Monday, May 6, 2019

को हुन् बव मार्ले ? कसरी भएको थियो उनको मृत्यु ?



बब मार्ले ६ फेव्रुअरी १९४५ मा जमाईका देशको सेन्ट एन पेरीस भन्ने ठाउँमा जन्मिएका थिए । उनी निकै गरिब परिवारमा जन्मिएका थिए । उनको बुवा एक गोरा जातिका मानिस थिए भने आमाचाहिँ कालाजातिकी महिला थिइन् । मानिसहरुले उनको पृष्ठभुमिको बारेमा टिप्पणी गर्दा उनी भन्ने गर्दथेः “न त म गोराहरुको पक्षमा छु , न त म कालाहरुको पक्षमा नै छुँ , म त इश्वरको पक्षमा छुँ ।” बब मार्लेको जन्मको नाउँ नेष्टा रोबर्ट मार्ले थियो पछि गएर उनी बब मार्लेको नाउँले चिनिए । सानो छँदा उनले गरिबीको निकै सामना गरे । भन्ने गरिन्छ उनी सानो छदा हात हेर्ने काम गर्दथे । उनले हात हेरेर भनेको कुरा अक्षरसः पुरा पनि हुने गर्दथे अरे । सात वर्षको उमेरमा उनले हात हेर्नछोडे र त्यसपछि गायन क्षेत्रमा लागे । एका विहान एकजना महिला उनीकहाँ आईन् र हात हेरिदिन भनिन् । बबले उनलाई “मैले हात हेर्न छोडिसके, अब त म गाएक बन्न जादैछुँ !” भनेर जवाफ दिए । ति महिला खुब हासेर त्यहाँबाट गईन् । उनी निकै राम्रो गाउन सक्थे । साँगतिक क्षेत्रमा कदम चाल्नका लागि उनले १४ वर्षको उमेरमा घर छोडे । उनले जमाएकन सँस्कृतिलाई निकै माया गर्ने गर्दथे । रेगेइ म्युजिक जमाएकाको स्थानिय सँगित थियो । बब मार्लेले यहि म्युजिकलाई नै अगाडी लिएर अघि बढ्ने निश्चित गरे ।

 १७ वर्षको उमेरमा १९६२ मा उनले उनको पहिलो एल्वम् “जज नट” निकाले । १९६३ मा मार्लेले केही व्यक्तिहरुसँग मिलेर म्युजिकल व्याण्डको स्थापना गरे जसलाई उनीहरुले “टिन एजर्स” नामाकरण गरे । पछि गएर उनीहरुले यसको नाउँ परिवर्तन गरे र “द वेयलर्स” राखे । त्यसपछि उनले क्रमसः “आइम स्टील वइटिङ्ग”, “सिमर डाउन”, “लेट हिम गो” र अन्य एल्वम्हरु निकाली सकेका थिए । तब सम्म त उनी जमाएकामा एक स्थापित गाएक भइसकेका थिए । रेगेइ म्युजिक प्रतिको उनको प्रेमलाई मानिसहरुले निकै रुचाए । १९७५ मा सार्वजनिक “नो वोमेन नो क्राई” भन्ने एल्वमले मार्लेलाई अन्तराष्ट्रियरुपमा पहिचान दियो । उनी विश्वभरी नै परिचित भए । उनले ख्रीष्टियन धर्म त्याग गरे र राष्टाफारी धर्म अपनाए । राष्टाफारी धर्म इथियोपियाको एक शासकद्धारा स्थापित धर्म थियो । यो धर्म ख्रीष्टियन धर्मसँग धेरै हिसाबमा मिल्दथ्यो र राष्टाफारी धर्ममा बाइबलको पुरानो नियमलाई नै धर्मग्रन्थको रुपमा मानिन्थ्यो । 

