Friday, June 21, 2019

इजकिएलले गरेको भविष्यवाणी मुताविक नै टायर सहरको विनास भयो ! (भिडियो सहित)


बाइबलको ३० प्रतिशत अँश भविष्यवाणीहरुले ओगटेको देख्न सकिन्छ । भविष्यमा हुन आउने कुरा दाविका साथ यसै हुनेछ भनेर घोषणा गर्नु सामान्य कुरा होइन । यो कुरा मानिसको विवेक र बौद्धिकतामा आधारित हुदैन । बाइबलमा लेखिएका कैयौ भविष्यवाणीहरु इतिहासमा अचम्मरितिमा अक्षरस पुरा भएका छन् । अनि यो नै बाइबल सत्य परमेश्वरको एकमात्र वचन हो भन्ने कुराको यथेष्ट प्रमाण हो । आजको यो भिडियोमा कसरी इजकिएल नाउँ गरेका एक भविष्यवक्ताले टूरोस सहरको विरुद्धमा गरेको भविष्यवाणी कालान्तरमा अक्षरस पुरा भयो भन्ने बारेमा हेर्नेछौ । 
भविष्यवक्ता इजकिएलले ५९० इसापुर्वमा टूरोस सहरको बारेमा भविष्यवाणी गरेका थिए । उनले टूरोसको विरुद्धमा गरेका भविष्यवाणी इजकिएलको पुस्तक २६ अध्यायमा उल्लेख गरिएको छ । यो पुरै अध्याय यहाँ उल्लेख गर्न सम्भव नभएतापनि यस अध्यायको ४, १२ र १४ पदमा यसो लेखिएको छ । “उनीहरुले टूरोसका पर्खालहरु भत्काउनेछन् , र त्यसका धरहराहरु ढालिदिनेछन् । म त्यसको ढुङ्गाहरु खुर्की–खुर्कीकन त्यसलाई नाङ्गो पहराजस्तै तुल्याइदिनेछु ।” त्यसैगरी १२ पदमा यसो लेखिएको छ ः “उनीहरुले तेरा धन–सम्पत्तिहरु लुट्नेछन् , तेरा व्यापारका मालहरु लूटपीट गरी लैजानेछन् । उनीहरुले तेरा पर्खालहरु ढालिदिनेछन् र तेरा सुन्दर–सुन्दर घरहरु भत्काइदिनेछन् । तेरा ढुङ्गा र काठपात, कलङकसमेत उनीहरुले समुद्रमा फ्याकिदिनेछन् ।” १४ पदमा यसो लेखिएको देख्न सकिन्छ ः “म तँलाई नाङ्गो पहरा तुल्याइदिनेछु र , तँ जालहरु फिँजाउने ठाउँ हुनेछस् । तँ फेरी कहिल्यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।”

समग्ररुपमा इजकिएल २६ अध्यायमा भविष्यवक्ता इजकिएलले टूरोस सहरको विरुद्ध निम्नलिखित कुराहरु घोषणा गरेका छन् ।
१) नबूकदनेसरले टूरोसलाई आक्रमण गरेर नष्ट गर्नेछन् ।
२) टूरोस सहरको माटो खुर्किइनेछ ।
३ं) टूरोस नाङ्गो ढुङ्गा सरह हुनेछ ।
४) यो शहर खोज्दा पनि नभेटिने प्रकारको बनाइनेछ ।
५) यो सहर फेरी कहिल्यै बसाइनेछैन ।

टूरोस सहरको बारेमा हेर्दा यो शहर दुई भागमा विभाजित थियोः पहिलो भागः समुद्री किनारमा अवस्थित थियो भने दोस्रो भाग एक टापुको रुपमा अस्तित्वमा थियो । यि दुवै शहरहरु एकआपसबाट १ किलो मिटरको दुरीमा अवस्थित थिए । टापुमा अवस्थित सहर उनीहरुका लागि रक्षा कवच जस्तै थियो । किनकि टापुमा अवस्थित सहर कव्जा गर्नु कसैका लागि पनि त्यत्ति सजिलो थिएन । टूरोस निकै मजबुत सहर थियो । यो सहर बलियो र अग्ला पर्खालले घेरिएको थियो । इजकिएलको समयमा टूरोस अति नै धनि, गौरवशाली र समृद्ध सहर थियो । यो एशिया, यूरोप र अफ्रिका गरी तिन महादेशलाई जोड्ने व्यापारिक सहर थियो । त्यसकारण इजकिएलको समयमा यो सहर प्रगतीको शिखरमा पुगेको थियो । तर इजकिएलले यस्तो समृद्धशाली र बलियो सहरको विनासको बारेमा दाविका साथ भविष्यवाणी गरेका छन् । 

