Wednesday, May 1, 2019

इस्राएल देशको रोचक इतिहास (बाइबलिय भविष्यवाणीहरु—भाग २)


1) इस्राएलको परिचय

इस्राएल विश्वमा कृषि, प्रविधि र आधुनिक हतियारद्धारा शक्तिसम्पन्न सानो राष्टको रुपमा चिन्ने गरिन्छ । यो देश ख्रीष्टियन, इस्लाम र यहूदी गरी विश्वका तिन प्रमुख धर्महरुको केन्द्र पनि हो । इस्राएल वा इजरायलको क्षेत्रफल जम्मा २२०७२ वर्ग किलो मिटर रहेको छ । अर्थात यो देश नेपालभन्दा ६ गुणा सानो रहेको छ । यो सानो देशको जनसँख्या ९० लाख रहेको छ । इस्राएल विश्वमा एकमात्र यहूदी देश हो । यहूदीहरुलाई बिश्वभरी नै एक बुद्धिमान् जातिको रुपमा चिनिन्छ । यतिसम्म कि यिनीहरुले इस्राएलको मरुभुमीमा अत्याधुनिक शैलीबाट खेतीपाती गरिरहेका छन् । कृषीमा आत्मनिर्भर भएर इस्राएलीहरुले अन्य देशका मानिसहरुलाई कृषीको अत्याधुनिक प्रविधीको बारेमा सिकाइहेका छन् । इस्राएलको सेना सँख्यामा सानो भएतापनि विश्वकै शक्तिशाली सेनाहरुमध्ये एक मानिन्छ । इस्राएलको प्रतिरक्षा प्रणाली निकै बलियो रहेको छ । इस्राएल विश्वमा एक मात्र पुर्णत एन्टीव्यालेष्टीक प्रणालीबाट सुसज्जित मुलुक हो । यदि कुनै देशले इस्राएलमा मिसाइल हान्यो भने त्यो मिसाइल इस्राएलको आकाशमा नै नष्ट हुन्छ । इस्राएलले विश्वका थुप्रै देशहरुमा हतियारहरु आपुर्ती गर्ने गरेको छ । 

इस्राएल देशका प्रत्येक नागरिकहरुले शैन्य तालिम लिनै पर्दछ । यसो गरिनुको कारण चाहिँ जुनसुकै युद्धका लागि पनि नागरिकहरु तयार होऊन् भन्ने हो । इस्राएल विश्वमा एकमात्र यस्तो मुलुक हो जो आफुभन्दा ठुला र धेरै शत्रु राष्टहरुको विचमा सानदार तरिकामा जिइरहेको छ । पुरै अरव देशहरुले इस्राएललाई घृणा गर्ने गर्दछन् र इतिहासमा थुप्रै पटक अरब देशहरु र इस्राएलको विचमा युद्ध भइसकेको छ । इस्राएलको गुप्तचर सँख्या मोसाद विश्वकै शक्तिशाली गुप्तचर सँस्थाहरुमध्ये एक मानिन्छ । इस्राएलको एक अनौठो विशेषता भनेको विश्वमा जुनसुकै देशमा जन्मिने यहूदीलाई इस्राएलले तुरुन्तै आफ्नो देशको नागरिकता दिने गर्दछ । सिलिकन भ्यालीपछि इस्राएलमा नै सबैभन्दा भनि हाइटेक कम्पनीहरु रहेका छन् विश्वमा इस्राएल एक मात्र यस्तो देश हो जो इतिहासमा १९०० वर्षपछि फेरी निर्माण भएको छ । आजको यो भिडियोमा इस्राएल देशको निर्माण र यसको रोचक इतिहास बारे हेर्नेछौ । कसरी १९०० वर्षअघि पुर्णत नाश पारिएको देश १९०० वर्षपछि अचम्मरितिमा फेरी निर्माण हुनपुग्यो ? कसरी विश्वभरी नै छरिएर रहेका यहूदीहरुले इस्राएल देश प्राप्त गरे ? कसरी विश्वको सबैभन्दा कान्छो मुलुकहरुमध्ये एक र सानो राष्ट्र इस्राएल विश्वकै शक्तिशाली मुलुकहरुमध्ये एक बन्यो ? जस्ता रोचक पक्षहरु यो भिडियोमा समावेश गरिएका छन् । साथै बाइबलमा कसरी इस्राएल देशको विनाश र यसको पुनस्र्थापनाको बारेमा लेखिएका कुराहरु पुरा भयो भन्ने बारेमा पनि हेर्नेछौ ।

