Wednesday, May 8, 2019

विक्रम सम्वत् क्यालेण्डरको रोचक इतिहास ! कसरी र कहाँ सुरु भएको थियो विक्रम् सम्वत् ?


विश्वमा सबैभन्दा प्रचलित क्यालेण्डर इस्वी सम्वत् हो । समस्त विश्वमा यो क्यालेण्डर प्रयोग हुन्छ । धेरै देशमा यो क्यालेण्डरलाई आधिकारिक क्यालेण्डरको मान्यता दिइएको छ । इस्वी सम्वत् क्यालेण्डरलाई ग्रेगोरियन क्यालेण्डर पनि भनिन्छ । यो क्यालेण्डर जिजस क्राइष्टको जन्म मितिलाई केन्द्रमा राखेर सुरुवात गरिएको थियो । विक्रम् सम्वत् क्यालेण्डर इस्वी सम्वत्भन्दा ५७ वर्ष अगाडी रहेको छ । तर नेपालमा भने आधिकारिक रुपमा विक्रम सम्वत् क्योलेण्डर प्रयोग हुदै आएको छ । नेपालमा सरकारी कामकाज र तिथिमिति निर्धारणका कुराहरुमा विक्रम् सम्वत् क्यालेण्डरलाई नै प्रयोग गरिन्छ । नेपालमा विक्रम् सम्वत् एकमात्र निर्विवाद क्यालेण्डर हो भन्दा फरक नपर्ला ।
यो क्यालेण्डर कसरी सुरु भएको थियो ? यो क्यालेण्डर कसले सुरु गरेका थिए ? के यो क्यालेण्डरको सुरुवात नेपालमा भएको थियो ? कसको नाउँमा सुरु गरिएको थियो यो क्यालेण्डर ? यि र यस्तै रोचक प्रश्नहरुको जवाफ यो लेखमा दिने कोशिष् गरिनेछ ।
यसका विशेषताहरु
इस्वी सम्वत् क्यालेण्डर सुर्यमा मात्र आधारित क्यालेण्डर हो भने विक्रम् सम्वत् सुर्य र चन्द्रमा दुवैमा आधारित क्यालेण्डर हो । त्यसकारण पनि विक्रम् सम्वत्लाई निकै वैज्ञानिक क्यालेण्डर मानिन्छ । इस्वी सम्वत्मा झै यसमा पनि ३६५ दिनको नै एक वर्ष हुनेगर्दछ । यो क्यालेण्डरमा पनि १२ महिनाको एक वर्ष र ३० दिनको एक महिना हुने गर्दछ । 
विक्रम् सम्वत् क्यालेण्डरको सुरुवात्
विक्रम् सम्वत् क्यालेण्डरको इतिहास जान्नका लागि हामीले भारतको इतिहासलाई हेर्नुपर्ने हुन्छ । विक्रम् सम्वत् एक इतिहासिक भारतिय राजा र उनको राज्यसँग सम्बन्धित रहेको छ । ईसा पुर्व ७० तिर भारतभरी नै मध्यपुर्वको क्षेत्रबाट आएका शक जातिका राजाहरुले शासन गरिरहेका थिए । उनीहरुले भारतमा निकै निरँकुश तरिकामा शासन गरिरहेका थिए । त्यसै समयमा ईसा पुर्वको ५० औ शताव्दीमा चन्द्रगुप्त वँशका विक्रमादित्यले सेना लिएर उज्जैनमा शकहरुमाथि आक्रमण गरे । उनले शक राजालाई पराजित गरे । उनले उक्त साम्राज्यको शासन हातमा लिए । उनको साम्राज्यलाई मालावा साम्राज्य भनिन्थ्यो । त्यसै समयमा उनले आफैलाई उक्त साम्राज्यको नयाँ सम्राट घोषणा गरे । उनलाई विक्रमादित्यको उपाधी दिईयो । विक्रमादित्य ति राजाको नाउँ थिएन तर यो उनलाई दिइएको एक उपाधी थियो । ति राजाको नाउँ के थियो भन्ने कुरा अज्ञात रहेको छ । विक्रमादित्यले शकहरुलाई हराएको दिनलाई स्मरण गर्नका लागि नयाँ क्यालेण्डरको सुरुवात गर्ने विचार गरे । तर त्यो समयमा कुनै राजाले आफ्नो सम्झनामा क्यालेण्डर सुरु गर्नका लागि आफ्नो समस्त प्रजाको रिणहरु तिर्नुपर्दथ्यो । विक्रमादित्यले प्रजाको रिण चुकाउन राज्यकोषलाई ठुलो धनरासी तिरे र नयाँ क्यालेण्डर सुरु गरे । उक्त क्यालेण्डर सम्राट विक्रमादित्यको नाउँमा विक्रम् सम्वत् भनेर नामाकरण गरियो । यो घट्ना ई.पु ५७ को हो । त्यो समयमा भारतमा शक् क्यालेण्डर पनि प्रचलनमा थियो । साथै विभिन्न क्षेत्रहरुमा बुद्ध र महाविर जैनको नाउँबाट पनि स्थानिय क्यालेण्डरहरु प्रचलनमा थिए । विक्रम् सम्वत् सुरु भएपछि भने यसलाई अत्यधिकरुपमा प्रयोग गर्न थालियो । भारतमा शक र विक्रम् सम्वत् यि दुई क्यालेण्डरलाई इतिहासमा अत्यधिक प्रयोग भएको पाइन्छ । व्रिटिशहरुको शासन सुरु भएपछि भने भारतमा यि क्यालेण्डरहरुको प्रयोग हराएर गयो ।
नेपालमा यसको प्रयोग
स्पष्ट छ विक्रम् सम्वत् क्यालेण्डर नेपालमा सुरु पनि भएको होइन र भौगोलिक र इतिहासिकरुपमा नेपालसँग यसको कुनै प्रत्यक्ष सम्बन्ध छैन । इतिहासलाई नियाल्दा विक्रमादित्यको राज्यले नेपाललाई छोएको पनि थिएन । त्यसकारण भौगोलिकरुपमा हेर्दा विक्रम् सम्वत् नेपालको क्यालेण्डर होइन । नेपालमा कहिलेदेखि यो क्यालेण्डर प्रचलनमा थियो भन्ने कुरा अज्ञात नै रहेको छ । तर यो क्यालेण्डरको बारेमा उल्लेख गरिएको पाण्डुलिपी भने नवौ शताव्दीको पाइएको छ । यसबाट के बुझन सकिन्छ भने नेपालमा यो क्यालेण्डर प्राचिन समयदेखि नै प्रयोग गरिदै आएको थियो । तर विक्रम् सम्वत् मात्र नेपालमा प्रयोग गरिएको एकमात्र क्यालेण्डर भने होइन । नेपालमा नेपाल सम्वत् र शाक्य सम्वत् जस्ता मौलिक र स्थानिय सम्वत्हरुको प्रयोग गरिदै आएको थियो र गरिदैछ । विक्रम् सम्वत्लाई नेपालभरी नै सरकारी आधिकारिक क्यालेण्डरकोरुपमा दर्जा दिने श्रेय भने चन्द्र शमशेर राणालाई जान्छ । उनले विक्रम् सम्वत् १९५८ मा विक्रम् सम्वत्लाई नेपालको आधिकारिक क्यालेण्डरको रुपमा प्रयोगमा ल्याएका थिए र त्यसपछि यो लगातार नेपालको एकमात्र निर्विवाद र आधिकारिक पात्रोको रुपमा प्रयोग भइरहेको छ । तर अपवाद् कस्तो जुन देशमा यो क्यालेण्डर सुरु भएको थियो त्यहाँ यसलाई प्रयोग गरिदैन र यसलाइृ खासै महत्वका साथ हेरिदैन । तर जुन देशसँग न त यो क्यालेण्डरको कुनै भौगोलिक र इतिहासिक महत्व थियो त्यहाँ भने यसले आधिकारिक क्यालेण्डरको दर्जा पाएर व्यापकरुपमा प्रयोग गरिएको छ । यसो किन भयो त भन्ने प्रश्न आउँनसक्छ । यसको जवाफ हो विक्रम् सम्वत् एक हिन्दु क्यालेण्डर हो । यसको सम्बन्ध हिन्दु विश्वाससँग जोडिएको छ । विक्रम् सम्वत्का मितिहरु व्यापकरुपमा हिन्दु पौराणिकतासँग जोडिएका छन् । त्यसकारण यो आयातित क्यालेण्डर भएतापनि नेपालमा व्यापकरुपमा स्विकार गरिएको हो ।
सम्बन्धित भिडियो.........

