाझै फिजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैं त्यो फैलाउनुहुन्छ ।” त्यसैगरी अयूव ९ः८ मा यसो लेखिएको छ , “उहाँले नै हो आकाश फिँजाउनुभएको....।” यसरी ब्रम्हाण्ड फैलिदैछ भन्ने तथ्य प्राचिन पुस्तकमा उल्लेख भएको देखेर वैज्ञानिकहरु समेत चकित परेका छन् ।

(४) ब्रम्हाण्ड अनन्त छैन


प्राचिन संसारमा ब्रम्हाण्ड अनन्त छ भन्ने विश्वास गरिन्थ्यो । ब्रम्हाण्ड सधैदेखि यही छ र सधै यस्तै रहिरहनेछ भन्ने विश्वास लोकप्रिय थियो । सन् १९२७ मा वेल्जियमका एक रोमन क्याथोलिक प्रिस्ट जर्जस लेमाइट्रीले विग व्याङ्गको सिद्धान्त सामुन्ने ल्याए । उनको खोजबाट ब्रम्हाण्ड एक समय अस्तित्वमा आएको थियो र यो अनन्त छैन भन्ने पत्ता लाग्यो । यसरी प्राचिन  विश्वको समस्त विश्वास फेरी खरानी भयो । तर के तपाईलाई थाहा छ बाइबलमा यो तथ्य हजारौ वर्ष अगाडी नै उल्लेख गरिएको थियो । बाइबलमा उत्पत्ती १ः१ मा यसो लेखिएको छ , “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।” यो खण्डबाट स्पष्ट हुन्छ कि ब्रम्हाण्ड र पृथ्वी समयको कुनै विन्दुमा अस्तित्वमा आएका थिए । त्यसैगरी बाइबलमा अनेकौ खण्डमा बारम्बार ब्रम्हाण्ड र पृथ्वी अनन्त छैन भन्ने कुरा उल्लेख गरिएको छ । बाइबलमा कही पनि ब्रम्हाण्ड र पृथ्वी अनन्त छ भन्ने कुरा उल्लेख गरिएको पाउदैनौ । यो तथ्यको केवल एउटा उदाहरण हेर्दा बाइबलमा हिब्रु १ः१०,११ मा यसो लेखिएको छ, “हे परमप्रभु, तपाईले आदिमा पृथ्वीको जग बसाल्नुभयो, र आकाशमण्डल तपाईका बाहुलीको काम हो । तिनीहरु त नष्ट हुनेछन्, तर तपाईचाहिँ रहिरहनुहुन्छ । तिनीहरु वस्त्रझै पुराना भइहाल्नेछन् ।” यहाँ पृथ्वी र ब्रम्हाण्ड नष्ट हुनेछन् भन्ने कुरा स्पष्टरुपमा उल्लेख गरेको देख्न सकिन्छ । थर्मोडाइनामिक्सको दोस्रो नियमले पनि यो सिद्धान्तलाई बल पु¥याउँछ ।

(5) तत्व र पदार्थ एक पटक मात्र सृष्टि गरिएका थिए


ब्रम्हाण्डमा सबैथोक एक पटक मात्र सृष्टि गरिएका थिए । यसमा कुनै कुरा थप्ने, नष्ट गर्ने वा बनाउने काम भइरहेको छैन । यो आधुनिक विज्ञानले सर्वत्र स्विकार गरेको तथ्य हो । थर्मोडाईनामिक्सको पहिलो नियमका अनुसार तत्व, पदार्थ र उर्जा कुनै समय अष्तित्वमा आएका थिए । त्यसपछि ति नयाँ सृष्टि हुने काम भईरहेको छैन । तत्व, पदार्थ र उर्जालाई सृष्टि गर्न वा नष्ट गर्न सकिदैन भन्ने कुरा थर्मोडाईनामिक्सको पहिलो नियमले उल्लेख गर्दछ । यदि यही तथ्यलाई बाइबलमा ल्याएर हेर्दा बाइबलमा स्पष्टसँग ब्रम्हाण्डका सबै कुराहरु सृष्टि गरेर सिद्धिएपछि कुनै कुरा थप्ने र बनाउने काम भएको छैन भनि उल्लेख गरिएको छ । इतिहासमा यो कुरामाथि कसैले खासै ध्यान नदिएतापनि आधुनिक विज्ञानबाट समेत यो तथ्य पुष्टि भएपछि भने सबैको ध्यान आकर्षित भयो । बाइबलमा उत्पत्ती २ः१ मा यस्तो लेखिएको छः “यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए ।” यहाँ स्पष्ट उल्लेख गरिएको छ कि ब्रम्हाण्ड र पृथ्वीका सबै कुराहरु बनाइसिद्धिए । काम पुरा भएको अर्थात सिद्धिएको कुरा यहाँ उल्लेख गरिएको छ । विज्ञानका अनुसार तत्व र पदार्थ एकै समय सृष्टि भएका थिए र तिनको सृष्टिको काम चलिरहेको छैन । अनि बाइबलमा पनि आधुनिक विज्ञानको उदय हुनुभन्दा सयौं वर्ष अगाडी नै यो अचम्मको तथ्य उल्लेख गरिएको थियो ।

अब अन्त्यमा......
के तपाई परमेश्वर र बाइबलमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो कुरामा गर्व गर्नुहोस् । तपाईको परमेश्वर अवैज्ञानिक र असान्दर्भिक हुनुहुन्न । तपाईले पढ्ने र शिक्षा दिने बाइबल अवैज्ञानिक र असान्दिर्भिक छैन । यो भिडियो हेरिरहनुभएका प्रत्येकलाई बाइबललाई पुर्वाग्रहरहित भएर हरेक पक्षबाट जाँच गर्न मेरो अनुरोध रहेको छ । जाँच्नुहोस्, हेर्नुहोस् र अन्त्यमा तपाईले बाइबललाई संसारकै सिद्ध पुस्तकको रुपमा पाउनुहुनेछ । बाइबलले जीवन परिवर्तन गर्ने क्षमता राख्दछ किनकि यो समस्त ब्रम्हाण्ड सृष्टि गर्ने जिवित इश्वरको वचन हो । बाइबललाई हेर्नुहोस् अनि विज्ञानलाई हेर्नुहोस् । परिणाम स्वरुप तपाई परमेश्वरबाट टाढा होइन तर परमेश्वरको झन् नजिक पुग्नुहुनेछ ।

भिडियो.........