Thursday, June 6, 2019

के बाइबल विज्ञान सम्मत्त छ ? पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु (भाग २)—(भिडियो सहित)


महान् वैज्ञानिक आइज्याक न्यूटनले विज्ञान र धर्मको बारेमा यसो भनेको थिए: “गुरुत्वाकर्षण बलको सिद्धान्तले हामीलाई ग्रहहरु कसरी परिक्रमा गर्दछन् भन्ने कुराको व्याख्या गर्दछ, तर गुरुत्वाकर्षण बलको सिद्धान्तले ति ग्रहहरुलाई कसले त्यसरी परिक्रमा गर्ने बनायो भन्ने बारेमा केही व्याख्या गर्दैन ।” एक पटक फेरीः “गुरुत्वाकर्षण बलको सिद्धान्तले हामीलाई ग्रहहरु कसरी परिक्रमा गर्दछन् भन्ने कुराको व्याख्या गर्दछ, तर गुरुत्वाकर्षण बलको सिद्धान्तले ति ग्रहहरुलाई कसले त्यसरी परिक्रमा गर्ने बनायो भन्ने बारेमा केही व्याख्या गर्दैन ।” विज्ञान धर्मका लागि चुनौति हो भन्नेहरुको सँख्या उल्लेखनिय रहेको छ । वास्तवमा विज्ञान धर्मका लागि चुनौति होइन तर विज्ञानका लागि धर्म एक प्रेरणाको स्रोत हो । बाइबल शताव्दियौ देखि वैज्ञानिकहरुका लागि अनुसन्धानको स्रोत बनिरहेको छ । विज्ञान जगतमा पश्चिमा वैज्ञानिकहरुको निकै महत्वपुर्ण भुमिका रहेको छ । के तपाईलाई थाहा छ ति वैज्ञानिकहरुमध्ये अधिँकाश ख्रीष्टियन थिए र उनीहरु बाइबलबाट प्रेरित भएर नै खोज र अनुसन्धानमा लागेका थिए । यदि बाइबल अवैज्ञानिक भएको भए किन ति महान् वैज्ञानिकहरुले बाइबललाई समर्थन गर्ने थिए ? त्यसकारण केवल तिनीहरुले मात्र बाइबललाई र ख्रीष्टियनमतलाई अन्धविश्वासको रुपमा लिन्छन् जसले न त विज्ञानलाई पुर्णरुपमा बुझन सकेका हुन्छन् न त बाइबल र ख्रीष्टियनमतलाई नै । आजको यो लेखमा बाइबलमा अच्चम्मरितिमा शताव्दीऔ वर्ष पहिले नै उल्लेख गरिएका वैज्ञानिक तथ्यहरुमध्ये पाँचवटा तथ्यहरु हेर्नेछौ ।

(१) ब्रम्हाण्डको अस्तित्वका लागि आवस्यक पाँच कुराहरु


वर्तमान् समयमा भौतिक विज्ञान र खगोल विज्ञानले निकै फड्को मारिसकेका छन् । ब्रम्हाण्ड सम्बन्धी पत्ता लागेका नयाँ तथ्यहरुले सबैलाई चकित तुल्याइदिएको छ । ब्रम्हाण्डका पाँच आधारभुत तत्वहरु समय, शक्ति, अन्तरिक्ष, पदार्थ र चाल हो भन्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाए । यि पाँच कुराका आधारमा नै ब्रम्हाण्ड कार्यरत छ । तर के तपाईलाई थाहा छ यि पाँच कुरा नै बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा नै उल्लेख गरिएको थियो । जब बैज्ञानिकहरुले यो कुरा बाइबलको पहिलो वाँक्याशमाा नै उल्लेख गरेको देखे उनीहरु चकित भए । बाइबलमा उत्पत्ती १ः१–२ पदमा यसो भनिएको छः “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य थियो । अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो ।” यसमा भएका कुराहरुलाई खगोल–विज्ञानका आधारमा हेर्दा—आदिमा अर्थात “समय”, परमेश्वरले अर्थात (शक्ति), आकाशमण्डल अर्थात “अन्तरिक्ष”, पृथ्वी अर्थात “पदार्थ” र....परिभ्रमण गर्दैरहनुहुन्थ्यो अर्थात “चाल” । अचम्भ रितिले बाईबलको पहिलो पदमा नै सम्पुर्ण सृष्टिको सञ्चालन सम्बन्धी बैज्ञानिक जवाफ पाउन सकिन्छ ।