के वास्तवमै “एलियन” छन् त ? अहिलेका अनुसन्धानहरुबाट के पत्ता लगाइएको छ ?


१) के एलियनको अस्तित्वको सम्भावना छ त ?
एलियनहरुको अस्तित्वलाई बिभिन्न तरिकामा पुष्टि गर्ने प्रयत्न भइरहेका छन् र यस सम्बन्धी बिभिन्न धारणाहरु अगाडी आएका छन् । तर यसलाई अहिलेसम्म कसैले पनि तथ्यगतरुपमा प्रमाणीत गर्न भने सकेको छैन । हाम्रो ब्रम्हाण्डमा खरबौँको सँख्यामा ग्रहहरु रहेका छन् र ति सबैले आ–आफ्ना ताराहरुको परिक्रमा गरिरहेका छन् । अहिलेसम्मको हाम्रो खोजमा केवल हामीले पृथ्वीमा मात्र जीवन पाउन सकेका छौ । एलियन भन्ने बित्तिकै हाम्रो दिमागमा टाउको र आँखा ठुलो भएको र जिउ सानो भएको प्राणीको चित्र आउने गर्दछ । हाम्रो ब्रम्हाण्ड यति बिशाल रहेको छ कि यसले एलियनहरुको अस्तित्वको प्रसस्त सम्भावनाहरु बोकेको छ । यि सबैका बावजुद पनि अहिलेसम्मका खोजहरुले एलियन जीवनको अस्तित्वलाई पुष्टी गर्न सकेका छैनन् । एलियन जीवन पत्ता लगाउनकै लागि भनेर सुदुर अन्तरिक्षमा छोडिएको केप्लर टेलिस्कोपले थुप्रै ताराहरुमाथि आफ्नो निगरानी गरिरहेको छ र त्यसको बावजुद पनि एलियनहरुको अस्तित्वको कुनै पनि प्रमाण पत्ता लगाउन सकेको छैन । त्यसकारण प्रश्न यो आउँछ, के यो बिशाल ब्रम्हाण्डमा हामी मात्र एक्लो छौ त ? के अन्यत्र कतै पनि जीवन छैन त ? के एलियनहरुको अस्तित्वको सम्भावना छ ? 
कुनै ग्रहमा पनि जीवन हुनका लागि बिभिन्न कुराको उल्लेखनिय भुमिका हुन्छ । अहिलेसम्म हामीले देखेका ति ग्रहहरुमा चाहिँ यो सँयोग केवल पृथ्वीमा मात्र देखिएको छ । कुनै पनि ग्रहमा जीवनको उत्पत्ती हुनका लागि त्यो ग्रह गोल्डी लक जोनमा अवस्थित हुनुपर्दछ । गोल्डी लक जोनमा पर्ने ग्रहहरु त्यसले परिक्रमा गरिरहेको ताराबाट उपयुक्त दुरीमा अवस्थित हुनुपर्दछ । यदि त्यो ग्रह उपयुक्त दुरीमा नभई आफ्नो ताराको धेरै नजिक रहेको छ भने त्यहाँ तापक्रम बढि भएर जीवन उत्पत्ती हुने सम्भावना असम्भव हुन्छ । यदि त्यो ग्रह अलिक टाढाबाट परिक्रमा गरिरहेको छ भने त्यो बढि चिसो हुन्छ र त्यहाँ जीवन उत्पत्ती हुन सक्दैन । त्यो ग्रहले आफ्नो तारालाई सहि समयमा परिक्रमा गरिरहेको हुनुपर्दछ । अर्थात अन्य ग्रहमा पनि जीवन सम्भव हुनका लागि त्यसले पृथ्वीले सुर्यको परिक्रमा गर्न जति समय लगाउँछ तिनले पनि लगभग त्यत्ति नै समयमा परिक्रमा गरिरहेको हुनुपर्दछ । त्यत्तीमात्र नभई त्यो तारा आफ्नो तारापुञ्ज अर्थात ग्यालेक्सीको उपयुक्त ठाउँबाट परिक्रमा गरिरहेको हुनुपर्दछ । तारापुञ्जका सबै क्षेत्रमा भएका ग्रहहरुमा जीवन सम्भव हुदैन । जीवन सम्भव रहनका लागि त्यो तारा तारापुञ्जको बाहिरी भागतिर अवस्थित हुनुपर्दछ । यि सबै कुराहरु भएर त्यो ग्रह आफ्नो उपग्रहबाट सहि दुरीमा छैन भने पनि त्यो ग्रहमा जीवन सम्भव हुन सक्दैन । पृथ्वीमा जीवन सम्भव हुनका लागि चन्द्रमासँगको यसको दुरीको महत्वपुर्ण भुमिका रहेको छ । र कुनै पनि ग्रह वा पिण्डमा जीवन उत्पत्तीका लागि सबैभन्दा आवस्यक कुरा पानी हो । यदि त्यहाँ एच.टु.ओ. को अस्तित्व छ भने मात्र जीवन सम्भव हुन्छ र त्यहाँको बातावरणमा अक्सीजन र कार्बनडाइअक्साईड ठिक स्तरमा हुनुपर्दछ । माथि उल्लेख गरिएका सबै कुराहरु कुनै पनि ग्रहमा जीवनको अस्तित्व हुनका लागि आधारभुत कुराहरु हुन् । यि भन्दा बाहेक अन्य थुप्रै कुराहरु पनि छन् जसले जीवनको अस्तित्वका लागि महत्वपुर्ण भुमिका खेल्दछन् ।
भौतिकशास्त्रको नियम सबै ठाउँमा एकनाश नै लागु हुन्छ । त्यसकारण सम्पुर्ण बिशाल ब्रम्हाण्डमा केवल हाम्रो पृथ्वी मात्र गोल्डी लक जोनमा पर्दछ भन्नु मुर्खता हुन्छ । ब्रम्हाण्डमा अवस्थित यी असँख्य तारामण्डलहरुमा कहि पनि जीवन हुनसक्ने सम्भावना रहेको छ । यदि सम्पुर्ण ग्रहहरुको सँख्याहरुलाई लिएर केवल ०.०१ प्रतिशतमा मात्र जीवनको अस्तित्व हुनसक्छ भनेर मान्ने हो भनेता पनि जीवनको अस्तित्व हुन सक्ने ग्रहहरुको सँख्या १० लाख भन्दा बढि हुन जान्छ । त्यसोभए यति बिशाल सम्भावना बोकेको ब्रम्हाण्डमा हामीले किन एलियनहरुलाई अहिलेसम्म भेट्न सकेका छैनौ त ? 
