Monday, May 6, 2019

को हुन् बव मार्ले ? कसरी भएको थियो उनको मृत्यु ?



बब मार्ले ६ फेव्रुअरी १९४५ मा जमाईका देशको सेन्ट एन पेरीस भन्ने ठाउँमा जन्मिएका थिए । उनी निकै गरिब परिवारमा जन्मिएका थिए । उनको बुवा एक गोरा जातिका मानिस थिए भने आमाचाहिँ कालाजातिकी महिला थिइन् । मानिसहरुले उनको पृष्ठभुमिको बारेमा टिप्पणी गर्दा उनी भन्ने गर्दथेः “न त म गोराहरुको पक्षमा छु , न त म कालाहरुको पक्षमा नै छुँ , म त इश्वरको पक्षमा छुँ ।” बब मार्लेको जन्मको नाउँ नेष्टा रोबर्ट मार्ले थियो पछि गएर उनी बब मार्लेको नाउँले चिनिए । सानो छँदा उनले गरिबीको निकै सामना गरे । भन्ने गरिन्छ उनी सानो छदा हात हेर्ने काम गर्दथे । उनले हात हेरेर भनेको कुरा अक्षरसः पुरा पनि हुने गर्दथे अरे । सात वर्षको उमेरमा उनले हात हेर्नछोडे र त्यसपछि गायन क्षेत्रमा लागे । एका विहान एकजना महिला उनीकहाँ आईन् र हात हेरिदिन भनिन् । बबले उनलाई “मैले हात हेर्न छोडिसके, अब त म गाएक बन्न जादैछुँ !” भनेर जवाफ दिए । ति महिला खुब हासेर त्यहाँबाट गईन् । उनी निकै राम्रो गाउन सक्थे । साँगतिक क्षेत्रमा कदम चाल्नका लागि उनले १४ वर्षको उमेरमा घर छोडे । उनले जमाएकन सँस्कृतिलाई निकै माया गर्ने गर्दथे । रेगेइ म्युजिक जमाएकाको स्थानिय सँगित थियो । बब मार्लेले यहि म्युजिकलाई नै अगाडी लिएर अघि बढ्ने निश्चित गरे ।

 १७ वर्षको उमेरमा १९६२ मा उनले उनको पहिलो एल्वम् “जज नट” निकाले । १९६३ मा मार्लेले केही व्यक्तिहरुसँग मिलेर म्युजिकल व्याण्डको स्थापना गरे जसलाई उनीहरुले “टिन एजर्स” नामाकरण गरे । पछि गएर उनीहरुले यसको नाउँ परिवर्तन गरे र “द वेयलर्स” राखे । त्यसपछि उनले क्रमसः “आइम स्टील वइटिङ्ग”, “सिमर डाउन”, “लेट हिम गो” र अन्य एल्वम्हरु निकाली सकेका थिए । तब सम्म त उनी जमाएकामा एक स्थापित गाएक भइसकेका थिए । रेगेइ म्युजिक प्रतिको उनको प्रेमलाई मानिसहरुले निकै रुचाए । १९७५ मा सार्वजनिक “नो वोमेन नो क्राई” भन्ने एल्वमले मार्लेलाई अन्तराष्ट्रियरुपमा पहिचान दियो । उनी विश्वभरी नै परिचित भए । उनले ख्रीष्टियन धर्म त्याग गरे र राष्टाफारी धर्म अपनाए । राष्टाफारी धर्म इथियोपियाको एक शासकद्धारा स्थापित धर्म थियो । यो धर्म ख्रीष्टियन धर्मसँग धेरै हिसाबमा मिल्दथ्यो र राष्टाफारी धर्ममा बाइबलको पुरानो नियमलाई नै धर्मग्रन्थको रुपमा मानिन्थ्यो । 

बबले १९६६ मा स्थानिय सन्डे स्कूलकी शिक्षीका रीटा एन्डर्सनलाई विवाह गरे । रीटाबाट बबका ४ वटा छोराछोरीहरु जन्मिए । बबले आधिकारिकरुपमा स्विकारेका जम्माजम्मी ११ वटा छोराछोरीहरु थिए । ति कम्तिमा ८ वटी महिलाहरुबाट जन्मिएका बबका छोराछोरीहरु थिए । तर वास्तविकतामा उनका २० वटासम्म सन्तान हुनसक्ने अनुमान लगाइएको छ । एक पटक बब मार्लेको हत्या प्रयास पनि भएको थियो । हतियारधारीहरुले बब, उनकी श्रिमती रिटा र उनको म्यानेजरमाथि गोली चलाए । गोली लागेतापनि उनीहरु बाँच्न सफल भए । त्यसको दुई दिनपछि जमाइकाको गृहयुद्धलाई अन्त्य गर्न आह्वान गर्दै एउटा कन्सर्ट गर्न लागिएको थियो । मार्लेले उक्त गोलीकाण्डपछि त्यो कन्सर्ट रद्ध गर्छन् भन्ने धेरैको विश्वास थियो । तर उनी उक्त कन्सर्टमा गए र देशको एकताका लागि गित गाए । उनले त्यो कन्सर्टमा, “यो दुनियालाई खराब बनाउन खोज्नेहरु त एकदिन पनि विश्राम लिदैनन् भने म किन विश्राम लिऊ !” भनेर घोषणा गरे । सबै जना अचम्भित भए । उक्त कन्सर्टमा ८०,००० मानिसहरु उपस्थित थिए । त्यसपछि उनी व्रिटेनमा गए त्यही नै आफ्नो साँगेतिक करिअरलाई अगाडी बढाए । केही समयपछि उनी फेरी जमाएकामा नै फर्किए ।

