Friday, June 21, 2019

“मुक्ति” कसरी पाइन्छ ? के सबै धर्महरुमा मुक्ति छ त ? (भिडियो सहित)


“उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” बाइबलमा प्रेरितको पुस्तक १६ः३० मा एउटा जेलका हाकिमले प्रेरित पावललाई सोधेको प्रश्न हो यो । यो केवल ति जेलरको प्रश्न मात्र होइन । मानव सभ्यताको थालनीसँगै मानव इतिहासमा बारम्बार सोधिदै आएको प्रश्न हो, “मैले उद्धार अर्थात मुक्ति पाउनलाई के गर्नुपर्छ ?” यसै प्रश्नको जवाफ पाउनका लागि मानिसहरु विभिन्न स्थानहरुमा धाउन सुरु गरे । असल कामको परिणाम स्वरुप् मुक्ति पाउने आशामा धर्मकर्म गर्न सुरु गरे । यसरी धर्मकर्म, तिर्थ र दानदक्षिणा गरेमा मुक्ति पाइन्छ भन्ने अवधारणाको सुरुवात हुनपुग्यो । मानिसहरुले यही उद्धारको खोजमा विभिन्न कुरालाई इश्वरको दर्जा दिएर तिनैको भक्तिमा लिन हुनपुगे । यसरी कालान्तरमा विभिन्न विश्वास र आस्थाहरु सुरु हुनपुगे । मानिसहरुले अझै पनि त्यो साँचो मुक्तिलाई अनुभव गर्न सकिरहेका थिएनन् । मानिसहरुका आत्माले अझै पनि अनन्त जीवनको निश्चयता प्राप्त गर्न सकेको थिएन । मानिसहरुले सुरु गरेका धर्मकर्म र विधिविधानले मानिसलाई मुक्ति दिन सकेन बरु मानिसलाई झनै भ्रष्ट बनाइदियो । मानिसहरुले पशुबली जस्तो निर्मम कुसँस्कारको थालनी गरे । इतिहासमा मुक्ति वा उद्धारकै लागि भनेर मानववली दिने गरेका उदाहरणहरु पनि रहेका छन् । 

बुझन आवस्यक महत्वपुर्ण कुरा भनेको हामी  मानवजाति स्वभावैले जन्मैदेखि नै पापी रहेका छौ । यो सम्बन्धमा पवित्र धर्मशास्त्र बाइबलमा रोमीको पुस्तक ३ः२३ मा यसो लेखिएको छ , “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” मानिसले उद्धार वा मुक्तिको लागि प्रयत्न त ग¥यो तर त्यो गलत प्रयत्न थियो । गलत काम गरेर हामी सहि नतिजाको अपेक्षा गर्न सक्दैनौ । मानिसले पापमाथि पाप गरेर समस्त थोकहरुलाई सृष्टि गर्ने परमेश्वरबाट झनै टाढा हुदैगयो । मानवजातिले सृष्टिकर्तालाई भनई सृष्टि गरिएका थोकहरुलाई पुजा आराधना गर्न सुरु गरे ।

तर तपाई र मेरो लागि एक असल सन्देश रहेको छ । आजभन्दा २००० वर्ष अगाडी हामीलाई मुक्ति दिनका लागि समस्त थोकका सृष्टिकर्ता इश्वर स्वयम् मानिस बनेर यो संसारमा आउनुभयो । हामी पापमा लिप्त रहेर परमेश्वरबाट टाढै रहेको अवस्थामा येशू ख्रीष्ट इस्राएल देशमा मानिसको रुपमा आउनुभयो । यो सम्बन्धमा रोमीको पुस्तक ५ः८ मा यसो लेखिएको छ , “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ , कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।” हो, हामी पापी छदै, येशू ख्रीष्ट तपाई र मेरो मुक्तिका लागि मर्नुभयो । मानवजातिलाई असाध्यै प्रेम गर्ने भएकाले परमेश्वरले हामीलाई पापमै छोड्न चाहनुभएन तर पापबाछ छुटकारा दिन चाहनुभयो । यसरी उहाँ स्वयम् येशू ख्रीष्टको रुपमा संसारमा आउनुभयो । येशू ख्रीष्टको पुरा जीवनी बाइबलमा मत्ति, मर्कूस, लूका र यूहन्ना नामक सुसमाचारिय पुस्तकहरुमा उल्लेख गरिएको छ । येशू कन्या मरियमबाट जन्मनुभयो । उहाँले थुप्रै आश्चयकर्महरु गर्नुभयो । उहाँ पक्राउ पर्नुभयो, मारिनुभयो र फेरी तेस्रो दिनमा जिवित भएर उठ्नुभयो । त्यसपछि उहाँ फेरी फर्केर आउने बाँचा सहित स्वर्ग जानुभयो । येशूले कहिल्यै कुनै पाप गर्नुभएन । उहाँले सिद्ध जीवन बिताउनुभयो । तर तपाई हामी पापबाट मुक्ति पाई धर्मि बन्न सकौ भनेर उहाँ पापीझै मर्नुभयो ।  २ कोरिन्थी ५ः२१ मा यसो लेखिएको पाउन सकिन्छ , “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो ।”