(२) डाइनोसरको विनास


कतिका लागि यो अचम्मको कुरा हुनसक्छ । के बाइबलमा डाइनोसरको बारेमा पनि उल्लेख गरिएको छ र ? डाइनोसर शव्दको नेपाली अर्थ हुन्छ “भयानक छेपारो” । डाइनोसर छेपारो प्रजातीको एक ठुलो प्राणी थियो । अनुसन्धानहरुले देखाए अनुसार लाखौ वर्ष पहिले डाइनोसरको विनास भइसकेको थियो । बाइबलमा अयुब ४०ः१५–२० मा एउटा यस्तो प्राणीको बारेमा व्याख्या गरेको छ जसको बनोट र स्वभाव डाइनोसरसँग मिल्न जान्छ । उक्त खण्डमा त्यो प्राणीलाई बहेमोथ भनिएको छ । यो नाउँ हिब्रू भाषाको नाउँ हो र यसको अर्थ “भयङ्कर पशू” भन्ने हुन्छ । यो बारेमा अयूव ४०ः१५–२० मा यसो भनिएको छ ः“मैले तँसँगै बनाएको बहेमोथलाई विचार गर, जसले गाईबस्तुहरुले झै घाँस निल्छ । त्यसको कम्मर कस्तो बलियो हुन्छ । त्यसको पेटको मांसपेशीमा कस्तो शक्ति हुन्छ । त्यसको पुच्छर देवदारुको रुखझै कडा हुन्छ, त्यसका तिघ्राका नसाहरु खुब कसिएका हुन्छन् । त्यसका हड्डीहरु काँसाका नलीहरुजस्तै हुन्छन्, र त्यसका हात–खुट्टाहरु फलामका आग्ला जस्तैहुन्छन् । परमेश्वरको कार्यहरुमा त्यो सबैभन्दा मुख्य छ यद्यपि त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजीक जान सक्छन् ।” यहाँ उल्लेख गरिएको प्राणीको अधिँकाश ढाँचा डाइनोसरसँग मिल्न गएको देखिन्छ । हामीलाई थाहा छ कि नाइनोसर प्राणीहरुमा सबैभन्दा भयानक थियो र यो खण्डमा पनि हामी यसो लेखिएको पाउँछौ “परमेश्वरको कार्यहरुमा त्यो सबैभन्दा मुख्य छ यद्यपी त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजिक जान सक्छन् ।” यहाँ परमेश्वरले डाइनोसरलाई अन्त्य गर्न सक्नुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । यसरी डाइनोसरको बारेमा पनि बाइबलमा उल्लेख गरिएको छ ।

३) पृथ्वी गोलाकार छ


प्राचिन समयमा पृथ्वी समतल आकारमा रहेको छ भन्ने कुरा बिश्वास गरिन्थ्यो । तथापी पृथ्वी गोलाकार रहेको छ भन्ने कुरा ख्रीष्ट पुर्व ५०० तिर ग्रिक दार्शनिक पाइथागोरसले पनि घोषणा गरेका थिए । पछि गएर अर्का ग्रिक दार्शनिक अरस्तुले पनि पृथ्वी गोलो छ भन्ने कुरा घोषणा गरे । तर के तपाईलाई थाहा छ पाइथागोरसको समयभन्दा २०० वर्ष अगाडी नै परमेश्वरले यशैया अगमवक्ताद्धारा पृथ्वी गोलाकार छ भन्ने कुरा घोषणा गरिसक्नुभएको थियो । बाइबलमा यशैया ४०ः२२ मा यो विषयमा यसो लेखिएको छ ः “उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ..........।” हामीलाई थाहा छ केवल गोलाकार वस्तुको मात्र परिधि हुन्छ । यसरी बाइबलमा पृथ्वीको आकारको बारेमा सठिक कुरा लेखेको देख्न सकिन्छ । शताव्दीऔसम्म पृथ्वी गोलाकार नभई समतल आकारको मात्र रहेको छ भन्ने विश्वास गरियो । आधुनिक विज्ञानले बाइबलमा आजभन्दा २७०० वर्ष अगाडी लेखेको कुरालाई प्रमाणीत गरिदियो । यो कुराले बाइबललाई कमजोर बनाउने नभई झनै मजबुत बनायो ।

