Friday, April 24, 2020

ख्रीष्टियनहरुले किन लाश “जलाउनु” को साटो “गाड्छन्” ! के ख्रीष्टियनहरुले पनि गाड्नुको साटो जलाउन मिल्दैन र ? (भिडियो सहित)


लाश जलाउने प्रचलन कुन कुन धर्ममा छ ?

संसारका प्राय सबै प्रमुख धर्महरुमा लाश गाड्ने प्रचलन रहेको छ । यहूदी, इस्लाम, बौद्ध, ख्रीष्टियन सबै धर्महरुमा मान्छेको लाश गाड्ने चलन रहेको छ । संसारको चौथो ठुलो धर्म हिन्दुमा भने लाशलाई जलाउने प्रचलन रहेको छ । विश्वमा केवल हिन्दु धर्ममा मात्रै लाशहरु जलाइन्छ पनि भन्न सकिन्छ । लाश जलाउने कुरा हिन्दु धर्मको प्रचलनसँग सम्बन्धित कुरा हो । यसलाई हिन्दुत्वको एक सिद्धान्तको रुपमा पनि लिन सकिन्छ । मुलत दुई वटा कारणहरुले हिन्दु धर्ममा लाश जलाइन्छ । पहिलो कारणः मानिसले जुनी बदल्ने भएकाले यो शरीरबाट आत्मा गइसकेपछि यसको कुनै महत्व र अर्थ रहदैन भन्ने अवधारणा । हिन्दु धर्ममा आत्मा अनन्त छ र यसले ८४ लाख जुन बद्लिएर अन्तत ब्रम्हामा विलिन हुन्छ भन्ने विश्वास गरिन्छ । तसर्थ आत्माले शरीर छोडेमा उसले अर्को जुनि लिन्छ । त्यसो भएमा मरिएको शरीरको कुनै अर्थ हुदैन भन्ने विश्वास गरिन्छ । दोस्रो कारणः शरीर अग्नि देवतालाई अर्पण गर्नु । हिन्दु विश्वासमा अग्निलाई एक देवताको रुपमा लिइन्छ र मानिस मरिसकेपछि उसको शरीरलाई अग्नि देवतालाई अर्पण गरिन्छ ।

ख्रीष्टियनहरुले किन लाश जलाउँछन् ?

ख्रीष्टियन विश्वासमा भने लाशलाई जलाउनुको साटो गाड्ने अर्थात दफन गर्ने गरिन्छ । यसको केही बाइबलिय कारणहरु रहेका छन् । कुनै ख्रीष्टियनको मृत्यु भएमा उसलाई “मरेको” भन्ने गरिदैन तर “सुतेको” भन्ने गरिन्छ । त्यसकारणले नै ख्रीष्टियनहरुको चिहानमा रेष्ट इन पिस (रिप) लेखिएको हुन्छ । बाइबलमा उल्लेख गरिएअनुसार येशू ख्रीष्ट एक पटक फेरी ख्रीष्टियनहरुलाई लिनका लागि फर्केर आउनुहुनेछ । रेष्ट इन पिस पनि यसैसँग जोडिएको छ । यसको अर्थ येशू ख्रीष्ट नआउञ्जेलसम्म आरामसँग विश्राम गर भन्ने हुन्छ । ख्रीष्टियन सिद्धान्तमा येशू ख्रीष्टको दोस्रो आगमनको शिक्षाको विशेष स्थान रहेको छ जसलाई अँग्रेजीमा इस्क्रयाटोलोजि भनिन्छ भने नेपाली दोस्रो आगमनको सिद्धान्त भन्ने गरिन्छ । बाइबलमा लेखिएअनुसार येशू ख्रीष्ट फर्केर आउँदा मरिगएकाहरु अर्थात ख्रीष्टियन अर्थमा सुतिगएकाहरु फेरी जिवित भएर उठ्नेछन् र बादलमा येशूलाई भेट्न जानेछन् । यो सम्बन्धमा १ थेसलोनिकी ४ः१४–१६ मा यसो लेखिएको छ ः किनकि हामी विश्वास गर्छौ , कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरुलाई येशूद्धारा ल्याउनुहुनेछ । प्रभुको वचनद्धारा हामी तिमीहरुलाई घोषणा गर्छौ, कि हमी जो जीवित छौ र प्रभको पुनरागमनसम्म बाँचिरहन्छौ, सुतिगएकाहरुलाई कुनै किसिमले पनि उछिन्नेछैनौ । किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदुतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ , र ख्रीष्टमा मरेकाहरुचाहिँ पहिलो बौरिउठ्नेछन् । 
यो खण्डमा येशूको दोस्रा आगमन र कसरी उहाँले सुतिगएका अर्थात मरिगएका र जीवित ख्रीष्टियनहरुलाई बोलाउनुहुनेछ भन्ने कुरा उल्लेख गरिएको छ । स्पष्ट हुनुपर्ने कुरा यो हो कि येशू ख्रीष्ट फेरी फर्केर आउनुहुदा केवल मरिगएका ख्रीष्टियनहरुमात्र नभई सबै जना जिइ उठ्नेछन् । यो विषयमा दानिएल १२ः२ पदमा उल्लेख गरिएको देख्न सकिन्छ । यसरी अन्तिम दिनहरुमा जिइउठ्नका लागि लाश गाडिएको हुनुपर्छ भन्ने ख्रीष्टियन तर्क रहेको छ । यसबाहेक परमेश्वरले उत्पत्ती ३ः१९ मा परमेश्वरले आदमलाई सराप दिदा यसो भन्नुभयोः किनकि माटैबाट त निकालिएको थिइस् । तँ माटै होस्, र माटैमा फर्किजानेछस् । त माटैमा फर्किजानेछस् भनेर परमेश्वरले भन्नुभएको कारण ख्रीष्टियनहरुले लाश जलाउनुको साटो गाड्ने गर्दछन् । तथापी अहिले पश्चिमा जगतमा लाश जलाउने प्रचलन पनि बढिरहेको छ । यसका लागि उनीहरुले आधुनिक प्रविधियुक्त सामाग्रीहरुको प्रयोग गर्ने गर्दछन् ।

