Saturday, June 8, 2019

के विक्रम् सम्वत् नेपाली पात्रो हो ? के यो नेपालमा सुरु भएको थियो ? (भिडियो सहित)



विश्वमा सबैभन्दा प्रचलित क्यालेण्डर इस्वी सम्वत् हो । समस्त विश्वमा यो क्यालेण्डर प्रयोग हुन्छ । धेरै देशमा यो क्यालेण्डरलाई आधिकारिक क्यालेण्डरको मान्यता दिइएको छ । इस्वी सम्वत् क्यालेण्डरलाई ग्रेगोरियन क्यालेण्डर पनि भनिन्छ । यो क्यालेण्डर जिजस क्राइष्टको जन्म मितिलाई केन्द्रमा राखेर सुरुवात गरिएको थियो । विक्रम् सम्वत् क्यालेण्डर इस्वी सम्वत्भन्दा ५७ वर्ष अगाडी रहेको छ । तर नेपालमा भने आधिकारिक रुपमा विक्रम सम्वत् क्योलेण्डर प्रयोग हुदै आएको छ । नेपालमा सरकारी कामकाज र तिथिमिति निर्धारणका कुराहरुमा विक्रम् सम्वत् क्यालेण्डरलाई नै प्रयोग गरिन्छ । नेपालमा विक्रम् सम्वत् एकमात्र निर्विवाद क्यालेण्डर हो भन्दा फरक नपर्ला ।

यो क्यालेण्डर कसरी सुरु भएको थियो ? यो क्यालेण्डर कसले सुरु गरेका थिए ? के यो क्यालेण्डरको सुरुवात नेपालमा भएको थियो ? कसको नाउँमा सुरु गरिएको थियो यो क्यालेण्डर ? यि र यस्तै रोचक प्रश्नहरुको जवाफ यो भिडियोमा दिने कोशिष् गरिनेछ । भिडियोलाई अन्त्यसम्मै हेर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु । र साथै यस्तै प्रकारका रोचक, ज्ञानवर्दक र जानकारीमुलक भिडियोहरु हेर्नका लागि मेरो यो च्यानललाई सवस्क्राइव गर्न र छेऊमा भएको घण्टीको चिन्हलाई दबाउन पनि अनुरोध गर्दछु ।

यसका विशेषताहरु
इस्वी सम्वत् क्यालेण्डर सुर्यमा मात्र आधारित क्यालेण्डर हो भने विक्रम् सम्वत् सुर्य र चन्द्रमा दुवैमा आधारित क्यालेण्डर हो । त्यसकारण पनि विक्रम् सम्वत्लाई निकै वैज्ञानिक क्यालेण्डर मानिन्छ । इस्वी सम्वत्मा झै यसमा पनि ३६५ दिनको नै एक वर्ष हुनेगर्दछ । यो क्यालेण्डरमा पनि १२ महिनाको एक वर्ष र ३० दिनको एक महिना हुने गर्दछ ।

विक्रम् सम्वत् क्यालेण्डरको सुरुवात्
विक्रम् सम्वत् क्यालेण्डरको इतिहास जान्नका लागि हामीले भारतको इतिहासलाई हेर्नुपर्ने हुन्छ । विक्रम् सम्वत् एक इतिहासिक भारतिय राजा र उनको राज्यसँग सम्बन्धित रहेको छ । ईसा पुर्व ७० तिर भारतभरी नै मध्यपुर्वको क्षेत्रबाट आएका शक जातिका राजाहरुले शासन गरिरहेका थिए । उनीहरुले भारतमा निकै निरँकुश तरिकामा शासन गरिरहेका थिए । त्यसै समयमा ईसा पुर्वको ५० औ शताव्दीमा चन्द्रगुप्त वँशका विक्रमादित्यले सेना लिएर उज्जैनमा शकहरुमाथि आक्रमण गरे । उनले शक राजालाई पराजित गरे । उनले उक्त साम्राज्यको शासन हातमा लिए । उनको साम्राज्यलाई मालावा साम्राज्य भनिन्थ्यो । त्यसै समयमा उनले आफैलाई उक्त साम्राज्यको नयाँ सम्राट घोषणा गरे । उनलाई विक्रमादित्यको उपाधी दिईयो । विक्रमादित्य ति राजाको नाउँ थिएन तर यो उनलाई दिइएको एक उपाधी थियो । ति राजाको नाउँ के थियो भन्ने कुरा अज्ञात रहेको छ । विक्रमादित्यले शकहरुलाई हराएको दिनलाई स्मरण गर्नका लागि नयाँ क्यालेण्डरको सुरुवात गर्ने विचार गरे । तर त्यो समयमा कुनै राजाले आफ्नो सम्झनामा क्यालेण्डर सुरु गर्नका लागि आफ्नो समस्त प्रजाको रिणहरु तिर्नुपर्दथ्यो । विक्रमादित्यले प्रजाको रिण चुकाउन राज्यकोषलाई ठुलो धनरासी तिरे र नयाँ क्यालेण्डर सुरु गरे । उक्त क्यालेण्डर सम्राट विक्रमादित्यको नाउँमा विक्रम् सम्वत् भनेर नामाकरण गरियो । यो घट्ना ई.पु ५७ को हो । त्यो समयमा भारतमा शक् क्यालेण्डर पनि प्रचलनमा थियो । साथै विभिन्न क्षेत्रहरुमा बुद्ध र महाविर जैनको नाउँबाट पनि स्थानिय क्यालेण्डरहरु प्रचलनमा थिए । विक्रम् सम्वत् सुरु भएपछि भने यसलाई अत्यधिकरुपमा प्रयोग गर्न थालियो । भारतमा शक र विक्रम् सम्वत् यि दुई क्यालेण्डरलाई इतिहासमा अत्यधिक प्रयोग भएको पाइन्छ । व्रिटिशहरुको शासन सुरु भएपछि भने भारतमा यि क्यालेण्डरहरुको प्रयोग हराएर गयो ।