बबले १९६६ मा स्थानिय सन्डे स्कूलकी शिक्षीका रीटा एन्डर्सनलाई विवाह गरे । रीटाबाट बबका ४ वटा छोराछोरीहरु जन्मिए । बबले आधिकारिकरुपमा स्विकारेका जम्माजम्मी ११ वटा छोराछोरीहरु थिए । ति कम्तिमा ८ वटी महिलाहरुबाट जन्मिएका बबका छोराछोरीहरु थिए । तर वास्तविकतामा उनका २० वटासम्म सन्तान हुनसक्ने अनुमान लगाइएको छ । एक पटक बब मार्लेको हत्या प्रयास पनि भएको थियो । हतियारधारीहरुले बब, उनकी श्रिमती रिटा र उनको म्यानेजरमाथि गोली चलाए । गोली लागेतापनि उनीहरु बाँच्न सफल भए । त्यसको दुई दिनपछि जमाइकाको गृहयुद्धलाई अन्त्य गर्न आह्वान गर्दै एउटा कन्सर्ट गर्न लागिएको थियो । मार्लेले उक्त गोलीकाण्डपछि त्यो कन्सर्ट रद्ध गर्छन् भन्ने धेरैको विश्वास थियो । तर उनी उक्त कन्सर्टमा गए र देशको एकताका लागि गित गाए । उनले त्यो कन्सर्टमा, “यो दुनियालाई खराब बनाउन खोज्नेहरु त एकदिन पनि विश्राम लिदैनन् भने म किन विश्राम लिऊ !” भनेर घोषणा गरे । सबै जना अचम्भित भए । उक्त कन्सर्टमा ८०,००० मानिसहरु उपस्थित थिए । त्यसपछि उनी व्रिटेनमा गए त्यही नै आफ्नो साँगेतिक करिअरलाई अगाडी बढाए । केही समयपछि उनी फेरी जमाएकामा नै फर्किए ।

उनलाई राष्टाफारी धर्मलाई र रेगेइ म्युजिकलाई दुनियामा परिचित गराउने आइकनको रुपमा लिइन्छ । उनी राष्टाफारी धर्मप्रति निकै समर्पित थिए । त्यसकारण उनी साकाहारी थिए । राष्टाफारी धर्ममा गाँजा सेवन गर्नुको आध्यात्मिक महत्व रहेको छ । राष्टाफारी धर्ममा गाँजा खानु पवित्र कार्य थियो । बब मार्ले निकै गाँजा खाने गर्दथे । उनको फुर्सदको समय पुरै गाँजा खादै र साथिभाईहरुसँग गफ गर्दै बित्दथ्यो । राष्टाफारी धर्ममा शरीरका कुनै पनि अङ्गहरुलाई काटेर फाल्नु राम्रो मानिदैनथ्यो । त्यसकारण बब मार्लेले कहिल्यै पनि कपाल काटेनन् । उनी जटाधारी थिए र त्यो नै राष्टाफारी धर्मको पहिचान थियो । उनको सँगितमा विशेषगरी मानवता, राष्ट्रप्रेम, राष्टाफारी धर्मको प्रभाव देख्न सकिन्छ । उनी ७० को दशकका अन्तराष्ट्रिय प्रख्यात गाएक र लेखक थिए । उनले गाउने गरेका अधिँकाश गित मार्ले स्वयम्ले नै लेखेका थिए । उनलाई फुटबल खेल्न निकै मन पर्दथ्यो । फुर्सदिलो समय उनी फुटबल खेलेर पनि बिताउने गर्दथे । फुटबल र उनको धर्मप्रतिको उनको विश्वास नै बिसौँ शताव्दीको सबैभन्दा महान् गाएकको मृत्युको कारण भयो । १९७७ मा फुटबल खेल्न क्रममा उनको खुट्टाको बुढि औलामा चोट लाग्यो । त्यही घाउ बढ्दै गएपछि उनी हस्पिटल गए । डाक्टरले बुढि औला काटेर फाल्नुपर्ने बताए । तर राष्टाफारिन धर्ममा शरीरका अङ्गहरु काट्नु राम्रो मानिदैनथ्यो । त्यसकारण उनले औला काट्न अस्विकार गरिदिए । पछि त्यही घाऊ फैलदै गएर स्किन क्यान्सरको रुपमा विकसित भयो र उनको शरीरभरी फैलियो । यूरोपका विभिन्न देशहरुमा कन्सर्ट गर्ने क्रममा उनको स्वास्थ्य निकै विग्रदै गइरहेको उनले अनुभव गरे । उनले उपचारको सहायता पनि लिन खोजे तर निकै ढिलो भइसकेको थियो । उनी जमाएकामा नै अन्तिम शास लिन चाहन्थे । त्यसका लागि उनले विभिन्न कन्सर्टहरु रद्ध गरेर जर्मनीबाट जमाएकाका लागि उडान भरे । तर विच बाटोमा नै उनको स्वास्थ्य निकै खराब हुन पुग्यो । उनी अमेरिकाको मायामीमा नै ओर्लनुप¥यो । त्यही फेरी उनले अन्तिममा ख्रीष्टियन धर्म अपनाए । उनको मृत्यु मायामीमा नै ११ मे १९८१ का दिन भयो । मर्ने बेलामा अन्तिममा उनले आफ्नो छोरालाई, “पैसाले जीवन किन्न नसकिदो रहेछ” भनेका थिए । २० औ शताव्दीको महान् गाएक बब मार्ले ३६ वषर्को अल्पायुमा नै क्यान्सरका कारण मर्न पुगे ।