४) रेडियो विकिरणको यात्रा


रेडियो विकिरणहरुका कारण नै आज हामी टेलिभिजन हेर्न सक्छौ, इन्टरनेट प्रयोग गर्न सक्छौ, मोबाइबलद्धारा पृथ्वीको पल्लो छेऊमा भएको साथीसँग कुरा गर्न सक्छौ । रेडियो विकिरणहरुको खोजी आधुनिक विज्ञानको ठुलो खोजहरुमध्ये एक हो । यसको खोजका कारण मानवजाति निकै उन्नत हुन पुगेको छ । ३००० बर्ष अगाडी नै बाईबलले एक अति नै बैज्ञानिक कुराको घोषणा गरेको छ ः रेडियो विकिरण अर्थात प्रकाशलाई पठाउन सकिन्छ र यसलाई बोल्ने बनाउन सकिन्छ । के तपाईलाई थाहा छ रेडियो तरँगहरु प्रकाशको गति बराबर यात्रा गर्न सक्छन् ? आधुनकि प्रविधीको विकास हुनभन्दा सयौं वर्ष अगाडी बाइबलमा यो कुराको बारेमा उल्लेख गरिएको थियो । बाइबलमा अयुब ३८ः५ पदमा यसो लेखिएको छः “के तैले बिजुलीलाई तिनीहरुको मार्गमा पठाउँछस् ? के तिनीहरुले हामी यहाँ छौ भनी तँलाई भन्छन् र ?” यहाँ विजुली अर्थात विकिरणहरुलाई पठाउने विषयमा उल्लेख गरिएको छ । यो कुरालाई ब्रिटिस बैज्ञानिक जेम्स क्लेर्क मेक्सवेलले १८६४ मा प्रमाणीत गरिदिए र उनको भनाई अनुसार बिधुत र बिजुलीका तरँगहरु एउटै कुराका बेग्लै बेग्लै रुपहरु हुन् । आज समस्त प्रविधिको भित्रि रहस्य रेडियो विकिरणमा नै रहेको छ र यसको विषयमा बाइबलले विज्ञान सुक्ष्म अवस्थामा रहदा नै घोषणा गरिसकेको थियो ।

५) प्रकाशको मार्ग


यो एक सर्वमान्य तथ्य भइसकेको छ । हामी ज्योति अर्थात प्रकाशलाई कुनै कुराबाट उत्पन्न भएको र यसले यात्रा गरेको देख्न सक्दछौ । आधुनिक बिज्ञानले प्रकाश (ईलेक्ट्रोमेग्नेटिक्स रेडियसन) हरुको मुहान हुन्छ भन्ने कुरा प्रमाणीत गरेको छ जुन कुरा आजभन्दा ३५०० बर्ष अगाडी बाईबलले उल्लेख गरिसेकेको थियो । बाइबलमा अयुब ३ः१९ मा यसो लेखिएको छ ः “ज्योतिको मुहान कता छ ? र अन्धकार कहाँ बास बस्छ ?” ईलेक्ट्रोमेग्नेटिक्स रेडियसनहरुले ३ लाख किलो मिटर प्रति सेकेण्डको हिसाबमा यात्रा गर्दछ । प्रकाश समस्त ब्रम्हाण्डमा सबैभन्दा तिव्रगतिमा यात्रा गर्ने चिज हो । यसरी बाइबलले ज्योति अर्थात प्रकाशको मुहान हुन्छ भन्ने कुरा घोषणा गरेको थियो र त्यसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ ।

अब अन्त्यमा....
बाइबल संसारभरी नै सर्वाधिक प्रेम गरिएको, छापिएको, वितरण गरिएको र पढिएको पुस्तक हो । अमेरिका जस्तो बौद्धिक, आधुनिक र शक्तिशाली मुलुकमा आज पनि एक सेकेण्डमा दुई वटा बाइबलहरु विक्रि हुने गर्दछन् । प्रख्यात बाइबल वितरक सँख्या गिदोन इन्टरनेशनले सार्वजनिक गरेको तथ्याङ्कमा उनीहरुले अहिलेसम्म विश्वभरी २ अरवभन्दा बढि बाइबलहरु वितरण गरिसेका छन् । किन बाइबल यति लोकप्रिय र सम्मानित पुस्तक हो ? यसको जवाफ हो, बाइबल एक मात्र इश्वरको वचन हो र यो सबै अवस्थामा सबैका लागि सान्दर्भिक रहेको छ । बाइबलमा जातपात, वर्ग, लिङ्ग, भाषा, धर्म र कामको आधारमा कुनै पनि विभेद नगर्न आज्ञा दिइएको छ । यो धर्मग्रन्थले कुनै देश, भाषा र जाति विशेषलाई नभई समस्त मानवजातिलाई नै सम्बोधन गर्दछ । अनि अति नै महत्वपुर्ण कुरा यो विज्ञानबाट समेत पुष्टि भएको पुस्तक हो । अमेरिकाका ४० औ राष्टपति रोनाल्ड रेगनले बाइबलको बारेमाा भनेको भनाइसँगै आजको भिडियोलाई अन्त्य गर्न चाहन्छुः “बाइबलका पानाहरुभित्र मानवजातिले सामना गर्नुपरेका प्रत्येक समस्याका जवाफहरु रहेका छन् !” फेरी एक पटक “बाइबलका पानाहरुभित्र मानवजातिले सामना गर्नुपरेका प्रत्येक समस्याका जवाफहरु रहेका छन् !” 

सम्बन्धित भिडियो............

No comments:

Post a Comment