Friday, June 28, 2019

इतिहासका १० सबैभन्दा क्रुर शासकहरु ! लाखौंको हत्या गर्ने शासकहरु ! (भिडियो सहित)

इतिहासमा मानिसहरुले अति नै क्रुर, सन्की र निर्दयी शासकहरु देखेका थिए । यस्ता शासकहरु पनि थिए जसले क्रुरताको हद नै पार गरेका थिए । तिनीहरुको आतँक दुनिया भरीमा नै थियो । तिनीहरुको नाउ सुन्ने वित्तिकै मानिसका मुटुहरु काम्न थाल्दथे । एक, दुई वा सयौ मात्र नभई लाखौ मानिसहरुको हत्या गर्ने शासकहरु पनि अस्तित्वमा थिए । तिनीहरुमा मानवता, दया वा जीवनको महत्व भन्ने केही पनि थिएन । 

१०) इदी अमिन


यूगाण्डाका यि तानाशाहलाई यूगाण्डाका सबैभन्दा क्रुर तानाशाह रुपमा लिइन्छ । कतिले उनलाई दानवको सँज्ञा दिने गर्दछन् । उनले ७० को दशकमा यूगाण्डामा शासन गरेका थिए । इदी अमिनले मानवता भन्ने कुरा नै विर्सिसकेका थिए । इदी अमिनले आफ्नो शासनकालमा ३ लाखभन्दा बढि मानिसहरुको हत्या गरेको अनुमान लगाइएको छ । उनले अधिकाँशलाई जिउदै खाल्डाहरुमा पुरेर मारेका थिए । भनिन्छ उनले मान्छेका मासुहरु पनि खाने गर्दथे । उनको फ्रिजबाट मान्छेका विभिन्न काटिएका अङ्गहरु पनि पत्ता लगाइएका थिए । इदी अमिनलाई मानव इतिहासकै एक निर्दयी शासकहरुमध्ये एक मानिन्छ । उनलाई “अफ्रिकाको कसाही” र “अफ्रिकाको पागल” जस्ता उपनामहरुबाट पनि चिनिने गरिन्छ । उनको मृत्यु सन् २००३ मा शाउदी अरेवियामा भएको थियो ।

९) सद्धाम हुसेन


सद्धाम हुसेन मानव इतिहासकै सबैभन्दा क्रुर शासकहरुमध्ये एक हुन् । सद्धाम हुसेन बाल्यावस्थादेखि नै निर्दयी थिए । सद्धाम इराक देशका एक तानाशाह थिए जसले सन् १९७९ देखि २००३ सम्म शासन गरेका थिए । सद्धाम हुसेनले आफ्नो स्वार्थका लागि रासायनिक हतियारहरुको प्रयोग गरेर लाखौं निर्दोष मानिसहरुको ज्यान लिएका थिए । उनले थुप्रै कुर्द जातिका मानिसहरुको नरसँहार गरेका थिए । एक अध्ययनका अनुसार सद्धाम हुसेनले आफ्नो शासनकालमा इराकका २० लाखभन्दा बढि मानिसहरुलाई मारेका थिए । एक पटक उनी दुजेल नामक शहरमा गएका थिए । त्यो बेलामा केही लडाकाहरुले उनीमाथि आक्रमण गरे । उनी जसोतसो त्यो आक्रमणबाट उम्कन सफल भए । त्यसपछि उनले आफ्ना सैनिकहरुलाई आज्ञा दिएर त्यो शहरमा भएका प्रत्येक बालबालिका, महिला, वृद्धबृद्धा र पुरुषहरु सबैको हत्या गरेका थिए । सद्धाम हुसेनलाई अमेरिकाले सन् २००६ मा मृत्युदण्ड दिएको थियो ।

८) जोसेफ स्टालिन


स्टालिनले सोभियत यूनियनमा सन् १९२२ देखि १९५३ सम्म शासन गरेका थिए । कतिपयले उनलाई इतिहासकै सबैभन्दा क्रुर तानाशाहको रुपमा लिने गर्दछन् । उनको विरुद्धमा बोल्ने जो कोहीलाई पनि दर्दनाक तरिकामा मार्ने गरिन्थ्यो । स्टालिन २० वर्षे शासनको दौरानमा लाखौ किसान र मजदुरहरु मारिए भने कयौं भोकमरीका कारण पनि मरे । उनले एक कृतिम अनिकालको वातावरण सृजना गरेका थिए जसका कारण ६० लाखभन्दा बढि मानिसहरुको मृत्यु भएको थियो । स्टालिनले एक पटक यसो भनेका थिए, “मृत्यु नै सबै समस्याको समाधान हो । मान्छे छैन—समस्या पनि छैन ।” एक इतिहासकार रोय एलेक मेदभेदेवका अनुसार स्टालिनले आफ्नो शासनकालको दौरानमा आफ्नै देशका २ करोडभन्दा बढि मानिसहरुलाई मार्न लगाएका थिए । अचम्मलाग्दो कुरा यि सबैका बावजुद उनी सन् १९४५ र १९४८ मा गरि २ पटक नोवेल शान्ति पुरुस्कारका लागि मनोनित भएका थिए ।

