Wednesday, May 22, 2019

दैनिकरुपमा कति नुन खाने ? नुनका फाइदा र बेफाइदाहरु ! (भिडियो सहित)


नुन के हो ?



नुन हामीले दैनिकरुपमा उपभोग गर्दै आएको वस्तु हो । नुन विनाको खानाको हामी कल्पना पनि गर्न सक्दैनौ । खानालाई स्वादिलो बनाउन सबैभन्दा बढि भुमिका नुनको नै हुन्छ । आजको समयमा मानिसहरु नुनको प्रयोगको बारेमा निकै सजग देखिन्छन् । मुलतः नुन दुई कुराहरुबाट बनेको हुन्छ । सोडियम र क्लोराइड । नुनमा ४० प्रतिशत अँश सोडियमको हुन्छ भने  ६० प्रतिशत क्लोराइडबाट बनेको हुन्छ । नुन समुद्र, नदि र चट्टाहरुबाट निकालिने गरिन्छ । हामीकहाँ आइपुग्ने नुन प्रशोधित भई आयोडिन जस्ता तत्वहरु थप गरेर आइपुगेको हुन्छ ।

नुनका उपयोगिताहरुः
नुन भन्ने वित्तिकै धेरैको दिमागमा यो स्वास्थ्यका लागि हानिकारक चिज हो भन्ने रहेको छ । तर नुन धेरै कुराहरुका लागि उपयोगी रहेको छ । नुनका ७ उपयोगिताहरु यस प्रकार रहेका छन्ः
१) दाँत सफा गर्नमा उपयोगी हुन्छ । (यदि तपाईले खाने सोडा र नुनलाई मिलाएर दाँत सफा गर्नुभयो भने दाँत निकै सफा हुन्छ । त्यत्ति मात्र नभई यसले दातमा भएका व्याक्टेरियाहरुलाई समेत मार्ने गर्दछ ।)
२) कमिला र किलाहरुलाई दुर राख्न । (घरमा कमिला र विभिन्न किराहरु आएर सताइरहन्छन् भने त्यसका लागि नुन निकै राम्रो औषधी हो । कमिला वा किराहरु आउने ठाउँमा नुन राखिदिनुहोस् । ढोकाको छेऊमा वा अन्यत्र कुनै पनि ठाउँमा नुन राखिदिनुभयो भने कमिला र किलाहरु घरमा आउँदैनन् ।)
३) नुनले चाँडै सड्नबाट बचाउँछ । (नुनले कुनै पनि कुरालाई चाडै सड्नबाट रोक्दछ । नुनमा भएको सोडियम क्लोराइडले व्याक्टेरियालाई मार्दछ र चिजलाई लामो समयसम्म सुरक्षित रहन सहायता गर्दछ ।)
४) छालाका लागि उपयोगी हुन्छ । (यदि तपाईमा छाला सम्बन्धि समस्याहरु छन् भने तपाईले सहि तरिकामा नुनको प्रयोग गर्नुभएको खण्डमा निको हुन्छ । यसले छालामा देखिने फुस्रोपन, दाग, धव्वाहरु र अन्य विभिन्न समस्याहरुलाई हटाउन मद्धत गर्दछ ।
५) तामाका भाँडाहरु सफा गर्न उपयोगी हुन्छ । (नुनलाई तामाका भाँडाहरु सफा गर्न पनि प्रयोग गर्ने गरिन्छ । यसले तामाका भाँडाहरुमा चमक ल्याउँछ ।)
६) कपालबाट चायाहरु हटाउन मद्धत गर्दछ । (जाडोको समयमा कपालमा चाया परेर हैरान हुन्छ । यसका लागि नुनको पानीले टाउँको नुहाउनाले चाया हटछ । तर धेरै नुनको प्रयोग गरेर बारम्बार टाउँको नुहाउने गर्नाले पछि गएर कपाल चाँडै फुल्ने समस्या पनि हुन्छ ।)
७) विरे र चट्टानी नुनको प्रयोगले पाचनपक्रिया राम्रो हुन्छ । (विरे र चट्टानी नुन आफैमा एक औषधी हुन् । यि नुनको प्रयोगले पाचन प्रक्रियामा सुधार हुन्छ । विभिन्न पाचन सम्बन्धी औषधीहरुमा यि नुनको प्रयोग गर्ने गरिन्छ ।)

नुनको अत्यधिक प्रयोगबाट हुने समस्याहरु
नुनको असन्तुलित र अत्यधिक प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । नुनमा सोडियम र क्लोराइड दुई तत्वहरु हुन्छन् । केवल यसमा सोडियमले मात्र शरीरलाई हानि गर्ने गर्दछ । सोडियम शरीरमा नभई नहुने तत्व पनि हो । तर सोडियम शरीरमा बढि वा कम भयो भने समस्या हुने गर्दछ । शरीरमा सोडियम बढि भएको अवस्थामा धेरै तिर्खा लाग्दछ र सोडियम छान्नका लागि मृगौलालाई बढि भार पर्ने गर्दछ । यसले मृगौलामा हुने समस्यालाई जन्म दिन्छ । सोडियम कम भयो भने आलस्य हुने, जिऊ सुस्त हुने, माशु बाउडिने आदि जस्ता समस्याहरु देखिन्छन् । डाँक्टरहरुले धेरै नुनिला खाने कुराहरु नखान सल्लाह दिने गर्दछन् । हामीले दैनिकरुपमा खाने खानाहरु, माशु, दुध, र तरकारीहरुबाट पनि आवस्यक सोडियम प्राप्त गरिरहेका हुन्छौ । नुनको बढि सेवनबाट स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दछ । नुनको अत्यधिक सेवनले मृगौलामा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । यसले गर्दा मृगौला विग्रने भारी सम्भावना हुन्छ । त्यसैगरी नुनको अत्यधिक समस्याका कारण मुटु सम्बन्धी रोगहरु र व्लड प्र्रेसरको समस्या पनि देखिनसक्छ । उमेर बढि भएकाहरु, मुटुको समस्या भएकाहरु, व्लड प्रेसर भएकाहरु र मृगौलाको समस्या भएकाहरुले खानामा नुन कम खानु फाइदाजनक हुन्छ ।

दैनिकरुपमा कति नुन सेवन गर्ने ?

यसको जवाफ हो, न धेरै न थोरै । धेरै भन्नाले कति र थोरै भन्नाले कति भन्ने प्रश्न आउँछ । विश्व स्वास्थ्य सँगठनका अनुसार कममा १५०० मिलीग्राम र बढिमा २३,०० मिलीग्राम नुन दैनिकरुपमा लिनु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । एक देखि दुई चम्चा नुन एक व्यक्तिका लागि दैनिकरुपमा आवस्यक पर्दछ । यो प्याटर्न केवल एक स्वस्थ्य व्यक्तिका लागि हो । उच्च रक्तचाप, मृगौलामा समस्या भएकाहरु र मुटु रोग भएकाहरुले १५०० मिलीग्रामभन्दा पनि कम नुन सेवन गर्नु लाभदायक हुन्छ । यदि तपाई ५० वर्षभन्दा कम उमेरको हुनुहुन्छ र तपाईको व्लड प्रेसर ठिक रहेको छ र स्वास्थ्य पनि ठिक छ भने तपाईले दैनिक एक चम्चादेखि दुई चम्चासम्म नुन सेवन गर्नु उपयुक्त हुन्छ ।

सम्बन्धित भिडियोहरु..........

के येशू परमेश्वर हुनुहुन्छ ? के येशूले कहिल्यै आफु परमेश्वर भएको दावी गर्नुभयो ?-With Video


इतिहासमा २००० वर्ष अगाडी वर्तमान् इस्राएल देशमा एक व्यक्तिको जन्म भयो । उहाँको नाउँ येशू राखियो । एउटा सानो गाउँमा उहाँ हुर्कनुभयो । उहाँले जिविकोपार्जनका लागि सिकर्मीको काम गर्नुभयो । करिब ३० वर्षको हुदा उहाँले इस्राएल देशभरी शिक्षा दिदै हिड्नुभयो । बाइबलमा मत्ती, मर्कुस, लूका र यूहन्ना नामक चार वटा पुस्तकहरुमा येशूको जीवनी उल्लेख गरिएको छ । यी पुस्तकहरुमा उल्लेख गरे अनुसार उहाँले अचम्म रितिमा शिक्षा दिनुभयो, विभिन्न शारीरिक दुर्वलता भएका मानिसहरुलाई निको पार्नुभयो । उहाँ मारिनुभयो र बाइबलमा उल्लेख गरिएअनुसार उहाँ तेस्रो दिनमा फेरी जिवित भएर उठ्नुभयो र स्वर्ग चढी जानुभयो । 

२००० वर्षपछि आज हामीले हेर्दा येशू ख्रीष्ट इतिहासकै सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्दछौ । संसारभरीका मानिसहरुले नै येशूलाई एक प्रभावशाली शिक्षक, नैतिक गुरु र महात्माको रुपमा मान्दछन् । तर येशू ख्रीष्टको बारेमा ख्रीष्टियनहरुको विश्वास भने यो भन्दा एक कदम अगाडी रहेको छ । येशू परमेश्वर हुनुहुन्छ । कतिले यो तथ्यलाई खण्डन गर्ने कोशिष् पनि गर्दछन् । यो भिडियोमा यस्ता केही बाइबलिय खण्डहरुको विश्लेषण गरिएको छ जसले येशू वास्तवमै परमेश्वर हुनुहुन्छ भन्ने कुरा देखाएको छ । सवैभन्दा पहिले हामी येशू ख्रीष्टको बारेमा गरिएका भविष्यवाणीहरुमध्ये केहीलाई विश्लेषण गरौं ।

अगमवाणीहरुको मुल्याङ्कन 
यशैया ७ः१४ मा यसो लेखिएको छ, “यसैकारण परमप्रभु आफैले तिमीहरुलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन् , र तिनले एउटा पुत्र जन्माउनेछिन् , र उहाँको नाउँ इम्मानुएल राखिनेछ ।” यो भविष्यवाणी येशू ख्रीष्टको जन्म हुनुभन्दा ७०० वर्ष अगाडी यशैया नामक भविष्यवक्ताद्धारा गरिएको हो । यो भविष्यवाणीमा एक जना बालकको जन्म हुनेछ जसको नाउँ इम्मानुएल राखिनेछ भन्ने कुरा बताइएको छ । यो भविष्यवाणी ७०० वर्षपछि येशू ख्रीष्टको जीवनमा पुरा भएको छ । मत्ती १ः२२,२३ मा यसो लेखिएको छ, “अगमवक्ताद्धारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई यी सबै भएका हुन्ः हेर, कन्याले गर्भधारण गर्नेछिन् , र तिनले एउटा पुत्र जन्माउनेछिन् , र उहाँको नाउँ इम्मानुएल राखिनेछ । जसको अर्थ हो “परमेश्वर हामीहरुसँग” । इम्मानुएल नाउँ हिव्रू भाषाबाट आएको हो र यसको अर्थ “परमेश्वर मानिसहरुसँग” भन्ने हुन्छ । आउनेवाला इम्मानूएल येशू हुनुहुन्थ्यो । त्यसकारण येशू मानिसहरुसँग अर्थात परमेश्वर मानिसहरुसँग हुनुभयो । यसरी यो खण्डमा येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्पष्टरुपमा लेखिएको छ । 

भविष्यवक्ता यशैयालाई मसिही भविष्यवक्ता पनि भन्ने गरिन्छ । उनले आउनेवाला मसिहको बारेमा थुप्रै भविष्यवाणीहरु गरेका थिए । उनले यशैया ९ः६ मा आउनेवाला मसिहको बारेमा यस्तो भविष्यवाणी गरे, “किनकि हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।” यो भविष्यवाणी येशू ख्रीष्टमा आएर पुरा भएको थियो ।  येशू नै त्यो भविष्यवाणी गरिएको मसिह हुनुहुन्छ । यस खण्डमा आउनेवाला मसिहलाई शक्तिशाली परमेश्वर, अनन्तका पिता भनेर सम्बोधन गरिएको छ । येशूलाई स्पष्टरुपमा शक्तिशाली परमेश्वर र अनन्तका पिता भनेर सम्बोधन गरिएको छ । 

येशू जन्मनुभन्दा ४०० वर्ष अघि एक जना शक्तिशाली भविष्यवक्ता दानिएलले बेविलोनमा सेवा गरेका थिए । उनले देखेको दर्शनको बारेमा दानिएल ७ः१३–१४ मा यसो लेखिएको छ, “राती मैले दर्शनमा हेंरे, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरु र जातिहरुले उहाँको आराधना गरे । उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ , जुनचाहिँ कहिल्यै टल्नेछैन , र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्ट हुनेछैन ।” यो खण्डमा मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइएको र पृथ्वीका सबै मानिसहरुले उहाँलाई आराधना गरेको कुरा उल्लेख गरिएको छ । के तपाईलाई थाहा छ येशूले आफैलाई बाइबलमा मानिसको पुत्र भनेर सम्बोधन गर्नुभएको छ । चार वटा सुसमाचारमा येशूले आफैलाई ८१ पटक मानिसको पुत्र भनेर सम्बोधन गर्नुएको छ । येशू ख्रीष्ट दानिएल ७ः१३–१४ मा उल्लेख गरिएको मानिसको पुत्र हुनुहुन्छ भने पक्कै उहाँ परमेश्वर हुनुहुन्छ ।

अब येशू ख्रीष्टको जीवनलाई हेरौं...... 
बाइबलमा येशूलाई आराधना गरिएका उदाहरणहरु पनि रहेका छन् । यहूदी समाजमा एकमात्र परमेश्वरको आराधना गर्न पाइन्थो । यहूदीहरुले व्यवस्था पालन गर्दथे र व्यवस्थामा कुनै मानिस वा अन्य प्राणी र मुर्तिहरुको आराधना पुर्णत निषेध गरिएको थियो । तर बाइबलका येशूलाई आराधना गरिएका उदाहरणहरु पनि रहेका छन् । मत्ती २ः११ मा बालक येशूलाई पुर्वका ज्योतिषीहरुले आराधना गरेको कुरा उल्लेख गरिएको छ । यहाँ यस्तो लेखिएको छ, “अनि घरभित्र पसेर तिनीहरुले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोष्टो परेर उहाँलाई दण्डवत गरे.....” येशूका चेलाहरुले पनि येशूको आराधना गरेको कुरा बाइबलमा उल्लेख गरिएको छ । मत्ती १४ः३२–३३ मा यसो लेखिएको छ ,“जब उहाँहरु डुङ्गामा पस्नुभयो तब बतास थामियो । डुङ्गामा हुनेहरुले उहाँलाई दण्डवत् गरे,र भने “साँच्चै तपाई परमेश्वरका पुत्र हुनुहुन्छ ।” ति चेलाहरुले उहाँको आराधना गर्दा उहाँ तिनीहरुसँग रिसाउनुभएन बरु उहाँले त्यो आराधना ग्रहण गर्नुभयो किनकि उहाँ परमेश्वर हुनुहुन्थ्यो । 

