Friday, November 25, 2022

यत्ति गरे कसो नेपालको राजनिति नसुध्रिएला !

 यत्ति गरे कसो नेपालको राजनिति नसुध्रिएला !

कै नभाको जात्रा हाँडी गाउँमा । यो उखान नेपालको राजनितिक प्रणालीमा एकदम सुहाउँदो देखिन्छ । नेपालको राजनितिमा यस्ता कुराहरु सुन्न र देख्न पाइन्छ जो अन्य कहिकतै देख्न पाइदैन । तथाकथित साम्यवादी र समाजवादीहरुले पुँजीवादीहरुका लागि भोट माग्छन् नेपालमा । यस्तो दृष्य अन्यत्र देख्न पाइदैन । नेपालको राजनितिमा अत्यन्त आवस्यक रहेका केही कुराहरु यो लेखमा प्रस्तुत गर्न चाहन्छु । शायद यत्ति मात्र गरिदिए नेपालको राजनिति धेरै सुध्रन सक्थ्यो । राजनिति सुध्रिए देशको अवस्था नसुध्रिने त कुरै भएन ।

१) राजनितिक दलहरुले आदर्श र नैतिकता स्थापना गर्नुपर्नेछ !

म व्रिटेनको अर्थतन्त्रलाई सुधार गर्नसक्छु भन्ने निश्चयता दिलाएर लीज ट्रस प्रधानमन्त्री बनिन् । कर कटौतीको उनको नितिले अपेक्षाकृतरुपमा काम गरेन र अन्त्यमा उनले आफू अब नैतिकताका आधारमा प्रधानमन्त्रीमा बसिरहन उपयुक्त नभएको भन्दै ४५ दिनमै राजिनामा दिइन् । नेपालमा हामीले कहिल्यै यस्तो देख्यौ ? विना निति नै सत्ता प्राप्ती गरेर कुर्सीमा बसिरहने अनि देश खोक्रो बनाइरहने यो देशमा राजनितिक दल र नेताहरुमा नैतिक आदर्शको खडेरी नै रहेको छ । यो देशको राजनितिलाई ठिक मार्गमा ल्याउन दल र नेताहरुले उच्च नैतिक आदर्श देखाउनुपर्ने देखिन्छ ।

२) प्रत्येक्ष कार्यकारी राष्ट्रपति

अमेरिकामा यही प्रणाली रहेको छ । त्यहाँ जनताले नै कार्यकारी राष्ट्रपति छान्ने गर्छन् । यसो गर्नाले जनताले चाहेको व्यक्ति सत्तामा पुग्दछ र उसले जनताका लागि काम गर्दछ । नेपालमा बहुमतका आधारमा पार्टीले प्रधानमन्त्री छान्दछ । यसका कारण पनि दर्शन र सोच भएको भन्दा पनि शक्ति र पहुँच भएको व्यक्तिले सक्ता प्राप्त गर्दछ । नेपालमा भइरहेकै यही हो । जनताले सिधै छान्न पाउँदा आज बालेन शाह र हर्क साम्पाङ्ग जस्ता लोकप्रिय र राजनितिबाट टाढै रहेका व्यक्ति छानिने मौका पाए । पार्टीले छान्दा फेरि शेर बहादुर देउवा नै प्रधानमन्त्रीको रुपमा छानिए । यही प्रणाली केन्द्रिय राजनितिमा भए कति राम्रो हुनेथियो होला ।

३) उमेरको हदबन्दी

नेपालको राजनितिमा उमेरको हदबन्दी अत्यावस्यक देखिन्छ । बुढापाका नेताहरुले मरुन्जेलसम्म पनि राजनिति गर्ने र सत्ता प्राप्तीका लागि मरिहत्ते गर्ने प्रचलनले देशलाई निकै हानि गरिरहेको छ । छिमेकी मुलुक भारतमा सत्तामा रहेको भारतिय जनता पार्टीमा ७५ वर्षपछि सबै नेताले अवकास लिनुपर्ने हुन्छ । ७५ वर्षपुगिसकेपछि बिजेपीमा रहेर राजनिति गर्न पाइदैन । नेपालमा पनि यो प्रणाली राजनितिक दलहरुले विकास गरेमा नयाँ जोश, जागर, दर्शन बोकेका युवा पुस्ताले राजनितिमा स्थान पाउने थिए ।

४) एक व्यक्ति एक पदको निति

एउटै व्यक्ति पार्टीको अध्यक्ष अनि उही व्यक्ति देशको प्रधानमन्त्री पनि बन्ने अनौठो प्रचलन नेपालमै रहेको छ । नेकपा टुक्रिएर तीन भागमा विभाजन हुनुको मुख्य कारण नै यही हो । केपी वली प्रधानमन्त्री पनि बनिरहन चाहे र पार्टीको अध्यक्ष पनि । जसका कारण पार्टी नै विभाजित हुनपुग्यो । प्रधानमन्त्री देशकै हुन्छ र उनले म देशकै प्रधानमन्त्री हुँ भन्ने सोचका साथ काम गर्नुपर्नेहुन्छ । त्यो व्यक्तिले कुनै पार्टी विशेषको पद धारण गरेर बस्नु कति सम्म उपयुक्त होला ? आफै विचार गरौ । भारतिय काँग्रेस पार्टीमा “एक व्यक्ति, एक पद” को निति रहेको छ । नेपालको राजनितिलाई ठिक पार्न यो नितिले पनि उल्लेखनिय भुमिका खेल्ने सम्भावना देखिन्छ । 

५) कार्यकालमा हदबन्दी

अमेरिकामा एक व्यक्ति केवल दुई पटक मात्र राष्ट्रपति बन्न सक्छ । नेपालमा भने एउटै व्यक्ति पाँच पटक सम्म प्रधानमन्त्री बनिसकेका छन् ! अनि उनको शासनले देशलाई कुनै फाइदा पु¥याएन र पनि फेरि तिनै व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ । पाँच पटक प्रधानमन्त्री बन्ने मौका प्राप्त गर्दा समेत केही गर्न नसक्नेले अब के गर्लान् भन्ने आशा गर्ने ? तर के गर्ने प्रधानमन्त्री पार्टीले छान्ने हो, जनताले होइन । तर राजनितिक दलहरुले कार्यकालमा हदबन्दी लगाए भने नयाँले मौका पाउनेछन् । नयाँले मौका पाए भने एकले नगरेपनि अर्कोले गर्ने सम्भावना बढ्नेछ !

६) जनताद्धारा उच्च खबरदारी

नेपालमा जनताभन्दा बढि पार्टी र नेताका आधिकारिक, बफादार र समर्पित कार्यकर्ताहरु धेरै छन् । नेपालमा बच्चाहरु जन्मदैनन्, पार्टीका मोहर लगाइएका सदस्यहरु जन्मिन्छन् । अलिक कडा भयो तर यथार्थ यस्तै देखिन्छ । समस्या के भने, यस्ताहरुले खबरदारी गर्न सक्दैनन् ! पार्टीको सदस्य हुनु गलत होइन, तर मेरै पार्टी र नेताप्रति म सधै बफादार रहनेछु भन्नु गलत हो । तपाईको पार्टी र नेताले गलत गरेमा खबरदारी गर्ने हिम्मत तपाईमा हुनुपर्छ ! सधै मेरै नेता र मेरै पार्टी सहि र बाँकी सबै गलत भन्ने सोच नराखी, पार्टीकै सदस्य वा कुनै कृयाशिल पदमै रहेर पनि निष्पक्षिय सोचको विकास गर्न आवस्यक छ । पार्टीकै सिफारिसका आधारमा जागिर खाएपछि तिनै नेता र पार्टीलाई खबरदारी गर्न कहाँ सकिन्छ र ? नेपालमा भइरहेकै यही हो ।

७) नेताहरुमाथि सम्बन्धित निकायहरुबाट उच्च नियमन राख्ने

भारतका रेलमन्त्री समेत रहिसकेका र बिहारमा मुख्यमन्त्री रहिसकेका भारतको राजनितिका एक दिग्गज नेता लालु प्रसाद यादब जेलमा थिए । भ्रष्टाचार गरेको प्रमाणित भएपछि उनी जेल परे । नेपालमा नेताहरु कुनै व्यापार, व्यवसाय, धन्दा गर्दैनन्, तर यिनीहरुसँग अकुत सम्पत्ति रहेको छ । कहाँबाट आयो ? त्यो सम्पत्तिको स्रोत के हो ? अख्तियार अनुसन्धान आयोगमाथि “सधै साना माछाहरु मात्र समात्ने” गरेको आरोप लाग्ने गर्छ । अख्तियार अनुसन्धान आयोगले निष्पक्ष र निर्भयतासाथ नेताहरुमाथि पनि निगरानी गर्न थालेमा भ्रष्टाचारमा कमि आउने थियो कि ? अहिले नेपालका नेताहरु त खुल्ला साँढेहरु जस्ता छन् कि भन्ने लाग्छ ! जे गर्दा पनि हुने अनि कानूनी दायरामा कहिल्यै नआउने !

८) गठबन्धनको सरकार हानिकारक हुन्छ

यो कुरा हामीले भोगिसकेका छौ ! बहुमतको सरकारले आफ्नै दर्शन र योजना अनुसार काम गर्नसक्छ । बहुमतको सरकारमा भ्रष्टाचारको प्रवल सम्भावना हुन्छ । कारण के भने, सरकार विभिन्न दलहरुविचको सहमतिका आधारमा बहुमत निर्माण गरेर बनाइन्छ । यसो हुँदा प्रधानमन्त्रीले गठबन्धनको अर्को पार्टीको मन्त्रीमाथि कुनै एक्सन लिदा भोली गठबन्धन नै टुट्ने होकि भनेर सोच्नुपर्नेहुन्छ । यस्तो स्थीतिमा प्रधानमन्त्री कमजोर हुन्छ जसका कारण मन्त्री लगायत आसेपासे समेत भ्रष्टाचारमा सहभागि हुन्छन् । देशमा सुशासनका लागि बहुमतको सरकार चाहिन्छ नै ।


Hari BK

Bardiya

Friday, August 7, 2020

येशू ख्रीष्ट कुन भाषा बोल्नुहुन्थ्यो ? येशू ख्रीष्टको समयमा इस्राएलमा कुन भाषा बोलिन्थ्यो ?

येशू कुन भाषा बोल्नुहुन्थ्यो होला भन्ने प्रश्न धेरै ख्रीष्टियनहरुको मनमा हुनसक्छ ? इस्राएलीहरु हिब्रू भाषा बोल्थे । येशू पनि एक इस्राएली भएर जन्मिनुभएको कारण उहाँले पनि शायद हिब्रू भाषा बोल्नुहुन्थ्यो भन्ने लाग्न सक्छ ! तर यथार्थ फरक छ । येशूले हिब्रू भाषा बोल्नुहुन्नथ्यो । येशू परमेश्वर हुनुहुन्छ र उहाँ सबै भाषाहरु बुझ्न सक्नुहुन्छ । उहाँको क्षमता भाषा र भुगोलमा सिमित छैन । येशू ख्रीष्टको समयमा प्रचलित भाषाहरुलाई बुझ्नका लागि त्यो समयको पृृष्ठभुमिलाई बुझ्न आवस्यक हुन्छ । हिब्रू इस्राएलीहरुले परापुर्वकालदेखि बोल्दै आएको भाषा थियो । हिब्रू भाषा केवल इस्राएलीहरुले मात्र नभई इस्राएल वरपरका क्षेत्रहरुमा लामो समयदेखि बोलिदैआएको भाषा थियो । हिब्रू धेरै प्राचिन भाषाहरुमध्ये एक हो । अहिले पनि हिब्रू इस्राएलको राष्टिय भाषा हो । अहिलेको समयमा केवल यहूदी अर्थात इस्राएलीहरुले मात्र हिब्रू भाषा बोल्दछन् भन्दा फरक नपर्ला ।

बाइबलको पूरानो करारको ठुलो हिस्सा हिब्रू भाषामा नै लेखिएको थियो । केवल दानिएलको थोरै भाग, नहेम्याह र एज्राको पुस्तक मात्र आरमेइक भाषामा लेखिएका थिए । हिब्रू भाषाले सबैभन्दा ठुलो क्षति बेविलोनीहरुले इस्राएल कब्जा गरेपछि बेहोर्नु प¥यो । बेविलोनी राजा नबूकदनेसरले इस्राएलीहरुलाई पाँचौ शताव्दी इसापुर्वमा आक्रमण गरेर बेविलोनमा निर्वासनमा ल्याए । इस्राएलीहरु त्यहाँ सत्तरी वर्षभन्दा बढि रहे । बेविलोनीहरु आरमेइक भाषा बोल्ने गर्थे । बेविलोनीहरुसँग रहने क्रममा इस्राएलीहरुले हिब्रू भाषाको सट्टा आरमेइक भाषा बोल्न थाले । यसरी हिब्रू भाषा ओझेलमा प¥यो । हिब्रू भाषा केवल धार्मिक क्रियाकलापहरुमा प्रयोग गरिने भाषाको रुपमा सिमित रहन पुगेको थियो । इस्राएलीहरु बेविलोनबाट इस्राएलमा फर्किएर आएपछि पनि आरमेइक भाषा नै प्रयोग गरिरहे ।

तेस्रो शताव्दी इसापुर्वमा अलेक्जेण्डर ग्रिक साम्राज्यका सम्राट बने । उनको सपना पूरै दुनिया जितेर विश्वमा ग्रिक भाषा र सँस्कृति फैलाउनु थियो । उनको समयमा नै ग्रिक अन्तराष्टिय भाषा बन्न पुग्यो । त्यसकारणले नै नयाँ करारको समयमा ग्रिक अन्तराष्टिय बोलिचालीको भाषा थियो । नयाँ करारका सबै पुस्तकहरु नै ग्रिक भाषामा लेखिएका थिए । पूरानो करारको ठुलो हिस्सा हिब्रू भाषामा, केही भाग आरमेइकमा लेखिएको थियो । यसरी बाइबल तिन विभिन्न भाषाहरुः हिब्रू, ग्रिक र आरमेइकमा लेखिएको थियो ।