उनलाई राष्टाफारी धर्मलाई र रेगेइ म्युजिकलाई दुनियामा परिचित गराउने आइकनको रुपमा लिइन्छ । उनी राष्टाफारी धर्मप्रति निकै समर्पित थिए । त्यसकारण उनी साकाहारी थिए । राष्टाफारी धर्ममा गाँजा सेवन गर्नुको आध्यात्मिक महत्व रहेको छ । राष्टाफारी धर्ममा गाँजा खानु पवित्र कार्य थियो । बब मार्ले निकै गाँजा खाने गर्दथे । उनको फुर्सदको समय पुरै गाँजा खादै र साथिभाईहरुसँग गफ गर्दै बित्दथ्यो । राष्टाफारी धर्ममा शरीरका कुनै पनि अङ्गहरुलाई काटेर फाल्नु राम्रो मानिदैनथ्यो । त्यसकारण बब मार्लेले कहिल्यै पनि कपाल काटेनन् । उनी जटाधारी थिए र त्यो नै राष्टाफारी धर्मको पहिचान थियो । उनको सँगितमा विशेषगरी मानवता, राष्ट्रप्रेम, राष्टाफारी धर्मको प्रभाव देख्न सकिन्छ । उनी ७० को दशकका अन्तराष्ट्रिय प्रख्यात गाएक र लेखक थिए । उनले गाउने गरेका अधिँकाश गित मार्ले स्वयम्ले नै लेखेका थिए । उनलाई फुटबल खेल्न निकै मन पर्दथ्यो । फुर्सदिलो समय उनी फुटबल खेलेर पनि बिताउने गर्दथे । फुटबल र उनको धर्मप्रतिको उनको विश्वास नै बिसौँ शताव्दीको सबैभन्दा महान् गाएकको मृत्युको कारण भयो । १९७७ मा फुटबल खेल्न क्रममा उनको खुट्टाको बुढि औलामा चोट लाग्यो । त्यही घाउ बढ्दै गएपछि उनी हस्पिटल गए । डाक्टरले बुढि औला काटेर फाल्नुपर्ने बताए । तर राष्टाफारिन धर्ममा शरीरका अङ्गहरु काट्नु राम्रो मानिदैनथ्यो । त्यसकारण उनले औला काट्न अस्विकार गरिदिए । पछि त्यही घाऊ फैलदै गएर स्किन क्यान्सरको रुपमा विकसित भयो र उनको शरीरभरी फैलियो । यूरोपका विभिन्न देशहरुमा कन्सर्ट गर्ने क्रममा उनको स्वास्थ्य निकै विग्रदै गइरहेको उनले अनुभव गरे । उनले उपचारको सहायता पनि लिन खोजे तर निकै ढिलो भइसकेको थियो । उनी जमाएकामा नै अन्तिम शास लिन चाहन्थे । त्यसका लागि उनले विभिन्न कन्सर्टहरु रद्ध गरेर जर्मनीबाट जमाएकाका लागि उडान भरे । तर विच बाटोमा नै उनको स्वास्थ्य निकै खराब हुन पुग्यो । उनी अमेरिकाको मायामीमा नै ओर्लनुप¥यो । त्यही फेरी उनले अन्तिममा ख्रीष्टियन धर्म अपनाए । उनको मृत्यु मायामीमा नै ११ मे १९८१ का दिन भयो । मर्ने बेलामा अन्तिममा उनले आफ्नो छोरालाई, “पैसाले जीवन किन्न नसकिदो रहेछ” भनेका थिए । २० औ शताव्दीको महान् गाएक बब मार्ले ३६ वषर्को अल्पायुमा नै क्यान्सरका कारण मर्न पुगे ।


उनको लाशलाई जमाएकामा ल्याइयो । उनको अन्त्यष्ठिमा जमाएकन नेसनल अरिनामा ५०,००० मानिसहरु उपस्थित थिए । भनिन्छ यि ति व्यक्तिहरु थिए जसलाई एरिनामा पस्न दिइएको थियो । बाहिर धेरै ठुलो भिड थियो । उनको चिहानमा उनीसँगै एउटा गितार, एउटा फुटबल, एउटा बाइबल र एक पोका गाँजा राखिएको थियो । उनको मृत्युको ३८ वर्षपछि पनि मानिसहरु बब मार्लेलाई उत्तिकै प्रेम गर्दछन् । त्यो समयमा साँगेतिक क्षेत्रबाट २ अरव अमेरिकी डलर कमाएर उनले सर्वाधिक कमाउन सफल गाएकको रेकर्ड बनाएका थिए । उनलाई जमाएका र विश्व शान्तिका लागि उल्लेखनिय भुमिका खेलेको कारण राष्ट्रसँघले सन् १९८० मा शान्ति पुरुष्कार प्रदान गरेको थियो । उनका गितहरुले विश्वका ठुलाठुला पुरुस्कारहरु जित्न सफल भएका छन् । रक एण्ड रोल हल अफ फेम, ग्रामी लाइफटाइम अचिमेन्ट अवार्ड, टाइम म्यागाजिन्स एल्बम अफ द सेन्चुरी, बि.बि.सीज सङ्ग अफ द मिलेनियम  आदि । फाव्र्सले २०१६ मा निकालेको अत्यधिक कमाउने मृतक सेलेब्रिटीहरुको लिष्टमा उनको नाउँ छैठौ स्थानमा थियो । गरिब देशको गरिब बस्तिको गरिब झुपडीबाट आएका बब मार्ले अन्तराष्ट्रिय सुपरस्टार बने र उनको छोटो करिअरमा नै ठुलो सफलता प्राप्त गरे । देशभक्ति र राष्टाफारी धर्मका कुराहरुलाई रेगेइ म्युजिकको माध्यममा बाहिर ल्याई उनले जमाएका देश, राष्टाफारी धर्म र रेगेइ म्युजिकलाई अन्तराष्ट्रियरुपमा चिनाए । उनका सात वटा छोराहरुले उनको साँगेतिक विरासतलाई समालिरहेका छन् । उनीहरु पनि अन्तराष्ट्रिय गाएकहरु हुन् । बब मार्लेकी श्रिमतीले उनको श्रिमान्को सम्झनामा “बब मार्ले फाउण्डेसन” स्थापना गरिन् जसले आजपनि प्रभावकारीरुपमा सेवा पु¥याइरहेको छ । बब मार्ले केवल उनका रेगेइ सुमधुर सँगित र मनछुने शव्दहरुका कारण मात्र होइन तर उनले भन्ने गरेका प्रेरक भनाईहरुका कारण पनि प्रख्यात रहेका छन् । उनी विश्व साँगेतिक क्षेत्रको इतिहासका सधै उदायमान हुने तारा हुन् ।

भिडियो......

Thursday, May 2, 2019

पृथ्वी जस्तै ९ ग्रहहरु (के एलियनहरु ति ग्रहहरुमा छन् होला त ?)

आधुनिक विज्ञानको उदयसँगै ब्रम्हाण्ड सम्बन्धी पत्ता लागेका नयाँ तथ्यहरुले सबलाई चकित पारेको छ । मानिसको परिकल्पनामा पनि ब्रम्हाण्डको सिमा विस्तार हुन पुगेको छ । खगोल विज्ञानले पनि समयसँगै निकै फड्को मारिसकेको छ । हामीले रातमा देख्ने पिलपिलाईरहेका धमिला ताराहरुमाथि नजर राख्नका लागि आज हामीसम्म केप्लर र हव्वल जस्ता टेलिस्कोपहरु रहेका छन् । ब्रम्हाण्डलाई अझै नजिकबाट चिन्ने र यसको बारेमा वृस्तित अध्ययन गर्ने मानवजातिको कोशिष्ले तिव्रगतिमा निरन्तरता पाइरहेको छ ।