येशू ख्रीष्ट आफैले के भन्नुभयो........ 
यूहन्ना ८ः५८–५९ मा येशू ख्रीष्ट यसो भन्नुहुन्छ, “साँच्चै म तिमीहरुलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु ।” त्यसैगरी यूहन्ना १०ः३०–३३ मा येशूले यसो भन्नुभएको छ, “पिता र म एक हौ । यहूदीहरुले उहाँलाई हानौ भनी फेरी ढुङ्गा उठाए ।................किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ । यो खण्डमा येशूले पिता अर्थात पुरानो करारमा उल्लेख गरिएको परमेश्वर र म एक हौं भनेर भन्नुभएको छ । येशूको यो कुरा सुनेर यहूदीहरु रिसाए । किनकि येशूले आफूलाई परमेश्वर घोषणा गर्नुभएको थियो । अर्को एउटा उदाहरणः येशू भर्खरै मृतकहरुबाट जीवित भएर थोमा र अन्य चेलाहरुकहाँ देखा पर्नुभएको थियो । जब थोमाले येशूलाई देखे तब उनले यसो भने, “मेरा प्रभु, र मेरा परमेश्वर !” (यूहन्ना २०ः२८) । साथसाथै येशूसँग तिन वर्षको समय विताएका थोमाले येशूलाई मेरा परमेश्वर भनेर सम्बोधन गरे । येशूले पनि उनको यो कुराको विरोध गर्नुभएन र चेलाहरुले पनि विरोध गरेनन् । किनकि येशू वास्तवमै परमेश्वर हुनुहुन्थ्यो । एक पटक चेलाहरुले येशूसँग हामीलाई पिता अर्थात परमेश्वर देखाइदिनुहोस् भन्ने माग गरे । येशूले त्यो बेला अचम्मलाग्दो प्रतिक्रिया दिनुभयो । यो वार्तालाप यूहन्ना १४ः८–९ पदमा उल्लेख गरिएको छ । यहाँ यसो लेखिएको छ ः फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस् । त्यत्ति भए हामीलाई पुग्छ ।” येशूले तिनलाई भन्नुभयो, “फिलिप, यतिको समयसम्म म तिमीहरुसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ ? जसले मलाई देखेको छ , त्यसले पितालाई देखेको छ । तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस् ।” यो खण्डमा येशूले आफूलाई स्वर्गको परमेश्वर भएको दावी गर्नुभएको छ । त्यसैगरी यूहन्ना १ अध्याय येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्नेहरुका लागि टाउको दुखाईको विषय हो । यूहन्ना १ः१ मा यसो लेखिएको छ, “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, वचन परमेश्वर हुनुहुन्थ्यो ।” यो खण्डमा वचन परमेश्वर हुनुहुन्छ भन्ने कुरा लेखिएको पाउन सकिन्छ । त्यसैगरी यही अध्यायको १४ पदमा यसो लेखिएको छ, “अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा विचमा वास गर्नुभयो ।” यसलाई सरल भाषामा भन्दा सुरुमा वचन हुनुहुन्थ्यो, त्यही वचन नै परमेश्वर हुनुहुन्थ्यो र त्यही वचन अर्थात परमेश्वर मानिसको रुपमा जन्मनुभयो जो येशू ख्रीष्ट हुनुहुन्छ । यसरी येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्पष्टरुपमा लेखिएको पाउन सकिन्छ । 

बाइबलका अन्य खण्डहरुमा के भनिएको छ......... 
अब हामी पहिलो शताव्दीको मण्डलीले येशूको बारेमा के विश्वास गथ्र्यो भन्ने बारेमा हेर्नेछौ । पहिलो शताव्दीको मण्डलीको विश्वासको आधार नयाँ करारमा उल्लेखित २१ वटा पत्रहरु हुन् । प्रेरित पावलले कलस्सी २ः९ मा कलस्सेको मण्डलीलाई यसो लेखेका छन्, “किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ ।” यो खण्डमा उल्लेख गरिएअनुसार येशू ख्रीष्टमा परमेश्वरको सारा परिपुर्णता शरीरमा वास गर्दछ । त्यसैगरी २ पत्रूस १ः१ मा पत्रूसले यसो भनेका छन्, “....र हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकतामा.....।” यो खण्डमा स्पष्टत पत्रूसले येशू ख्रीष्टलाई परमेश्वर र मुक्तिदाता भनेर सम्बोधन गरेका छन् । तीतस २ः१३ पावल यसो लेख्दछन्, “.....हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतिक्षा गर्दछौ ।” यो खण्डमा पावलले पत्रूसले झै येशू ख्रीष्टलाई महान् परमेश्वर र मुक्तिदाता भनेर सम्बोधन गरेका छन् । त्यसैगरी हिव्रूका लेखकले हिव्रू १ः८ मा यसो लेखेका छन्, “तर पुत्रको बारेमा चाहिँ उहाँ यसो भन्नुहुन्छ ,“हे परमेश्वर, तपाईको सिँहासन सदासर्वदाको निम्ति रहिरहन्छ ,......” यो खण्डमा उल्लेख गरिएअनुसार पुत्र अर्थात येशू ख्रीष्टको बारेमा पिताले हे परमेश्वर भन्नुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । 

अब अन्त्यमा..... 
येशू कन्याबाट जन्मनुभयो, अचम्मरितिमा शिक्षा दिनुभयो, अचम्मका कामहरु गर्नुभयो, रोगी विरामीहरुलाई निको पार्नुभयो । उहाँ मारिनुभयो । आश्चर्यमयीरुपमा फेरी तेस्रो दिनमा जिउदो भएर देखा पर्नुभयो । त्यसपछि पनि ४० दिनसम्म चेलाहरुसँग रहनुभयो । उहाँ फेरी फर्केर आउने प्रतिज्ञा गर्दै स्वर्ग चढीजानुभयो । यस्तो अचम्भित जीवन कसले जीवन सक्छ ? केवल परमेश्वरले मात्र । येशू परमेश्वर अर्थात पुर्णत एक इश्वर हुनुहुन्छ । के तपाईले उहाँमाथि विश्वास गर्नुभएको छ ? उहाँमाथि विश्वास गर्नेहरुलाई उहाँले अनन्त र आशिष्को जीवन दिनसक्नुहुन्छ ।

सम्बन्धित भिडियो..........


Monday, May 20, 2019

पुरा विश्व जित्न सफल अलेक्जेण्डर महान्को जिवनी (भिडियो सहित)

के कसैले पुरै दुनिया जित्ने सपना देख्न सक्छ ? के कसैले पुरै दुनियामाथि नै कव्जा गरेको छ ? हो, प्राचिन ग्रिसका एक सम्राट अलेक्जेण्डरले पुरै दुनिया जित्ने सपना देखेका थिए र उनले धेरै हदसम्म त्यो सपनालाई साकार बनाएका पनि थिए । र उनले त्यो बेलाको परिचित दुनियाको ठुलो हिस्सामा विजय प्राप्त गरेका पनि थिए । उनलाई इतिहासकै एक प्रभावशाली व्यक्तित्व मानिन्छ ।

अलेक्जेण्डर महान्को जन्म २० जुलाई ३५६ ईसापुर्वमा प्राचिन ग्रिसको एक राज्य म्यासेडोनियाको पेल्लामा भएको थियो । उनको बुवा म्यासेडोनियाका राजा फिलिप दृतिय थिए भने उनकी आमाको नाउँ ओलम्पीया थियो । उनले सानोमा बुवासँग निकै कम समय विताउने मौका पाएका थिए । उनको बुवा युद्धहरुमा निकै व्यस्त हुने गर्दथे । उनकी आमाले सानैदेखि अलेक्जेण्डरलाई उनी फिलिपका छोरा नभई जिउस देउताका छोरा हुन् भनेर सिकाएकी थिइन् । जिउस देउताले आलम्पियाको पेटमा आकाशबाट चट्टयाङ्ग पारे र त्यो चट्याङ्गबाट अलेक्जेण्डर गर्भमा रहन गएका थिए भन्ने गर्थिन् । पछि गएर अलेक्जेण्डरले आफुलाई फिलिपको छोराको रुपमा ठान्न छोडिसकेका थिए । उनी आफूलाई भगवान जिउसको छोरा मान्ने गर्दथे । फिलिपले अलेक्जेण्डरको शिक्षाका लागि शिक्षकहरु नियुक्त गरेका थिए । उनले ट्रोयको युद्ध नामक पुस्तक पढेका थिए र उनी यसबाट प्रभावित थिए । उनको बुवाआमाले उनलाई सानैदेखि भविष्यको राजाको रुपमा हुर्काएका थिए । उनको बुवा सधै युद्धहरुमा व्यस्त हुने गर्दथे । बुवासँग उनको भेटघाट कमै हुने गर्दथ्यो । उनले बुवालाई एक पटक यसो भनेका थिए, “तपाईले सबै राज्यहरु जित्नुभयो भने मैले के जित्ने ?” 
अलेक्जेण्डर १३ वर्ष हुदा उनलाई शिक्षा दिने काम त्यो बेलाको प्रख्यात दर्शनशास्त्री एरिष्टोटलले गरे । अलेक्जेण्डरले एरिष्टोटलबाट विज्ञान, युद्धकला, चिकित्सा, र होमेर र ट्रोयको युद्ध जस्ता शास्त्रहरु सिकेका थिए । भनिन्छ अलेक्जेण्डरमा विश्व विजय गर्ने सपना पनि एरिष्टोटलले नै छरेका थिए । अलेक्जेण्डरले एरिष्टोटलको बारेमा एक पटक यसो भनेका थिएः “मेरो बुवाले मलाई जीवन दिनुभयो, तर एरिष्टोटलले मलाई असल जीवन दिनुभयो ।” एरिष्टोटलले अलेक्जेण्डरलाई केवल ३ वर्ष मात्र शिक्षा दिएका थिए । अलेक्जेण्डर १३ वर्षको छदा कसैले पनि काबुमा ल्याउन नसकेको घोडालाई काबुमा ल्याएका थिए । उक्त दृष्य देखेर प्रभावित भई उनको बुवा फिलिपले यसो भनेको थिए, “छोरा अलेक्जेण्डर, शासनका लागि तिमीले अर्को कुनै राज्य हेर, तिम्रो लागि म्यासेडोनिया निकै सानो हुनेछ !” अलेक्जेण्डरले काबुमा ल्याएको घोडाको नाउँ बुक्याफोलस थियो । अलेक्जेण्डरले पछि गएर त्यसलाई नै आफ्नो घोडा बनाए । यही घोडामाथि बसेर नै अलेक्जेण्डरले दुनिया जित्ने यात्रा सुरु गरेका थिए । यही घट््नाबाट अलेक्जेण्डरको विजयको यात्रा सुरुवात हुन्छ । अलेक्जेण्डरले उक्त घोडालाई निकै माया गर्दथे । उनले एउटा शहरको नाउँ नै यही घोडाको नाउँबाट बुक्याफुलस राखेका थिए । 
त्यो बेलामा एथेन्स म्यासेडोनियाको सबैभन्दा ठुलो शत्रु थियो । अलेक्जेण्डरले पहिलो युद्ध एथेन्स र  थेव्सको विरुद्धमा च्यारोनियामा लडेका थिए । उक्त युद्धमा राजा फिलिप र राजकुमार अलेक्जेण्डर ३४००० सेनाका साथ थेव्स र एथेनीहरुको विरुद्धमा लडेका थिए । त्यो युद्धमा थेव्सहरु नराम्रोसँग पराजित भए । त्यो युद्ध जितेका कारण म्यासेडोनियाले ग्रिसमाथि अधिपत्य जमाउन सक्यो । त्यसको केही समयपछि फारसीरुसँगको युद्धको तयारीका बेला अलेक्जेण्डर र फिलिपको विचमा मन मुटाव भयो र अलेक्जेण्डर आफ्नी आमासँग म्यासेडोनिया छोडेर एपिरसमा मामाको घरमा गए । करिब एक वर्षपछि अलेक्जेण्डर फेरी म्यासेडोनियामा फर्किएर आए । बाबुछोराको विचमा पुर्नमिलन भयो । त्यसै समय त्यहा विवाह भोज आयोजना गरिएको थियो । त्यही कार्यक्रममा राजा फिलिपलाई उनकै रक्षक पौसानियसले सबैको सामु हत्या गरिदियो । यसरी बुवाको हत्यापछि सिँहासनमा जाने पालो अलेक्जेण्डरको थियो । सेनाको समर्थन लिएर अलेक्जेण्डर १९ वर्षको उमेरमा म्यासेडोनियाका राजा बने । अलेक्जेण्डरले सिँहासनका अन्य दावेदारहरुको हत्या गराइदिए । अलेक्जेण्डर राजा भइसकेपछि फेरी थेव्सहरुसँग युद्ध गरे । यो उनी राजा भएपछिको पहिलो युद्ध थियो । त्यो युद्धमा अलेक्जेण्डरले विजय प्राप्त गरे र ६००० भन्दा बढि थेव्सका सेनाहरुको मृत्यु भयो ।
 थेव्सको पराजयले उनलाई ग्रिसभरी विजयको बाटो खोलिदिएको थियो । ग्रिसका सबै राज्यहरुलाई पराजित गरिसकेपछि अलेक्जेण्डर एशिया माइनरतर्फको विजयमा निस्किए । अधिकाँश राज्यले युद्ध नगरिकन नै उनको सामु आत्म समर्पण गरिदिए । अब अलेक्जेण्डरले ठुलो र बलियो साम्राज्यलाई ध्यान दिने बेला आएको थियो । उनले फारसी साम्राज्यको विरुद्ध लडाई गर्ने निर्णय गरे । फारसी साम्राज्य त्यो बेलाको सबैभन्दा ठुलो साम्राज्य थियो । फारसी साम्राज्य अलेक्जेण्डरको राज्यभन्दा ४० गुणा ठुलो थियो । यो साम्राज्य तिन वटा महादेशका विभिन्न भुभागहरुमा फैलिएको थियो । फारसी साम्राज्यसँग तिन लाख सेनाहरु थिए । राजा दारा तृतिय फारसी साम्राज्यको सम्राट थिए । त्यत्रो ठुलो साम्राज्यको विरुद्ध युद्ध गर्नु जोखिमयुक्त निर्णय थियो । तर अलेक्जेण्डरको सपना पुरै दुनियाभरी नै कव्जा गर्नुथियो । ग्रिसका ३७००० सेनाहरु लिएर अलेक्जेण्डर लडाईका लागि ३३४ ईसापुर्वमा इरानतर्फ लागे । ३३३ ईसापुर्वमा अलेक्जेण्डरले फारसी साम्राज्यको विरुद्ध पहिलो युद्ध लडे । यो युद्धमा अलेक्जेण्डरको सानो सेनाले फारसी साम्राज्यको ठुलो सेनालाई पराजित गर्न सफल भयो । 
अलेक्जेण्डरलाई विजय गरेका ठाउँका शहरहरुको नाउँ आफ्नो नाउँबाट राख्न निकै मन पर्दथ्यो । इजिष्टलाई कव्जा गरेपछि उनले एउटा शहर स्थापना गरे र त्यसको नाउँ आफ्नो नाउँबाट अलेक्जिेण्ड्रीया राखे । अलेक्जेण्डर जसरी पनि फारसी साम्राज्यको सम्राट दारालाई युद्धमा मार्न चाहन्थे र पुरै फासरी साम्राज्य कव्जा गर्न चाहन्थे । ३३१ ईसापुर्वमा फेरी अलेक्जेण्डर र दाराको विचमा गाउगामेलामा दोस्रो युद्ध भयोः दारा फेरी भाग्न सफल भए । फारसी साम्राज्यलाई अलेक्जेण्डरले दुई पटक पराजित गरिसकेका थिए । तर सम्राट दारा भने अझै जिवितै थिए । अलेक्जेण्डर तेस्रो पटक राजा दारालाई आक्रमण गर्नका लागि निस्किए । यो खबर सुनेर दाराका सेनाहरुले फेरी अलेक्जेण्डरसँग युद्ध नहोस् भनेर राजा दारालाई मारे र अलेक्जेण्डर आउदै गरेको बाटोमा छोडिदिए । यसरी अलेक्जेण्डरले त्यो बेलाको सबैभन्दा विशाल र शक्तिशाली साम्राज्यमाथि पनि विजय प्राप्त गरे ।
अलेक्जेण्डर एक कुशल सेनापति मात्र नभई निकै चतुर कुटनितिज्ञ पनि थिए । उनले फासरीहरुसँग राम्रो सम्बन्ध बनाउनका लागि फारसको एक राज्यकी राजकुमारी रोक्जेनासँग विवाह गरेका थिए । अलेक्जेण्डरका ३ श्रिमतीहरु थिए । उनीहरु सबै फारसी राजकुमारीहरु थिए । उनको बिवाहको उद्धेश्य कुटनितिक स्वार्थ नै हुन्थ्यो । त्यो समयको दुनियाको अन्तिम भाग भारतलाई मान्ने गरिन्थ्यो । भारतभन्दा उता कुनै दुनिया नै छैन भन्ने विश्वास गरिन्थ्यो । अलेक्जेलण्डर १ लाख ३५ हजार सेना लिएर ईसापुर्व ३२६ मा हिन्दुकुस पार गर्दै भारत विजयको यात्रामा निस्किए । त्यो बेलामा भारतको एक हिस्सामा पोरसले शासन गरिरहेका थिए । अलेक्जेण्डरले पोरसलाई पराजित गरे । यो युद्ध जित्न अलेक्जेण्डरलाई निकै कठिन भएको थियो । तर अलेक्जेण्डर पोरसको युद्ध नितिबाट निकै प्रभावित भएका थिए । पछि गएर अलेक्जेण्डरले भारतमा पोरसलाई उनको राज्य फिर्ता गरिदिए । यो अलेक्जेण्डरले लडेको ठुलो अन्तिम युद्ध थियो । त्यही युद्धमा अलेक्जेण्डरको घोडा वुक्याफोलस मारियो । वुक्याफोलसको मृत्युबाट अलेक्जेण्डर निकै दुखित भए । अलेक्जेण्डरको जीवनका शुभदिनहरु त्यही घोडासँगै जोडिएका थिए भन्न सकिन्छ । वुक्याफोलसको आगमनसँगै अलेक्जेण्डर सफल हुदै गएका थिए । तर जसै वुक्याफोलस मारियो, अलेक्जेण्डरका काला दिनहरु पनि सुरु भए । 
उनको सेनाले ८ वर्षको समयमा १८००० किलो मिटरको दुरी पार गर्दै म्यासेडोनियाबाट भारतसम्म आइपुगेको थियो । लगातारको युद्धबाट उनका सेनाहरु थाकीसकेका थिए र उनीहरु फिर्ता म्यासेडोनिया जान चाहन्थे । तर पुरै दुनिया विजय गर्ने अलेक्जेण्डरको सपना अझै पुरा भएको थिएन । तर उनको सेना भारतमा व्यास नदि पार गरेर पारी जानै चाहदैनथ्यो । अन्तत उनी भारतबाट नै फिर्ता जानुप¥यो । दुनियाको अन्तिमसम्म जाने अलेक्जेण्डरको सपना यत्तिमै तुहियो । फिर्ता जादा उनले साना तिना राज्यहरुलाई ग्रिस साम्राज्यको अधिनमा ल्याउने काम गरे ।
अलेक्जेण्डरले आफ्नो युद्ध कौशलबाट एक विशाल साम्राज्य खडा गरे र त्यसमा १२ वर्षसम्म शासन गरे । अलेक्जेण्डरले कहिल्यै कुनै पनि युद्ध हारेनन् । अलेक्जेण्डर बेविलोनमा पुगे र त्यहाँ उनले रोम शहर कब्जा गर्ने रणनिती बनाउन लागे । त्यही समय उनीं मलेरीयाबाट ग्रसित भए । उनी निकै कमजोर भइसकेका थिए र बाँच्ने सम्भावना कम देखिन थालेको थियो । उनकी श्रिमती रोक्जेना गर्भवती थिइन् । अलेक्जेण्डर मृत्युको नजिक हुदा उनका सेनापतीहरुले उनलाई सोधे, “तपाईपछि तपाईको साम्राज्यमा कसले शासन गर्नेछ ?” उनले जवाफ दिए, “तिमीहरुमध्ये सबैभन्दा शक्तिशालीले !” १२ वर्षसम्म लगातार युद्ध गरेर जितेको विशाल ग्रिस साम्राज्यमा उनले कुनै उत्तराधिर छोडेका थिएनन् । अलेक्जेण्डरलाई उनको अन्तिम इच्छा के हो भनेर सोध्दा उनले यसो भने, “मलाई कफनमा राखेर चिहानसम्म लैजादा मेरा दुवै हातहरु कफनभन्दा बाहिर छोड्नु । ताकि समस्त दुनियाले यो जानोस् कि सारा दुनियामाथि शासन गर्ने अलेक्जेण्डर मरेपछि रित्तै हात गयो !” उनको मृत्यु १० जुन ३२३ ईसापुर्वमा ३२ वर्षको युवावस्थामा नै बेविलोनमा भएको थियो । यसरी विश्व जित्ने अलेक्जेण्डर मलेरीयासँग भने हारे । उनलाई अलेक्जेन्ड्रीयामा दफन गरिएको थियो । उनले शासनका लागि कुनै पनि उत्तराधिकारहरु नतोकेका कारण उनका सेनापतिहरुको विच राज्यका लागि आपसमै युद्ध भयो र केही दशकमा नै महान् ग्रिस साम्राज्य टुक्राटुक्रामा विभाजन भयो ।
मानिसहरु आजपनि अलेक्जेण्डरलाई पुरै दुनियामाथि कव्जा गर्ने उनको सपना र उनको युद्ध कौशलका कारण सम्झन्छन् । उनी इतिहासकै सर्वाधिक प्रभावशाली शासकहरुमध्ये एक हुन् । इतिहासमा केवल थोरैलाई मात्र “महान्” को उपाधी दिइएको छ र ति मध्ये एक अलेक्जेण्डर पनि हुन् । विश्वका ठुलाठुला सेनापति र शासकहरु जस्तै, नेपोलियन बोनेपार्ट, जुलियस सिजर अलेक्जेण्डरबाट प्रभावित थिए । उनले ग्रिक सँस्कृति र भाषालाई विश्वभरी नै फैलाए । ग्रिक भाषा एक समय विश्वको अन्तराष्ट्रीय भाषा थियो । 