७) माओ जेदोङ्ग 


चिनका यि तानाशाहको क्रुरताको सामुन्ने स्टालिनको क्रुरताको पनि सानो देखिन्छ । माओले चिनमा सन् १९४९ देखि १९७६ सम्म शासन गरेका थिए । उनले चिनलाई विश्वको सुपर पावर बनाउनका लागि विभिन्न नितिहरु अवलम्वन गरे । उनको नितिको विरोध गर्नेहरुलाई उनले क्रुरतापुर्वक मृत्युदण्ड दिन्थे । उनको नितिको विरोध गर्नेहरुमाथि डोजर चलाईन्थ्यो । उनले हजारौ मानिसहरुमाथि एकै पकै पटक डोजर चढाएर पनि मारेका थिए । उनी चिनलाई आधुनिकिकरण गर्ने व्यक्तिको रुपमा चिनिने भएतापनि उनका नितिहरुका कारण थुप्रै मानिसहरु चिनको इतिहासमा सबैभन्दा नराम्रोसँग अनिकाल र नरसँहारको सिकार भए । एक अनुमानका अनुसार उनको शासनको दौरान चिनमा भोकमरी र नरसँहारबाट ४ करोडभन्दा बढि मानिसहरु मारिएका थिए ।

६) राजा लियोपोल्ड दृतिय 


उनी बेल्जीयमका देशका राजा थिए । राजा लियोपार्डले कङ्गो देशलाई अन्य देशहरुबाट स्वतन्त्र बनाएका थिए । तर उनले पछि गएर कङ्गोमा ठुलो आतङ्क फैलाए । राजा लियोपार्डले कङ्गोका मानिसहरुलाई जवरजस्ती आफ्ना कम्पनीहरुमा काम गर्न लगाए । मानिसहरुमाथि अत्याचार गरे र अनिकालको बातावरण सृजना गरे । यसका कारण थुप्रै मानिसहरु मरे । उनका मानिसहरुले स्थानियहरुलाई अपहरण गरेर जङ्गलहरुमा काम गर्न लगाउथे । राजा लियोपार्डले आफ्ना सेनाहरुलाई जनावरहरु वा अन्य कुनै कुरामा गोली चलाएर गोलीहरु बर्वाद नगर्न बरु ति गोलीहरु अटेरीहरुमाथि चलाउन आज्ञा दिएका थिए । अनुमानका अनुसार राजा लियोपार्ड दृतियको शासनका दौरान कङ्गोमा करिब ४० लाख देखि १ करोड मानिसहरुको हत्या भएको थियो ।

५) जङ्गीज खान


जङ्गीज खान विश्वकै एक भयानक क्रुर तानाशाह थिए । उनी मङ्गोल साम्राज्यका संस्थापक थिए । उनको साम्राज्य मध्य एशियामा फैलिएको थियो । उनी जहाँ जान्थे त्यहाँ रगतको खोला बग्ने गर्दथ्यो । उनले सन् १२०६ देखि १२२७ सम्म शासन गरेका थिए । आफ्नो शासनको दौरान उनले ४ करोडभन्दा बढि मानिसहरुको हत्या गरेका थिए । उनको समयको जनसँख्याको २० प्रतिशत जनसँख्यालाई उनले सखाप पारेका थिए । उनले एक पटक एकै पटकमा ७ लाख मानिसहरुको हत्या गराइदिएका थिए । जङ्गीज खानका सिपाहीहरु अति नै निर्मम थिए । उनीहरु घोडाको रगतहरु पिउने गर्दथे । जङ्गीज खानले निकै निर्मम तरिकामा मानिसहरु मार्ने गर्दथे । कुनै देश वा शहरलाई आक्रमण गर्दा उनको उद्धेश्य त्यहाँका प्रत्येक व्यक्तिलाई मारेर त्यो शहर लुट्ने हुन्थ्यो । उनले बालबालिका, महिला, वृद्धवृद्धा कसैलाई पनि जिउदो छोड्दैनथे । उनले आक्रमण गरेका सहरहरु पुर्णरुपमा नाश गरिदिने गर्दथे । जङ्गीज खानको नाम त्यो समयमा आतङ्कको सबैभन्दा ठुलो नाम थियो ।

४) अटिला द हुन


अटिला हुन जातिको निकै क्रुर शासक थिए । उनले सन् ४३४ देखि ३५३ सम्म शासन गरेका थिए । उनलाई इतिहासकै एक निर्दयी शासकको रुपमा लिइन्छ । अटिला एक मात्र यस्तो व्यक्ति थिए जससँग रोमी साम्राज्य पनि डराउने गर्दथ्यो । उनले आफ्नो साम्राज्य विस्तारका लागि शहरहरु लुटे, विध्वँश मच्चाए, लाखौको निर्मम तरिकामा हत्या गरे । कुनै समयमा उनको साम्राज्य रुस, बाल्कन, यूक्रेन, जर्मनी, इटलीको केही हिस्सा र अन्य देशहरुमा फैलिएको थियो । अटिलाले रोम शहरलाई कव्जा गर्न धेरै कोशिष गरेतापनि उनी त्यसमा असफल नै रहे । उनले कति मानिसहरुको हत्या गरे भन्ने तथ्याङ्क नभएतापनि त्यो सँख्या लाखौंमा हुनसक्ने कुरा अनुमान लगाइएको छ ।