के पृथ्वीभन्दा बाहिर अन्य कुनै ग्रहहरुमा पनि जीवन रहेको छ ? यो अति नै रहस्यमयी प्रश्न हो । अनुसन्धानका क्रममा यस्ता थुप्रै ग्रहहरु पत्ता लागेका छन् जो देखिनमा हाम्रो पृथ्वी जस्तै छन् । वैज्ञानिकहरुमा अनुसार ति ग्रहहरुमा एलियन जीवन हुनसक्ने भारी सम्भावना रहेको छ । प्रविधीको कमिले ति ग्रहहरुको बारेमा पुर्ण अध्ययन हुने भने बाँकी नै रहेको छ । ति ग्रहहरु हामीबाट धेरै टाढा रहेका छन् । यो भिडियोमा यस्ता ९ वटा ग्रहहरुको सुचि उल्लेख गरिएको छ जो आफ्नो ताराको ह्याविटेवल जोनमा रहेर परिक्रमा गरिरहेका छन् । यि ग्रहहरुमा पानी, ठोस जमिन र वनस्पतीहरु हुने भारी सम्भावना रहेका छन् । यि ग्रहहरु पृथ्वी जस्तै देखिने भएकाले तिनलाई सुपर अर्थ नाम दिइएको छ । ति ९ ग्रहहरु यस प्रकार रहेका छन्ः

(१) केप्लर १८६ एफ (Kepler-186f)


यो अहिलेसम्म भेट्टाइएको पहिलो यस्तो ग्रह हो जो आकारमा पृथ्वी जत्रै रहेको छ । यो पृथ्वीबाट ४९० प्रकाशवर्ष टाढा रहेको छ । ४९० प्रकाशवर्ष भनेपछि हाम्रा लागि निकै टाढा हो । यो चट्टानबाट बनेको ग्रह हो र यसमा पानी हुने भारी सम्भावना रहेको छ । यो ग्रह पृथ्वीभन्दा केवल १० प्रतिशत मात्र ठुलो रहेको छ । यो ग्रहले आफनो ताराको ह्याविटिल जोनमा रहेर परिक्रमा गरिरहेको छ । यो ग्रहमा पानी रहेको कुरामा वैज्ञानिकहरु सहमत रहेका छन् ।

(२) ग्लीज ५८१ जी (Gliese 581g)


यो ग्रह सन् २०१० मा पत्ता लगाइएको थियो । यो ग्लिस ५८१ नामक ताराको ह्याविटेवल जोनमा रहेको छ । यो ग्रह देखिनमा पृथ्वी जस्तै रहेको छ । जीवनको भारी सम्भावना भएका ग्रहहरुमध्ये यो पनि एक पर्दछ । यो पृथ्वीबाट २० प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रह पृथ्वीबाट दुई देखि तिन गुणा ठुलो रहेको छ । यसले आफ्नो तारा ग्लिस ५८१ लाई ३० दिनमा एक पटक चक्कर लगाउने गर्दछ । 

३) ग्लीज ६६७ सि सि (Gliese 667Cc)


ग्लिस ६६७ सि.सि. ग्रहलाई सुपर अर्थको नाउले पनि चिन्ने गरिन्छ । यो ग्रह स्कर्पिअस तारागणमा रहेर ग्लिस ६६७ ताराको परिक्रमा गरिरहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे चार गुणा ठुलो रहेको छ । यो पृथ्वीबाट २२ प्रकाशवर्ष टाढा रहेको छ । यसले आफ्नो तारालाई २८ दिनमा परिक्रमा गर्ने गर्दछ । यसको तारा एक डर्फ तारा हो र यो हाम्रो सुर्यको तुलनामा ३ गुणा सानो रहेको छ । यो ग्रह ठोस जमिन र पानीबाट बनेको अनुमान लगाइएको छ । वैज्ञानिकहरुले यो ग्रहमा पनि एलियन जीवन हुनसक्ने भारी सम्भावना जताएका छन् ।

४) केप्लर २२ वि -Kepler-22b)


यो ग्रह हाम्रो पृथ्वी भन्दा ढाई गुणा ठुलो रहेको छ । यसले यस्तो ताराको परिक्रमा गरिरहेको जसको आकार र तापक्रम हाम्रो सुर्यसँग लगभग समान रहेको छ । यो ग्रह सिग्नस कन्स्टिलेसन (तारागढा) मा रहेको छ । अनुसन्धानबाट यसको तापक्रम ७२ डिग्री फरेनहाइट अर्थात २२ डिग्री सेल्सीयस पत्ता लगाइएको छ । यो पृथ्वीबाट ६०० प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रहमा पनि पानी रहेको अनुमान वैज्ञानिकहरुले लगाएका छन् ।

५) एच डि ४०३०७ जि -HD 40307g)


यो ग्रहलाई अक्टोवर २०१२ मा पत्ता लगाइएको थियो । एच डि ४०३०७ जि ले रातो डर्फ ताराको परिक्रमा सही तरिकामा ह्याविटेवल जोनमा रहेर गरिरहेको छ । यसको सौर्यमण्डलमा ६ वटा ग्रहहरु रहेका छन् । यो ग्रह पृथ्वीबाट ४२ प्रकाशवर्षबाट पिक्टर कन्स्टिलेसनमा (तारागण) रहेको छ । यसले आफ्नो ताराको वरपर करिब ९ करोड किलो मिटरको दुरीलाई पार गरेर परिक्रमा गर्दछ । यो हाम्रो पृथ्वीभन्दा ७ गुणा ठुलो रहेको छ । यो ग्रहमा चट्टान र वायुमण्डल दुवै रहेको छ । वैज्ञानिकहरुले यो ग्रहलाई वृस्तितरुपमा अध्ययन गरिरहेका छन् ।

६) एच डि ८५५१२ वि -HD 85512b)


यो ग्रह भेला कस्न्टिलेसनमा पृथ्वीबाट ३५ प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे तिन गुणा भारी रहेको छ । अनुसन्धानबाट यो ग्रहको तापक्रम २५ डिग्री सेल्सीयस रहेको पत्ता लगाइएको छ । यो ग्रहको बारेमा थप अध्ययन हुने बाँकी नै रहेको छ । यसमा पानी छ कि छैन भन्ने कुरामा वैज्ञानिकहरु अझै पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

७) टाउ सेटी ई -Tau Ceti e)


यो ग्रह डिसेम्बर २०१२ मा पत्ता लगाइएको थियो । टाउ सेटी एउटा तारा हो जो हाम्रो पृथ्वीबाट करिब १२ प्रकाशवर्ष टाढा सेटस कन्स्टिलेसन (तारागण) मा रहेको छ । यो सौर्यप्रणालीमा अन्य थुप्रै ग्रहहरु पनि पत्ता लगाइएको छ । ति मध्ये टाउ सेटी ई र एफ ह्याविटेवल जोनमा रहेर ताराको परिक्रमा गरिरहेका छन् । पृथ्वीको तुलनामा यसले आफ्नो सुर्यको परिक्रमा गर्न निकै कम समय लगाउने गर्दछ । यो ग्रह पनि जीवनका लागि उपयुक्त हुने कुरामा वैज्ञानिकहरु आशावादी देखिन्छन् ।

