Wednesday, May 1, 2019

“बेविलोन फेरी कहिल्यै निर्माण गरिनेछैन !”—कसरी बाइबलमा भविष्यवाणी गरिएअनुसार नै बेविलोन नष्ट भयो !-With Video



पुरा भएका बाइबलिय भविष्यवाणी सृङ्खला अन्तर्गतको भाग १ मा हामी बेविलोन सहरको विनासको बारेमा यशैयाले गरेको भविष्यवाणी र त्यो भविष्यवाणी २०० वर्षपछि कसरी अचम्मलाग्दो तरिकामा अक्षरस पुरा भयो भन्ने कुरा हेर्नेछौ ।

यशैयालाई बाइबलमा सबैभन्दा शक्तिशाली भविष्यवक्तामध्ये एकको रुपमा लिइन्छ । यशैयाले राजा उज्जाहको शासनकालमा ईसापुर्व ७४० तिर इस्राएलमा एक भविष्यवक्ताको रुपमा सेवा गर्न सुरु गरेका थिए । उनले गरेका थुप्रै भविष्यवाणीहरुमध्ये एक बेविलोन सहरको विनासको बारेमा थियो । बेविलोनको बारेमा उनले गरेको भविष्यवाणी यशैया १३ः१७–२० मा पाउन सकिन्छ । यहाँ यस्तो लेखिएको छ ः “हेर, म मादीहरुलाई तिनीहरुका विरुद्धमा उठाउनेछु , जुनहरु चाँदीको परवाह गर्दैनन्, र सुनको लालच पनि गर्दैनन् । उनीहरुका काँडहरुले जवान मानिसहरुलाई हिर्काएर ढाल्नेछन् । उनीहरुले शिशुहरुलाई दया गर्नेछैनन्, न त उनीहरुले केटाकेटीहरुलाई दयाको दृष्टिले हेर्नेछन् । राज्यहरुको रत्न बेबिलोनलाई, जसमाथि बेबिलोनीहरु गर्व गर्दछन्, सदोम र गमोरालाई जस्तै परमेश्वरले उल्टाइदिनुहुनेछ । त्यहाँ कहिल्यै कोही बस्नेछैन, पुस्तौँसम्म त्यहाँ कोही बस्नेछैन । कुनै अरबीले त्यहाँ आफनो पाल टाँग्नेछैन । कुनै गोठालाले आफनो बगाल त्यहाँ विश्राम गर्न दिनेछैन । तर जङ्गली जनावरहरुले त्यहाँ विश्राम गर्नेछन् । तिनका घरहरु स्यालहरुले भरिनेछन् । लाटोकोसेराहरु त्यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरु त्यहाँ उफ्रँदै खेल्नेछन् । हुँडारहरु तिनका किल्लाहरुमा र स्यालहरु तिनका सुन्दर सुन्दर महलहरुमा कराउनेछन् । त्यसको समय नजिकै आएको छ , र त्यसको दिन अब धेरै छैैन ।”

यशैयाले बेविलोन सहरको विनासको बारेमा भविष्यवाणी गरिरहदा अशुरीहरु शक्तिशाली थिए । त्यो समयमा बेविलोन एक गौरवशाली सहरको रुपमा विकसित भइरहेको थियो । अशुरका राजा सनहेरिवले बेविलोनलाई ६८९ इसापुर्वमा आक्रमण गरे र यसको केही भाग नष्ट गरिदिए । तर अझै यशैयाले गरेको भविष्यवाणी पुरा भएको थिएन । किनकि यशैयाको भविष्यवाणी मुताविक बेविलोनलाई अशुरीहरुले नभई मादीहरुले आक्रमण गरेर सधैका लागि ध्वस्त पार्ने थिए भन्ने थियो । यशैयाले यो भविष्यवाणी गरिरहदा बेविलोन विश्वको दोस्रो सुपरपावर थियो भने मादीहरु कमजोर जातिको रुपमा अस्तित्वमा थिए । यशैयाको यो भविष्यवाणीलाई साधारणरुपमा हेर्दा यो भनेको विश्वको कुनै एक सानो, कमजोर र गरिब देशले अमेरिका जस्तो शक्तिशाली देशलाई लाई आक्रमण गरेर ध्वस्त पार्नेछ भनेझै थियो ।

सनहेरिवले बेविलोनलाई नष्ट गरेतापनि उनको मृत्युपछि उनको छोराले यसलाई एशराहाडोनले यसलाई पुननिर्माण गरे र एक पटक फेरी बेविलोन सानदार शहर बन्न पुग्यो । ६२६ इसापुर्वमा बेविलोनीहरुले अशुरी साम्राज्य विरुद्ध विद्रोह गरे र यस पटक उनीहरु सफल भए । बेविलोन एक अलग्गै साम्राज्यको रुपमा स्थापित हुन पुग्यो । यसरी बेविलोन समयसँगै झन्झन् शक्तिशाली हुदै गइरहेको थियो । त्यसै समयमा मादीहरु पनि शक्तिशाली हुदै गइरहेका थिए । केही समयमा नै मादी पनि अगलै राज्यको रुपमा स्थापित भयो । यसरी इसापुर्व ६१२ मा बेविलानी र मादीहरु मिलेर अशुर साम्राज्यको राजधानी निनवेको विरुद्ध युद्ध गरे र निनवेलाई ध्वस्त पारे । यसरी त्यो समयको महान् साम्राज्य निनवेको अन्त्य हुनपुग्यो ।

