Wednesday, May 1, 2019

के हो “विग व्याङ्ग” को सिद्धान्त ? के यो एक प्रमाणीत सिद्धान्त हो ?

१) ब्रम्हाण्डको सँक्षिप्त परिचय



तपाई ब्रम्हाण्डको एक हिस्सा हुनुहुन्छ । ब्रम्हाण्ड तपाईकै एक हिस्सा हो । किनकी हामी ब्रम्हाण्डमै भएका चिजहरुबाट बनेका छौ र ब्रम्हाण्ड हामीमै भएको चिजबाट बनेको छ । ब्रम्हाण्डको बारेमा शताव्दीयौ देखि नै अध्ययन भइरहेको भएतापनि यसको बारेमा अचम्मलाग्दा तथ्यहरु भने आधुनिक युगमा नै पत्ता लगाइएका थिए । ग्यालिली ग्यालिलियोले अन्तरिक्षलाई आफुले आविस्कार गरेको दुर्विनले ननियालुञ्जेलसम्म हामीले कल्पना गरेको ब्रम्हाण्ड सानो र सँकचित थियो ।

“ब्रम्हाण्ड” शव्द आफैले समस्त कुराहरुलाई समावेश गर्दछ । ब्रम्हाण्ड भित्र नै अरवौं ग्यालेक्सीहरु रहेका छन् । ति अरवौ ग्यालेक्सीहरुभित्र अरवौं ताराहरु रहेका छन् । ति अरवौं ताराहरुका पनि अरवौं र खरवौं ग्रह र उपग्रहहरु रहेका छन् । हामी एक अति नै ठुलो घर अर्थात ब्रम्हाण्डको हिस्सा हौ । ब्रम्हाण्ड कति ठुलो छ ? यसको जवाफ हामीसँग छैन । तर दृष्य ब्रम्हाण्ड कति ठुलो छ भन्ने जवाफ भने आज हामीसँग रहेको छ । दृष्य ब्रम्हाण्ड भन्नाले हामीले देख्न सक्ने ग्यालेक्सीहरुले भरिएको ब्रम्हाण्डको क्षेत्रलाई चिनिन्छ । यो ९३ अरव प्रकाश वर्ष ठुलो रहेको छ । १ प्रकाश वर्ष भन्नाले प्रकाशले एक वर्षमा पार गर्ने दुरीलाई भनिन्छ । प्रकाशले १ सेकेण्डमा मात्रै ३ लाख कि.मी.को दुरी तय गर्दछ । यदि तपाई कुनै यस्तो यानमा बसेर ब्रम्हाण्डको एक किनारदेखि अर्को किनारको यात्रामा निस्कनुभयो जसले १ सेकेण्डमा ३ लाख कि.मी दुरी पार गर्दछ अर्थात पृथ्वीलाई १ सेकेण्डमा ५ पटक चक्कर लगाउन सक्छ । तपाइलाई ब्रम्हाण्डको एक किनारबाट अर्को किनारसम्म पुग्न ९३ अरव वर्ष लाग्नेछ । ब्रम्हाण्ड हाम्रो दिमागले नाप्न नसक्ने गरी विशाल रहेको छ । ब्रम्हाण्ड तिन वटा महत्वपुर्ण कुराहरुबाट बनेको छ ः डार्क म्याटर, डार्क एनर्जी र अणु अर्थात एटम्सबाट । समस्त व्रम्हाण्डको २७ प्रतिशत हिस्सा डार्क म्याटरबाट बनेको छ । ६८ प्रतिशत हिस्सा डार्क एनर्जीबाट बनेको छ भने केवल ५ प्रतिशत हिस्सा मात्र अणु अर्थात एटम्सबाट बनेको छ । हामीले देख्ने ग्यालेक्सी, तारा, ग्रह, उपग्रह यि सबै अणुबाट बनेका छन् र यि केवल समस्त ब्रम्हाण्डको ५ प्रतिशत अँश मात्रै हुन् । यति विशाल र रहस्यमयी ब्रम्हाण्ड कसरी अस्तित्वमा आयो ? यि सब ग्रह, नक्षत्र, तारा, ग्यासका बादलहरु, ग्यालेक्सीहरु कसरी अस्तित्वमा आए ? यसको पछाडीको रहस्य रहेको छ विग व्याङ्ग अर्थात महाविष्फोट ।

२) विग व्याङ्गको सिद्धान्तका प्रतिपादक को हुन् ?