२) किन हामीले एलियनहरुलाई भेट्न सकेका छैनौ त ?
भौतिकशास्त्री फ्रेन डेरेकले गहिरो खोज र अध्ययनपछि १९६१ मा एक समिकरण निकाले जसलाई “डेरेक समिकरण” भनिन्छ । उनका अनुसार हाम्रो मिल्कीवे ग्यालेक्सीमा मात्र करिब १०,००० भन्दा बढि ग्रहहरुमा जीवन हुनसक्छ । यति ठुलो सँख्याको बावजुद पनि हामीले किन उनीहरुलाई भेट्न सकेका छैनौ त ? बर्षौ अगाडी पठाइएका भोएजरर्सहरुले अरौबौ किलो मिटरको दुरी तय गरेर हाम्रो सौर्य–मण्डललाई समेत पार गरेर अरौबौ किलो मिटर टाढा गइसक्दा पनि एलियन जीवन कतै पत्ता लाग्न सकेन । बैज्ञानिकहरुले बर्षौदेखि रेडियसनहरुबाट ब्रम्हाण्डमा सन्देशहरु पठाउने काम गरिरहेका छन् तर आजसम्म कसैले पनि ति सन्देशहरुको जवाफ पठाएको छैन । यदि एलियनहरु अति नै उन्नत छन् र पृथ्वीमा मिनेटभरको समयमा आउँन सक्छन् भने किन तिनीहरुले हामीले पठाएका सन्देशहरुको प्रतिक्रिया दिएनन् त ? त्यसकारण कतिको भनाईमा मानिस मात्र ब्रम्हाण्डमा एकमात्र बुद्धिजिवी प्राणी हो र कुनै एलियन सभ्यताको अस्तित्व नै छैन । यदि एलियनको अस्तित्वलाई स्विकार्ने हो भने उनीहरुसँगको हाम्रो भेट सहज छैन भन्ने कुरा बुझनु अत्यावस्यक छ । यसको निम्ति सबैभन्दा ठुलो बाधा ताराहरुको आपसी दुरी हो । ताराहरु एकअर्काबाट यति टाढा रहेका छन् कि एउटा ताराबाट अर्को तारासम्म यात्रा गर्नका लागि थुप्रै प्रकाश बर्ष लाग्दछ ।
हाम्रो सौर्यमण्डल कै कुरा ग¥यो भने हाम्रो सौर्यमण्डलको सबैभन्दा नजिकको तारा प्रोक्जीमा सेन्टौरीसम्म पुग्न हामीलाई ४.३३ प्रकाशबर्षको भन्दा बढ्दा समय लाग्छ । अर्थात कुनै यस्तो यानको आबिस्कार गरियो जसले एक सेकेण्डको समयमा पृथ्वीलाई ७ चक्कर लगाउन सक्छ र त्यो यानमा त्यही गतिमा यात्रा गर्न सकियो भने प्रोक्जीमा सेन्टौरीसम्म पुग्नका लागि ४.३३ बर्ष लाग्नेछ । प्रोक्जीमा सेन्टौरी हामीबाट खरौबौ किलो मिटर टाढा रहेको छ र अहिले अस्तित्वमा रहेका अन्तरिक्षयानबाट यात्रा गरेर त्यहाँ जानका लागि हामीलाई ३०,००० बर्षको समय लाग्नेछ । यदि कुनै सभ्यता बिकसित अवस्थामा भएतापनि त्यसका लागि यत्रो लामो दुरी तय गर्नु साधारण कुरा होइन । यदि एलियनहरुको अस्तित्व छ भनेर स्विकार्ने नै हो भने पनि तिनीहरुलाई भेट्नका निम्ति ताराहरुको आपसी दुरी ठुलो बाधक र चुनौति हो । ब्रम्हाण्डमा प्रकाश नै सबैभन्दा तिब्रगतिमा यात्रा गर्ने चिज हो जसले एक सेकेण्डमा ३ लाख किलो मिटरको दुरी तय गर्दछ । मानौ कोही एलियन सभ्यता यति बिकसित छ कि तिनीहरुले तिब्रगतिमा यात्रा गर्ने यानहरु आबिस्कार गरिसकेका छन् र पनि तिनीहरुलाई पृथ्वीसम्म आउन थुप्रै समय लाग्नेछ । अल्वर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्त अनुसार कुनै पनि बस्तु प्रकाशको गतिभन्दा छिटो यात्रा गर्न सक्दैन । यदि त्यस्तो भएमा त्यो वस्तु आगोमा परिणत हुन्छ ।
केप्लर टेलिस्कोपले बर्षौदेखि करीब ३५,०० ग्रहहरुमाथि निगरानी राखिरहेको छ र एलियन जीवन पत्ता लगाउने प्रयत्न गर्दैछ । तर अहिलेसम्मको नतिजा भने निराशाजनक नै देखिएको छ । एलियन भन्ने बित्तिकै हामी कस्तो जीवन बुझदछौ ? के एलियन हामीहरुभन्दा बढि उन्नत र बिकसित हुनैपर्दछ त ? यस्तो अवस्य पनि होइन । एलियनहरु सानो ब्याक्टेरिया, साना प्राणीहरु र अबिकसित प्राणीका रुपमा पनि रहन सक्छन् । हुनसक्छ अरौबौ ग्रहहरुमध्ये केवल केही लाखमा मात्र जीवन अस्तित्वमा रहन सक्दछ भने ति लाखौ ग्रहहरुमध्ये केवल केही सयमा मात्र मानिस जस्तै बिवेकशिल प्राणी रहेका होलान् । त्यसकारण पनि हामीले एलियनहरुलाई भेट्न सकेका छैनौ । एलियनहरुलाई भेट्ने हाम्रो ठुलो धोको भएतापनि हामीले अहिलेसम्म उनीहरुलाई भेट्न सकेका छैनौ तर नाशाका बैज्ञानिकहरु भने २०४० सम्म एलियन जीवनको अस्तित्व पत्ता लाग्ने कुरामा आशावादी देखिन्छन् । यदि त्यसो भएमा यो यस शताब्दीकै सबैभन्दा ठुलो खोज हुनेछ । 