येशूको समयमा इस्राएलमा तिन वटा भाषाहरु चलनचल्तीमा थिए । हिब्रू, ग्रिक र आरमेइक । त्यो बाहेक अर्को भाषा पनि इस्राएलमा प्रयोग गरिन्थ्यो । इस्राएलमा भएका रोमी अधिकारी र सेनाहरुले ल्याटिन भाषा बोल्ने गर्थे । ल्याटिन रोमीहरुको मातृभाषा थियो । येशू ख्रीष्टको समयमा रोमीहरुले ल्याटिन भाषा बोल्थे, इस्राएलमा पढे लेखेकाहरुले हिब्रू र ग्रिक भाषा बोल्थे । गालील र सामरिया जस्ता पिछडिएका क्षेत्रका मानिसहरुले भने आरमेइक भाषा बोल्ने गर्थे । अब प्रश्न यो आउँछ , येशूले कुन भाषा बोल्नुहुन्थो त ? येशूले आरमेइक भाषा बोल्नुहुन्थ्यो । यो कुरा सुसमाचारका पुस्तकहरुबाट पनि स्पष्ट हुन्छ । येशूले “तालिता कूमी” (मर्कूस ५ः४१), “इफ्फता” (मर्कूस ७ः३४), इलोइ, इलोइ लामा सबखतनी (मत्ती २७ः४६, मर्कूस १५ः३४), अव्वा (मर्कूस १४ः३६) जस्ता शव्दहरु प्रयोग गर्नुभएको देख्न सकिन्छ । यी सबै आरमेइक शव्दहरु थिए । तर येशूलाई हिब्रू भाषाको पनि ज्ञान भएको हुनसक्छ । किनकि उहाँले सभाघरहरुमा धर्मशास्त्रबाट शिक्षा दिनुभएको थियो । त्यो बेलामा यहूदी धर्मशास्त्र हिब्रू भाषामा थियो ।

अन्नतः भाषाले उहाँलाई सिमित पार्न सक्दैन । तथापी उहाँ संसारमा छदा सामान्य बोलिचालीमा आरमेइक भाषा बोल्नुहुन्थ्यो भने शिक्षाका लागि हिब्रू भाषा प्रयोग गर्नुहुन्थ्यो । आरमेइक र हिब्रू दुवै भाषा येशू ख्रीष्टको समयमा इस्राएलमा प्रयोग गरिने भाषा थिए भने ग्रिक चाहिँ अन्तराष्टिय भाषा थियो । र बाइबल हिब्रू, ग्रिक र आरमेइक गरि तिनवटा भाषाहरुमा लेखिएको थियो ।

सम्बन्धित भिडियो..........

Wednesday, May 27, 2020

के म “दलित” नै हु त ? जातिय विभेदका लागि को जिम्मेवार ?


जातियताको आधारमा पश्चिम रुकुममा घटेको घट्नाले सबैलाई स्तव्ध तुल्याएको छ । प्रेमिका लिन गएका ति दलित युवाले तथाकथित तल्लो जातको भएकै कारण आफ्नो ज्यान गुमाउनुप¥यो । अन्तरजातिय विवाह गर्न खोज्दा वा गर्दा ज्यान गुमाउनु परेको यो पहिलो घट्ना भने होइन । यस्ता घट्नाहरु हाम्रो समाज बेलावखतमा हुदै आएका छन् जसले हाम्रो समाजलाई कलङ्कित पार्ने काम गरिरहेको छ । वि.स. २००७ सालको सँविधानमा नै छुवाछुतलाई सामाजिक अपराधको रुपमा उल्लेख गरिएको थियो । ७० वर्ष वितिसक्दा पनि व्यवहारमा धेरथोर छुवाछुत हटेतापनि मन र भावनामा भने जिवितै छ । अशिक्षित र पिछडिएको समाजमा मात्र नभई शिक्षितहरुकै मनमगजमा पनि जातियताले जरा गाँडेको छ । तथाकथित ठुला जातकाहरुमा “तिमीहरु साना जातिका हौ र हामी उच्च जातका हौ” भन्ने भावना छ भने साना जातिकाहरुमा “तिमीहरु ठुला जातका हौ र हामी साना जातका हौ” भन्ने सोच रहेको छ । जबसम्म “तिमी र म समान छौ” भन्ने भावना दुवै वर्गमा विकसित हुदैन, तबसम्म छुवाछुतजस्तो कलँक समाजबाट हट्न सक्दैन ।

हो, म दलित नै हुँ !

हो, म दलित हुँ ! के तपाईमा यो भन्ने आँट छ ? आजभोलि दलित समुदायबाट नै उनीहरुलाई “दलित” नभनिदिन वा दलित शव्द नै प्रयोग नगर्न जोड दिइएको देखिन्छ । प्रत्येक तल्लो जातको मानिस दलित हो । तपाई एतिहासिक तवरमा दलित हुनुुहुन्छ । कामीले फलामको काम ग¥यो, सुनारले सुनको काम ग¥यो, दमाइले लुगा सिएर समाजमा पु¥यायो, सार्कीले छालाको काम ग¥यो, गाइनेले गित गाउँदै मनोरन्ज दियो । तर समाजले यो वर्गलाई के दियो ? कामीको फलाम र औजार चल्यो, सुनारको सुन चल्यो, दमाइको लुगा पनि चल्यो, सार्कीले बनाएका जुत्ता चप्पल चले, गाइनेका गित चल्यो, तर यिनीहरुसँग अरु कुनै कुरा चलेन । चल्ला कुखुरा र कुकुर बिराला तथाकथित उच्च जातका मानिसहरुको घरमा स्वागत गरिए र भित्र भाँन्सासम्म पनि पु¥याइए, तर साक्षात मानिस, जो समाजमा श्रम गर्दै सेवा गरिरहेकाहरु भने बाहिर आगनसम्मै सिमित रहे र तल्लो जातको उपमा पाए । जनावर छुत रह्यो, तर मानिस नै भएर पनि तल्लो जातकाहरु अछुत रहे ।

तल्लो जातकाहरुलाई सामाजिक, आर्थिक, राजनैतिक र भावनात्मक रुपमा शोषण र दमन गरियो । अनि कुन अर्थमा अब तल्ला जातकाहरु दलित भएनन् ? तल्लो जातिका मानिसहरुलाई शोषण गरियो र गरिदैछ । के शव्द परिवर्तन गर्दैमा तल्ला जातकाहरुको अवस्था परिवर्तन हुन्छ ? दलित शव्द हटाउँदैमा तल्लो जातहरु पनि माथिल्लो जात समान हुनेभए म त आज हैन अहिले देखिनै यो शव्द प्रयोग गर्न चुटुक्कै छोडिदिन्छु ! शव्द वद्लिदैमा वास्तविकता परिवर्तन हुदैन । तबसम्म तल्लो जातिकाहरु दलित हुनेछन्, जबसम्म यिनीहरुले सामाजिक, आर्थिक, राजनैतिकरुपमा समान हक र अवसर पाउँदैनन् । 

जात लुकाउने सानो तर तुच्छ कोशिष् !

अब विशेष कुरा गरौ हाम्रै दलित अर्थात् तल्ला जातकाहरुको । विश्वकर्मा अर्थात् कामीले रसाइली, विसी र घिमिरे जस्ता उपथरहरु प्रयोग गर्न थाले । सार्किहरुले बोहरा, गैरे जस्ता उपथरहरु प्रयोग गरेको देख्न सकिन्छ । यसबाट एउटा कुरा प्रष्ट हुन्छ , तपाईको परिचयलाई तपाई स्वयम् घृणा गर्नुहुन्छ । यदि पुजा चन्द र निरुता सिँह जस्ता प्रतिभाशालि र सुन्दर नायिकाहरुले आफू तल्लो जातको भएको कुरा स्वीकार गरेको भए के हुन्थ्यो ? तर उनीहरुले आफ्नो जात लुकाएर आफ्नो वास्तविक परिचयलाई घृणा गरे । तर कतिपय दलित हस्थीहरुप्रति मेरो भारी सम्मान छ जसले आफ्नो जातलाई विना सँकोच र डर बाहिर ल्याए । तर अझैपनि कतिजनाहरु विश्वकर्मा वा कामी भन्न अप्ठ्यारो मानेर विसी भन्नमै रमाउँछन् ।

तपाई किन आफुलाई दलित वा तल्लो जातको भन्न डराउनुहुन्छ ? तपाईका पुर्खाहरु यो देशको माटोमा परिश्रम गर्ने र हात पाखुराहरु चलाउनेहरु थिए । तिनीहरु चोर थिएनन्, न त तिनीहरुले कुनै घृणित काम नै गरेका थिए । म विश्वकर्मा हुँ र मलाई मेरो जातमा सत प्रतिशत गर्व छ । मेरो पुर्खाले फलामको काम गरेर यो समाजलाई सेवा गरेकोमा म गर्व गर्छु । कसैले मेरो परिचय सोधेमा पहिलो नाम भनेर म रोकिन्न । पूरा आत्मविश्वासका साथ जात सहित मेरो नाम बताउँछु । हरेक दलित र तल्लो जातका व्यक्तिहरुले आफू र आफ्नो जातमा गर्व गर्नु आवस्यक छ । तपाई हाम्रा पुर्खाहरु “सिल्पीहरु” थिए । उनीहरु आफ्नो सिप प्रयोग गरेर समाजसेवा गर्नेहरु थिए । सँस्कृतमा लेखिएका ग्रन्थहरु गनगनाउँदै धर्मको आडम्वरमा पैसा र शक्ति कुम्ल्याउनेहरु थिएनन ।

कतै धार्मिक सँरचना नै दोषि त छैन जातिय विभेदका लागि ?

रामायण पढ्दा मलाई निकै आनन्द लाग्यो । रमाइ–रमाइ दिनको आठ दस पाना पढ्ने गर्थे । रामको त्यो आदर्शमयि जीवन देख्दा उनीप्रति निकै सम्मान जाग्थ्यो । उनीप्रति अझै पनि मेरो मनमा भारी श्रद्धा छ । तर एउटा यस्तो प्रसँग जसले मलाई झस्क्यायो र हिन्दुधर्मप्रति निकै नकारात्मक बनायोः निर्दोष शम्भुकको हत्या । कथा तपाईले पनि सुन्नु भएकै होला । रामले शासन गरेको १०,००० वर्षपछि अचानक एकजना ब्राम्हण आफ्नो मृत छोराको लाश लिएर रामको दरबारमा आइपुगे । उनले सिधै रामलाई चुनौति दिए र रामको कुनै पापका कारण उनको छोराको मृत्यु भएको घोषणा गरे । निकै छलफलपछि रामको राज्यभित्रै एकजना शुद्ध्र अर्थात तल्लो जातकोले तपस्या गर्दैछ भन्ने कुरा आयो । राम पुष्पक विमानमा चढि शम्भुक भएको ठाउँमा आइपुगे । रामले शम्भुकलाई सोध्दा उनले म एक शुद्र हुँ भन्ने वित्तिकै तरवार निकालेर तुरुन्तै शम्भुकको टाउको छिनाइदिए । तपस्या गर्ने काम ब्राम्हण र क्षेत्रीको मानिने भएकाले एक शुद्रले त्यो कोशिष् गर्दा अनाहकमा ज्यान गुमाउनुप¥यो ।

शुद्रहरु ब्रम्हाको पैतलातिरको भागबाट बनाइएको कुरा रामायणमै उल्लेख गरेको पाए । त्यसकारण शुद्रहरु सेवा गर्ने तुच्छ वर्गको रुपमा हिन्दु धर्ममा उल्लेख गरिएको छ । हिन्दु धर्मका धर्मशास्त्रहरु पुर्णत शुद्र अर्थात तल्लो जातिका मानिसहरुको विरुद्धमा छ । हिन्दु धर्मशास्त्रहरु तथाकथित उच्च जातिका मानिसहरुको नियन्त्रणमा भएको कुरा सर्वविदितै छ । अनि कसरी ति धर्मशास्त्र अध्ययन गर्नेहरुले तल्लो जातिकाहरुलाई समान दृष्टिले हेर्न सक्लान् ? जबकि उनीहरुले धर्मशास्त्रले नै विभेद सिकाइरहेको छ ।

नेपालमा तल्लो जातिका मानिसहरुमा धर्मपरिवर्तन जवरदस्त तरिकामा भइरहेको छ । यसको कारण उनीहरुमा भएको हिन्दु धर्मप्रतिको घृणा एक कारण हो । “प्रलोभन” र “जवरजस्ती” धर्मपरिवर्तन जस्ता शव्दहरु चलाएर भ्रम सृजना गरेर ख्रीष्टियनहरुमाथि दोष थुपार्ने गरिएतापनि, यथार्थमा धर्मपरिवर्तनको एक ठुलो कारण जातिय विभेद हो । जुन धर्ममा पानी चल्दैन, जुन धर्ममा मन्दिर पस्न पाइदैन, त्यहाँ रहेर के गर्नु ? जुन धर्मले जिन्दगीभरि तल्लो जातको उपमा दिएर समाजमा तल्लो वर्गको रुपमा हेर्छ , त्यो धर्मलाई अङ्गालेर के गर्नु ? बौद्ध र जैंन धर्म सुरु भएपछि लाखौ हिन्दुहरु हिन्दु धर्म त्यागेर बौद्ध र जैंन धर्म अङ्गाले कुराको इतिहास साक्षी छ । यसको प्रमुख कारण हिन्दु धर्मले तल्लो जातिका मानिसहरुलाई स्थान नदिनु तर बौद्ध र जैंन धर्मले उनीहरुलाई सह्दय स्वागत गर्नु थियो । त्यसैगरि भारतका सँविधान निर्माता भनेर चिनिने बाबा भिमराव अम्बेडकरले पनि लाखौ मानिसहरुका साथ सामुहिकरुपमा हिन्दु धर्म त्यागगरि बौद्ध धर्म अङ्गालेका थिए । भिमराव अम्बेडकर तल्लो जातिका मानिस थिए र हिन्दु धर्ममा भएको जातिय विभेदबाट आक्रोषित भएर नै उनले बौद्ध धर्म अपनाएका थिए । हिन्दु धर्मका अगुवाहरुले प्रलोभन, डलर, जवरजस्ती जस्ता शव्दहरु चलाएर आफैलाई तिर हान्नुभन्दा पनि तल्लो जातिकाहरुलाई समान स्थान दिनमा समय र शव्द खर्चिएको भए धर्मपरिवर्तनको होडवाजी कम हुन्थ्यो कि ?