2) इस्राएल कसरी बन्यो (इतिहास)

बाइबलमा उल्लेख गरिए अनुसार इस्राएल देश अब्राहाम नाउँ गरेका एक जना वृद्धबाट सुरु भएको थियो । आजका यहूदी र अरबीहरु तिनै अब्राहामका सन्तान मानिन्छन् । इतिहासमा अनुसार ति अब्राहामका सन्तान अर्थात इस्राएलीहरु इजिप्टमा ४०० वर्षसम्म दासत्वमा बसेका थिए । त्यसपछि एक जना मोशा नाउँ गरेका व्यक्तिको नेतृत्वमा इस्राएलीहरुले ईसापुर्व १४०० तिर कनान नाम गरेको देशलाई कव्जा गरे र त्यसको नयाँ नाम इस्राएल राखे । इस्राएल मध्यपुर्वमा भुमध्यसागरको किनारमा अवस्थित एक सानो मुलुक थियो । तर यो भौगोलिक दृष्टिकोणमा निकै महत्वपुर्ण थियो । इस्राएलले यूरोप, एशिया र अफ्रिका महादेशलाई एकसाथ जोड्ने गर्दछ । त्यसकारण इतिहासमा इस्राएल धेरै राज्य र साम्राज्यहरुको अधिनमा हुन गएको छ । पहिलो शताव्दीमा आइपुग्दा इस्राएल रोमी साम्राज्यको अधिनमा थियो । सन् ७० मा रोमी सेनापती टाइटसले येरुशलेममा भएको यहूदी अर्थात इस्राएलीहरुको पवित्र मन्दिर भत्काइदिए र यहूदीहरुलाई देश निकाला गर्न सुरु गरे । सन् १३० मा रोमीहरुले इस्राएल देशको नाउँ परिर्वन गरेर प्यालेष्टाइन राखिदिए । प्यालेष्टाइनको अर्थ “पलिष्तीहरुको देश” भन्ने हुन्छ । उनीहरुले त्यो देश पलिष्तीहरुलाई अधिकारमा दिएका थिए ।

यसरी यहूदीहरु आफ्नै देशबाट लखेटिए र त्यसपछि यिनीहरु एशिया, यूरोप र अमेरिकाका विभिन्न भागहरुमा छरिन पुगे । यसरी छरिएका यहूदीहरुलाई डायस्पोरा भनेर चिनिने गरिन्छ । यिनीहरुको आफ्नो देश थिएन । यहूदीहरु अरुको देशमा विदेशी जीवन विताइरहेका थिए । यूरोपमा सोह्रो शताव्दीदेखि उग्र राष्ट्रवादको भावना बढ्दैगयो जसको नकारात्मक प्रभावको सामना यहूदीहरुले पनि गर्नुप¥यो । उन्नाइसौ सताव्दीसम्म आइपुगुञ्जेल त्यो भावना अति तिव्र भएको थियो र मानिसहरु यहूदी र अरवी मुलका मानिसहरुलाई साह्रै घृणा गर्ने गर्दथे । यसले एक मुभमेण्टको रुप लिएको थियो जसलाई एन्टी समेटिजम् भन्ने गरिन्थ्यो । यहूदीहरुलाई दोस्रो दर्जाका नागरिकका रुपमा हेरिन्थ्यो ।