३) एलियन जीवन पत्ता लगाउनका निम्ति गरिएका प्रयत्नहरु
अब एलियन जीवन पत्ता लगाउनका निम्ति गरिएका केही प्रयत्नहरुको बारेमा हेरौ । भोयजर्सहरुको उद्धेश्य एलियन जीवन नै पत्ता लगाउनु नभएतापनि यसको प्रयोग एलियन जीवनको बारेमा अध्ययन गर्न भइरहेको छ । बैज्ञानिकहरुले थुप्र्रै बर्ष अगाडी भोयजर्स वन र भोयजर्स टु लाई ब्रम्हाण्डको अनन्त यात्राका लागि छोडिदिएका छन् । यि दुवै यन्त्रहरु पृथ्वीबाट अरबौ किलो मिटर टाढा गइसकेका छन् र त्यहाँबाट नयाँ नयाँ तस्विरहरु पठाइरहेका छन् । त्यसैगरी नाशाले २००९ मा एलियनहरुको अस्तित्व पत्ता लगाउनकै लागि भनेर केप्लर स्पेश टेलिस्कोप छोडेको थियो । यसले आकाशमा करीब ३५०० वटा ग्रहहरुमाथि नजर लगाईरहेको छ । हालसम्म यसले ग्लीज ६६७ सि, ग्लीज ५८१ डि., केप्लर ४५२ बि., केप्लर २२ बि., केप्लर ६२ डि., केप्लर ६९ सि., जस्ता ग्रहहरु पत्ता लगाएको छ जो ह्याबिटेबल जोनमा रहेका छन् र जीवनको भारी सम्भावना बोकेका छन् । चाडै नै यि ग्रहहरुमा जीवन छन् वा छैनन् भन्ने कुरामा बैज्ञानिकहरु निष्कर्षमा पुग्ने सम्भावना रहेको छ । एलियन जीवन पत्ता लगाउनका लागि गरिएका प्रयत्नहरुमध्ये सबैभन्दा महत्वपुर्ण प्रयत्न “ब्रेक थ्रु” परियोजना हो । फेसबुकका सँस्थापक मार्क जुकरबर्ग र भौतिकशास्त्री प्रख्यात बैज्ञानिक स्टेफेन हकिङ्ग र रुसी ब्यापारी युरी मिलनरले अगष्ट २०१६ मा यो परियोजनाको सुरुवात गरेका थिए । यो परियोजनाले एउटा सानो चिपको आकारको यन्त्रलाई हाम्रो सबैभन्दा नजिकको तारागण अल्फा सेन्टोरीमा पठाएको छ । अल्फा सेन्टौरी ३ वटा ताराहरुको समुह हो र त्यहाँ एउटा ग्रह ह्याबिटेबल जोनमा रहेर आफ्नो ताराको परिक्रमा गरिरहेको पत्ता लागेको छ । उक्त स्टार–चिपले प्रकाशको यात्राको जम्मा गतिको ५ भागको १ भाग बराबर यात्रा गर्नेछ । यसरी करिब साढे चार प्रकाश बर्ष टाढा रहेको अल्फा सेन्टोरीसम्म यात्रा गर्नका लागि उक्त स्टार–चिपलाई २० देखि ३० बर्षको समय लाग्नेछ । यो परियोजनाबाट एलियन जीवन पत्ता लाग्ने कुराप्रति बैज्ञानिकहरु आशावादी देखिन्छन् ।
अब अन्त्यमा........
के वास्तवमै एलियन छन् त ? यो प्रश्नको तथ्यगत उत्तर आजको समयसम्म हामीसँग छैन । सम्भावनाहरु प्रसस्तै देखिएता पनि तिनीहरुको उपस्थिती तथ्यगतरुपमा प्रमाणीत नभइसकेकाले  यसै भन्न सक्ने अवस्था पनि छैन । मानिस मात्र यति बुद्धिजीवि र बिवेकशिल प्राणी बन्नुले पनि थुप्रै प्रश्नहरु उब्जाउछ । ईश्वरको यो सृष्टि अद्भुत र रहस्यले भरिपुर्ण छ । जबसम्म सबै कुराहरु हाम्रा अगाडी छर्लङ्ग हुदैनन् तब सम्म सबै कुरा रहस्यकै गर्भमा रहनेछन् । आजसम्मका सबै खोज र अनुसन्धानहरुबाट मानवजाति नै सम्पुर्ण ब्रम्हाण्डको एकमात्र बुद्धिजिवी प्राणीको रुपमा अस्तित्वमा रहेको देखिन्छ । तसर्थ इश्वरले उपहार स्वरुप यो अनन्त ब्रम्हाण्डमा हामीलाई दिएको यो बहुमुल्य जीवनलाई भरपुर उपयोग गर्न सके जीवनको अर्थ अझ सार्थक हुन सक्छ ।  यदि हामीले यही पुस्तामा कुनै ग्रहमा जीवन पत्ता लगाउन सफल भयौ भने इतिहासमा हामी नै त्यो पूस्ता हुनेछौ जसले सबैभन्दा ठुलो रहस्य उजागर गर्नेछौ र के हामी वास्तवमै एक्लै छौ त ? वा के वास्तवमै एलियन छन् त ? भन्ने चुनौतिपुर्ण र रहस्यमयी प्रश्नको जवाफ पत्ता लगाउनेछौ ।
सम्बन्धित भिडियो..........