इजकिएलले टूरोसको विरुद्धमा भविष्यवाणी गरेको ५ वर्षपछि नै नबूकदनेसरले ५८५ इसापुर्वमा टूरोस सहरलाई कव्जा गर्नका लागि घेरावन्दी गरे । टूरोस कव्जा गर्न सजिलो थिएन । बारम्बार प्रयास गर्दा पनि उनी असफल भइरहे । तर उनले हिम्मत हारेनन् । उनले १३ वर्षसम्म लगातार टूरोसमाथि घेराबन्दी गरेका थिए । १३ वर्षपछि उनको सेना टूरोसको पर्खाल भत्काउन सफल भयो । १३ वर्षपछि नबूकदनेसर टूरोस सहरभित्र प्रवेश गर्दा उनले पुरै सहर खाली भेट्टाए । त्यहाँका बासिन्दाहरु सबै बहुमुल्य धनसम्पत्तिहरु लिएर १ किलोमिटर पर रहेको टूरोसकै अर्को टापुमा सरिसकेका थिए । नबूकदनेसरको सेनाले १३ वर्षसम्म साह्रै मेहनत गरेतापनि अन्तत उनीहरु रित्तो हात गए । तर उनले आक्रोसमा त्यो सहर पुरै भत्काइदिए र त्यसलाई भग्नावशेषको थुप्रो बनाइदिए । यसरी इजकिएल २६ अध्यायमा नबूकदनेसरले टूरोसलाई नष्ट गर्नेछन् भनेर गरिएको भविष्यवाणी पुरा भयो । नबूकदनेसर परमेश्वरलाई विश्वास गर्ने राजा थिएनन् र उनको बारेमा बाइबलमा भविष्यवाणी गरिएको छ भन्ने समेत उनलाई थाहा थिएन ।

नष्ट गरिएको टूरोसलाई टूरोसबासीहरुले पुनर्निमाण गरेनन् । ति मानिसहरु टापुमा अवस्थित सहरमा नै बस्न उचित ठाने । उनीहरुले त्यो सहरलाई झनै सानदार बनाए । अर्को सहर भग्नावशेषमा परिणत भएको थियो भने टापुमा अवस्थित टुरोस समृद्धशाली बन्दैथियो । तर इजकिएल २६ अध्यायमा गरिएको भविष्यवाणी अझै पुरा भइसकेको थिएन । यो भविष्यवाणी गरिएको २४१  वर्षपछि ग्रिक साम्राज्यका सम्राट विश्व विजयका लागि निस्कीए । उनको आँखा टूरोस सहरमाथि पनि प¥यो र अलेक्जेण्डर महान्ले ३३२ इसापुर्वमा टूरोसमाथि आक्रमण गरे । टापुमा रहेको सहरलाई कव्जा गर्न अलेक्जेण्डरलाई साह्रै कठिन भयो । तर उनी हार मान्ने पक्षमा थिएनन् । अलेक्जेण्डरले भत्किएको टूरोसको सबै भग्नावशेषहरु, ढुङ्गा र माटो लिएर समुद्रमा १ किलो मिटर लामो बाटो बनाए । बाइबलमा भविष्यवाणी गरिएमुताविक नै अलेक्जेण्डरको सेनाले टुरोसका सबै ढुङ्गा, इट्टा, भग्नावशेष सबैलाई लिएर बाटो बनाए । उनीहरुले बाटो बनाउनका लागि टूरोसको माटो समेत खुर्किए । यसरी बाइबलमा लेखिएको भविष्यवाणी अक्षरस पुरा भयो । अन्नतः अलेक्जेण्डरको सेना टापुमा अवस्थित सहरमा प्रवेश ग¥यो । त्यहाँ तिनीहरुले टुरोसबासीहरुको नरसँहार गरे । त्यहाँका सबै धनसम्पत्ति र बहुमुल्य कुराहरु लुटे । यसरी बाइबलमा टूरोसको बिरुद्धमा लेखिएको भविष्यवाणी २४१ वर्षपछि पुरा भयो ।

यो सहर खोज्दा पनि नभेटिने अवस्थामा रहनेछ र यो फेरी कहिल्यै बनाइनेछैन भनेर इजकिएलले गरेको भविष्यवाणी अक्षरस पुरा भयो । १८ औ शताव्दीमा आएर मात्र टूरोस सहर कहाँ अवस्थित थियो भन्ने पत्ता लागेको थियो । अहिले पनि टूरोस यहाँ थियो भन्ने मात्र थाहा छ तर यत्ति ठुलो र गौरवशाली सहरको अस्तित्वको कुनै पनि प्रमाण उपलव्ध भने छैन । आज पनि अलेक्जेण्डरले बनाएको बाटो समुद्रमा देख्न सकिन्छ तर त्यसलाई पनि बालुवाले ढाकेर सामान्य जमिन जस्तै बनाइसकेको छ । यसरी इजकिएल २६ अध्यायमा टूरोस सहरको विनासको बारेमा लेखिएका प्रत्येक भविष्यवाणीहरु इतिहासमा पुर्णत पुरा भएका छन् । टुरोसको विनास भएको २५०० वर्ष भइसकेको छ र पनि यो सहर फेरी इतिहासमा कहिल्यै पनि पुनर्निमाण गरिएको छैन ।

सम्बन्धित भिडियो..........

No comments:

Post a Comment