८) ग्लीस ५८१ डि -Gliese 581d)


एक अध्ययनले देखाएअनुसार यो ग्रहमा कार्वनडाइअक्साईड हुने सम्भावना भारी रहेको । ग्लीस ५८१ डि र ग्ली ५८१ जि दुवै ग्रहले ह्याविटेवल जोनमा रहेर आफ्नो ताराको परिक्रमा गरिरहेका छन् । यो ग्रह पनि चट्टानले बनेको छ र जीवनको प्रसस्त सम्भावना बोकेको छ । यो ग्रह हाम्रो पृथ्वीबाट करिब २० प्रकाशवर्ष टाढा रहेको छ ।

९) टाउ सेटी एफ -Tau Ceti f_


यो ग्रहले टाउ सेटी ताराको परिक्रमा गरिरहेको छ । टाउ सेटी इ र यो ग्रह उक्त ताराको ह्याविटेवल जोनमा रहेका छन् । यो ग्रह अर्को ग्रहको तुलनामा आफ्नो तारालाई नजिकबाट परिक्रमा गरिहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे ६ गुणा ठुलो रहेको छ । यो ग्रहको तापक्रम अलिक बढि रहेको छ तथापी यसमा जीवन हुनसक्ने कुरामा वैज्ञानिकहरु आशावादी देखिन्छन् । यो ग्रहको बारेमा थप अध्ययन भइरहेको छ ।

यि ग्रहहरुमा एलियनहरु छन् वा छैनन् भन्ने कुराको जानकारी पाउन हामीले केही समय पर्खनै पर्नेहुन्छ । हामी अझै पनि यति उन्नत भइसकेका छैनौ कि थुप्रै प्रकाशवर्ष टाढा रहेका ति ग्रहहरुको बारेमा अध्ययन गर्न सकौं । हाम्रो सवैभन्दा नजिकको तारा अल्फा सन्टौरीमा भएका ग्रहहरुको बारेमा समेत वृस्तित जानकारी हामीसँग छैन । अल्फा सेन्टोरी हामीबाट केवल चार प्रकाशवर्ष टाढा रहेको छ ।
तपाईहरुलाई के लाग्छ ? के ब्रम्हाण्डमा एलियनहरु छन् वा छैनन् ? पृथ्वीभन्दा बाहिर जीवन छ वा छैन ? के उल्लेखित ९ वटा ग्रहहरुमा एलियनहरु होलान् त ? कृपया तपाईको विचार कमेन्टमा लेख्न नविर्सनुहोला । धन्यवाद आजको यो भिडियो हेर्नुभएका लागि ।

Wednesday, May 1, 2019

इस्राएल देशको रोचक इतिहास (बाइबलिय भविष्यवाणीहरु—भाग २)


1) इस्राएलको परिचय

इस्राएल विश्वमा कृषि, प्रविधि र आधुनिक हतियारद्धारा शक्तिसम्पन्न सानो राष्टको रुपमा चिन्ने गरिन्छ । यो देश ख्रीष्टियन, इस्लाम र यहूदी गरी विश्वका तिन प्रमुख धर्महरुको केन्द्र पनि हो । इस्राएल वा इजरायलको क्षेत्रफल जम्मा २२०७२ वर्ग किलो मिटर रहेको छ । अर्थात यो देश नेपालभन्दा ६ गुणा सानो रहेको छ । यो सानो देशको जनसँख्या ९० लाख रहेको छ । इस्राएल विश्वमा एकमात्र यहूदी देश हो । यहूदीहरुलाई बिश्वभरी नै एक बुद्धिमान् जातिको रुपमा चिनिन्छ । यतिसम्म कि यिनीहरुले इस्राएलको मरुभुमीमा अत्याधुनिक शैलीबाट खेतीपाती गरिरहेका छन् । कृषीमा आत्मनिर्भर भएर इस्राएलीहरुले अन्य देशका मानिसहरुलाई कृषीको अत्याधुनिक प्रविधीको बारेमा सिकाइहेका छन् । इस्राएलको सेना सँख्यामा सानो भएतापनि विश्वकै शक्तिशाली सेनाहरुमध्ये एक मानिन्छ । इस्राएलको प्रतिरक्षा प्रणाली निकै बलियो रहेको छ । इस्राएल विश्वमा एक मात्र पुर्णत एन्टीव्यालेष्टीक प्रणालीबाट सुसज्जित मुलुक हो । यदि कुनै देशले इस्राएलमा मिसाइल हान्यो भने त्यो मिसाइल इस्राएलको आकाशमा नै नष्ट हुन्छ । इस्राएलले विश्वका थुप्रै देशहरुमा हतियारहरु आपुर्ती गर्ने गरेको छ । 

इस्राएल देशका प्रत्येक नागरिकहरुले शैन्य तालिम लिनै पर्दछ । यसो गरिनुको कारण चाहिँ जुनसुकै युद्धका लागि पनि नागरिकहरु तयार होऊन् भन्ने हो । इस्राएल विश्वमा एकमात्र यस्तो मुलुक हो जो आफुभन्दा ठुला र धेरै शत्रु राष्टहरुको विचमा सानदार तरिकामा जिइरहेको छ । पुरै अरव देशहरुले इस्राएललाई घृणा गर्ने गर्दछन् र इतिहासमा थुप्रै पटक अरब देशहरु र इस्राएलको विचमा युद्ध भइसकेको छ । इस्राएलको गुप्तचर सँख्या मोसाद विश्वकै शक्तिशाली गुप्तचर सँस्थाहरुमध्ये एक मानिन्छ । इस्राएलको एक अनौठो विशेषता भनेको विश्वमा जुनसुकै देशमा जन्मिने यहूदीलाई इस्राएलले तुरुन्तै आफ्नो देशको नागरिकता दिने गर्दछ । सिलिकन भ्यालीपछि इस्राएलमा नै सबैभन्दा भनि हाइटेक कम्पनीहरु रहेका छन् विश्वमा इस्राएल एक मात्र यस्तो देश हो जो इतिहासमा १९०० वर्षपछि फेरी निर्माण भएको छ । आजको यो भिडियोमा इस्राएल देशको निर्माण र यसको रोचक इतिहास बारे हेर्नेछौ । कसरी १९०० वर्षअघि पुर्णत नाश पारिएको देश १९०० वर्षपछि अचम्मरितिमा फेरी निर्माण हुनपुग्यो ? कसरी विश्वभरी नै छरिएर रहेका यहूदीहरुले इस्राएल देश प्राप्त गरे ? कसरी विश्वको सबैभन्दा कान्छो मुलुकहरुमध्ये एक र सानो राष्ट्र इस्राएल विश्वकै शक्तिशाली मुलुकहरुमध्ये एक बन्यो ? जस्ता रोचक पक्षहरु यो भिडियोमा समावेश गरिएका छन् । साथै बाइबलमा कसरी इस्राएल देशको विनाश र यसको पुनस्र्थापनाको बारेमा लेखिएका कुराहरु पुरा भयो भन्ने बारेमा पनि हेर्नेछौ ।