By: Hari BK

Tuesday, April 28, 2020

को थिए फरिसी र सदूकीहरु ? फरिसी र सदूकीहरुको बारेमा पूरा जानकारी ! (भिडियो सहित)

पहिलो शताव्दीका यहूदि राजनैतिक र धार्मिक समूदायहरु

सुसमाचारिय पुस्तकहरुलाई बुझ्नका लागि यी धार्मिक र राजनैतिक गुठहरुको बारेमा जान्न आवस्यक हुन्छ । येशु ख्रीष्टको समयमा धार्मिक र राजैनिक रुपमा इस्राएल पूर्णरुपमा बिभाजित थियो । सबै मानिसहरु रोमी साम्राज्यको अधिनमा थिए र परमेश्वरले प्रतिज्ञा गर्नुभएको मशिहको प्रतिक्षा गरिरहेका थिए । पुरानो करारमा हामी फरिसी, सदूकी, उग्रपन्थी जस्ता नाउँहरु देख्दैनौ । तर नयाँ करारमा भने यि सबैको बारेमा उल्लेख गरिएको छ । 

सदूकीहरु
सदुकीहरु इस्राएलका पुजाहारी वर्गका मानिसहरु थिए । येशु ख्रीष्टको समयमा यिनीहरु अति नै शक्तीशाली थिए । नयाँ करारको समयमा महासभा र मन्दिर इस्राएलका दुई प्रभावशाली क्षेत्र थिए । यहुदीहरुको महासभा र मन्दिरमा सदूकिहरुको नै वर्चस्सो थियो । सदूकीहरु दाऊद राजाका पुजाहारी सादोकका वँशका मानिसहरु थिए । यिनीहरु यहुदीहरुको सम्पुर्ण धर्मशास्त्रलाई नभई पञ्चग्रन्थ अर्थात मोशाद्धारा दिइएको व्यवस्थालाई मात्र मात्र मान्ने गर्दथे । यिनीहरु शारिरीक पुनरुत्थान, स्वर्गदुत जस्ता कुराहरुमा बिश्वास गर्दैनथे । यिनीहरु यहुदी ब्यवस्थाप्रति अति नै कट्टर थिए । सदुकीहरुले येशुलाई एक खतरनाक क्रान्तिकारीको रुपमा हरेका थिए । यिनीहरु रोमी शासनसँग नजिक थिए । सदूकीहरुले येशूलाई एक उदायमान् क्रान्तिकारीको रुपमा लिएका थिए । येशूले आन्दोलन मच्चाउनुहोला र यसले गर्दा रोमीहरुले देशलाई आक्रमण गरेर नष्ट पार्लान् भन्ने डर यिनीहरुमा थियो । येशूलाई पक्राऊ गरिएपछि महासभामा प्रधान पुजाहारीहरुकहाँ लगिएको थियो । ति सबै प्रधान पुजाहारीहरु सदूकीहरु नै थिए । त्यसकारणले नै प्रधान पुजाहारी कैयाफाले “पूरा देश नष्ट हुनुभन्दा, एक जना मर्नुमा नै भलाई छ” भनेका थिए । यो कुरा यूहन्ना मा उल्लेख गरिएको छ । सदुकीहरु मन्दिरसँग सम्बन्धित थिए । त्यसकारण जब ई.स. ७० मा मन्दिर नष्ट पारिएपछि यिनीहरु पनि लोप भएर गए ।

फरिसीहरु
येशूले धेरै पटक फरिसीहरुको बारेमा उल्लेख गर्नुभएको छ । गुप्तरुपमा येशूका चेला बनेका निकोदेमस पनि एक फरिसी थिए । यो कुरा युहन्ना ३ः१ मा उल्लेख गरिएको छ । फरिसी शब्दको अर्थ “छुट्टार्ईएको वा अलग गरिएको” भन्ने हुन्छ । किनकि फरिसीहरु आफैलाई समस्त संसारबाट अलग गर्न खोज्थे र सबै प्रकारका अशुद्धताहरुबाट टाढा बस्ने कोशिष गर्दथे । यिनीहरु धेरै आत्मिक जीवन जिउने कोशिष गर्थे । पहिलो शताब्दीमा फरिसी अति नै प्रभावशाली धार्मिक समुहको रुपमा स्थापित थियो । ईतिहासकार जोसेफसका अनुसार येशु ख्रीष्टको समयमा फरिसीहरुको जनसँख्या करीब ६००० जति थियो । यिनीहरुको ज्ञान र दयालु ब्यवहारका कारण मानिसहरु सदुकीहरुभन्दा फरिसीहरुलाई बढी आदर दिने गर्दथे । यिनीहरु ब्यवस्थाका हरेक कुराहरुलाई साबधानी पुर्वक पालन गर्नुपर्दछ भन्ने कुरामा बिश्वास गर्दथे । यिनीहरु पनि यहुदी धर्मप्रति अति नै कट्टर थिए । यिनीहरु यहुदीहरुको सम्पुर्ण धर्मशास्त्रमा नै बिश्वास गर्दथे । प्रेरित पावल पनि एक फरिसी थिए (प्रेरित २३ः६) । फरिसीहरुमध्ये थोरैले येशूलाई समर्थन गरेका थिए भने अधिँकाशले उहाँको विरोध गर्ने गर्दथे ।

उग्रपन्थिहरु (जेलट)
उग्रपन्थीहरु स्वतन्त्र सेनाहरु थिए जसले इस्राएलमाथिको रामीहरुको अधिकारलाई फाल्न चाहन्थे । उग्रपन्थीहरु बिशेषगरी गालीलमा बस्ने गर्दथे । येशु र उहाँका चेलाहरु पनि गालिलकै हुनुहुन्थ्यो र अधिँकाश समय त्यही सेवकाई गरेर बिताउनुभयो । उहाँका चेलाहरुमध्ये एक जना सिमोन थिए पनि उग्रपन्थी दलको मानिस थिए । त्यसैगरी बारव्वा पनि उग्रपन्थि दलको थियो भन्ने आँकलन लगाइएको छ । यिनीहरु रोमीहरुको शासनप्रति अति नै आक्रामक थिए र तिनीहरुको बिरोध गर्दथे । रोमीहरु र हेरोदीहरुलाई एक्लै भेट्टाएभने हत्या समेत गरिदिन्थे । ई.स. ६६ मा रोमीहरुको बिरुद्धमा आन्दोलन भड्काउने पनि यिनीहरु नै थिए ।

एस्सीनहरु
एस्सीन एउटा पारिभाषिक शब्द हो, जसको अर्थ धर्म पछ्याउने भन्ने हुन्छ । यो पन्थका मानिसहरु मृत सागरको उत्तर–पश्चिममा स्थित कुम्रान जस्ता अन्य गुफाहरुमा रहेका मठहरुमा एकान्त जीवन विताउने गर्दथे । यिनीहरुलाई यहुदीहरुले भिक्षुहरु भनेर सम्बोधन गर्ने गर्दथे । यिनीहरु पापबाट अलग रहन र परमेश्वरसँग मात्र समय बिताउनका लागि गुफाहरुमा मठवासको जीवन बिताउदथे । यिनीहरु शान्तिमा बिश्वास गर्दथे, तर ई.स. ६८ मा यहूदी आन्दोलनलाई दवाउने क्रममा रोमी सेनाले यिनीहरुको नरसँहार ग¥यो । तर युद्धमा नाश हुनुभन्दा पहिले नै एस्सीनहरुले आफुसँग भएका यहुदी धर्मशास्त्रहरुलाई गुफाहरुमा सुरक्षीत साथ लुकाएका थिए । ति सबै पाण्डुलिपीहरु तिनीहरुले घैटाहरुमा लुकाएर राखेका थिए । ई.स. १९४७ मा एक जना गोठालो केटाले ति पाण्डुलिपीहरु मध्ये केही कुम्रान गुफामा भेट्टायो । ख्रीष्टियन ईतिहासमा भेटाईएका पाण्डुलिपीहरुमा यो सबैभन्दा पुरानो पाण्डुलिपी थियो । त्यहाँ भेटीएका पाण्डुलिपीहरु ई.पु. २५० सम्मका पनि छन् । यो सबै एस्सीनहरुको देन हो । कति बाईबल बिद्धानहरुको भनाईमा येशु पनि एक एस्सीन हुनुहुन्थ्यो र उहाँले आफ्नो अज्ञात वर्षको समय मृतसागर वरपरका गुफाहरुमा बिताउनुभएको थियो । यो विषयमा मैले येशूको जीवनमा अज्ञात वर्षहरु भन्ने भिडियोमा उल्लेख गरिसकेको छुँ । भिडियो यसै च्यानलमा गएर हेर्न सक्नुहुन्छ ।

शास्त्रीहरु
शास्त्रीहरु कुनै राजनैतिक दल वा धार्मिक समुह थिएनन् । यिनीहरु पढ्न लेख्न सक्ने ब्यवसायीक ब्यक्तीहरु थिए । आफैले धर्मशास्त्र लिपिबद्ध गर्नु, र धर्मशास्त्रको ब्याख्या गर्नु र शिक्षा दिनु यिनीहरुको प्रमुख कार्य थियो । यिनीहरुले धर्मशास्त्रलाई नक्कल गरेर त्यसका प्रतिहरु राख्ने काममा ठुलो भुमिका निभाएका थिए । आज हाम्रो हातमा रहेको बाइबललाई सुरक्षित राख्नमा शास्त्रीहरुको ठुलो देन रहेको छ । राजा हेरोदले मशिहको जन्म कहाँ हुन्छ भन्ने कुरा जान्नका लागि यिनीहरुलाई सोधेका थिए (मत्ती २ः४) ।

हेरोदीहरु
यो समुदायको मुख्य उद्धेश्य भनेको राजा हेरोदको वँशको शासनलाई इस्राएलमा जोगाइराख्नु थियो । एकअर्थमा यो राजा हेरादको एक विशेष सेना पनि थियो । यहूदिहरुले राजा हेरोदलाई एक गैरयहूदिको रुपमा हेर्ने गर्थे र उनलाई राजाको रुपमा स्वीकार गर्दैनथे । इस्राएलमा बारम्बार हेरोदवँशी राजाहरुको विरुद्धमा आन्दोलन पनि हुने गर्थे । त्यस्ता आन्दोलनलाई दबाउन र यहूदिहरुलाई हेरोदवँशीको पक्षमा ल्याउन यी हेरोदीहरुले भरसक कोशिष् गर्थे ।

सम्बन्धित भिडियो........

Sunday, April 26, 2020

राजा हेरोदको बारेमा महत्वपुर्ण जानकारीहरु ! किन उनले आफ्ना रानी र छोरीहरुको हत्या गरेका थिए ? (भिडियो सहित)


को थिए हेरोदवँशीहरु========

हेरोद नाउँ नसुन्ने ख्रीष्टियनहरु कमै होलान् । सुसमाचारिय पुस्तकहरु प्रेरितको पुस्तकमा विभिन्न भागहरुमा हेरोद नाउँ उल्लेख गरिएको छ । हेरोद राजाले नै येशूको जन्महुदा बेथलेमहम र त्यस वरपरका २ वर्षमुनिका बालबालिकाहरुलाई मार्न लगाएका थिए । हेरोदले नै येरुशलेममा प्रेरित पावलको मुद्धा सुन्ने काम गरेका थिए । के तपाईलाई थाहा छ , बाइबलमा एकभन्दा बढि हेरोदको बारेमा उल्लेख गरिएको छ । के तपाईलाई थाहा छ ? बालबालिकाहरुको हत्या गर्ने हेरोद, बप्तिष्मा दिने यूहन्नाको शिर काट्ने हेरोद, र येशूको चेला याकूबलाई मृत्युदण्ड दिने हेरोद फरक व्यक्तिहरु थिए ! आजको यो लेखमा हेरोदवँशी राजाहरुको पुरा इतिहासलाई सँक्षित र सरल शैलीमा राख्ने जमर्को गरिएको छ ।

एन्टिपाटेरM हेरोदका घरानाका सँस्थापक

हेरोदको घरानाका संस्थापक एन्टीपाटेर थिए जो दक्षीण यहुदियामा भएको यदुमिया भन्ने ठाउँबाट आएका एक ठेम्मर यहुदी थिए । हेरोद तिनै एन्टिपाटेरका छोरा थिए । हेरोदवँशीहरु आधा एदोम वँशका थिए भने आधा यहूदीवँशका थिए । रोममा आफ्नो एकछत्र शासन कायम गर्नको निम्ति पम्पेसित युद्ध गर्न जूलियस सिजर मिश्र देशको युद्ध अभियानमा आएका बेला एन्टिपाटेरले यूद्धमा जूलियस कैसरलाई साथ दिएका थिए । युद्ध सिजरले जिते । एन्टिपाटेरबाट प्रसन्न भएका सिजरले उनलाई यहूदिया प्रान्तको शासक नियुक्त गरे । यस बाहेक सिजरले यहुदीहरुलाई दुई वटा कुराहरुमा पनि छुट दिएः १) अनिवार्य सैनिक सेवा र २) आफ्नै धर्म मान्ने अधिकार । हरेक गैरयहुदीले रोमीहरुको निम्ति काम गर्नैपर्दथ्यो र रोमी सम्राटलाई देवताको रुपमा पुजा गर्नुपर्दथ्यो । तर यहूदिहरुलाई भने यो कुरामा सिजरले छुट दिएका थिए ।

हेरोद “महान्”