इसापुर्व ६०५ मा नबुकदनेसर बेविलोन साम्राज्यका सम्राट नियुक्त भए । उनले बेविलोनमा भव्य महलहरु बनाउन लगाए । बेविलोनी साम्राज्यलाई धेरै देशहरुसम्म फैलाए । यशैया अगमवक्ताको भविष्यवाणी मुताविक पतन भएर जानुपर्ने बेविलोन झन्झन् महान् र शक्तिशाली हुदैजादैथियो । इसापुर्व ५५९ मा कोरेस मादी राज्यका राजा भए । उनले पनि आफनो राज्यलाई फैलाउने काम गरे । केही समयभित्रमा नै मादी साम्राज्य जसलाई फारसी साम्राज्य पनि भनिन्छ , एक शक्तिशाली साम्राज्यको रुपमा स्थापित हुनपुग्यो । ५३९ इसापुर्वमा राजा कोरेस आफनो सेना लिएर बेविलोनको विरुद्ध लडाइ गर्न निस्कीए । बेविलोनलाई कव्जा गर्नु सजिलो थिएन । यो मजबुत र अग्लो पर्खालले घेरिएकोे एक मजबुत शहर थियो । राजा कोरेसले बेविलोनमा जाने युफ्रेटीस नदिको पानी रोकिदिए । जसका कारण बेविलोनीहरुले उनको सामु आत्मसमर्पण गरिदिए ।

यसरी कोरेसले बेविलोनको केही हिस्सालाई नष्ट गरे । त्यसपछि फेरी मादी राजा जर्जीसले बेविलोनको बाहिरी पर्खाल नष्ट गरिदिए । महान् शहर बेविलोन अब नष्ट हुदै गइरहेको थियो र यसको महत्व घटेको थियो । इसापुर्व तेस्रो शताव्दीमा ग्रिक साम्राज्यका सम्राट अलेक्जेण्डरले मादीहरुलाई हराए । उनले बेविलोनको महान्ता र यसको गौरवशाली इतिहासलाई हेरेर यसलाई पुनःनिर्माण गर्न सुरु गरे । तर बेविलोन पुनर्निमाण हुनु अगावै उनको मृत्यु भयो ।

त्यसपछि भने बेविलोन पुर्णत नष्ट भयो । समयसँगै त्यो एतिहासिक महान् र गौरवशाली शहर भग्नावशेषहरुको थुप्रोमा परिणत भइसकेको थियो । त्यसपछि त्यो सहरलाई इतिहासमा फेरी कहिल्यै पुनर्निमाण गरिएन । यशैयाले यस सहरको बारेमा यस्तो घोषणा गरेका थिएः त्यहाँ कहिल्यै कोही बस्नेछैन, पुस्तौँसम्म त्यहाँ कोही बस्नेछैन ।  यो भविष्य अचम्मलाग्दो रितीमा पुरा भएको छ । बेविलोन पुर्णत नष्ट भएको २३०० वर्ष भइसकेको छ ।  यति सम्म कि यो सहर कहाँ अवस्थीत थियो भन्ने पनि निश्चित थिएन । सन् १८९९ मा केही जर्मन आर्कोलोजिष्टहरुले इराकको तेल–बाविल भन्ने ठाउँमा उत्खनन् गर्दा प्राचिन बेविलोन शहर त्यही अवस्थित थियो भन्ने पत्ता लगाए ।
सन् १९७८ मा इराकका राष्टपति सद्धाम हुसेनले बेविलोनलाई फेरी यसको पुरानै गौरवमा ल्याउने निर्णय गर्दै यसको पुनर्निमाण गर्न सुरु गरे । उनले केही भवन र मन्दिरहरु निर्माण गरे । तर उनले त्यो काम पुरा गर्न सकेनन् । आज पनि उनले बनाएका भवनहरु त्यत्तिकै रहेका छन् ।

एक कमजोर जाति मादी शक्तिशाली बन्नेछ र २०० वर्षपछि बेविलोन जस्तो महान्, गौरवशाली र सम्पन्न शहरलाई पुर्णत नष्ट गर्नेछ भन्ने कुरा कसरी यशैयाले थाहा पाए ? आफनो समयको सबैभन्दा शक्तिशाली र गौरवशाली सहर कालान्तरमा एक भग्नावशेषको थुप्रो बन्नेछ र त्यहाँ कहिल्यै कोही बस्नेछैन भन्ने कुरा यशैयाले कसरी थाहा पाए ? उनले कसरी त्यस्तो गौरवशाली र शक्तिशाली शहरको विनासको बारेमा भयानक भविष्यवाणी गर्ने आँट गरे ? यस्तो शक्तिशाली भविष्यवाणी यशैयाले आफ्नै सामथ्र्यले गरेका थिएनन् । परमेश्वर स्वयम्ले यशैयाद्धारा यो सबै कुराको घोषणा गर्नुभएको थियो । यशैयाले गरेको भविष्यवाणी अक्षरस पुरा भएको कुराबाट बाइबल परमेश्वरको वचन हो भन्ने कुरा प्रमाणीत हुन्छ ।

सम्बन्धित भिडियो..........

No comments:

Post a Comment