Monday, June 24, 2019

विश्वका सात आश्चर्यहरु ! (भिडियो सहित)

के तपाईलाई थाहा छ प्राचिन विश्वमा पनि ७ वटा आश्चर्यहरु निर्धारण गरिएका थिए ? प्राचिन विश्वका ७ आश्चर्यहरु दोस्रो शताव्दी इसापुर्वमा ग्रिकहरुले तयार गरेका थिए । ति सात आश्चर्यहरु यस प्रकार छन्ः
        १) गिजाको महान् पिरामिड
        २) बेविलोनको ह्याङ्गिङ गार्डेन
        ३) ओलम्पियाको जिउसको मुर्ति
        ४) आर्तेमिसको मन्दिर
        ५) माउसोलसको चिहान
        ६) कोलोसुस अफ रोडेस
        ७) लाइट हाउस अफ अलेक्जेन्ड्रिया
अहिले यि मध्ये केवल ग्रेट पिरामिड अफ गिजाको मात्र अस्तित्वमा रहेको छ । बाँकी सबै नष्ट भइसकेका छन् ।
कसरी निर्धारण गरीयो ७ आश्चर्यहरु
नयाँ ७ आश्चर्यहरु छानिनुपर्छ भन्ने महसुस भएपछि सन् २००० मा विश्वका सबै देशहरुले न्यु सेवेन वन्डर फाउँडेसन को स्थापना गरे । उक्त फाउण्डेसनले क्यानडामा एउटा ठाउँ निर्धारण ग¥यो जहाँ विश्वका २०० वटा कलाकृतिहरुको सुचि थियो । ७ आश्चर्यहरु छान्नका लागि मतदान गर्न सुरु गरियो र मानिसहरुले ति २०० मध्ये केवल ७ वटाको मात्र छनौठ गर्नुपर्ने थियो । मानिसहरुले प्रत्येक्षरुपमा, म्यासेजबाट या इन्टरनेटको माध्यमबाट छनौठ गर्न सक्थे । यो भोटिङ्गमा १ अरबभन्दा बढि मानिसहरु सहभागि भएका थिए । यो मतदान २००७ सम्म चलिरह्यो । अन्त्यमा ७ जुलाई २००७ मा सार्वजनिक गरियो र विश्वका नयाँ ७ आश्चर्यहरु तय गरियो । मिश्रको गिजा पिरामिड छनौठ सुचिमा नपरेतापनि त्यसलाई सम्मान स्वरुप सुचिमा समावेश गरियो । विश्वका सात आश्चर्यहरु यस प्रकार रहेका छन्ः

सबैको बारेमा जानकारी
१) ताजमहल


ताजमहल भारतको आगरा जिल्लामा अवस्थित छ । यो अति नै सुन्दर फारसी, टर्की, भारतिय र इस्लामिक कलाको धरोहर हो । ताजमहल निर्माण हुनुको पछाडी रोचक कथा रहेको छ । ताज महललाई प्रेमको निशानी मानिन्छ । ताज महललाई मुगोल सम्राट शाहजहाले आफ्नी रानी मुमताजको यादमा बनाएका थिए । मुमताजको असामयिक निधन भएपछि शाहजहाले उनको चिहानका लागि ताजमहल बनाएका थिए । त्यसकारण ताजमहललाई हामी एक चिहान पनि भन्न सक्छौ । शाहजहाले ताजमहलको निर्माणकार्य सन् १६३० मा सुरु गरेका थिए र यो निर्माण हुन २२ वर्ष लागेको थियो । ताज महल निर्माणमा २०,००० जना मजदुरहरुले काम गरेका थिए । भनिन्छ ताजमहल तयार भइसकेपछि शाहजहाले अर्को कुनै ताजमहल नबनोस् भनेर त्यहाँ काम गर्ने सबै मजदुरहरुको हात काटिदिएका थिए । यो भवन अति नै मनमोहक रहेको छ । ताज महल भारतको सबैभन्दा ठुलो पर्यटकिय आकर्षणको केन्द्र हो । 

२) क्राइष्ट दि रिडिमर


क्राइष्ट दि रिडिमर ब्राजिलको रियो दि जेनेरियोमा अवस्थित जिजस क्राइष्टको भव्य मुर्ति हो । यो विश्वकै तेस्रो अग्लो मुर्ति हो । यसको जम्मा उचाई १६१ फिट रहेको छ । यसको तौल ६३५ टन रहेको छ । यो तिजुका राष्ट्रिय निकुञ्जको कार्कोवाडो पर्वतमा अवस्थित छ । यो मुर्तिको निर्माण सन् १९२२ देखि १९३१ को विचमा गरिएको थियो । यो मुर्ति बनाउनमा ब्राजिका क्याथोलिक इसाईहरुको भुमिका रहेको छ । उनीहरुले जिजस क्राइष्टको मुर्ति बनाउनका लागि ब्राजिलका मानिसहरुलाई दान दिन आग्रह गरे । दान सँकलन गरिसकेपछि उनीहरुले क्राइष्ट दि रिडिमरको मुर्ति बनाउन सुरु गरे । उनीहरुलाई यो मुर्ति बनाउन ९ वर्ष लागेको थियो । यसका लागि उनीहरुले त्यो समयमा २ लाख ५० हजार अमेरिकी डलर लगानी गरेका थिए । अहिलेको सन्दर्भमा यो रकम करिब ४ लाख अमेरिकी डरलरभन्दा बढि हुनजान्छ । यो मुर्तिलाई शान्तिको प्रतिक मानिन्छ । जिजस क्राइष्टले दुवै हातहरु फैलाएको आकृतिमा बनाइएको यो मुर्ति ब्राजिलको सबैभन्दा ठुलो पर्यटकिय क्षेत्र हो । यो ब्राजिल र ख्रीष्टियन धर्मको पहिचान पनि हो । चराहरु बसेर मुर्तिलाई प्रदुसित नगरुन् भनेर यो मुर्तिको टाउकोमा किल्लाहरु लगाइएको छ ।

३) कोलोसियम


कोलोसियम इटली देशको राजधानी रोममा रहेको छ । यो प्राचिन रोमी साम्राज्यको निशानी हो । यो एक रँगशाला हो । यसको निर्माण सन् ७० मा रोमी सम्राट भेस्पासिएनद्धारा सुरु गरिएको थियो भने यसको निर्माण कार्य पुरा गर्ने काम सम्राट टाइटसले सन् ८० मा गरेका थिए । यो भवनलाई ल्याटिन भाषामा एम्फीथियटर्म फ्लेवियम् भन्ने गरिन्थो । यो रँगशाला क्षमता ५०,००० हजार मानिसहरु एकसाथ बस्ने थियो । यो रँगशाला निर्माणको पछाडी कालो र दर्दनाक इतिहास रहेको छ । भेस्पासियनले यो रँगशाला रक्तपातपुर्ण खेलहरु हेर्नका लागि बनाएका थिए । मृत्युदण्ड पाएका मानिसहरु र दासहरुलाई यो रँगशाला ल्याइन्थ्यो र जङ्गली जनावरहरुसँग लड्न लगाइन्थ्यो । ति मानिसहरु दर्दनाक मृत्यु मर्दथे । त्यो दृश्य हेर्न प्रत्येक दिन कोलोसियममा धेरै रोमीहरु आएका हुन्थे र उनीहरु त्यो खेलको मजा लिने गर्दथे । साथै यसमा जनावरहरुलाई पनि लडाउने गरिन्थ्यो । ग्लेडियटर्सहरु बाघसँग लड्ने गर्दथे । एक आकँडा अनुसार कोलोसियममा करिब ५ मानिसहरु मारिएका थिए । आज कोलोसिय सुरुको अवस्थामा जस्तो छैन । यो पुरानो भइसकेको छ र यसका इट्टाहरु पनि चोरी भइसकेका छन् । तर यसको अवशेषलाई उचित व्यवस्थापन गरेर पर्यटकहरुका लागि खुला राखिएको छ । कोलोसियम रोमी साम्राज्यको एक प्रतिक हो ।

४) चिनको महान् पर्खाल (ग्रेट वाल अफ चाइना)


चिनको महान् पर्खाल पृथ्वीमै मानव निर्मित सबैभन्दा लामो सँरचना हो । यो अन्तरिक्षबाट देख्न सकिने एकमात्र मानव निर्मित सँरचना हो । यो पर्खाल ८ हजार ८ सय ५० किलो मिटर लामो रहेको छ । यो पर्खाल निर्माण गर्न जम्माजम्मी २००० वर्षको समय लागेको थियो । मङ्गोलिया र यूरोपका आक्रमणकारीहरुबाट बच्नका लागि चिनका विभिन्न शासकहरुले यो पर्खाल निर्माण गरेका थिए । एक अनुमान्का अनुसार यो पर्खाल निर्माणमा करिब २० देखि ३० लाख मजदुरहरुले काम गरेका थिए । यो पर्खाल ढुङ्गा र माटोको सँयोजनबाट बनाइएको छ । चिनका विभिन्न शासकहरुले विभिन्न समयमा यो पर्खाललाई मर्मत गर्दै र विस्तार गर्दै आएका थिए । यो पर्खाललाई सन् १९८७ मा विश्व सम्पदा सुचिमा समावेश गरिएको थियो । यो पर्खाल चिनको एक प्रतिक हो र साथै चिनको सबैभन्दा ठुलो पर्यटकिय आकर्षण हो ।

५) माचू पिचू


यो पेरु देशमा अवस्थित एक इतिहासिक नगर हो । यो इँका सभ्यताको निशानी हो । माचू पिचू नाउँको अर्थ “प्राचिन टाकुरो” भन्ने हुन्छ । यो समुद्र तटबाट २४३० मिटर माथि उरुबाम्बा नदिको छेऊमा अवस्थित पर्वतमा रहेको छ । इँका पेरुमा भएको एक साम्राज्य थियो । उनीहरुले यो शहरलाई उनीहरुको राजधानीको रुपमा सन् १४३० तिर निर्माण गरेका थिए । तर यसको निर्माणको १०० वर्षपछि स्पेनिसहरुले आक्रमण गरेपछि भने इँकाहरुले यो नगर यत्तिकै छोडेर गए । इँकाहरुलाई आक्रमण गरेतापनि स्पेनिसहरुले यो शहर लुटेका थिएनन् । त्यसकारण यो शहरमा इँकाहरुको सँस्कृति झल्काउने थुपै्र कुराहरु थिए । त्यसकारण पेरु सरकारले यसलाई सन् १९८१ मा साँस्कृतिक धरोहर घोषणा ग¥यो । सन् १९८३ मा यो यूनेस्को सम्पदा सुचिमा पर्न सफल भयो । यो स्थलमा घरहरु, मन्दिर र एक पुरै नगरहरु पर्दछन् । सँरचना निर्माणका लागि ढुङ्गाहरुको प्रयोग गरिएको छ । ७ जूलाई २००७ मा विश्वका ७ आश्चर्यहरुमा परेपछि भने यसको प्रशिद्धी झनै बढेर गयो ।

६) चीचेन इट्जा पिरामिड


संसारकै सात आश्चर्यहरुमध्ये यो पहिलो आश्चर्य हो । यो मेक्सीको देशमा रहेको छ । यो प्राचिन माया सभ्यताको निसानी हो । माया सभ्यता प्राचिन र एक विकसित सभ्यता मानिन्छ । “चीचेन इट्जा” माया भाषाको नाउँ हो र यसको अर्थ “इट्जा कुवाको मुहाननिर” भन्ने हुन्छ । यो पिरामिडको माथि जानका लागि चारैतिर सिडीहरु बनाइएका छन् । प्रत्येक सिडीमा ७९ खुडकिलाहरु रहेका छन् । ति प्रत्येक खुड्किलाहरुले वर्षको १ दिनलाई जनाउँदछ । यसरी जम्माजम्मी ३६४ दिन हुनजान्छ र माथि निर्मित मन्दिरले १ दिनलाई जनाउँछ । यसरी ३६५ हुन्छ जो वर्षको प्रत्येक दिनलाई जनाउँछ । यो पिरामिड ७९ फिट अग्लो रहेको छ । यसको माथिल्लो भागमा एउटा मन्दिर रहेको छ । उक्त मन्दिरलाई “अल कस्टिलो” भन्ने गरिन्छ । चिचेन इट्जा पिरामिडलाई माया सम्भताले छोडेको छापको रुपमा लिइन्छ ।

७) पेट्रा


यो जोर्डन देशमा अवस्थित एक यस्तो एतिहासिक नगर हो जो एक पहाडमा बनेको छ । पेट्रा नाउँ ग्रिक भाषाको नाउँ पेटाबाट आएको हो जसको अर्थ ढुङ्गा भन्ने हुन्छ । यो पहाडहरुमा ढुङ्गाहरु खोपेर बनाइएको छ । यो नगरलाई छैठौ शताव्दी इसापुर्वमा नबातीहरुले बनाएइ सिद्धयाएका थिए । यो पानी नपाईने पर्वतमा बनेको छ । यस नगरका मानिसहरुले वर्षाको पानीलाई जम्मा गरेर राख्दथे र वर्षभरी त्यही पानी प्रयोग गर्ने गर्देथे । यो शहरको जनसँख्या करिब ३०,००० थियो भन्ने अनुमान लगाइएको छ । तर यो शहरको निर्माणकार्य १२०० इसापुर्वमा सुरु भएको मानिन्छ । यो शहर प्राचिन समयमा ग्रिस देश र एशियाको विचमा व्यापारमार्गमा पर्ने गर्दथ्यो । पेट्रा नगरमा जानका लागि सुख्खा पहाडको बाटो भएर जानुपर्ने हुन्छ । यसलाई हराएको शहर पनि भन्ने गरिन्छ । यो नगर पहाडमा खोपेर बनाइएका सँरचनाहरुका कारण प्रख्यात रहेको छ । भुकँपको कारण पेट्रा नगरका अधिँकाश भवनहरु जिर्ण भइसकेका छन् । यो युनेष्कोको विश्व सम्पदा सुचिमा परेको छ । जोर्डनको सबैभन्दा ठुलो पर्यटकिय नगरमा पर्ने गर्दछ । 

सम्बन्धित भिडियो..........



To Subscribe my channel:
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg

No comments:

Post a Comment