2) इस्राएल कसरी बन्यो (इतिहास)

बाइबलमा उल्लेख गरिए अनुसार इस्राएल देश अब्राहाम नाउँ गरेका एक जना वृद्धबाट सुरु भएको थियो । आजका यहूदी र अरबीहरु तिनै अब्राहामका सन्तान मानिन्छन् । इतिहासमा अनुसार ति अब्राहामका सन्तान अर्थात इस्राएलीहरु इजिप्टमा ४०० वर्षसम्म दासत्वमा बसेका थिए । त्यसपछि एक जना मोशा नाउँ गरेका व्यक्तिको नेतृत्वमा इस्राएलीहरुले ईसापुर्व १४०० तिर कनान नाम गरेको देशलाई कव्जा गरे र त्यसको नयाँ नाम इस्राएल राखे । इस्राएल मध्यपुर्वमा भुमध्यसागरको किनारमा अवस्थित एक सानो मुलुक थियो । तर यो भौगोलिक दृष्टिकोणमा निकै महत्वपुर्ण थियो । इस्राएलले यूरोप, एशिया र अफ्रिका महादेशलाई एकसाथ जोड्ने गर्दछ । त्यसकारण इतिहासमा इस्राएल धेरै राज्य र साम्राज्यहरुको अधिनमा हुन गएको छ । पहिलो शताव्दीमा आइपुग्दा इस्राएल रोमी साम्राज्यको अधिनमा थियो । सन् ७० मा रोमी सेनापती टाइटसले येरुशलेममा भएको यहूदी अर्थात इस्राएलीहरुको पवित्र मन्दिर भत्काइदिए र यहूदीहरुलाई देश निकाला गर्न सुरु गरे । सन् १३० मा रोमीहरुले इस्राएल देशको नाउँ परिर्वन गरेर प्यालेष्टाइन राखिदिए । प्यालेष्टाइनको अर्थ “पलिष्तीहरुको देश” भन्ने हुन्छ । उनीहरुले त्यो देश पलिष्तीहरुलाई अधिकारमा दिएका थिए ।

यसरी यहूदीहरु आफ्नै देशबाट लखेटिए र त्यसपछि यिनीहरु एशिया, यूरोप र अमेरिकाका विभिन्न भागहरुमा छरिन पुगे । यसरी छरिएका यहूदीहरुलाई डायस्पोरा भनेर चिनिने गरिन्छ । यिनीहरुको आफ्नो देश थिएन । यहूदीहरु अरुको देशमा विदेशी जीवन विताइरहेका थिए । यूरोपमा सोह्रो शताव्दीदेखि उग्र राष्ट्रवादको भावना बढ्दैगयो जसको नकारात्मक प्रभावको सामना यहूदीहरुले पनि गर्नुप¥यो । उन्नाइसौ सताव्दीसम्म आइपुगुञ्जेल त्यो भावना अति तिव्र भएको थियो र मानिसहरु यहूदी र अरवी मुलका मानिसहरुलाई साह्रै घृणा गर्ने गर्दथे । यसले एक मुभमेण्टको रुप लिएको थियो जसलाई एन्टी समेटिजम् भन्ने गरिन्थ्यो । यहूदीहरुलाई दोस्रो दर्जाका नागरिकका रुपमा हेरिन्थ्यो ।

यसरी वर्षौदेखि अर्काको देशमा बाँचिरहेको पिडाका कारण यहूदीहरुले आफ्ना निम्ति अलगै देशको इच्छा गर्न थालेका थिए । यहूदीहरुको अधिकारको रक्षा र यहूदीहरुका लागि एउटा अलगै राष्ट निर्माणका लागि भनेर २९ अगष्ट १८९७ मा वल्ड जायोनिष्ट कङग्रेसको स्थापना गरियो । यसको मुख्य उद्धेश्य भनेको यहूदीहरुका लागि एक अलग राष्ट्र निर्माण गर्नु थियो । उनीहरु आफ्ना पुर्खाहरुको देश प्यालेष्टाइन जान यत्ति आतुर थिए कि उनीहरुको नारा नै “अर्को वर्ष येरुशलेममा” भन्ने थियो । ब्रिटेन साम्राज्यले २ नोभेम्बर १९१७ मा बाल्फोर घोषणा पत्रमा यहूदीहरुलाई उनीहरुको आफ्नै देश स्वरुप प्यालेष्टाइन दिने घोषणा गरे । एक शक्तिशाली साम्राज्यले यहूदीहरुलाई प्यालेष्टाइन दिने लिखितरुपमा नै घोषणा गरेको यो पहिलो पटक थियो । यो घोषणापछि सानो सँख्यामा यहूदीहरु इस्राएल आउन सुरु गरे । त्यो समयमा प्यालेष्टाइनमा यहूदीहरुको जनसँख्या ३ प्रतिशत हुनपुगेको थियो ।

यहूदीहरुलाई प्यालेष्टाइन देश दिने घोषणा पुर्णरुपमा कार्यान्वयन हुन सकेन । त्यसपछि दोस्रो विश्वयुद्ध सुरु भयो । दोस्रो विश्वयुद्धताका १९३९ देखि १९४४ सम्म जर्मन तानाशाह हिटलरले यहूदीहरुको नरसँहार गरे । उनले यूरोमा रहेका ८० लाख यहूदीहरुमध्ये ६० लाख क्रुरतासाथ मारेका थिए । उनले यहूदीहरुलाई लेवर क्याम्पमा काम गर्न लगाएर र ग्याँसका च्याम्बरहरुमा थुनेर मार्दथे । के बुढापाका, के महिला, के बालबालिका, उनले कुनै यहूदीलाई पनि छोडेनन् । इतिहासको यो दर्दनाक नरसँहारलाई होलोकाष्ट भन्ने गरिन्छ । हिटलरले यहूदीहरुप्रति गरेको यो क्रुरताबाट यहूदीहरुले सहानुभुति प्राप्त गरे । २९ नोभम्बर १९४७ मा राष्ट्रसँघमा यहूदीहरुलाई प्यालेष्टाइन देश दिने निर्णय गरियो । प्यालेष्टाइनलाई ३ भागमा विभाजन गर्ने निर्णय गरिएको थियोः पहिलो भाग यहूदीहरुका लागि, दोस्रो भाग अरबीहरुका लागि र तेस्रो भाग येरुशलेम । येरुशलेम यहूदी र अरबीहरुको विचमा विवादित शहर भएका कारण यसलाई राष्ट्रसँघले नियन्त्रण गर्ने निर्णय गरिएको थियो । राष्ट्रसँघमा प्यालेष्टाइनको जम्मा भुभागको २२ प्रतिशत भुभाग यहूदीहरुका लागि दिने निर्णय गरिएको थियो । राष्ट्रसँघमा मतदान भएर पारित भइसकेपछि १४ जुन १९४८ का दिन इस्राएल देशको निर्माणको घोषणा गरियो । यसरी इतिहासमा १९०० वर्षसम्म विलुप्त भएको देश फेरी पुनस्र्थापना हुन पुग्यो । डेविड वेन्गुरीयन इस्राएलका प्रथम प्रधानमन्त्री चुनिए । यतिमा नै सबै कुरा समाप्त भइसकेको थिएन । अरब देशहरु प्यालेष्टाइन यहूदीहरुलाई दिइएको कुरादेखि खुसी थिएनन् ।