यसरी वर्षौदेखि अर्काको देशमा बाँचिरहेको पिडाका कारण यहूदीहरुले आफ्ना निम्ति अलगै देशको इच्छा गर्न थालेका थिए । यहूदीहरुको अधिकारको रक्षा र यहूदीहरुका लागि एउटा अलगै राष्ट निर्माणका लागि भनेर २९ अगष्ट १८९७ मा वल्ड जायोनिष्ट कङग्रेसको स्थापना गरियो । यसको मुख्य उद्धेश्य भनेको यहूदीहरुका लागि एक अलग राष्ट्र निर्माण गर्नु थियो । उनीहरु आफ्ना पुर्खाहरुको देश प्यालेष्टाइन जान यत्ति आतुर थिए कि उनीहरुको नारा नै “अर्को वर्ष येरुशलेममा” भन्ने थियो । ब्रिटेन साम्राज्यले २ नोभेम्बर १९१७ मा बाल्फोर घोषणा पत्रमा यहूदीहरुलाई उनीहरुको आफ्नै देश स्वरुप प्यालेष्टाइन दिने घोषणा गरे । एक शक्तिशाली साम्राज्यले यहूदीहरुलाई प्यालेष्टाइन दिने लिखितरुपमा नै घोषणा गरेको यो पहिलो पटक थियो । यो घोषणापछि सानो सँख्यामा यहूदीहरु इस्राएल आउन सुरु गरे । त्यो समयमा प्यालेष्टाइनमा यहूदीहरुको जनसँख्या ३ प्रतिशत हुनपुगेको थियो ।

यहूदीहरुलाई प्यालेष्टाइन देश दिने घोषणा पुर्णरुपमा कार्यान्वयन हुन सकेन । त्यसपछि दोस्रो विश्वयुद्ध सुरु भयो । दोस्रो विश्वयुद्धताका १९३९ देखि १९४४ सम्म जर्मन तानाशाह हिटलरले यहूदीहरुको नरसँहार गरे । उनले यूरोमा रहेका ८० लाख यहूदीहरुमध्ये ६० लाख क्रुरतासाथ मारेका थिए । उनले यहूदीहरुलाई लेवर क्याम्पमा काम गर्न लगाएर र ग्याँसका च्याम्बरहरुमा थुनेर मार्दथे । के बुढापाका, के महिला, के बालबालिका, उनले कुनै यहूदीलाई पनि छोडेनन् । इतिहासको यो दर्दनाक नरसँहारलाई होलोकाष्ट भन्ने गरिन्छ । हिटलरले यहूदीहरुप्रति गरेको यो क्रुरताबाट यहूदीहरुले सहानुभुति प्राप्त गरे । २९ नोभम्बर १९४७ मा राष्ट्रसँघमा यहूदीहरुलाई प्यालेष्टाइन देश दिने निर्णय गरियो । प्यालेष्टाइनलाई ३ भागमा विभाजन गर्ने निर्णय गरिएको थियोः पहिलो भाग यहूदीहरुका लागि, दोस्रो भाग अरबीहरुका लागि र तेस्रो भाग येरुशलेम । येरुशलेम यहूदी र अरबीहरुको विचमा विवादित शहर भएका कारण यसलाई राष्ट्रसँघले नियन्त्रण गर्ने निर्णय गरिएको थियो । राष्ट्रसँघमा प्यालेष्टाइनको जम्मा भुभागको २२ प्रतिशत भुभाग यहूदीहरुका लागि दिने निर्णय गरिएको थियो । राष्ट्रसँघमा मतदान भएर पारित भइसकेपछि १४ जुन १९४८ का दिन इस्राएल देशको निर्माणको घोषणा गरियो । यसरी इतिहासमा १९०० वर्षसम्म विलुप्त भएको देश फेरी पुनस्र्थापना हुन पुग्यो । डेविड वेन्गुरीयन इस्राएलका प्रथम प्रधानमन्त्री चुनिए । यतिमा नै सबै कुरा समाप्त भइसकेको थिएन । अरब देशहरु प्यालेष्टाइन यहूदीहरुलाई दिइएको कुरादेखि खुसी थिएनन् ।

