Wednesday, May 1, 2019

एक मुर्ख बालक कसरी महान् बैज्ञानिक बने ! (थोमस अल्वा एडिसनको प्रेरणादायी कथा)-भिडियो सहित



थोमस अल्वा एडिसन्को बारेमा थाहा नपाउने विरलै होलान्.......
थोमस अल्वा एडिसनको जन्म फेव्रअरी ११, १८४७ मा ओहायोअमेरिकामा भएको थियो । एडिसन् बाल्यावस्थादेखि नै निकै जिज्ञासु स्वभावका थिए । उल्टासिधा प्रश्न गर्ने र उनको अनौठो व्यवहारको कारण उनलाई कतिले पागल भन्ने गर्दथे । पढ्नमा उनको कत्ति पनि रुची थिएन । बरु उनी विभिन्न कुराहरु प्रयोग गर्नमा धेरै समय बिताउने गर्दथे । उनी कक्षामा विभिन्न प्रकारका अनौठा प्रश्नहरु सोध्ने गर्दथे । शिक्षकले पढाउदा उनी कत्ति पनि ध्यान दिदैन थिए । उनको अगलै आफ्नो दुनिया थियो उनी सधै त्यसैमा लिन रहन्थे ।

एकदिन उनी घरमा हुदा उनको स्कुलबाट एउटा पत्र आयो । पत्र पढेर एडिसन्की आमा रुन थालिन् । थोमसले आमालाई सोधे, “के लेखिएको छ , तपाई किन रुदै हुनुहुन्छ ?” आमाले आशु पुछदै जवाफ दिइन्, “बाबु, यसमा तपाईको छोरा अति नै जिनियस र प्रतिभाशाली छ । हाम्रो स्कुल न्युन स्तरको भएकाले र हामीसँग सक्षम शिक्षकहरु नभएकाले हामी तपाईको छोरालाई पढाउन सक्दैनौ ! भनेर लेखिएको छ ।” उनले त्यो पत्र थोमस अल्वा एडिसनलाई देखाइनन् र त्यो पत्रलाई अल्मारीको एउटा कुनामा लिएर राखिदिइन् । त्यसपछि उनको आमाले उनलाई घरमा नै शिक्षा दिन थालिन् ।

विज्ञान र प्रयोगप्रतिको उनको रुचीका कारण उनी नयाँ नयाँ कुराहरु आविस्कार गर्दै निरन्तर अगाडी बढे । उनी पुरै समय प्रयोगहरुमा विताउने गर्दथे । उनी प्रयोगहरुप्रति यति लगनशिल र लिप्त रहन्थे कि खाना खान समेत विर्सने गर्दथे । चार दिनसम्म नसुतेर नै प्रयोगशालामा काम गरेर समय विताएका उदाहरण पनि रहेका छन् । १२ वर्षको उमेरमा उनले प्रिन्टरको आविस्कार गर्न सफल भए । उनले रेलको एउटा डिव्वामा नै छापाखाना खोलेर पत्रिकाहरु बेच्न थाले । एकदिन रेलको उक्त डिव्वामा केमिकल खस्यो र आगो लाग्यो । जसोतसो आगो निभाइयो । रेलको एक कर्मचारीले उनलाई जोडसँग कानमा झापड हाने । परिणाम स्वरुप अल्वा एडिसन् राम्रोसँग कान नसुन्ने भए । तर उनी त्यसप्रति झन् खुसी भए किनकि अब उनले मानिसहरुले उनको बारेमा भन्ने गरेका वेकारका कुराहरु सुन्नु पर्ने थिएन । प्रत्येक कुरालाई सकारात्मक रुपमा परिवर्तन गर्न सक्ने उनको खुबी रहेको थियो । उनले आफ्नो प्रयोगशालामा घडि राखेका थिएनन् । त्यसलाई उनी आफ्नो लगनशिलता र सफलताको रहस्य मान्ने गर्दथे । 

यसरी १०९३ वटा चिजहरु आविस्कार गरेर उनी इतिहासकै सबैभन्दा बढि आविस्कार गर्न सफल बैज्ञानिक बन्न पुगे । उनका प्रमुख तिन आविस्कारहरु फोनोग्राफ, बल्व र मोसन पिक्चर थियो । मोसन पिक्चर नै आजको प्रोजेक्टरको विकसित रुप हो । बल्वको सफलतापुर्वक आविस्कार गर्नुभन्दा पहिले उनी त्यो काममा १००० पटक असफल भएका थिए । तर पनि उनले हार मानेनन् र निरन्तर कोशिष् गरिरहे र बल्वको आविस्कार गर्न सफल भए ।

उनले निकै ख्याति कमाए र मानिसहरु उनलाई “जिनियस” भन्ने गर्दथे ।एकदिन खाली समयमा पुरानो अल्मारीमा भएका चिजहरु हेर्दै थिए । त्यसै समयमा उनले त्यहाँ बर्षौ पुरानो त्यो पत्र भेट्टाए जो उनको स्कुलबाट पठाइएको थियो । त्यही पत्रको कारणले नै उनकी आमाले उनलाई घरमा राखेर शिक्षा दिन सुरु गरेकी थिइन् । एडिसन् त्यो पत्र पढ्न निकै उत्सुक भए । त्यो पत्रमा लेखेको कुराले उनलाई अचम्भित पा¥यो । त्यसमा लेखिएको थियो । “तपाईको छोराको दिमाग परिपक्व छैन र ऊ सिक्न सक्दैन । उसमा व्यवहारिक समस्याहरु पनि रहेका छन् । त्यसकारण हामी तपाईको छोरालाई हाम्रो स्कुलमा पढाउन सक्दैनौ । उसलाई यो विद्यालयबाट निस्कासित गरिएको औपचारिक जानकारी गराउँदछौ ।” उक्त पत्र पढेर थोमस अल्वा एडिसन् निकै रोए । उनी आफ्नी आमाप्रति निकै आभारी थिए । दुर्भाग्यवस् उनीकी आमाको मृत्यु पहिल्यै नै भइसकेको थियो ।

यो घट्नालाई उल्लेख गर्दै उनले आफ्नो डायरीमा यसो लेखेका छन्, “एक असल आमाले एउटा मुर्ख र कमजोर बालकलाई शताव्दीकै महान् बैज्ञानिक र जिनियस बनाईदिइन् !”  यसरी मानिसहरुद्धारा असक्षम, मुर्ख र पागलको उपमा दिइएको एक मुर्ख बालक आफ्नी आमाको कारण इतिहासकै महान् बैज्ञानिकहरु मध्ये एक बन्न पुगे । स्कुलबाट निस्कासित पत्र प्राप्त गरेतापनि उनकी आमाले त्यसलाई सकारात्मक रुपमा प्रस्तुत गरेका कारण एडिसन् इतिहासमै सबैभन्दा बढि चिजहरु आविस्कार गरेर सर्वाधिक आविस्कार गर्ने बैज्ञानिक बन्न सफल भए ।

हामीले हाम्रा बालबालिकाहरुप्रति गर्ने व्यवहारले उनीहरु भविष्यमा कस्ता बन्नेछन् भन्ने कुरा निर्धारण गर्नेछ । यदि त्यो समयमा पत्र पढिसकेपछि थोमस अल्वा एडिसन्की आमाले रिसाएर नकारात्मक प्रतिक्रिया दिएको भए शायद इतिहासमा थोमस अल्वा एडिसन् कहिल्यै त्यो व्यक्ति बन्ने थिएनन् जो उनी बन्न सफल भए ।

सम्बन्धित भिडियो..............

No comments:

Post a Comment