सम्बन्धित भिडियो............

Sunday, May 19, 2019

चिलका ७ अनौठा स्वभावहरु ! चिलबाट सिक्न सकिने महत्वपुर्ण शिक्षाहरु (भिडियो सहित)



चिल संसारभरी पाईने विशेष पक्षी हो । चिल माथि आकाशमा पखेटा फइलाएर उडिरहेको दृष्य निकै सानदार देखिन्छ । चिल निकै अनौठो पक्षी पनि हो । यसका ७ वटा यस्ता विशेष स्वभावहरु रहेका छन् जो अन्य पक्षीहरुमा विरलै पाउन सकिन्छ । चिलका यि ७ स्वभावहरुबाट हामी धेरै कुराहरु सिक्न सक्छौ । कृपया भिडियोलाई अन्त्यसम्मै हेर्नुहोस् भन्ने अनुरोधका साथ चिलका ति ७ वटा विशेषताहरुतर्फ अगाडी बढ्न चाहन्छु ।

(१) चिलहरु झुण्डमा रहन्छन्
चिल झुण्डमा रहेर शिकार गर्ने पक्षी हो । त्यत्ति मात्र नभई चिलले आफनो परिवारलाई निकै महत्व दिन्छ । चिल सधैव झुण्डमा रहन्छ । चिल अरु पक्षीहरुसँग मिलेर रहदैनन् । यदि चिल अन्य कुनै पक्षीहरुसँग देखा परेको छ भने त्यो केवल शिकार गरुञ्जेलसम्मका लागि मात्र हुन्छ । चिलले आफ्नो शिकार जति बलियो भएतापनि त्यसको सामु कहिल्यै हार मान्दैन । यसको एक प्रमुख कारण उसको आफ्नो झुण्ड हो । एकतामा बल हुन्छ भन्ने उखान वास्तवमै चिलमा चरितार्थ भएको देख्न सकिन्छ । टिम वर्कको वलियो उदाहरण हामी चिलमा देख्न सक्छौ । आफ्नो समुह र समुदायको आवस्यकता र महत्वको कुरा चिलबाट सिक्न सकिन्छ ।

(२) चिलले टाढै आफनो शिकारलाई देख्न सक्छ
चिलको देख्न सक्ने क्षमता अति नै बलियो हुन्छ । चिलले आफ्नो गुण सानातिना रुखहरुमा नभई अग्ला पहाडहरुमा लगाएको हुन्छ । सर्पले यसका बच्चा वा अण्डाहरु खान आउँदै गरेको समेत चिलले सुदुर आकाशबाट नै देख्न सक्छ र आएर सर्पलाई आक्रमण गर्दछ । चिल कुनै रुखमा बसिरहेको बेला समेत उसले आँखा वरपर डुलाइरहेको हुन्छ र शिकार खोजिरहेको हुन्छ । चिल सबैभन्दा माथि उड्न सक्ने पक्षी हो र यो १०,००० फिटमाथि सम्म उड्न सक्छ । त्यसका बावजुद पनि यसले धेरै माथिबाट आफनो शिकारलाई देखेर त्यसलाई आक्रमण गर्दछ । शिकार देखेको खण्डमा तिव्र गतिमा आक्रमण गर्न सक्ने खुवी चिलमा हुन्छ । यसरी चिलबाट हामी दुरदर्शिताको बारेमा सिक्न सक्छौ । यदि हामी जीवनमा सफल र एक प्रभावशाली अगुवा बन्न चाहन्छौ भने दुरदर्शिता हामीसँग नभई नुहुने कुरा हो ।

(३) चिलले कहिल्यै सिनो खादैन
चिलले कहिल्यै पनि सिनो खादैन । गिद्धले मात्र सिनो खाने गर्दछ । चिल दुनियामै सबैभन्दा खतरनाक शिकारी पक्षी हो । आकाशमा धेरै माथि उड्ने गरेतापनि चिलले तुरुन्तै जमिनमा आएर शिकार गर्न सक्दछ । चिलले सदैव आफैले शिकार गरेको ताजा माशु नै खाने गर्दछ । चिलले मरेको प्राणीको मासु खादैन । यो विशेषताले चिललाई अन्य सबै पक्षीहरुभन्दा फरक बनाउँछ । चिलको यो स्वभावबाट हामी एउटा महत्वपुर्ण शिक्षा सिक्न सक्दछौ । हामीले सधैव नयाँ र ताजा सोच र परिवर्तनले हाम्रो मस्तिष्कलाई भर्नुपर्दछ । जसरी ताजा माशु खाएर चिल स्वस्थ्य र ताजा रहन्छ त्यसरी नै हामीले ग्रहण गर्ने ताजा, नयाँ र परिवर्तनकारी सोचले हाम्रो व्यवहारलाई सकारात्मक प्रभाव पार्नेछ जो हाम्रो लागि सफलताको चावी बन्नेछ ।

(४) चिललाई तुफान मन पर्दछ
चिल मात्र यस्तो पक्षी हो जसलाई आँधी तुफान मन पर्दछ । आँधी चल्यो भने अन्य सबै चराहरु जतिसक्दो चाँडो सुरक्षित ठाउँहरुतिर लुक्न सुरु गर्दछन् । तर त्यो बेलामा नै चिल तुफानमा खेल्न आउँछ । चिलले आँधीको त्यो प्रचण्ड बतासलाई उड्न र रमाईलो गर्नका लागि प्रयोग गर्दछ । आँधीको बतासलाई प्रयोग गर्दै आफनो शक्ति बचाएर पखेदा नचलाईकन चिल धेरै माथि उड्दछ । चिल तुफानको वेग र प्रचण्डतासँग डराउदैन तर त्यसको सामना गर्दछ । चिलको यो स्वभावबाट हामीले कसरी नकारात्मक परिस्थितिहरुलाई सकारात्मक ऊर्जामा परिवर्तन गर्ने भन्ने कुरा सिक्न सक्दछौ । मानिसको वास्तविक क्षमता केवल कठिन परिस्थितिहरुमा मात्रै पत्ता लाग्दछ । मानिसहरुबाट हामीले सवै प्रकारका प्रतिक्रियाहरुको सामना गर्दछौ तर प्रश्न यो हो ति प्रतिक्रियाहरुप्रति हाम्रो प्रतिक्रिया चाँहि कस्तो छ त ? समस्याको डटेर सामना गर्ने र नकारात्मक परिस्थितिलाई सकारात्मक ऊर्जामा परिवर्तन गर्न सक्ने कुरा हामी चिलबाट सिक्न सक्छौ ।

(5 ) चिलले बिश्वास गर्नभन्दा अगाडी जाँच गर्दछ
चिलको यो स्वभाव अति नै अनौठो प्रकारको रहेको छ । पोथी चिलले आफनो जोडी छान्ने बेलामा एउटा मसिनो काठ लिएर माथि आकाशमा गएर त्यसलाई छोडिदिन्छे । साथमा भएको भाले चिल उडेर गई त्यसलाई भुईमा खस्न नदिई समातेर ल्याउछ र पोथी चिललाई दिन्छ । यसरी नै अर्को पटक अलि माथि गएर फेरी पोथी चिलले त्यो डन्डा खसाल्छे र भाले चिलले फेरी समातेर ल्याउँछ । यसरी भाले चिलले पोथी चिलको सामु आफुलाई सक्षम र योग्य सावित गर्नुपर्दछ । त्यस्तो प्रकारको परिक्षाबाट भएर गुज्रिएर आफैलाई प्रमाणित गरिसकेपछि पोथी र भाले चिल जोडीको रुपमा एकसाथ बस्न सुरु गर्दछन् । कसैमाथि आँखाा चिम्लेर बिश्वास गर्नुले जीवनमा धेरै ठुलो धोखा निम्त्याउन सक्छ । एक विवेकशिल व्यक्तिले प्रत्येक कुरालाई जाँच्नुपर्दछ र त्यसपछि मात्र त्यसलाई ग्रहण गर्नुपर्दछ । भावनामा बगेर वा सँवेगको आधारमा निर्णय लिनु हुदैन तर जाँच गरेर मात्र प्रत्येक कुरालाई अपनाउनुपर्दछ भन्ने कुरा हामी चिलबाट सिक्न सक्छौ ।

(६) चिलले आफना वचेराहरुलाई गुणबाट धकेलिदिन्छ ।
चिलले आफ्नो गुण अग्ला चट्टानहरुमा वा अग्ला रुखहरुमा बनाउने गर्दछ । वचेराहरु हुर्कदै गर्दा चिलले तिनीहरुका लागि आहाराको व्यवस्था गर्दछ र तिनीहरुलाई निकै माया दिन्छ । पखेटाहरु पलाउन सुरु गरेपछि चिलले एउटा खतरनाक निर्णय लिन्छ ः त्यो हो तिनीहरुलाई उड्न सिकाउनु । उड्न सिकाउनका लागि उसले एउटा वचेरालाई गुणबाट धकेलिदिन्छ । त्यो वचेरालाई उड्नु भनेको के हो भन्ने थाहा नभएकाले त्यो जमिनतर्फ खस्न सुरु गर्दछ । चिल तुरुन्तै गएर त्यसलाई समातेर गुणमा ल्याउँछ । फेरी धकेलिदिन्छ र फेरी गएर समातेर ल्याउँछ । यसरी यो प्रक्रिया लगातार दोहो¥याउने क्रममा विस्तारै त्यो वचेराले पखेदा चलाउन सुरु गर्छ । यसरी त्यो वचेरा आफै उड्न सुरु गर्दछ । उसले उड्नुको आनन्द लिन थाल्छ र एक परिपक्व चिल बन्छ । यदि तपाई हामी हाम्रा सन्तान र आफुमनिकाहरुलाई जिम्मेवार, सक्षम र परिपक्व बनाउन चाहन्छौ भने उनीहरुलाई धकेल्नै पर्ने हुन्छ । धकेल्नु मात्रै तपाईको जिम्मेवारी होइन र तर उनिहरु लड्दा समातेर उठाउने पनि तपाईको जिम्मेवारी हो । गुणबाट त्यो सानो वचेरालाई धकेल्दा के त्यो आमा चिलको ह्दय पिडाले भरिदैन होला र ? वा त्यो सानो वचेरालाई नै कस्तो महसुस हुन्छ होला ? तर यही निर्णयले नै त्यो सानो वचेरालाई उड्नुको आनन्द अनुभव गराउँछ ।