नेपालमा यसको प्रयोग
स्पष्ट छ विक्रम् सम्वत् क्यालेण्डर नेपालमा सुरु पनि भएको होइन र भौगोलिक र इतिहासिकरुपमा नेपालसँग यसको कुनै प्रत्यक्ष सम्बन्ध छैन । इतिहासलाई नियाल्दा विक्रमादित्यको राज्यले नेपाललाई छोएको पनि थिएन । त्यसकारण भौगोलिकरुपमा हेर्दा विक्रम् सम्वत् नेपालको क्यालेण्डर होइन । नेपालमा कहिलेदेखि यो क्यालेण्डर प्रचलनमा थियो भन्ने कुरा अज्ञात नै रहेको छ । तर यो क्यालेण्डरको बारेमा उल्लेख गरिएको पाण्डुलिपी भने नवौ शताव्दीको पाइएको छ । यसबाट के बुझन सकिन्छ भने नेपालमा यो क्यालेण्डर प्राचिन समयदेखि नै प्रयोग गरिदै आएको थियो । तर विक्रम् सम्वत् मात्र नेपालमा प्रयोग गरिएको एकमात्र क्यालेण्डर भने होइन । नेपालमा नेपाल सम्वत् र शाक्य सम्वत् जस्ता मौलिक र स्थानिय सम्वत्हरुको प्रयोग गरिदै आएको थियो र गरिदैछ । विक्रम् सम्वत्लाई नेपालभरी नै सरकारी आधिकारिक क्यालेण्डरकोरुपमा दर्जा दिने श्रेय भने चन्द्र शमशेर राणालाई जान्छ । उनले विक्रम् सम्वत् १९५८ मा विक्रम् सम्वत्लाई नेपालको आधिकारिक क्यालेण्डरको रुपमा प्रयोगमा ल्याएका थिए र त्यसपछि यो लगातार नेपालको एकमात्र निर्विवाद र आधिकारिक पात्रोको रुपमा प्रयोग भइरहेको छ । तर अपवाद् कस्तो जुन देशमा यो क्यालेण्डर सुरु भएको थियो त्यहाँ यसलाई प्रयोग गरिदैन र यसलाइृ खासै महत्वका साथ हेरिदैन । तर जुन देशसँग न त यो क्यालेण्डरको कुनै भौगोलिक र इतिहासिक महत्व थियो त्यहाँ भने यसले आधिकारिक क्यालेण्डरको दर्जा पाएर व्यापकरुपमा प्रयोग गरिएको छ । यसो किन भयो त भन्ने प्रश्न आउँनसक्छ । यसको जवाफ हो विक्रम् सम्वत् एक हिन्दु क्यालेण्डर हो । यसको सम्बन्ध हिन्दु विश्वाससँग जोडिएको छ । विक्रम् सम्वत्का मितिहरु व्यापकरुपमा हिन्दु पौराणिकतासँग जोडिएका छन् । त्यसकारण यो आयातित क्यालेण्डर भएतापनि नेपालमा व्यापकरुपमा स्विकार गरिएको हो ।

सम्बन्धित भिडियो.........

No comments:

Post a Comment