Friday, June 21, 2019

बाइबलिय भविष्यवाणीहरु (भाग ३)—नहूमको भविष्यवाणी र निनवेको विनास (भिडियो सहित)


नहुम १ः१२–१४ मा भविष्यवक्ता नहूम यसो घोषणा गर्दछन् ।
१२ परमप्रभु यसो भन्नुहुन्छ , “यद्यपि उनीहरु सामर्थी र अनगन्ती छन् तापनि उनीहरु बहिस्कृत हुनेछन् , र बितिजानेछन् । एक यहूदा, मैले तँलाई दुःख दिएको छु , तापनि अब म फेरि तँलाई दुःख दिनेछैनँ ।”
१३ अब उनीहरुको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु , र तेरा बन्धनहरु टुक्रै–टुक्रा पारिदिनेछु ।
१४ हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ ः अब उप्रान्त तेरो नाउँ कायम राख्ने तेरो कोही सन्तान हुनेछैन । तेरा देवताहरुको मन्दिरमा कँुदिएका र ढालेर बनाएका मूर्तिहरु म सर्वशान गर्नेछु । म तेरो चिहान तयार पार्नेछु , किनकि तँ दुष्ट छस् ।

यो खण्डमा के भनिएको छ भन्ने कुरा सहजै बुझन सकिन्छ । नहुम नाउँ गरेका एक जना भविष्यवक्ताले कुनै अति नै शक्तीशाली साम्राज्यको राजधानीको पतन र बिनाशको बारेमा बताईरहेका छन् । नहूम कुनै शक्तिशाली मुलुकका शक्तिशाली मानिस थिएनन् । तिनी इस्राएलका एक यहूदी थिए र उनले आफ्नो समयको सबैभन्दा विशाल सहरको विनासको बारेमा भविष्यवाणी गरेको कुरा हामीले भर्खरै पढेका छौ । उनले निनवेको विरुद्धमा भविष्यवाणी गरिरहदा नहूमको आफ्नै देश इस्राएलमा तिनै अश्शूरीहरुले शासन गरिरहेका थिए । उनले यहोवा परमेश्वरको अगुवाइमा यो भविष्यवाणी गरेका थिए । उनले घोषणा गरेको यो अद्भुत भविष्यवाणी ईतिहासमा पुर्णत पुरा भएको छ ।

नहूमले निनवेको विनासको बारेमा भविष्यवाणी गरिरहदा निनवे विश्वकै सबैभन्दा शक्तिशाली सहर थियो । यो शहरको महानताको बारेमा योनाको पुस्तक ३ः३ पदमा यसो लेखिएको छ ः......अब निनवे एक अत्यन्तै प्रख्यात सहर थियो । त्यो हेर्नलाई तीन दिन लाग्दथ्यो । यो सहर अश्शूर साम्राज्यको राजधानी थियो । नहूमको समयमा विश्वको ठुलो हिस्सामा अश्शुरीहरुले शासन गरिरहेका थिए । नहूमको पुस्तक ३ः७ पदमा नहूम दावीको साथ यस्तो भविष्यवाणी गर्दछन् ः तँलाई देख्ने जत्ति सबै तँदेखि भाग्नेछन् , र भन्नेछन् , “निनवे त नष्ट भएको छ । त्यसको निम्ति कसले विलाप गर्ला ?”  नहूम १ः१२ मा लेखिएको कुरा मनन्योग्य रहेको छ ः “यद्यपि उनीहरु सामर्थी र अनगन्ती छन् तापनि उनीहरु बहिस्कृत हुनेछन् , र बितिजानेछन् ।” त्यसैगरी १ः१४ को अन्त्यतिर निनवेको बारेमा नहूम यसो घोषणा गर्दछन् ः “म तेरो चिहान तयार पार्नेछु , किनकि तँ दुष्ट छस् ।”

नहूमले यि खण्डहरुमा दावीका साथ निनवेको विनासको बारेमा भविष्यवाणी गरेको देख्न सकिन्छ । अश्शुर साम्राज्यको राजधानी निनवे ई.पु. ६१२ मा मादी जातिद्धारा नष्ट गरिएको थियो । तर निनवेको विनाशको बारेमा नहूमले ईसापुर्व ६६० मा भविष्यवाणी गरेका थिए । उनले निनवेको विनासको बारेमा गरेको भविष्यवाणी ४८ वर्षपछि अक्षरस पुरा भएको थियो । त्यसैगरी यही अध्यायकै ११ पदमा नहूमले एक रोचक कुरा घोषणा गरेको देख्न सकिन्छ । यहाँ उनी यसो भन्दछन्ः “तँ लुकेर बस्नेछस् ।”  वास्तवमै यो भविष्यवाणी जस्तो लेखिएको थियो त्यस्तै पुरा भयो । इतिहासमा थुपै्र शहरहरु विनास पारिए तर पनि तिनीहरु कहाँ अवस्थित थिए भन्ने सबैलाई थाहा थियो । तर निनवेको विनास नहूमले लेखेबमोजिम नै भयो र अचम्मलाग्दो कुरा इतिहासमा निनवे सहर कहाँ अवस्थित थियो भन्ने पनि स्पष्ट थिएन । नहूमले घोषणा गरेझै निनवे इतिहासमा लुप्त थियो र लुकेर रहेको थियो । अठारो शताव्दीमा मात्र अर्कोलोजिष्टहरुले खोजको क्रममा निनवे शहर कहाँ अवस्थित थियो भन्ने कुरा पत्ता लगाए । यही खोजको क्रममा एउटा प्राचिन अभिलेख पत्ता लगाइयो जसको नाउँ निनवेको पतनको इतिहास भन्ने रहेको छ । यो अभिलेखमा निनवे कसरी नष्ट भएको थियो भन्ने कुरा लेखिएको छ । यसरी बाइबलमा लेखिए अनुसार नै निनवे नष्ट भएको प्रमाण देख्दा इतिहासकारहरु अचम्भित भएका छन् ।

बाइबल साँचो छ र यो जिवित परमेश्वरको वचन हो भन्ने कुराको प्रमाण बाइबलमा लेखिएका भविष्यवाणीहरु पुरा भएका कुराहरु हुन् । बाइबलमा पुरानो करारमा १२३९ र नयाँ करारमा ५७८ वटा गरी जम्माजम्मी १८१७ वटा भविष्यवाणीहरु उल्लेख गरिएका छन् । बाइबलको जम्मा अँशको करिब ३० प्रतिशत अँश भविष्यवाणीहरुको रहेको छ । बाइबलमा लेखिएका अधिँकाश भविष्यवाणीहरु अचम्मरितिमा अक्षरसः पुरा भएका छन् । अनि यसबाट बाइबल परमेश्वरको आधिकारिक र सत्य वचन हो भन्ने कुरा प्रमाणीत हुन्छ ।

सम्बन्धित भिडियो..............

No comments:

Post a Comment