विग व्याङ्गको सिद्धान्तलाई सन् १९२७ मा बेल्जिएमका एक क्याथोलिक प्रिस्ट साथै खगोल वैज्ञानिक जर्जस लेमाइट्रीले प्रतिपादन गरेका हुन् । सन् १९१७ मा सर्वप्रथम् महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको जनरल रिलेटीभिटीको सिद्धान्तले ब्रम्हाण्ड या त फैलदैछ या त साँघुरिदैछ भन्ने कुरा उल्लेख गरेको थियो । जर्जस लेमाइट्रीले ब्रम्हाण्ड साँघुरिने होइन तर फैलदैछ भन्ने सिद्धान्त प्रस्तुत गरे । त्यत्ति मात्र नभई उनले यदि ब्रम्हाण्ड फैलदैछ भने यो कुनै समय एउटै ठाउँमा मात्रै पनि थियो होला र कुनै विन्दुमा ब्रम्हाण्ड सुरु भएको पनि थियो होला भन्ने तर्क दिए । ब्रम्हाण्ड एक विन्दुको रुपमा थियो र त्यो समय कुनै अज्ञात कारणवस महाविष्फोट हुन पुग्यो र यसरी ब्रम्हाण्ड सुरु भयो र फैलिन पुग्यो भन्ने सिद्धान्त लेमाइट्रीले प्रस्तुत गरे जसलाई विग–व्याङ्ग अर्थात महा–विष्फोटको सिद्धान्त भनिन्छ । सुरुमा उनको यो सिद्धान्तलाई धेरैले स्विकार गरेनन् र उनको यो सिद्धान्तलाई मजाक बनाइयो । तर जब एडविन हब्वलले सन् १९२९ मा रेड सिफ्टहरुको अध्ययनबाट ब्रम्हाण्ड फैलदैछ भन्ने तथ्य पत्ता लगाएपछि भने सबैले लेमाइट्रिको विग व्याङ्ग सिद्धान्तलाई स्विकार गरे ।

३) विग व्याङ्ग सिद्धान्त के हो ?

ब्रम्हाण्ड आजभन्दा १३.७ अरव वर्ष पहिले केवल एक अणु जत्रो एक सानो विन्दुको रुपमा अस्तित्वमा थियो । अर्थात आज तपाईले देख्ने समस्त चिजहरु एउटै विन्दुभित्र खादिएर रहेका थिए । त्यो विन्दु अति नै घना र तातो थियो कि त्यसको हामी कल्पना समेत गर्न सक्दैनौ । यो अवस्थालाई ग्रयाविटेसनल सिँगुलारिटी भनिन्छ । त्यो अवस्थामा त्यहाँ कुनै पनि भौतिक नियहरुले काम गर्दैनथे । तर त्यो विन्दुभित्र चार आधारभुत शक्तिहरु अर्थात फन्डमेन्टल फोर्सेजहरु अस्तित्वमा थिएः इलेक्ट्रोमेग्नेटिजम, विक न्यूक्लियर फोर्स, स्ट्रोङ्ग न्यूक्लियर फोर्स र गुरुत्वाकर्षण बल । अनि कुनै अज्ञात कारणवस विष्फोट हुनपुग्यो । त्यो विष्फोट यति भयानक थियो कि त्यसका कारण ब्रम्हाण्ड सेकेण्डभन्दा पनि सानो समयमा निकै ठुलो क्षेत्रमा विस्तार हुन पुग्यो । यसरी विग व्याङ्गसँगै समय र ब्रम्हाण्डको कहिल्यै अन्त्य नहुने विस्तार सुरुभयो ।

