Showing posts with label रोचक तथ्यहरु. Show all posts
Showing posts with label रोचक तथ्यहरु. Show all posts

Friday, June 28, 2019

इतिहासका १० सबैभन्दा क्रुर शासकहरु ! लाखौंको हत्या गर्ने शासकहरु ! (भिडियो सहित)

इतिहासमा मानिसहरुले अति नै क्रुर, सन्की र निर्दयी शासकहरु देखेका थिए । यस्ता शासकहरु पनि थिए जसले क्रुरताको हद नै पार गरेका थिए । तिनीहरुको आतँक दुनिया भरीमा नै थियो । तिनीहरुको नाउ सुन्ने वित्तिकै मानिसका मुटुहरु काम्न थाल्दथे । एक, दुई वा सयौ मात्र नभई लाखौ मानिसहरुको हत्या गर्ने शासकहरु पनि अस्तित्वमा थिए । तिनीहरुमा मानवता, दया वा जीवनको महत्व भन्ने केही पनि थिएन । 

१०) इदी अमिन

यूगाण्डाका यि तानाशाहलाई यूगाण्डाका सबैभन्दा क्रुर तानाशाह रुपमा लिइन्छ । कतिले उनलाई दानवको सँज्ञा दिने गर्दछन् । उनले ७० को दशकमा यूगाण्डामा शासन गरेका थिए । इदी अमिनले मानवता भन्ने कुरा नै विर्सिसकेका थिए । इदी अमिनले आफ्नो शासनकालमा ३ लाखभन्दा बढि मानिसहरुको हत्या गरेको अनुमान लगाइएको छ । उनले अधिकाँशलाई जिउदै खाल्डाहरुमा पुरेर मारेका थिए । भनिन्छ उनले मान्छेका मासुहरु पनि खाने गर्दथे । उनको फ्रिजबाट मान्छेका विभिन्न काटिएका अङ्गहरु पनि पत्ता लगाइएका थिए । इदी अमिनलाई मानव इतिहासकै एक निर्दयी शासकहरुमध्ये एक मानिन्छ । उनलाई “अफ्रिकाको कसाही” र “अफ्रिकाको पागल” जस्ता उपनामहरुबाट पनि चिनिने गरिन्छ । उनको मृत्यु सन् २००३ मा शाउदी अरेवियामा भएको थियो ।

९) सद्धाम हुसेन

सद्धाम हुसेन मानव इतिहासकै सबैभन्दा क्रुर शासकहरुमध्ये एक हुन् । सद्धाम हुसेन बाल्यावस्थादेखि नै निर्दयी थिए । सद्धाम इराक देशका एक तानाशाह थिए जसले सन् १९७९ देखि २००३ सम्म शासन गरेका थिए । सद्धाम हुसेनले आफ्नो स्वार्थका लागि रासायनिक हतियारहरुको प्रयोग गरेर लाखौं निर्दोष मानिसहरुको ज्यान लिएका थिए । उनले थुप्रै कुर्द जातिका मानिसहरुको नरसँहार गरेका थिए । एक अध्ययनका अनुसार सद्धाम हुसेनले आफ्नो शासनकालमा इराकका २० लाखभन्दा बढि मानिसहरुलाई मारेका थिए । एक पटक उनी दुजेल नामक शहरमा गएका थिए । त्यो बेलामा केही लडाकाहरुले उनीमाथि आक्रमण गरे । उनी जसोतसो त्यो आक्रमणबाट उम्कन सफल भए । त्यसपछि उनले आफ्ना सैनिकहरुलाई आज्ञा दिएर त्यो शहरमा भएका प्रत्येक बालबालिका, महिला, वृद्धबृद्धा र पुरुषहरु सबैको हत्या गरेका थिए । सद्धाम हुसेनलाई अमेरिकाले सन् २००६ मा मृत्युदण्ड दिएको थियो ।

८) जोसेफ स्टालिन

स्टालिनले सोभियत यूनियनमा सन् १९२२ देखि १९५३ सम्म शासन गरेका थिए । कतिपयले उनलाई इतिहासकै सबैभन्दा क्रुर तानाशाहको रुपमा लिने गर्दछन् । उनको विरुद्धमा बोल्ने जो कोहीलाई पनि दर्दनाक तरिकामा मार्ने गरिन्थ्यो । स्टालिन २० वर्षे शासनको दौरानमा लाखौ किसान र मजदुरहरु मारिए भने कयौं भोकमरीका कारण पनि मरे । उनले एक कृतिम अनिकालको वातावरण सृजना गरेका थिए जसका कारण ६० लाखभन्दा बढि मानिसहरुको मृत्यु भएको थियो । स्टालिनले एक पटक यसो भनेका थिए, “मृत्यु नै सबै समस्याको समाधान हो । मान्छे छैन—समस्या पनि छैन ।” एक इतिहासकार रोय एलेक मेदभेदेवका अनुसार स्टालिनले आफ्नो शासनकालको दौरानमा आफ्नै देशका २ करोडभन्दा बढि मानिसहरुलाई मार्न लगाएका थिए । अचम्मलाग्दो कुरा यि सबैका बावजुद उनी सन् १९४५ र १९४८ मा गरि २ पटक नोवेल शान्ति पुरुस्कारका लागि मनोनित भएका थिए ।

७) माओ जेदोङ्ग 

चिनका यि तानाशाहको क्रुरताको सामुन्ने स्टालिनको क्रुरताको पनि सानो देखिन्छ । माओले चिनमा सन् १९४९ देखि १९७६ सम्म शासन गरेका थिए । उनले चिनलाई विश्वको सुपर पावर बनाउनका लागि विभिन्न नितिहरु अवलम्वन गरे । उनको नितिको विरोध गर्नेहरुलाई उनले क्रुरतापुर्वक मृत्युदण्ड दिन्थे । उनको नितिको विरोध गर्नेहरुमाथि डोजर चलाईन्थ्यो । उनले हजारौ मानिसहरुमाथि एकै पकै पटक डोजर चढाएर पनि मारेका थिए । उनी चिनलाई आधुनिकिकरण गर्ने व्यक्तिको रुपमा चिनिने भएतापनि उनका नितिहरुका कारण थुप्रै मानिसहरु चिनको इतिहासमा सबैभन्दा नराम्रोसँग अनिकाल र नरसँहारको सिकार भए । एक अनुमानका अनुसार उनको शासनको दौरान चिनमा भोकमरी र नरसँहारबाट ४ करोडभन्दा बढि मानिसहरु मारिएका थिए ।

६) राजा लियोपोल्ड दृतिय 

उनी बेल्जीयमका देशका राजा थिए । राजा लियोपार्डले कङ्गो देशलाई अन्य देशहरुबाट स्वतन्त्र बनाएका थिए । तर उनले पछि गएर कङ्गोमा ठुलो आतङ्क फैलाए । राजा लियोपार्डले कङ्गोका मानिसहरुलाई जवरजस्ती आफ्ना कम्पनीहरुमा काम गर्न लगाए । मानिसहरुमाथि अत्याचार गरे र अनिकालको बातावरण सृजना गरे । यसका कारण थुप्रै मानिसहरु मरे । उनका मानिसहरुले स्थानियहरुलाई अपहरण गरेर जङ्गलहरुमा काम गर्न लगाउथे । राजा लियोपार्डले आफ्ना सेनाहरुलाई जनावरहरु वा अन्य कुनै कुरामा गोली चलाएर गोलीहरु बर्वाद नगर्न बरु ति गोलीहरु अटेरीहरुमाथि चलाउन आज्ञा दिएका थिए । अनुमानका अनुसार राजा लियोपार्ड दृतियको शासनका दौरान कङ्गोमा करिब ४० लाख देखि १ करोड मानिसहरुको हत्या भएको थियो ।

५) जङ्गीज खान

जङ्गीज खान विश्वकै एक भयानक क्रुर तानाशाह थिए । उनी मङ्गोल साम्राज्यका संस्थापक थिए । उनको साम्राज्य मध्य एशियामा फैलिएको थियो । उनी जहाँ जान्थे त्यहाँ रगतको खोला बग्ने गर्दथ्यो । उनले सन् १२०६ देखि १२२७ सम्म शासन गरेका थिए । आफ्नो शासनको दौरान उनले ४ करोडभन्दा बढि मानिसहरुको हत्या गरेका थिए । उनको समयको जनसँख्याको २० प्रतिशत जनसँख्यालाई उनले सखाप पारेका थिए । उनले एक पटक एकै पटकमा ७ लाख मानिसहरुको हत्या गराइदिएका थिए । जङ्गीज खानका सिपाहीहरु अति नै निर्मम थिए । उनीहरु घोडाको रगतहरु पिउने गर्दथे । जङ्गीज खानले निकै निर्मम तरिकामा मानिसहरु मार्ने गर्दथे । कुनै देश वा शहरलाई आक्रमण गर्दा उनको उद्धेश्य त्यहाँका प्रत्येक व्यक्तिलाई मारेर त्यो शहर लुट्ने हुन्थ्यो । उनले बालबालिका, महिला, वृद्धवृद्धा कसैलाई पनि जिउदो छोड्दैनथे । उनले आक्रमण गरेका सहरहरु पुर्णरुपमा नाश गरिदिने गर्दथे । जङ्गीज खानको नाम त्यो समयमा आतङ्कको सबैभन्दा ठुलो नाम थियो ।

४) अटिला द हुन

अटिला हुन जातिको निकै क्रुर शासक थिए । उनले सन् ४३४ देखि ३५३ सम्म शासन गरेका थिए । उनलाई इतिहासकै एक निर्दयी शासकको रुपमा लिइन्छ । अटिला एक मात्र यस्तो व्यक्ति थिए जससँग रोमी साम्राज्य पनि डराउने गर्दथ्यो । उनले आफ्नो साम्राज्य विस्तारका लागि शहरहरु लुटे, विध्वँश मच्चाए, लाखौको निर्मम तरिकामा हत्या गरे । कुनै समयमा उनको साम्राज्य रुस, बाल्कन, यूक्रेन, जर्मनी, इटलीको केही हिस्सा र अन्य देशहरुमा फैलिएको थियो । अटिलाले रोम शहरलाई कव्जा गर्न धेरै कोशिष गरेतापनि उनी त्यसमा असफल नै रहे । उनले कति मानिसहरुको हत्या गरे भन्ने तथ्याङ्क नभएतापनि त्यो सँख्या लाखौंमा हुनसक्ने कुरा अनुमान लगाइएको छ ।

३) भ्लाद द इम्प्यालर

उनको वाल्यावस्था निकै कष्टकर थियो । उनी सानो छदा अटोमन साम्राज्यको सुल्तान मुराद दृतियले उनलाई १४४२ मा कैदी बनाएर राखेका थिए । उनी त्यहाँबाट छुटे । त्यो विचमा उनको बुवाको हत्या भइसकेको उनलाई थाहा भयो । पछि गएर भ्लाद वालेचियाको राजकुमार भए । त्यसपछि उनले अटोमन साम्राज्यको विरुद्धमा ठुलो आन्दोलन सुरु गरे । उनले सामुहिक नरसँहार गर्ने जस्ता कार्यहरु सुरु गरे । उनले मानिसहरुका छाला तानेर मार्ने गर्दथे । जिउदै जलाइदिने, पुरिदिने, सार्वजनिक ठाउँमा टाउको काट्ने वा फासीमा जढाउने जस्ता क्रुर काम गरेका थिए । उनका शत्रुहरु तडपिएको उनलाई साह्रै मन पर्दथ्यो । तर उनलाई छुरी रोपेर मार्न भने निकै मज्जा आउदथ्यो । त्यसकारणले नै उनलाई इम्प्यालर भन्ने गरिन्छ । उनको जीवनमा करिब उनी आफैले मात्र ४० हजार जनालाई छुरी रोपेर मारेका थिए । उनको शासनकालमा लाखौ मानिसहरुको हत्या भएको थियो ।

२) एडोल्फ हिटलर

हिटलरलाई एक सन्की र क्रुर तानाशाहको रुपमा लिइन्छ । उनले जर्मनमा एक तानाशाहको रुपमा सन् १९३३ देखि १९४५ सम्म शासन गरेका थिए । उनको ह्दयमा यहूदी जातिप्रति ठुलो घृणा थियो । दोस्रो विश्व युद्ध हुनुको पहिलो कारण हिटलर नै थिए । उनले १९४२ मा लाखौं मानिसहरुको हत्या गरे र यूरोपको ठुलो हिस्सा र उत्तरी अफ्रिकाको ठुलो हिस्सामा कव्जा गरे । उनको ठुलो आक्रोस विशेषगरी यहूदीहरुको विरुद्धमा थियो । उनले यहूदी जातिलाई समाप्त पार्ने पुरा योजना बनाएर त्यसमा लागेका थिए । उनको यो पागलपनका कारण दोस्रो विश्वयुद्धको दौरान करिब ५ करोड मानिसहरुले ज्यान गुमाए । उनले यहूदीहरुलाई मार्नका लागि विभिन्न ठाउँहरु निर्धारण गरेका थिए । मानिसहरुलाई ग्यास च्याम्बरमा हुलेर ग्याँस छोडेर सामुहिक नरसँहा गर्ने गर्दथे । उनले जर्मन र यूरोपमा निकै रक्तपात मच्चाएका थिए । अन्ततः दोस्रो विश्वयुद्धतका उनको सेनाले पराजय भोग्न थालेपछि उनले आत्महत्या गरे ।

१) टाइमुर महान्

टर्कीका यि शासक एडोल्फ हिटलरभन्दा पनि बढी क्रुर थिए । टाइमूर आफु जँगिज खानको वँशज भएको विश्वास गर्दथे । त्यसैकारण उनले उनका पुर्खाहरुको राज्य पुनस्र्थापना गर्ने कोशिष गरे । टाइमुरमा जम्माजम्मी ४० वर्ष शासन गरे र उनको यो लामो शासनकालको दौरानमा उनले आफ्नो साम्राज्यलाई रसिया देखि भुमध्यसागरको क्षेत्र र भारतसम्मै पु¥याए । टाइमूर इस्लाम धर्मप्रति समर्पित व्यक्ति थिए । उनको इच्छा पुरै दुनियामा इस्लाम फैलाउने रहेको थियो । टाइमूर निकै निर्मम शासक थिए । उनले मानिसहरुका छाला उधाड्न लगाउथे । एक पटक उनी इराकमा छदा एक पटकमा १ लाख मानिसहरुको टाउको काट्न लगाए र तिनीहरुका सडिरहेका खप्परहरुबाट १०० वटा टावरहरु निर्माण गरे । उनले जहाँ आक्रमण गर्थे त्यहाँ सकेसम्म सबैलाई मार्ने कोशिष गर्थे । विश्व भरी नै टाइमूरको नाउँको आतँक थियो । टाइमूरलाई भारतमा मुगोल वँशका पुर्खा मानिन्छ ।