ई=पु= ४२ मा एन्टिपाटेरको हत्या हुदा तिनका छोरा हेरोद गालिलका सेनाप्रमुख थिए । बुवाको हत्यापछि हेरोद यहूदियाको शासक नियुक्त भए । पुर्वी रोमका शासक मार्क एन्टोनीले हेरोदलाई ई.पु. ४० मा “यहुदीहरुको राजा”  उपाधी दिए । हेरोद केवल रोमीहरुको कठपुतली मात्र थिए । यहूदिहरु भने हेरोद र उनको वँशलाई घृणा गर्ने गर्दथे । हेरोदले यहुदीहरुको मन जित्नका लागि अनेकौ भव्य र सुन्दर भवन, गढी र नगरहरु निर्माण गर्न लगाए । उनलाई रोमीहरुले “हेरोद महान्” भन्ने गर्दथे तर यहुदीहरु उनलाई “महान्” भन्दैनथे । यहूदिहरुले उनलाई रोमीहरुका दलालको रुपमा मात्र लिन्थे । यहुदीहरुको मन जित्नका लागि हेरोदले ई.पु. २० येरुशलेमको पुरानो मन्दिरलाई भत्काएर त्यसको ठाउँमा नयाँ र भब्य मन्दिर बनाउन लगाए । यो मन्दिरले पुरै येरुशलेमको ६ भागको १ भागलाई ओगटेको थियो । नयाँ करारका सुसमाचारिय पुस्तकहरुमा उल्लेखित मन्दिर यहि नै थियो । यहि मन्दिरमा नै येशूले विद्युवाले चढाएको दुई सिक्का भेटिको तारिफ गर्नुभएको थियो । साथै यहि मन्दिरमा नै येशूले अन्तिम दिनहरुको बारेमा बताउनुभएको थियो । तर पछि गएर रोमी सेनापती टाईटसले उक्त मन्दिरलाई ई.स. ७० मा भत्काईदिए त्यसपछि यो मन्दिरको पुनर्निमाण फेरी कहिल्यै हुन सकेन ।

हेरोद महान्ले ई=स= ४ सम्म ईस्राएलमा शासन गरे । अरु कसैले आफ्नो सिँहासन खोसिदिन्छ कि भन्ने हेरोदलाई सधै डर लागिरहन्थ्यो । यो डरको कारणले गर्दा आफ्नो सिँहासनको निम्ति खतरा मानिएका हरेकलाई उनी मृत्युदण्ड दिन्थे । उनैले नै येशु ख्रीष्टको जन्मको खबर पाएर सिपाहीहरुलाई येशुलाई मार्नका लागि बेथलेहममा पठाएका थिए (मत्ती २ः३, १६) । आफ्नो सिँहासनको निम्ति नै उनले आफ्ना १० जना रानीहरुमध्ये २ जनालाई र ११ जना छोरीहरुमध्ये ३ जनालाई मृत्युदण्ड दिएका थिए । उनी आफ्नो सिँहासन बचाउन जुनसुकै हदसम्म पनि जान तयार थिए । जे होस्, हामीले हेरोदको बारेमा जे सोचे तापनि उनी एक दक्ष र प्रभावशाली प्रशासक हुन्, नत्रता सधै उथलपुथल र दङ्गा भईरहने यहुदीहरुको देशमा उनलाई निरन्तर ३८ बर्षसम्म शासन गर्न सक्ने अधिकार रोमले दिने थिएन होला ।

उनका उत्तराधिकारीहरु

हेरोदको मृत्युपछि उनको राज्य उनका तिन छोराहरुमा बाँडियो ।
अर्खिलाउसः उनले यहूदिया र सामरियामा इसापुर्व ४ देखि इ.स. ७ सम्म शासन गरेका थिए । उनी शासन सुरु गर्ने वित्तिकै यहूदिहरुमाथि दमन गर्न सुरु गरे । यहूदिहरुले उनको विरुद्ध रोममा कैसरकहाँ कुरा पु¥याए । त्यसपछि सम्राटले अर्खिलाउसलाई देश निकाला गरिदिए र उनको ठाउँमा रोमी राज्यपाल नियुक्त गरिदिए । अर्खिलाउसपछि नै पिलातसले यहूदिया र सामरियामा राज्यपालको रुपमा शासन गरेका थिए । अर्खिलाउसको बारेमा छोटकरीमा मत्ती २ः१९–२३ मा उल्लेख गरेको पाइन्छ ।

हेरोद एन्टिपासः उनले गालील र पेरियामा इसापुर्व ४ देखि ई.सँ. ३९ सम्म शासन गरेका थिए । त्यसपछि उनलाई रोमी सम्राटले अपदस्थ गरिदए । यिनै हेरोदले नै आफ्नो भाई फिलिपको श्रिमती राखेका थिए । बप्तिष्मा दिने यूहन्नाको शिर काट्ने हेरोद यिनै थिए । यो विषयमा मर्कूस ६ः१४–२९ मा उल्लेख गरिएको छ । यिनले नै येशू पक्राउ पर्नुभएको बेला येशूलाई भेटेका थिए । यो विषयमा लूका २३ः६–१५ मा उल्लेख गरिएको छ ।

फिलिपः यिनलाई फिलिप द टेट्रार्क पनि भनिन्छ । उनलाई यसो भनिनुको कारण उनले बुवाको राज्यको एक चौथाई भागमा शासन गर्ने भएकाले थियो । यिनले इसापुर्व ४ देखि ई.स. ३४ सम्म शासन गरेका थिए । यिनी हेरोद महान्का छोराहरुमा सबैभन्दा योग्य शासक मानिन्छन् । यिनले एउटा शहर बसाए जसको नाउँ रोमी सम्राट र आफ्नो नाउँ जोडेर कैसरीया फिलिप्पीया भनिन्थ्यो । यहि शहरमा नै येशूले चेलाहरुलाई तिमीहरु मेरो बारेमा के भन्छौ भनेर सोध्नुभएको थियो । यो घट्ना मत्ती १६ अध्याय र मर्कूस ८ः२७–३० मा उल्लेख गरिएको छ ।

हेरोद अग्रिपाः प्रेरितको १२ः१ मा उनलाई हेरोद राजा भनिएको छ । उनी हेरोद एन्टिपासका छोरा र हेरोद महान्का नाति थिए । उनले इस्वी सवत् ४१ देखि ४४ सम्म इस्राएलमा शासन गरेका थिए । प्रेरित १२ः२ मा उल्लेख गरिएअनुसार उनले नै येशूको चेला याकूबलाई मृत्युदण्ड दिएका थिए । हेरोद अग्रिपाले नै पत्रूसलाई पक्रेर झ्यालखानमा राखेका थिए जसको बारेमा प्रेरित १२ः३–१९ मा उल्लेख गरिएको छ । इस्वी सँवत् ४४ मा परमेश्वरका स्वर्गदुतले यिनलाई प्रहार गरेपछि यिनको मृत्यु भएको कुरा प्रेरित १२ः२३ मा उल्लेख गरिएको छ ।

हेरोद अग्रिपा दृतियः उनी हेरोद महान्का पनाति र हेरोद एन्टिपासको नाति र हेरोद अग्रिपाको छोरा थिए । उनलाई बाइबलमा राजा अग्रिपा भनेर उल्लेख गरिएको छ । उनले नै येरुशलेममा प्रेरित पावलको मुद्धा सुन्ने काम गरेका थिए । यो कुरा प्रेरित २५ः१३–२६ः३२ मा उल्लेख गरिएको छ । हेरोद अग्रिपा नै अन्तिम हेरोदवँशी राजा थिए । उनले सन् ४४ देखि उनको मृत्यु नहोऊन्जेलसम्म सन् ९३ सम्म इस्राएलमा शासन गरेका थिए ।

सम्बन्धित भिडियो===========

Friday, April 24, 2020

ख्रीष्टियनहरुले किन लाश “जलाउनु” को साटो “गाड्छन्” ! के ख्रीष्टियनहरुले पनि गाड्नुको साटो जलाउन मिल्दैन र ? (भिडियो सहित)


लाश जलाउने प्रचलन कुन कुन धर्ममा छ ?

संसारका प्राय सबै प्रमुख धर्महरुमा लाश गाड्ने प्रचलन रहेको छ । यहूदी, इस्लाम, बौद्ध, ख्रीष्टियन सबै धर्महरुमा मान्छेको लाश गाड्ने चलन रहेको छ । संसारको चौथो ठुलो धर्म हिन्दुमा भने लाशलाई जलाउने प्रचलन रहेको छ । विश्वमा केवल हिन्दु धर्ममा मात्रै लाशहरु जलाइन्छ पनि भन्न सकिन्छ । लाश जलाउने कुरा हिन्दु धर्मको प्रचलनसँग सम्बन्धित कुरा हो । यसलाई हिन्दुत्वको एक सिद्धान्तको रुपमा पनि लिन सकिन्छ । मुलत दुई वटा कारणहरुले हिन्दु धर्ममा लाश जलाइन्छ । पहिलो कारणः मानिसले जुनी बदल्ने भएकाले यो शरीरबाट आत्मा गइसकेपछि यसको कुनै महत्व र अर्थ रहदैन भन्ने अवधारणा । हिन्दु धर्ममा आत्मा अनन्त छ र यसले ८४ लाख जुन बद्लिएर अन्तत ब्रम्हामा विलिन हुन्छ भन्ने विश्वास गरिन्छ । तसर्थ आत्माले शरीर छोडेमा उसले अर्को जुनि लिन्छ । त्यसो भएमा मरिएको शरीरको कुनै अर्थ हुदैन भन्ने विश्वास गरिन्छ । दोस्रो कारणः शरीर अग्नि देवतालाई अर्पण गर्नु । हिन्दु विश्वासमा अग्निलाई एक देवताको रुपमा लिइन्छ र मानिस मरिसकेपछि उसको शरीरलाई अग्नि देवतालाई अर्पण गरिन्छ ।

ख्रीष्टियनहरुले किन लाश जलाउँछन् ?

ख्रीष्टियन विश्वासमा भने लाशलाई जलाउनुको साटो गाड्ने अर्थात दफन गर्ने गरिन्छ । यसको केही बाइबलिय कारणहरु रहेका छन् । कुनै ख्रीष्टियनको मृत्यु भएमा उसलाई “मरेको” भन्ने गरिदैन तर “सुतेको” भन्ने गरिन्छ । त्यसकारणले नै ख्रीष्टियनहरुको चिहानमा रेष्ट इन पिस (रिप) लेखिएको हुन्छ । बाइबलमा उल्लेख गरिएअनुसार येशू ख्रीष्ट एक पटक फेरी ख्रीष्टियनहरुलाई लिनका लागि फर्केर आउनुहुनेछ । रेष्ट इन पिस पनि यसैसँग जोडिएको छ । यसको अर्थ येशू ख्रीष्ट नआउञ्जेलसम्म आरामसँग विश्राम गर भन्ने हुन्छ । ख्रीष्टियन सिद्धान्तमा येशू ख्रीष्टको दोस्रो आगमनको शिक्षाको विशेष स्थान रहेको छ जसलाई अँग्रेजीमा इस्क्रयाटोलोजि भनिन्छ भने नेपाली दोस्रो आगमनको सिद्धान्त भन्ने गरिन्छ । बाइबलमा लेखिएअनुसार येशू ख्रीष्ट फर्केर आउँदा मरिगएकाहरु अर्थात ख्रीष्टियन अर्थमा सुतिगएकाहरु फेरी जिवित भएर उठ्नेछन् र बादलमा येशूलाई भेट्न जानेछन् । यो सम्बन्धमा १ थेसलोनिकी ४ः१४–१६ मा यसो लेखिएको छ ः किनकि हामी विश्वास गर्छौ , कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरुलाई येशूद्धारा ल्याउनुहुनेछ । प्रभुको वचनद्धारा हामी तिमीहरुलाई घोषणा गर्छौ, कि हमी जो जीवित छौ र प्रभको पुनरागमनसम्म बाँचिरहन्छौ, सुतिगएकाहरुलाई कुनै किसिमले पनि उछिन्नेछैनौ । किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदुतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ , र ख्रीष्टमा मरेकाहरुचाहिँ पहिलो बौरिउठ्नेछन् । 
यो खण्डमा येशूको दोस्रा आगमन र कसरी उहाँले सुतिगएका अर्थात मरिगएका र जीवित ख्रीष्टियनहरुलाई बोलाउनुहुनेछ भन्ने कुरा उल्लेख गरिएको छ । स्पष्ट हुनुपर्ने कुरा यो हो कि येशू ख्रीष्ट फेरी फर्केर आउनुहुदा केवल मरिगएका ख्रीष्टियनहरुमात्र नभई सबै जना जिइ उठ्नेछन् । यो विषयमा दानिएल १२ः२ पदमा उल्लेख गरिएको देख्न सकिन्छ । यसरी अन्तिम दिनहरुमा जिइउठ्नका लागि लाश गाडिएको हुनुपर्छ भन्ने ख्रीष्टियन तर्क रहेको छ । यसबाहेक परमेश्वरले उत्पत्ती ३ः१९ मा परमेश्वरले आदमलाई सराप दिदा यसो भन्नुभयोः किनकि माटैबाट त निकालिएको थिइस् । तँ माटै होस्, र माटैमा फर्किजानेछस् । त माटैमा फर्किजानेछस् भनेर परमेश्वरले भन्नुभएको कारण ख्रीष्टियनहरुले लाश जलाउनुको साटो गाड्ने गर्दछन् । तथापी अहिले पश्चिमा जगतमा लाश जलाउने प्रचलन पनि बढिरहेको छ । यसका लागि उनीहरुले आधुनिक प्रविधियुक्त सामाग्रीहरुको प्रयोग गर्ने गर्दछन् ।

तार्किकरुपमा गाड्नु वा जलाउनु कुन चाहिँ उपयुक्त हुन्छ ?