इस्राएल अलगै देश घोषणा भएको भोली पल्ट नै अरब देशहरु एकजुट भएर इस्राएललाई आक्रमण गरे । अरब देशहरुसँग ठुलो सेना थियो । इस्राएल भर्खरै स्थापना भएको देश भएका कारण उनीहरुसँग हतियार र सेनाहरु पर्याप्त छैन भन्ने उनीहरुले सोचेका थिए । तर ठिक उल्टो भयो । इस्राएली सेनाले इजिप्ट, सिरीया र लेवनानका सेनाका अड्डाहरुमा भएका ट्याङ्कहरुमाथि पहिल्यै नै मिसाइल बर्साइदिएर सबै नष्ट गरिदियो । यसरी इस्राएली सेनाले ठुलो सेनालाई परास्त गर्न सफल भयो । १९५६ मा फेर इजिप्टले इस्राएलमाथि आक्रमण ग¥यो । यो समयमा फेरी इस्राएलीहरु विजयी भए र उनीहरुले इजिप्टको सिनाई प्रायदिप कव्जा गर्न सफल भए । तर पछि अन्तराष्टिय दबावका कारण इस्राएलले सिनाई प्रायदिप फेरी इजिप्टलाई नै फिर्ता गरिदियो । १९६७ मा फेरी अरब देशहरुले एकजुट भएर इस्राएलमाथि आक्रमण गरे । यो युद्ध ६ दिनसम्म चलेको थियो त्यसकारण यसलाई “सिक्स डे वार” भनिन्छ । अरबी सेना सँख्यामा ठुलो र शक्तिशाली थियो । इस्राएली सेना सँख्यामा सानो भएतापनि उनीहरु आधुनिक हतियारहरुद्धारा सुसज्जित थिए । ६ दिनसम्म चलेको यो युद्धमा पनि अरबी सेना पराजित भयो । इस्राएली सेनाले अरबी सेनालाई नराम्रोसँग पराजित गरेर इजिप्टको गाँजा, जोर्डनको वेष्ट व्याङ्क र लेवनानको गोलान हाइटलाई कव्जा गरे । अहिलेसम्म इस्राएल र अरब देशहरुको विचमा ७ पटकसम्म ठुला युद्धहरु भइसकेका छन् जसमा सबै युद्ध इस्राएलले नै जितेको छ ।

इस्राएल अलग देश बन्ने सम्झौता हुदा जम्मा भुभागको ७८ प्रतिशत भुभागमा प्लालेष्टाइन र २२ प्रतिशत भुभागमा इस्राएल देश बनाउने निर्णय गरिएको थियो । तर यि युद्धहरुबाट भएर गुज्रिदा विगतको ७० वर्षमा इस्राएलले इस्राएलको ८० प्रतिशत भुभाग कब्जा गरिसकेको छ । अब प्यालेष्टेनीहरु हामीलाई केवल २० प्रतिशत भुभाग दिएर अलग देशको मान्यता देऊ भनेर लडिरहेका छन् । त्यसकारणले नै आजपनि हामी प्यालेष्टेनी र इस्राएलीहरुको विचमा बेलाबेलामा युद्ध भइरहेका खबरहरु सुन्ने गर्दछौ । 

कसरी एउटा देश जो इतिहासमा १९०० वर्षसम्म विलुप्त भइसकेको थियो त्यो फेरी पुनस्र्थापना भयो । इतिहासमा थुप्रै देशहरु अस्तित्वमा थिए तर तिनको विनासपछि ति फेरी पुनस्र्थापना भएको अर्को कुनै उदाहरण छैन । कसरी विश्वभरी नै छरिएर रहेका यहूदीहरुले १९०० वर्षपछि फेरी आफ्नै पुर्खाको देश इस्राएल प्राप्त गरे ? कसरी विशाल र शक्तिशाली शत्रु राष्ट्रहरुको विचमा रहेर पनि सानो मुलुक इस्राएलले तिनीहरुलाई चुनौति दिइरहेको छ त ? यसको जवाफ हो परमेश्वरको योजनाका कारण । तपाईलाई यो जान्दा पक्कै अचम्म लाग्नेछ कि पवित्र धर्मशास्त्र बाइबलमा इस्राएलको विनास र यसको पुनस्र्थापनाको बारेमा सयौं वर्ष अगाडी लेखिसकिएको थियो । आउनुहोस्, बाइबलमा उल्लेखित केही खण्डहरुको बारेमा विचार गरौं ।

3) कसरी बाइबलिय भविष्यवाणीहरु पुरा भए

यशैया २७ः१२ मा यसो लेखिएको छ ः
“......र हे इस्राएली, तिमीहरुचाहिँ एक–एक गरी जम्मा गरिनेछौ ।”
त्यसैगरी व्यवस्था २८ः६४–६७ यसो लेखिएको छ ः
तब पृथ्वीको एक छेउदेखि अर्को छेउसमम विभिन्न जातिका बीचमा परमप्रभुले तिमीहरुलाई तितरबितर पार्नुहुनेछ । त्यहाँ तिमीहरु र तिमीहरुका पुर्खाहरुले नजानेका काठ । ढुङ्गाका अन्य देवताहरु तिमीहरुले पुज्नेछौ । ती जातिहरुका बीचमा तिमीहरुले चैन पाउनेछैनौ, र तिमीहरुका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ । त्यहाँ परमप्रभुले तिमीहरुलाई चिन्तित मन, पर्खदा–पर्खदा थााकेका आँखाहरु र निराश ह्दय दिनुहुनेछ । तिमीहरुको जीवन निरन्तर दोधारमा झुण्डिरहनेछ । डरले दिनरात भरिएको तिमीहरुको जीवनको कुनै भरोसा हुनेछैन । तिमीहरुका ह्दयमा भरिएको त्रासले र तिमीहरका आँखाले देखेका दृश्यले गर्दा विहान तिमीहरुले भन्नेछौ, “बेलुकी भएदेखि हुन्थ्यो !” अनि बेलुकी भन्नेछौ, “बिहान भएदेखि हुन्थ्यो !”
व्यवस्था ३०ः१–६ मा यसो लेखिएको छ ः
परमप्रभु परमेश्वरले जाति–जातिहरुका बीचमा तिमीहरुलाई धपाइपठाउनुभएपछि जब यी आशिष् र श्राप तिमीहरुमाथि पर्नेछन् र तिनको स्मरण गरेर तिमीहरु र तिमीहरुका सन्तान परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्नो ह्दय र आफ्नो पूरा प्राणले मान्नेछौ, तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरुका सुदिन फर्काउनुहुनेछ र तिमीहरुलाई टिठ्याउनुहुनेछ , र जुन जातिहरुका बीचमा तिमीहरुलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरुलाई बटुलेर ल्याउनुहुनेछ । तिमीहरु देशनिकाला भएर आकाशमुनीको सबैभन्दा टाढो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरुका परमेश्वरले तिमीहरुलाई बटुल्नुहुनेछ , र त्यहाँबाछ तिमीहरुलाई फर्काएर ल्याउनुहुनेछ । तिमीहरुका पिता–पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरुलाई ल्याउनुहुनेछ , र तिमीहरुले त्यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरुलाई तिमीहरुका पिता–पुर्खाभन्दा उन्नतिशिल र असँख्य बनाउनुहुनेछ ।
त्यसैगरी यशैया ११ः१२ मा यसो लेखिएको छ ः
उहाँले जाति–जातिहरुका निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ , र इस्राएलका निकालिएकाहरुलाई र यहूदाका छरपष्ट भएकाहरुलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ ।
त्यसैगरी यशैया ४१ः८–१२ मा यसो लेखिएको छ ः
तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ, र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ । मैले भनें, त मेरो दास होस् । मैले तपाईलाई छानेको छु , र तँलाई इन्कार गरेको छैनँ ।........तँदेखि रिसाउनेहरु सबै निश्चय नै लज्जित हुनेछन् , र शर्ममा पर्नेछन् । तेरो विरोध गर्नेहरु केही न केहीका हुनेछन् र नष्ट हुनेछन् । तेरा शत्रुहरुलाई तैले खोजे पनि उनीहरुलाई भेट्टाउनेछैनस् । तेरो विरोधमा युद्ध गर्नेहरु पनि बिलकुल निरर्थक हुनेछन् , र नष्ट हुनेछन् ।
फेरी यशैया ४३ः५–६ मा यसो लेखिएको छ ः
नडरा, किनकि म तँसित छु । म तेरा छोराछोरीहरुलाई पूर्वदेखि ल्याउनेछु , र पश्चिमदेखि तिमीहरुलाई भेला गर्नेछु । म उत्तर दिशालाई भन्नेछु , “तिनीहरुलाई दिइहाल् ।” र दक्षिण दिशालाई भन्नेछु , “तिनीहरुलाई नथुन् ।” मेरा छोराहरुलाई टाढादेखि र मेरा छोरीहरुलाई पृथ्वीको पल्लो देउदेखि ल्याओ,
त्यसैगरी यर्मिया १६ः१५ मा यसो लेखिएको छ ः
तर तिनीहरुले भन्नेछन्, “इस्राएलीहरुलाई उत्तरको देश र अरु सबै देशहरुबाट जहाँ–जहाँ उहाँले तिनीहरुलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।” किनकि मैले तिनीहरुका पिता–पुर्खाहरुलाई दिएको देशमा तिनीहरुलाई म फेरि ल्याउनेछु ।
त्यसैगरी यर्मिया ३१ः८ मा यसो लेखिएको छ ः
हेर, म तिनीहरुलाई उत्तर देशदेखि ल्याउनेछु , र पृथ्वीको कुना–कुनबाट म तिनीहरुलाई जम्मा गर्नेछु । तिनीहरुका बीचमा अन्धा र लङ्गडा, गर्भवती आमाहरु र सुत्केरी वेदनामा परेका स्त्रीहरु हुनेछन् । तिनीहरुको एउटा ठुलो भीड फर्केर आउनेछ ।
इजकिएल ११ः१७ मा यसो लेखिएको छ ः
यसैकारण भन्, “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जाति–जातिहरुबाट म तिमीहरुलाई जम्मा गर्नेछु । जहाँ–जहाँ तिमीहरु तितरबितर भएका छौ, ती देशहरुबाट म तिमीहरुलाई फर्काएर इस्राएलको देश दिनेछु ।”
आमोस ८ः१४–१५ मा यसो लेखिएको छ ः
म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्याउनेछु । ध्वंस भएका सहरहरुलाई तिनीहरुले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन् । तिनीहरुले दाखबारीहरु लगाएर तिनका दाखमद्य पिउनेछन् । तिनीहरुले बगैँचाहरु बनाएर तिनका फलहरु खानेछन् । म इस्राएललाई तिनीहरुकै देशमा कहिल्यै नउखेलिने गरी बसाल्नेछु , जुन देश मैले तिनीहरुलाई दिएको छु,” परमप्रभु तिमीहरुका परमेश्वर भन्नुहुन्छ ।
त्यसैगरी मिका २ः१२ मा यसो लेखिएको छ ः
“हे याकूब, म निश्चय नै तिमीहरु सबैलाई भेला गर्नेछु । इस्राएलका बचेकाहरुलाई म निश्चय नै जम्मा गर्नेछु । म तिनीहरुलाई गोठमा भेडाहरुलाई झै र चरनमा बगाललाई झै एक ठाउँमा जम्मा गर्नेछु । त्यस ठाउँमा मानिसहरुको भीड हुनेछ ।”
लूका २१ः२४ मा यसो लेखिएको देख्न सकिन्छ ।
तिनीहरु तरवारले मारिनेछन्, र सबै देशहरुमा कैदी बनाएर लगिनेछन् । अनि अन्यजातिहरुको समय पूरा नभएसम्म तिनीहरुले येरुशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।

सम्बन्धित भिडियो.............

No comments:

Post a Comment