इस्राएल अलगै देश घोषणा भएको भोली पल्ट नै अरब देशहरु एकजुट भएर इस्राएललाई आक्रमण गरे । अरब देशहरुसँग ठुलो सेना थियो । इस्राएल भर्खरै स्थापना भएको देश भएका कारण उनीहरुसँग हतियार र सेनाहरु पर्याप्त छैन भन्ने उनीहरुले सोचेका थिए । तर ठिक उल्टो भयो । इस्राएली सेनाले इजिप्ट, सिरीया र लेवनानका सेनाका अड्डाहरुमा भएका ट्याङ्कहरुमाथि पहिल्यै नै मिसाइल बर्साइदिएर सबै नष्ट गरिदियो । यसरी इस्राएली सेनाले ठुलो सेनालाई परास्त गर्न सफल भयो । १९५६ मा फेर इजिप्टले इस्राएलमाथि आक्रमण ग¥यो । यो समयमा फेरी इस्राएलीहरु विजयी भए र उनीहरुले इजिप्टको सिनाई प्रायदिप कव्जा गर्न सफल भए । तर पछि अन्तराष्टिय दबावका कारण इस्राएलले सिनाई प्रायदिप फेरी इजिप्टलाई नै फिर्ता गरिदियो । १९६७ मा फेरी अरब देशहरुले एकजुट भएर इस्राएलमाथि आक्रमण गरे । यो युद्ध ६ दिनसम्म चलेको थियो त्यसकारण यसलाई “सिक्स डे वार” भनिन्छ । अरबी सेना सँख्यामा ठुलो र शक्तिशाली थियो । इस्राएली सेना सँख्यामा सानो भएतापनि उनीहरु आधुनिक हतियारहरुद्धारा सुसज्जित थिए । ६ दिनसम्म चलेको यो युद्धमा पनि अरबी सेना पराजित भयो । इस्राएली सेनाले अरबी सेनालाई नराम्रोसँग पराजित गरेर इजिप्टको गाँजा, जोर्डनको वेष्ट व्याङ्क र लेवनानको गोलान हाइटलाई कव्जा गरे । अहिलेसम्म इस्राएल र अरब देशहरुको विचमा ७ पटकसम्म ठुला युद्धहरु भइसकेका छन् जसमा सबै युद्ध इस्राएलले नै जितेको छ ।

इस्राएल अलग देश बन्ने सम्झौता हुदा जम्मा भुभागको ७८ प्रतिशत भुभागमा प्लालेष्टाइन र २२ प्रतिशत भुभागमा इस्राएल देश बनाउने निर्णय गरिएको थियो । तर यि युद्धहरुबाट भएर गुज्रिदा विगतको ७० वर्षमा इस्राएलले इस्राएलको ८० प्रतिशत भुभाग कब्जा गरिसकेको छ । अब प्यालेष्टेनीहरु हामीलाई केवल २० प्रतिशत भुभाग दिएर अलग देशको मान्यता देऊ भनेर लडिरहेका छन् । त्यसकारणले नै आजपनि हामी प्यालेष्टेनी र इस्राएलीहरुको विचमा बेलाबेलामा युद्ध भइरहेका खबरहरु सुन्ने गर्दछौ । 

कसरी एउटा देश जो इतिहासमा १९०० वर्षसम्म विलुप्त भइसकेको थियो त्यो फेरी पुनस्र्थापना भयो । इतिहासमा थुप्रै देशहरु अस्तित्वमा थिए तर तिनको विनासपछि ति फेरी पुनस्र्थापना भएको अर्को कुनै उदाहरण छैन । कसरी विश्वभरी नै छरिएर रहेका यहूदीहरुले १९०० वर्षपछि फेरी आफ्नै पुर्खाको देश इस्राएल प्राप्त गरे ? कसरी विशाल र शक्तिशाली शत्रु राष्ट्रहरुको विचमा रहेर पनि सानो मुलुक इस्राएलले तिनीहरुलाई चुनौति दिइरहेको छ त ? यसको जवाफ हो परमेश्वरको योजनाका कारण । तपाईलाई यो जान्दा पक्कै अचम्म लाग्नेछ कि पवित्र धर्मशास्त्र बाइबलमा इस्राएलको विनास र यसको पुनस्र्थापनाको बारेमा सयौं वर्ष अगाडी लेखिसकिएको थियो । आउनुहोस्, बाइबलमा उल्लेखित केही खण्डहरुको बारेमा विचार गरौं ।