सम्बन्धित भिडियो............
To Subscribe my channel: 
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg/featured?view_as=subscriber

Monday, June 24, 2019

विश्वका सात आश्चर्यहरु ! (भिडियो सहित)

के तपाईलाई थाहा छ प्राचिन विश्वमा पनि ७ वटा आश्चर्यहरु निर्धारण गरिएका थिए ? प्राचिन विश्वका ७ आश्चर्यहरु दोस्रो शताव्दी इसापुर्वमा ग्रिकहरुले तयार गरेका थिए । ति सात आश्चर्यहरु यस प्रकार छन्ः
        १) गिजाको महान् पिरामिड
        २) बेविलोनको ह्याङ्गिङ गार्डेन
        ३) ओलम्पियाको जिउसको मुर्ति
        ४) आर्तेमिसको मन्दिर
        ५) माउसोलसको चिहान
        ६) कोलोसुस अफ रोडेस
        ७) लाइट हाउस अफ अलेक्जेन्ड्रिया
अहिले यि मध्ये केवल ग्रेट पिरामिड अफ गिजाको मात्र अस्तित्वमा रहेको छ । बाँकी सबै नष्ट भइसकेका छन् ।
कसरी निर्धारण गरीयो ७ आश्चर्यहरु
नयाँ ७ आश्चर्यहरु छानिनुपर्छ भन्ने महसुस भएपछि सन् २००० मा विश्वका सबै देशहरुले न्यु सेवेन वन्डर फाउँडेसन को स्थापना गरे । उक्त फाउण्डेसनले क्यानडामा एउटा ठाउँ निर्धारण ग¥यो जहाँ विश्वका २०० वटा कलाकृतिहरुको सुचि थियो । ७ आश्चर्यहरु छान्नका लागि मतदान गर्न सुरु गरियो र मानिसहरुले ति २०० मध्ये केवल ७ वटाको मात्र छनौठ गर्नुपर्ने थियो । मानिसहरुले प्रत्येक्षरुपमा, म्यासेजबाट या इन्टरनेटको माध्यमबाट छनौठ गर्न सक्थे । यो भोटिङ्गमा १ अरबभन्दा बढि मानिसहरु सहभागि भएका थिए । यो मतदान २००७ सम्म चलिरह्यो । अन्त्यमा ७ जुलाई २००७ मा सार्वजनिक गरियो र विश्वका नयाँ ७ आश्चर्यहरु तय गरियो । मिश्रको गिजा पिरामिड छनौठ सुचिमा नपरेतापनि त्यसलाई सम्मान स्वरुप सुचिमा समावेश गरियो । विश्वका सात आश्चर्यहरु यस प्रकार रहेका छन्ः

सबैको बारेमा जानकारी
१) ताजमहल

ताजमहल भारतको आगरा जिल्लामा अवस्थित छ । यो अति नै सुन्दर फारसी, टर्की, भारतिय र इस्लामिक कलाको धरोहर हो । ताजमहल निर्माण हुनुको पछाडी रोचक कथा रहेको छ । ताज महललाई प्रेमको निशानी मानिन्छ । ताज महललाई मुगोल सम्राट शाहजहाले आफ्नी रानी मुमताजको यादमा बनाएका थिए । मुमताजको असामयिक निधन भएपछि शाहजहाले उनको चिहानका लागि ताजमहल बनाएका थिए । त्यसकारण ताजमहललाई हामी एक चिहान पनि भन्न सक्छौ । शाहजहाले ताजमहलको निर्माणकार्य सन् १६३० मा सुरु गरेका थिए र यो निर्माण हुन २२ वर्ष लागेको थियो । ताज महल निर्माणमा २०,००० जना मजदुरहरुले काम गरेका थिए । भनिन्छ ताजमहल तयार भइसकेपछि शाहजहाले अर्को कुनै ताजमहल नबनोस् भनेर त्यहाँ काम गर्ने सबै मजदुरहरुको हात काटिदिएका थिए । यो भवन अति नै मनमोहक रहेको छ । ताज महल भारतको सबैभन्दा ठुलो पर्यटकिय आकर्षणको केन्द्र हो । 

२) क्राइष्ट दि रिडिमर

क्राइष्ट दि रिडिमर ब्राजिलको रियो दि जेनेरियोमा अवस्थित जिजस क्राइष्टको भव्य मुर्ति हो । यो विश्वकै तेस्रो अग्लो मुर्ति हो । यसको जम्मा उचाई १६१ फिट रहेको छ । यसको तौल ६३५ टन रहेको छ । यो तिजुका राष्ट्रिय निकुञ्जको कार्कोवाडो पर्वतमा अवस्थित छ । यो मुर्तिको निर्माण सन् १९२२ देखि १९३१ को विचमा गरिएको थियो । यो मुर्ति बनाउनमा ब्राजिका क्याथोलिक इसाईहरुको भुमिका रहेको छ । उनीहरुले जिजस क्राइष्टको मुर्ति बनाउनका लागि ब्राजिलका मानिसहरुलाई दान दिन आग्रह गरे । दान सँकलन गरिसकेपछि उनीहरुले क्राइष्ट दि रिडिमरको मुर्ति बनाउन सुरु गरे । उनीहरुलाई यो मुर्ति बनाउन ९ वर्ष लागेको थियो । यसका लागि उनीहरुले त्यो समयमा २ लाख ५० हजार अमेरिकी डलर लगानी गरेका थिए । अहिलेको सन्दर्भमा यो रकम करिब ४ लाख अमेरिकी डरलरभन्दा बढि हुनजान्छ । यो मुर्तिलाई शान्तिको प्रतिक मानिन्छ । जिजस क्राइष्टले दुवै हातहरु फैलाएको आकृतिमा बनाइएको यो मुर्ति ब्राजिलको सबैभन्दा ठुलो पर्यटकिय क्षेत्र हो । यो ब्राजिल र ख्रीष्टियन धर्मको पहिचान पनि हो । चराहरु बसेर मुर्तिलाई प्रदुसित नगरुन् भनेर यो मुर्तिको टाउकोमा किल्लाहरु लगाइएको छ ।

३) कोलोसियम

कोलोसियम इटली देशको राजधानी रोममा रहेको छ । यो प्राचिन रोमी साम्राज्यको निशानी हो । यो एक रँगशाला हो । यसको निर्माण सन् ७० मा रोमी सम्राट भेस्पासिएनद्धारा सुरु गरिएको थियो भने यसको निर्माण कार्य पुरा गर्ने काम सम्राट टाइटसले सन् ८० मा गरेका थिए । यो भवनलाई ल्याटिन भाषामा एम्फीथियटर्म फ्लेवियम् भन्ने गरिन्थो । यो रँगशाला क्षमता ५०,००० हजार मानिसहरु एकसाथ बस्ने थियो । यो रँगशाला निर्माणको पछाडी कालो र दर्दनाक इतिहास रहेको छ । भेस्पासियनले यो रँगशाला रक्तपातपुर्ण खेलहरु हेर्नका लागि बनाएका थिए । मृत्युदण्ड पाएका मानिसहरु र दासहरुलाई यो रँगशाला ल्याइन्थ्यो र जङ्गली जनावरहरुसँग लड्न लगाइन्थ्यो । ति मानिसहरु दर्दनाक मृत्यु मर्दथे । त्यो दृश्य हेर्न प्रत्येक दिन कोलोसियममा धेरै रोमीहरु आएका हुन्थे र उनीहरु त्यो खेलको मजा लिने गर्दथे । साथै यसमा जनावरहरुलाई पनि लडाउने गरिन्थ्यो । ग्लेडियटर्सहरु बाघसँग लड्ने गर्दथे । एक आकँडा अनुसार कोलोसियममा करिब ५ मानिसहरु मारिएका थिए । आज कोलोसिय सुरुको अवस्थामा जस्तो छैन । यो पुरानो भइसकेको छ र यसका इट्टाहरु पनि चोरी भइसकेका छन् । तर यसको अवशेषलाई उचित व्यवस्थापन गरेर पर्यटकहरुका लागि खुला राखिएको छ । कोलोसियम रोमी साम्राज्यको एक प्रतिक हो ।

४) चिनको महान् पर्खाल (ग्रेट वाल अफ चाइना)

चिनको महान् पर्खाल पृथ्वीमै मानव निर्मित सबैभन्दा लामो सँरचना हो । यो अन्तरिक्षबाट देख्न सकिने एकमात्र मानव निर्मित सँरचना हो । यो पर्खाल ८ हजार ८ सय ५० किलो मिटर लामो रहेको छ । यो पर्खाल निर्माण गर्न जम्माजम्मी २००० वर्षको समय लागेको थियो । मङ्गोलिया र यूरोपका आक्रमणकारीहरुबाट बच्नका लागि चिनका विभिन्न शासकहरुले यो पर्खाल निर्माण गरेका थिए । एक अनुमान्का अनुसार यो पर्खाल निर्माणमा करिब २० देखि ३० लाख मजदुरहरुले काम गरेका थिए । यो पर्खाल ढुङ्गा र माटोको सँयोजनबाट बनाइएको छ । चिनका विभिन्न शासकहरुले विभिन्न समयमा यो पर्खाललाई मर्मत गर्दै र विस्तार गर्दै आएका थिए । यो पर्खाललाई सन् १९८७ मा विश्व सम्पदा सुचिमा समावेश गरिएको थियो । यो पर्खाल चिनको एक प्रतिक हो र साथै चिनको सबैभन्दा ठुलो पर्यटकिय आकर्षण हो ।

५) माचू पिचू

यो पेरु देशमा अवस्थित एक इतिहासिक नगर हो । यो इँका सभ्यताको निशानी हो । माचू पिचू नाउँको अर्थ “प्राचिन टाकुरो” भन्ने हुन्छ । यो समुद्र तटबाट २४३० मिटर माथि उरुबाम्बा नदिको छेऊमा अवस्थित पर्वतमा रहेको छ । इँका पेरुमा भएको एक साम्राज्य थियो । उनीहरुले यो शहरलाई उनीहरुको राजधानीको रुपमा सन् १४३० तिर निर्माण गरेका थिए । तर यसको निर्माणको १०० वर्षपछि स्पेनिसहरुले आक्रमण गरेपछि भने इँकाहरुले यो नगर यत्तिकै छोडेर गए । इँकाहरुलाई आक्रमण गरेतापनि स्पेनिसहरुले यो शहर लुटेका थिएनन् । त्यसकारण यो शहरमा इँकाहरुको सँस्कृति झल्काउने थुपै्र कुराहरु थिए । त्यसकारण पेरु सरकारले यसलाई सन् १९८१ मा साँस्कृतिक धरोहर घोषणा ग¥यो । सन् १९८३ मा यो यूनेस्को सम्पदा सुचिमा पर्न सफल भयो । यो स्थलमा घरहरु, मन्दिर र एक पुरै नगरहरु पर्दछन् । सँरचना निर्माणका लागि ढुङ्गाहरुको प्रयोग गरिएको छ । ७ जूलाई २००७ मा विश्वका ७ आश्चर्यहरुमा परेपछि भने यसको प्रशिद्धी झनै बढेर गयो ।

६) चीचेन इट्जा पिरामिड

संसारकै सात आश्चर्यहरुमध्ये यो पहिलो आश्चर्य हो । यो मेक्सीको देशमा रहेको छ । यो प्राचिन माया सभ्यताको निसानी हो । माया सभ्यता प्राचिन र एक विकसित सभ्यता मानिन्छ । “चीचेन इट्जा” माया भाषाको नाउँ हो र यसको अर्थ “इट्जा कुवाको मुहाननिर” भन्ने हुन्छ । यो पिरामिडको माथि जानका लागि चारैतिर सिडीहरु बनाइएका छन् । प्रत्येक सिडीमा ७९ खुडकिलाहरु रहेका छन् । ति प्रत्येक खुड्किलाहरुले वर्षको १ दिनलाई जनाउँदछ । यसरी जम्माजम्मी ३६४ दिन हुनजान्छ र माथि निर्मित मन्दिरले १ दिनलाई जनाउँछ । यसरी ३६५ हुन्छ जो वर्षको प्रत्येक दिनलाई जनाउँछ । यो पिरामिड ७९ फिट अग्लो रहेको छ । यसको माथिल्लो भागमा एउटा मन्दिर रहेको छ । उक्त मन्दिरलाई “अल कस्टिलो” भन्ने गरिन्छ । चिचेन इट्जा पिरामिडलाई माया सम्भताले छोडेको छापको रुपमा लिइन्छ ।

७) पेट्रा

यो जोर्डन देशमा अवस्थित एक यस्तो एतिहासिक नगर हो जो एक पहाडमा बनेको छ । पेट्रा नाउँ ग्रिक भाषाको नाउँ पेटाबाट आएको हो जसको अर्थ ढुङ्गा भन्ने हुन्छ । यो पहाडहरुमा ढुङ्गाहरु खोपेर बनाइएको छ । यो नगरलाई छैठौ शताव्दी इसापुर्वमा नबातीहरुले बनाएइ सिद्धयाएका थिए । यो पानी नपाईने पर्वतमा बनेको छ । यस नगरका मानिसहरुले वर्षाको पानीलाई जम्मा गरेर राख्दथे र वर्षभरी त्यही पानी प्रयोग गर्ने गर्देथे । यो शहरको जनसँख्या करिब ३०,००० थियो भन्ने अनुमान लगाइएको छ । तर यो शहरको निर्माणकार्य १२०० इसापुर्वमा सुरु भएको मानिन्छ । यो शहर प्राचिन समयमा ग्रिस देश र एशियाको विचमा व्यापारमार्गमा पर्ने गर्दथ्यो । पेट्रा नगरमा जानका लागि सुख्खा पहाडको बाटो भएर जानुपर्ने हुन्छ । यसलाई हराएको शहर पनि भन्ने गरिन्छ । यो नगर पहाडमा खोपेर बनाइएका सँरचनाहरुका कारण प्रख्यात रहेको छ । भुकँपको कारण पेट्रा नगरका अधिँकाश भवनहरु जिर्ण भइसकेका छन् । यो युनेष्कोको विश्व सम्पदा सुचिमा परेको छ । जोर्डनको सबैभन्दा ठुलो पर्यटकिय नगरमा पर्ने गर्दछ । 

सम्बन्धित भिडियो..........