अवस्य पनि गाड्नु उपयुक्त हुन्छ । लाश जलाउँदा त्यसले पर्यावरणमा नकारात्मक प्रभाव पार्छ । संसारमा सबैले लाश जलाउन थाल्ने हो भने त्यसले वायुमण्डलमा कति प्रभाव पार्ला विचार गरौ ! तर लाश गाड्दा त्यसले पर्यावरणमा कुनै नकारात्मक प्रभाव पार्दैन । त्यसबाहेक लाशहरु नदिको छेऊमा जलाउने गरिन्छ । वर्तमानमा त्यसो नभएपनि एक समयमा प्रायजसो मानिसहरुको लागि पिउने पानीको स्रोत नदिनाला नै थिए । त्यसबाहेक मानिसहरु माछा मार्न र नुहाउनका लागि पनि नदिमा जानेगर्दछन् । मानिस जलाएर त्यसको अवशेषहरु पानीमा फालिदिदा मानिसहरुको स्वास्थमा नकारात्मक प्रभाव पर्न जान्छ । 
मानिस गाड्दा जमिन त्यसले जमिन ओगट्ने भएकाले र त्यो जमिनलाई प्रायजसोले कहिल्यै उपयोग नगर्ने भएकाले त्यो एक बेफाइदा पनि लाश गाड्नुमा रहेको छ । त्यसबाहेक लाश गाड्दा जमिन मलिलो हुने भएकाले यसले पर्यावरणलाई मद्धत गर्छ । साथै मानिसहरु आफ्ना आदरणिय र प्रिय व्यक्तिको सम्झनामा उनीहरुको समाधीस्थलमा गएर श्रद्धा प्रकट गर्न सक्छन् । उदाहरणका लागि आज पनि भारतमा गान्धि जयन्तीका दिन भारतको प्रधानमन्त्री लगाएत अन्य मानिसहरु उनको समाधीस्थलमा गएर महात्मा गान्धिप्रति श्रद्धा प्रकट गर्ने गर्दछन् ।

के ख्रीष्टियन लाश जलाइयो भने त्यो स्वर्ग जादैन त ?

त्यसो अवस्यपनि हुदैन । कैयौ ख्रीष्टियनहरु परिवारमा एक्लो ख्रीष्टियन हुन्छन् । उनीहरुको मृत्युपछि उनीहरुको परिवारले आफ्नै रितिरिवाजका साथ उनीहरुको अन्येष्ठी गर्न चाहन्छन् । के अब त्यो मरिगएको अर्थात सुतिगएको ख्रीष्टियन स्वर्ग नै जान नपाउने त ? उसको विश्वासले उसलाई मुक्ति दिनेछ । उसको लाश जलाउन वा गाड्नमा अरु व्यक्तिहरुनै जिम्मेवार हुनेभएकाले यसले मुक्तिमा केही प्रभाव पार्दैन । अन्तत परमेश्वरमा कुनै कुरा असम्भव छैन ।

सम्बन्धित भिडियो.......


Saturday, April 11, 2020

येशू ख्रीष्टको पुनरुत्थानका ६ प्रमाणहरु

येयेशू ख्रीष्टको पुनरुत्थानका ६ प्रमाणहरु (येशूको पुनरुत्थानको बारेमा जान्न आवस्यक कुराहरु)


येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियन विश्वासको आधारशिला हो । यस विषयमा प्रेरित पावल १कोरिन्थी १५ः१५–१९ मा यसो भन्दछन् । “त्यसभन्दा बढी हामी परमेश्वरको बारे झुटा साक्षीहरु ठहरिन्छौ, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जिवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं । तर साँच्चै मृतकहरुको पुनरुत्थान हुनैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन । किनकि यदि मृतकहरुको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन । ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरुको विश्वास ब्यर्थ छ, र तिमीहरु अझसम्म आफ्ना पापमा नै छौ । तब त ख्रीष्टमा सुतिगएकाहरु पनि नष्ट भएका छन् । यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरुभन्दा बढि दयनीय हुन्छौ ।” संसारका सबै ख्रीष्टियनहरुले येशू मरेकाहरुबाट फेरी जीवित हुनुभएको थियो भन्ने कुरामा विश्वास गर्दछन् । कतिपयले येशूको पुनरुत्थानलाई झुटो तुल्याउने धेरै कोशिष् गरेका पनि छन् । कतिको भनाईमा येशू क्रुसमा छदा वेहोस हुनुहुन्थ्यो र पछि क्रुसबाट निकालिएपछि चिहानमा राख्नुअघि उहाँको होस् आयो । त्यसपछि उहाँ इस्राएल देश छोडेर भारतको कश्मिरमा आएर बाँकी जीवन विताउनुभयो भन्ने रहेको छ । तपाई येशूको पुनरुत्थानलाई स्वीकार गर्नुहोस् वा नकार्नुहोस् । तर केही यस्ता तथ्यहरु छन् जसमाथि तपाईले एकछिन समय लिएर सोच्नैपर्ने हुन्छ । 

येशूको पुनरुत्थानका ६ प्रमाणहरु
(१) येशूको रित्तो चिहान
उहाँलाई शुक्रबार चिहानमा राखिएको थियो तर आईतबार बिहान गएर येशूका चेलाहरुले चिहान खालि थियो । येशूको चिहानको ढोकामा ठुलो ढुङ्गा राखिएको थियो । र साथै चिहानमा पहरादिनका लागि सिपाहीहरु राखिएको थियो । चिहानको ढुङ्गामा पिलातसको मोहर लगाइएको थियो ताकि चिहानलाई कसैले खोल्न नसकोस् । रित्तो चिहानको बारेमा लुका २४ः२–३ मा यसो भनिएको छ, “हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरुले तयार गरेका सुगन्धित द्रब्य लिएर तिनीहरु चिहानमा आए । तिनीहरुले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए । तर तिनीहरु भित्र पस्दा तिनीहरुले प्रभु येशूको शरीर पाएनन् ।”  आज पनि येशूको चिहान छ र लाखौं ख्रीष्टियनहरु त्यसलाई हेर्नका लागि जाने गर्दछन् । तर त्यस चिहानको ढोकामा “उहाँ यहाँ हुनुहुन्न तर जीवित भई उठ्नुभएको छ”  भन्ने लेखिएको छ । दुई हजार वर्ष वतिसक्दा पनि येशूको अवशेषहरु यहाँ छन् भनेर कसैले प्रमाण सहित दावि गर्न सकेको छैन । रित्तो चिहान आज पनि गैर–ख्रीष्टियन विद्धानहरुका लागि एक रहस्य नै रहेको छ ।

(२) पुनरुत्थानपछि येशूका प्रकटिकरणहरु
प्रेरित १ः३ मा यसो लेखिएको छ, “आफ्नो दुःख भोगपछि धेरै अकाट्य प्रमाणद्धारा तिनीहरुका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नूभयो । चालीस दिनसम्म उहाँ तिनीहरुकहाँ देखा पर्नुभयो र अनि परमेश्वरका राज्यको बिषयमा तिनीहरुलाई बताउनुभयो ।” धेरै अकाट्य अर्थात नकार्ने नसकिने प्रमाणहरुद्धारा उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो भनेर बाइबलमा लेखिएको छ । उहाँ एक वा दुई दिन होइन तर चालिस दिनसम्म तिनीहरुकहाँ देखा परिरहनुभएको थियो । येशू चालीस दिनसम्म १० पटकभन्दा बढि बिभिन्न ब्यक्तीहरुकहाँ र आफ्ना चेलाहरुकहाँ देखा पर्नुभयो । उहाँको प्रकटीकरणको बारेमा १कोरिन्थी १५ः३–११ मा लेखिएको छ । उहाँ भुत हुनुहुन्छ भनेर येशुका चेलाहरु र अरुहरुले पनि शँका गरेका थिए तर येशुले त्यो भ्रमलाई चिर्नुभयो । येशूले तिनीहरुसँग खानुभयो, बस्नुभयो र अन्तिममा महान् आज्ञा दिएर स्वर्ग फिर्ता जानुभयो । नयाँ करारका विभिन्न पुस्तकहरु लेखिदासम्म पनि उहाँलाई पुनरुत्थानपछि देखेकाहरु जीवितै थिए । पुनरुत्थानपछि येशू दुई जना चेलाहरुदेखि ५०० जनाको भिडमा देखापर्नुभएको थियो । नयाँ करारमा करारमा उल्लेख गरिएका येशू प्रकट हुनुभएका घट्नाहरु प्रत्येक्ष जीवित साक्षीको बयानको आधारमा उल्लेख गरिएका थिए ।

(३) चेलाहरुको जीवनमा आएको अचम्मको परिवर्तन
यूहन्ना २०ः१९ मा यसो लेखिएको छ , “यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए ... ।” येशूलाई क्रुसमा टाँगेर मारेपछि चेलाहरु निकै भयभित भएका थिए । तिनीहरु घरको ढोका बन्द गरेर निरास र त्रासका साथ बसेका थिए । येशू पक्राउ पर्ने रातमा यिनै चेलाहरुले येशूलाई छोडेर कुलेलाम ठोकेर भागेका थिए । पत्रूसको बारेमा याद गर्नुहोस् त ! उनले येशूलाई त्यो रातमा ३ पटक अस्वीकार गरेका थिए । एक सामान्य महिला नोकर्नीले तिमी येशूका चेला होइनौ र भनेर सोध्दा समेत उनको होस् उडेको थियो । तर यिनै चेला ४० दिनपछि येशूलाई मृत्युदण्ड दिने हाकिम र अधिकारीहरुका सामु खडा भएर तिमीहरुले येशूलाई मारेका हौ भन्दैछन् । कसरी उनमा यो साहस आयो होला ? सोच्नैपर्ने कुरा रहेको छ ? ति चेलाहरु जो केही दिनअघिसम्म कोठा बन्द गरेर निरास र दुःखित भएर बसिरहेका थिए । तर अचानक ४० दिनपछि सडकमा देखा पर्दछन् र हिम्मतका साथ येशूको बारेमा प्रचार गर्न थाले । कसरी यस्तो परिवर्तन आयो ? अर्को एक अचम्म लाग्दो तथ्य ! येशूको एक जना चेला बाहेक बाँकी सबै चेलाहरु विश्वका विभिन्न देशहरुमा येशूको बारेमा प्रचार गर्ने क्रममा मारिएका थिए । तिनीहरु येशूका लागि मारिन तयार भए किनकि तिनीहरुलाई येशू मरेकाहरुबाट जीवित हुनुभएको थियो भन्ने थाहा थियो । झुटा कुराका लागि कोही पनि मर्न तयार हुदैन । यदि येशूको पुनरुत्थान भएको होइन र येशू एक सामान्य मानिस बाहेक कोही हुनुहुन्न भन्ने जान्दाजान्दै पनि तिनीहरु येशूको प्रचार गरेर उहाँका लागि मर्न तयार हुनेथिएनन् होला । ति चेलाहरुको जीवनमा आएको अचम्मलाग्दो परिवर्तनले येशू मरेकाहरुबाट फेरी जिउदो हुनुभएको थियो भन्ने कुरा प्रमाणित गर्छ ।

(४) मण्डलीको सुरुवात र तिव्र विस्तार
हरेक कुराको अस्तित्वको पछाडी एक ठोस कारण हुन्छ । मण्डलीको सुरुवात र यसको अस्तित्वको पछाडी येशूको पुनरुत्थान कारण हो । मत्ती १६ः१८ पदमा येशूले भन्नुभएको छ ः म मेरो मण्डली यस चेट्टानमाथि स्थापित गर्नेछुँ । येशूको समयमा विश्वको ठुलो हिस्सामा रोमीहरुले शासन गरिरहेका थिए । रोमी शासन इतिहासकै एक बलियो र क्रुर शासनहरुमध्ये मानिन्छ । स्पष्ट हुनुपर्ने कुरा यो हो कि रोमीहरु सुरुदेखि नै ख्रीष्टियन धर्मको विरुद्धमा थिए । सन् ३२ मा संसारको पहिलो मण्डली येरुशलेममा सुरु भयो । तर केही वर्षभित्रमा नै यो विश्वास विश्वको ठुलो हिस्सामा फैलिन पुग्यो । रोमी सम्राटहरु डोमिसियन, निरो र अन्य थुप्रैले इतिहासमा ख्रीष्टियनहरुमाथि क्रुर अत्याचार गरे । ख्रीष्टियनहरुलाई रँगशालाहरुमा सिँहहरुको सिकार हुनका लागि छोडिन्थ्यो । सम्राट निरोले ख्रीष्टियनहरुलाई जलाएर आफ्नो वगैचालाई उज्यालो पार्ने गर्थे । रोमीहरुले नै प्रेरित पत्रूसलाई उल्टोमुखि क्रुसमा टाँगेर मारेका थिए भने प्रेरित पावललाई घाटी रेटेर हत्या गरेका थिए । पहिलो शताव्दीमा मात्रै थुप्रै ख्रीष्टियनहरु रोमीहरुद्धारा मारिएका थिए । त्यसको बावजुद मण्डली सुरु भयो छोटो अवधीमा तिव्रगतिमा फैलिनपुग्यो । पहिलो शताव्दीमा येशूको पछि लागेका केही मछुवारेहरुले सुरु गरेको मण्डली केही वर्षभित्रमा नै संसारको केन्द्र रोमसम्म पुगिसकेको थियो । यो कुरा येशूको पुनरुत्थानविना सम्भव थिएन ।

(५) आराधनाको दिन परिवर्तन
यहुदीहरुले १५०० बर्षदेखि शनिबारको दिनमा आराधना गर्ने गर्दथे जसलाई शबाथको दिन भनिन्थ्यो । शनिबारको दिनमा तिनीहरु सभाघरमा गएर आराधना गर्ने बाहेक अन्य केही काम गर्दैनथे । ख्रीष्टियन मण्डली यहूदीहरुको केन्द्र येरुशलेममा सुरु भएको थियो । तर येशूको मृत्युपछि अकस्मात आराधनाको दिन शनिबारबाट आईतबारमा स¥यो । येशू शुक्रबार मारिनुभयो र त्यही दिनमा नै उहाँलाई चिहानमा राखिएको थियो । तर उहाँ आइतबार जीवित भएर उठ्नुभएको थियो । त्यही दिनलाई सम्झना गर्नका लागि सुरुदेखि नै आराधनाको दिनलाई ख्रीष्टियनहरुले आइतबारमा सारेका थिए ।