के वास्तवमै “ईश्वर” को अस्तित्व छ ? ईश्वरको अस्तित्वलाई प्रमाणित गर्ने ५ तथ्यहरु !

के वास्तवमै परमेश्वर हुनुहुन्छ ? सबैको मनमा कतै न कतै जिवित रहेको प्रश्न हो यो । कतिले सम्पुर्ण प्रकृतिलाई नै ईश्वर मानेका छन् र यसको आधारशिलाको रुपमा “तत्व” नै सम्पुर्ण कुराको आधार हो र यसैद्धारा “महाबिष्फोट” पछि सम्पुर्ण दृष्य संसार अष्तित्वमा आयो भन्ने रहेको पाईन्छ । र कतिले कुनै एउटा अलौकिक शक्तिको अष्तित्वमा बिश्वास गर्दछन्, जसलाई “आस्थिक” भन्ने गरिन्छ र उनीहरुको बिश्वास अनुसार सम्पुर्ण थोक कुनै एक अलौकिक ईश्वरको योजनामा उहाँकै कार्यसम्पादनद्धारा हुन आएको हो भन्ने हो । संसारको ईतिहासमा कुनै समय सम्पुर्ण बिश्वजगत नै “आस्थिक” थियो भने यो आधुनिक युगमा “नास्तिकवाद” तिब्ररुपमा बढिरहेको छ ।