ब्रम्हाण्ड एक विन्दुको रुपमा छदा यसको तापक्रम अत्यन्त बढि थियो तर विग व्याङ्गसँगै ब्रम्हाण्ड फैलिन थालेपछि भने यसको तापक्रम घट्न थाल्यो । ब्रम्हाण्डको यो अवस्थालाई प्लाज्मा भनिन्छ । यो समयमा ब्रम्हाण्ड अन्धकार मात्र थियो र प्रकाशको अस्तित्व थिएन । यो युगमा अणु सृष्टि नै भएको थिएन । यो ब्रम्हाण्डको अन्धकारको युग थियो । यो समयमा ब्रम्हाण्डका कणहरु तिव्रगतिमा फैलिरहेका थिए । यसरी विग व्याङ्ग भएको ३ लाख ८० हजार बर्षपछि मात्र प्रोटोन र न्युट्रोन अस्तित्वमा आए । त्यससँगै इलेक्ट्रोनले प्रोटोन र न्यूट्रोनको चक्कर लगाउन सुरु ग¥यो र ब्रम्हाण्डकै पहिलो अणु अर्थात एटम रचना भयो । विग व्याङ्गको ३ लाख ८० हजार बर्षपछि मात्रै ब्रम्हाण्ड प्रकाशले भरिन सुरु ग¥यो । त्यो समयभन्दा अगाडी ब्रम्हाण्ड फैलिरहेको त थियो तर सबैतिर शान्त थियो र कुनै पनि भौतिक नियमहरुले काम गरिरहेका थिएनन् । ब्रम्हाण्ड जति फैलदैगयो त्यत्ति नै गुरुत्वाकर्षण बलले आफ्नो प्रभाव देखाउन सुरु ग¥यो । गुरुत्वार्षण बलका कारण बादलका थुप्राहरु एक ठाउँमा जम्मा हुन सुरु गरे । यसरी ब्रम्हाण्डमा थुप्रै विशालकाय ग्यासका थुप्राहरु देखिन थाले । ति ग्यासका बादलभित्र पनि गुरुत्वाकर्षण बलको प्रभाव थियो र त्यहाँ पनि ति बादलहरु खाँदिदै रहन थाले । यसरी ति ग्यासका बादलहरुभित्र ताराहरुको जन्म हुनथाल्यो । ब्रम्हाण्डमा अब ताराहरु पिल्पीलाइरहेका थिए । ति ताराहरुबाट पनि ग्रह र नक्षत्रहरुको जन्म भयो र यसरी एउटा लामो यात्रा तय गरेर ब्रम्हाण्ड आजको स्वरुपसम्म आइपुगेको छ ।

यसरी सामान्य अर्थमा विग व्याङ्ग के हो भनेर हेर्दा । ब्रम्हाण्ड सुरुवातमा एउटा सानो धुलोको कणको आकारमा थियो । यो अति नै तातो र खाँदिएको अवस्थामा थियो । तपाईको घर, तपाईको सवारी साधन, तपाईले प्रयोग गर्ने मोबाइल, ल्यापटपदेखि लिएर तपाईले देख्ने गरेका सबै कुरा त्यही एउटा सानो विन्दुमा समाहित थिए । यतिसम्म कि तपाई र म पनि त्यही विन्दुमा नै थियौ । अचानक महाविस्फोट भयो । त्यो विस्फोट के कारणले भयो भन्ने बारेमा हामीलाई केही ज्ञान छैन । तर त्यही भयानक विस्फोटले नै समय र ब्रम्हाण्डलाई जन्म दियो अनि सुरु भयो ब्रम्हाण्डको कहिल्यै अन्त्य नहुने विस्तार । अनि आजपनि ब्रम्हाण्ड प्रकाशको गतिभन्दा पनि तिव्रगतिमा फैलिरहेको छ ।

४) के विग व्याङ्ग भरपर्दो स्रोत हो त ? (प्रमाणहरु)

के विग व्याङ्ग एक प्रमाणित सिद्धान्त हो त ? के १३ं.७ अरव वर्ष अगाडी घट्ेको तथाकथित विग व्याङ्गका प्रमाणहरु उपलव्धहरु छन् होला त ? वा यो एक सिद्धान्त मात्र हो ? यो प्रश्न हाम्रो दिमागमा आउन सक्छ । विगव्याङ्ग एक प्रमाणित सिद्धान्त हो । यसका केही अचम्मलाग्दा प्रमाणहरु आजपनि ब्रम्हाण्डमा उपलव्ध रहेका छन् । पहिलो प्रमाण तपाईको नजिक रहेको तपाईको टेलिभिजनमा रहेको छ । तपाईको टिभिले सिग्नल समात्न झयारझयार दुष्य देखाउँछ । यसो हुनुको कारण चाहिँ स्याटलाइटले कुनै सिग्नल समात्न नसकेको अवस्थामा उसले ब्रम्हाण्डमा विग व्याङ्गपछि यात्रा गरिरहेका रेडियसनहरुलाई टि.भीमा देखाइदिने गर्दछ । विग व्याङ्गपछि ति विकिरणहरु पुरै ब्रम्हाण्डमा फैलिरहेका छन् । यसको खोज सन् १९६५ मा भएको थियो । यदि रातमा चन्द्रमा र ताराहरु नभएको भए ब्रम्हाण्डमा एक प्रकारको मन्दरातो प्रकाशलाई देख्न सकिन्थ्यो । यसलाई कस्मिक माइक्रोवाव व्याकग्राउण्ड भनिन्छ जो विगव्याङ्गपछि समस्त ब्रम्हाण्डमा फैलिरहेको छ । त्यसैगरी अर्को प्रमाण । यदि ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ र प्रत्येक ग्यालेक्सीहरु एकअर्काबाट टाढा गइरहेका छन् भने कुनै समय यि पक्कै एउटै ठाउँमा थिए होला । यिनको सुरुवात एउटै विन्दुबाट भएको हुनुपर्दछ । साथै जब हाइड्रोजन र हिलियम जस्ता तत्वहरुको खोजी भयो तब विगव्याङ्ग भएकै रहेछ भन्ने कुरा प्रमाणित भयो ।

अब अन्त्यमा.....

ब्रम्हाण्ड निकै रोचक रहेको छ । ब्रम्हाण्ड अझै पनि थुप्रै रहस्यहरुले भरिएको छ । ब्रम्हाण्डलाई जान्ने मानवजातिको आकाँक्षाले पनि शिखर चढ्दैछ । के हामीले कहिल्यै ब्रम्हाण्डलाई पुरै बुझन सकौला त ? यसको जवाफ हो, सक्दैनौ । किनकि यो व्रम्हाण्ड यति विशाल र रहस्यले भरिएको छ कि यसको सामु त हाम्रो हैसियत केही पनि छैन । हामी ब्रम्हाण्डकै हिस्सा हौ र एकदिन यसैमा नै फेरी फर्किएर जानेछौ । त्यसकारण मृत्युले केही गर्न अघि नै जीवनमा केही गरौ । ताकि यो विशाल व्रम्हाण्डमा तपाइले प्राप्त गर्नुभएको बहुमुल्य जीवन असल तरिकामा जिउन सक्नुभएको होस् ।

2 comments:

  1. Really informative sir! I have a query sir. How would you present Genesis 1 in light of this Big Bang?

    ReplyDelete
    Replies
    1. Thank brother Kevin for your question. I will certainly write about this soon.

      Delete