(७) चिलले जीवनकै खतरनाक परिस्थितिमाथि विजय प्राप्त गर्दछ
करिब ३० बर्ष पुगेको बेला चिलको जीवनमा यस्तो मोड आउँछ जुन बेला त्यसको चुच्चो र नङगाहरु खिइदै जान्छन् र प्वाखहरु झर्दै जान थाल्दछन् । त्यो समयमा चिललाई जीवनयापन गर्न पनि गाह्रो हुन्छ । उसको शिकार गर्ने माध्यम नै चुच्चो, नङग्रा र पखेटा हुन् । ति चिज नै काम नलाग्ने अवस्थामा पुग्न लाग्दा चिल “गर वा मर” को अवस्थामा पुग्दछ । त्यसपछि चिल अग्लो पहाडमा जान्छ । त्यहाँ एक्लै समय विताउँछ । आफनो पुरै चुच्चो र नङग्राहरुलाई चट्टान्हरुमा रगड्दछ र आफना पुराना र काम नलाग्ने प्वाखहरुलाई निकालेर फाल्दछ । यो चिलका लागि सबैभन्दा दर्दनाक समय हुन्छ । न त ऊ उड्न सक्छ न शिकार नै गर्न सक्छ । आँधी, बर्षा, शित,
सबैको सामना गरेर चिलले आफैलाई भोकभोकै जिवितै राख्दछ । त्यसपछि उसको जीवनमा फेरी नयाँ मोड आउँदछ । उसमा एउटा नयाँ र शक्तिशाली चुच्चो पलाउँदछ । नयाँ नङग्राहरु पलाउँछन् । उसमा नयाँ प्वाखहरु आउँदछन् । उसले नयाँ जीवन र नयाँ जोश प्राप्त गर्दछ र त्यसपछि पनि चिल ३० बर्षभन्दा बढि बाँच्दछ । हाम्रो जीवनमा पनि यस्तै प्रकारका कठिन परिस्थितिहरु आउँन सक्छन् । हार मान्नुको सट्टा धैर्य गर्दै प्रयत्य गरिरह्यौ भने पक्कै पनि हामी चिलजस्तै नयाँ ऊर्जा प्राप्त गर्न सक्छौ । के तपाई तपाईको जीवनमा सुन्दर विहानी देख्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने तपाई अन्कारपुर्ण रातबाट भएर गुज्रन तयार रहनुहोस् । के तपाई मोति प्राप्त गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने समुद्रको गहिराइसम्मको यात्रा गर्न तयार रहनुहोस् । के तपाई कमलको
फुल टिप्न चाहुनुहन्छ ? यदि त्यसो चाहनुहुन्छ भने पानीमा जान तयार रहनुहोस् ।

सम्बन्धित भिडियो.............

बाइबल के हो ? बाइबलको बारेमा जान्नका लागि पढ्नै पर्ने लेख । (भिडियो सहित)


बाइबल के हो ?
बाइबल शव्द ग्रिक भाषाको “विवलोस” बाट आएको हो जसको अर्थ “पुस्तकहरुको सँग्रह” भन्ने हुन्छ । बाइबल आफैमा एक सिङ्गो पुस्तक नभई पुस्तकहरुको सँग्रह हो । बाइबलमा जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् । यस अन्र्तगत निति नियमहरु सम्बन्धी पुस्तकहरु जस्तै, लेवी र व्यवस्था, इतिहासिक पुस्तकहरु जस्तै एज्रा र प्रेरितको, कवितात्मक पुस्तकहरु जस्तै भजनसँग्रह र हितोपदश, भविष्यवाणीका पुस्तकहरु जस्तै यशैया र प्रकाश, जीवनीहरु जस्तै, मत्ती र यूहन्ना, पत्रहरु जस्तै रोमी र फिलेमोन जस्ता पुस्तकहरु रहेका छन् । 

यसका लेखकहरु
सम्पूर्ण बाइबल लेखिनका लागि करिब १५०० वर्षको समय लागेको थियो भने यसलाई लेख्नका लागि ४० भन्दा बढि व्यक्तिहरुको योगदान रहेको छ । ति लेखकहरु विभिन्न पृष्ठभुमि, पेशा र कालखण्डका थिए । तिनीहरुमध्ये कोही राजा, कोही माछा मार्नेहरु, कोही पुजाहारीहरु, कोही किसानहरु, कोही गोठालाहरु, कोही मन्त्रीहरु त कोही वैद्यहरु थिए । विभिन्न प्रकारका पृष्ठभुमि भएका व्यक्तिहरुले इतिहासको ठुलो कालखण्डमा बाइबल लेखेता पनि यसको मुख्य विषय भने एउटै रहेको छ ः त्यो हो परमेश्वरको प्रेम । यति धेरै लेखकहरुद्धारा लेखिएतापनि बाइबल भित्र विरोधाभास भन्ने कुरा देख्न सकिन्न । यसको पछाडीको कारण परमेश्वर हुनुहुन्छ । बाइबलमा भएको यस प्रकारको सिद्धताबाट यसको एकमात्र लेखक परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्न सकिन्छ । २ तिमोथी ३ः१६ मा यसो भनिएको छ , “सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो....।” त्यसैगरी यो सम्बन्धमा २ पत्रूस १ः२१ मा यसो लेखिएको छ , “किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरुले परमेश्वरको तर्फबाट बोलेका हुन् ।” परमेश्वरले ४० जना विभिन्न व्यक्तिहरुलाई समयको विभिन्न कालखण्डहरुमा प्रयोग गरेर बाइबल लेख्न प्रयोग गर्नुभएको थियो । त्यसकारण बाइबलको वास्तविक लेखक परमेश्वर हुनुहुन्छ । बाइबल मुलत तिन भाषाहरुमा लेखिएको थियोः हिव्रू, ग्रिक र आरमेइक । बाइबल तिन महादेशहरुका विभिन्न क्षेत्रहरुमा लेखिएको थियोः एशिया, अफ्रिका र यूरोप । बाइबल सुरुमा भेडाका छालाहरुमा लेखिएको थियो । बाइबललाई सन् १३५० मा कार्डिनल ह्यूगोले अध्यायहरुमा विभाजन गरेका थिए भने सन् १५८९ मा रव्वी नाथानले पदहरुमा विभाजन गरेका थिए ।

यसको विभाजन
बाइबललाई मुलत दुई भागमा विभाजन गरिएको छ । पहिलो भागलाई पुरानो करार भनिन्छ । पुरानो करारमा ३९ वटा पुस्तकहरु रहेका छन् । समग्रमा भन्नुपर्दा पुरानो करार एक देशमाथि केन्द्रित रहेको छ । उक्त देश इस्राएल हो । त्यसै गरी दोस्रो भागलाई नयाँ करार भनिन्छ । नयाँ करारमा जम्मा २७ वटा पुस्तकहरु रहेका छन् । नयाँ करार एक व्यक्तिमाथि केन्द्रित रहेको छ । उक्त व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ । समग्रमा भन्नुपर्दा परमेश्वरले एक जना व्यक्ति पठाउनका लागि एउटा देश तयार पार्नुभयो जो “इस्राएल” देश हो जो पुरानो करारको केन्द्रित विषयवस्तु हो । यसरी येशू ख्रीष्ट आजभन्दा २००० वर्षअघि त्यो देशद्धारा आउनुभयो जो नयाँ करारको केन्द्रित विषयवस्तु हो । 

पुरानो करारमा इस्राएल देशको सुरुवात र यसको अस्तित्वको बारेमा उल्लेख गरिएको छ । परमेश्वरले समस्त संसारलाई आशिष दिनका लागि इस्राएललाई प्रयोग गर्ने प्रतिज्ञा गर्नुभयो (उत्पत्ती १२ः२–३) । परमेश्वरले इस्राएल देश स्थापना गरिसकेपछि उक्त आशिष् ल्याउनका निम्ति एउटा वँशलाई चुन्नुभयो जो दाऊदको वँश थियो (भजनसँग्रह ८९ः३–४) । यसरी इस्राएल देश हुदै दाऊदको वँशबाट भएर समस्त संसारको उद्धारकर्ताको जन्म भयो ।

नयाँ करारले त्यही उद्धारकर्ताको बारेमा नै व्याख्या गरेको छ । उक्त व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ । पुरानो करारमा उहाँको बारेमा थुप्रै भविष्यवाणीहरु गरिएका थिए । ति प्रत्येक भविष्यवाणीहरु पुरा भएको कुरा नयाँ करारमा उल्लेख गरिएको छ । येशू ख्रीष्टले सिद्ध जीवन विताउनुभयो । उहाँले शिक्षा दिनुभयो, अचम्मका कामहरु गर्नुभयो र रोगी विरामीहरुलाई निको पार्नुभयो । अन्तत उहाँ समस्त सँसारलाई उद्धार गर्नका लागि क्रुसमा मर्नुभएको कुरा नयाँ करारमा उल्लेख गरिएको छ । उहाँ मरेको मरेई हुनुभएन तर तिन दिनपछि फेरी जिवित हुनुभयो र स्वर्ग चढिजानुभयो ।

बाइबलको मुख्य पात्र
बाइबलको मुख्य पात्र येशू ख्रीष्ट हुनुहुन्छ । बाइबलका पुरै पुस्तकहरुले प्रत्येक्ष वा अप्रत्येक्षरुपमा उहाँको बारेमा उल्लेख गरेका छन् । पुरानो करारले येशू ख्रीष्टको आगमनको बारेमा र उहाँको जीवनको बारेमा भविष्यवाणी गर्दछ भने नयाँ करारमा ति सबै कुराहरु पुरा भएको कुरा उल्लेख गरिएको छ । येशू केवल एक इतिहासिक व्यक्तित्व मात्र हुनुहुन्न । उहाँ एक मानिस मात्र नभई परमेश्वर पनि हुनुहुन्छ । येशू सत प्रतिशत नै परमेश्वर हुनुहुन्थ्यो र उहाँको आगमन इतिहासकै एक महत्वपुर्ण घट्ना थियो । स्वर्गको परमेश्वरको कस्तो हुनुहुन्छ भन्ने कुरा स्पष्टरुपमा बुझाउन र समस्त मानवजातिलाई पापबाट बचाउनका लागि परमेश्वर स्वयम् येशू ख्रीष्टको रुपमा मानिस बनेर आउनुभयो । परमेश्वर कस्तो हुनुहुन्छ ? परमेश्वर येशू जस्तै हुनुहुन्छ किनकि येशू नै मानवको रुपमा आउनुभएको परमेश्वर हुनुहुन्छ (यूहन्ना १ः१४,१४ः९) ।

निचोड
बाइबल मानवजातिको मार्गदर्शनका लागि दिइएको परमेश्वरको वचन हो । बाइबल इतिहासमा सबैभन्दा बढि पढिएको र प्रेम गरिएको पुस्तक पनि हो । बाइबल संसारमा सवैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ हो । अहिलेसम्म बाइबल २८०० भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ । बाइबल सवैभन्दा बढि विक्रि हुने पुस्तक पनि हो । आज पनि प्रत्येक १ सेकेण्डमा एउटा बाइबल विक्रि हुने गर्दछ । आजसम्म बाइबलका जम्माजम्मी ५ अरवभन्दा बढि प्रतिहरु छापिएर विक्रि भइसकेका छन् । यसरी यो इतिहासमै सर्वाधिक विक्री भएको पुस्तक हो । बाइबल एक परिवर्तनकारी पुस्तक हो । बाइबलले इतिहासलाई बदलिदिएको छ । विज्ञान, साहित्य, कला, राजनिति, विकास, दर्शनशास्त्र र सभ्यतामाथि बाइबलको प्रभाव अतुलनिय रहेको छ । बाइबलले कुनै जाति, धर्म, समुदाय वा देशलाई मात्र केन्द्रमा राखेको छैन । बाइबलका प्रत्येक अध्यायहरुले समस्त मा नवजातिलाई नै सम्बोधन गरेका छन् । बाइबल अध्ययन गर्ने र यस अनुसार जीवन जिउनेहरुको जीवनमा ठुलो परिवर्तन आउँछ । जानुहोस्, एउटा बाइबल किन्नुहोस् । प्रत्येक दिन बाइबल पढ्नुहोस् । बाइबल अनुसारको जीवन जिउनुहोस् । तपाईको जीवन पुर्णत परिवर्तन हुनेछ । बाइबल अध्ययन गरेर तपाईले परमेश्वर को हुनुहुन्छ ? येशू ख्रीष्ट को हुनुुहुन्छ ? तपाई को हुनुहुन्छ ? जीवनको मुल्य के हो ? भन्ने जस्ता महत्वपुर्ण कुरा सिक्नुहुनेछ ।

सम्बन्धित भिडियो.......

Saturday, May 11, 2019

कसरी भएको थियो येशूका १२ चेलाहरुको मृत्यु ? को कुन देशमा मारिएका थिए ?


येशू ख्रीष्टका १२ जना चेलाहरु थिए । ति बाह्र जना पहिलो शताव्दीको निकै पिछडिएको समाजबाट आएका थिए । येशूले तिनीहरुलाई विभिन्न समयमा विभिन्न ठाउँबाट बोलाउनुभयो । तिनीहरु येशूसँग साँढे तिन वर्षसम्म रहे र उहाँबाट सिके । येशू संसारबाट जादै गर्नुहुदा उहाँले तिनीहरुलाई उहाँको सन्देश विश्वभरी फैलाउने अभिभारा दिनुभयो । पवित्र आत्माबाट सामथ्र्य पाएर ति मछुवारेहरु येशूको नाउँको घोषणा गर्न लागे । एक साधारण सिकर्मीले सुरुवात गरेको ख्रीष्टियन विश्वासलाई उनीहरुले मध्ये एशिया र यूरोपको ठुलो भागमा फैलाए । के तपाईलाई थाहा छ येशूका एक जना चेला बाहेक बाँकी सबै चेलाहरु मारिएका थिए ? येशूका चेलाहरु कहाँ र कसरी मारिएका थिए । र कुन चेला मात्र कालगतीमा मात्र मरेका थिए भन्ने कुरा हेर्नेछौ । व्याख्या गरिएका सम्पूर्ण घट्नाहरु लिखित स्रोतमा भन्दा पनि पौराणिक स्रोतहरुमा आधारित रहेका छन् ।

युहन्ना  दाजु  याकुब
चेलाहरुमध्ये सबैभन्दा पहिले मारिने चेला यिनी नै थिए । ई.स. ४४ मा याकुबलाई राजा हेरोदले तरवारले काटेर मृत्युदण्ड दिएको कुरा प्रेरित मा उल्लेख गरिएको छ । भनिन्छ उनी निर्भिक प्रचारक थिए । उनी यतिसम्म प्रचार गर्दथे कि जेलमा उनको पहराको लागी खटाइएको सिपाहीलाई समेत उनले ख्रीष्टियन बनाइसकेका थिए । उनको मृत्युदण्डको दिन त्यस सिपाहीलाई तरवार उठाएर याकुबमाथि प्रहार गर्न भनियो । उसले आक्रमण गर्न तरवार उठायो तर आक्रमण गर्न सकेन । उसले त्यही समय याकुबको पहरामा समय विताउँदा आफुपनि ख्रीष्टियन भएको कुरा सबैका सामु स्विकार ग¥यो । हेरोदले त्यो सिपाहीलाई पनि याकुबसँगै मृत्युदण्ड दिने आज्ञा दिए । ति दुवैको शिर काट्ने तयारी भयो । मर्नुअघि याकुबले त्यो सिपाहीलाई भने, “भाई केही क्षणमा नै अनन्तताको देशमा भेटौला ।”