प्रत्येक ख्रीष्टियनको निम्ति पनि यो चुनौतिपुर्ण प्रश्न हो । यहाँ परमेश्वरको अष्तित्वलाई साबित गरिदिने ५ वटा प्रमाणहरु दिएर थुपै्रहरुको जिज्ञासालाईइ मेट्ने कोशिष गरिएको छ । प्रस्तुत सम्पुर्ण तथ्यहरु बाइबलिय आधारमा नभई सृष्टिमा आधारित रहेका छन् ।

१) ब्रम्हाण्डको बनोट र यसको सञ्चालन प्रकृया


बिसौँ शताब्दी यता ब्रम्हाण्डको बारेमा क्रान्तिकारी खोजहरु भएका छन् । बैज्ञानिकहरुले जे कुरा तिनीहरुको खोज र अनुसन्धानबाट पत्ता लगाएका छन् त्यो कुराले परमेश्वरको अष्तित्वलाई निमिट्यान्न पार्ने होईन तर झनै बलियो बनाईदिएको छ । ब्रम्हाण्डमा असँख्य खगोलिय पिण्डहरु रहेका छन् । परमेश्वरले ब्रम्हाण्डलाई यसरी आकार दिनुभएको छ कि यो एउटा निश्चित नियम अनुसार चल्दछ, जसलाई बैज्ञानिकहरु “भौतिक नियम” भन्ने गर्दछन् । ब्रम्हाण्ड यति ब्यवस्थित र नियमानुकुल चलिरहेको छ कि कसैले पनि यस्तो ब्यवस्थित चिज आफै अष्तित्वमा आयो होला भन्नै सक्दैन । यस्तो ब्यवस्थित कुरा आफै हुन आयो भन्नु मुर्खता बाहेक केही सिद्ध हुदैन । तसर्थ ब्रम्हाण्डको बनोट र यसको सञ्चालन प्रक्रियाले परमेश्वरको अष्तित्वलाई प्रमाणीत गर्दछ ।

२) ब्रम्हाण्ड समयको कुनै विन्दुमा अष्तित्वमा आएको थियो ।


कुनै पनि थोक जसको अष्तित्व छ त्यसको सुरुवात पनि हुन्छ । तर पनि प्राचिन समयदेखि ब्रम्हाण्ड अनन्त छ भन्ने कुरा बिश्वास गरिदै आएको थियो । तर बिसौँ शताब्दीमा खगोल बैज्ञानिक एडविन हब्बलले शक्तिशाली दुर्विन आबिस्कार गरेपछि भने सम्पुर्ण बिचारहरु गलत साबित भयो र बाईबल अझै मजबुत भयो । किनकि बाईबलले सुरुमै ब्रम्हाण्ड समयको कुनै बिन्दुमा अष्तित्वमा आएको हो भन्ने कुरा उल्लेख गर्दछ । वर्तमान सन्दर्भमा संसारका १०० प्रतिशत बैज्ञानिकहरुले नै ब्रम्हाण्ड अनन्त नभई कुनै समयमा सुरु भएको हो भन्ने कुरालाई स्विकार गरेका छन् र यो अहिले सर्वमान्य तथ्य साबित भईसकेको छ ।