तार्किकरुपमा गाड्नु वा जलाउनु कुन चाहिँ उपयुक्त हुन्छ ?

अवस्य पनि गाड्नु उपयुक्त हुन्छ । लाश जलाउँदा त्यसले पर्यावरणमा नकारात्मक प्रभाव पार्छ । संसारमा सबैले लाश जलाउन थाल्ने हो भने त्यसले वायुमण्डलमा कति प्रभाव पार्ला विचार गरौ ! तर लाश गाड्दा त्यसले पर्यावरणमा कुनै नकारात्मक प्रभाव पार्दैन । त्यसबाहेक लाशहरु नदिको छेऊमा जलाउने गरिन्छ । वर्तमानमा त्यसो नभएपनि एक समयमा प्रायजसो मानिसहरुको लागि पिउने पानीको स्रोत नदिनाला नै थिए । त्यसबाहेक मानिसहरु माछा मार्न र नुहाउनका लागि पनि नदिमा जानेगर्दछन् । मानिस जलाएर त्यसको अवशेषहरु पानीमा फालिदिदा मानिसहरुको स्वास्थमा नकारात्मक प्रभाव पर्न जान्छ । 
मानिस गाड्दा जमिन त्यसले जमिन ओगट्ने भएकाले र त्यो जमिनलाई प्रायजसोले कहिल्यै उपयोग नगर्ने भएकाले त्यो एक बेफाइदा पनि लाश गाड्नुमा रहेको छ । त्यसबाहेक लाश गाड्दा जमिन मलिलो हुने भएकाले यसले पर्यावरणलाई मद्धत गर्छ । साथै मानिसहरु आफ्ना आदरणिय र प्रिय व्यक्तिको सम्झनामा उनीहरुको समाधीस्थलमा गएर श्रद्धा प्रकट गर्न सक्छन् । उदाहरणका लागि आज पनि भारतमा गान्धि जयन्तीका दिन भारतको प्रधानमन्त्री लगाएत अन्य मानिसहरु उनको समाधीस्थलमा गएर महात्मा गान्धिप्रति श्रद्धा प्रकट गर्ने गर्दछन् ।

के ख्रीष्टियन लाश जलाइयो भने त्यो स्वर्ग जादैन त ?

त्यसो अवस्यपनि हुदैन । कैयौ ख्रीष्टियनहरु परिवारमा एक्लो ख्रीष्टियन हुन्छन् । उनीहरुको मृत्युपछि उनीहरुको परिवारले आफ्नै रितिरिवाजका साथ उनीहरुको अन्येष्ठी गर्न चाहन्छन् । के अब त्यो मरिगएको अर्थात सुतिगएको ख्रीष्टियन स्वर्ग नै जान नपाउने त ? उसको विश्वासले उसलाई मुक्ति दिनेछ । उसको लाश जलाउन वा गाड्नमा अरु व्यक्तिहरुनै जिम्मेवार हुनेभएकाले यसले मुक्तिमा केही प्रभाव पार्दैन । अन्तत परमेश्वरमा कुनै कुरा असम्भव छैन ।

सम्बन्धित भिडियो.......


No comments:

Post a Comment