3) कसरी बाइबलिय भविष्यवाणीहरु पुरा भए

यशैया २७ः१२ मा यसो लेखिएको छ ः
“......र हे इस्राएली, तिमीहरुचाहिँ एक–एक गरी जम्मा गरिनेछौ ।”
त्यसैगरी व्यवस्था २८ः६४–६७ यसो लेखिएको छ ः
तब पृथ्वीको एक छेउदेखि अर्को छेउसमम विभिन्न जातिका बीचमा परमप्रभुले तिमीहरुलाई तितरबितर पार्नुहुनेछ । त्यहाँ तिमीहरु र तिमीहरुका पुर्खाहरुले नजानेका काठ । ढुङ्गाका अन्य देवताहरु तिमीहरुले पुज्नेछौ । ती जातिहरुका बीचमा तिमीहरुले चैन पाउनेछैनौ, र तिमीहरुका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ । त्यहाँ परमप्रभुले तिमीहरुलाई चिन्तित मन, पर्खदा–पर्खदा थााकेका आँखाहरु र निराश ह्दय दिनुहुनेछ । तिमीहरुको जीवन निरन्तर दोधारमा झुण्डिरहनेछ । डरले दिनरात भरिएको तिमीहरुको जीवनको कुनै भरोसा हुनेछैन । तिमीहरुका ह्दयमा भरिएको त्रासले र तिमीहरका आँखाले देखेका दृश्यले गर्दा विहान तिमीहरुले भन्नेछौ, “बेलुकी भएदेखि हुन्थ्यो !” अनि बेलुकी भन्नेछौ, “बिहान भएदेखि हुन्थ्यो !”
व्यवस्था ३०ः१–६ मा यसो लेखिएको छ ः
परमप्रभु परमेश्वरले जाति–जातिहरुका बीचमा तिमीहरुलाई धपाइपठाउनुभएपछि जब यी आशिष् र श्राप तिमीहरुमाथि पर्नेछन् र तिनको स्मरण गरेर तिमीहरु र तिमीहरुका सन्तान परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्नो ह्दय र आफ्नो पूरा प्राणले मान्नेछौ, तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरुका सुदिन फर्काउनुहुनेछ र तिमीहरुलाई टिठ्याउनुहुनेछ , र जुन जातिहरुका बीचमा तिमीहरुलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरुलाई बटुलेर ल्याउनुहुनेछ । तिमीहरु देशनिकाला भएर आकाशमुनीको सबैभन्दा टाढो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरुका परमेश्वरले तिमीहरुलाई बटुल्नुहुनेछ , र त्यहाँबाछ तिमीहरुलाई फर्काएर ल्याउनुहुनेछ । तिमीहरुका पिता–पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरुलाई ल्याउनुहुनेछ , र तिमीहरुले त्यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरुलाई तिमीहरुका पिता–पुर्खाभन्दा उन्नतिशिल र असँख्य बनाउनुहुनेछ ।
त्यसैगरी यशैया ११ः१२ मा यसो लेखिएको छ ः
उहाँले जाति–जातिहरुका निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ , र इस्राएलका निकालिएकाहरुलाई र यहूदाका छरपष्ट भएकाहरुलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ ।
त्यसैगरी यशैया ४१ः८–१२ मा यसो लेखिएको छ ः
तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ, र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ । मैले भनें, त मेरो दास होस् । मैले तपाईलाई छानेको छु , र तँलाई इन्कार गरेको छैनँ ।........तँदेखि रिसाउनेहरु सबै निश्चय नै लज्जित हुनेछन् , र शर्ममा पर्नेछन् । तेरो विरोध गर्नेहरु केही न केहीका हुनेछन् र नष्ट हुनेछन् । तेरा शत्रुहरुलाई तैले खोजे पनि उनीहरुलाई भेट्टाउनेछैनस् । तेरो विरोधमा युद्ध गर्नेहरु पनि बिलकुल निरर्थक हुनेछन् , र नष्ट हुनेछन् ।
फेरी यशैया ४३ः५–६ मा यसो लेखिएको छ ः
नडरा, किनकि म तँसित छु । म तेरा छोराछोरीहरुलाई पूर्वदेखि ल्याउनेछु , र पश्चिमदेखि तिमीहरुलाई भेला गर्नेछु । म उत्तर दिशालाई भन्नेछु , “तिनीहरुलाई दिइहाल् ।” र दक्षिण दिशालाई भन्नेछु , “तिनीहरुलाई नथुन् ।” मेरा छोराहरुलाई टाढादेखि र मेरा छोरीहरुलाई पृथ्वीको पल्लो देउदेखि ल्याओ,
त्यसैगरी यर्मिया १६ः१५ मा यसो लेखिएको छ ः
तर तिनीहरुले भन्नेछन्, “इस्राएलीहरुलाई उत्तरको देश र अरु सबै देशहरुबाट जहाँ–जहाँ उहाँले तिनीहरुलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।” किनकि मैले तिनीहरुका पिता–पुर्खाहरुलाई दिएको देशमा तिनीहरुलाई म फेरि ल्याउनेछु ।
त्यसैगरी यर्मिया ३१ः८ मा यसो लेखिएको छ ः
हेर, म तिनीहरुलाई उत्तर देशदेखि ल्याउनेछु , र पृथ्वीको कुना–कुनबाट म तिनीहरुलाई जम्मा गर्नेछु । तिनीहरुका बीचमा अन्धा र लङ्गडा, गर्भवती आमाहरु र सुत्केरी वेदनामा परेका स्त्रीहरु हुनेछन् । तिनीहरुको एउटा ठुलो भीड फर्केर आउनेछ ।
इजकिएल ११ः१७ मा यसो लेखिएको छ ः
यसैकारण भन्, “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जाति–जातिहरुबाट म तिमीहरुलाई जम्मा गर्नेछु । जहाँ–जहाँ तिमीहरु तितरबितर भएका छौ, ती देशहरुबाट म तिमीहरुलाई फर्काएर इस्राएलको देश दिनेछु ।”
आमोस ८ः१४–१५ मा यसो लेखिएको छ ः
म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्याउनेछु । ध्वंस भएका सहरहरुलाई तिनीहरुले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन् । तिनीहरुले दाखबारीहरु लगाएर तिनका दाखमद्य पिउनेछन् । तिनीहरुले बगैँचाहरु बनाएर तिनका फलहरु खानेछन् । म इस्राएललाई तिनीहरुकै देशमा कहिल्यै नउखेलिने गरी बसाल्नेछु , जुन देश मैले तिनीहरुलाई दिएको छु,” परमप्रभु तिमीहरुका परमेश्वर भन्नुहुन्छ ।
त्यसैगरी मिका २ः१२ मा यसो लेखिएको छ ः
“हे याकूब, म निश्चय नै तिमीहरु सबैलाई भेला गर्नेछु । इस्राएलका बचेकाहरुलाई म निश्चय नै जम्मा गर्नेछु । म तिनीहरुलाई गोठमा भेडाहरुलाई झै र चरनमा बगाललाई झै एक ठाउँमा जम्मा गर्नेछु । त्यस ठाउँमा मानिसहरुको भीड हुनेछ ।”
लूका २१ः२४ मा यसो लेखिएको देख्न सकिन्छ ।
तिनीहरु तरवारले मारिनेछन्, र सबै देशहरुमा कैदी बनाएर लगिनेछन् । अनि अन्यजातिहरुको समय पूरा नभएसम्म तिनीहरुले येरुशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।

सम्बन्धित भिडियो.............