पत्रुसका  भाई  अन्द्रियास         
यिनले इथियोपिया, साइथियन र सेसीमा सुसमाचार प्रचार गरेका थिए । उनले यि क्षेत्रहरुमा जबरजस्त तरिकामा सुसमाचार प्रचार गरे । उनले थुप्रै मानिसहरुलाई प्रभुमा ल्याएँ । मण्डलीहरु सुरु गरे । उनलाई एडेसिजका राज्यपाल एजीयसले सुसमाचार प्रचार नगर्न चेतावनी दिएँ । तर उनले उनको चेतावनीको परवाह गरेनन् । उनले निरन्तर प्रचार कार्य जारी राखे । अन्ततः राज्यपालले अन्द्रियासलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आदेश दिए । मृत्युदण्डका लागि लगिदैगर्दा उनले टाँढैबाट क्रुसलाई देखे र भाभुक हुदै यसो भने, “लामो समयदेखि मैले प्रतिक्षा गरिरहेको हे क्रुस, तिमीलाई स्वागत छ । क्रुसमा चढ्ने ब्यक्तीकै चेला भएकाले म खुशीसाथ, आनन्दले र स्वइच्छाले तिमीकहाँ आउदैछु । म तिम्रो प्रेमी हुँ । तिमीलाई अङ्गाल्नु मेरो सौभाग्य हो ।”  त्यहाँ उनले क्रुसलाई अङ्गालो हाले र त्यसपछि उनालई क्रुसमा टाँगियो । उनले क्रुसको पिडादायी स्थितीमा पनि त्यहाँ रहेका मानिहसरुलाई सुसमाचार प्रचार गरिरहे  सिपाहीहरुले त्यसपछि उनी चाडै मरुन् भनेर सिपाहीहरुले उनलाई उल्टो पारेर क्रुसमा टाँगे । तर उनी अझै पनि प्रचार गरिरहे । अन्तिममा एक सिपाहीले बञ्चरोले उनको टाउकोमा हिर्काए र उनलाई मारिदिए ।

मर्कुस
मर्कुस बाह्र चेलाहरुमध्ये पर्दैनन् । मर्कुस पत्रुसका दोभाषे थिए । पत्रुस कम पढेलेखेका मानिस भएको हुनाले उनलाई त्यसबेलाका कति भाषाहरुको ज्ञान थिएन । त्यसकारण अनुवादको लागी पत्रुसले मर्कुसलाई साथमा लिएर जाने गर्दथे । पत्रुसबाट उनले येशुका कथाहरु सुने र त्यसैलाई पुस्तकको रुपमा तयार गरे । जो बाइबलमा मर्कुसको सुसमाचारको रुपमा प्रख्यात छ । परम्परा अनुसार मर्कुस मिश्रको अलेक्जेन्ड्रियामा सुसमाचार प्रचार गरेका थिए । परम्परा अनुसार मुर्कसलाई त्यहाँका मानिसहरुले रथमा टाँगेर जमिनमा धसारेर मारेका थिए । उनले त्यहाँ कप्टिक मण्डली पनि स्थापना गरे जो अहिले इजिप्टको सबैभन्दा ठुलो ख्रीष्टियन मण्डली सँगठन हो । उनका हड्डीहरु अझैपनि इजिप्टको कुनै चर्चले सुरुक्षीत राखेको छ ।

सिमोन पत्रुस
पत्रुस येशूका प्रमुख चेलाहरुमध्ये एक थिए । परम्परा अनुसार पत्रुसले रोम शहरमा प्रचार गर्ने काम गरेका थिए । ई.स. ६८ मा रोमी सम्राट नेरोले यिनलाई पक्राउ गरे । नेरो अति नै दुष्ट सम्राट थिए । उनले पत्रुसलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आज्ञा दिए । तर पत्रुसले आफु येशु ख्रीष्ट झै सुल्टो क्रुसमा टाँगिन योग्यको नभएको भन्दै उल्टो क्रुसमा टाँग्न आग्रह गरे । अन्त्यमा सिपाहीहरुले उनलाई उल्टो क्रुसमा टाँगे र उनको मृत्यु भयो । उनको हस्थीहरु अझै पनि सेन्ट पिटर्स चर्च को बेदि मुनी रोममा सुरुक्षीत छ । रोमन क्याथोलिक मण्डलीका पोपले सम्बोधन गर्नका निम्ती बनाइएको स्थान मुनि पत्रुसका अवशेषहरु छन् भन्ने बिश्वास गरिन्छ । क्याथोलिक मण्डलीलाई पत्रुसलाई प्रथम पोपको दर्जा र सन्तको उपाधी दिएको छ ।

फिलीप
परम्परा अनुसार फिलीप र उनका दुई छोरीहरु हिरापोलिसमा शहिद भएका थिए । तर उनीहरुलाई कसरी मारिएको थियो भन्ने बारेमा कुनै स्पष्ट एतिहासीक प्रमाणहरु भने छैनन् ।

बारथोलोमाई
परम्परा अनुसार उनले इराकमा र भारतको उत्तर–पश्चिम भुभागहरुमा प्रचार गरेका थिए । उनले भारतमा त्यहाँको स्थानिय भाषामा मत्तीको सुसमाचारलाई पनि अनुवाद गरेका थिए । उनलाई आरमेनिया देशमा क्रुसमा उल्टोमुखी टाँगेर हत्या गरिएको थियो ।

अल्फयासको  छोरा  याकुब 
परम्परा अनुसार उनले स्पेनसम्म गएर प्रचार गरेका थिए । उनलाई पक्कै पनि मारिएको थियो । तर कहाँ र कसरी मारियो भन्ने बारेमा कुनै निश्चयता छैन ।
सिमोन  कनानी 
यीनले बेलायतमा गएर प्रचार कार्य गरे र थुप्रै मण्डलीहरु स्थापना गरे । उनलाई त्यही नै मारेर शहिद बनाइयो भन्ने कुरा परम्पराले हामीलाई बताउँदछ ।

कर  उठाउने  मत्ती 
परम्परा अनुसार उनले इथियोपियामा गए र त्यहाँ सुसमाचार प्रचार गर्ने कार्य गरे । उनल थुप्रै इथियोपियाली र मिश्रीहरुलाई प्रभुमा ल्याएँ । त्यहाँका राजा हेरकेनश मत्तीसँगै साह्ै क्रोधित भए र उनलाई भालाले हानेर मार्ने आदेश दिए । उनले येशुको जीवनी लेखेका छन् जो मत्तीको सुसमाचारको नाउँले बाइबलमा प्रख्यात छ ।

येशुका  भाई  याकुब 
यिनी मण्डली इतिहासमा प्रार्थनाका योद्धा  भनेर चिनीन्छन् । मण्डली इतिहासकारहरुको भनाई अनुसार उनले यति समय प्रार्थनामा बिताउँथे कि उनको घुडाको छाला ऊटको छाला जस्तो भएको थियो । उनलाई येरुशलेमका प्रधान पुजाहारीहरुले पक्रे र येशुलाई अस्विकार गर्न आज्ञा गरे । याकुबले अस्विकार गरेपछि उनलाई मन्दिरको टुप्पोमा लिएर राखे र फेरी पनि अस्विकार गरे त्यहाँबाट धकेलिदिने चेतावनी दिएँ । याकुब मन्दिरको टुप्पामा गए र येशु नै मशिह हुनुहुन्छ भन्दै आफै हाम फाले । उनी अझैपनि जिवितै थिए तर पछि भिडले उनी माथि ढुङ्गा बर्सायो र उनको मृत्यु भयो । 

थोमा....... 
थोमा प्रचार गर्न भारतमा आएँ । उनी भारतमा ई.स. ५१ मा आएका थिए । उनले मद्रासको मलावार क्षेत्रमा सुसमाचार प्रचार गर्ने काम गरे । उनले त्यहाँ येशुको नाउँमा आश्चर्यकर्महरु गरे र मृतकहरुलाई पनि जिवित तुल्याएँ । उनले त्यहाँ ७ वटा ठुला ठुला मण्डलीहरु स्थापना गरे र एल्डरहरु नियुक्त गरे । अन्त्यमा उनलाई त्यहाँका राजाले मार्ने आदेश दिइयो र उनलाई भालाले घोचेर मारियो । उनको चिहान अहिले पनि दक्षिण भारतको मद्रासको चेन्नईमा सुरुक्षीत छ ।

प्रेरित  पावल......
प्रेरित पावल पहिलो रोमी कैदबाट छुटे र केही बर्ष प्रचार कार्य गरे । सम्राट नेरोले ई.स.६८ मा उनलाई पुनःपक्राउ गरे र रोम शहरको बाहिर त्रेफोनतेन (त्रेतन फुहाराहरु) भन्ने ठाउँमा शिर काटेर मृत्युदण्ड दिइयो । त्यस ठाउँको नाउँ पहिले अर्कै थियो तर पावलको शिर काटेपछि उनको छिनालिएको टाउँको तिन पटक उफ्रेको र उनको शरिरबाट ३ पटक ठुला ठुला रगतका धारा बगेको कारणले त्यस ठाउँको तिन फुहाराहरु राखियो । पछि तेस्रो शताब्दीमा सम्राट कन्टन्टाइनले उनको चिहानमा मण्डली बनाएँ जो सेन्ट पौल चर्च हो । पावलको अवशेष अहिले पनि सेन्ट पौल चर्च रोमको बेदी मुनी सुरुक्षीत छन् ।

युहन्ना......
येशुका चेलाहरुमध्ये कालगतीले मर्ने चेलाहरुमा युहन्ना मात्र पर्दथे । तर उनले थुप्रै यातनाहरु सहनुपरेको थियो । सम्राट डोमिसियनले उनलाई उम्लैदै गरेको तेलको कराहीमा हालिदिएको थिए तर उनी त्यहाँपनि बाँच्न सफल भए ।  त्यसपछि उनी कठोर परिश्रम गरेर मरुन् भनेर पत्मोस टापुमा लगियो तर उनले त्यहाँ येशु ख्रीष्टबाट प्रकाश पाएँ र प्रकाशको पुस्तक लेखियो । परम्परा अनुसार उनले येशुकी आमा मरियमलाई लिएर एफिससमा गएर बसेका थिए । पछि त्यही नै येशुकी आमा मरियमको मृत्युभयो । यहुन्ना पनि उमेर खाएर मरे । भनिन्छ उनी मानिसहरुलाई देख्न पनि सक्दैनथे र मण्डलीका भाईहरुले उनलाई बोकेर सङ्गतीमा ल्याउने र लैजाने गर्दथे ।

     अन्त्यमा, सबै चेलाहरुले बिभीन्न ठाउँमा गएर प्रचार कार्य गरे र तिनीहरु येशुको निम्ती मारिए पनि । सुसमाचार समृद्धी र आशिशको सुसमाचार हो तर त्यो भन्दा बढ्ता यो त्याग र बलिदानको सुसमाचार पनि हो ।

भिडियो........

Thursday, May 9, 2019

किन डुवेको थियो टाइटानिक ? किन टाइटानिक कथाले आज पनि मानिसहरुको मन छुन्छ ?