To Subscribe my channel:
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg

Saturday, June 8, 2019

के विक्रम् सम्वत् नेपाली पात्रो हो ? के यो नेपालमा सुरु भएको थियो ? (भिडियो सहित)

विश्वमा सबैभन्दा प्रचलित क्यालेण्डर इस्वी सम्वत् हो । समस्त विश्वमा यो क्यालेण्डर प्रयोग हुन्छ । धेरै देशमा यो क्यालेण्डरलाई आधिकारिक क्यालेण्डरको मान्यता दिइएको छ । इस्वी सम्वत् क्यालेण्डरलाई ग्रेगोरियन क्यालेण्डर पनि भनिन्छ । यो क्यालेण्डर जिजस क्राइष्टको जन्म मितिलाई केन्द्रमा राखेर सुरुवात गरिएको थियो । विक्रम् सम्वत् क्यालेण्डर इस्वी सम्वत्भन्दा ५७ वर्ष अगाडी रहेको छ । तर नेपालमा भने आधिकारिक रुपमा विक्रम सम्वत् क्योलेण्डर प्रयोग हुदै आएको छ । नेपालमा सरकारी कामकाज र तिथिमिति निर्धारणका कुराहरुमा विक्रम् सम्वत् क्यालेण्डरलाई नै प्रयोग गरिन्छ । नेपालमा विक्रम् सम्वत् एकमात्र निर्विवाद क्यालेण्डर हो भन्दा फरक नपर्ला ।

यो क्यालेण्डर कसरी सुरु भएको थियो ? यो क्यालेण्डर कसले सुरु गरेका थिए ? के यो क्यालेण्डरको सुरुवात नेपालमा भएको थियो ? कसको नाउँमा सुरु गरिएको थियो यो क्यालेण्डर ? यि र यस्तै रोचक प्रश्नहरुको जवाफ यो भिडियोमा दिने कोशिष् गरिनेछ । भिडियोलाई अन्त्यसम्मै हेर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु । र साथै यस्तै प्रकारका रोचक, ज्ञानवर्दक र जानकारीमुलक भिडियोहरु हेर्नका लागि मेरो यो च्यानललाई सवस्क्राइव गर्न र छेऊमा भएको घण्टीको चिन्हलाई दबाउन पनि अनुरोध गर्दछु ।

यसका विशेषताहरु
इस्वी सम्वत् क्यालेण्डर सुर्यमा मात्र आधारित क्यालेण्डर हो भने विक्रम् सम्वत् सुर्य र चन्द्रमा दुवैमा आधारित क्यालेण्डर हो । त्यसकारण पनि विक्रम् सम्वत्लाई निकै वैज्ञानिक क्यालेण्डर मानिन्छ । इस्वी सम्वत्मा झै यसमा पनि ३६५ दिनको नै एक वर्ष हुनेगर्दछ । यो क्यालेण्डरमा पनि १२ महिनाको एक वर्ष र ३० दिनको एक महिना हुने गर्दछ ।

विक्रम् सम्वत् क्यालेण्डरको सुरुवात्
विक्रम् सम्वत् क्यालेण्डरको इतिहास जान्नका लागि हामीले भारतको इतिहासलाई हेर्नुपर्ने हुन्छ । विक्रम् सम्वत् एक इतिहासिक भारतिय राजा र उनको राज्यसँग सम्बन्धित रहेको छ । ईसा पुर्व ७० तिर भारतभरी नै मध्यपुर्वको क्षेत्रबाट आएका शक जातिका राजाहरुले शासन गरिरहेका थिए । उनीहरुले भारतमा निकै निरँकुश तरिकामा शासन गरिरहेका थिए । त्यसै समयमा ईसा पुर्वको ५० औ शताव्दीमा चन्द्रगुप्त वँशका विक्रमादित्यले सेना लिएर उज्जैनमा शकहरुमाथि आक्रमण गरे । उनले शक राजालाई पराजित गरे । उनले उक्त साम्राज्यको शासन हातमा लिए । उनको साम्राज्यलाई मालावा साम्राज्य भनिन्थ्यो । त्यसै समयमा उनले आफैलाई उक्त साम्राज्यको नयाँ सम्राट घोषणा गरे । उनलाई विक्रमादित्यको उपाधी दिईयो । विक्रमादित्य ति राजाको नाउँ थिएन तर यो उनलाई दिइएको एक उपाधी थियो । ति राजाको नाउँ के थियो भन्ने कुरा अज्ञात रहेको छ । विक्रमादित्यले शकहरुलाई हराएको दिनलाई स्मरण गर्नका लागि नयाँ क्यालेण्डरको सुरुवात गर्ने विचार गरे । तर त्यो समयमा कुनै राजाले आफ्नो सम्झनामा क्यालेण्डर सुरु गर्नका लागि आफ्नो समस्त प्रजाको रिणहरु तिर्नुपर्दथ्यो । विक्रमादित्यले प्रजाको रिण चुकाउन राज्यकोषलाई ठुलो धनरासी तिरे र नयाँ क्यालेण्डर सुरु गरे । उक्त क्यालेण्डर सम्राट विक्रमादित्यको नाउँमा विक्रम् सम्वत् भनेर नामाकरण गरियो । यो घट्ना ई.पु ५७ को हो । त्यो समयमा भारतमा शक् क्यालेण्डर पनि प्रचलनमा थियो । साथै विभिन्न क्षेत्रहरुमा बुद्ध र महाविर जैनको नाउँबाट पनि स्थानिय क्यालेण्डरहरु प्रचलनमा थिए । विक्रम् सम्वत् सुरु भएपछि भने यसलाई अत्यधिकरुपमा प्रयोग गर्न थालियो । भारतमा शक र विक्रम् सम्वत् यि दुई क्यालेण्डरलाई इतिहासमा अत्यधिक प्रयोग भएको पाइन्छ । व्रिटिशहरुको शासन सुरु भएपछि भने भारतमा यि क्यालेण्डरहरुको प्रयोग हराएर गयो ।

नेपालमा यसको प्रयोग
स्पष्ट छ विक्रम् सम्वत् क्यालेण्डर नेपालमा सुरु पनि भएको होइन र भौगोलिक र इतिहासिकरुपमा नेपालसँग यसको कुनै प्रत्यक्ष सम्बन्ध छैन । इतिहासलाई नियाल्दा विक्रमादित्यको राज्यले नेपाललाई छोएको पनि थिएन । त्यसकारण भौगोलिकरुपमा हेर्दा विक्रम् सम्वत् नेपालको क्यालेण्डर होइन । नेपालमा कहिलेदेखि यो क्यालेण्डर प्रचलनमा थियो भन्ने कुरा अज्ञात नै रहेको छ । तर यो क्यालेण्डरको बारेमा उल्लेख गरिएको पाण्डुलिपी भने नवौ शताव्दीको पाइएको छ । यसबाट के बुझन सकिन्छ भने नेपालमा यो क्यालेण्डर प्राचिन समयदेखि नै प्रयोग गरिदै आएको थियो । तर विक्रम् सम्वत् मात्र नेपालमा प्रयोग गरिएको एकमात्र क्यालेण्डर भने होइन । नेपालमा नेपाल सम्वत् र शाक्य सम्वत् जस्ता मौलिक र स्थानिय सम्वत्हरुको प्रयोग गरिदै आएको थियो र गरिदैछ । विक्रम् सम्वत्लाई नेपालभरी नै सरकारी आधिकारिक क्यालेण्डरकोरुपमा दर्जा दिने श्रेय भने चन्द्र शमशेर राणालाई जान्छ । उनले विक्रम् सम्वत् १९५८ मा विक्रम् सम्वत्लाई नेपालको आधिकारिक क्यालेण्डरको रुपमा प्रयोगमा ल्याएका थिए र त्यसपछि यो लगातार नेपालको एकमात्र निर्विवाद र आधिकारिक पात्रोको रुपमा प्रयोग भइरहेको छ । तर अपवाद् कस्तो जुन देशमा यो क्यालेण्डर सुरु भएको थियो त्यहाँ यसलाई प्रयोग गरिदैन र यसलाइृ खासै महत्वका साथ हेरिदैन । तर जुन देशसँग न त यो क्यालेण्डरको कुनै भौगोलिक र इतिहासिक महत्व थियो त्यहाँ भने यसले आधिकारिक क्यालेण्डरको दर्जा पाएर व्यापकरुपमा प्रयोग गरिएको छ । यसो किन भयो त भन्ने प्रश्न आउँनसक्छ । यसको जवाफ हो विक्रम् सम्वत् एक हिन्दु क्यालेण्डर हो । यसको सम्बन्ध हिन्दु विश्वाससँग जोडिएको छ । विक्रम् सम्वत्का मितिहरु व्यापकरुपमा हिन्दु पौराणिकतासँग जोडिएका छन् । त्यसकारण यो आयातित क्यालेण्डर भएतापनि नेपालमा व्यापकरुपमा स्विकार गरिएको हो ।

सम्बन्धित भिडियो.........

Wednesday, June 5, 2019

विश्वविजेता अलेक्जेण्डर “महान्” को रोचक जिवनी (भिडियो सहित)

अलेक्जेण्डर महान्को जन्म २० जुलाई ३५६ ईसापुर्वमा प्राचिन ग्रिसको एक राज्य म्यासेडोनियाको पेल्लामा भएको थियो । उनको बुवा म्यासेडोनियाका राजा फिलिप दृतिय थिए भने उनकी आमाको नाउँ ओलम्पीया थियो । उनले सानोमा बुवासँग निकै कम समय विताउने मौका पाएका थिए । उनको बुवा युद्धहरुमा निकै व्यस्त हुने गर्दथे । उनकी आमाले सानैदेखि अलेक्जेण्डरलाई उनी फिलिपका छोरा नभई जिउस देउताका छोरा हुन् भनेर सिकाएकी थिइन् । जिउस देउताले आलम्पियाको पेटमा आकाशबाट चट्टयाङ्ग पारे र त्यो चट्याङ्गबाट अलेक्जेण्डर गर्भमा रहन गएका थिए भन्ने गर्थिन् । पछि गएर अलेक्जेण्डरले आफुलाई फिलिपको छोराको रुपमा ठान्न छोडिसकेका थिए । उनी आफूलाई भगवान जिउसको छोरा मान्ने गर्दथे । फिलिपले अलेक्जेण्डरको शिक्षाका लागि शिक्षकहरु नियुक्त गरेका थिए । उनले ट्रोयको युद्ध नामक पुस्तक पढेका थिए र उनी यसबाट प्रभावित थिए । उनको बुवाआमाले उनलाई सानैदेखि भविष्यको राजाको रुपमा हुर्काएका थिए । उनको बुवा सधै युद्धहरुमा व्यस्त हुने गर्दथे । बुवासँग उनको भेटघाट कमै हुने गर्दथ्यो । उनले बुवालाई एक पटक यसो भनेका थिए, “तपाईले सबै राज्यहरु जित्नुभयो भने मैले के जित्ने ?” 

अलेक्जेण्डर १३ वर्ष हुदा उनलाई शिक्षा दिने काम त्यो बेलाको प्रख्यात दर्शनशास्त्री एरिष्टोटलले गरे । अलेक्जेण्डरले एरिष्टोटलबाट विज्ञान, युद्धकला, चिकित्सा, र होमेर र ट्रोयको युद्ध जस्ता शास्त्रहरु सिकेका थिए । भनिन्छ अलेक्जेण्डरमा विश्व विजय गर्ने सपना पनि एरिष्टोटलले नै छरेका थिए । अलेक्जेण्डरले एरिष्टोटलको बारेमा एक पटक यसो भनेका थिएः “मेरो बुवाले मलाई जीवन दिनुभयो, तर एरिष्टोटलले मलाई असल जीवन दिनुभयो ।” एरिष्टोटलले अलेक्जेण्डरलाई केवल ३ वर्ष मात्र शिक्षा दिएका थिए । अलेक्जेण्डर १३ वर्षको छदा कसैले पनि काबुमा ल्याउन नसकेको घोडालाई काबुमा ल्याएका थिए । उक्त दृष्य देखेर प्रभावित भई उनको बुवा फिलिपले यसो भनेको थिए, “छोरा अलेक्जेण्डर, शासनका लागि तिमीले अर्को कुनै राज्य हेर, तिम्रो लागि म्यासेडोनिया निकै सानो हुनेछ !” अलेक्जेण्डरले काबुमा ल्याएको घोडाको नाउँ बुक्याफोलस थियो । अलेक्जेण्डरले पछि गएर त्यसलाई नै आफ्नो घोडा बनाए । यही घोडामाथि बसेर नै अलेक्जेण्डरले दुनिया जित्ने यात्रा सुरु गरेका थिए । यही घट््नाबाट अलेक्जेण्डरको विजयको यात्रा सुरुवात हुन्छ । अलेक्जेण्डरले उक्त घोडालाई निकै माया गर्दथे । उनले एउटा शहरको नाउँ नै यही घोडाको नाउँबाट बुक्याफुलस राखेका थिए ।

त्यो बेलामा एथेन्स म्यासेडोनियाको सबैभन्दा ठुलो शत्रु थियो । अलेक्जेण्डरले पहिलो युद्ध एथेन्स र  थेव्सको विरुद्धमा च्यारोनियामा लडेका थिए । उक्त युद्धमा राजा फिलिप र राजकुमार अलेक्जेण्डर ३४००० सेनाका साथ थेव्स र एथेनीहरुको विरुद्धमा लडेका थिए । त्यो युद्धमा थेव्सहरु नराम्रोसँग पराजित भए । त्यो युद्ध जितेका कारण म्यासेडोनियाले ग्रिसमाथि अधिपत्य जमाउन सक्यो । त्यसको केही समयपछि फारसीरुसँगको युद्धको तयारीका बेला अलेक्जेण्डर र फिलिपको विचमा मन मुटाव भयो र अलेक्जेण्डर आफ्नी आमासँग म्यासेडोनिया छोडेर एपिरसमा मामाको घरमा गए । करिब एक वर्षपछि अलेक्जेण्डर फेरी म्यासेडोनियामा फर्किएर आए । बाबुछोराको विचमा पुर्नमिलन भयो । त्यसै समय त्यहा विवाह भोज आयोजना गरिएको थियो । त्यही कार्यक्रममा राजा फिलिपलाई उनकै रक्षक पौसानियसले सबैको सामु हत्या गरिदियो । यसरी बुवाको हत्यापछि सिँहासनमा जाने पालो अलेक्जेण्डरको थियो । सेनाको समर्थन लिएर अलेक्जेण्डर १९ वर्षको उमेरमा म्यासेडोनियाका राजा बने । अलेक्जेण्डरले सिँहासनका अन्य दावेदारहरुको हत्या गराइदिए । अलेक्जेण्डर राजा भइसकेपछि फेरी थेव्सहरुसँग युद्ध गरे । यो उनी राजा भएपछिको पहिलो युद्ध थियो । त्यो युद्धमा अलेक्जेण्डरले विजय प्राप्त गरे र ६००० भन्दा बढि थेव्सका सेनाहरुको मृत्यु भयो ।

