Sunday, June 23, 2019

सरकार, शासक, प्रशासकहरुको बारेमा बाइबलले के भन्छ ? बाइबलका पाँच शिक्षाहरु (भिडियो सहित)



१) हरेक सरकार वा अधिकारीहरु परमेश्वरबाट नियुक्त गरिएका हुन्छन् ।

  • यूहन्ना १९ः११, “येशूले जवाफ दिनुभयो, तपाईलाई माथिबाट नदिइएको भए ममाथि तपाईको केही अधिकार हुनेथिएन ।”
  • रोमी १३ः१ख, “.......परमेश्वरबाट आएको अधिकार बाहेक अरु कुनै अधिकार हुँदैन । जुन प्रशासकहरु छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन् ।”

२) परमेश्वरले भ्रष्ट सरकारलाई पनि आफ्नो इच्छापुर्तिका लागि प्रयोग गर्नुहुन्छ । 

  • यर्मिया २५ः९, “म उत्तरका सबै मानिसहरुलाई र मेरो दास, बेविलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्याउनेछु , परमप्रभु भन्नुहुन्छ , र म उनीहरुलाई यो देश र यसका बासिन्दाहरु र चारैतिरका सबै जातिहरुका विरुद्धमा ल्याउनेछु ।”
  • प्रेरित ४ः२७–२८, “किनभने साँच्चै तपाईले अभिषेक गर्नुभएका तपाईका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरुसँग यसै सहरमा भेला भएका थिए । त्यही गर्नलाई जे तपाईको बाहुलीबाट तपाईको योजनाअनुसार अघिबाटै ठहराइएको थियो ।”

३) हरेक ख्रीष्टियनले शासक प्रशासकहरुका निम्ति प्रार्थना गर्नुपर्दछ ।

  • १तिमोथी २ः१,२, “सर्वप्रथम म आग्रह गर्दछु , कि सबै मानिसहरुका निम्ति नम्रनिवेदन प्रार्थना र मध्यस्थ–बिन्ति र धन्यवाद चढाइउन् , राजाहरु र सबै उच्च पद्मा भएकाहरुका निम्ति पनि,”

४) हरेक ख्रीष्टियन शासकहरुको अधिनमा रहनुपर्दछ ।

  • मर्कूस १२ः१७, “तब येशूले तिनीहरुलाई भन्नुभयो, कैसरका चीजहरु कैसरलाई देओ, र परमेश्वरका चीजहरु परमेश्वरलाई ।”
  • रोमी १३ः१–४, “हरेक व्यक्ति शासन गर्ने प्रशासकहरुका अधीनमा बसोस् । परमेश्वरबाट आएको अधिकारबाहेक अरु कुनै अधिकार हुँदैन । जुन प्रशासकहरु छन् , ती परमेश्वरबाटै नियुक्त भएका हुन्् । यसकारण प्रशासकहरुका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरुको विरोध गर्छ , र जस–जसले विरोध गर्छन् , तिनीहरुले दण्डको आज्ञा पाउनेछन् । किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरुको डर मानिन्छ । के तिमी प्रशासकहरुको डरमा रहन चाहदैनौ ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रसँशा मिल्नेछ । किनकि तिम्रो भलाइको निम्ति परमेश्वरका सेवक हुन् । तर यदि तिमी खराबी गर्छौ भने डर मान् , किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन् । खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन् । यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ ।”
  • १पत्रूस २ः१३, “प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस्, अथवा हाकिमहरुको होस्, जो दुष्ट काम गर्नेहरुलाई दण्ड दिन र असल काम गर्नेहरुलाई प्रसँसा गर्न उहाँद्धारा खटाइएका हुन्छन् ।”

५) सरकार र अधिकारीहरुको आदर गर्नुपर्दछ ।
  • १पत्रूस २ः१७, “सबै मानिसहरुलाई आदर गर । भाइबन्धुलाई प्रेम गर । परमेश्वरसँग डराओ । राजाको आदर गर ।”

सम्बन्धित भिडियो.......



च्यानल सवस्क्राइव गर्न वा थप भिडियोहरु हेर्नका लागि तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्ः
https://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg?view_as=subscriber

No comments:

Post a Comment