संसारमा अहिले आस्थिक र नास्तिकमध्ये धेरै जनाले स्विकार गर्ने सिद्धान्त “महाबिष्फोट” हो । बैज्ञानिकहरुको भनाई अनुसार आजभन्दा १३ अरब बर्षपहिले कुनै अज्ञात कारणले महाबिष्फोट हुन गयो र सम्पुर्ण ब्रम्हाण्ड अष्तित्वमा आयो । तर महाबिष्फोट गराउने त्यो “अज्ञात कारण” के हो भन्ने चाहिँ कसैले बताउन सकेका छैनन् । 

३) सम्पुर्ण प्रकृति एउटा निश्चित प्राकृतिक नियम अनुसार चल्दछ ।


प्रत्येक ताराहरुमा हाईड्रोजनहरु हिलियममा परिवर्तन हुदैछन् । कुनै तारामा पनि हिलियमहरु हाईड्रोजनमा परिवर्तन भईरहेका छैनन् । प्रत्येक खगोलिय पिण्डहरुको आफ्नै गुरुत्वाकर्षण बल हुन्छ । ब्रम्हाण्डमा कुनै पनि खगोलिय पिण्डहरु गुरुत्वाकर्षण बल बिनाका छैनन् । पृथ्वीमा भएकै थोकलाई हे¥यो भने गाईले गाई वा गोरुलाई नै जन्म दिन्छ, गधा वा कुकुरलाई जन्म दिन सक्दैन । हरेक प्राणीहरुमा आफ्नै सँख्यामा क्रोमोजोमहरु रहेका हुन्छन् । तसर्थ संसारका प्रत्येक थोक दृष्य वा अदृष्यरुपमा कुनै निश्चित नियममा चल्दछन् । अन्धाधुन्धा र अनियमित तरिकामा सञ्चालन हुने कुनै पनि थोक यो ब्रम्हाण्ड वा यही पृथ्वीमा पाउन सकिदैन । तसर्थ सम्पुर्ण प्रकृति जुन तरिकामा अति ब्यवस्थीत र निश्चित नियममा सञ्चालन भईरहेको छ यसले यसलाई यसरी ब्यवस्थित बनाउने कोही छ भन्ने कुरा प्रमाणीत गर्दछ ।

४) डि.एन.ए. को सँरचना


हरेक प्राणीहरुमा आफ्नै प्रकारको डि.एन.ए. हुन्छ । बैज्ञानिकहरुले डि.एन.ए.को बारेमा बृस्तित अध्ययन गरेका छन् र यसबाट सामुन्ने आएका तथ्यहरुले सबैलाई चकित पारेको छ । डि.एन.ए.ले बिशेषगरी बुवाआमाका गुणहरुलाई उनीहरुका सन्तानहरुमा सार्ने काम गर्दछ । यो अति सुक्ष्म हुन्छ र पनि यसले थुप्रै गुणहरु बोक्ने क्षमता राख्दछ । डि.एन.ए. जस्तो उच्च बौद्धिक र बैज्ञानिक चिज स्वतह अष्तित्वमा आउनु असम्भव छ । यस्तो बौद्धिक चिज पक्कै कसैले अष्तित्वमा ल्याएको हुनै पर्दछ भन्ने कुरामा आधुनिक चिकित्सा बिज्ञान निश्चित हुदै गईरहेको छ । डि.एन.ए. को बारेमा सम्पुर्ण कुराहरु यहाँ उल्लेख गर्न सम्भव नभएकाले पाठकवर्गहरुमा यसको बारेमा अझै थप अध्ययन गर्नका लागि सादर अनुरोध गर्दछु ।

५) येशू ख्रीष्ट नै परमेश्वरको अष्तित्वको सबैभन्दा ठुलो प्रमाण


येशूले शिक्षा दिनुभयो, रोगी बिरामीहरुलाई निको पार्ने काम गर्नुभयो । थुपै्र आश्चर्यकर्महरु गर्नुभयो । ३३ बर्षको युवा अवस्थामा उहाँ समस्त मानवजातिका लागि क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो र फेरी तेस्रो दिनमा जिवित भई उठ्नुभयो । दुनियामा थुप्रै बिद्धानहरु, राजाहरु, महाराजाहरु र प्रभावशाली दार्शनिकहरु जन्मिए । उनीहरुले संसारलाई ठुलो प्रभाव पारे । तर येशूले छोटो समय सेवकाईमा बिताउनुभयो, साधारण जीवन जिउनुभयो, उहाँका पछाडी लाग्ने ब्यक्तिहरु साधारण मछुवाहरु मात्र थिए, उहाँ कहिल्यै कुनै बिश्वबिद्यालयमा गएर सिक्नुभएन, राजा महाराजाहरुसँग उहाँको मित्रता थिएन । तर पनि उहाँले संसारलाई यस्तो अतुलनिय प्रभाव पार्नुभयो कि मानिसहरु उहाँको जीवनको बारेमा सोच्न बाँध्य भएका छन् । यस्तो जीवनले उहाँ परमेश्वरको प्रतिरुप हुनुहुन्छ भन्ने कुरा प्रमाणीत गर्दछ । 

सम्बन्धित भिडियो.............

Tuesday, May 7, 2019

“मलाई हस्ताक्षर गर्न आउँदैन !” (एक अनपढ युवकको सफलताको प्रेरणादायी कथा)



एकदिन एक युवक जागिरको खोजिमा एउटा विमा कम्पनीको कार्यालयमा जादैथियो । ऊ गरिब परिवारमा हुर्केको एक अनपढ युवक थियो । तर उसले पनि जीवनमा ठुला–ठुला सपनाहरु देखेको थियो । विमा कम्पनीमा एक सेक्यूरिटी गार्ड चाहिएको छ अरे भन्ने सुनेकाले ऊ त्यो कामका लागि अनुरोध गर्न जादैथियो । त्यो दिन उसको मानषपटलमा भएको उत्साह, आशा र विश्वास उसको अनुहारमा प्रष्ट देखिन्थ्यो । ऊ कार्यालयमा गयो र हाकिमलाई भेट्यो । ऊ हाकिमलाई छिट्टै प्रभाव पार्न सफल भयो । हाकिम पनि उसलाई सेक्यूरिटी गार्डको काम दिन राजी भए । अन्तत ति हाकिमले त्यो युवकलाई एग्रिमेन्ट पेपरमा हस्ताक्षर गर्न भने । युवकले शर्मका साथ जवाफ दियो, “मलाई हस्ताक्षर गर्न आउँदैन ! मैले पढे लेखेको छैन !” यो कुरा सुन्ने वित्तिकै ति हाकिमको अनुहारको भाव नै बद्लियो । उनले रुखो पारामा भने, “हामीकहाँ सबै पढे लेखेका र शिक्षित मात्र छन् ! तिमी अनपढको यहाँ के काम ! तिमीलाई यहाँ राख्न सकिन्न, तिमी जान सक्छौ !” युवक निकै दुखित हुदै त्यहाँबाट निस्कियो ।


उसलाई १० किलो मिटर यात्रा गर्दै घर फिर्ता जानुथियो । ऊ बाटोमा जादैगर्दा टुक्रिएका उसका सपनाहरुका निम्ति आफु र आफ्नो नियतीलाई धिकार्दै थियो । ऊ हिड्दै गर्दा उसले एक जना मानिसले ठेलामा टमाटर बेचिरहेको देख्यो । ऊ एकछिन अड्डियो र गोजी छाम्यो । गोजीमा २०० रुपैया थियो ! उसले त्यो २०० को टमाटर किन्यो । ऊ बस वा अटो चढेन बरु हिड्दै टमाटर बेच्न थाल्यो । ऊ हिडेर घर पुगुञ्जेल उसले सबै टमाटरहरु बेचिसकेको थियो । त्यत्तिमात्र नभई त्यो दिन उसले १०० रुपैया मुनाफा पनि गरेको थियो । अब उसँग जम्माजम्मी ३०० रुपैया थियो । उसले भोलीपल्ट त्यो पैसा फेरी अर्को कुरामा लगानी ग¥यो । त्यहाँबाट ऊ फेरी राम्रै मुनाफा गर्न सफल भयो । यसरी निरन्तर अथक परिश्रम र समर्पणताका कारण केही वर्षमा नै ऊ देशकै एक धनी र प्रतिष्ठीत व्यापारी बन्न सफल भयो ।


एकदिन एक व्यक्ति उसकहाँ विमा गर्न प्रस्ताव लिएर आए । अन्ततः विमाका कागजातहरु तयार भइसकेपछि ति विमाका हाकिमले तिनलाई हस्ताक्षर गर्न भने । तिनले जवाफ दिए, “मलाई हस्ताक्षर गर्न आउँदैन ! मैले पढे लेखेको छैन !” ति विमाका हाकिम चकित हुदै भने, “तपाई अनपढ भएर पनि देशकै एक प्रतिष्ठित व्यापारी बन्न सफल हुनुभयो ! तपाई शिक्षित भएको भए झन् के बन्नुहुन्थ्यो होला ?” ति व्यापारीले बडो सालिनताका साथ जवाफ दिए , “तपाईको कार्यालयको सेक्यूरिटी गार्ड !”

तपाई तबसम्म पराजित व्यक्ति हुनुहुन्न जब सम्म तपाई आफुलाई पराजित मान्नुहुन्न । असफलताबाट पराजित नभई अर्को विकल्प खोजेर निरन्तर त्यसैमा समर्पणता र सँकल्पका साथ परिश्रम गरेमा सफलता प्राप्त गर्न सकिन्छ । तपाई त एक हुनुहुन्छ तर तपाईका लागि सफलताका विकल्पहरु भने हजारौं रहेका छन् । बस आवस्यकता छ त तपाईको जुनुन् र सँकल्पको !

सम्बन्धित भिडियो.........