(६) पावलको जीवन परिवर्तन
टार्ससका शाऊल, जो एक कट्टर यहूदी थिए । व्यवस्थाका एक प्रकाण्ड विद्धान । राजनैतिकरुपमा एक रोमी, धार्मिकरुपमा एक यहूदि र वौद्धिकरुपमा एक ग्रिक थिए शाऊल । भनिन्छ उनी इस्राएलको सँसद जसलाई शानहेड्रिन भनिन्थ्यो, त्यसका एक सदस्य थिए । ख्रीष्टियन धर्मको कारण यहूदी धर्मलाई असर पर्न थालेपछि उनी ख्रीष्टियन धर्म सिद्धयाउने अभियानमा निस्किए । उनले थुप्रै ख्रीष्टियनहरुमाथि अत्याचार गरे र थुप्रैलाई जेलमा हाले । तर यस्तो व्यक्ति अचानक परिवर्तन भए । जुन विश्वासको उनले खेदो गरिरहेका थिए, अचानक उनी त्यही विश्वासका सँरक्षक बन्न पुगे । कसरी उनी शाऊलबाट पावल बन्न पुगे त ? उनी कुनै प्रलोभनमा परेका थिएनन । किनकि पहिलो शताव्दी ख्रीष्टियन हुनु भनेको सम्पन्नता नभई कष्ट र अपमान सहनु थियो । उनी कुनै मुर्ख र एक अशिक्षित व्यक्ति थिएनन् । उनी एक शिक्षित र प्रभावशाली व्यक्ति थिए । त्यसो हो भने कसरी उनी एक कट्टर यहूदीबाट ख्रीष्टियन बन्न पुगे ? किनकि येशूले नै उनलाई भेट्नुभएको थियो । दमस्कसमा भएका ख्रीष्टियनहरुलाई समातेर जेलमा हाल्नका लागि जादैगर्दा बाटोमा नै येशूले उनलाई भेट्नुभयो । त्यसपछि उनको जीवन परिवर्तन भयो । उनको जीवन परिरवर्तनको घट्नाको बारेमा प्रेरित पुस्तक ९ अध्यामा उल्लेख गरिएको छ । त्यसकारण पावल जस्तो एक कट्टर यहूदीको जीवन परिवर्तनले येशूको पुनरुत्थानलाई समर्थन गर्छ ।

निष्कर्ष
संसारमा केवल एक जनाले मात्र मृत्युलाई जित्नुभएको छ र फेरी जीवित हुनुभएको छ, उहाँ येशू ख्रीष्ट हुनुहुन्छ । धेरैले उहाँको पुनरुत्थान भएकै होईन भनेर यसलाई प्रमाणीत गर्नतर्फ लागे तर अन्त्यमा तिनीहरुले नै उहाँ बास्तवमै मृतकबाट जीवित भएर उठ्नुभएको थियो भनेर मान्नुप¥यो । येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियन बिश्वासको आधार हो, अन्य बिभिन्न सिद्धान्तहरुको बारेमा ख्रीष्टियनहरुको माझमा मतान्तर हुन सक्छन् तर पुनरुत्थानको घट्नालाई चाहि सम्पुर्ण ख्रीष्टियनहरुले स–ह्दय स्विकार गर्दछन् । के तपाई त्यो मृत्युमाथि पनि बिजय प्राप्त गर्नुभएको येशूलाई आफ्नो मुक्तिदाताको रुपमा ग्रहण गर्न चाहनुहुन्छ ?

सम्बन्धित भिडियो.........

Friday, August 2, 2019

Christianity in Nepal- Church history of Nepal- (In English with video)



Introduction to Nepal
Nepal, known as the country of Buddha, Mount Everst, brave Gurkhas, mountains, temples, gods and the home of Hinduism. Nepal is located in South Asia between two large countries: India and China. Its total area is 56826 square miles. 75% of the land of Nepal is covered by the high mountains and Himalayas. Nepal is rich in diversity and natural beauties. There are 126 ethnic groups in Nepal and 120 languages are in existence.

Religious Situation
Nepal was known as the only Hindu country in the world. But now it's a secular country. 80% populations of this country is Hindu. Temples are more in numbers than the schools and colleges. 33 million gods are worshiped by the Hindus. They worship idols in their homes and sacred places. Huge animal sacrifices are made every years. Though Nepal is known as a secular country, it has Anti-conversion law.

Christianity
Christianity was introduced in Nepal in 16th century by western missionaries. Churches were planted in the Kathmandu valley. But later King Prithivi Narayan Shaha expelled all Christians including missionaries out of country. After this doors for the evangelism in Nepal was closed nearly for 200 years. No churches were planted, no one was converted during this period. After the Second World War doors of the Nepal were opened for the other countries. Thus Nepal began to evangelize again. The first modern church of Nepal was planted in 1952. The first church of Nepal is only 67 years old. God worked in this countries amazingly. Now it's one of the top countries where Christianity is growing the fastest. Officially only 1.4% population of Nepal are Christians. Because of Anti-conversion law many Christians are being persecuted now. Preaching gospel is strictly prohibited in Nepal.

Related Video:



To subscribe my YouTube channel:
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

Thursday, July 25, 2019

Zero: A time between Old and New




"Therefore if any man be in Christ, he is a new creature: old things are passed away; behold, all things are become new." (2 Corinthians 5:17). God is the God of transformations. This is one of his best characters. As we are his children, he wants to see changes in our lives. God wants us to promote from one stage to another. We as a human being sometime don't love transformations. We don't feel comfortable to leave our comfort zone. Sometime we love to stay where we are. We enjoy what we are and what we do. But God's plan for us always is to promote us in his glory for his glory.

There is a "Zero" points between the Old and New things. That Zero stage is very hard to bear. That's where God tests our faith. This is the time of tests. That's where we make testimony out of this test or we fall. In this today's blog we are going to meditate about the Zero stage between old and new things. In the Bible we see many instances of zero stage. Let's see few examples from the Word of God.

Abraham was living a prosperous life in Ur. He was rich. He was with his beautiful families and relatives. He had good business. Then God called him to leave his family, business, his country and go to somewhere else. "Now the LORD had said unto Abram, Get thee out of thy country, and from thy kindred, and from thy father's house, unto a land that I will shew thee."- Genesis 12:1. Abraham had to leave all his old things and come into the Zero before his new blessings. Abraham accepted the call from God and left his country and went to Canaan. He tested him in many ways. God promised him to give a nation but gave him a son in the age of one hundreds. Then he ordered him to offer Isaac as a sacrifice. Abraham moved from place to place to live. He hadn't his own land and country. He suffered a lot in this zero stage. Then God blessed him a lot.

Job was one of the richest person of his time. He was enjoying his richness with his beautiful family. He was a respectable man of his time. Then God decided to take him in another stage. And as usual Job also had to go through this Zero stage. He lost all his wealth. He lost his children. His own people turned against him. He got sick. This zero stage was too much for him that even he desired to die. But he never removed his faith from God and proved himself before God. And in his new life he received everything again. Not in the same portion but in the double portion.

Many more examples are in the Bible. Old things will be gone, new things will come, but before this "Zero" stage is there. You may not see any future. You may see only darkness before you. Feelings of sadness, sorrows, low selfesteem may come into lives. Uncertainties will be before you. But this is the time of test that will turned you into a testimony. Keeping and preserving faith in this zero stage is very important. This is what Apostle Paul says, "I have fought a good fight, I have finished my course, I have kept the faith:"-2 Timothy 4:7. Fighting a good fight, keeping the faith is very important in this stage. Let's finish this Zero stage's race before receiving this new glory. Amen.

By: Hari BK (haribk8@gmail.com)

Tuesday, July 16, 2019

किन बाइबल अन्य सबै धर्मग्रन्थहरुभन्दा फरक छ ? ६ तथ्यहरु (भिडियो सहित)


सबै धर्महरुका आ–आफ्नै धर्मग्रन्थहरु रहेका छन् । ति धर्मग्रन्थहरुका आ–आफ्नै विशेषता र महत्वहरु रहेका छन् । अद्धितिय भन्ने शव्दको अर्थ “बेग्लै, फरक वा तुलना नै नभएको” भन्ने हुन्छ । आजको यो भिडियोमा बाइबललाई कुन कुराले एक अद्धितिय धर्मशास्त्र बनाउँछ ? अर्थात कुन कुरामा बाइबल अन्य सबै धर्मग्रन्थहरुभन्दा फरक रहेको छ भन्ने कुरा हेर्नेछौ । ६ वटा तार्किक वुँदाहरु यो भिडियोमा समावेश गर्ने जमर्को गरिएको छ । 

१) लेखनमा बाइबल अद्धितिय छ ।
बाइबल एक यस्तो धर्मशास्त्र हो जो करिब १६०० वर्षको अवधीमा लेखिएको थियो । यो निकै लामो समयमा लेखिएको थियो । बाइबल करिब ४० जना लेखकहरुद्धारा लेखिएको थियो । ति ४० जना लेखकहरु फरक फरक पृष्ठभुमि र युगका मानिसहरु थिए । बाइबलका लेखकहरु कोही मछुवारेहरु, कोही गोठाला, कोही राजा, कोही मन्त्री, कोही अशिक्षित त कोही विद्धानहरु थिए । साथै बाइबल एशिया, यूरोप र अफ्रिका महादेशका विभिन्न भागहरुमा लेखिएको थियो । यसरी लामो अवधीमा ४० जना फरक फरक व्यक्तिहरुद्धारा र तिन वटा महादेशका विभिन्न भागहरुमा बाइबल लेखिएको थियो । सायद संसारमा यसरी कहिल्यै कुनै पनि धर्मग्रन्थ लेखिएन । यसरी लेखनमा ठुलो विभिद्ता भएतापनि बाइबल भित्र कुनै पनि विरोधाभास पाउन सकिन्न ।

२) यसको प्रयोग, अनुवाद र विक्रिवितरणमा बाइबल अद्धितिय छ ।
निर्विवादरुपमा बाइबल विश्वमै सबैभन्दा बढि विक्रि हुने र पढिने पुस्तक हो । एक अनुमानका अनुसार अहिलेसम्म संसारभरी करिब ५ अरबभन्दा बढि बाइबलहरु विक्रिवितरण भइसकेका छन् । आजपनि प्रतिवर्ष १० करोडभन्दा बढि बाइबलहरु छापिन्छन् र विक्रिवितरण हुने गर्दछन् । बाइबल संसारमै सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ हो । पुरा बाइबल करिब ६०० भन्दा बढि भाषाहरुमा भने नयाँ करार वा बाइबलका केही अँशहरु ३४०० भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ । यसरी कहिल्यै कुनै पनि धर्मग्रन्थ वा पुस्तक यति धेरै भाषाहरुमा अनुवाद भएको छैन । यसरी बाइबल संसारमै सबैभन्दा बढि विक्रिवितरण हुने र सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ हो ।

३) यसको निरन्तरतामा बाइबल अद्धितिय छ । 
करिब १६०० वर्षको अवधीमा करिब ४० जना लेखकहरुद्धारा ३ फरक महादेशहरुमा बाइबल लेखिएको भएतापनि बाइबल अहिलेसम्म जोगिन सफल भएको छ । इतिहासमा सबैभन्दा बढि आक्रमण गरिएको धर्मग्रन्थ पनि हो । रोमी साम्राज्यको बेलामा एक पटक पुरै बाइबल नष्ट भइसके भनेर रोमी सम्राटलाई रिपोर्ट दिइएको थियो । भोल्टेयरले बाइबललाई अतार्किक र रुढिवादी धर्मग्रन्थको रुपमा चिनाएर यसलाई निमिट्यान्न पार्न धेरै कोशिष् गरे । भोल्टेयर सिद्धिएर गए तर बाइबल अझै पनि एक विश्वव्यापि धर्मग्रन्थको रुपमा चिनिन्छ । यसरी लामो समयमा थुप्रै लेखकहरुद्धारा र फरक भुगोलमा लेखिएर इतिहासमा थुप्रै पटक आक्रमणको सिकार भएतापनि बाइबल आजसम्म पनि अस्तित्वमा रहनुले बाइबललाई एक अद्धितिय धर्मग्रन्थ बनाउँछ ।

४) मानव सभ्यतामाथि यसको प्रभावमा बाइबल अद्धितिय छ ।
मानव सभ्यताका सबै पाटोहरुमा बाइबलको अतुलनिय प्रभाव रहेको छ । इतिहासमा बाइबलकै कारण कैयौ जङ्गली जातिहरु परिवर्तित भएर सभ्य समाजको बाटोमा लागेका छन् । बाइबलमा दिइएको शिक्षा अति नै प्रभावकारी रहेको छ । यसले उच्चत्तम नैतिक शिक्षा दिन्छ । बाइबलले दया, प्रेम, समानता र सम्मानका साथ जिउन शिक्षा दिन्छ । बाइबलको शिक्षाबाट प्रभावित भएर नै विश्वमा ठुलाठुला सहायताकारी सँगठनहरु सुरु गरिएका थिए । साहित्य, कला, राजनिति, दर्शनशास्त्र आदि माथि बाइबलको प्रभाव अतुलनिय रहेको छ । माथि उल्लेखित सबै क्षेत्रका मानिसहरुका लागि बाइबल प्रेरणाको स्रोत बन्न पुगेको थियो । जसरी मानव इतिहासमा बाइबलले प्रभाव पार्न सफल भयो, यसले बाइबललाई अद्धितिय बनाएको छ ।

५) परमेश्वरको एकमात्र वचन भएकाले बाइबल अद्धितिय छ ।
सबै ख्रीष्टियनहरुले बाइबल एकमात्र परमेश्वरको एकमात्र वचन हो भन्ने कुरामा विश्वास गर्दछन् । बाइबलमा २ तिमोथीको पुस्तक ३ः१६ मा यसो लेखिएको छ ः “सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो.....” । बाइबल वास्तवमै परमेश्वरको एकमात्र वचन हो । यदि यो परमेश्वरको वचन नभएको भए कसरी यसले लाखौ जीवनहरु परिवर्तन गर्न सक्थ्यो ? लामो अवधीमा थुपैै लेखकहरुद्धारा विभिन्न देशहरुमा लेखिएतापनि यसका विषयवस्तुमा जुन प्रकारको एकत्व र समानता देख्न सकिन्छ त्यसबाट बाइबल परमेश्वरको वचन हो भन्ने कुरा प्रमाणित हुन्छ । बाइबलमा नै परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ । परमेश्वरले आधिकारिकरुपमा दिनुभएको एकमात्र वचन बाइबल हो र यस अर्थमा बाइबल अन्य सबै पुस्तक र धर्मशास्त्रहरुभन्दा अद्धितिय रहेको छ ।