थेव्सको पराजयले उनलाई ग्रिसभरी विजयको बाटो खोलिदिएको थियो । ग्रिसका सबै राज्यहरुलाई पराजित गरिसकेपछि अलेक्जेण्डर एशिया माइनरतर्फको विजयमा निस्किए । अधिकाँश राज्यले युद्ध नगरिकन नै उनको सामु आत्म समर्पण गरिदिए । अब अलेक्जेण्डरले ठुलो र बलियो साम्राज्यलाई ध्यान दिने बेला आएको थियो । उनले फारसी साम्राज्यको विरुद्ध लडाई गर्ने निर्णय गरे । फारसी साम्राज्य त्यो बेलाको सबैभन्दा ठुलो साम्राज्य थियो । फारसी साम्राज्य अलेक्जेण्डरको राज्यभन्दा ४० गुणा ठुलो थियो । यो साम्राज्य तिन वटा महादेशका विभिन्न भुभागहरुमा फैलिएको थियो । फारसी साम्राज्यसँग तिन लाख सेनाहरु थिए । राजा दारा तृतिय फारसी साम्राज्यको सम्राट थिए । त्यत्रो ठुलो साम्राज्यको विरुद्ध युद्ध गर्नु जोखिमयुक्त निर्णय थियो । तर अलेक्जेण्डरको सपना पुरै दुनियाभरी नै कव्जा गर्नुथियो । ग्रिसका ३७००० सेनाहरु लिएर अलेक्जेण्डर लडाईका लागि ३३४ ईसापुर्वमा इरानतर्फ लागे । ३३३ ईसापुर्वमा अलेक्जेण्डरले फारसी साम्राज्यको विरुद्ध पहिलो युद्ध लडे । यो युद्धमा अलेक्जेण्डरको सानो सेनाले फारसी साम्राज्यको ठुलो सेनालाई पराजित गर्न सफल भयो । 

अलेक्जेण्डरलाई विजय गरेका ठाउँका शहरहरुको नाउँ आफ्नो नाउँबाट राख्न निकै मन पर्दथ्यो । इजिष्टलाई कव्जा गरेपछि उनले एउटा शहर स्थापना गरे र त्यसको नाउँ आफ्नो नाउँबाट अलेक्जिेण्ड्रीया राखे । अलेक्जेण्डर जसरी पनि फारसी साम्राज्यको सम्राट दारालाई युद्धमा मार्न चाहन्थे र पुरै फासरी साम्राज्य कव्जा गर्न चाहन्थे । ३३१ ईसापुर्वमा फेरी अलेक्जेण्डर र दाराको विचमा गाउगामेलामा दोस्रो युद्ध भयोः दारा फेरी भाग्न सफल भए । फारसी साम्राज्यलाई अलेक्जेण्डरले दुई पटक पराजित गरिसकेका थिए । तर सम्राट दारा भने अझै जिवितै थिए । अलेक्जेण्डर तेस्रो पटक राजा दारालाई आक्रमण गर्नका लागि निस्किए । यो खबर सुनेर दाराका सेनाहरुले फेरी अलेक्जेण्डरसँग युद्ध नहोस् भनेर राजा दारालाई मारे र अलेक्जेण्डर आउदै गरेको बाटोमा छोडिदिए । यसरी अलेक्जेण्डरले त्यो बेलाको सबैभन्दा विशाल र शक्तिशाली साम्राज्यमाथि पनि विजय प्राप्त गरे ।

अलेक्जेण्डर एक कुशल सेनापति मात्र नभई निकै चतुर कुटनितिज्ञ पनि थिए । उनले फासरीहरुसँग राम्रो सम्बन्ध बनाउनका लागि फारसको एक राज्यकी राजकुमारी रोक्जेनासँग विवाह गरेका थिए । अलेक्जेण्डरका ३ श्रिमतीहरु थिए । उनीहरु सबै फारसी राजकुमारीहरु थिए । उनको बिवाहको उद्धेश्य कुटनितिक स्वार्थ नै हुन्थ्यो । त्यो समयको दुनियाको अन्तिम भाग भारतलाई मान्ने गरिन्थ्यो । भारतभन्दा उता कुनै दुनिया नै छैन भन्ने विश्वास गरिन्थ्यो । अलेक्जेलण्डर १ लाख ३५ हजार सेना लिएर ईसापुर्व ३२६ मा हिन्दुकुस पार गर्दै भारत विजयको यात्रामा निस्किए । त्यो बेलामा भारतको एक हिस्सामा पोरसले शासन गरिरहेका थिए । अलेक्जेण्डरले पोरसलाई पराजित गरे । यो युद्ध जित्न अलेक्जेण्डरलाई निकै कठिन भएको थियो । तर अलेक्जेण्डर पोरसको युद्ध नितिबाट निकै प्रभावित भएका थिए । पछि गएर अलेक्जेण्डरले भारतमा पोरसलाई उनको राज्य फिर्ता गरिदिए । यो अलेक्जेण्डरले लडेको ठुलो अन्तिम युद्ध थियो । त्यही युद्धमा अलेक्जेण्डरको घोडा वुक्याफोलस मारियो । वुक्याफोलसको मृत्युबाट अलेक्जेण्डर निकै दुखित भए । अलेक्जेण्डरको जीवनका शुभदिनहरु त्यही घोडासँगै जोडिएका थिए भन्न सकिन्छ । वुक्याफोलसको आगमनसँगै अलेक्जेण्डर सफल हुदै गएका थिए । तर जसै वुक्याफोलस मारियो, अलेक्जेण्डरका काला दिनहरु पनि सुरु भए । 

उनको सेनाले ८ वर्षको समयमा १८००० किलो मिटरको दुरी पार गर्दै म्यासेडोनियाबाट भारतसम्म आइपुगेको थियो । लगातारको युद्धबाट उनका सेनाहरु थाकीसकेका थिए र उनीहरु फिर्ता म्यासेडोनिया जान चाहन्थे । तर पुरै दुनिया विजय गर्ने अलेक्जेण्डरको सपना अझै पुरा भएको थिएन । तर उनको सेना भारतमा व्यास नदि पार गरेर पारी जानै चाहदैनथ्यो । अन्तत उनी भारतबाट नै फिर्ता जानुप¥यो । दुनियाको अन्तिमसम्म जाने अलेक्जेण्डरको सपना यत्तिमै तुहियो । फिर्ता जादा उनले साना तिना राज्यहरुलाई ग्रिस साम्राज्यको अधिनमा ल्याउने काम गरे । अलेक्जेण्डरले आफ्नो युद्ध कौशलबाट एक विशाल साम्राज्य खडा गरे र त्यसमा १२ वर्षसम्म शासन गरे । अलेक्जेण्डरले कहिल्यै कुनै पनि युद्ध हारेनन् । अलेक्जेण्डर बेविलोनमा पुगे र त्यहाँ उनले रोम शहर कब्जा गर्ने रणनिती बनाउन लागे । त्यही समय उनीं मलेरीयाबाट ग्रसित भए । उनी निकै कमजोर भइसकेका थिए र बाँच्ने सम्भावना कम देखिन थालेको थियो । उनकी श्रिमती रोक्जेना गर्भवती थिइन् । अलेक्जेण्डर मृत्युको नजिक हुदा उनका सेनापतीहरुले उनलाई सोधे, “तपाईपछि तपाईको साम्राज्यमा कसले शासन गर्नेछ ?” उनले जवाफ दिए, “तिमीहरुमध्ये सबैभन्दा शक्तिशालीले !” १२ वर्षसम्म लगातार युद्ध गरेर जितेको विशाल ग्रिस साम्राज्यमा उनले कुनै उत्तराधिर छोडेका थिएनन् । अलेक्जेण्डरलाई उनको अन्तिम इच्छा के हो भनेर सोध्दा उनले यसो भने, “मलाई कफनमा राखेर चिहानसम्म लैजादा मेरा दुवै हातहरु कफनभन्दा बाहिर छोड्नु । ताकि समस्त दुनियाले यो जानोस् कि सारा दुनियामाथि शासन गर्ने अलेक्जेण्डर मरेपछि रित्तै हात गयो !” उनको मृत्यु १० जुन ३२३ ईसापुर्वमा ३२ वर्षको युवावस्थामा नै बेविलोनमा भएको थियो । यसरी विश्व जित्ने अलेक्जेण्डर मलेरीयासँग भने हारे । उनलाई अलेक्जेन्ड्रीयामा दफन गरिएको थियो । उनले शासनका लागि कुनै पनि उत्तराधिकारहरु नतोकेका कारण उनका सेनापतिहरुको विच राज्यका लागि आपसमै युद्ध भयो र केही दशकमा नै महान् ग्रिस साम्राज्य टुक्राटुक्रामा विभाजन भयो ।

मानिसहरु आजपनि अलेक्जेण्डरलाई पुरै दुनियामाथि कव्जा गर्ने उनको सपना र उनको युद्ध कौशलका कारण सम्झन्छन् । उनी इतिहासकै सर्वाधिक प्रभावशाली शासकहरुमध्ये एक हुन् । इतिहासमा केवल थोरैलाई मात्र “महान्” को उपाधी दिइएको छ र ति मध्ये एक अलेक्जेण्डर पनि हुन् । विश्वका ठुलाठुला सेनापति र शासकहरु जस्तै, नेपोलियन बोनेपार्ट, जुलियस सिजर अलेक्जेण्डरबाट प्रभावित थिए । उनले ग्रिक सँस्कृति र भाषालाई विश्वभरी नै फैलाए । ग्रिक भाषा एक समय विश्वको अन्तराष्ट्रीय भाषा थियो । धन्यवाद आजको यो भिडियो हेर्नुभएका लागि । तपाईको दिन शुभ रहोस् ।

सम्बन्धित भिडियो.........

Sunday, June 2, 2019

कसरी फेरी नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्न सफल भए ? (विश्लेषणात्मक लेख)

भर्खरै भारतमा नरेन्द्र मोदी पुन प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् । उनको पार्टी बिजेपीले ३०० पारको आँकडा प्राप्त गरेर एतिहासिक जित हासिल गर्न सफल भएको छ । भारतको लोकतान्त्रिक इतिहासमा कुनै गैरकाँग्रेसी पार्टीले यति ठुलो जनमत प्राप्त गरेको यो पहिलो पटक हो । सत्ताधारी पार्टी विजयबाट साह्रै गद्गद् छ भने विपक्षीहरु आत्ममन्थनको पक्षमा अगाडी बढिरहेका छन् । हिन्दुत्वको वकालत गर्ने पार्टी बिजेपीका खुरन्धार नेता नरेन्द्र मोदीको छवि पनि हिन्दुत्ववादी नै रहेको छ । यो लेखमा मैले भर्खरै भारतको यूपी हुदै राजस्थानसम्म यात्रा गर्ने क्रममा गरेको अनुभवमा आधारित रहेर किन नरेन्द्र मोदी फेरी प्रधानमन्त्री बन्न पुगे भन्ने बारेमा केही लेख्न गइरहेको छु ।
नरेन्द्र मोदी २००२ मा भएको गुजरात दङ्गाका दोषी हुन् । २००२ मा गुजरातमा हिन्दुहरुले मुसलमानहरुको नरसँहार गरेपछि अमेरिकाले नरेन्द्र मोदीलाई अमेरिका छिर्न प्रतिवन्ध लगाइदिएको थियो । पछि उनी २०१४ मा प्रधानमन्त्री चुनिएपछि त्यो प्रतिवन्ध हटाएको थियो । नरेन्द्र मोदीले गुजरातमा लामो समय मुख्यमन्त्रीको रुपमा काम गरिसकेका छन् । गुजरातमा निकै ठुलो विकास गरेको श्रेय उनलाई दिने गरिन्छ । तर प्रधानमन्त्रीको रुपमा २०१४ देखि २०१९ सम्मको उनको कार्यकाल भने विकासका दृष्टिले हेर्दा खासै सफल देखिएन । २०१४ मा नै उनले कालोधन ल्याउने उद्धेश्यले नोटबन्धी गरे । त्यो पनि पुर्णत असफल भयो । जनताले व्यर्थमा सास्ती भोग्नुप¥यो । रिजर्व व्याङ्क अफ इण्डियाले ९९ प्रतिशत पैसा बैंकमा नै फिर्ता आइसकेको घोषणा गरेर नोटबन्धी सफल नभएको सँकेत दियो । नरेन्द्र मोदीको शासनका दौरान एक पनि स्मार्ट सिटी बन्न सकेन । उनको शासन अवधीमा शिक्षामा कुनै नयाँ काम हुन सकेन । गुजरातमा विकासवादी छवि बनाएका उनी देशमा भने सफल मानिएनन् । साइनिङ्ग इण्डिया, मेकइन इण्डिया, स्वच्छ भारत, प्रधानमन्त्री उज्वला योजना जस्ता उनले अघि सारेका थुप्रै योजनाहरु नराम्रोसँग असफल भए ।
भारतमा अहिले विगत ४५ वर्षमा सबैभन्दा बढि बेरोजगारी रहेको छ । हरेक बर्ष २ करोड युवाहरुलाई रोजगारी दिने नरेन्द्र मोदीको बाँचा केवल बाँचामै सिमित रह्यो । २०१४ मा नरेन्द्र मोदीको एउटा नारा रहेको थियोः राम्रा दिन आउनेछन् (अच्छे दिन आएँगे !) । त्यो केवल एक सपनामा मात्रै सिमित रहन पुग्यो । कैयौ किसानहरु रिणको भार थेग्नै नसकेर आत्महत्या गरिरहेका छन् । उनको शासनको दौरानमा किसानहरुको आत्महत्याको दौर सबैभन्दा उच्च थियो । बलात्कार र हत्याका घट्नाहरुमा कमी आएन । उनको शासनकालमा नै कश्मिर विवादले झनै विकराल रुप लियो । कश्मिरका कैयौ युवाहरु शासनसक्ताको विरुद्धमा जङ्गलतिर पसे यात सडकमा निस्किए । नरेन्द्र मोदीको शासनको दौरान सबैभन्दा राम्रोसँग “साम्प्रदायिकता” भने मौलायो । हिन्दु र मस्लिमहरुको विचको दुरी झनै बढ्यो । उनको दौरानमा थुप्रै अल्पसँख्यकहरुमाथि अत्याचार भयो । मोब लिन्चिङ्ग (भिडद्धारा कसैलाई सामुहिकरुपमा मार्नु) का घट्नाहरु बढ्दैगए । यि सबै कुराप्रति नरेन्द्र मोदीले कहिल्यै मुख खोलेनन् । हिन्दुत्व साह्रै मौलायो र यसले भारतमा उन्मादी रुप लियो । विश्व नेताको रुपमा चिनिन कोशिष् गरिरेका नरेन्द्र मोदीको सपनामा यसले पानी खन्याइदियो ।
काममा असफल भएतापनि नरेन्द्र मोदी पव्लीसिटीमा भने सफल रहेका छन् । भारतका अधिँकास मिडियाहरु विकाऊ रहेका छन् । तिनीहरु पैसा लिएर कसैको बारेमा पनि प्रापागाण्डा फैलाउन तैयार हुन्छन् । ठिक यस्तै भयो नरेन्द्र मोदीको पक्षमा पनि । उनले मिडिया र केही व्यूरोक्रेसीहरुलाई प्रयोग गरेर आफ्नो छविलाई सुधार्नतर्फ लागे । मिडियाहरुले उनलाई साक्षात भगवानकै रुपमा प्रस्तुत गरे । उनका चुनावी बाँचाहरुलाई विर्सिए । उनको शासनको असफलतालाई बिर्सिए र मिडियाहरु उनको महिमामण्डलमै लिप्त भए । नरेन्द्र मोदी मिडियासँग भने डराउने व्यक्ति हुन् । उनको पाँच बर्षे शासनको दौरानमा उनले धेरै मागपछि केवल १ पटक मात्र पत्रकार सम्मेलन गरे । त्यसमा पनि उनले कुनै पनि पत्रकारको प्रश्नको जवाफ दिएनन् बरु ति प्रश्नहरुका जवाफ बिजेपी अध्यक्षले दिए । २०१४ मा मुलधारका मिडिया र सोसल मिडियाहरुमा नायकको रुपमा चिनिने उनी २०१९ भने सोसल मिडियाहरुमा खलनायक भइसकेका थिए । तर मिडियामा भने उनी नायक नै थिए । यि सबै असफलता र चुकका बावजुद उनी किन फेरी २०१९ को चुनावमा भारी बहुमतले विजयी भए त ? यो एक रोचक र गम्भिर प्रश्न हो ।
केही दिन अघि मात्रै म राजस्थानको उदयपुरबाट मेरो छोटो बसाइलाई समाप्त गर्दै नेपाल फिर्ता आउदै थिए । बसमा एक जना त्यहीको स्थानिय युवाकै छेऊमा बस्ने मौका पाए । भारतिय चुनावको माहौल पनि सिद्धिएको र नरेन्द्र मोदी पुन भारतमा प्रधानमन्त्री चुनिएको माहौलमा त्यही सन्दर्भमा भलाकुसारी सुरु गर्न मन लाग्यो । मैले उनलाई प्रश्न सोधे, “नरेन्द्र मोदीको बारेमा तपाई के सोच्नुहुन्छ ?” यो प्रश्नप्रति ति युवक साह्रै उत्तेजित भए । उनको अनुहारको भाव नै बद्लियो । उनले मलाई जवाफ दिए, “उनी त महान् छन् ! उनी हिन्दु ह्दय–सम्राट हुन् ! तिनको कारण आज हामी हिन्दुहरु गौरवका साथ हिड्न पाइरहेका छौ । उनको कारणले नै यो देशमा फेरी हिन्दुत्व सुरक्षित भएको छ । म त मोदीको ठुलो प्रँससक हुँ । उनले नै यो देशमा हिन्दुत्वको रक्षा गर्न सक्छन् !” उनी जस्तो युवकबाट यो प्रकारको जवाफ सुन्दा म अचम्भित भए । मैले फेरी अर्को प्रश्न दागिहाले, “विकास ! के के विकास गरे नरेन्द्र मोदीले उनको पाँच बर्षे दौरानका बेलामा ?” अहिले भने ति मित्रको अनुहारमा गम्भिरता छायो । उनी रनभुल्ल परे जस्तो देखिए र विस्तारै जवाफ दिए, “धेरै ! धेरै विकास गरेका छन् उनले ।” तर उनले के विकास गरे भन्ने कुराचाहिँ केही पनि उल्लेख गरेनन् । त्यसपछि उनी फेरु पुरानै विषयमा नै फर्किआए । मोदीले कसरी पाकिस्तानको बालाकोटमा सर्जिकल स्ट्राइक गर्न गरे भन्ने कुरा उनले घोषणा गरे । कसरी भारतले मुस्लिम राष्ट्र पाकिस्तानलाई ठिक पार्दैछ भन्ने कुरा उनले बताए । ति साथीले कसरी इतिहासमा मुसलमान्हरुले भारतलाई नष्ट गरेका थिए र त्यसलाई फेरी पुरानै गौरवमा ल्याउने काम नरेन्द्र मोदीले गरिरहेका छन् भन्ने कुराको चर्चा गरे । यात्राको क्रममा थुप्रै जनासँग नरेन्द्र मोदीको बारेमा जिज्ञासा राख्दा प्रायको जवाफ हिन्दुत्वसँग गएर जोडिएको पाए ।
भारतमा करिब ८० प्रतिशत जनसँख्या हिन्दु धर्मावलम्बीहरुको रहेको छ । नरेन्द्र मोदीले हिन्दु र मुस्लिमहरुको बिचको दुरी झनै बढाइदिए । भनिन्छ ब्रिटिसहरुले “फुट निम्त्याऊ, राज गर !” को निति अवलम्वन गरेका थिए । भारतमा नरेन्द्र मोदीले पनि ठिक त्यही गरे । उनले हिन्दुत्वलाई सँरक्षण दिए र आफुलाई हिन्दुत्वको रक्षकको रुपमा चिनाए जसका कारण सजिलै हिन्दुहरुको मत उनी तर्फ गयो । अमेरिकाको प्रतिष्ठीत पत्रिका टाइम्सले भर्खरै यसको कवर पृष्ठमा नरेन्द्र मोदीलाई  प्रमुख विभाजनकारीको सँज्ञा दिएर लेख छापेको थियो । यसरी ८० प्रतिशत मत उनले कुनै पनि प्रकारको गतिलो विकास नगरेर नै फेरी २०१९ मा हासिल गर्न सफल भए । यसरी २०१९ को उनको चुनावी विजयको आधार विकास वा परिवर्तन होइन तर हिन्दुत्वको छवि थियो । मानिस विवेकी र भावनात्मक दुवै गुणहरु रहेका छन् । कतिपटक भावनात्मकता विवेकमाथि हावि हुदा परिणाम सहि निस्कदैन । मानिसहरुको भावनासँग खेल्नु कुनै कठिन कुरा होइन । नरेन्द्र मोदीले पनि भारतमा मानिसहरुको भावनात्मकतासँग सहि समयमा सहि दाऊ चलेर खेल्न सफल भए । मानिसहरुले साम्प्रदायिक सोचका कारण भारतले पाकिस्तानमा गरेको बालाकोट स्ट्राइकलाई मात्र हेरे, तर कसरी भारतभित्र नै नरेन्द्र मोदी सरकारको असफलताका कारण पुलवामामा आतँककारी आक्रमण भएको थियो भन्ने कुरा हेरेनन् । यो सबै साम्प्रदायिक चश्माको दृष्य हो । जब देशमा साम्प्रदायिकता र विभाजन बढ्दैजान्छ , त्यहाँ विकास पछि पर्दछ । भारतमा साम्प्रदायिकता विषझै फैलिरहेको छ । भारतिय जनताले यो कुरालाई बेलैमा बुझन नसक्नुको परिणाम उनीहरुले कालान्तरमा भोग्नुपर्नेछ नै !

(Writer: Hari BK)

Wednesday, May 22, 2019

दैनिकरुपमा कति नुन खाने ? नुनका फाइदा र बेफाइदाहरु ! (भिडियो सहित)

नुन के हो ?

नुन हामीले दैनिकरुपमा उपभोग गर्दै आएको वस्तु हो । नुन विनाको खानाको हामी कल्पना पनि गर्न सक्दैनौ । खानालाई स्वादिलो बनाउन सबैभन्दा बढि भुमिका नुनको नै हुन्छ । आजको समयमा मानिसहरु नुनको प्रयोगको बारेमा निकै सजग देखिन्छन् । मुलतः नुन दुई कुराहरुबाट बनेको हुन्छ । सोडियम र क्लोराइड । नुनमा ४० प्रतिशत अँश सोडियमको हुन्छ भने  ६० प्रतिशत क्लोराइडबाट बनेको हुन्छ । नुन समुद्र, नदि र चट्टाहरुबाट निकालिने गरिन्छ । हामीकहाँ आइपुग्ने नुन प्रशोधित भई आयोडिन जस्ता तत्वहरु थप गरेर आइपुगेको हुन्छ ।

नुनका उपयोगिताहरुः
नुन भन्ने वित्तिकै धेरैको दिमागमा यो स्वास्थ्यका लागि हानिकारक चिज हो भन्ने रहेको छ । तर नुन धेरै कुराहरुका लागि उपयोगी रहेको छ । नुनका ७ उपयोगिताहरु यस प्रकार रहेका छन्ः
१) दाँत सफा गर्नमा उपयोगी हुन्छ । (यदि तपाईले खाने सोडा र नुनलाई मिलाएर दाँत सफा गर्नुभयो भने दाँत निकै सफा हुन्छ । त्यत्ति मात्र नभई यसले दातमा भएका व्याक्टेरियाहरुलाई समेत मार्ने गर्दछ ।)
२) कमिला र किलाहरुलाई दुर राख्न । (घरमा कमिला र विभिन्न किराहरु आएर सताइरहन्छन् भने त्यसका लागि नुन निकै राम्रो औषधी हो । कमिला वा किराहरु आउने ठाउँमा नुन राखिदिनुहोस् । ढोकाको छेऊमा वा अन्यत्र कुनै पनि ठाउँमा नुन राखिदिनुभयो भने कमिला र किलाहरु घरमा आउँदैनन् ।)
३) नुनले चाँडै सड्नबाट बचाउँछ । (नुनले कुनै पनि कुरालाई चाडै सड्नबाट रोक्दछ । नुनमा भएको सोडियम क्लोराइडले व्याक्टेरियालाई मार्दछ र चिजलाई लामो समयसम्म सुरक्षित रहन सहायता गर्दछ ।)
४) छालाका लागि उपयोगी हुन्छ । (यदि तपाईमा छाला सम्बन्धि समस्याहरु छन् भने तपाईले सहि तरिकामा नुनको प्रयोग गर्नुभएको खण्डमा निको हुन्छ । यसले छालामा देखिने फुस्रोपन, दाग, धव्वाहरु र अन्य विभिन्न समस्याहरुलाई हटाउन मद्धत गर्दछ ।
५) तामाका भाँडाहरु सफा गर्न उपयोगी हुन्छ । (नुनलाई तामाका भाँडाहरु सफा गर्न पनि प्रयोग गर्ने गरिन्छ । यसले तामाका भाँडाहरुमा चमक ल्याउँछ ।)
६) कपालबाट चायाहरु हटाउन मद्धत गर्दछ । (जाडोको समयमा कपालमा चाया परेर हैरान हुन्छ । यसका लागि नुनको पानीले टाउँको नुहाउनाले चाया हटछ । तर धेरै नुनको प्रयोग गरेर बारम्बार टाउँको नुहाउने गर्नाले पछि गएर कपाल चाँडै फुल्ने समस्या पनि हुन्छ ।)
७) विरे र चट्टानी नुनको प्रयोगले पाचनपक्रिया राम्रो हुन्छ । (विरे र चट्टानी नुन आफैमा एक औषधी हुन् । यि नुनको प्रयोगले पाचन प्रक्रियामा सुधार हुन्छ । विभिन्न पाचन सम्बन्धी औषधीहरुमा यि नुनको प्रयोग गर्ने गरिन्छ ।)

नुनको अत्यधिक प्रयोगबाट हुने समस्याहरु
नुनको असन्तुलित र अत्यधिक प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । नुनमा सोडियम र क्लोराइड दुई तत्वहरु हुन्छन् । केवल यसमा सोडियमले मात्र शरीरलाई हानि गर्ने गर्दछ । सोडियम शरीरमा नभई नहुने तत्व पनि हो । तर सोडियम शरीरमा बढि वा कम भयो भने समस्या हुने गर्दछ । शरीरमा सोडियम बढि भएको अवस्थामा धेरै तिर्खा लाग्दछ र सोडियम छान्नका लागि मृगौलालाई बढि भार पर्ने गर्दछ । यसले मृगौलामा हुने समस्यालाई जन्म दिन्छ । सोडियम कम भयो भने आलस्य हुने, जिऊ सुस्त हुने, माशु बाउडिने आदि जस्ता समस्याहरु देखिन्छन् । डाँक्टरहरुले धेरै नुनिला खाने कुराहरु नखान सल्लाह दिने गर्दछन् । हामीले दैनिकरुपमा खाने खानाहरु, माशु, दुध, र तरकारीहरुबाट पनि आवस्यक सोडियम प्राप्त गरिरहेका हुन्छौ । नुनको बढि सेवनबाट स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दछ । नुनको अत्यधिक सेवनले मृगौलामा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । यसले गर्दा मृगौला विग्रने भारी सम्भावना हुन्छ । त्यसैगरी नुनको अत्यधिक समस्याका कारण मुटु सम्बन्धी रोगहरु र व्लड प्र्रेसरको समस्या पनि देखिनसक्छ । उमेर बढि भएकाहरु, मुटुको समस्या भएकाहरु, व्लड प्रेसर भएकाहरु र मृगौलाको समस्या भएकाहरुले खानामा नुन कम खानु फाइदाजनक हुन्छ ।

दैनिकरुपमा कति नुन सेवन गर्ने ?

यसको जवाफ हो, न धेरै न थोरै । धेरै भन्नाले कति र थोरै भन्नाले कति भन्ने प्रश्न आउँछ । विश्व स्वास्थ्य सँगठनका अनुसार कममा १५०० मिलीग्राम र बढिमा २३,०० मिलीग्राम नुन दैनिकरुपमा लिनु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । एक देखि दुई चम्चा नुन एक व्यक्तिका लागि दैनिकरुपमा आवस्यक पर्दछ । यो प्याटर्न केवल एक स्वस्थ्य व्यक्तिका लागि हो । उच्च रक्तचाप, मृगौलामा समस्या भएकाहरु र मुटु रोग भएकाहरुले १५०० मिलीग्रामभन्दा पनि कम नुन सेवन गर्नु लाभदायक हुन्छ । यदि तपाई ५० वर्षभन्दा कम उमेरको हुनुहुन्छ र तपाईको व्लड प्रेसर ठिक रहेको छ र स्वास्थ्य पनि ठिक छ भने तपाईले दैनिक एक चम्चादेखि दुई चम्चासम्म नुन सेवन गर्नु उपयुक्त हुन्छ ।

सम्बन्धित भिडियोहरु..........

Monday, May 20, 2019

पुरा विश्व जित्न सफल अलेक्जेण्डर महान्को जिवनी (भिडियो सहित)

के कसैले पुरै दुनिया जित्ने सपना देख्न सक्छ ? के कसैले पुरै दुनियामाथि नै कव्जा गरेको छ ? हो, प्राचिन ग्रिसका एक सम्राट अलेक्जेण्डरले पुरै दुनिया जित्ने सपना देखेका थिए र उनले धेरै हदसम्म त्यो सपनालाई साकार बनाएका पनि थिए । र उनले त्यो बेलाको परिचित दुनियाको ठुलो हिस्सामा विजय प्राप्त गरेका पनि थिए । उनलाई इतिहासकै एक प्रभावशाली व्यक्तित्व मानिन्छ ।

अलेक्जेण्डर महान्को जन्म २० जुलाई ३५६ ईसापुर्वमा प्राचिन ग्रिसको एक राज्य म्यासेडोनियाको पेल्लामा भएको थियो । उनको बुवा म्यासेडोनियाका राजा फिलिप दृतिय थिए भने उनकी आमाको नाउँ ओलम्पीया थियो । उनले सानोमा बुवासँग निकै कम समय विताउने मौका पाएका थिए । उनको बुवा युद्धहरुमा निकै व्यस्त हुने गर्दथे । उनकी आमाले सानैदेखि अलेक्जेण्डरलाई उनी फिलिपका छोरा नभई जिउस देउताका छोरा हुन् भनेर सिकाएकी थिइन् । जिउस देउताले आलम्पियाको पेटमा आकाशबाट चट्टयाङ्ग पारे र त्यो चट्याङ्गबाट अलेक्जेण्डर गर्भमा रहन गएका थिए भन्ने गर्थिन् । पछि गएर अलेक्जेण्डरले आफुलाई फिलिपको छोराको रुपमा ठान्न छोडिसकेका थिए । उनी आफूलाई भगवान जिउसको छोरा मान्ने गर्दथे । फिलिपले अलेक्जेण्डरको शिक्षाका लागि शिक्षकहरु नियुक्त गरेका थिए । उनले ट्रोयको युद्ध नामक पुस्तक पढेका थिए र उनी यसबाट प्रभावित थिए । उनको बुवाआमाले उनलाई सानैदेखि भविष्यको राजाको रुपमा हुर्काएका थिए । उनको बुवा सधै युद्धहरुमा व्यस्त हुने गर्दथे । बुवासँग उनको भेटघाट कमै हुने गर्दथ्यो । उनले बुवालाई एक पटक यसो भनेका थिए, “तपाईले सबै राज्यहरु जित्नुभयो भने मैले के जित्ने ?” 
अलेक्जेण्डर १३ वर्ष हुदा उनलाई शिक्षा दिने काम त्यो बेलाको प्रख्यात दर्शनशास्त्री एरिष्टोटलले गरे । अलेक्जेण्डरले एरिष्टोटलबाट विज्ञान, युद्धकला, चिकित्सा, र होमेर र ट्रोयको युद्ध जस्ता शास्त्रहरु सिकेका थिए । भनिन्छ अलेक्जेण्डरमा विश्व विजय गर्ने सपना पनि एरिष्टोटलले नै छरेका थिए । अलेक्जेण्डरले एरिष्टोटलको बारेमा एक पटक यसो भनेका थिएः “मेरो बुवाले मलाई जीवन दिनुभयो, तर एरिष्टोटलले मलाई असल जीवन दिनुभयो ।” एरिष्टोटलले अलेक्जेण्डरलाई केवल ३ वर्ष मात्र शिक्षा दिएका थिए । अलेक्जेण्डर १३ वर्षको छदा कसैले पनि काबुमा ल्याउन नसकेको घोडालाई काबुमा ल्याएका थिए । उक्त दृष्य देखेर प्रभावित भई उनको बुवा फिलिपले यसो भनेको थिए, “छोरा अलेक्जेण्डर, शासनका लागि तिमीले अर्को कुनै राज्य हेर, तिम्रो लागि म्यासेडोनिया निकै सानो हुनेछ !” अलेक्जेण्डरले काबुमा ल्याएको घोडाको नाउँ बुक्याफोलस थियो । अलेक्जेण्डरले पछि गएर त्यसलाई नै आफ्नो घोडा बनाए । यही घोडामाथि बसेर नै अलेक्जेण्डरले दुनिया जित्ने यात्रा सुरु गरेका थिए । यही घट््नाबाट अलेक्जेण्डरको विजयको यात्रा सुरुवात हुन्छ । अलेक्जेण्डरले उक्त घोडालाई निकै माया गर्दथे । उनले एउटा शहरको नाउँ नै यही घोडाको नाउँबाट बुक्याफुलस राखेका थिए । 
त्यो बेलामा एथेन्स म्यासेडोनियाको सबैभन्दा ठुलो शत्रु थियो । अलेक्जेण्डरले पहिलो युद्ध एथेन्स र  थेव्सको विरुद्धमा च्यारोनियामा लडेका थिए । उक्त युद्धमा राजा फिलिप र राजकुमार अलेक्जेण्डर ३४००० सेनाका साथ थेव्स र एथेनीहरुको विरुद्धमा लडेका थिए । त्यो युद्धमा थेव्सहरु नराम्रोसँग पराजित भए । त्यो युद्ध जितेका कारण म्यासेडोनियाले ग्रिसमाथि अधिपत्य जमाउन सक्यो । त्यसको केही समयपछि फारसीरुसँगको युद्धको तयारीका बेला अलेक्जेण्डर र फिलिपको विचमा मन मुटाव भयो र अलेक्जेण्डर आफ्नी आमासँग म्यासेडोनिया छोडेर एपिरसमा मामाको घरमा गए । करिब एक वर्षपछि अलेक्जेण्डर फेरी म्यासेडोनियामा फर्किएर आए । बाबुछोराको विचमा पुर्नमिलन भयो । त्यसै समय त्यहा विवाह भोज आयोजना गरिएको थियो । त्यही कार्यक्रममा राजा फिलिपलाई उनकै रक्षक पौसानियसले सबैको सामु हत्या गरिदियो । यसरी बुवाको हत्यापछि सिँहासनमा जाने पालो अलेक्जेण्डरको थियो । सेनाको समर्थन लिएर अलेक्जेण्डर १९ वर्षको उमेरमा म्यासेडोनियाका राजा बने । अलेक्जेण्डरले सिँहासनका अन्य दावेदारहरुको हत्या गराइदिए । अलेक्जेण्डर राजा भइसकेपछि फेरी थेव्सहरुसँग युद्ध गरे । यो उनी राजा भएपछिको पहिलो युद्ध थियो । त्यो युद्धमा अलेक्जेण्डरले विजय प्राप्त गरे र ६००० भन्दा बढि थेव्सका सेनाहरुको मृत्यु भयो ।
 थेव्सको पराजयले उनलाई ग्रिसभरी विजयको बाटो खोलिदिएको थियो । ग्रिसका सबै राज्यहरुलाई पराजित गरिसकेपछि अलेक्जेण्डर एशिया माइनरतर्फको विजयमा निस्किए । अधिकाँश राज्यले युद्ध नगरिकन नै उनको सामु आत्म समर्पण गरिदिए । अब अलेक्जेण्डरले ठुलो र बलियो साम्राज्यलाई ध्यान दिने बेला आएको थियो । उनले फारसी साम्राज्यको विरुद्ध लडाई गर्ने निर्णय गरे । फारसी साम्राज्य त्यो बेलाको सबैभन्दा ठुलो साम्राज्य थियो । फारसी साम्राज्य अलेक्जेण्डरको राज्यभन्दा ४० गुणा ठुलो थियो । यो साम्राज्य तिन वटा महादेशका विभिन्न भुभागहरुमा फैलिएको थियो । फारसी साम्राज्यसँग तिन लाख सेनाहरु थिए । राजा दारा तृतिय फारसी साम्राज्यको सम्राट थिए । त्यत्रो ठुलो साम्राज्यको विरुद्ध युद्ध गर्नु जोखिमयुक्त निर्णय थियो । तर अलेक्जेण्डरको सपना पुरै दुनियाभरी नै कव्जा गर्नुथियो । ग्रिसका ३७००० सेनाहरु लिएर अलेक्जेण्डर लडाईका लागि ३३४ ईसापुर्वमा इरानतर्फ लागे । ३३३ ईसापुर्वमा अलेक्जेण्डरले फारसी साम्राज्यको विरुद्ध पहिलो युद्ध लडे । यो युद्धमा अलेक्जेण्डरको सानो सेनाले फारसी साम्राज्यको ठुलो सेनालाई पराजित गर्न सफल भयो । 
अलेक्जेण्डरलाई विजय गरेका ठाउँका शहरहरुको नाउँ आफ्नो नाउँबाट राख्न निकै मन पर्दथ्यो । इजिष्टलाई कव्जा गरेपछि उनले एउटा शहर स्थापना गरे र त्यसको नाउँ आफ्नो नाउँबाट अलेक्जिेण्ड्रीया राखे । अलेक्जेण्डर जसरी पनि फारसी साम्राज्यको सम्राट दारालाई युद्धमा मार्न चाहन्थे र पुरै फासरी साम्राज्य कव्जा गर्न चाहन्थे । ३३१ ईसापुर्वमा फेरी अलेक्जेण्डर र दाराको विचमा गाउगामेलामा दोस्रो युद्ध भयोः दारा फेरी भाग्न सफल भए । फारसी साम्राज्यलाई अलेक्जेण्डरले दुई पटक पराजित गरिसकेका थिए । तर सम्राट दारा भने अझै जिवितै थिए । अलेक्जेण्डर तेस्रो पटक राजा दारालाई आक्रमण गर्नका लागि निस्किए । यो खबर सुनेर दाराका सेनाहरुले फेरी अलेक्जेण्डरसँग युद्ध नहोस् भनेर राजा दारालाई मारे र अलेक्जेण्डर आउदै गरेको बाटोमा छोडिदिए । यसरी अलेक्जेण्डरले त्यो बेलाको सबैभन्दा विशाल र शक्तिशाली साम्राज्यमाथि पनि विजय प्राप्त गरे ।
अलेक्जेण्डर एक कुशल सेनापति मात्र नभई निकै चतुर कुटनितिज्ञ पनि थिए । उनले फासरीहरुसँग राम्रो सम्बन्ध बनाउनका लागि फारसको एक राज्यकी राजकुमारी रोक्जेनासँग विवाह गरेका थिए । अलेक्जेण्डरका ३ श्रिमतीहरु थिए । उनीहरु सबै फारसी राजकुमारीहरु थिए । उनको बिवाहको उद्धेश्य कुटनितिक स्वार्थ नै हुन्थ्यो । त्यो समयको दुनियाको अन्तिम भाग भारतलाई मान्ने गरिन्थ्यो । भारतभन्दा उता कुनै दुनिया नै छैन भन्ने विश्वास गरिन्थ्यो । अलेक्जेलण्डर १ लाख ३५ हजार सेना लिएर ईसापुर्व ३२६ मा हिन्दुकुस पार गर्दै भारत विजयको यात्रामा निस्किए । त्यो बेलामा भारतको एक हिस्सामा पोरसले शासन गरिरहेका थिए । अलेक्जेण्डरले पोरसलाई पराजित गरे । यो युद्ध जित्न अलेक्जेण्डरलाई निकै कठिन भएको थियो । तर अलेक्जेण्डर पोरसको युद्ध नितिबाट निकै प्रभावित भएका थिए । पछि गएर अलेक्जेण्डरले भारतमा पोरसलाई उनको राज्य फिर्ता गरिदिए । यो अलेक्जेण्डरले लडेको ठुलो अन्तिम युद्ध थियो । त्यही युद्धमा अलेक्जेण्डरको घोडा वुक्याफोलस मारियो । वुक्याफोलसको मृत्युबाट अलेक्जेण्डर निकै दुखित भए । अलेक्जेण्डरको जीवनका शुभदिनहरु त्यही घोडासँगै जोडिएका थिए भन्न सकिन्छ । वुक्याफोलसको आगमनसँगै अलेक्जेण्डर सफल हुदै गएका थिए । तर जसै वुक्याफोलस मारियो, अलेक्जेण्डरका काला दिनहरु पनि सुरु भए । 
उनको सेनाले ८ वर्षको समयमा १८००० किलो मिटरको दुरी पार गर्दै म्यासेडोनियाबाट भारतसम्म आइपुगेको थियो । लगातारको युद्धबाट उनका सेनाहरु थाकीसकेका थिए र उनीहरु फिर्ता म्यासेडोनिया जान चाहन्थे । तर पुरै दुनिया विजय गर्ने अलेक्जेण्डरको सपना अझै पुरा भएको थिएन । तर उनको सेना भारतमा व्यास नदि पार गरेर पारी जानै चाहदैनथ्यो । अन्तत उनी भारतबाट नै फिर्ता जानुप¥यो । दुनियाको अन्तिमसम्म जाने अलेक्जेण्डरको सपना यत्तिमै तुहियो । फिर्ता जादा उनले साना तिना राज्यहरुलाई ग्रिस साम्राज्यको अधिनमा ल्याउने काम गरे ।
अलेक्जेण्डरले आफ्नो युद्ध कौशलबाट एक विशाल साम्राज्य खडा गरे र त्यसमा १२ वर्षसम्म शासन गरे । अलेक्जेण्डरले कहिल्यै कुनै पनि युद्ध हारेनन् । अलेक्जेण्डर बेविलोनमा पुगे र त्यहाँ उनले रोम शहर कब्जा गर्ने रणनिती बनाउन लागे । त्यही समय उनीं मलेरीयाबाट ग्रसित भए । उनी निकै कमजोर भइसकेका थिए र बाँच्ने सम्भावना कम देखिन थालेको थियो । उनकी श्रिमती रोक्जेना गर्भवती थिइन् । अलेक्जेण्डर मृत्युको नजिक हुदा उनका सेनापतीहरुले उनलाई सोधे, “तपाईपछि तपाईको साम्राज्यमा कसले शासन गर्नेछ ?” उनले जवाफ दिए, “तिमीहरुमध्ये सबैभन्दा शक्तिशालीले !” १२ वर्षसम्म लगातार युद्ध गरेर जितेको विशाल ग्रिस साम्राज्यमा उनले कुनै उत्तराधिर छोडेका थिएनन् । अलेक्जेण्डरलाई उनको अन्तिम इच्छा के हो भनेर सोध्दा उनले यसो भने, “मलाई कफनमा राखेर चिहानसम्म लैजादा मेरा दुवै हातहरु कफनभन्दा बाहिर छोड्नु । ताकि समस्त दुनियाले यो जानोस् कि सारा दुनियामाथि शासन गर्ने अलेक्जेण्डर मरेपछि रित्तै हात गयो !” उनको मृत्यु १० जुन ३२३ ईसापुर्वमा ३२ वर्षको युवावस्थामा नै बेविलोनमा भएको थियो । यसरी विश्व जित्ने अलेक्जेण्डर मलेरीयासँग भने हारे । उनलाई अलेक्जेन्ड्रीयामा दफन गरिएको थियो । उनले शासनका लागि कुनै पनि उत्तराधिकारहरु नतोकेका कारण उनका सेनापतिहरुको विच राज्यका लागि आपसमै युद्ध भयो र केही दशकमा नै महान् ग्रिस साम्राज्य टुक्राटुक्रामा विभाजन भयो ।
मानिसहरु आजपनि अलेक्जेण्डरलाई पुरै दुनियामाथि कव्जा गर्ने उनको सपना र उनको युद्ध कौशलका कारण सम्झन्छन् । उनी इतिहासकै सर्वाधिक प्रभावशाली शासकहरुमध्ये एक हुन् । इतिहासमा केवल थोरैलाई मात्र “महान्” को उपाधी दिइएको छ र ति मध्ये एक अलेक्जेण्डर पनि हुन् । विश्वका ठुलाठुला सेनापति र शासकहरु जस्तै, नेपोलियन बोनेपार्ट, जुलियस सिजर अलेक्जेण्डरबाट प्रभावित थिए । उनले ग्रिक सँस्कृति र भाषालाई विश्वभरी नै फैलाए । ग्रिक भाषा एक समय विश्वको अन्तराष्ट्रीय भाषा थियो । 

सम्बन्धित भिडियो............

Sunday, May 19, 2019

चिलका ७ अनौठा स्वभावहरु ! चिलबाट सिक्न सकिने महत्वपुर्ण शिक्षाहरु (भिडियो सहित)

चिल संसारभरी पाईने विशेष पक्षी हो । चिल माथि आकाशमा पखेटा फइलाएर उडिरहेको दृष्य निकै सानदार देखिन्छ । चिल निकै अनौठो पक्षी पनि हो । यसका ७ वटा यस्ता विशेष स्वभावहरु रहेका छन् जो अन्य पक्षीहरुमा विरलै पाउन सकिन्छ । चिलका यि ७ स्वभावहरुबाट हामी धेरै कुराहरु सिक्न सक्छौ । कृपया भिडियोलाई अन्त्यसम्मै हेर्नुहोस् भन्ने अनुरोधका साथ चिलका ति ७ वटा विशेषताहरुतर्फ अगाडी बढ्न चाहन्छु ।

(१) चिलहरु झुण्डमा रहन्छन्
चिल झुण्डमा रहेर शिकार गर्ने पक्षी हो । त्यत्ति मात्र नभई चिलले आफनो परिवारलाई निकै महत्व दिन्छ । चिल सधैव झुण्डमा रहन्छ । चिल अरु पक्षीहरुसँग मिलेर रहदैनन् । यदि चिल अन्य कुनै पक्षीहरुसँग देखा परेको छ भने त्यो केवल शिकार गरुञ्जेलसम्मका लागि मात्र हुन्छ । चिलले आफ्नो शिकार जति बलियो भएतापनि त्यसको सामु कहिल्यै हार मान्दैन । यसको एक प्रमुख कारण उसको आफ्नो झुण्ड हो । एकतामा बल हुन्छ भन्ने उखान वास्तवमै चिलमा चरितार्थ भएको देख्न सकिन्छ । टिम वर्कको वलियो उदाहरण हामी चिलमा देख्न सक्छौ । आफ्नो समुह र समुदायको आवस्यकता र महत्वको कुरा चिलबाट सिक्न सकिन्छ ।

(२) चिलले टाढै आफनो शिकारलाई देख्न सक्छ
चिलको देख्न सक्ने क्षमता अति नै बलियो हुन्छ । चिलले आफ्नो गुण सानातिना रुखहरुमा नभई अग्ला पहाडहरुमा लगाएको हुन्छ । सर्पले यसका बच्चा वा अण्डाहरु खान आउँदै गरेको समेत चिलले सुदुर आकाशबाट नै देख्न सक्छ र आएर सर्पलाई आक्रमण गर्दछ । चिल कुनै रुखमा बसिरहेको बेला समेत उसले आँखा वरपर डुलाइरहेको हुन्छ र शिकार खोजिरहेको हुन्छ । चिल सबैभन्दा माथि उड्न सक्ने पक्षी हो र यो १०,००० फिटमाथि सम्म उड्न सक्छ । त्यसका बावजुद पनि यसले धेरै माथिबाट आफनो शिकारलाई देखेर त्यसलाई आक्रमण गर्दछ । शिकार देखेको खण्डमा तिव्र गतिमा आक्रमण गर्न सक्ने खुवी चिलमा हुन्छ । यसरी चिलबाट हामी दुरदर्शिताको बारेमा सिक्न सक्छौ । यदि हामी जीवनमा सफल र एक प्रभावशाली अगुवा बन्न चाहन्छौ भने दुरदर्शिता हामीसँग नभई नुहुने कुरा हो ।

(३) चिलले कहिल्यै सिनो खादैन
चिलले कहिल्यै पनि सिनो खादैन । गिद्धले मात्र सिनो खाने गर्दछ । चिल दुनियामै सबैभन्दा खतरनाक शिकारी पक्षी हो । आकाशमा धेरै माथि उड्ने गरेतापनि चिलले तुरुन्तै जमिनमा आएर शिकार गर्न सक्दछ । चिलले सदैव आफैले शिकार गरेको ताजा माशु नै खाने गर्दछ । चिलले मरेको प्राणीको मासु खादैन । यो विशेषताले चिललाई अन्य सबै पक्षीहरुभन्दा फरक बनाउँछ । चिलको यो स्वभावबाट हामी एउटा महत्वपुर्ण शिक्षा सिक्न सक्दछौ । हामीले सधैव नयाँ र ताजा सोच र परिवर्तनले हाम्रो मस्तिष्कलाई भर्नुपर्दछ । जसरी ताजा माशु खाएर चिल स्वस्थ्य र ताजा रहन्छ त्यसरी नै हामीले ग्रहण गर्ने ताजा, नयाँ र परिवर्तनकारी सोचले हाम्रो व्यवहारलाई सकारात्मक प्रभाव पार्नेछ जो हाम्रो लागि सफलताको चावी बन्नेछ ।

(४) चिललाई तुफान मन पर्दछ
चिल मात्र यस्तो पक्षी हो जसलाई आँधी तुफान मन पर्दछ । आँधी चल्यो भने अन्य सबै चराहरु जतिसक्दो चाँडो सुरक्षित ठाउँहरुतिर लुक्न सुरु गर्दछन् । तर त्यो बेलामा नै चिल तुफानमा खेल्न आउँछ । चिलले आँधीको त्यो प्रचण्ड बतासलाई उड्न र रमाईलो गर्नका लागि प्रयोग गर्दछ । आँधीको बतासलाई प्रयोग गर्दै आफनो शक्ति बचाएर पखेदा नचलाईकन चिल धेरै माथि उड्दछ । चिल तुफानको वेग र प्रचण्डतासँग डराउदैन तर त्यसको सामना गर्दछ । चिलको यो स्वभावबाट हामीले कसरी नकारात्मक परिस्थितिहरुलाई सकारात्मक ऊर्जामा परिवर्तन गर्ने भन्ने कुरा सिक्न सक्दछौ । मानिसको वास्तविक क्षमता केवल कठिन परिस्थितिहरुमा मात्रै पत्ता लाग्दछ । मानिसहरुबाट हामीले सवै प्रकारका प्रतिक्रियाहरुको सामना गर्दछौ तर प्रश्न यो हो ति प्रतिक्रियाहरुप्रति हाम्रो प्रतिक्रिया चाँहि कस्तो छ त ? समस्याको डटेर सामना गर्ने र नकारात्मक परिस्थितिलाई सकारात्मक ऊर्जामा परिवर्तन गर्न सक्ने कुरा हामी चिलबाट सिक्न सक्छौ ।

(5 ) चिलले बिश्वास गर्नभन्दा अगाडी जाँच गर्दछ
चिलको यो स्वभाव अति नै अनौठो प्रकारको रहेको छ । पोथी चिलले आफनो जोडी छान्ने बेलामा एउटा मसिनो काठ लिएर माथि आकाशमा गएर त्यसलाई छोडिदिन्छे । साथमा भएको भाले चिल उडेर गई त्यसलाई भुईमा खस्न नदिई समातेर ल्याउछ र पोथी चिललाई दिन्छ । यसरी नै अर्को पटक अलि माथि गएर फेरी पोथी चिलले त्यो डन्डा खसाल्छे र भाले चिलले फेरी समातेर ल्याउँछ । यसरी भाले चिलले पोथी चिलको सामु आफुलाई सक्षम र योग्य सावित गर्नुपर्दछ । त्यस्तो प्रकारको परिक्षाबाट भएर गुज्रिएर आफैलाई प्रमाणित गरिसकेपछि पोथी र भाले चिल जोडीको रुपमा एकसाथ बस्न सुरु गर्दछन् । कसैमाथि आँखाा चिम्लेर बिश्वास गर्नुले जीवनमा धेरै ठुलो धोखा निम्त्याउन सक्छ । एक विवेकशिल व्यक्तिले प्रत्येक कुरालाई जाँच्नुपर्दछ र त्यसपछि मात्र त्यसलाई ग्रहण गर्नुपर्दछ । भावनामा बगेर वा सँवेगको आधारमा निर्णय लिनु हुदैन तर जाँच गरेर मात्र प्रत्येक कुरालाई अपनाउनुपर्दछ भन्ने कुरा हामी चिलबाट सिक्न सक्छौ ।

(६) चिलले आफना वचेराहरुलाई गुणबाट धकेलिदिन्छ ।
चिलले आफ्नो गुण अग्ला चट्टानहरुमा वा अग्ला रुखहरुमा बनाउने गर्दछ । वचेराहरु हुर्कदै गर्दा चिलले तिनीहरुका लागि आहाराको व्यवस्था गर्दछ र तिनीहरुलाई निकै माया दिन्छ । पखेटाहरु पलाउन सुरु गरेपछि चिलले एउटा खतरनाक निर्णय लिन्छ ः त्यो हो तिनीहरुलाई उड्न सिकाउनु । उड्न सिकाउनका लागि उसले एउटा वचेरालाई गुणबाट धकेलिदिन्छ । त्यो वचेरालाई उड्नु भनेको के हो भन्ने थाहा नभएकाले त्यो जमिनतर्फ खस्न सुरु गर्दछ । चिल तुरुन्तै गएर त्यसलाई समातेर गुणमा ल्याउँछ । फेरी धकेलिदिन्छ र फेरी गएर समातेर ल्याउँछ । यसरी यो प्रक्रिया लगातार दोहो¥याउने क्रममा विस्तारै त्यो वचेराले पखेदा चलाउन सुरु गर्छ । यसरी त्यो वचेरा आफै उड्न सुरु गर्दछ । उसले उड्नुको आनन्द लिन थाल्छ र एक परिपक्व चिल बन्छ । यदि तपाई हामी हाम्रा सन्तान र आफुमनिकाहरुलाई जिम्मेवार, सक्षम र परिपक्व बनाउन चाहन्छौ भने उनीहरुलाई धकेल्नै पर्ने हुन्छ । धकेल्नु मात्रै तपाईको जिम्मेवारी होइन र तर उनिहरु लड्दा समातेर उठाउने पनि तपाईको जिम्मेवारी हो । गुणबाट त्यो सानो वचेरालाई धकेल्दा के त्यो आमा चिलको ह्दय पिडाले भरिदैन होला र ? वा त्यो सानो वचेरालाई नै कस्तो महसुस हुन्छ होला ? तर यही निर्णयले नै त्यो सानो वचेरालाई उड्नुको आनन्द अनुभव गराउँछ ।

(७) चिलले जीवनकै खतरनाक परिस्थितिमाथि विजय प्राप्त गर्दछ
करिब ३० बर्ष पुगेको बेला चिलको जीवनमा यस्तो मोड आउँछ जुन बेला त्यसको चुच्चो र नङगाहरु खिइदै जान्छन् र प्वाखहरु झर्दै जान थाल्दछन् । त्यो समयमा चिललाई जीवनयापन गर्न पनि गाह्रो हुन्छ । उसको शिकार गर्ने माध्यम नै चुच्चो, नङग्रा र पखेटा हुन् । ति चिज नै काम नलाग्ने अवस्थामा पुग्न लाग्दा चिल “गर वा मर” को अवस्थामा पुग्दछ । त्यसपछि चिल अग्लो पहाडमा जान्छ । त्यहाँ एक्लै समय विताउँछ । आफनो पुरै चुच्चो र नङग्राहरुलाई चट्टान्हरुमा रगड्दछ र आफना पुराना र काम नलाग्ने प्वाखहरुलाई निकालेर फाल्दछ । यो चिलका लागि सबैभन्दा दर्दनाक समय हुन्छ । न त ऊ उड्न सक्छ न शिकार नै गर्न सक्छ । आँधी, बर्षा, शित,
सबैको सामना गरेर चिलले आफैलाई भोकभोकै जिवितै राख्दछ । त्यसपछि उसको जीवनमा फेरी नयाँ मोड आउँदछ । उसमा एउटा नयाँ र शक्तिशाली चुच्चो पलाउँदछ । नयाँ नङग्राहरु पलाउँछन् । उसमा नयाँ प्वाखहरु आउँदछन् । उसले नयाँ जीवन र नयाँ जोश प्राप्त गर्दछ र त्यसपछि पनि चिल ३० बर्षभन्दा बढि बाँच्दछ । हाम्रो जीवनमा पनि यस्तै प्रकारका कठिन परिस्थितिहरु आउँन सक्छन् । हार मान्नुको सट्टा धैर्य गर्दै प्रयत्य गरिरह्यौ भने पक्कै पनि हामी चिलजस्तै नयाँ ऊर्जा प्राप्त गर्न सक्छौ । के तपाई तपाईको जीवनमा सुन्दर विहानी देख्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने तपाई अन्कारपुर्ण रातबाट भएर गुज्रन तयार रहनुहोस् । के तपाई मोति प्राप्त गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने समुद्रको गहिराइसम्मको यात्रा गर्न तयार रहनुहोस् । के तपाई कमलको
फुल टिप्न चाहुनुहन्छ ? यदि त्यसो चाहनुहुन्छ भने पानीमा जान तयार रहनुहोस् ।

सम्बन्धित भिडियो.............

Thursday, May 9, 2019

किन डुवेको थियो टाइटानिक ? किन टाइटानिक कथाले आज पनि मानिसहरुको मन छुन्छ ?

टाइटानिक जहाजको बारेमा नसुन्ने कमै होलान् । यसको रोचक र दुःखान्त इतिहासले धेरैको ध्यान तान्न सफल भएको छ । टाइटानिकको बारेमा थुप्रै फिल्म र डकूमेण्ट्रीहरु बनेतापनि १९९७ मा बनेको टाइटानिक मुभि भने सबैभन्दा प्रख्यात रहेको छ । यो फिल्ममा टाइटानिक जहाजको दुर्घटना र एक प्रेमी जोडीको विछोडको कथालाई देखाइएको छ । आजको यो लेखमा टाइटानिक जहाज, यसको निर्माण, साथै टाइटानिक किन डुव्यो र कतिले ज्यान गुमाए र कति बाँच्न सफल भए भन्ने जस्ता प्रश्नहरुको जवाफ दिईनेछ । 
यसको निर्माण
१९ औ शताव्दीको सुरुवातमा भव्य पानी जहाजहरु बनाउने होडवाजी नै चलेको थियो । ३१ मार्च १९०९ मा सुरु गरियो विश्वकै सबैभन्दा ठुलो पानी जहाज आर एम एस टाइटानिकको निर्माणकार्य । ३१ मे १९११ मा टाइटानिक बनिसिद्धियो । यसको निर्माणमा ३ वर्ष लागेको थियो । टाइटानिकलाई निर्माण गर्ने काम ह्वाइट स्टार लेन कम्पनीले गरेको थियो र यो निर्माण गर्न ३००० जना मजदुरहरु लागेका थिए । टाइटानिक निर्माण गर्ने क्रममा २०० भन्दा बढि मजदुरहरु घाइते हुनपुुगे भने ति मध्ये ९ जनाको मृत्यु भएको थियो । टाइटानिक त्यो समयका प्रख्यात र अनुभवि इन्जीनियरहरुद्धारा डिजाइन गरिएको थियो । टाइटानिकको निर्माणमा उच्च प्रविधी र गुणस्तरिय सामाग्रीहरुको प्रयोग गरिएको थियो । टाइटानिकलाई एकदमै लक्जरियस शैलीमा बनाइएको थियोः यस भित्र स्विमिङ्ग पुल, व्यायामशाला, क्याफे जस्ता कुराहरु उपलव्ध थिए । साथै यसमा निकै गुणस्तरिय र महङ्गा फर्निचरहरुको प्रयोग गरिएको थियो । टाइटानिकको लम्बाई २६९ मिटर थियो । यसको जम्मा तौल ४६३२८ टन थियो । 
टाइटानिक त्यो समयको सबैभन्दा भव्य मानवनिर्मित वस्तु थियो । टाइटानिकलाई ठाडो गरेर उभ्याउने हो भने यो २० तला भवन जत्तिकै अग्लो देखिन्थ्यो । टाइटानिकमा एकै पटक ३५४९ जना मानिसहरु यात्रा गर्न सक्थे । टाइटानिकमा यात्रा गर्नका लागि तिन स्तरका टिकटहरु उपलव्ध थिए । फस्ट क्लास टिकटलाई त्यो बेलामा ४३५० डलर अर्थात करिब साढे चार लाख रुपैया पर्दथ्यो । त्यसैगरी सेकेण्ड क्लास टिकटको मुल्य १७५० डलर अर्थात करिब १७५०० रुपैया पर्ने गर्दथ्यो भने थर्ड क्लास टिकटको मुख्य ३० डलर अर्थात ३००० रुपैया थियो । टाइटानिकले ४२ किलो मिटर प्रति घण्टाको गतिमा यात्रा गर्न सक्दथ्यो जो त्यो बेलाको सबैभन्दा छिटो यात्रा गर्ने पानीजहाज थियो । टाइटानिकको बारेमा एक पटक यसका कप्तान एड्वार्ड स्मीथले घमण्डका साथ यसो भनेका थिए, “इश्वर स्वयम्ले चाहेभने पनि टाइटानिकलाई डुवाउन सक्दैनन् !” टाइटानिकको विशालता र बनोट देखेर मानिसहरु यसलाई कहिल्यै नडुव्ने जहाज भन्ने गर्दथे । तर दुःखद कुरा टाइटानिक यसको पहिलो यात्रा नै डुव्यो ।
पहिलो तर अन्तिम यात्रा........
१० अप्रील १९१२ मा इङ्गल्याण्डको साउथह्याम्पटनबाट न्यूयोर्क अमेरिकातर्फ टाइटानिक आफ्नो पहिलो यात्रामा निस्कियो । भनिन्छ टाइटानिक साउथह्याम्पटनबाट निस्कदा १ लाखभन्दा बढ्ता मानिसहरु यो भव्य जहाजलाई हेर्नका लागि आएका थिए । २२२३ यात्रीहरुको हातमा टिकट थियो । विश्वकै सबैभन्दा ठुलो पानी जहाजमा त्यसको पहिलो यात्रामा नै यात्रा गर्न पाउदा सबै यात्रीहरु निकै हर्सित थिए । टाइटानिकले आफ्नो पहिलो यात्रा न्यूयोर्क अमेरिकाका लागि सुरु ग¥यो तर दुर्भाग्यवस् यो नै टाइटानिकको अन्तिम यात्रा हुनपुग्यो ।
हिमखण्डसँगको ठक्कर र जहाजको डुवाई.....
टाइटानिकले साउथह्याम्पटनलाई विदाई गर्दै आफ्नो यात्रा सुरु ग¥यो । टाइटानिकका मालिक जे व्रूस इस्मेले जहाजका कप्तान एडवार्ड स्मीथलाई जहाज तिव्र गतिमा चलाउन आज्ञा दिएका थिए । एटलान्टिकको मुटु कमाउने चिसो हावाको सबै जनाले आनन्द उठाइरहेका थिए । मौसम निकै शान्त थियो । हिमपर्वत आएको बेला जहाजलाई तुरुन्तै मोडेर अन्तै लैजाने सोचमा कप्तान स्मीथले टाइटानिक तिव्र गतिमा चलाए । तर जहाजको आकारको तुलनामा यसका रडारहरु भने साना बनाइएका थिए । यात्राको चौथो दिनमा आर एम एस टाइटानिक साउथह्याम्पटनबाट ६०० किलो मिटर टाढा गइसकेको थियो । चालकदल विच बाटोमा आउन सक्ने हिमखण्डहरुप्रति त्यत्ति गम्भिर थिएनन् । यात्राको चारौ दिन रात ११ बजेर ४० मिनेटमा चालकदलले अचानक अगाडी हिमखण्ड देखे । उनीहरु आत्तिए र जहाजलाई मोड्न पुरा कोशिष् गरे । ठुलो कोशिष्को बावजुद पनि उनीहरु जहाजलाई आवस्यक मात्रामा मोड्न असफल भए । टाइटानिकको अगाडीको एक पट्टीको भाग हिमखण्डसँग ठोक्किन पुग्यो । हिमखण्डसँगको ठक्करका कारण टाइटानिकमा निकै लामो प्वाल पर्न गयो । पानी विस्तारै जहाजभित्र पस्न थाल्यो । टाइटानिक डुव्दै छ भन्ने खबर त्यसै दिशामा आउदैगरेको जहाज कार्पेथियालाई पठाइयो । टाइटानिकका कप्तानले जहाजलाई कार्पेथिया आउदै गरेको बाटोतिर चलाउने आज्ञा दिए । त्यसका कारण झन् तिव्रगतिमा पानी टाइटानिक भित्र पस्यो र जहाज झन् छिट्टै डुव्नपुग्यो । यो निर्णय टाइटानिकका निम्ति झनै घातक बन्न पुग्यो ।
१४ अप्रिल १९१२ का दिन राती ११ः४० मा टाइटानिक हिमखण्डसँग ठोकिएको थियो । यसरी ठोक्किएको २ घण्टामा नै राती २ः२० मिनेटमा टाइटानिक पुर्णत समुद्रमा डुव्यो । टाइटानिक डुव्दा एटलान्टिक महासागरको पानीको तापक्रम —२ डिग्री सेल्सीयस थियो । यत्तिको चिसो पानीमा मानिस बढिमा केवल २० मिनेट मात्र जिवित रहनसक्छ । टाइटानिकमा जम्माजम्मी ६४ लाइफ बोट लैजान सकिन्थ्यो तर त्यो बेलामा यसमा केवल २० वटा लाइफ बोटहरु लिइएको थियो । ति लाईफबोटमा केवल जम्मा सँख्याको १ तिहाई मात्र अटाउन सक्थे । यो एक गम्भिर त्रुटी थियो जहाज प्रशासनबाट भएको थियो । टाइटानिक ठोक्किएपछि मानिसहरुको विचमा त्रासको माहोल सुरु भयो । डुव्दै गर्दा टाइटानिक दुई भाग भएर टुक्रियो । भएका लाईफ बोटहरुमा महिला र बालबालिकाहरुलाई राख्न सुरु गरियो । त्यसकारण टाइटानिक दुर्घटनामा ज्यान गुमाउनेहरु अधिँकाश पुरुषहरु थिए । इतिहासकै पानी जहाजको यो सबैभन्दा ठुलो दुर्घटनामा २२२३ यात्रीहरुमध्ये १५१७ जनाले ज्यान गुमाए । ति मध्ये केवल ३४० जनाको मात्र लाश पत्ता लगाइएको थियो । भनिन्छ टाइटानिक डुव्दै गर्दा मानिसहरुका मन बहलाउनका लागि सँगितकारहरुले सँगित बजाइरहेका थिए ।
टाइटानिक डुव्नुको पछाडी विभिन्न कारणहरु रहेका छन् । टाइटानिक डुव्नुको मुख्य कारण तिव्र गती थियो । तिव्र गतिमा भएका कारण जहाजलाई छिट्टै मोड्न नसक्दा टाइटानिक हिमखण्डसँग ठोक्किएको थियो । त्यो रातमा आकाशमा जुन पनि लागेको थिएन जसका कारण चालकदलका सदस्यहरुले सम्भावित हिमखण्डहरुलाई टाढाबाट देख्न सकेनन् । साथै यति धेरै ज्यान जानुको पछाडीको कारण प्रर्याप्त लाईफ बोटहरु नहुनु थियो । यदि टाइटानिकमा केवल ५० वटा सम्म लाईफ बोटहरु राखिएको भए सबैको ज्यान बाँच्न सक्थ्यो । यसरी तथाकथित कहिल्यै नडुवने जहाज टाइटानिक यसको पहिलो यात्रामा नै डुव्न पुग्यो र १५०० मानिसहरुको अकालमा ज्यान गयो । भनिन्छ टाइटानिकसँग ठोकिएको हिमखण्ड १०,००० वर्ष पहिले ग्रीनल्याण्डको एक हिमखण्डबाट अलग भएर एटलान्टिक महासागरमा आइपुगेको थियो । टाइटानिकसँगको ठक्करको दुई हप्तापछि उक्त हिमखण्ड पनि नष्ट भयो ।
अन्त्यमा......
१ सेप्टेम्वर १९८५ मा टाइटानिक डुवेको ७३ वर्षपछि टाइटानिकको अवेशषहरुलाई समुद्रमा पत्ता लगाइएको थियो । टाइटानिकका अवेशष्हरु समुद्रको गहिराईमा ४ किलोमिटर तल रहेको छ । समुद्रमा टाइटानिकका दुई भागहरु एकअर्काबाट ६०० मिटरको दुरीमा रहेका छन् । टाइटानिकको इतिहास १०० वर्ष पुरानो भएतापनि आजपनि यसको रोचक इतिहासले मानिसहरुको ध्यान तानिरहेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो सामुद्रिक दुर्घटना हो । 
सम्बन्धित भिडियो...........

Wednesday, May 8, 2019

विक्रम सम्वत् क्यालेण्डरको रोचक इतिहास ! कसरी र कहाँ सुरु भएको थियो विक्रम् सम्वत् ?

विश्वमा सबैभन्दा प्रचलित क्यालेण्डर इस्वी सम्वत् हो । समस्त विश्वमा यो क्यालेण्डर प्रयोग हुन्छ । धेरै देशमा यो क्यालेण्डरलाई आधिकारिक क्यालेण्डरको मान्यता दिइएको छ । इस्वी सम्वत् क्यालेण्डरलाई ग्रेगोरियन क्यालेण्डर पनि भनिन्छ । यो क्यालेण्डर जिजस क्राइष्टको जन्म मितिलाई केन्द्रमा राखेर सुरुवात गरिएको थियो । विक्रम् सम्वत् क्यालेण्डर इस्वी सम्वत्भन्दा ५७ वर्ष अगाडी रहेको छ । तर नेपालमा भने आधिकारिक रुपमा विक्रम सम्वत् क्योलेण्डर प्रयोग हुदै आएको छ । नेपालमा सरकारी कामकाज र तिथिमिति निर्धारणका कुराहरुमा विक्रम् सम्वत् क्यालेण्डरलाई नै प्रयोग गरिन्छ । नेपालमा विक्रम् सम्वत् एकमात्र निर्विवाद क्यालेण्डर हो भन्दा फरक नपर्ला ।
यो क्यालेण्डर कसरी सुरु भएको थियो ? यो क्यालेण्डर कसले सुरु गरेका थिए ? के यो क्यालेण्डरको सुरुवात नेपालमा भएको थियो ? कसको नाउँमा सुरु गरिएको थियो यो क्यालेण्डर ? यि र यस्तै रोचक प्रश्नहरुको जवाफ यो लेखमा दिने कोशिष् गरिनेछ ।