टाइटानिक जहाजको बारेमा नसुन्ने कमै होलान् । यसको रोचक र दुःखान्त इतिहासले धेरैको ध्यान तान्न सफल भएको छ । टाइटानिकको बारेमा थुप्रै फिल्म र डकूमेण्ट्रीहरु बनेतापनि १९९७ मा बनेको टाइटानिक मुभि भने सबैभन्दा प्रख्यात रहेको छ । यो फिल्ममा टाइटानिक जहाजको दुर्घटना र एक प्रेमी जोडीको विछोडको कथालाई देखाइएको छ । आजको यो लेखमा टाइटानिक जहाज, यसको निर्माण, साथै टाइटानिक किन डुव्यो र कतिले ज्यान गुमाए र कति बाँच्न सफल भए भन्ने जस्ता प्रश्नहरुको जवाफ दिईनेछ । 
यसको निर्माण
१९ औ शताव्दीको सुरुवातमा भव्य पानी जहाजहरु बनाउने होडवाजी नै चलेको थियो । ३१ मार्च १९०९ मा सुरु गरियो विश्वकै सबैभन्दा ठुलो पानी जहाज आर एम एस टाइटानिकको निर्माणकार्य । ३१ मे १९११ मा टाइटानिक बनिसिद्धियो । यसको निर्माणमा ३ वर्ष लागेको थियो । टाइटानिकलाई निर्माण गर्ने काम ह्वाइट स्टार लेन कम्पनीले गरेको थियो र यो निर्माण गर्न ३००० जना मजदुरहरु लागेका थिए । टाइटानिक निर्माण गर्ने क्रममा २०० भन्दा बढि मजदुरहरु घाइते हुनपुुगे भने ति मध्ये ९ जनाको मृत्यु भएको थियो । टाइटानिक त्यो समयका प्रख्यात र अनुभवि इन्जीनियरहरुद्धारा डिजाइन गरिएको थियो । टाइटानिकको निर्माणमा उच्च प्रविधी र गुणस्तरिय सामाग्रीहरुको प्रयोग गरिएको थियो । टाइटानिकलाई एकदमै लक्जरियस शैलीमा बनाइएको थियोः यस भित्र स्विमिङ्ग पुल, व्यायामशाला, क्याफे जस्ता कुराहरु उपलव्ध थिए । साथै यसमा निकै गुणस्तरिय र महङ्गा फर्निचरहरुको प्रयोग गरिएको थियो । टाइटानिकको लम्बाई २६९ मिटर थियो । यसको जम्मा तौल ४६३२८ टन थियो । 
टाइटानिक त्यो समयको सबैभन्दा भव्य मानवनिर्मित वस्तु थियो । टाइटानिकलाई ठाडो गरेर उभ्याउने हो भने यो २० तला भवन जत्तिकै अग्लो देखिन्थ्यो । टाइटानिकमा एकै पटक ३५४९ जना मानिसहरु यात्रा गर्न सक्थे । टाइटानिकमा यात्रा गर्नका लागि तिन स्तरका टिकटहरु उपलव्ध थिए । फस्ट क्लास टिकटलाई त्यो बेलामा ४३५० डलर अर्थात करिब साढे चार लाख रुपैया पर्दथ्यो । त्यसैगरी सेकेण्ड क्लास टिकटको मुल्य १७५० डलर अर्थात करिब १७५०० रुपैया पर्ने गर्दथ्यो भने थर्ड क्लास टिकटको मुख्य ३० डलर अर्थात ३००० रुपैया थियो । टाइटानिकले ४२ किलो मिटर प्रति घण्टाको गतिमा यात्रा गर्न सक्दथ्यो जो त्यो बेलाको सबैभन्दा छिटो यात्रा गर्ने पानीजहाज थियो । टाइटानिकको बारेमा एक पटक यसका कप्तान एड्वार्ड स्मीथले घमण्डका साथ यसो भनेका थिए, “इश्वर स्वयम्ले चाहेभने पनि टाइटानिकलाई डुवाउन सक्दैनन् !” टाइटानिकको विशालता र बनोट देखेर मानिसहरु यसलाई कहिल्यै नडुव्ने जहाज भन्ने गर्दथे । तर दुःखद कुरा टाइटानिक यसको पहिलो यात्रा नै डुव्यो ।
पहिलो तर अन्तिम यात्रा........
१० अप्रील १९१२ मा इङ्गल्याण्डको साउथह्याम्पटनबाट न्यूयोर्क अमेरिकातर्फ टाइटानिक आफ्नो पहिलो यात्रामा निस्कियो । भनिन्छ टाइटानिक साउथह्याम्पटनबाट निस्कदा १ लाखभन्दा बढ्ता मानिसहरु यो भव्य जहाजलाई हेर्नका लागि आएका थिए । २२२३ यात्रीहरुको हातमा टिकट थियो । विश्वकै सबैभन्दा ठुलो पानी जहाजमा त्यसको पहिलो यात्रामा नै यात्रा गर्न पाउदा सबै यात्रीहरु निकै हर्सित थिए । टाइटानिकले आफ्नो पहिलो यात्रा न्यूयोर्क अमेरिकाका लागि सुरु ग¥यो तर दुर्भाग्यवस् यो नै टाइटानिकको अन्तिम यात्रा हुनपुग्यो ।
हिमखण्डसँगको ठक्कर र जहाजको डुवाई.....
टाइटानिकले साउथह्याम्पटनलाई विदाई गर्दै आफ्नो यात्रा सुरु ग¥यो । टाइटानिकका मालिक जे व्रूस इस्मेले जहाजका कप्तान एडवार्ड स्मीथलाई जहाज तिव्र गतिमा चलाउन आज्ञा दिएका थिए । एटलान्टिकको मुटु कमाउने चिसो हावाको सबै जनाले आनन्द उठाइरहेका थिए । मौसम निकै शान्त थियो । हिमपर्वत आएको बेला जहाजलाई तुरुन्तै मोडेर अन्तै लैजाने सोचमा कप्तान स्मीथले टाइटानिक तिव्र गतिमा चलाए । तर जहाजको आकारको तुलनामा यसका रडारहरु भने साना बनाइएका थिए । यात्राको चौथो दिनमा आर एम एस टाइटानिक साउथह्याम्पटनबाट ६०० किलो मिटर टाढा गइसकेको थियो । चालकदल विच बाटोमा आउन सक्ने हिमखण्डहरुप्रति त्यत्ति गम्भिर थिएनन् । यात्राको चारौ दिन रात ११ बजेर ४० मिनेटमा चालकदलले अचानक अगाडी हिमखण्ड देखे । उनीहरु आत्तिए र जहाजलाई मोड्न पुरा कोशिष् गरे । ठुलो कोशिष्को बावजुद पनि उनीहरु जहाजलाई आवस्यक मात्रामा मोड्न असफल भए । टाइटानिकको अगाडीको एक पट्टीको भाग हिमखण्डसँग ठोक्किन पुग्यो । हिमखण्डसँगको ठक्करका कारण टाइटानिकमा निकै लामो प्वाल पर्न गयो । पानी विस्तारै जहाजभित्र पस्न थाल्यो । टाइटानिक डुव्दै छ भन्ने खबर त्यसै दिशामा आउदैगरेको जहाज कार्पेथियालाई पठाइयो । टाइटानिकका कप्तानले जहाजलाई कार्पेथिया आउदै गरेको बाटोतिर चलाउने आज्ञा दिए । त्यसका कारण झन् तिव्रगतिमा पानी टाइटानिक भित्र पस्यो र जहाज झन् छिट्टै डुव्नपुग्यो । यो निर्णय टाइटानिकका निम्ति झनै घातक बन्न पुग्यो ।
१४ अप्रिल १९१२ का दिन राती ११ः४० मा टाइटानिक हिमखण्डसँग ठोकिएको थियो । यसरी ठोक्किएको २ घण्टामा नै राती २ः२० मिनेटमा टाइटानिक पुर्णत समुद्रमा डुव्यो । टाइटानिक डुव्दा एटलान्टिक महासागरको पानीको तापक्रम —२ डिग्री सेल्सीयस थियो । यत्तिको चिसो पानीमा मानिस बढिमा केवल २० मिनेट मात्र जिवित रहनसक्छ । टाइटानिकमा जम्माजम्मी ६४ लाइफ बोट लैजान सकिन्थ्यो तर त्यो बेलामा यसमा केवल २० वटा लाइफ बोटहरु लिइएको थियो । ति लाईफबोटमा केवल जम्मा सँख्याको १ तिहाई मात्र अटाउन सक्थे । यो एक गम्भिर त्रुटी थियो जहाज प्रशासनबाट भएको थियो । टाइटानिक ठोक्किएपछि मानिसहरुको विचमा त्रासको माहोल सुरु भयो । डुव्दै गर्दा टाइटानिक दुई भाग भएर टुक्रियो । भएका लाईफ बोटहरुमा महिला र बालबालिकाहरुलाई राख्न सुरु गरियो । त्यसकारण टाइटानिक दुर्घटनामा ज्यान गुमाउनेहरु अधिँकाश पुरुषहरु थिए । इतिहासकै पानी जहाजको यो सबैभन्दा ठुलो दुर्घटनामा २२२३ यात्रीहरुमध्ये १५१७ जनाले ज्यान गुमाए । ति मध्ये केवल ३४० जनाको मात्र लाश पत्ता लगाइएको थियो । भनिन्छ टाइटानिक डुव्दै गर्दा मानिसहरुका मन बहलाउनका लागि सँगितकारहरुले सँगित बजाइरहेका थिए ।
टाइटानिक डुव्नुको पछाडी विभिन्न कारणहरु रहेका छन् । टाइटानिक डुव्नुको मुख्य कारण तिव्र गती थियो । तिव्र गतिमा भएका कारण जहाजलाई छिट्टै मोड्न नसक्दा टाइटानिक हिमखण्डसँग ठोक्किएको थियो । त्यो रातमा आकाशमा जुन पनि लागेको थिएन जसका कारण चालकदलका सदस्यहरुले सम्भावित हिमखण्डहरुलाई टाढाबाट देख्न सकेनन् । साथै यति धेरै ज्यान जानुको पछाडीको कारण प्रर्याप्त लाईफ बोटहरु नहुनु थियो । यदि टाइटानिकमा केवल ५० वटा सम्म लाईफ बोटहरु राखिएको भए सबैको ज्यान बाँच्न सक्थ्यो । यसरी तथाकथित कहिल्यै नडुवने जहाज टाइटानिक यसको पहिलो यात्रामा नै डुव्न पुग्यो र १५०० मानिसहरुको अकालमा ज्यान गयो । भनिन्छ टाइटानिकसँग ठोकिएको हिमखण्ड १०,००० वर्ष पहिले ग्रीनल्याण्डको एक हिमखण्डबाट अलग भएर एटलान्टिक महासागरमा आइपुगेको थियो । टाइटानिकसँगको ठक्करको दुई हप्तापछि उक्त हिमखण्ड पनि नष्ट भयो ।
अन्त्यमा......
१ सेप्टेम्वर १९८५ मा टाइटानिक डुवेको ७३ वर्षपछि टाइटानिकको अवेशषहरुलाई समुद्रमा पत्ता लगाइएको थियो । टाइटानिकका अवेशष्हरु समुद्रको गहिराईमा ४ किलोमिटर तल रहेको छ । समुद्रमा टाइटानिकका दुई भागहरु एकअर्काबाट ६०० मिटरको दुरीमा रहेका छन् । टाइटानिकको इतिहास १०० वर्ष पुरानो भएतापनि आजपनि यसको रोचक इतिहासले मानिसहरुको ध्यान तानिरहेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो सामुद्रिक दुर्घटना हो । 
सम्बन्धित भिडियो...........

Wednesday, May 8, 2019

विक्रम सम्वत् क्यालेण्डरको रोचक इतिहास ! कसरी र कहाँ सुरु भएको थियो विक्रम् सम्वत् ?


विश्वमा सबैभन्दा प्रचलित क्यालेण्डर इस्वी सम्वत् हो । समस्त विश्वमा यो क्यालेण्डर प्रयोग हुन्छ । धेरै देशमा यो क्यालेण्डरलाई आधिकारिक क्यालेण्डरको मान्यता दिइएको छ । इस्वी सम्वत् क्यालेण्डरलाई ग्रेगोरियन क्यालेण्डर पनि भनिन्छ । यो क्यालेण्डर जिजस क्राइष्टको जन्म मितिलाई केन्द्रमा राखेर सुरुवात गरिएको थियो । विक्रम् सम्वत् क्यालेण्डर इस्वी सम्वत्भन्दा ५७ वर्ष अगाडी रहेको छ । तर नेपालमा भने आधिकारिक रुपमा विक्रम सम्वत् क्योलेण्डर प्रयोग हुदै आएको छ । नेपालमा सरकारी कामकाज र तिथिमिति निर्धारणका कुराहरुमा विक्रम् सम्वत् क्यालेण्डरलाई नै प्रयोग गरिन्छ । नेपालमा विक्रम् सम्वत् एकमात्र निर्विवाद क्यालेण्डर हो भन्दा फरक नपर्ला ।
यो क्यालेण्डर कसरी सुरु भएको थियो ? यो क्यालेण्डर कसले सुरु गरेका थिए ? के यो क्यालेण्डरको सुरुवात नेपालमा भएको थियो ? कसको नाउँमा सुरु गरिएको थियो यो क्यालेण्डर ? यि र यस्तै रोचक प्रश्नहरुको जवाफ यो लेखमा दिने कोशिष् गरिनेछ ।
यसका विशेषताहरु
इस्वी सम्वत् क्यालेण्डर सुर्यमा मात्र आधारित क्यालेण्डर हो भने विक्रम् सम्वत् सुर्य र चन्द्रमा दुवैमा आधारित क्यालेण्डर हो । त्यसकारण पनि विक्रम् सम्वत्लाई निकै वैज्ञानिक क्यालेण्डर मानिन्छ । इस्वी सम्वत्मा झै यसमा पनि ३६५ दिनको नै एक वर्ष हुनेगर्दछ । यो क्यालेण्डरमा पनि १२ महिनाको एक वर्ष र ३० दिनको एक महिना हुने गर्दछ । 
विक्रम् सम्वत् क्यालेण्डरको सुरुवात्
विक्रम् सम्वत् क्यालेण्डरको इतिहास जान्नका लागि हामीले भारतको इतिहासलाई हेर्नुपर्ने हुन्छ । विक्रम् सम्वत् एक इतिहासिक भारतिय राजा र उनको राज्यसँग सम्बन्धित रहेको छ । ईसा पुर्व ७० तिर भारतभरी नै मध्यपुर्वको क्षेत्रबाट आएका शक जातिका राजाहरुले शासन गरिरहेका थिए । उनीहरुले भारतमा निकै निरँकुश तरिकामा शासन गरिरहेका थिए । त्यसै समयमा ईसा पुर्वको ५० औ शताव्दीमा चन्द्रगुप्त वँशका विक्रमादित्यले सेना लिएर उज्जैनमा शकहरुमाथि आक्रमण गरे । उनले शक राजालाई पराजित गरे । उनले उक्त साम्राज्यको शासन हातमा लिए । उनको साम्राज्यलाई मालावा साम्राज्य भनिन्थ्यो । त्यसै समयमा उनले आफैलाई उक्त साम्राज्यको नयाँ सम्राट घोषणा गरे । उनलाई विक्रमादित्यको उपाधी दिईयो । विक्रमादित्य ति राजाको नाउँ थिएन तर यो उनलाई दिइएको एक उपाधी थियो । ति राजाको नाउँ के थियो भन्ने कुरा अज्ञात रहेको छ । विक्रमादित्यले शकहरुलाई हराएको दिनलाई स्मरण गर्नका लागि नयाँ क्यालेण्डरको सुरुवात गर्ने विचार गरे । तर त्यो समयमा कुनै राजाले आफ्नो सम्झनामा क्यालेण्डर सुरु गर्नका लागि आफ्नो समस्त प्रजाको रिणहरु तिर्नुपर्दथ्यो । विक्रमादित्यले प्रजाको रिण चुकाउन राज्यकोषलाई ठुलो धनरासी तिरे र नयाँ क्यालेण्डर सुरु गरे । उक्त क्यालेण्डर सम्राट विक्रमादित्यको नाउँमा विक्रम् सम्वत् भनेर नामाकरण गरियो । यो घट्ना ई.पु ५७ को हो । त्यो समयमा भारतमा शक् क्यालेण्डर पनि प्रचलनमा थियो । साथै विभिन्न क्षेत्रहरुमा बुद्ध र महाविर जैनको नाउँबाट पनि स्थानिय क्यालेण्डरहरु प्रचलनमा थिए । विक्रम् सम्वत् सुरु भएपछि भने यसलाई अत्यधिकरुपमा प्रयोग गर्न थालियो । भारतमा शक र विक्रम् सम्वत् यि दुई क्यालेण्डरलाई इतिहासमा अत्यधिक प्रयोग भएको पाइन्छ । व्रिटिशहरुको शासन सुरु भएपछि भने भारतमा यि क्यालेण्डरहरुको प्रयोग हराएर गयो ।
नेपालमा यसको प्रयोग
स्पष्ट छ विक्रम् सम्वत् क्यालेण्डर नेपालमा सुरु पनि भएको होइन र भौगोलिक र इतिहासिकरुपमा नेपालसँग यसको कुनै प्रत्यक्ष सम्बन्ध छैन । इतिहासलाई नियाल्दा विक्रमादित्यको राज्यले नेपाललाई छोएको पनि थिएन । त्यसकारण भौगोलिकरुपमा हेर्दा विक्रम् सम्वत् नेपालको क्यालेण्डर होइन । नेपालमा कहिलेदेखि यो क्यालेण्डर प्रचलनमा थियो भन्ने कुरा अज्ञात नै रहेको छ । तर यो क्यालेण्डरको बारेमा उल्लेख गरिएको पाण्डुलिपी भने नवौ शताव्दीको पाइएको छ । यसबाट के बुझन सकिन्छ भने नेपालमा यो क्यालेण्डर प्राचिन समयदेखि नै प्रयोग गरिदै आएको थियो । तर विक्रम् सम्वत् मात्र नेपालमा प्रयोग गरिएको एकमात्र क्यालेण्डर भने होइन । नेपालमा नेपाल सम्वत् र शाक्य सम्वत् जस्ता मौलिक र स्थानिय सम्वत्हरुको प्रयोग गरिदै आएको थियो र गरिदैछ । विक्रम् सम्वत्लाई नेपालभरी नै सरकारी आधिकारिक क्यालेण्डरकोरुपमा दर्जा दिने श्रेय भने चन्द्र शमशेर राणालाई जान्छ । उनले विक्रम् सम्वत् १९५८ मा विक्रम् सम्वत्लाई नेपालको आधिकारिक क्यालेण्डरको रुपमा प्रयोगमा ल्याएका थिए र त्यसपछि यो लगातार नेपालको एकमात्र निर्विवाद र आधिकारिक पात्रोको रुपमा प्रयोग भइरहेको छ । तर अपवाद् कस्तो जुन देशमा यो क्यालेण्डर सुरु भएको थियो त्यहाँ यसलाई प्रयोग गरिदैन र यसलाइृ खासै महत्वका साथ हेरिदैन । तर जुन देशसँग न त यो क्यालेण्डरको कुनै भौगोलिक र इतिहासिक महत्व थियो त्यहाँ भने यसले आधिकारिक क्यालेण्डरको दर्जा पाएर व्यापकरुपमा प्रयोग गरिएको छ । यसो किन भयो त भन्ने प्रश्न आउँनसक्छ । यसको जवाफ हो विक्रम् सम्वत् एक हिन्दु क्यालेण्डर हो । यसको सम्बन्ध हिन्दु विश्वाससँग जोडिएको छ । विक्रम् सम्वत्का मितिहरु व्यापकरुपमा हिन्दु पौराणिकतासँग जोडिएका छन् । त्यसकारण यो आयातित क्यालेण्डर भएतापनि नेपालमा व्यापकरुपमा स्विकार गरिएको हो ।
सम्बन्धित भिडियो.........

के वास्तवमै “एलियन” छन् त ? अहिलेका अनुसन्धानहरुबाट के पत्ता लगाइएको छ ?


१) के एलियनको अस्तित्वको सम्भावना छ त ?
एलियनहरुको अस्तित्वलाई बिभिन्न तरिकामा पुष्टि गर्ने प्रयत्न भइरहेका छन् र यस सम्बन्धी बिभिन्न धारणाहरु अगाडी आएका छन् । तर यसलाई अहिलेसम्म कसैले पनि तथ्यगतरुपमा प्रमाणीत गर्न भने सकेको छैन । हाम्रो ब्रम्हाण्डमा खरबौँको सँख्यामा ग्रहहरु रहेका छन् र ति सबैले आ–आफ्ना ताराहरुको परिक्रमा गरिरहेका छन् । अहिलेसम्मको हाम्रो खोजमा केवल हामीले पृथ्वीमा मात्र जीवन पाउन सकेका छौ । एलियन भन्ने बित्तिकै हाम्रो दिमागमा टाउको र आँखा ठुलो भएको र जिउ सानो भएको प्राणीको चित्र आउने गर्दछ । हाम्रो ब्रम्हाण्ड यति बिशाल रहेको छ कि यसले एलियनहरुको अस्तित्वको प्रसस्त सम्भावनाहरु बोकेको छ । यि सबैका बावजुद पनि अहिलेसम्मका खोजहरुले एलियन जीवनको अस्तित्वलाई पुष्टी गर्न सकेका छैनन् । एलियन जीवन पत्ता लगाउनकै लागि भनेर सुदुर अन्तरिक्षमा छोडिएको केप्लर टेलिस्कोपले थुप्रै ताराहरुमाथि आफ्नो निगरानी गरिरहेको छ र त्यसको बावजुद पनि एलियनहरुको अस्तित्वको कुनै पनि प्रमाण पत्ता लगाउन सकेको छैन । त्यसकारण प्रश्न यो आउँछ, के यो बिशाल ब्रम्हाण्डमा हामी मात्र एक्लो छौ त ? के अन्यत्र कतै पनि जीवन छैन त ? के एलियनहरुको अस्तित्वको सम्भावना छ ? 
कुनै ग्रहमा पनि जीवन हुनका लागि बिभिन्न कुराको उल्लेखनिय भुमिका हुन्छ । अहिलेसम्म हामीले देखेका ति ग्रहहरुमा चाहिँ यो सँयोग केवल पृथ्वीमा मात्र देखिएको छ । कुनै पनि ग्रहमा जीवनको उत्पत्ती हुनका लागि त्यो ग्रह गोल्डी लक जोनमा अवस्थित हुनुपर्दछ । गोल्डी लक जोनमा पर्ने ग्रहहरु त्यसले परिक्रमा गरिरहेको ताराबाट उपयुक्त दुरीमा अवस्थित हुनुपर्दछ । यदि त्यो ग्रह उपयुक्त दुरीमा नभई आफ्नो ताराको धेरै नजिक रहेको छ भने त्यहाँ तापक्रम बढि भएर जीवन उत्पत्ती हुने सम्भावना असम्भव हुन्छ । यदि त्यो ग्रह अलिक टाढाबाट परिक्रमा गरिरहेको छ भने त्यो बढि चिसो हुन्छ र त्यहाँ जीवन उत्पत्ती हुन सक्दैन । त्यो ग्रहले आफ्नो तारालाई सहि समयमा परिक्रमा गरिरहेको हुनुपर्दछ । अर्थात अन्य ग्रहमा पनि जीवन सम्भव हुनका लागि त्यसले पृथ्वीले सुर्यको परिक्रमा गर्न जति समय लगाउँछ तिनले पनि लगभग त्यत्ति नै समयमा परिक्रमा गरिरहेको हुनुपर्दछ । त्यत्तीमात्र नभई त्यो तारा आफ्नो तारापुञ्ज अर्थात ग्यालेक्सीको उपयुक्त ठाउँबाट परिक्रमा गरिरहेको हुनुपर्दछ । तारापुञ्जका सबै क्षेत्रमा भएका ग्रहहरुमा जीवन सम्भव हुदैन । जीवन सम्भव रहनका लागि त्यो तारा तारापुञ्जको बाहिरी भागतिर अवस्थित हुनुपर्दछ । यि सबै कुराहरु भएर त्यो ग्रह आफ्नो उपग्रहबाट सहि दुरीमा छैन भने पनि त्यो ग्रहमा जीवन सम्भव हुन सक्दैन । पृथ्वीमा जीवन सम्भव हुनका लागि चन्द्रमासँगको यसको दुरीको महत्वपुर्ण भुमिका रहेको छ । र कुनै पनि ग्रह वा पिण्डमा जीवन उत्पत्तीका लागि सबैभन्दा आवस्यक कुरा पानी हो । यदि त्यहाँ एच.टु.ओ. को अस्तित्व छ भने मात्र जीवन सम्भव हुन्छ र त्यहाँको बातावरणमा अक्सीजन र कार्बनडाइअक्साईड ठिक स्तरमा हुनुपर्दछ । माथि उल्लेख गरिएका सबै कुराहरु कुनै पनि ग्रहमा जीवनको अस्तित्व हुनका लागि आधारभुत कुराहरु हुन् । यि भन्दा बाहेक अन्य थुप्रै कुराहरु पनि छन् जसले जीवनको अस्तित्वका लागि महत्वपुर्ण भुमिका खेल्दछन् ।
भौतिकशास्त्रको नियम सबै ठाउँमा एकनाश नै लागु हुन्छ । त्यसकारण सम्पुर्ण बिशाल ब्रम्हाण्डमा केवल हाम्रो पृथ्वी मात्र गोल्डी लक जोनमा पर्दछ भन्नु मुर्खता हुन्छ । ब्रम्हाण्डमा अवस्थित यी असँख्य तारामण्डलहरुमा कहि पनि जीवन हुनसक्ने सम्भावना रहेको छ । यदि सम्पुर्ण ग्रहहरुको सँख्याहरुलाई लिएर केवल ०.०१ प्रतिशतमा मात्र जीवनको अस्तित्व हुनसक्छ भनेर मान्ने हो भनेता पनि जीवनको अस्तित्व हुन सक्ने ग्रहहरुको सँख्या १० लाख भन्दा बढि हुन जान्छ । त्यसोभए यति बिशाल सम्भावना बोकेको ब्रम्हाण्डमा हामीले किन एलियनहरुलाई अहिलेसम्म भेट्न सकेका छैनौ त ? 
२) किन हामीले एलियनहरुलाई भेट्न सकेका छैनौ त ?
भौतिकशास्त्री फ्रेन डेरेकले गहिरो खोज र अध्ययनपछि १९६१ मा एक समिकरण निकाले जसलाई “डेरेक समिकरण” भनिन्छ । उनका अनुसार हाम्रो मिल्कीवे ग्यालेक्सीमा मात्र करिब १०,००० भन्दा बढि ग्रहहरुमा जीवन हुनसक्छ । यति ठुलो सँख्याको बावजुद पनि हामीले किन उनीहरुलाई भेट्न सकेका छैनौ त ? बर्षौ अगाडी पठाइएका भोएजरर्सहरुले अरौबौ किलो मिटरको दुरी तय गरेर हाम्रो सौर्य–मण्डललाई समेत पार गरेर अरौबौ किलो मिटर टाढा गइसक्दा पनि एलियन जीवन कतै पत्ता लाग्न सकेन । बैज्ञानिकहरुले बर्षौदेखि रेडियसनहरुबाट ब्रम्हाण्डमा सन्देशहरु पठाउने काम गरिरहेका छन् तर आजसम्म कसैले पनि ति सन्देशहरुको जवाफ पठाएको छैन । यदि एलियनहरु अति नै उन्नत छन् र पृथ्वीमा मिनेटभरको समयमा आउँन सक्छन् भने किन तिनीहरुले हामीले पठाएका सन्देशहरुको प्रतिक्रिया दिएनन् त ? त्यसकारण कतिको भनाईमा मानिस मात्र ब्रम्हाण्डमा एकमात्र बुद्धिजिवी प्राणी हो र कुनै एलियन सभ्यताको अस्तित्व नै छैन । यदि एलियनको अस्तित्वलाई स्विकार्ने हो भने उनीहरुसँगको हाम्रो भेट सहज छैन भन्ने कुरा बुझनु अत्यावस्यक छ । यसको निम्ति सबैभन्दा ठुलो बाधा ताराहरुको आपसी दुरी हो । ताराहरु एकअर्काबाट यति टाढा रहेका छन् कि एउटा ताराबाट अर्को तारासम्म यात्रा गर्नका लागि थुप्रै प्रकाश बर्ष लाग्दछ ।
हाम्रो सौर्यमण्डल कै कुरा ग¥यो भने हाम्रो सौर्यमण्डलको सबैभन्दा नजिकको तारा प्रोक्जीमा सेन्टौरीसम्म पुग्न हामीलाई ४.३३ प्रकाशबर्षको भन्दा बढ्दा समय लाग्छ । अर्थात कुनै यस्तो यानको आबिस्कार गरियो जसले एक सेकेण्डको समयमा पृथ्वीलाई ७ चक्कर लगाउन सक्छ र त्यो यानमा त्यही गतिमा यात्रा गर्न सकियो भने प्रोक्जीमा सेन्टौरीसम्म पुग्नका लागि ४.३३ बर्ष लाग्नेछ । प्रोक्जीमा सेन्टौरी हामीबाट खरौबौ किलो मिटर टाढा रहेको छ र अहिले अस्तित्वमा रहेका अन्तरिक्षयानबाट यात्रा गरेर त्यहाँ जानका लागि हामीलाई ३०,००० बर्षको समय लाग्नेछ । यदि कुनै सभ्यता बिकसित अवस्थामा भएतापनि त्यसका लागि यत्रो लामो दुरी तय गर्नु साधारण कुरा होइन । यदि एलियनहरुको अस्तित्व छ भनेर स्विकार्ने नै हो भने पनि तिनीहरुलाई भेट्नका निम्ति ताराहरुको आपसी दुरी ठुलो बाधक र चुनौति हो । ब्रम्हाण्डमा प्रकाश नै सबैभन्दा तिब्रगतिमा यात्रा गर्ने चिज हो जसले एक सेकेण्डमा ३ लाख किलो मिटरको दुरी तय गर्दछ । मानौ कोही एलियन सभ्यता यति बिकसित छ कि तिनीहरुले तिब्रगतिमा यात्रा गर्ने यानहरु आबिस्कार गरिसकेका छन् र पनि तिनीहरुलाई पृथ्वीसम्म आउन थुप्रै समय लाग्नेछ । अल्वर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्त अनुसार कुनै पनि बस्तु प्रकाशको गतिभन्दा छिटो यात्रा गर्न सक्दैन । यदि त्यस्तो भएमा त्यो वस्तु आगोमा परिणत हुन्छ ।
केप्लर टेलिस्कोपले बर्षौदेखि करीब ३५,०० ग्रहहरुमाथि निगरानी राखिरहेको छ र एलियन जीवन पत्ता लगाउने प्रयत्न गर्दैछ । तर अहिलेसम्मको नतिजा भने निराशाजनक नै देखिएको छ । एलियन भन्ने बित्तिकै हामी कस्तो जीवन बुझदछौ ? के एलियन हामीहरुभन्दा बढि उन्नत र बिकसित हुनैपर्दछ त ? यस्तो अवस्य पनि होइन । एलियनहरु सानो ब्याक्टेरिया, साना प्राणीहरु र अबिकसित प्राणीका रुपमा पनि रहन सक्छन् । हुनसक्छ अरौबौ ग्रहहरुमध्ये केवल केही लाखमा मात्र जीवन अस्तित्वमा रहन सक्दछ भने ति लाखौ ग्रहहरुमध्ये केवल केही सयमा मात्र मानिस जस्तै बिवेकशिल प्राणी रहेका होलान् । त्यसकारण पनि हामीले एलियनहरुलाई भेट्न सकेका छैनौ । एलियनहरुलाई भेट्ने हाम्रो ठुलो धोको भएतापनि हामीले अहिलेसम्म उनीहरुलाई भेट्न सकेका छैनौ तर नाशाका बैज्ञानिकहरु भने २०४० सम्म एलियन जीवनको अस्तित्व पत्ता लाग्ने कुरामा आशावादी देखिन्छन् । यदि त्यसो भएमा यो यस शताब्दीकै सबैभन्दा ठुलो खोज हुनेछ । 
३) एलियन जीवन पत्ता लगाउनका निम्ति गरिएका प्रयत्नहरु
अब एलियन जीवन पत्ता लगाउनका निम्ति गरिएका केही प्रयत्नहरुको बारेमा हेरौ । भोयजर्सहरुको उद्धेश्य एलियन जीवन नै पत्ता लगाउनु नभएतापनि यसको प्रयोग एलियन जीवनको बारेमा अध्ययन गर्न भइरहेको छ । बैज्ञानिकहरुले थुप्र्रै बर्ष अगाडी भोयजर्स वन र भोयजर्स टु लाई ब्रम्हाण्डको अनन्त यात्राका लागि छोडिदिएका छन् । यि दुवै यन्त्रहरु पृथ्वीबाट अरबौ किलो मिटर टाढा गइसकेका छन् र त्यहाँबाट नयाँ नयाँ तस्विरहरु पठाइरहेका छन् । त्यसैगरी नाशाले २००९ मा एलियनहरुको अस्तित्व पत्ता लगाउनकै लागि भनेर केप्लर स्पेश टेलिस्कोप छोडेको थियो । यसले आकाशमा करीब ३५०० वटा ग्रहहरुमाथि नजर लगाईरहेको छ । हालसम्म यसले ग्लीज ६६७ सि, ग्लीज ५८१ डि., केप्लर ४५२ बि., केप्लर २२ बि., केप्लर ६२ डि., केप्लर ६९ सि., जस्ता ग्रहहरु पत्ता लगाएको छ जो ह्याबिटेबल जोनमा रहेका छन् र जीवनको भारी सम्भावना बोकेका छन् । चाडै नै यि ग्रहहरुमा जीवन छन् वा छैनन् भन्ने कुरामा बैज्ञानिकहरु निष्कर्षमा पुग्ने सम्भावना रहेको छ । एलियन जीवन पत्ता लगाउनका लागि गरिएका प्रयत्नहरुमध्ये सबैभन्दा महत्वपुर्ण प्रयत्न “ब्रेक थ्रु” परियोजना हो । फेसबुकका सँस्थापक मार्क जुकरबर्ग र भौतिकशास्त्री प्रख्यात बैज्ञानिक स्टेफेन हकिङ्ग र रुसी ब्यापारी युरी मिलनरले अगष्ट २०१६ मा यो परियोजनाको सुरुवात गरेका थिए । यो परियोजनाले एउटा सानो चिपको आकारको यन्त्रलाई हाम्रो सबैभन्दा नजिकको तारागण अल्फा सेन्टोरीमा पठाएको छ । अल्फा सेन्टौरी ३ वटा ताराहरुको समुह हो र त्यहाँ एउटा ग्रह ह्याबिटेबल जोनमा रहेर आफ्नो ताराको परिक्रमा गरिरहेको पत्ता लागेको छ । उक्त स्टार–चिपले प्रकाशको यात्राको जम्मा गतिको ५ भागको १ भाग बराबर यात्रा गर्नेछ । यसरी करिब साढे चार प्रकाश बर्ष टाढा रहेको अल्फा सेन्टोरीसम्म यात्रा गर्नका लागि उक्त स्टार–चिपलाई २० देखि ३० बर्षको समय लाग्नेछ । यो परियोजनाबाट एलियन जीवन पत्ता लाग्ने कुराप्रति बैज्ञानिकहरु आशावादी देखिन्छन् ।
अब अन्त्यमा........
के वास्तवमै एलियन छन् त ? यो प्रश्नको तथ्यगत उत्तर आजको समयसम्म हामीसँग छैन । सम्भावनाहरु प्रसस्तै देखिएता पनि तिनीहरुको उपस्थिती तथ्यगतरुपमा प्रमाणीत नभइसकेकाले  यसै भन्न सक्ने अवस्था पनि छैन । मानिस मात्र यति बुद्धिजीवि र बिवेकशिल प्राणी बन्नुले पनि थुप्रै प्रश्नहरु उब्जाउछ । ईश्वरको यो सृष्टि अद्भुत र रहस्यले भरिपुर्ण छ । जबसम्म सबै कुराहरु हाम्रा अगाडी छर्लङ्ग हुदैनन् तब सम्म सबै कुरा रहस्यकै गर्भमा रहनेछन् । आजसम्मका सबै खोज र अनुसन्धानहरुबाट मानवजाति नै सम्पुर्ण ब्रम्हाण्डको एकमात्र बुद्धिजिवी प्राणीको रुपमा अस्तित्वमा रहेको देखिन्छ । तसर्थ इश्वरले उपहार स्वरुप यो अनन्त ब्रम्हाण्डमा हामीलाई दिएको यो बहुमुल्य जीवनलाई भरपुर उपयोग गर्न सके जीवनको अर्थ अझ सार्थक हुन सक्छ ।  यदि हामीले यही पुस्तामा कुनै ग्रहमा जीवन पत्ता लगाउन सफल भयौ भने इतिहासमा हामी नै त्यो पूस्ता हुनेछौ जसले सबैभन्दा ठुलो रहस्य उजागर गर्नेछौ र के हामी वास्तवमै एक्लै छौ त ? वा के वास्तवमै एलियन छन् त ? भन्ने चुनौतिपुर्ण र रहस्यमयी प्रश्नको जवाफ पत्ता लगाउनेछौ ।
सम्बन्धित भिडियो..........

के वास्तवमै “ईश्वर” को अस्तित्व छ ? ईश्वरको अस्तित्वलाई प्रमाणित गर्ने ५ तथ्यहरु !

के वास्तवमै परमेश्वर हुनुहुन्छ ? सबैको मनमा कतै न कतै जिवित रहेको प्रश्न हो यो । कतिले सम्पुर्ण प्रकृतिलाई नै ईश्वर मानेका छन् र यसको आधारशिलाको रुपमा “तत्व” नै सम्पुर्ण कुराको आधार हो र यसैद्धारा “महाबिष्फोट” पछि सम्पुर्ण दृष्य संसार अष्तित्वमा आयो भन्ने रहेको पाईन्छ । र कतिले कुनै एउटा अलौकिक शक्तिको अष्तित्वमा बिश्वास गर्दछन्, जसलाई “आस्थिक” भन्ने गरिन्छ र उनीहरुको बिश्वास अनुसार सम्पुर्ण थोक कुनै एक अलौकिक ईश्वरको योजनामा उहाँकै कार्यसम्पादनद्धारा हुन आएको हो भन्ने हो । संसारको ईतिहासमा कुनै समय सम्पुर्ण बिश्वजगत नै “आस्थिक” थियो भने यो आधुनिक युगमा “नास्तिकवाद” तिब्ररुपमा बढिरहेको छ ।


प्रत्येक ख्रीष्टियनको निम्ति पनि यो चुनौतिपुर्ण प्रश्न हो । यहाँ परमेश्वरको अष्तित्वलाई साबित गरिदिने ५ वटा प्रमाणहरु दिएर थुपै्रहरुको जिज्ञासालाईइ मेट्ने कोशिष गरिएको छ । प्रस्तुत सम्पुर्ण तथ्यहरु बाइबलिय आधारमा नभई सृष्टिमा आधारित रहेका छन् ।

१) ब्रम्हाण्डको बनोट र यसको सञ्चालन प्रकृया


बिसौँ शताब्दी यता ब्रम्हाण्डको बारेमा क्रान्तिकारी खोजहरु भएका छन् । बैज्ञानिकहरुले जे कुरा तिनीहरुको खोज र अनुसन्धानबाट पत्ता लगाएका छन् त्यो कुराले परमेश्वरको अष्तित्वलाई निमिट्यान्न पार्ने होईन तर झनै बलियो बनाईदिएको छ । ब्रम्हाण्डमा असँख्य खगोलिय पिण्डहरु रहेका छन् । परमेश्वरले ब्रम्हाण्डलाई यसरी आकार दिनुभएको छ कि यो एउटा निश्चित नियम अनुसार चल्दछ, जसलाई बैज्ञानिकहरु “भौतिक नियम” भन्ने गर्दछन् । ब्रम्हाण्ड यति ब्यवस्थित र नियमानुकुल चलिरहेको छ कि कसैले पनि यस्तो ब्यवस्थित चिज आफै अष्तित्वमा आयो होला भन्नै सक्दैन । यस्तो ब्यवस्थित कुरा आफै हुन आयो भन्नु मुर्खता बाहेक केही सिद्ध हुदैन । तसर्थ ब्रम्हाण्डको बनोट र यसको सञ्चालन प्रक्रियाले परमेश्वरको अष्तित्वलाई प्रमाणीत गर्दछ ।

२) ब्रम्हाण्ड समयको कुनै विन्दुमा अष्तित्वमा आएको थियो ।


कुनै पनि थोक जसको अष्तित्व छ त्यसको सुरुवात पनि हुन्छ । तर पनि प्राचिन समयदेखि ब्रम्हाण्ड अनन्त छ भन्ने कुरा बिश्वास गरिदै आएको थियो । तर बिसौँ शताब्दीमा खगोल बैज्ञानिक एडविन हब्बलले शक्तिशाली दुर्विन आबिस्कार गरेपछि भने सम्पुर्ण बिचारहरु गलत साबित भयो र बाईबल अझै मजबुत भयो । किनकि बाईबलले सुरुमै ब्रम्हाण्ड समयको कुनै बिन्दुमा अष्तित्वमा आएको हो भन्ने कुरा उल्लेख गर्दछ । वर्तमान सन्दर्भमा संसारका १०० प्रतिशत बैज्ञानिकहरुले नै ब्रम्हाण्ड अनन्त नभई कुनै समयमा सुरु भएको हो भन्ने कुरालाई स्विकार गरेका छन् र यो अहिले सर्वमान्य तथ्य साबित भईसकेको छ ।

संसारमा अहिले आस्थिक र नास्तिकमध्ये धेरै जनाले स्विकार गर्ने सिद्धान्त “महाबिष्फोट” हो । बैज्ञानिकहरुको भनाई अनुसार आजभन्दा १३ अरब बर्षपहिले कुनै अज्ञात कारणले महाबिष्फोट हुन गयो र सम्पुर्ण ब्रम्हाण्ड अष्तित्वमा आयो । तर महाबिष्फोट गराउने त्यो “अज्ञात कारण” के हो भन्ने चाहिँ कसैले बताउन सकेका छैनन् । 

३) सम्पुर्ण प्रकृति एउटा निश्चित प्राकृतिक नियम अनुसार चल्दछ ।


प्रत्येक ताराहरुमा हाईड्रोजनहरु हिलियममा परिवर्तन हुदैछन् । कुनै तारामा पनि हिलियमहरु हाईड्रोजनमा परिवर्तन भईरहेका छैनन् । प्रत्येक खगोलिय पिण्डहरुको आफ्नै गुरुत्वाकर्षण बल हुन्छ । ब्रम्हाण्डमा कुनै पनि खगोलिय पिण्डहरु गुरुत्वाकर्षण बल बिनाका छैनन् । पृथ्वीमा भएकै थोकलाई हे¥यो भने गाईले गाई वा गोरुलाई नै जन्म दिन्छ, गधा वा कुकुरलाई जन्म दिन सक्दैन । हरेक प्राणीहरुमा आफ्नै सँख्यामा क्रोमोजोमहरु रहेका हुन्छन् । तसर्थ संसारका प्रत्येक थोक दृष्य वा अदृष्यरुपमा कुनै निश्चित नियममा चल्दछन् । अन्धाधुन्धा र अनियमित तरिकामा सञ्चालन हुने कुनै पनि थोक यो ब्रम्हाण्ड वा यही पृथ्वीमा पाउन सकिदैन । तसर्थ सम्पुर्ण प्रकृति जुन तरिकामा अति ब्यवस्थीत र निश्चित नियममा सञ्चालन भईरहेको छ यसले यसलाई यसरी ब्यवस्थित बनाउने कोही छ भन्ने कुरा प्रमाणीत गर्दछ ।

४) डि.एन.ए. को सँरचना


हरेक प्राणीहरुमा आफ्नै प्रकारको डि.एन.ए. हुन्छ । बैज्ञानिकहरुले डि.एन.ए.को बारेमा बृस्तित अध्ययन गरेका छन् र यसबाट सामुन्ने आएका तथ्यहरुले सबैलाई चकित पारेको छ । डि.एन.ए.ले बिशेषगरी बुवाआमाका गुणहरुलाई उनीहरुका सन्तानहरुमा सार्ने काम गर्दछ । यो अति सुक्ष्म हुन्छ र पनि यसले थुप्रै गुणहरु बोक्ने क्षमता राख्दछ । डि.एन.ए. जस्तो उच्च बौद्धिक र बैज्ञानिक चिज स्वतह अष्तित्वमा आउनु असम्भव छ । यस्तो बौद्धिक चिज पक्कै कसैले अष्तित्वमा ल्याएको हुनै पर्दछ भन्ने कुरामा आधुनिक चिकित्सा बिज्ञान निश्चित हुदै गईरहेको छ । डि.एन.ए. को बारेमा सम्पुर्ण कुराहरु यहाँ उल्लेख गर्न सम्भव नभएकाले पाठकवर्गहरुमा यसको बारेमा अझै थप अध्ययन गर्नका लागि सादर अनुरोध गर्दछु ।

५) येशू ख्रीष्ट नै परमेश्वरको अष्तित्वको सबैभन्दा ठुलो प्रमाण


येशूले शिक्षा दिनुभयो, रोगी बिरामीहरुलाई निको पार्ने काम गर्नुभयो । थुपै्र आश्चर्यकर्महरु गर्नुभयो । ३३ बर्षको युवा अवस्थामा उहाँ समस्त मानवजातिका लागि क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो र फेरी तेस्रो दिनमा जिवित भई उठ्नुभयो । दुनियामा थुप्रै बिद्धानहरु, राजाहरु, महाराजाहरु र प्रभावशाली दार्शनिकहरु जन्मिए । उनीहरुले संसारलाई ठुलो प्रभाव पारे । तर येशूले छोटो समय सेवकाईमा बिताउनुभयो, साधारण जीवन जिउनुभयो, उहाँका पछाडी लाग्ने ब्यक्तिहरु साधारण मछुवाहरु मात्र थिए, उहाँ कहिल्यै कुनै बिश्वबिद्यालयमा गएर सिक्नुभएन, राजा महाराजाहरुसँग उहाँको मित्रता थिएन । तर पनि उहाँले संसारलाई यस्तो अतुलनिय प्रभाव पार्नुभयो कि मानिसहरु उहाँको जीवनको बारेमा सोच्न बाँध्य भएका छन् । यस्तो जीवनले उहाँ परमेश्वरको प्रतिरुप हुनुहुन्छ भन्ने कुरा प्रमाणीत गर्दछ । 

सम्बन्धित भिडियो.............

Tuesday, May 7, 2019

“मलाई हस्ताक्षर गर्न आउँदैन !” (एक अनपढ युवकको सफलताको प्रेरणादायी कथा)



एकदिन एक युवक जागिरको खोजिमा एउटा विमा कम्पनीको कार्यालयमा जादैथियो । ऊ गरिब परिवारमा हुर्केको एक अनपढ युवक थियो । तर उसले पनि जीवनमा ठुला–ठुला सपनाहरु देखेको थियो । विमा कम्पनीमा एक सेक्यूरिटी गार्ड चाहिएको छ अरे भन्ने सुनेकाले ऊ त्यो कामका लागि अनुरोध गर्न जादैथियो । त्यो दिन उसको मानषपटलमा भएको उत्साह, आशा र विश्वास उसको अनुहारमा प्रष्ट देखिन्थ्यो । ऊ कार्यालयमा गयो र हाकिमलाई भेट्यो । ऊ हाकिमलाई छिट्टै प्रभाव पार्न सफल भयो । हाकिम पनि उसलाई सेक्यूरिटी गार्डको काम दिन राजी भए । अन्तत ति हाकिमले त्यो युवकलाई एग्रिमेन्ट पेपरमा हस्ताक्षर गर्न भने । युवकले शर्मका साथ जवाफ दियो, “मलाई हस्ताक्षर गर्न आउँदैन ! मैले पढे लेखेको छैन !” यो कुरा सुन्ने वित्तिकै ति हाकिमको अनुहारको भाव नै बद्लियो । उनले रुखो पारामा भने, “हामीकहाँ सबै पढे लेखेका र शिक्षित मात्र छन् ! तिमी अनपढको यहाँ के काम ! तिमीलाई यहाँ राख्न सकिन्न, तिमी जान सक्छौ !” युवक निकै दुखित हुदै त्यहाँबाट निस्कियो ।


उसलाई १० किलो मिटर यात्रा गर्दै घर फिर्ता जानुथियो । ऊ बाटोमा जादैगर्दा टुक्रिएका उसका सपनाहरुका निम्ति आफु र आफ्नो नियतीलाई धिकार्दै थियो । ऊ हिड्दै गर्दा उसले एक जना मानिसले ठेलामा टमाटर बेचिरहेको देख्यो । ऊ एकछिन अड्डियो र गोजी छाम्यो । गोजीमा २०० रुपैया थियो ! उसले त्यो २०० को टमाटर किन्यो । ऊ बस वा अटो चढेन बरु हिड्दै टमाटर बेच्न थाल्यो । ऊ हिडेर घर पुगुञ्जेल उसले सबै टमाटरहरु बेचिसकेको थियो । त्यत्तिमात्र नभई त्यो दिन उसले १०० रुपैया मुनाफा पनि गरेको थियो । अब उसँग जम्माजम्मी ३०० रुपैया थियो । उसले भोलीपल्ट त्यो पैसा फेरी अर्को कुरामा लगानी ग¥यो । त्यहाँबाट ऊ फेरी राम्रै मुनाफा गर्न सफल भयो । यसरी निरन्तर अथक परिश्रम र समर्पणताका कारण केही वर्षमा नै ऊ देशकै एक धनी र प्रतिष्ठीत व्यापारी बन्न सफल भयो ।


एकदिन एक व्यक्ति उसकहाँ विमा गर्न प्रस्ताव लिएर आए । अन्ततः विमाका कागजातहरु तयार भइसकेपछि ति विमाका हाकिमले तिनलाई हस्ताक्षर गर्न भने । तिनले जवाफ दिए, “मलाई हस्ताक्षर गर्न आउँदैन ! मैले पढे लेखेको छैन !” ति विमाका हाकिम चकित हुदै भने, “तपाई अनपढ भएर पनि देशकै एक प्रतिष्ठित व्यापारी बन्न सफल हुनुभयो ! तपाई शिक्षित भएको भए झन् के बन्नुहुन्थ्यो होला ?” ति व्यापारीले बडो सालिनताका साथ जवाफ दिए , “तपाईको कार्यालयको सेक्यूरिटी गार्ड !

तपाई तबसम्म पराजित व्यक्ति हुनुहुन्न जब सम्म तपाई आफुलाई पराजित मान्नुहुन्न । असफलताबाट पराजित नभई अर्को विकल्प खोजेर निरन्तर त्यसैमा समर्पणता र सँकल्पका साथ परिश्रम गरेमा सफलता प्राप्त गर्न सकिन्छ । तपाई त एक हुनुहुन्छ तर तपाईका लागि सफलताका विकल्पहरु भने हजारौं रहेका छन् । बस आवस्यकता छ त तपाईको जुनुन् र सँकल्पको !

सम्बन्धित भिडियो.........