३) भ्लाद द इम्प्यालर


उनको वाल्यावस्था निकै कष्टकर थियो । उनी सानो छदा अटोमन साम्राज्यको सुल्तान मुराद दृतियले उनलाई १४४२ मा कैदी बनाएर राखेका थिए । उनी त्यहाँबाट छुटे । त्यो विचमा उनको बुवाको हत्या भइसकेको उनलाई थाहा भयो । पछि गएर भ्लाद वालेचियाको राजकुमार भए । त्यसपछि उनले अटोमन साम्राज्यको विरुद्धमा ठुलो आन्दोलन सुरु गरे । उनले सामुहिक नरसँहार गर्ने जस्ता कार्यहरु सुरु गरे । उनले मानिसहरुका छाला तानेर मार्ने गर्दथे । जिउदै जलाइदिने, पुरिदिने, सार्वजनिक ठाउँमा टाउको काट्ने वा फासीमा जढाउने जस्ता क्रुर काम गरेका थिए । उनका शत्रुहरु तडपिएको उनलाई साह्रै मन पर्दथ्यो । तर उनलाई छुरी रोपेर मार्न भने निकै मज्जा आउदथ्यो । त्यसकारणले नै उनलाई इम्प्यालर भन्ने गरिन्छ । उनको जीवनमा करिब उनी आफैले मात्र ४० हजार जनालाई छुरी रोपेर मारेका थिए । उनको शासनकालमा लाखौ मानिसहरुको हत्या भएको थियो ।

२) एडोल्फ हिटलर


हिटलरलाई एक सन्की र क्रुर तानाशाहको रुपमा लिइन्छ । उनले जर्मनमा एक तानाशाहको रुपमा सन् १९३३ देखि १९४५ सम्म शासन गरेका थिए । उनको ह्दयमा यहूदी जातिप्रति ठुलो घृणा थियो । दोस्रो विश्व युद्ध हुनुको पहिलो कारण हिटलर नै थिए । उनले १९४२ मा लाखौं मानिसहरुको हत्या गरे र यूरोपको ठुलो हिस्सा र उत्तरी अफ्रिकाको ठुलो हिस्सामा कव्जा गरे । उनको ठुलो आक्रोस विशेषगरी यहूदीहरुको विरुद्धमा थियो । उनले यहूदी जातिलाई समाप्त पार्ने पुरा योजना बनाएर त्यसमा लागेका थिए । उनको यो पागलपनका कारण दोस्रो विश्वयुद्धको दौरान करिब ५ करोड मानिसहरुले ज्यान गुमाए । उनले यहूदीहरुलाई मार्नका लागि विभिन्न ठाउँहरु निर्धारण गरेका थिए । मानिसहरुलाई ग्यास च्याम्बरमा हुलेर ग्याँस छोडेर सामुहिक नरसँहा गर्ने गर्दथे । उनले जर्मन र यूरोपमा निकै रक्तपात मच्चाएका थिए । अन्ततः दोस्रो विश्वयुद्धतका उनको सेनाले पराजय भोग्न थालेपछि उनले आत्महत्या गरे ।

१) टाइमुर महान्


टर्कीका यि शासक एडोल्फ हिटलरभन्दा पनि बढी क्रुर थिए । टाइमूर आफु जँगिज खानको वँशज भएको विश्वास गर्दथे । त्यसैकारण उनले उनका पुर्खाहरुको राज्य पुनस्र्थापना गर्ने कोशिष गरे । टाइमुरमा जम्माजम्मी ४० वर्ष शासन गरे र उनको यो लामो शासनकालको दौरानमा उनले आफ्नो साम्राज्यलाई रसिया देखि भुमध्यसागरको क्षेत्र र भारतसम्मै पु¥याए । टाइमूर इस्लाम धर्मप्रति समर्पित व्यक्ति थिए । उनको इच्छा पुरै दुनियामा इस्लाम फैलाउने रहेको थियो । टाइमूर निकै निर्मम शासक थिए । उनले मानिसहरुका छाला उधाड्न लगाउथे । एक पटक उनी इराकमा छदा एक पटकमा १ लाख मानिसहरुको टाउको काट्न लगाए र तिनीहरुका सडिरहेका खप्परहरुबाट १०० वटा टावरहरु निर्माण गरे । उनले जहाँ आक्रमण गर्थे त्यहाँ सकेसम्म सबैलाई मार्ने कोशिष गर्थे । विश्व भरी नै टाइमूरको नाउँको आतँक थियो । टाइमूरलाई भारतमा मुगोल वँशका पुर्खा मानिन्छ ।

सम्बन्धित भिडियो............
To Subscribe my channel: 
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg/featured?view_as=subscriber

No comments:

Post a Comment