उनको लाशलाई जमाएकामा ल्याइयो । उनको अन्त्यष्ठिमा जमाएकन नेसनल अरिनामा ५०,००० मानिसहरु उपस्थित थिए । भनिन्छ यि ति व्यक्तिहरु थिए जसलाई एरिनामा पस्न दिइएको थियो । बाहिर धेरै ठुलो भिड थियो । उनको चिहानमा उनीसँगै एउटा गितार, एउटा फुटबल, एउटा बाइबल र एक पोका गाँजा राखिएको थियो । उनको मृत्युको ३८ वर्षपछि पनि मानिसहरु बब मार्लेलाई उत्तिकै प्रेम गर्दछन् । त्यो समयमा साँगेतिक क्षेत्रबाट २ अरव अमेरिकी डलर कमाएर उनले सर्वाधिक कमाउन सफल गाएकको रेकर्ड बनाएका थिए । उनलाई जमाएका र विश्व शान्तिका लागि उल्लेखनिय भुमिका खेलेको कारण राष्ट्रसँघले सन् १९८० मा शान्ति पुरुष्कार प्रदान गरेको थियो । उनका गितहरुले विश्वका ठुलाठुला पुरुस्कारहरु जित्न सफल भएका छन् । रक एण्ड रोल हल अफ फेम, ग्रामी लाइफटाइम अचिमेन्ट अवार्ड, टाइम म्यागाजिन्स एल्बम अफ द सेन्चुरी, बि.बि.सीज सङ्ग अफ द मिलेनियम  आदि । फाव्र्सले २०१६ मा निकालेको अत्यधिक कमाउने मृतक सेलेब्रिटीहरुको लिष्टमा उनको नाउँ छैठौ स्थानमा थियो । गरिब देशको गरिब बस्तिको गरिब झुपडीबाट आएका बब मार्ले अन्तराष्ट्रिय सुपरस्टार बने र उनको छोटो करिअरमा नै ठुलो सफलता प्राप्त गरे । देशभक्ति र राष्टाफारी धर्मका कुराहरुलाई रेगेइ म्युजिकको माध्यममा बाहिर ल्याई उनले जमाएका देश, राष्टाफारी धर्म र रेगेइ म्युजिकलाई अन्तराष्ट्रियरुपमा चिनाए । उनका सात वटा छोराहरुले उनको साँगेतिक विरासतलाई समालिरहेका छन् । उनीहरु पनि अन्तराष्ट्रिय गाएकहरु हुन् । बब मार्लेकी श्रिमतीले उनको श्रिमान्को सम्झनामा “बब मार्ले फाउण्डेसन” स्थापना गरिन् जसले आजपनि प्रभावकारीरुपमा सेवा पु¥याइरहेको छ । बब मार्ले केवल उनका रेगेइ सुमधुर सँगित र मनछुने शव्दहरुका कारण मात्र होइन तर उनले भन्ने गरेका प्रेरक भनाईहरुका कारण पनि प्रख्यात रहेका छन् । उनी विश्व साँगेतिक क्षेत्रको इतिहासका सधै उदायमान हुने तारा हुन् ।

भिडियो......

No comments:

Post a Comment