६) विषयवस्तुमा बाइबल अद्धितिय छ ।
बाइबल कसरी लेखिएको थियो भन्ने कुरा माथि नै धेरै पटक दोहो¥याइसकिएको छ । बाइबलको विशेषता भनेको यसको सुरुको पानादेखि यसको अन्तिम पानासम्म पनि कहिकतै विरोधाभासका कुराहरु पाउन सकिन्न । फरक पृष्ठभुमि भएका ४० जना मानविय लेखकहरुद्धारा बाइबल लेखिएको भएतापनि आपसमा विरोधाभास वा मतान्तर पाउन सकिन्न । यो अति नै अचम्मको कुरा हो । बाइबलमा भएका वैज्ञानिक तथ्यहरुले यसलाई अद्धितिय धर्मग्रन्थ बनाउँछ । बाइबलमा कैयौ बैज्ञानिक तथ्यहरु उल्लेख गरिएका छन् जसलाई आधुनिक विज्ञानले पुष्टी गरेको छ । बाइबल एक सिङ्गो पुस्तक नभइ पुस्तकहरुको सँग्रह हो । यस भित्र इतिहास, कथा, कविता, उपदेश, भविष्यवाणीहरु र पत्रहरु समावेश गरिएका छन् । एउटा धर्मग्रन्थले यति धेरै विद्याहरुलाई समेट्न सक्नुले यसलाई अन्य धर्मग्रन्थहरुभन्दा फरक तुल्याउँछ । साथै बाइबलले सहि र सत्य इतिहास दिन्छ । कहिकतै पनि बढाइचढाइ गरेर घट्नाको व्याख्या गरेको कुरा बाइबलमा पाउन सकिन्न । यसले यहूदी जातिका पिता भनेर चिनिने अब्राहामले आफु उम्कनका लागि आफ्नी श्रिमतिलाई बहिनी भनेको कुरा पनि उल्लेख गर्दछ । दाऊद जस्तो महान् राजा कसरी व्यभिचारमा फसेका थिए भन्ने कुरा पनि उल्लेख गर्दछ । पत्रूस जो मण्डलीको खम्बा भनेर चिनिन्थे उनले कसरी येशूलाई तिन पटक अस्विकार गरेका थिए भन्ने कुरा पनि उल्लेख गर्दछन् । यि केही उदाहरणहरु मात्र हुन् । यस्ता थुप्रै उदाहरणहरु बाइबल भित्र रहेका छन् । यसले सत्यतथ्य इतिहास वृत्तान्त प्रस्तुत गर्दछ । यस अर्थमा बाइबल अद्धितिय रहेको छ ।

अन्त्यमा............
अब अन्त्यमा जेम्स मेरिटको बाइबल सम्बन्धि भनाईसँगै आजको यो भिडियोलाई बिट मार्न चाहन्छु । उनले यसो भनेको थिएः “बाइबल पढ्नुको उद्धेश्य भनेको बाइबल बारे जान्नु होइन, तर परमेश्वरको बारेमा जान्नु हो ।”  

सम्बन्धित भिडियो........




मेरो यूटूवको च्यानल सवस्क्राइव गर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्ः
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

Wednesday, July 10, 2019

के तपाईलाई बाइबलका यि तथ्यहरु थाहा छ ? बाइबलका महत्वपुर्ण र रोचक जानकारीहरु ! (भिडियो सहित)


बाइबल विश्वकै एक अद्धितिय पुस्तक । इतिहासमा बाइबलले लाखौ जीवनहरु परिवर्तन गर्न सफल भएको छ । मानवजातिलाई सभ्यता, मानवता र मुक्तिको बाटो देखाएर बाइबल संसारमै सबैभन्दा बढि प्रेम गरिएको पुस्तक बन्न पुगेको छ । बाइबल ख्रीष्टियनहरुको पवित्र धर्मग्रन्थ हो । बाइबल संसारमै सबैभन्दा बढि बढिने लोकप्रिय पुस्तक हो । साथै बाइबल अहिलेसम्म सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ पनि हो । यो लेखमा बाइबल सम्बन्धी केही आधारभुत जानकारीहरु र साथै बाइबल सम्बन्धी रोचक तथ्यहरु प्रस्तुत गरिएको छ । 

१) बाइबल शब्द ग्रिक भाषाको “विवलोस” शब्दबाट आएको हो, जसको अर्थ “पुस्तकहरु” भन्ने हुन्छ ।
२) बाइबल संसारमा सबैभन्दा बढि भाषाहरुमा अनुवाद गरिएको पुस्तक हो । पुरै बाइबल वा आँशिक बाइबलगरी अहिलेसम्म बाइबल जम्माजम्मी ३३२४ भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ ।
३) बाइबल संसारमै सबैभन्दा बढि विक्रि वितरण गरिने पुस्तक हो । अहिलेसम्म ५ अरबभन्दा बढि बाइबल विक्रि वितरण भइसकेको अनुमान लगाइएको छ । एक सर्वेका अनुसार प्रतिवर्ष १० करोड बाइबलहरु छापिने गरिन्छन् । आजपनि प्रत्येक दिन २७३,९७२ वटा, प्रत्येक घण्टा ११४१५ वटा, प्रत्येक मिनेट १९० वटा भने प्रत्येक सेकेण्ड ३ वटा बाइबल विक्रि वितरण हुने गर्दछ ।
४) बाइबल करिब ४० जना लेखकहरुद्धारा करिब १६०० वर्षको ठुलो अन्तरालमा लेखिएको थियो ।
५) बाइबल मुलत हिब्रु, ग्रिक र आरमेइक गरी ३ वटा प्राचिन भाषाहरुमा लेखिएको थियो । 
६) बाइबल मुलत एशिया, युरोप र अफ्रिका गरी ३ वटा महादेशहरुमा लेखीएको थियो ।
७) बाइबलमा जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् ।
८) बाइबललाई २ भागहरुमा बिभाजन गरिएको छ ः पुरानो करार र नयाँ करार
९) पुरानो करारमा ३९ वटा पुस्तकहरु छन् भने नयाँ करारमा २७ वटा पुस्तकहरु रहेका छन् । 
१०) बाइबलमा जम्माजम्मी १,१८९ वटा अध्यायहरु छन् ।
११) बाइबलमा जम्माजम्मी ३१,१०१ वटा पदहरु छन् ।
१२) बाइबलमा जम्माजम्मी १,२८० वटा प्रतिज्ञाहरु छन् । 
१३) बाइबलमा जम्माजम्मी  ६,४६८ वटा आज्ञाहरु छन् ।
१४) बाइबलमा करिब ८,००० भन्दा बढी भबिष्यवाणीहरु छन् । बाइबलको जम्मा हिस्साको ३० प्रतिशत भाग भविष्यवाणीहरुले ओगटेको छ ।
१५) बाइबलमा उल्लेखित भविष्यवाणीहरु मध्ये ३,२६५ वटा भविष्यवाणीहरु पुरा भइसकेका छन् ।
१६) बाइबलमा जम्मा ३,२९४ वटा प्रश्नहरु छन् । 
१७) बाइबलमा उल्लेखित सबैभन्दा लामो नाउँ यशैया ८ः१ पदमा उल्लेख गरिएको “महेर–शालल–हाज–वज” हो । 
१८) बाइबलको सबै भन्दा लामो पद एस्तर ८ः९ पद हो ।
१९) बाइबलको सबैभन्दा छोटो पद युहन्ना ११ः३५ हो । जहाँ केवल “येशू रुनुभयो !” भन्ने लेखिएको छ ।
२०) बाइबलको मध्ये पुस्तकहरु मिका र नहुम हुन् ।
२१) बाइबलको मध्य पद भजनसँग्रह ११८ः५ पद हो ।
२२) बाइबलको सबैभन्दा लामो पुस्तक भजनसँग्रह हो, जसमा १५० वटा अध्यायहरु रहेका छन् ।
२३) बाइबलको सबैभन्दा छोटो पुस्तक २ युहन्ना हो, जसमा केवल १३ वटा मात्र पदहरु मात्र रहेका छन् ।
२४) बाइबलको सबै भन्दा लामो अध्याय भजनसँग्रह ११९ हो, जसमा १७६ वटा पदहरु रहेका छन् ।
२५) बाइबलको सबै भन्दा छोटो अध्याय भजनसँग्रह ११७ हो जसमा केवल २ वटा पदहरु मात्र रहेका छन् ।
२६) बाइबलमा “परमेश्वर” शब्द ३,५६८ पटक उल्लेख गरिएको छ ।
२७) बाइबलमा “परमप्रभु” शब्द ७,७३६ पटक उल्लेख गरिएको छ ।
२८) पुरानो करारमा जम्माजम्मी ९२९ वटा अध्यायहरु छन् ।
२९) पुरानो करारको मध्ये पुस्तक हितोपदेश हो ।
३०) पुरानो करारको मध्ये अध्याय अयुव २० अध्याय हो ।
३१) पुरानो करारको मध्ये पद २ इतिहास २०ः१७ र १८ पद हुन् ।
३२) पुरानो करारको सबैभन्दा छोटो पुस्तक ओबदिया हो, जसमा केवल २१ वटा पदहरु मात्र रहेका छन् ।
३३) नयाँ करारमा जम्माजम्मी २६० वटा अध्यायहरु रहेका छन् ।
३४) नयाँ करारमा जम्माजम्मी ७,९५७ वटा पदहरु रहेका छन् ।
३५) नयाँ करारको मध्ये पुस्तक २ थेसलोनिकी हो । 
३६) नयाँ करारको मध्ये पद प्रेरित २७ः१७ हो ।
३७) नयाँ करारको सबैभन्दा लामो पद प्रकाश २०ः४ पद हो ।
३८) नयाँ करारको सबै भन्दा लामो अध्याय लुका १ अध्याय हो, जसमा जम्माजम्मी ८० वटा पदहरु छन् ।

सम्बन्धित भिडियो...........

Friday, June 28, 2019

इतिहासका १० सबैभन्दा क्रुर शासकहरु ! लाखौंको हत्या गर्ने शासकहरु ! (भिडियो सहित)

इतिहासमा मानिसहरुले अति नै क्रुर, सन्की र निर्दयी शासकहरु देखेका थिए । यस्ता शासकहरु पनि थिए जसले क्रुरताको हद नै पार गरेका थिए । तिनीहरुको आतँक दुनिया भरीमा नै थियो । तिनीहरुको नाउ सुन्ने वित्तिकै मानिसका मुटुहरु काम्न थाल्दथे । एक, दुई वा सयौ मात्र नभई लाखौ मानिसहरुको हत्या गर्ने शासकहरु पनि अस्तित्वमा थिए । तिनीहरुमा मानवता, दया वा जीवनको महत्व भन्ने केही पनि थिएन । 

१०) इदी अमिन


यूगाण्डाका यि तानाशाहलाई यूगाण्डाका सबैभन्दा क्रुर तानाशाह रुपमा लिइन्छ । कतिले उनलाई दानवको सँज्ञा दिने गर्दछन् । उनले ७० को दशकमा यूगाण्डामा शासन गरेका थिए । इदी अमिनले मानवता भन्ने कुरा नै विर्सिसकेका थिए । इदी अमिनले आफ्नो शासनकालमा ३ लाखभन्दा बढि मानिसहरुको हत्या गरेको अनुमान लगाइएको छ । उनले अधिकाँशलाई जिउदै खाल्डाहरुमा पुरेर मारेका थिए । भनिन्छ उनले मान्छेका मासुहरु पनि खाने गर्दथे । उनको फ्रिजबाट मान्छेका विभिन्न काटिएका अङ्गहरु पनि पत्ता लगाइएका थिए । इदी अमिनलाई मानव इतिहासकै एक निर्दयी शासकहरुमध्ये एक मानिन्छ । उनलाई “अफ्रिकाको कसाही” र “अफ्रिकाको पागल” जस्ता उपनामहरुबाट पनि चिनिने गरिन्छ । उनको मृत्यु सन् २००३ मा शाउदी अरेवियामा भएको थियो ।

९) सद्धाम हुसेन


सद्धाम हुसेन मानव इतिहासकै सबैभन्दा क्रुर शासकहरुमध्ये एक हुन् । सद्धाम हुसेन बाल्यावस्थादेखि नै निर्दयी थिए । सद्धाम इराक देशका एक तानाशाह थिए जसले सन् १९७९ देखि २००३ सम्म शासन गरेका थिए । सद्धाम हुसेनले आफ्नो स्वार्थका लागि रासायनिक हतियारहरुको प्रयोग गरेर लाखौं निर्दोष मानिसहरुको ज्यान लिएका थिए । उनले थुप्रै कुर्द जातिका मानिसहरुको नरसँहार गरेका थिए । एक अध्ययनका अनुसार सद्धाम हुसेनले आफ्नो शासनकालमा इराकका २० लाखभन्दा बढि मानिसहरुलाई मारेका थिए । एक पटक उनी दुजेल नामक शहरमा गएका थिए । त्यो बेलामा केही लडाकाहरुले उनीमाथि आक्रमण गरे । उनी जसोतसो त्यो आक्रमणबाट उम्कन सफल भए । त्यसपछि उनले आफ्ना सैनिकहरुलाई आज्ञा दिएर त्यो शहरमा भएका प्रत्येक बालबालिका, महिला, वृद्धबृद्धा र पुरुषहरु सबैको हत्या गरेका थिए । सद्धाम हुसेनलाई अमेरिकाले सन् २००६ मा मृत्युदण्ड दिएको थियो ।