महत्वपुर्ण कुरा भनेको केवल येशू ख्रीष्टमा मात्र पापको क्षमा अर्थात उद्धार रहेको छ भन्ने हो । तपाई र मेरो पापका लागि कहिल्यै कोही मारिएको छैन । यदि कोही मारिनुभएको छ त केवल येशू ख्रीष्ट मात्र । अन्य विभिन्न तथाकथित इश्वर र भगवानहरुले पापीहरुको विनास गरे तर केवल येशू ख्रीष्टले मात्र पापको विनास गर्नुभयो । बाइबलमा प्रेरितको पुस्तक ४ः१२ यसो लेखिएको छ , “अरु कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ दिइएको छैन ।” वास्तवमै अरु कसैमा मुक्ति छैन । तपाई र मेरो पापका लागि अरु कोही मारिएको छैन । केवल येशू ख्रीष्टले मात्र त्यो कामलाई पुरा गर्नुभएको छ । 

मानवजातिले मुक्ति वा उद्धार पाउनका लागि धेरै प्रयत्नहरु गरेको छ । असल कामहरु गरेपछि मुक्ति पाइन्छ भन्ने विश्वासका साथ मानिसहरु धर्मकर्महरुतिर लागेका छन् । जान्न आवस्यक कुरा यो हो कि हामी हाम्रो प्रयास, कोशिष् वा कामबाट मुक्ति पाउन सक्दैनौ । हामीले मुक्ति वा उद्धार पाउनका लागि पुर्णत येशूमा निर्भर रहनुपर्दछ । यो सम्बन्धमा एफिसी २ः८ मा यसो लेखिएको छ , “किनभने अनुग्रहबाट विश्वासद्धारा तिमीहरुले उद्धार पाएका छौ—र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—” त्यसैगरी यूहन्ना ३ः१६ मा यसो लेखिएको देख्न सकिन्छ , “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।” साथै रोमी १०ः९,१० मा यसो लेखिएको छ , “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार ग¥यो, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो ह्दयमा विश्वास ग¥यो भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो ह्दयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ , अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ ।” यि तिनै वटा बाइबलिय खण्डहरुबाट हाम्रो मुक्ति पुर्णत येशू ख्रीष्टमा निहित छ भन्ने कुरा जान्न सकिन्छ ।

“उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” यो प्रश्नको जवाफ तपाईले पाइसक्नुभएको छ तापनि निचोडमा भन्नुपर्दा प्रेरितको पुस्तक १६ः३१ मा यसको जवाफ रहेको छ । यहाँ प्रेरित पावलले ति जेलरलाई यसो भनेका छन् , “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् , र तपाईले उद्धार पाउनुहुनेछ— तपाई र तपाईको परिवारले ।” समस्त मानवजातिको मुक्तिका लागि एकमात्र विकल्प यही नै हो । जोकोही पनि जब आफ्नो पापहरुको पश्चात्ताप गर्दछ र येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा विश्वास गर्दछ र ग्रहण गर्दछ भने उसले मुक्ति अर्थात उद्धार प्राप्त गर्दछ । यसका निम्ति तपाईले अन्य कुनै पनि विधिविधानहरु पुरा गर्नु आवस्यक छैन । के तपाईको भित्रि मानसपटलमा यो प्रश्न छ ः “उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” येशू ख्रीष्टमा विश्वास गर्नुहोस् तपाईले मुक्ति पाउनुहुनेछ । तपाईले यो जिवनमा आशिष् पाउनुहुनेछ र मृत्युपछिको अनन्तको यात्रा स्वर्गमा येशू ख्रीष्टको साथमा बिताउनुहुनेछ । अहिले नै येशू ख्रीष्टलाई तपाईको मुक्तिदाताको रुपमा विश्वास गरेर मुक्ति प्राप्त गर्नुहोस् र आनन्दको जीवन जिउनुहोस् 

सम्बन्धित भिडियो.........

No comments:

Post a Comment