एक मुर्ख बालक कसरी महान् बैज्ञानिक बने ! (थोमस अल्वा एडिसनको प्रेरणादायी कथा)-भिडियो सहित



थोमस अल्वा एडिसन्को बारेमा थाहा नपाउने विरलै होलान्.......
थोमस अल्वा एडिसनको जन्म फेव्रअरी ११, १८४७ मा ओहायोअमेरिकामा भएको थियो । एडिसन् बाल्यावस्थादेखि नै निकै जिज्ञासु स्वभावका थिए । उल्टासिधा प्रश्न गर्ने र उनको अनौठो व्यवहारको कारण उनलाई कतिले पागल भन्ने गर्दथे । पढ्नमा उनको कत्ति पनि रुची थिएन । बरु उनी विभिन्न कुराहरु प्रयोग गर्नमा धेरै समय बिताउने गर्दथे । उनी कक्षामा विभिन्न प्रकारका अनौठा प्रश्नहरु सोध्ने गर्दथे । शिक्षकले पढाउदा उनी कत्ति पनि ध्यान दिदैन थिए । उनको अगलै आफ्नो दुनिया थियो उनी सधै त्यसैमा लिन रहन्थे ।

एकदिन उनी घरमा हुदा उनको स्कुलबाट एउटा पत्र आयो । पत्र पढेर एडिसन्की आमा रुन थालिन् । थोमसले आमालाई सोधे, “के लेखिएको छ , तपाई किन रुदै हुनुहुन्छ ?” आमाले आशु पुछदै जवाफ दिइन्, “बाबु, यसमा तपाईको छोरा अति नै जिनियस र प्रतिभाशाली छ । हाम्रो स्कुल न्युन स्तरको भएकाले र हामीसँग सक्षम शिक्षकहरु नभएकाले हामी तपाईको छोरालाई पढाउन सक्दैनौ ! भनेर लेखिएको छ ।” उनले त्यो पत्र थोमस अल्वा एडिसनलाई देखाइनन् र त्यो पत्रलाई अल्मारीको एउटा कुनामा लिएर राखिदिइन् । त्यसपछि उनको आमाले उनलाई घरमा नै शिक्षा दिन थालिन् ।

विज्ञान र प्रयोगप्रतिको उनको रुचीका कारण उनी नयाँ नयाँ कुराहरु आविस्कार गर्दै निरन्तर अगाडी बढे । उनी पुरै समय प्रयोगहरुमा विताउने गर्दथे । उनी प्रयोगहरुप्रति यति लगनशिल र लिप्त रहन्थे कि खाना खान समेत विर्सने गर्दथे । चार दिनसम्म नसुतेर नै प्रयोगशालामा काम गरेर समय विताएका उदाहरण पनि रहेका छन् । १२ वर्षको उमेरमा उनले प्रिन्टरको आविस्कार गर्न सफल भए । उनले रेलको एउटा डिव्वामा नै छापाखाना खोलेर पत्रिकाहरु बेच्न थाले । एकदिन रेलको उक्त डिव्वामा केमिकल खस्यो र आगो लाग्यो । जसोतसो आगो निभाइयो । रेलको एक कर्मचारीले उनलाई जोडसँग कानमा झापड हाने । परिणाम स्वरुप अल्वा एडिसन् राम्रोसँग कान नसुन्ने भए । तर उनी त्यसप्रति झन् खुसी भए किनकि अब उनले मानिसहरुले उनको बारेमा भन्ने गरेका वेकारका कुराहरु सुन्नु पर्ने थिएन । प्रत्येक कुरालाई सकारात्मक रुपमा परिवर्तन गर्न सक्ने उनको खुबी रहेको थियो । उनले आफ्नो प्रयोगशालामा घडि राखेका थिएनन् । त्यसलाई उनी आफ्नो लगनशिलता र सफलताको रहस्य मान्ने गर्दथे । 

यसरी १०९३ वटा चिजहरु आविस्कार गरेर उनी इतिहासकै सबैभन्दा बढि आविस्कार गर्न सफल बैज्ञानिक बन्न पुगे । उनका प्रमुख तिन आविस्कारहरु फोनोग्राफ, बल्व र मोसन पिक्चर थियो । मोसन पिक्चर नै आजको प्रोजेक्टरको विकसित रुप हो । बल्वको सफलतापुर्वक आविस्कार गर्नुभन्दा पहिले उनी त्यो काममा १००० पटक असफल भएका थिए । तर पनि उनले हार मानेनन् र निरन्तर कोशिष् गरिरहे र बल्वको आविस्कार गर्न सफल भए ।

उनले निकै ख्याति कमाए र मानिसहरु उनलाई “जिनियस” भन्ने गर्दथे ।एकदिन खाली समयमा पुरानो अल्मारीमा भएका चिजहरु हेर्दै थिए । त्यसै समयमा उनले त्यहाँ बर्षौ पुरानो त्यो पत्र भेट्टाए जो उनको स्कुलबाट पठाइएको थियो । त्यही पत्रको कारणले नै उनकी आमाले उनलाई घरमा राखेर शिक्षा दिन सुरु गरेकी थिइन् । एडिसन् त्यो पत्र पढ्न निकै उत्सुक भए । त्यो पत्रमा लेखेको कुराले उनलाई अचम्भित पा¥यो । त्यसमा लेखिएको थियो । “तपाईको छोराको दिमाग परिपक्व छैन र ऊ सिक्न सक्दैन । उसमा व्यवहारिक समस्याहरु पनि रहेका छन् । त्यसकारण हामी तपाईको छोरालाई हाम्रो स्कुलमा पढाउन सक्दैनौ । उसलाई यो विद्यालयबाट निस्कासित गरिएको औपचारिक जानकारी गराउँदछौ ।” उक्त पत्र पढेर थोमस अल्वा एडिसन् निकै रोए । उनी आफ्नी आमाप्रति निकै आभारी थिए । दुर्भाग्यवस् उनीकी आमाको मृत्यु पहिल्यै नै भइसकेको थियो ।

यो घट्नालाई उल्लेख गर्दै उनले आफ्नो डायरीमा यसो लेखेका छन्, “एक असल आमाले एउटा मुर्ख र कमजोर बालकलाई शताव्दीकै महान् बैज्ञानिक र जिनियस बनाईदिइन् !”  यसरी मानिसहरुद्धारा असक्षम, मुर्ख र पागलको उपमा दिइएको एक मुर्ख बालक आफ्नी आमाको कारण इतिहासकै महान् बैज्ञानिकहरु मध्ये एक बन्न पुगे । स्कुलबाट निस्कासित पत्र प्राप्त गरेतापनि उनकी आमाले त्यसलाई सकारात्मक रुपमा प्रस्तुत गरेका कारण एडिसन् इतिहासमै सबैभन्दा बढि चिजहरु आविस्कार गरेर सर्वाधिक आविस्कार गर्ने बैज्ञानिक बन्न सफल भए ।

हामीले हाम्रा बालबालिकाहरुप्रति गर्ने व्यवहारले उनीहरु भविष्यमा कस्ता बन्नेछन् भन्ने कुरा निर्धारण गर्नेछ । यदि त्यो समयमा पत्र पढिसकेपछि थोमस अल्वा एडिसन्की आमाले रिसाएर नकारात्मक प्रतिक्रिया दिएको भए शायद इतिहासमा थोमस अल्वा एडिसन् कहिल्यै त्यो व्यक्ति बन्ने थिएनन् जो उनी बन्न सफल भए ।

सम्बन्धित भिडियो..............