८) जोसेफ स्टालिन


स्टालिनले सोभियत यूनियनमा सन् १९२२ देखि १९५३ सम्म शासन गरेका थिए । कतिपयले उनलाई इतिहासकै सबैभन्दा क्रुर तानाशाहको रुपमा लिने गर्दछन् । उनको विरुद्धमा बोल्ने जो कोहीलाई पनि दर्दनाक तरिकामा मार्ने गरिन्थ्यो । स्टालिन २० वर्षे शासनको दौरानमा लाखौ किसान र मजदुरहरु मारिए भने कयौं भोकमरीका कारण पनि मरे । उनले एक कृतिम अनिकालको वातावरण सृजना गरेका थिए जसका कारण ६० लाखभन्दा बढि मानिसहरुको मृत्यु भएको थियो । स्टालिनले एक पटक यसो भनेका थिए, “मृत्यु नै सबै समस्याको समाधान हो । मान्छे छैन—समस्या पनि छैन ।” एक इतिहासकार रोय एलेक मेदभेदेवका अनुसार स्टालिनले आफ्नो शासनकालको दौरानमा आफ्नै देशका २ करोडभन्दा बढि मानिसहरुलाई मार्न लगाएका थिए । अचम्मलाग्दो कुरा यि सबैका बावजुद उनी सन् १९४५ र १९४८ मा गरि २ पटक नोवेल शान्ति पुरुस्कारका लागि मनोनित भएका थिए ।

७) माओ जेदोङ्ग 


चिनका यि तानाशाहको क्रुरताको सामुन्ने स्टालिनको क्रुरताको पनि सानो देखिन्छ । माओले चिनमा सन् १९४९ देखि १९७६ सम्म शासन गरेका थिए । उनले चिनलाई विश्वको सुपर पावर बनाउनका लागि विभिन्न नितिहरु अवलम्वन गरे । उनको नितिको विरोध गर्नेहरुलाई उनले क्रुरतापुर्वक मृत्युदण्ड दिन्थे । उनको नितिको विरोध गर्नेहरुमाथि डोजर चलाईन्थ्यो । उनले हजारौ मानिसहरुमाथि एकै पकै पटक डोजर चढाएर पनि मारेका थिए । उनी चिनलाई आधुनिकिकरण गर्ने व्यक्तिको रुपमा चिनिने भएतापनि उनका नितिहरुका कारण थुप्रै मानिसहरु चिनको इतिहासमा सबैभन्दा नराम्रोसँग अनिकाल र नरसँहारको सिकार भए । एक अनुमानका अनुसार उनको शासनको दौरान चिनमा भोकमरी र नरसँहारबाट ४ करोडभन्दा बढि मानिसहरु मारिएका थिए ।

६) राजा लियोपोल्ड दृतिय 


उनी बेल्जीयमका देशका राजा थिए । राजा लियोपार्डले कङ्गो देशलाई अन्य देशहरुबाट स्वतन्त्र बनाएका थिए । तर उनले पछि गएर कङ्गोमा ठुलो आतङ्क फैलाए । राजा लियोपार्डले कङ्गोका मानिसहरुलाई जवरजस्ती आफ्ना कम्पनीहरुमा काम गर्न लगाए । मानिसहरुमाथि अत्याचार गरे र अनिकालको बातावरण सृजना गरे । यसका कारण थुप्रै मानिसहरु मरे । उनका मानिसहरुले स्थानियहरुलाई अपहरण गरेर जङ्गलहरुमा काम गर्न लगाउथे । राजा लियोपार्डले आफ्ना सेनाहरुलाई जनावरहरु वा अन्य कुनै कुरामा गोली चलाएर गोलीहरु बर्वाद नगर्न बरु ति गोलीहरु अटेरीहरुमाथि चलाउन आज्ञा दिएका थिए । अनुमानका अनुसार राजा लियोपार्ड दृतियको शासनका दौरान कङ्गोमा करिब ४० लाख देखि १ करोड मानिसहरुको हत्या भएको थियो ।

५) जङ्गीज खान


जङ्गीज खान विश्वकै एक भयानक क्रुर तानाशाह थिए । उनी मङ्गोल साम्राज्यका संस्थापक थिए । उनको साम्राज्य मध्य एशियामा फैलिएको थियो । उनी जहाँ जान्थे त्यहाँ रगतको खोला बग्ने गर्दथ्यो । उनले सन् १२०६ देखि १२२७ सम्म शासन गरेका थिए । आफ्नो शासनको दौरान उनले ४ करोडभन्दा बढि मानिसहरुको हत्या गरेका थिए । उनको समयको जनसँख्याको २० प्रतिशत जनसँख्यालाई उनले सखाप पारेका थिए । उनले एक पटक एकै पटकमा ७ लाख मानिसहरुको हत्या गराइदिएका थिए । जङ्गीज खानका सिपाहीहरु अति नै निर्मम थिए । उनीहरु घोडाको रगतहरु पिउने गर्दथे । जङ्गीज खानले निकै निर्मम तरिकामा मानिसहरु मार्ने गर्दथे । कुनै देश वा शहरलाई आक्रमण गर्दा उनको उद्धेश्य त्यहाँका प्रत्येक व्यक्तिलाई मारेर त्यो शहर लुट्ने हुन्थ्यो । उनले बालबालिका, महिला, वृद्धवृद्धा कसैलाई पनि जिउदो छोड्दैनथे । उनले आक्रमण गरेका सहरहरु पुर्णरुपमा नाश गरिदिने गर्दथे । जङ्गीज खानको नाम त्यो समयमा आतङ्कको सबैभन्दा ठुलो नाम थियो ।

४) अटिला द हुन


अटिला हुन जातिको निकै क्रुर शासक थिए । उनले सन् ४३४ देखि ३५३ सम्म शासन गरेका थिए । उनलाई इतिहासकै एक निर्दयी शासकको रुपमा लिइन्छ । अटिला एक मात्र यस्तो व्यक्ति थिए जससँग रोमी साम्राज्य पनि डराउने गर्दथ्यो । उनले आफ्नो साम्राज्य विस्तारका लागि शहरहरु लुटे, विध्वँश मच्चाए, लाखौको निर्मम तरिकामा हत्या गरे । कुनै समयमा उनको साम्राज्य रुस, बाल्कन, यूक्रेन, जर्मनी, इटलीको केही हिस्सा र अन्य देशहरुमा फैलिएको थियो । अटिलाले रोम शहरलाई कव्जा गर्न धेरै कोशिष गरेतापनि उनी त्यसमा असफल नै रहे । उनले कति मानिसहरुको हत्या गरे भन्ने तथ्याङ्क नभएतापनि त्यो सँख्या लाखौंमा हुनसक्ने कुरा अनुमान लगाइएको छ ।

३) भ्लाद द इम्प्यालर


उनको वाल्यावस्था निकै कष्टकर थियो । उनी सानो छदा अटोमन साम्राज्यको सुल्तान मुराद दृतियले उनलाई १४४२ मा कैदी बनाएर राखेका थिए । उनी त्यहाँबाट छुटे । त्यो विचमा उनको बुवाको हत्या भइसकेको उनलाई थाहा भयो । पछि गएर भ्लाद वालेचियाको राजकुमार भए । त्यसपछि उनले अटोमन साम्राज्यको विरुद्धमा ठुलो आन्दोलन सुरु गरे । उनले सामुहिक नरसँहार गर्ने जस्ता कार्यहरु सुरु गरे । उनले मानिसहरुका छाला तानेर मार्ने गर्दथे । जिउदै जलाइदिने, पुरिदिने, सार्वजनिक ठाउँमा टाउको काट्ने वा फासीमा जढाउने जस्ता क्रुर काम गरेका थिए । उनका शत्रुहरु तडपिएको उनलाई साह्रै मन पर्दथ्यो । तर उनलाई छुरी रोपेर मार्न भने निकै मज्जा आउदथ्यो । त्यसकारणले नै उनलाई इम्प्यालर भन्ने गरिन्छ । उनको जीवनमा करिब उनी आफैले मात्र ४० हजार जनालाई छुरी रोपेर मारेका थिए । उनको शासनकालमा लाखौ मानिसहरुको हत्या भएको थियो ।

२) एडोल्फ हिटलर


हिटलरलाई एक सन्की र क्रुर तानाशाहको रुपमा लिइन्छ । उनले जर्मनमा एक तानाशाहको रुपमा सन् १९३३ देखि १९४५ सम्म शासन गरेका थिए । उनको ह्दयमा यहूदी जातिप्रति ठुलो घृणा थियो । दोस्रो विश्व युद्ध हुनुको पहिलो कारण हिटलर नै थिए । उनले १९४२ मा लाखौं मानिसहरुको हत्या गरे र यूरोपको ठुलो हिस्सा र उत्तरी अफ्रिकाको ठुलो हिस्सामा कव्जा गरे । उनको ठुलो आक्रोस विशेषगरी यहूदीहरुको विरुद्धमा थियो । उनले यहूदी जातिलाई समाप्त पार्ने पुरा योजना बनाएर त्यसमा लागेका थिए । उनको यो पागलपनका कारण दोस्रो विश्वयुद्धको दौरान करिब ५ करोड मानिसहरुले ज्यान गुमाए । उनले यहूदीहरुलाई मार्नका लागि विभिन्न ठाउँहरु निर्धारण गरेका थिए । मानिसहरुलाई ग्यास च्याम्बरमा हुलेर ग्याँस छोडेर सामुहिक नरसँहा गर्ने गर्दथे । उनले जर्मन र यूरोपमा निकै रक्तपात मच्चाएका थिए । अन्ततः दोस्रो विश्वयुद्धतका उनको सेनाले पराजय भोग्न थालेपछि उनले आत्महत्या गरे ।

१) टाइमुर महान्


टर्कीका यि शासक एडोल्फ हिटलरभन्दा पनि बढी क्रुर थिए । टाइमूर आफु जँगिज खानको वँशज भएको विश्वास गर्दथे । त्यसैकारण उनले उनका पुर्खाहरुको राज्य पुनस्र्थापना गर्ने कोशिष गरे । टाइमुरमा जम्माजम्मी ४० वर्ष शासन गरे र उनको यो लामो शासनकालको दौरानमा उनले आफ्नो साम्राज्यलाई रसिया देखि भुमध्यसागरको क्षेत्र र भारतसम्मै पु¥याए । टाइमूर इस्लाम धर्मप्रति समर्पित व्यक्ति थिए । उनको इच्छा पुरै दुनियामा इस्लाम फैलाउने रहेको थियो । टाइमूर निकै निर्मम शासक थिए । उनले मानिसहरुका छाला उधाड्न लगाउथे । एक पटक उनी इराकमा छदा एक पटकमा १ लाख मानिसहरुको टाउको काट्न लगाए र तिनीहरुका सडिरहेका खप्परहरुबाट १०० वटा टावरहरु निर्माण गरे । उनले जहाँ आक्रमण गर्थे त्यहाँ सकेसम्म सबैलाई मार्ने कोशिष गर्थे । विश्व भरी नै टाइमूरको नाउँको आतँक थियो । टाइमूरलाई भारतमा मुगोल वँशका पुर्खा मानिन्छ ।

सम्बन्धित भिडियो............
To Subscribe my channel: 
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg/featured?view_as=subscriber

Wednesday, June 26, 2019

केवल तपाईको सृष्टिकर्तासँग तपाईका प्रत्येक समस्याको समाधान छ !—सुन्दर कथा (भिडियो सहित)


एउटा केटाले एकदिन एउटा गल्लिको छेऊमा पुरानो मोडेल टि–फोर्ड कार भेट्टायो । कारको अवस्था एकदमै खराब थियो । कार अति नै पुरानो देखिन्थ्यो र मरम्मत गर्न अति नै कठिन देखिन्थ्यो । तर पनि त्यो जवान केटोले उक्त कार लिएर मरम्मत गर्ने बिचार ग¥यो । उक्त केटोले त्यो मोडेल टि–फोर्ड कारको बारेमा साधारण कुराहरु जानैकै थियो किनकि उक्त कार त्यो समयमा चलन चल्तिको कार थियो ।

केटोले घरमा लिएर त्यो कारको इन्जीन खोल्यो र हेरफेर ग¥यो । उसले गएर ईन्जीट स्टाट गर्ने कोशिष गर्यो तर ईन्जीन स्टाट भएन । उसले बारम्बार मरम्मत गर्दै स्टाट गर्ने कोशिष ग¥यो तर असफल मात्र भयो । उसले अन्य मेक्यानिकहरु र उक्त कारका जानकारहरुलाई बोलायो र मरम्मत गर्ने कोशिष ग¥यो तर उ असफल भयो । उ धेरै निराश र क्रोधित भयो ।

एका बिहानै उ उक्त कारको नजिक गयो र कारको इन्जीनलाई मरम्मत गरेर फेरी स्टाट गर्ने कोशिष ग¥यो । उ बारम्बार कोशिष गरिरहेका थियो तर इन्जीन सुरु भएको थिएन । यो कुरा नजिकैबाट एक जना बृद्ध ब्यक्तीले हेरिरहेका थिए । त्यस्तो अवस्थामा नजिकै उभिएर हेरिरहेको देखेर उक्त युवक झोक्कियो र उक्त बृद्धलाई हपारेर “के हेरिहेको ?” भनेर सोध्यो । उक्त बृद्धले अति नै सालिनरुपमा जवाफ दिदै इन्जीनको कुनै बिशेष भागलाई मरम्मत गर्न आग्रह गरे । केटोले आशा बिहिन नै भएर बृद्धले भनेझै ग¥यो । कार स्टाट भयो । युवक दङ्ग प¥यो र उसको खुसीको सिमा नै रहेन । युवक बृद्ध ब्यक्तीको नजिकमा गयो र सोध्यो, “यो कारको त्यही भाग नै मर्मत गर्नू आवस्यक छ भन्ने कुरा तपाईलाई कसरी थाहा भयो ?” ति बृद्धले जवाफ दिए, “मेरो नाउँ हेनरी फोर्ड हो, र म यो कारको आविस्कारक हुँ ।” यति भनेर ति बृद्ध त्यहाँबाट हिडे ।

तपाइले तपाईका जीवनका कठिन र असम्भव लाग्ने समस्या र चुनौतिहरु लिएर कसकहाँ गइरहनुभएको छ ? वा तपाई आफैले त्यसलाई समाधान गर्ने भरसक् कोशिष् गरेर थाक्नुभएको छ ? तपाईको सृष्टिकर्ता इश्वर हुनुहुन्छ र उहाँसँग नै तपाईका जीवनका प्रत्येक समस्या र चुनौतिहरुको समाधान रहेको छ !

सम्बन्धित भिडियो.......



To Subscribe my channel:
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg